Thursday, April 30, 2020

प्रहरी हौँ भन्दै धम्क्याएर राजमार्गमा लुटपाट


लोकतन्त्र समाचारदाता ----
सर्लाही,बैशाख १८
     सर्लाहीको   पूर्वपश्चिम राजमार्गमा गएराती(बुधबार ) दुईवटा मालबाहक ट्रकमा  लुटपाट भएको छ । हरिवन नगरपालिका वडा न– ४ स्थित तिनघरे चौकमा भुँसा बोकेर पूर्वबाट पश्चिम आउँदै गरेका दुईवटा ट्रकमा लुटपाट भएको हो । राति करिब २ बजे राजमार्गमा चारजनाको समूहले गुडिरहेको  ट्रकलाई रोकेर आफूहरू प्रहरी हुँ भन्दै साथमा रहेको नगद लुटेर लगेको ट्रकका चालकले बताएका छन् । लुटेराको समूहले ना.६ख ६४९८ र ना.५ख ५९४० नम्बरको ट्रकमा लुटपाट गरेका हुन ।
    अनुसन्धान प्रक्रियामा बाधा पर्ने भन्दै प्रहरीले चालकको नाम र ठेगाना गोप्य राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । ट्रकचालकका अनुसार लुटपाट गरे लगत्तै लुटेराहरु  कारमा भागेका थिए । घटनामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन वडा न– ८ बाट बा.१५च ५०७२ नम्बरको कार नियन्त्रण लिएको छ । घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ ।

बॉलीवुड एक्टर ऋषि कपूर का 67 वर्ष की उम्र में निधन, कैंसर से थे पीड़ित

मुंबई बैशाख १८ 
       बॉलिवुड एक्टर ऋषि कपूर लंबी बीमारी के बाद निधन हो गया हैं। ऋषि कपूर का जन्म 4 सितम्बर 1952 में मुम्बई में हुआ था। वह 67 साल के थे। सांस लेने में समस्या के बाद उन्हें बुधवार को मुंबई के एनएच. रिलायंस हॉस्पिटल में भर्ती किया गया था। वर्ष 2018 में खबर आई थी कि वो कैंसर से पीड़ित हैं, जिसके बाद करीब एक साल तक वो न्यूयॉर्क में ही रहे और उनका इलाज चला। पिछले साल सितंबर में वह अमेरिका से भारत लौटे थे। 


#ऋषि कपूर के निधन पर शोक की लहर

       -ऋषि कपूर के निधन पर बॉलीवुड के महानायक अमिताभ बच्चन ने ट्वीट कर लिखा- वो गया.. ऋषि कपूर गए... अभी उनका निधन हुआ। मैं टूट गया हूं!


-ऋषि कपूर के निधन पर बॉलीवुड के सुपरस्टार अक्षय कुमार ने ट्वीट कर लिखा कि ऐसा लगता है कि हम एक बुरे सपने के बीच में हैं, ऋषि कपूर के जाने से बड़ा झटका लगा है। ये दिल तोड़ने वाला है। वो महान थे, एक शानदार दोस्त थे।



-बॉलीवुड अभिनेत्री प्रियंका चोपड़ा ने अपने इंस्टाग्राम अकाउंट पर ऋषि कपूर के साथ तस्वीर शेयर की। प्रियंका ने लिखा कि दिल भारी है क्योंकि आज एक सदी खत्म हो गई है।



-कांग्रेस नेता राहुल गांधी ने भी ऋषि कपूर के निधन पर दुख व्यक्त किया है। राहुल गांधी ने लिखा कि ये हफ्ता भारतीय सिनेमा के लिए काफी दुख देने वाला है, एक और लिजेंड ऋषि कपूर आज हमारे बीच से चले गए। एक शानदार अभिनेता, जो हर जेनरेशन के लिए प्रेरणादायी थी। उन्हें बहुत याद किया जाएगा। इस दुख की घड़ी में उनके परिवार, मित्रों और प्रशंसकों के प्रति मेरी संवेदना।



-सूचना प्रसारण मंत्री प्रकाश जावड़ेकर ने भी ऋषि कपूर के जाने पर दुख व्यक्त किया। उन्होंने लिखा कि ऋषि कपूर का अचानक चला जाना काफी हैरान करने वाला है। वह एक शानदार अभिनेता के साथ-साथ एक शानदार इंसान भी थे। उनके परिवार के प्रति संवेदनाएं। ओम शांति।



