Thursday, July 25, 2024

@ आगो

  


सुवास कर्ण,मलंगवा 
          शिक्षक 

    जब छाती पिडा ले पोल्छ जब मन दर्द ले छट्पटीन्छ जब आशाहरु हराउन थालेको महसुस हुन्छ तब एउटै शब्द मन मा खेल्छ त्यो हो आगो ।आज काठमाडौ नगरपालिका का नगर प्रमुख ज्यु लाई ठुलै आगो को छाती पोलेको अनुभव  भएको छ ।त्यही भएर आगो लगाइ दिन्छु भनेर चेतावनी समेत दिनु भयो । कारण एउटै बिदा को दिन सरकारी गाडी मा वहाँ को आफन्त ले भोगेका पिडा ले गर्दा । हे सरकार यस्तै पिडा र बेदना बाट आम नागरिक पनि गुजि्ररहेको कहिले कसैले पनि अनुभव गर्न सकेन अनुभव भए पनि छाती मा कहिले आगो ले पोलेन ।एम्बुलेन्स गाडी होस या यातायात को कुनै सुबिधा अस्पताल को सुबिधा नभएको दुर्गम क्षेत्र गाउँ का गरिब जनताहरु यसरी नै पिडा र बेदना हरु छाती मा लिएर बाच्न बाध्य भएका छ्न कति त बाटो मै ज्यान गुमाउन बाध्य भए ।तर कहिले पनि उनिहरुको पक्ष मा कसैले आगो लगाउने जमर्को कसेन हिम्मत गरेन ।आखिर किन सबै नागरिक बाच्न पाउने अधिकार छ राज्य को सेवा सुबिधा प्रयोग गर्न पाउने अधिकार छ तर सबै अधिकार जनप्रतिनिधि आफै मा आफ्नो घर परिवार रिस्तेदार को सुख सुबिधा का लागि सिमित राखेका छ्न ।एउटा जनप्रतिनिधि को छोराछोरी सरकारी गाडी बाट बिधालय बाटओसारपसार गर्न पाउने तर त्यही व्यथा ले च्यापिएका आम नागरिक बाटो मा भेट्दा सारकारी गाडी सुबुधा लिन न पाउने श्रीमती सपिङ का लागि सरकारी गाडी प्रयोग गर्न पाउने तर एउटा बास को भाटा बाधेर पिडा र बेदना ले छ्टपटिएका जनता गाडी छढ्न न  पाउने ।के मानवता यहि हो नैतिकता त कता हरायो थाहै छैन । तर पिडा र छट्पटी सबै मा हुदो रहेछ यो बुझ्न सकियो ।यो भोगाइ लाई कहिले पनि न बिर्सिनु होला यसलाई आगो सल्किए झै सल्काएर राख्नु होला ताकी जब कुनै गरिब असहाय लाई यस्तै पिडा मा देख्नु भयो भने सहयोग को हात पछि न गर्नु होला ।हुन्त तपाईं ले काठमाडौ मा एक कल मा आम जनताको लागि एम्बुलेन्स को फ्री व्यवस्था गर्नु भएको छ त्यसको लागि धन्यबाद सायद कम होला तर सराहनीय छ । अन्तमा आमा, सनतान को सुस्वास्थय को कामना गर्दै  पिता बन्नु भएको मा बधाइ छ । यहाँ सगै यहाको नवजात सन्तान ले देश परिवर्तन को सन्देश ल्याएको छ  पशुपति नाथ ले कल्याण गरून्। 


Thursday, July 11, 2024

उपमेयरकै अगाडि लालबन्दी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु द्वारा चिकित्सक माथि कुटपिट

 ---नेपाल चिकित्सक संघद्वारा दोषी माथि कारबाहीको माग---



लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ २७

    पछिल्लो समय सर्वसाधारण नागरिकहरुबाट कुटपिटको सिकार हुँदै आएका चिकित्सकहरु स्थानीय निकायका कर्मचारीबाट समेत कुटपिटको सिकार हुन थालेका छन् ।जसले गर्दा उनीहरू आफुलाई चारै तिरबाट असुरक्षित भएको महसुस गरिरहेका छन् । यस किसिमका घटना बारे प्रहरी र स्थानीय प्रशासनलाई उजुरी गर्दा पनि पिडकहरु माथि कुनै किसिमको कार्यवाही नभएको चिकित्सकहरुको गुनासो छ।

    गएको ६ दिन अगाडी सर्लाहीको लालबन्दी नगरपालिकाका केही जनप्रतिनिधि तथा कर्मचारीहरु सोही पालिकाको वडा न-१ स्थित नवलपुरमा रहेको मनीषा हेल्थ केयरले सवारी दुर्घटनाका घाईतेलाई उपचारमा चर्काे शुल्क असुलेको साथै सामान्य घाउ चोटमा पनि भाँचिएको भनेर प्लाष्टर लगाएको तथा चिकित्सक मुकेश कुमार साहले अनुगमनमा गएका पालिकाका जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टिममाथि दुर्व्यवहार गरेको आरोपहरु लगाएर उपमेयर कल्पना माया पाख्रिनकै   उपस्थितिमा डिउटीमा रहेका चिकित्सक डा.मुकेश कुमार साह माथि कुटपिट गरि प्रहरीको जिम्मा लगाएको भन्ने घटना माथि नेपाल चिकित्सक संघ जनकपुरकको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डा. साहमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्। दोषीमाथि कानूनी कारबाही नगरिए संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा मार्फत चेतावनी समेत दिइएको छ । उपचारमा संलग्न चिकित्सक माथि भएको कुटपिट जस्तो निन्दनीय कार्यको संघले घोर भर्त्सना गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ। 

