Saturday, July 31, 2021

स्थानिय र प्रहरी वीच झडप, ४ जना पक्राउ

प्रतीक फोंटो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १६

   सर्लाहीको लालबन्दी नगरपालिकामा शुक्रवार साँझ  स्थानिय र प्रहरी बिच झडप भएको छ ।

    लालबन्दी स्थित मोडल अस्पतालले  टेटनसको  सुई लगाउन गएका एक स्थानिय महिलालाई रेविजको सुई लगाई दिएको विषयमा अस्पताल संचालसँग सामान्य मनमुटाव भएपछि  आक्रोसित भएका स्थानीयहरु अस्पतालका डाक्टरसंग बसेर छलफल गर्न पाउनु पर्ने माग राखेर बडा न-६ जनवादी चौकबाट निकालेको शान्तीपुर्ण जुलुसमा प्रहरीले आक्रमणको प्रयास गरेपछि स्थानिय र प्रहरी विच झडप भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।उक्त  शान्ती पुर्ण नारा जुलुसमा प्रहरी आफैले ढुंगा हान्न सुरु गरेपछि स्थानीयहरु पनि  थप आक्रोसित भएर  प्रहरीमाथी ढुंगा चलाएको  स्थानियले बताएका छन् ।

   

     मोटरसाईकलबाट लडेर सामान्य घाउ लागि लालबन्दीस्थित मोडेल अस्पतालमा टेटनसको सुई लगाउन पुगेका स्थानीय विवेक बानियाकी २१ वर्षीया  श्रीमती करुणा बानियालाई सामान्य सोधपुछ पनि नगरी रेवीजको सुई दिएको भन्दै स्थानीयहरु आक्रोसीत भएका हुन।

आफ्नी श्रीमती गर्भवती पनि रहेको र आस्पतालले सोधपुछै नगरी रेवीजको सुई लगाईदिएको भन्दै आफुहरुले प्रहरीमा उजुरी गरेको भएपनि त्यसको सुनुवाई नभएको बरु आफुहरु माथिनै उल्टो  प्रहरीले दुर्ववहार  गरेको बानियाँको दाबी छ ।शुक्रवार आफुहरुलाई प्रहरीले बोलाएको भएपनि अस्पताल प्रशासन छलफलमा नआएको स्थानीयहरुको भनाई छ ।

     उता ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका आनुसार आफुले दुवै पक्षलाई १० बजे छलफलमा बोलाएको भएपनि पीडित पक्षका मानिसहरु २ बजे आएका र अस्पताल पक्षका १० बजेनै आएर गएकाले छलफल हुन नसकेको हो । आईतावार उनिहरुलाई पुन: छलफलका लागि  बोलाईएको छ ।

   अस्पतालका चिकित्सकहरुमाथी पनि स्थानीय युवाहरुले आक्रमण गरेपछि आस्पताल प्रशासनबाट सुरक्षाको माग भएको र नियन्त्रण गर्न खोज्दा आफहरुसंग झडप भएको प्रहरी निरीक्षक थापाको भानई छ । स्थिती नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेपछि मात्र भिड नियन्त्रण भएको प्रहरी निरीक्षक थापाले बताए  ।

   प्रहरीले अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेसहित अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । मध्यस्थकार्ताको भुमिका निर्वाह गर्न पुगेका अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेलाई प्रहरीले निर्घात पिटेको पारिवारीक श्रोतको भनाई छ । श्रोतका अनुसार घिमीरे टाईफाईको औषधी खाईरहेका बिरामी हुन ।


Thursday, July 29, 2021

"हरियो वन नेपालको धन " कागजमै मात्र सिमित रहेकोले यसलाई व्यवहारमा उतार्नु पर्ने प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक यादवको सुझाव

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १४

     हरियो वन नेपालको धन कागजमै सिमित रहेकोले यसलाई कागजमा मात्र सिमित नराखी व्यवहारमा समेत लागु पर्ने प्रदेश न-२ का सांसद एवं प्रदेश मामिला सभापती अशोक यादवले बताउनुभएको छ । दिनदिनै भइरहेको वन फडानीका कारण वातावरणमा नकारात्मक असर परेकोले यसलाई बचाउन हामीसबै मिलेर लाग्नुपर्ने उहाँले भन्नुभयो ।

   बुधबार कबिलासी नगरपालिका वडा न-७ स्थित युनिभर्सल एकेडेमी विधालयको प्रांगणमा  बसेको लालबन्दी साझेदारी वन व्यवस्थापन समूह  मुल समितिको बैठकलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।     बैठकले समितिका पुर्व संयोजक कपिल प्रसाद पौडेलको स्वर्गवास पश्चात्  विगत एक वर्ष भन्दा बढी दिनदेखि नेतृत्व विहिन रहेको मुल समितिमा नयाँ संयोजकको रुपमा सर्वसम्मतिबाट अजय यादवलाई चुनेको छ । 

                      अजय यादव


    मुल समितिका जेष्ठ नागरिक सदस्य राम पुकार रायको अध्यक्षतामा बसेको बैठकले मुल समितिका सदस्य तथा सरोकारवालाहरु सँग छलफल गरि संयोजक छनौट ,समितिको खाता संचालन ,कार्यालय संचालन तथा व्यवस्थापनको साथै नेतृत्व विहिन भएको अवस्थामा हुन नसकेको साझेदारी वनको संरक्षण लगायत उपभोक्ताहरुलाई वितरण गर्नुपर्ने वन पैदावारको विषयमा निर्णयहरु गरिएको मुक समिति सदस्य चन्द्र किशोर रायले जानकारी दिए ।

    कार्यक्रममा डिभिजन वन अधिकृत माधव प्रसाद देव,एक्टमका केन्द्रीय सदस्य  रजनीकांत झा,एक्टमका जिल्ला अध्यक्ष माधव सरकार, विभिन्न सामुदायिक वनका संयोजक ,पुर्व संयोजक , वन कार्यालयका कर्मचारी , मुल समिति सदस्य , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    लालबन्दी साझेदारी  वन व्यवस्थापन समूहमा साविका ४२ वटा गाविसका उपभोक्ताहरु आबद्ध रहेका छन् ।


Wednesday, July 28, 2021

रौतहटको कटहरिया नगरपालिका भरि फ्री वाई-फाई इन्टरनेट जडान





दिपेश कुमार साह-----

रौतहट ,साउन १३

   रौतहटको कटहरिया नगरपालिका भरि वाई-फाई इन्टरनेट जडान गरिएको छ ।कटहरिया नगर क्षेत्र भरी इन्टरनेट सुविधा पाएपछि त्यहाँका स्थानीय बासिन्दाहरु खुशी भएका छन् ।


बिधालय, स्वास्थ्य संस्था  र सरकारी  कार्यालयहरू मा वाई-फाई इन्टरनेट जडान गरिएको छ ।कटहरिया नगरपालिका नगर प्रमुख सियाराम प्रसाद कुसवाहा को सुभ हात ले उद्घाटन गरिएको थियो

 उनले जनता को मनमुटु  मा बसेको छ

नगर भरी वाई-फाई इन्टरनेट जडान गरिएको थियोे।  नगर प्रबक्ता कुशवाहा ले बताऐको छ  


नगरपालिका  को अधिकान्स ठाउमा वाई-फाई जडान गराउन लाई उहाको भनाइ रहेको छ ।  नगर प्रपुख सियाराम कुसवाहा र नगर प्रबक्ता चन्दन कुमार कुसवाहा Techminds प्रा .ली लिमेटेड चितवन  को टोलि  ब्रान्च कटहरिया शाखा को पुरै टोली बसन्त उपस्तिथिमा भएको छ । techminds शाखा को ईनचारज वसन्त 9862215991 ncell 98219234992 कुनै पनि सम्य मा येयाद गर्नु होला 24 घन्टा सेवाको लागि ।