#राज कपूर के मंझले बेटे थे ऋषि कपूर

       ऋषि कपूर का जन्म 4 सितम्बर 1952 को मुंबई के चेंबूर में हुआ था। ऋषि कपूर राज कपूर के मंझले बेटे थे। ऋषि कपूर का निक नेम चिंटू था। ऋषि कपूर के दो भाई हैं। रणधीर कपूर और राजीव कपूर और दोनो ही बॉलीवुड अभिनेता हैं। ऋषि कपूर ने अपनी प्रारम्भिक पढ़ाई अपने भाईयों के साथ कैंपियन स्कूल, मुंबई और उसके बाद आगे की पढ़ाई मेयो कॉलेज अजमेर से पूरी की। ऋषि कपूर ने 1980 में एक्ट्रेस नीतू सिंह के साथ शादी की थी। ऋषि कपूर और नीतू ने शादी से पहले एक दूसरे को पांच साल तक डेट किया था उसके बाद वे शादी के बंधन में बंध गए थे। ऋषि कपूर के दो बच्चे हैं। रणबीर कपूर और रिधिमा कपूर।


#पहली बार श्री 420 में आए थे नजर

       ऋषि कपूर ने अपने करियर की शुरुआत बतौर चाइल्ड आर्टिस्ट की थी। श्री 420 के गाने प्यार हुआ इकरार हुआ में वह पहली बार नजर आए थे। इस गाने में राज और नरगिस के पीछे बारिश में चलने वाले तीन बच्चों में से एक ऋषि कपूर थे। उस समय ऋषि की उम्र 3 साल थी और नरगिस ने उन्हें चॉकलेट का लालच देकर इस गाने में लिया था। इसके बाद   वह अपने पापा राज कपूर की फिल्म 'मेरा नाम जोकर में नजर आए। इस फिल्म में उन्होंने राज कपूर के बचपन का किरदार निभाया था। इस फिल्म के लिए उन्हें राष्ट्रीय पुरस्कार से भी नवाजा गया था।


ऋषि कपूर ने बॉलीवुड में बतौर हीरो 1973 में फिल्म बॉबी से कदम रखा था। इस फिल्म में उनके अपोजिट डिंपल कपाड़िया थीं। ऋषि कपूर अपने जमाने के चॉकलेटी हीरोज में से एक थे। उन्होने बॉलीवुड की कई रोमांटिक हिट फ़िल्में दीं। ऋषि ने अपनी पत्नी के साथ 12 फिल्मों में अभिनय किया है। अभिनय की दुनिया में तहलका मचाने के बाद ऋषि ने निर्देशन में भी हाथ आजमाया। उन्होंने 1998 में अक्षय खन्ना और ऐश्वर्या राय बच्चन अभिनीत फिल्म आ अब लौट चलें निर्देशित की।   



फिल्मी करियर में ऋषि कपूर ने जीते कई अवॉर्ड

ऋषि कपूर ने अपने फ़िल्मी करियर में सैकड़ों फ़िल्में की हैं। इस दौरान उन्होंने कई अवार्ड भी अपने नाम किये। बॉबी के लिए 1974 में सर्वश्रेष्ठ अभिनेता के लिए फ़िल्मफ़ेयर पुरस्कार और साल 2008 में फिल्म फेयर लाइफटाइम अचीवमेंट अवार्ड से भी नवाजा गया था।

प्रदेश न-२ का प्रहरी प्रमुख धिरज प्रताप सिंह द्वारा सर्लाही जिल्लाको स्थलगत अनुगमन

लोकतन्त्र समाचारदाता----
सर्लाही, बैशाख १८ ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले बुधबार सर्लाही जिल्लाको स्थलगत अनुगमण निरिक्षण गर्नुभएको छ । 

    प्रहरी नायव महानिरीक्षक सिंहले कोरोना भाइरसको माहामारी नियन्त्रणमा नेपाल प्रहरीले सर्लाहीमा गर्दैका आएको काम कारवाही लगायत विभिन्न विषयमा जानकारी लिनुभएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । 