     मनिषा हेल्थ केयरका इन्चार्ज एम.डी साहिद खानका अनुसार ६ दिन अगाडी हामीले RTA (दुर्घटना) को बिरामी पायौं।   गत असार १८ गते लालबन्दी र हरिवन नगरपालिकाको सिमाना स्थित लखनदेही पुलमा बा ४६ प ९५४८ नम्बरको मोटरसाईकलमा सवार हरिवन नगरपालिका वडा न- ५ का राज हुसेन र शेष कादीरलाई लालबन्दी नगरपालिकाको योजना शाखा प्रमुख रुपेश चौलागाईले चलाएको बा ८६ प ५८५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएर सामान्य घाईते भएपछि उनीहरुलाई उपचारका लागि हाम्रो अस्पतालमा ल्याइयो। हामीले सबै प्रारम्भिक अनुसन्धान गर्यौं, हाम्रो ड्यूटी डाक्टरले तिनीहरूलाई २४ घण्टा अवलोकनको लागि राख्ने निर्णय गरे।  तर, त्यो रात नगरपालिका स्वास्थ्य विभागका दुईजना कर्मचारी १५-२० जनासहित हाम्रो अस्पतालमा आएर दुर्घटना हाम्रै सिनियर सरले गरेको हो उहाँले बिरामीलाई डिस्चार्ज गरेर अन्य सरकारी अस्पताल जस्तै रकम तिर्न चाहनुभएकोले यदी तिमीहरु यसमा  सहमत छैनौं भने हामी यो अस्पताल सिल गर्ने छौं भनेर धम्की दिएको डा.झा ले बताए । हामीसँग प्रमाणको लागि यस कुराकानीको अडियो रेकर्डिङ र सि.सि.टिभी फुटेज पनि उपलब्ध रहेको उनले बताए ।

     त्यसको दुई दिनपछि नगपालिकाको टोली आएर अस्पताललाई जबर्जस्ती सिल गर्‍यो । हाम्रो कर्मचारीले हामीसँग  सबै कागजात रहेको र सो कागजातहरु देखाउँदा देखाउँदै र अनुरोध गर्दागर्दै पनि उनीहरूले अस्पताल सिल गरे साथै   ड्युटीमा रहेका हाम्रा डाक्टरलाई टोलीमा आएका वडाअध्यक्ष, उपमेयर र नेपाल प्रहरीको उपस्थितिमा कुटपिट गरे। जसको प्रमाण हामीसँग सीसीटीभी फुटेजको रुपमा सुरक्षित छ इन्चार्ज खानले बताए । कुटपिटबाट घाइते पिडित डाक्टर साह हाल उपचारको क्रममा भक्तपुर स्थित अस्पतालमा रहनुभएको मनिषा हेल्थ केयरका इन्चार्ज खानले जानकारी गराएको छ।

   एउटा सार्वजनिक पद सम्हालेका जनप्रतिनिधि र कर्मचारीहरु दादागिरी शैलीमा आएर चिकित्सक माथि कुटपिट गर्ने र विरोध गर्न खोज्दा अनुगमनको नाममा विभिन्न बहाना बनाएर अस्पताललाईनै सिल गरिदिने लालबन्दी नगरपालिकाको यस किसिमको निन्दनीय कार्य प्रति आफुहरु घोर भत्सर्ना गर्छौ र चाँडो भन्दा चाँडो दोषीहरु उपर कार्यवाहीको माग गर्छौ भन्दै सर्लाही जिल्लाभरीका डाक्टरहरुले सामुहिक रुपमा विरोध जनाएका छन् ।  

     इलाका प्रहरी कार्यालय लालबन्दीसहित अन्य प्रशासनिक निकायलाई समेत घटनाको विषयमा लिखित रुपमा अवगत गराइसकेको भएपनि अहिलेसम्म जिल्लाका सिडियो साहेब र एसपी साहेबले कुनै प्रतिक्रिया दिनुभएको छैन हेल्थ केयरका संचालक  डा.राजिब झा ले गुनासो गरे।

    नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवं उपमेयर पाख्रिनकै अगाडी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु मिलेर समाजमा प्रतिष्ठित एउटा डाक्टर जस्तो ब्यक्ति माथि यसरी सार्वजनिक रुपमा कुटपिट गर्नु निन्दनीय कार्य रहेको र यस्तो हुँदा समेत प्रहरी प्रशासन चुप लागेर बस्दा यस्ता गलत प्रवृत्तिका ब्यक्तिहरुको मनोबल झन बढ्दै जाने र आगामी दिनहरुमा पनि यसैगरी घटनाहरु घटाउँदै जाने भएकोले दोषीहरु माथि तुरुन्त कार्यवाही गर्न नेपाल चिकित्सक संघले नियमन निकायसँग जोडदार माग गरेका छन् ।

   उता इलाका प्रहरी कार्यालय लालबन्दीले भने पिडित र पिडक दुबै पक्षबाट उजुरी परिसकेको र सुक्ष्म तरिकाले अनुसंधान भइरहेको जानकारी गराएको छ।इप्रका लालबन्दीका अनुसार पिडित डाक्टर मुकेश कुमार साह सम्पर्कमा नआएकोले उहाँसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएका छन् ।