कटहरिया नगरपालिका नगर प्रबब्क्ता वाडा अध्यक्ष चन्दन कुमार कुसवाहा को  उपस्तिथि मा यो  कार्य गरियेको थियो र उहाको भनाइ रहेको छ युवाहरु को लागी इन्टरनेट र वाई-फाई जडान गरिएको  छ जुन ठाउमा वाई-फाई इन्टरनेटको तार पुगेको छैन उ ठाउमा  नगर पर्बक्ता कुसवाहा ले पुर्याउन बताए का छन । जनप्रतिनिधि सुरक्षा कर्मी संचारकर्मी पत्रकार  सबै जानाको सहभागी मा भएको हो

ब्रह्मपुरीमा आमा र दुई बच्चासहित ३ जनाको पाेखरीमा डुबेर मृत्युु

 


     



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १३

    सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा पाेखरीमा आमा र २ बच्चासहित ३ जनाको पोखरीमा  डुबेर मृत्यु भएकाे छ ।

     ब्रहमपुरी  गाउँपालिका वडा न- ३  बस्ने संजिव कापरकी   श्रीमती रितेवा देवी कापर अाफनाे २ वर्षीया छाेरी र ९ दिनकाे नवजात  छाेरासहित गाउँपालिकाकाे वडा- न- स्थित  रहेकाे सुर्यबंश पाेखरीमा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भएको छ । वडा न- ३ का वडाध्यक्ष   शयाम ईनदल साहका अनुसार  राती करिब १ बजेकाे समयमा  घरबाट २ जना बच्चाहरु लिएर मृतक महिला कापर गायब भएकी  थिइन् । 

  अहिले मृतक महिलाका श्रीमान संजिव कापर श्रीमती र बच्चालाई  खाेजदै हिडेका छन । श्रीमान पनि हाल सम्म सम्पर्क बिहिन रहेकाे प्रहरीकाे भनाई छ ।

    मृतक महिलाकाे मानसिक अवस्था ठिक नरहेकाे गाउँलेहरूले बताएका छन् ।

Tuesday, July 27, 2021

मुखियालाई अपाङ्ग मैत्री साइकल प्रदान

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,श्रावण १२

       अपांगता भएका  एक जना युवकलाई सर्लाहीका एकजना  पत्रकार र व्यापारीले संयुक्तरूपमा अपांग मैत्री साइकल प्रदान गरेको  छ ।

  सर्लाहीको बसवरिया गाउँपालिका वडा न- ४ का स्थानीय लक्षमण  मुखियाका छोरा  सन्तोष मुखियालाई  नेपाल पत्रकार महासंघ प्रदेश-२ कोषाध्यक्ष एवं बसबरिया गापा वडा न-५ निवासी  विशवनाथ ठाकुर र खुश्बु अफ्सेट प्रेस मलंगवाले  अपांग मैत्री साइकल प्रदान गरेको स्थानीय बच्चेलाल पन्डितले जनाएको छ ।

   मुखियालाई  २ बर्ष पहिला  बाइक दुर्घटनामा परेर देब्रे खुटा गुमाउँदा हिंडडुल गर्न मुस्किल पर्दै आएकोले उनको सहजताको लागि उक्त अपांग मैत्री साइकल प्रदान गरिएको  पंडितले बताए  ।

प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको भनाइ

 




मनोज यादव---

सर्लाही ,साउन १२

    कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न तथा कृषि पेशालाई मर्यादित एवं व्यवसायीक बनाउने उदेश्यले  सर्लाहीको  बागमती नगरपालिका वडा न-१० शंकरपुरमा स्थानीय   साना किसान कृषि सहकारी संस्थाले स्थापना गरेको कष्टम ह्यारिङ्ग सेन्टरको प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्नुभएको छ ।

    सोमवार कष्टम ह्यारिङ्ग सेन्टरको उद्घाटन गर्दै मन्त्री साहले सेन्टरको स्थापनाले किसानको लागत मूल्यमा ३५ देखी ४५ प्रतिशत सम्म घट्ने बिस्वास व्यक्त गरेका छन  ।प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने मन्त्री साहले बताए । यहाँका ८० प्रतिशत नागरिक कृषिमै आश्रीत भएकाले यसको विकासमा प्रदेश सरकारले काम गरिरहेको उनले  बताए । प्रदेश न- २ मा ७ हजार सहकारी संस्थाहरु रहेकाले यसलाई उत्पादनको क्षेत्रमा लगाउन सरकारले लगानी गर्ने उनले बताए ।

     चर्को मूल्य तिरेर हलो र ट्याक्टरको भरमा खेती गर्दै आएका किसानहरु उक्त कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ्ग सेन्टर मार्फत कृषि कार्यको लागि  आफ्नै गाउँमा कृषि यन्त्रहरु उपलब्ध गराउने भएपछि खेती गर्न सजिलो हुने भन्दै  खुसी भएका छन्। यसबाट कृषि कार्यमा लागत कम लाग्ने, उत्पादित वस्तुको सुरक्षित भण्डारण हुने र कृषि पेशा मर्यादित एंव व्यवसायिक हुने स्थानीय किसानहरुले  विश्वास लिएका छन । 

    यस क्षेत्रमा हुने व्यवसायीक मकै र धान खेतीको लागत कम गरि उत्पादन बढाउने उदेश्यले कष्टम ह्यारिङ्ग सेन्टरको परिकल्पना गरिएको संस्थाका अध्यक्ष कमल कुमारी पोखरेलले बताउनुभयो ।

     किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकर कृषि विकास निर्देशनालय नक्टाझिंज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिइन्। निर्देशनालयले अनुदान वापत दिएको १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा तथा संस्थाको  १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा गरि जम्मा  २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा कृषि यन्त्रहरु खरिद गरि स्थापना गरिएको  कष्टम ह्यारिङ्ग सेन्टरमा ६ थान ट्याक्टर, २ थान पावर टेलर, २ थान माटो मिलाउने, २ थान मिनी टेलर,  ५ थान मकै रोप्ने मेशिन, ५ थान ट्रली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक ट्रे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन र २ थान रिपर राखिएका छन् ।

    धान खेतीमा एक कट्ठा रोपाईंका लागि ४ सय, मकैमा प्रति कट्ठा ५ सय  मजदुरी तथा  धान र मकै खेत्न जोत्नका लागि प्रति घण्टा १४ सयको दरले ट्याक्टर साहुलाई पैसा तिर्दै आएका  किसानहरुलाई अब  मंहगोमा मजदुर खोज्नु पर्ने झण्झटबाट मुक्ति मिलेको कष्टम ह्यारिङ्ग सेन्टरका संयोजक महेन्द्र महतोले बताए ।ती यन्त्रहरुको प्रयोगका लागि  सहकारीले चलन चल्तीको रेटभन्दा २० प्रतिशत कम मूल्य निर्धारण गरेको छ। 

    धान रोप्न प्रति बिगहा खाना र खाजासहित करिब १० हजार र मलको छुट्टै खर्च हुँदै आएकोमा धान रोप्ने मेशिन आएपछि अब ६ हजारमा काम हुने सेन्टरका संयोजक महतोले बताए । धान कटाई र दाउनी गर्दा प्रति बिगहा १२ हजार खर्च हुँदै आएकोमा  सहकारीले ल्याएको कम्बाइन्ड हाबेष्टरबाट ८ हजारमै काम हुने उनले बताए । त्यस्तै मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रति बिगहा २५ हजार रुपैयाँ  खर्च लाग्दै आएकोमा आधुनिक यन्त्रबाट मात्र  १० देखि १२ हजार रुपैयाँमा काम हुने छ ।