बुधवार दिउँसो सर्लाही आउनुभएका प्रहरी नायव महानिरीक्षक सिंहले आफ्ना मातहतका युनिटको बारेमा जानकारी लिनुका साथै जिल्लाको सुरक्षा निकायका प्रमुख र संचारकर्मीसंग भेटघाट समेत गर्नुभएको थियो । 

Wednesday, April 29, 2020

लकडाउन खुकुलो हुने बित्तिकै समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउँछौं -श्रम मन्त्री रामेश्वर यादव

सर्लाही ,बैशाख १७ ।

     सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउने गृहकार्य भैरहेको बताएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा रहेका श्रमिकका लागि एक सन्देश जारी गर्दै लकडाउन खुकुलो हुने बित्तिकै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन गृहकार्य भैरहेको बताउनुभएको हो ।
विदेशमा २० औं लाख नेपाली रहेको र ती सबैलाई एकैपटक ल्याउन सम्भव नहुने र समस्यामा परेकालाई प्राथमिकतामा राखिने उहाँको भनाई छ । सुरुमा विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त श्रमिकलाई पहिलो प्राथमिकता दिने पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका सरकार प्रमुखसँग नेपाली श्रमिकको विषयमा कुरा गरेको र उनीहरुको सुरक्षाको लागि पहल गरेको पनि उहाँले बताउनुभएको छ ।

दूतावाससँग नियमित सम्पर्क गर्न आग्रह
श्रममन्त्री यादवले जस्तोसुकै अवस्थामा पनि सबैले धैर्य र उच्च मनोबलका साथ आफ्ना आफन्त तथा दूतावासमा सम्पर्क गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराउन आग्रह पनि गर्नुभएको छ । गन्तव्य देशका कतिपय सरकारले कोभिड १९ का कारण समस्यामा परेका श्रमिकलाई राहत कार्यक्रम घोषणा गरको भन्दै उहाँले नेपाली दूतावासबाट त्यस्ता कार्यक्रमको जानकारी लिइ त्यसबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।यस्तै खर्चको अभावमा र अन्य कारणले खान बस्नको कठिनाई छ भने पनि सम्बन्धित दूतावासमा फोन वा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्न पनि उहाँले सुझाउनुभएको छ ।

लकडाउनमा आपुर्ती सहज नहुँदा मलंगवामा औषधि अभाव/गम्भीर रोगबाट ग्रसित बिरामीहरु लाई समस्या

Video सहित .....
सर्लाही,वैशाख १७ ।

 लकडाउनका समयमा  आपूर्ति सहज नभएका कारण सर्लाहीको सदरमुकाम मलंगवामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीहरुले बताएका छन्  ।विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरुको बजारमा अभाव देखिन थालेको डाक्टर घनश्याम सिंहले बताए   ।


कोरोनाको संक्रमण फैलि नदिन  सिमानाकामा गरिएको सिलका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट  समेत ल्याउन  नपाएको  स्थानीयहरुले  गुनासो गरेका छन् ।स्थानीयहरु सरकारले  कोरोनाको संक्रमणलाई रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीहरुको औषधि आपुर्तीका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने बताएका छन् ।


  नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना सहर बजारहरुमा औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ ।औषधि व्यवसायी ले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफैं गएर ल्याउनुपर्ने जस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको बताए ।‘‘बजारमा औषधि अभाव भइसकेको छ । आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ’’, कृष्णा मेडिसिनका संचालक सौरभ अग्रालले भने, ‘‘यस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’’




इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने

२०७७ वैशाख १७
 बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट विदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो ।


५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो ।इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती हुने छैनन् ।उनको अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरु रहनेछन् । जहाँ इरफानको परिवार र उनका निकटस्थ्यहरु मात्र हुनेछन् ।लकडाउनका कारण २० भन्दा बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन् ।इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताइएको छ ।

     बलिउड मिडियामा उल्लेख भए अनुसार उनको लासलाई अंधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिनेछ ।

थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ ,बैशाख १७ ।

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।


तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज(१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन् ।



आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।


 छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु

लोकतन्त्र समाचारदाता----
सर्लाही , बैशाख १७ ।

सर्लाहीको हरिपूर्वामा छिमेकीकाे कुटाइबाट एक महिलाको ज्यान गएको छ । सोमबार साँझ हरिपूर्वा नगरपालिका वडा न– ८ स्थित बस्तपुर बस्ने ३५ वर्षकी सैदुन खातुनको छिमेकीको कुटाइबाट ज्यान गएको हो ।