    कार्यक्रममा उपस्थित प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती,बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो,बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, कृषि विकाश निर्देशनालयका प्रतिनिधि डा. रत्न कुमार झा, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेब प्रसाद कुशवाहा लगायतका अतिथिले सर्लाहीको कष्टम ह्यारिङ्ग सेन्टरमा प्रदेश सरकारले प्रदेशमै ठुलो लगानी गरेकाले यसलाई प्रदेशकै नमुना बाउन आग्रह मन्त्री साहसँग गरेका थिए  ।

       संस्थाका सेयरधनी सदस्य विभिन्न  संघ सस्थाका प्रतिनिधि ,पत्रकार लगायतको  उपस्थिति रहेको उद्घाटन  कार्यक्रमको संचालन भुवन निरौलाले गरेका थिए ।




Sunday, July 25, 2021

मलंगवामा लामखुट्टे आतंक बढ्यो

  

मलंगवामा लामखुट्टे आतंक बढ्यो / मुख्य कारण : फोहर र नालमा जमेको पानी



मनोज यादव----

सर्लाही ,श्रावण १०

     सर्लाहीको सदरमुकाम मलंगवामा लामखुट्टे आतंक बढेको छ । बजार क्षेत्रका सडक, चोक र खुला ठाउँमा  थुप्रिएको फोहोर तथा नालाहरुमा पानीसहित जमेको पानीका नगर क्षेत्रमा लामखुट्टेको आतंक बढेको हो ।

     रातीमात्र नभइ दिउँसो पनि लामखुट्टेले टोकेर हैरान पारेपछि  घरभित्र बस्न पनि समस्या भएको स्थानीयबासीहरुले  गुनासो गरेका छन्  । ‘झ्यालढोका बन्द गर्न बिर्सिए अथवा बन्द गर्न ढिलो भए बाहिरबाट छिरेका लामखुट्टेले टोकेर हैरान पार्ने गरेको,’ मलंगवा  नगरपालिका वडा न-२ का चन्दन कर्णले दुखेसो पोखे । साँझको समयमा घरबाहिर निस्कनु भनेको त लामखुट्टे आतंकको सामना गर्नुजस्तै भइसकेको उनले बताए । बिहान पनि लामखुट्टेको टोकाइ बढेको गुनासो नगरवासीले गर्न थालेका छन् । 

   गएको वर्ष  नगरपालिकाले फगी मेसिन(घुवाँ फाल्ने)ले औषधि छर्केको भएपनि अहिले उक्त मेसिन कार्यालयमा त्यसै थन्काएर राखिएको छ ।उक्त मेसिनले औषधि मिसाइएको ग्यास छर्किए पनि लामखुट्टेले  टोक्न भने  बन्द गरेन ,झन बाहिरका लामखुट्टे , झिंगा र किराहरु घरभित्रै प्रवेश गरेको स्थानीयबासीहरुले सुनाए । लामखुट्टेको टोकाई बढेकोले प्रभावकारी तथा गुणस्तरीय औषधि छर्न  मलंगवा नगरपालिकाका अन्तर्गतका १२ वटै वडाका जनताहरुले माग गरेका छन् ।औषधि छर्कनका लागि स्थानीय बासिन्दाहरु सम्बन्धित वडाका वडाध्यक्ष सँग पटकपटक आग्रह  गरिसकेको तर अहिले सम्म कुनै सुनावाई तथा पहल नभएको उनीहरूले बताए । 

    लामखुट्टेको टोकाइबाट  विभिन्न किसिमका रोगहरु सर्ने  भएकोले सजगता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । मलंगवा न.पा वडा न-११ गम्हरियाका  स्वास्थकर्मी राम विनय रायका अनुसार ‘डेंगु सार्ने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्युपा हुर्काउँछ । हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत घातक रोग लामखुट्टेबाटै सर्ने हुनाले लामखुट्टेबाट सधैँ सावधानी अपनाउनुपर्छ ।यसका लागि  आफ्नो वासस्थान आसपास सरसफाइ गर्ने, पानीको उपयुक्त निकास व्यवस्थापन गरी पानी जम्न नदिने गरे रोगबाट जोगिन सकिने रायले बताए ।

मिर्गौला पिडित सर्लाहीका बेचन रायको उपचारका लागि मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग पठाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, साउन १०

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका  वडा न-१२ गम्हरिया निवासी मिर्गौला पीडित बेचन रायको उपचारका लागि  भनेर वैदेशिक रोजगारीको सिलसिलामा  मलेसियामा रहेका  नेपालीहरुले एकआपसमा उठएर  संकलन गरेको नेपाली ३० हजार १० रुपैया गम्हरिया स्थित एक सामाजिक संस्था एकता समाज युवा क्लब मार्फत आर्थिक सहयोग पठाएको छ ।

     गम्हरीया निवासी स्थानीय किसान राम दरेश राय र तेतरी देवीका एकमात्र  छोरा २५ वर्षीय बेचनको  दुबै मिर्गौला फेल भएर हाल काठमाण्डौ  स्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ । दुवै मृगौला बिग्रिएर फेर्नुपर्ने अवस्था रहेकोले हाल उनको डायलासिस भइरहेको एकता समाज युवा क्लबले जनाएको  छ । उपचार महँगो भएको र बेचनको घरपरिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएका  कारण उनको उपचार सम्भव नहुने समस्यालाई बुझेर मलेसिया स्थित  टाइवा गार्मेन्ट कम्पनीमा काम गर्दै आएका नेपाली कामदारहरुले एकआपसमा रकम संकलन गरेर  पठाएको उक्त रकम  मृगौला पिडित बेचनका पिता राम दरेश रायलाई आइतवार बिहान गम्हरिया स्थित संस्थाको कार्यालयमा बोलाएर हस्तान्तरण गरेको संस्थाले जानकारी गराएको  छ ।

    बुवा राम दरेश र आमा तेतरी देवीको एकमात्र छोरा  बेचनको २ वर्ष र ४ वर्षको दुईजना नाबालक छोराछोरी रहेका छन् । दुवै मृगौला बिग्रेर थला पर्नु भन्दा पहिला छोरा बेचनको कमाइले घरपरिवारको गुजारा चल्दै आएको थियो ।कमाउने एकमात्र छोरानै बिरामी परेपछि आफ्नो एक्लोको कमाइले अहिले एक छाकको भोजन समेत जुटाउन मुस्किल परिरहेको बेचनका पिता राम दरेशले गुनासो गरे ।

    सहयोग राशि स्विकार्दै पिडित बेचनका पिता राम दरेशले उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले मलेसियामा रहेका नेपाली दाजुभाइहरु सँग समन्वय गरि चन्दा स्वरूप नगद रकम सहयोग गराउन पहल गरिदिने  एकता समाज युवा क्लबलाई धन्यवाद दिएका थिए ।

Saturday, July 24, 2021

जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचना

जिल्ला प्रहरी कार्यालय सर्लाही 

 

सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ: प्रदेश मामिला समिति सभापति अशोक यादव

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ९

       प्रदेश नम्बर -२ का प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सांसद अशोक यादवले पटकपटक संसद विधटन गर्नेलाई सजाय दिएर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन्

     यादवले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताउनु भएको छ । सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा अाेलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउने अभिभारा पुरा गर्ने बताए ।  सर्वोच्च अदालतको फैसलाले संविधान, संसद र लोकतन्त्र बचाएको उहाँले बताउनु भएको छ ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद मात्रै ब्यूतिएको छैन, संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता यादवले  भने । अदालतले आफ्नो गरिमा बढाएको उहाँको भनाइ छ ।

      सर्वोच्चले ओलीको गलत कदमलाई सच्याएको बताउँदै उहाँले यसबाट प्रतिगमन परास्त भएको प्रतिक्रिया दिनुभएको छ  ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै  सो फैसला स्वागतयोग्य भएको यादवले बताएका छन् ।

     लामो संघर्ष गरेर ल्याएको संविधानको रक्षा गरेको भन्दै उहाँले सर्वोच्च अदालतलाई   धन्यवाद दिएका छन ।

 

मलंगवा बोर्डरबाट लागुऔषध चरेश सहित ३ जना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ९

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित नेपाल भारत सिमानाकाबाट शुक्रवार  लागुऔषध चरेश सहित  ३ जना पक्राउ परेका छन् ।

     शुक्रवार बिहान ११:३० बजे तिर गोरखकाली प्रहरी चौकी  तथा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट संयुक्तरूपमा खटिएको गस्तीटोलीले मलंगवा न.पा वडा न-२ स्थित सिमानाकामा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर साविक टिस्टुङ गाविस वडा न-१ हाल थाहा  नगरपालिका वडा न-११ बस्ने माइला तामाङको छोरा वर्ष ५९ को बिर बहादुर बल ,मकवानपुर जिल्लाकै कैलाश गाउँपालिका वडा न-५ बस्ने बलबहादुरको छोरा वर्ष २५ को सुकराम पाख्रीन र जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका वडा न-११ बस्ने आइत सिंह तामाङको छोरा सुकलाल तामाङलाई लागुऔषध चरेश सहित पक्राउ गरेको हो । बिर बहादुर बलको साथबाट ५ किलो ५०० ग्राम र नेपाली नम्बरको जिओनी कम्पनीको मोबाइल , सुकराम पाख्रीनको साथबाट ५ किलो ६०० ग्राम चरेश जस्तो पदार्थ र उनीहरू सँगै रहेको सुकलाल तामाङको साथबाट  नेपाली र भारतीय नम्बरको सिमाकार्ड लागेको रेडमी कम्पनी मोबाइलको साथै निजले लगाएको पाइन्टको पछाडिको खल्तीबाट भारतीय  ५०० रुपैयाको दरले १६ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

      पक्राउ परेका तिनै जना उपर लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरि  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Friday, July 23, 2021

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ८

   सर्लाहीको धनकौल गाउँपालिका वडा न-३ मा बुधबार राती मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    बीआर ०६ एयू ८९६६ नम्वरको मोटरसाइकल राती करिब पौने ८ बजेतिर अनियन्त्रित भइ पल्टिँएर दुर्घटना हुँदा सोही  ठाउँ बस्ने रामदेव महतोका ४० वर्षिय छोरा  मिथिलेस महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

   प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका मिथिलेसलाई गाउँमै सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको सुनचाँदीको दर रेट/साउन ८ गते ,शुक्रबार


 आजको सुनचाँदीको दर रेट/साउन  ८ गते ,शुक्रबार 

आमासँगै नुहाउन पोखरीमा गएका बालबालिकाको डुबेर मृत्यु

 

प्रतीक फोटो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ८

 सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न–५ मोहनपुरमा बिहिवार दिउँसो  पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    भारतको सितामढी जिल्ला पर्सा टोल घरभइ हाल मोहनपुर स्थित माइतीमा बस्दै आएकी सकिला खातुनकी ३ वर्षीया छोरी मेहनाज खातुनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

     दिउँसो करिब १ बजे तिर  आफ्नी आमासँग लुगा धुन र नुहाउने क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।

    बालबालिकाको शव सोही दिन पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको  प्रहरीले जनाएको छ ।

 

Thursday, July 22, 2021

नेपाली काँग्रेस सर्लाही क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरु द्वारा अमरेश सिंहलाई कारवाही गर्न माग

  




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ७

   नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको पार्टी विरोधी क्रियाकलाप तथा व्यवहारले सर्लाही जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिती उत्पन्न गराएको भन्दै नेपाली काँग्रेस सँग आवद्ध क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरुले पार्टीको विधि विधान बमोजिम  सिंहलाई कार्यवाही गर्न प्रधानमन्त्री तथा पार्टीका सभापती शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

   पार्टीको महाधिवेशनको पुर्व संध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण सम्बन्धि उत्पन्न अवाञ्छित ,अस्वभाविक र भद्दा प्रवृत्तिले काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध उत्पन्न गराएको उल्लेख गर्दै सिंहको अहंकार ,दुष्ट प्रवृत्ति ,पटकपटक पार्टी र शिर्ष नेतृत्वको बारेमा दिने गैरजिम्मेवार अभिव्यक्ति ,झुठो आश्वासन ,कुरा लगाउने बानी, क्षेत्र विपक्षीको घरमा बसेर पार्टी विरोधी गतिविधि र षड्यन्त्र गरि पार्टी कार्यकर्तालाई गालीगलौज गरि तर्साउन खोज्ने कार्य, पार्टीको विधि विधान ,पद्धति र संगठनको निर्णयलाई सधै बेवास्ता गरि कुल्चेर अगाडी बढ्न खोज्ने ,जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रमहरुमा सहभागी नहुने ,आफ्नो क्षेत्रमा काँग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफु  अनुकुल अनावश्यक कार्य गर्न दवाब, धाक धम्की समेत दिने गरेको सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

     पटकपटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरि पार्टीलाई बदनाम गराउने ,विपत्त र दैवीप्रकोपको बेला एकचोटी पनि क्षेत्रमा नआउने र अहिले अधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा पनि नआउने तर वडा,पालिका ,प्रदेश ,क्षेत्र प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिहरुले गरेका निर्णयहरुलाई नमानी त्यसलाई कुल्चेर अगाडी बढ्न विभिन्न जालझेल र तानाशाही प्रवृत्ति अवलम्बन गर्ने प्रतिनिधि सभा सदस्य सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट  क्षेत्र न-४ का नेता तथा पार्टी कार्यकर्ताहरु आतंकित भइसकेकोले उहाँ माथि पार्टीको विधि विधान अनुरुप आवश्यक कार्यवाही गरि वडादेखि क्षेत्रसम्मको निर्णयले इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन सर्लाही  क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरुले सभापति देउवा सँग आग्रह गरेका छन् ।

    पार्टीका प्रदेश न-२ का प्रदेश सभा सदस्य विरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा,क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साह,बसबरिया गापा अध्यक्ष राम आयोध्या यादव ,रामनगर गापा अध्यक्ष नितु कुमारी यादव,क्षेत्र न-४ क का प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी,क्षेत्र न-४ ख का प्रदेश क्षेत्रीय सभापति अशोक कुमार सिंह,बलरा नगर सभापति बालकिशोर सिंह,बरहथवा नगर सभापति उपेन्द्र महतो,बसबरिया गापा सभापति लालबाबु महतो,धनकौल गापा सभापति बैजनाथ प्रसाद सिंह तथा  रामनगर गापा सभापति राम एकवाल साह लगायतका नेताहरुले संयुक्तरूपमा  हस्ताक्षर गरि पठाएको  अनुरोध पत्र मार्फत सभापति देउवालाई  सो कुराको जानकारी गराइ सिंह उपर कार्यवाहीको माग गरेका  हुन । 






प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको छ : कृषि मन्त्री सैलेन्द्र साह

  




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ७

 आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने भएकोले  प्रदेश २ लाई  समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको भुमि व्यवस्था कृषि  तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले बताएका छन ।

   विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन  गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन  प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर  निति,कार्यक्रम तथा बजेट विनियोजन गरेको उहाँले जानकारी गराउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानहरुलाई जिल्ला बाहिरबाट  बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहदै आएको प्रदेश सरकारले  महसुस गरेको र यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले  गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो । उहाँले जिल्लाको  लालबन्दी क्षेत्रका किसानको समस्यालाई मध्यनजरगर्दै २५ देखी ५० मीट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत  व्यक्त गर्नु भएको छ।

     प्रदेश सरकारको २५ लाख रुपैयाँ  र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो । 

     कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगर मानबहादुर खडका , कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव  कुशवाहा  लगायतले  आ– आफ्नो धारणा राखेका थिए ।


Wednesday, July 21, 2021

सरकारले सबैको लागि निशुल्क शिक्षा लागू गरेपनि गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाका सरकारी विद्यालय

 

पिडित



मनोज यादव----

सर्लाही ,साउन ६

    सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक  सामुदायिक विद्यालयले  विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५, भाँडसर स्थित श्री रामगुलाम जनता माध्यमिक विद्यालय भर्ना शुल्कको नाउँमा  चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुबाट  जनगुनासो आएको छ । 

    यस  विद्यालयले  विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको पाइएको छ। विद्यार्थीसँग  भर्ना शुल्क भनेर लिएको पैसा  विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको सोही विद्यालयमा भर्खरै  कक्षा ८ उतिर्ण गरि कक्षा ९ मा पुगेका  छात्रा पुजा कुमारी महतोका अविभावक रवीन्द्र महतोले बताए ।सरकारले सबैका लागि  निशुल्क  शिक्षा भनेर लागू गरेको भएपनि भर्ना शुल्क किन लिएको भनि विद्यालयका लेखापाल (किरानी) राम विश्वास रायसँग प्रश्न गर्दा आफुले   प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशन तथा आदेशमा   भर्ना शुल्क लिएको भनी सुनाएको महतोले बताए ।पहिला त शुल्क बुझाएको पैसाको बिल दिन मिल्दैन भनी पन्छिन खोजेपनि पछि जिद्दी गरेर  माग्दा भर्ना बापत लिएको शुल्क विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको महतोले सुनाए ।

    कक्षा १ देखि १२ सम्म सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, विकास शुल्क लगायतका शीर्षकमा विद्यार्थीहरु सँग जबर्जस्ती  रकम असुल्ने गरेका छन् ।

   अहिले विद्यालय भर्ना अभियान चलिरहेको र सोही अभियानको क्रममा  आफ्नो बच्चालाई भर्ना गराउनका लागि लिएर जाँदा लेखापाल रायले भर्ना गराए बापत ५०० रुपैयाँ विद्यालयलाई बुझाउनु पर्ने नबुझाएको खण्डमा भर्ना गर्न नमिल्ने भनी सुनाएको  रामगुलाम जनता मावि भाँडसरमा अध्यनरत एक विद्यार्थीका अविभावक मलंगवा नगरपालिका वडा न-६ खुटौना निवासी ललन राय यादवले गुनासो गरेका छन्  । भर्ना गराए बापत एक रुपैयाँ तिर्नु पर्दैन सरकारले १ देखि १२ कक्षासम्मको अध्यनलाई  निशुल्क गरेको छ बच्चाको नाम लेखिदिनु पर्यो भनि आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर रकम बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिएको ५०० सय रुपैयाँ विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिएको यादवले बताए । उनीजस्तै खुटौनाका  अन्य अभिभावकले पनि बालबालिका भर्ना गर्दा रकम तिर्नुपरेको उनलेे बताए।

    विद्यालयका प्रअ राउतलाई गैरकानुनी रुपमा विद्यार्थीहरु सँग रकम असुल नगरिदिन भनि पटकपटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर पिडित अविभावक तथा विद्यार्थीहरु मिलेर जिल्ला प्रशासन कार्यालयमा विभिन्न बहानामा गैरकानुनी रुपमा गरिदै आएको रकमको असुली र यस्ता कार्य गर्ने गराउने उपर कार्यवाहीको माग राखेर निवेदन पेस गरेको र सो निवेदनको आधारमा कार्यालयले जिल्ला  शिक्षा समन्वय इकाई कार्यालयमा पत्र लेखेर पठाएको र इकाई प्रमुख राम आधार कुशवाहाले पनि राम गुलाम माविका प्रअको नाउँमा स्पष्टीकरण दिन भनि पत्र काटेर पठाएको अविभावक महतोले भने ।जि.शि .स.इकाई कार्यालयले काटेको पत्र आफैले लिएर  विधालयमा जाँदा प्रअ  र लेखापालले उक्त पत्र बुझ्न अस्विकार गरेपछि पुनः दोस्रो र तेस्रो पटक पत्र लिएर जाँदा पनि बुझ्न नमानेपछि बाध्य भएर असाढ २२ गते हुलाक मार्फत पत्र पठाएको तर उनीहरूले हुलाकबाट गएको पत्र पनि नबुझी पुनः हुलाकमै पठाएको उनले बताए ।यसरी पटकपटक गएको पत्र नबुझेर उनीहरूले विद्यालयमा व्यापक रुपमा भ्रष्टाचारी गरेको स्पष्ट भएको देखिन्छ महतोले भने ।

     यसभन्दा अघिपनि उक्त विद्यालयले शिक्षा नियमावली विपरित नामांकन ,परीक्षा,रजिस्ट्रेसन,सर्टिफिकेट, विकास  लगायतका शिर्षकहरुमा गैरकानुनी रुपले विद्यार्थीहरु सँग रकम असुली सकेका छन् ।शुल्क नबुझाएको खण्डमा डर र परिक्षामा फेल गरिदिने खालका धम्की दिएर विद्यार्थीहरु सँग पैसा असुल्दै आएको अविभावकहरुले गुनासो गरेका छन् ।

    प्रअ,लेखापाल लगायत अन्य केही विद्यालयसँग सम्बन्धित रहेका तथा नरहेका स्थानीय व्यक्तिहरुको आपसी मिलेमतोमा यस विद्यालयले विभिन्न बहानामा  विद्यार्थीहरुबाट वार्षिक ३ देखि ४ लाख रुपैयाँ असुल्दै आएको छ ।जबकी निजी श्रोत बाहेक विभिन्न शिर्षक गरी   विद्यालय संचालनका लागि सरकारबाट करिब ५ देखि ६ लाख रुपैयाँ आइरहेको छ ।

    सामुदायिक विद्यालयमा गरिब तथा विपन्न घरका बालबालिकाहरु पढ्ने गरेकाले मजदुरी गरेर भएपनि आआफ्नो छोराछोरीलाई विद्यालय भर्ना गराएर पढाउन चाहने अविभावकहरु सँग  मनपरी रुपमा रकम लिएर उनीहरू माथि ठुलो अन्याय गरेकोले यस्तो कर्तुत गर्नेहरु उपर कडा कार्यवाही हुनुपर्ने आफुहरुको माग रहेको  विद्यालय उपर कार्यवाहीको माग राखेर जिल्ला प्रशासन तथा  शिक्षा समन्वय इकाइ कार्यालयमा उजुरी दिएका भाँडसरकै अविभावक रवीन्द्र महतोले बताए ।

   शिक्षा इकाइ प्रमुख राम आधार कुशवाहाले  कुनैपनि सरकारी विद्यालयमा नामांकन शुल्क नलाग्ने नियम रहेकोले रामगुलाम मावि भाँडसरले नामांकन शुल्क लिएको पिडित विद्यार्थीका अविभावकहरुले पेश गरेको निवेदनमा देखिएकोले यस्तो कार्य गर्ने  उपर कार्यवाही हुने आश्वासन दिंदै  यसका लागि प्रअ सँग स्पष्टीकरण माग्दै इकाइ कार्यालयबाट विद्यालयको नाउँमा  पत्र पठाइसकेको इकाइ प्रमुखले आफुहरुलाई जानकारी गराउनुभएको  पिडित अविभावक  महतोले बताए  ।

   मलंगवा नपा वडा न-५ भाँडसर स्थित राम गुलाम ज.मा.वि मा अध्यनरत विद्यार्थी , भर्ना हुन गएका नयाँ विद्यार्थी तथा तिनका अविभावकहरु मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाको कार्यालयमा आएर यस्तो गुनासो गरेका हुन । गुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भइरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन पत्रकारहरु सँग आग्रह समेत गरेका छन् ।








मानसिक सन्तुलन बिग्रेको पुरुषको पोखरीमा डुबेर मृत्यु




लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन ६
    सर्लाहीको नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत    हरिपुर नगरपालिका वडा न-४ हरैयामा  रहेको सरकारी  पोखरीमा डुबेर  एक जना मानसिक सन्तुलन ठिक नभएको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामपृत माझीको ३० वर्षिय छोरा भुरकुर माझी रहेको प्रहरीले जनाएको छ ।



       मंगलबार  साँझ करिब पौने ९ बजे तिर हरैया स्थित सरकारी  पोखरीमा डुबेर उनी वेपत्ता भएका थिए । पोखरीमा डुबेर बेपत्ता भएको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरिक्षक रवि कुमार लामाको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरीको अगर्वा गणबाट खटिगएको १९ जना सशस्त्र प्रहरीको  टोली स्थानीय बासिन्दाको सहयोगमा उक्त पोखरीमा माछा मार्ने जाल हानी खोजतलास गर्दै जाँदा आज(बुधबार )बिहान साढे १० बजे भुरकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरील जानकारी दिनुभएको छ ।
 


जनमत पार्टीले गृह मन्त्रालय सँग आफ्ना नेता,कार्यकर्ता तथा समर्थकहरुको ज्यानको सुरक्षा मागे

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,श्रावण ६

    जनमत पार्टी सर्लाहीले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकहरुको  ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ ।

    सर्लाही जिल्ला लगायत देशका विभिन्न ठाउँमा आयोजना हुने पार्टीको आम सभा , बैठकलाई समेत प्रभावित गर्ने गरी पार्टीका नेता ,कार्यकर्ता तथा समर्थकहरु माथी विभिन्न समुहहरुबाट आक्रमण र दमनको प्रयास भइरहेको विषयमा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई  जानकारी गराउँदै उहाँकै मार्फत आवश्यक  शान्ति सुरक्षा प्रदान गर्न भनि पार्टीका जिल्ला अध्यक्ष जबाहरलाल यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्र  गृह मन्त्रालयलाई पठाइएको  पार्टीका जिल्ला सचिव विवेक कुमार शर्माले जानकारी दिए ।

     स्थानीयतहका जनप्रतिनिधिले सूचनाको हकमा  अवरोध खडा गर्ने तथा लुकाउने काम गरेको  , वेबसाईटमा समेत विवरणहरु नराखिएको ज्ञापनपत्र मार्फत प्रजिअ महतोलाई   ध्यानाकर्षण  गराएको जनमत पार्टी जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।

दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

 




लोकतन्त्र समाचारदाता--

सर्लाही,श्रावण ६

    सर्लाहीमा  नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत १०० जना दलित बालबालिकालाई  छात्रवृति वितरण गरिएको छ ।

   नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही तथा  सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) अन्तर्गत छ्नौटमा परेका जिल्लाको कबिलासी ,हरिपुर्वा ,मलंगवा ,गोडैता नगरपालिका र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिका भित्रका १०० जना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको संस्थाका कार्यक्रम अधिकृत गोविन्द पासवानले  जानकारी दिएको छ ।छात्रवृत्ति रकम प्रत्येक तीन-तीन महिनामा वितरण हुँदै आएको छ ।

  कबिलासी कलस्टरमा आयोजना गरिएक  छात्रवृत्ति वितरण  कार्यक्रममा नेपाल राष्ट्रिय दलित  समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा अध्यक्ष बिरेन्द्र साह ,प्रधानाध्यापक कमलेश्वर झा ,संस्था का सदस्य सोगारथ  पासवान,प्रमोद पासवान लगायतको उपस्थिति  रहेको  थियो ।

Tuesday, July 20, 2021

विद्यार्थीहरुमा पाठ्यपुस्तक वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ५

     सर्लाहीको रामनगर गाउँपालिका वडा न-१ हिक्मतनगर स्थित श्री हिक्मत सामुदायिक प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोमबार पाठ्यपुस्तक वितरण गरिएको छ ।

    रामनगर गा.पा का उपाध्यक्ष नितु देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच विद्यालयका प्राधानाध्यापक दिगम्बर झा द्वारा पाठ्यपुस्तक वितरण गरिएको हो ।सोमबार दिउँसो विद्यालयको प्रांगणमा आयोजना गरिएको  पाठ्यपुस्तक वितरण कार्यक्रममा विद्यालयका शिक्षक ,शिक्षिका ,विद्यार्थीहरु लगायत स्थानीय रकटु महतो, संतोष यादव ,राम पुकार यादव,अभिनन्दन सहनीको उपस्थिति रहेको थियो ।

    कक्षा ३ सम्म संचालित उक्त विद्यालयमा ७५ जना छात्रछात्राहरु हाल अध्यनरत रहेको रामपुजन साहले जनाएको छ ।

भोली बकर इदको अवसरमा सार्वजनिक बिदा



लोकतन्त्र समाचारदाता--

काठमाडौ ,साउन ५


सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।




करेन्ट लागेर पुजारीको मृत्यु



लोकतन्त्र समाचारदाता--

सर्लाही,श्रावण ५

सर्लाहीको  बसबरियामा करेन्ट लागेर एक जना पुजारीको ज्यान गएको छ ।

    बसबरिया गाउँपालिका–६ सोहड्वामा रहेको राम जानकी मठका पुजारी विष्णु गाउँपालिका–८ बत्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर ज्यान गएको हो । दास सो मन्दिरमा बिगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए । सोमबार साझ भजन किर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेर घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

Monday, July 19, 2021

नेपाली काँग्रेस सलाहीका पूर्व सभापतिहरु द्वारा केन्द्रीय कार्यालय सानेपामा धर्ना

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ४

     सर्लाहीमा नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं – ४ का संघीय सांसद डा.अमरेश कुमार सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा सलाहीका पूर्व सभापतिहरु लगायत अन्य नेताहरु धर्नामा बसेका छन ।

    नेपाली कांग्रेस सर्लाहीले पार्टीको १४ औं अधिवेशनमा प्रभाव पार्ने उदेश्यले बितरित अनियमित क्रियाशील सदस्य बितरणका बिरुद्धमा छानविनको माग गर्दै नेपाली कांग्रेस सलाहीका पूर्व  सभापतिहरु तथा अन्य नेताहरु आइतवार देखि नै नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्नामा बसेका हुन ।

    ४ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा सबैभन्दा बढी क्षेत्र नं. १ ,२ मा क्रियाशिल सदस्यता सम्बन्धि  बिबाद देखिएको छ भने क्षेत्र नं. ३ र ४ मा पनि बिबाद देखिएको छ । क्षेत्र नं. १ मा शम्भुलाल श्रेष्ठले र क्षेत्र नं. २ मा जंगीलाल रायले समायोजनको नाममा आफु खुसि मनपर्दी ढंगले पार्टी बिधान बिपरित क्रियाशिल वितरण गरेको नेपाली काँग्रेसका पूर्व सभापती लक्ष्मण रायले बताए । त्यस्तै क्षेत्र नं. ३ र ४ मा जिल्ला सभापती नागेन्द्र कुमार रायले आफुखुसि पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ ।सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए । रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए ।‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’ अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे । उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए ।सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पु¥याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ सिंहले भने ।

    सर्लाही क्षेत्र नं.१ को क्षेत्रिय प्रदेशसभा (क) अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं.१ को नेपाली कांग्रेस वडा समितिको मिति २०७७-११-१० तथा १६ गतेको निर्णय अनुसार ३० जनालाई नयाँ क्रियाशिल सदस्यता दिने निर्णय अनुसार वडा सभापतिले सिफारिश गरि गाउँ समिति तथा प्रदेश समितिमा पठाइएकोमा गाउँ समिति तथा प्रदेश समिति वाट समेत सिफारिश भई पठाइएकोमा जिल्ला सभापतिले पार्टीको विधान तथा नियम विपरित आफु खुशी सदस्ता प्रदान गरेको तथा नविकरण क्रियाशिल सदस्यता संख्या ३० वटा र समायोजन क्रियाशिल सदस्यता २२ वटा नयाँ फारममा हुनुपर्ने तर २२ वटा बाहेक जिल्लाले पुराना सदस्यतामा १३ र क्षेत्रले २० नयाँ थप गरी जम्मा ३३ नयाँ तथा पुराना सदस्यहरु थप गरी जिल्ला र क्षेत्रले मिलोमतो गरी अनाधृत रुपले पुरानो फारममा नविकरण गरेकोले उक्त ३३ वटा क्रियाशिल खारेज गर्न केन्द्रिय कार्यालयमा आफुहरुले उजुरी समेत गर्दा कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर धर्नामा बस्नु परेको महाधिवेशन प्रतिनिधि सोनेलाल साहले जानकारी दिए ।

     धर्ना कार्यक्रममा पूर्व सभापती लक्ष्मण राय ,सत्यदेव सिंह ,  प्रथम प्रतिनिधि सभा सदस्य रामचन्द्र चौधरी,  पूर्व उप–सभापति बिनोद खनाल , वर्तमान सचिव नविन कुमार अधिकारी , क्षेत्रीय सभापति दिनेश मिश्र ,तरूण दल सभापति सूर्य नारायण राय ,महाधिवेशन  प्रतिनिधिहरू विकाउ मंसुर, सोनेलाल साह , महेश राय , रामएकवाल राय ,श्याम साह , ललन यादव , शिक्षक संघका पूर्व सभापति कौशल किशोर राय लगायतका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

Sunday, July 18, 2021

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत





काठमाडौ ,श्रावण ३ गते

     प्रधानमन्त्री नियुक्त भएको चौथो दिनमाकांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

     देउवाले पाएको विश्वासको मतको पक्षमा १६५ सांसदले मत दिएका छन्  । त्यस्तै देउवालाई संसदको विश्वास छैन भनि ८३ सांसदले विपक्षमा मतदान गरेका छन्  ।

बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का माधवकुमार नेपाल पक्षका सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सांसदले विपक्षमा मत दिएका छन् । एमालेको नेपाल पक्षले मत दिएपछि जसपाका महन्थ ठाकुर पक्षले समेत देउवाको पक्षमा मत दिएको छ ।

    यसअघि ओलीलाई सघाउँदै आएको ठाकुर पक्षले देउवाको पक्षमा मत दिएसंगै जसपाको सिङगो ३२ संख्याले देउवाको पक्षमा उभिएको छ । राप्रपा सांसद तठस्थ बसेको छ ।                                                       

     आइतबार बिहान बसेको एमाले माधवकुमार नेपाल पक्षका बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

              *Yoho tv hd बाट*

बागमतीको मानवनिर्मित तालमा बेपत्ता युवक मृत भेटिए




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ३

     सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा माछा मार्न जाँदा  सनिवार अपराह्नदेखि डुबेर बेपत्ता भएको  युवक २५ घण्टापछि आज(आइतवार)साँझ मृत अवस्थामा फेला परेको छ ।

    बागमती नगरपालिका वडा न–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आइतवार साँझ साँढे ५ बजेतिर मृत फेला परेका हुन् । उनी सनिवार  अपरान्ह ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए ।डुबेर बेपत्ता भएको बेलादेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले लगातार  खोजी गर्दै थिए ।  बोटमा चढेर र पौडी खेलेर पनि युवकको  अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको प्रहरीले जनाएको छ। 

   मगर सँगै अरु ५-६ जना युवाहरु पनि भरत तालमा माछा मार्न गएका थिए ।उनीहरु सकुशल तालबाट बाहिर निस्किएका थिए ।

    मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलंगवा ल्याइएको छ ।

      निर्माणाधीन अवस्थामा रहेको उक्त ताल  १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।उक्त तालमा दैनिक जसो घुमफिर गर्ने तथा माछा मार्न आउने मानिसहरुको ठुलो जमघट हुने गरेको छ।

    


सर्लाही जिल्ला अदालतको नियमित सेवा आजबाट(आइतबार) सुरु

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,श्रावण ३

     सर्लाही जिल्ला अदालतको नियमित सेवा हिजोबाट (आइतवार)सुरु भएको छ ।

      न्यायाधीश, कर्मचारी, बार एशोसिएसनका अध्यक्ष र जिल्ला न्यायाधिवक्ताको शुक्रवार  बसेको बैठकले जिल्ला प्रशासन कार्यालयबाट जिल्ला भित्रका सार्वजनिक सवारी साधनहरु संचालन लगायत सेवाहरु सूचारु गर्ने निर्णय भए बमोजिम अदालतको सेवा प्रवाहलाई पनि नियमित गर्ने निर्णय गरेको हो । अदालतमा म्याद, तारिखमा उपस्थित हुनुपर्ने सर्लाही जिल्ला भित्रका सेवाग्राहीहरु साउन ५ गतेदेखि बाटोको म्याद बाहेक ३० दिन अर्थात भदौ २ गतेभित्र उपस्थित हुनुपर्ने निर्णय गरेको छ ।सर्लाही जिल्ला बाहेक अन्यत्र जिल्लाका सेवाग्राहीका हकमा अन्तर जिल्ला सार्वजनिक यातायातको साधन संचालनमा आएको मितिले बाटाको म्याद बाहेक ३० दिन भित्र उपस्थित हुने, तारिख लिन उपस्थित हुँदा भरसक जति गतेको तारिख तोकिएको थियो, सोही गते अदालतमा उपस्थित भई तारिख व्यवस्थापन गर्न सहयोग गर्ने र काम कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधीका मुद्दा तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद तारेख नगुजार्ने समेत निर्णय भएको छ ।

रोम विधान अनुमोदनको माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ३

   रोम विधान अनुमदनको माग गर्दै इन्सेक सर्लाहीले आइतवार सर्लाहीका   प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    राज्यले नेपालको मानवअधिकार संरक्षण र सम्बर्द्धनका लागि रोम विधानको अनुमोदन गर्नुपर्ने भन्दै अनौपचारिक क्षेत्र केन्द्र (इन्सेक) सर्लाहीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतो मार्फत आज(आइतवार) दिउँसो प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि  रोम विधान परित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर न्याय दिवस मनाउने गरिएको इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले बताए ।सोही विधानलाई अनुमोदन गरी अन्तराष्ट्रिय कानूनको सम्मान, देश र जनताप्रति जवाफदेहिता प्रकट गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकार्षण गराएको साहले बताए  ।अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान पारित भएको थियो । अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानको १ सय २४ राष्ट्रले अनुमोदन गरेपनि नेपालले अहिले सम्म गर्न सकेको छैन ।दक्षिण एशियामा बंगलादेश, अफगानिस्तान र माल्दिभ्स रोम विधानको पक्षराष्ट्र भैसकेको छन् भने नेपालले अनुमोदन गरेको छैन । युद्धअपराध, आमनरसंहार र मानवता विरुद्धको अपराधमा संलग्न हुने व्यक्तिहरुलाई जवाफदेही बनाउनुका साथै पीडितलाई न्याय गर्ने काम रोम विधान अन्तर्गत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले कानुनमा परिभाषित गरेको छ ।

    इन्सेक जिल्ला प्रतिनिधि बुधन साह,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवान ,थर्ड एलायन्स सर्लाहीका मुकेश मिश्र,ओरेक नेपालकी ज्योती तिवारी ,राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक एवं पत्रकार मनोज यादव द्वारा हस्ताक्षरित  ज्ञापन पत्र बुझ्दै प्रजिअ महतोले आजै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउने बताउनुभएको छ ।

सर्लाहीका १२० गर्भवती तथा सुत्केरी महिलाहरुलाई टेवाको विशेष पोषण प्याकेज सहयोग

 



राधेश्याम कुशवाहा----

सर्लाही,साउन ३

    कोभिड १९ दोस्रो लहरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई विशेष पोषण युक्त खाधान्नको आवश्यकतालाई मध्यनजर गर्दै टेवाले विशेष पोषण प्याकेज सहयोग गरेको छ । 

   टेाले सर्लाही चन्द्रनगर गांउपालिकाका १२० गर्भवती तथा सुत्केरी महिलाहरुलाई १२ किसिमका खाधान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री रहेको विशेष पोषण प्याकेज  प्रदान गरेको हो । भोरको पहल र टेवाको सहयोगमा उक्त पोषण प्याकेज प्रदान गरिएको भोरका अध्यक्ष पचुलाल माझीले जनाए । 


गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रदान गरिएको विशेष पोषण प्याकेजमा प्रति व्यक्ति एक क्यारेट अण्डा, दुई किलो अनार तथा स्याउ, दुई किलो नुन, पांच किलो पिठो, एक किलो छोकरा, हरियो तरकारी, स्वाबिन, दाल, साबुन र मास्क रहेको थियो । चन्द्रनगर गांउपालिकाका वडा नम्बर १, ४ र ५ का किसनपुर, रतनपुर, फरिद टोल, मोहनपुर र पोखरीया टोलहरुमा सो विशेष पोषण प्याकेज प्रदान गरिएको थियो । 


तीन महिना भन्दा लामो लकडाउनले गर्दा विपन्न परिवारलाई चरम खाधान्न अभाव त छदै थियो । विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुपोषणको कुचक्रमा जाने थप जोखिम बढेकोले गर्दा भोरले टेवाको सहयोगमा विशेष पोषण प्याकेज प्रदान गरेको हो, भोरको कोषाध्यक्ष उमेश कुमार साहले जनाए । प्रदेश २ लगायत देश भरीका विपन्न परिवारका  गर्भवती तथा सुत्केरी महिलाहरु लकडाउनमा खाधान्न अभावले गर्दा कुपोषणको थप जोखिममा रहेको छ र यस्तो विषम परिस्थितीमा पनि तीन तहको सरकारबाट खासै पहल नभएकोले गर्दा भोरले यो पहल थालेको जानकारी भोरका संस्थापक एवम् जनस्वास्थ्य विद् राज कुमार महतोले बताए । 

    टेवा जस्तै अन्य मनकारी संस्था तथा व्यक्तिहरुको सहकार्यमा उक्त विशेष पोषण प्याकेज प्रदान थप आवश्यक क्षेत्रहरुमा बिस्तार गर्ने योजना रहेको जनस्वास्थ्यविद् महतो बताउछन् ।

Saturday, July 17, 2021

बागमती स्थित मानव निर्मित तालमा एक युवक डुबेर बेपत्ता




लोकतन्त्र समाचारदाता---

सर्लाही, श्रावण २

     सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा सनिवार  एक युवक डुवेर बेपत्ता भएका छन्।साझ करिब ४ बजे तिर निर्माणाधीन अवस्थामा रहेको उक्त तालमा साथीहरुसँगै  तालमा माछा मार्न गएका सोही नगरपालिका वडा न-१ का  १८ वर्षीय सुशान्त थापा  डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ  ।

    थापासँगै अन्य ६-७ जना युवकहरु पनि  माछा मार्न गएको तर थापा बाहेक अन्य सबैजना युवकहरु सकुशल बाहिर निस्किएको  प्रहरीले जनाएको छ ।  बेपत्ता भएका थापाको  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरु मिलेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     निर्माणाधीन अवस्थामा रहेको उक्त ताल  १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।

सर्लाहीबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित एकजना पक्राउ

 

गाँजा बोकेका तीनजना भरिया फरार

लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १

      जिल्लाको  हरिवन नगरपालिका वडा न-२ बाट ७७ किलो गाँजासहित बिहीबार एकजना पक्राउ परेको छ।पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय अशोक कुमार लामा रहेको  जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रवक्ता एवं डिएसपी  माधवप्रसाद बुढथोकीले जानकारी दिए।  

       गाँजाको ओसारपसार भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त प्रहरी टोलीले साझ करिब साढे ६ बजे तिर हरिवन न.पा वडा न-२ अत्रौली खोलामा बा. ५२ प. १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा उक्त परिमाणको  गाँजा फेला परेको प्रहरीले जनाएको छ।  लामासँगै  गाँजा बोकेर ल्याउँदै गरेका अन्य तीन जना भरिया भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएका छन् ।

   लामालाई बरामद लागुऔषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई  आवश्यक कारवाहीका लागि  ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको प्रहरीले बताएको  छ।

     तश्करहरु पछिल्लो समय सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाँजा सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

      प्रहरीले केही महिना अगाडी अभियान नै चलाएर सो क्षेत्रको  सयौँ हेक्टरमा लगाइएको गाँजा खेती  केही  नष्ट गरेका थिए ।

Thursday, July 15, 2021

सर्पदंशबाट बालकको ज्यान गयो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार३१

    सर्लाहीको हरिवन नगरपालिका वडा न-१ मा बुधवार मध्यराती विषालु सर्पको डसाईंबाट एक  बालकको ज्यान  गएको छ ।

   भारतको सितामढी घर भइ हाल हरिवन स्थित भोक्टेनी मावली घर आएका  रन्जित ठाकुरको ४ बर्षका छोरा शिवम ठाकुरको करैत सर्पको डसाईंबाट ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।बुधबार राती सर्पले टोकेपछि बालकलाई नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगेको तर केन्द्रमा रहेको  vacamp बिग्रेको कारण उपचारका लागि  त्यहाँबाट  जनकपुर लैजाने क्रममा  बाटोमै मृत्यु भएको थियो ।  केन्द्रमा यस अघि पनि सर्पले टोकेको बिरामीलाई उपचारका ल्याउँदा  यस्तै समस्याहरुले गर्दा धेरै बिरामीहरुले  अकालमै ज्यान गुमाउनु परेको स्थानियहरुले बताएका छन्  ।

    चिकित्सकको लापरवाहीले गर्दा बालकको  मृत्यु भएको  मृतकका आफन्तले आरोप लगाएका छन् ।उनीहरू बालकको शव पोष्टमार्टम नगरी घर लान पाउनु पर्ने माग गरेका थिए ।

  अहिले  बालकको  शव पोष्टमार्टम जिल्ला अस्पताल मलंगवामा राखिएको  छ ।