बच्चाहरूबीच भएको झगडालाई लिएर सोही स्थानका ५२ वर्षका खोधदी अन्सारीका परिवार मिलेर खातुनमाथि निर्घात कुटपिट गरेका प्रत्यक्षदर्शीले जनाएका छन्

कुटपिटबाट गम्भीर घाइते खातुनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले कुटपिटमा संलग्न सोही स्थानका ५२ वर्षका खोधदी अन्सारीसहित उनकाे परिवारका पाँचजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बाँकी चारजनाको नाम भने प्रहरीले खुलाएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक खातुनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

जनकपुरकाे गलत रिपोर्ट दिने कोरोना परीक्षण ल्याब बन्द यसअघि परीक्षण गरेकाको के गर्ने ?

जनकपुरधाम ,बैशाख १७।

     जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो ।
रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए । त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

एकपछि अर्को रिपोर्ट फेल खाएपछि जनकपुरमा स्थापना गरिएको ल्याबमाथि नै प्रश्न उठेको छ ।
जनकपुरधाममा २१ चैतदेखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यही नेगेटिभ देखिएकामध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि यो पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताए ।

पाँच दिन यता संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरिएको छ । साथै यो मेसिन फिर्ता गरेर अर्काे ल्याउने प्रक्रिया थालिएको छ । ‘सम्भवतः भोलिपर्सिसम्म अर्काे नयाँ मेसिन आउँछ’ सचिव घिमिरेले भने ।
परीक्षण गरिएका अन्यलाई के गर्ने ?
मेसिन त साटिएला तर यसअघि परीक्षण गर्दा नेगेटिभ आएका ९९ जना संक्रमित थिएव वा थिएनन् भन्क्ने प्रश्न उठेको छ ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले यहाँ नेगेटिभ देखिएका व्यक्तिलाई कोरोनासँग कुनै मिल्दो जुल्दो लक्षण देखापरेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको बताए ।
स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं वा धरान पठाउन समस्या हुने भएकाले प्रदेश सरकारले आफैं अर्काे मेसिन किन्न लागेको उनल बताए । सबै उपकरण भेला पर्दा समेत एउटा परीक्षण गर्न ८ हजार रुपैयाँ खर्च हुन्छ । त्यसरी गरिएको परीक्षणको रिपोर्ट पनि सही नहुनु दुःखद भएको उनले बताए ।


कविलासी नपामा राहत वितरण शुरु ,४ हजार ४ सय ९४ घरधुरी लाभान्वित

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,बैशाख १७ ।
 बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित अति विपन्न परिवारको लागि प्रदेश २ अन्तरगत सर्लाहीको कविलासी नगरपालिकाले राहत वितरण कार्यक्रम शुरु गरेको छ। नगरपालिका भित्रका अति विपन्न ४४९४ घर धुरिको लागि राहत वितरण कार्यक्रम मंगलवारदेखी शुरु गरेको हो।

राहत वितरण कार्यक्रम अन्तरगत अति विपन्न प्रत्येक घरपरिवारलाई २५ केजि मन्सुली चामल ,३ केजि मसुरो दाल,१ लिटर खानेतेल ,१केजि नुन वितरण गरिएको थियोे ।

राहत कार्यक्रमबाट  नगरपालिका वाड नम्बर १ मा ४१३ घर धुरी , वाड नम्बर २ मा ४५६ घर धुरी, वाड नम्बर ३ मा ४५४ घर धुरी, वाड नम्बर ४ मा ४४४ घर धुरी, वाड नम्बर ५ मा ३५० घर धुरी, वाड नम्बर ६ मा ४०५ घर धुरी, वाड नम्बर ७ मा ५४८ घर धुरी,वाड नम्बर ८ मा ६५० घर धुरी,वाड नम्बर ९ मा ४३३ घर धुरी, वाड नम्बर १० मा ३४१ घर धुरिका सदस्यहरु लाभान्वित हुने नगरपालिका प्रमुख कौशल किशोर यादवले जानकारी दिनुभयो।


Tuesday, April 28, 2020

ओली-दाहाल भेटवार्ता सकियो, सचिवालय बैठक भोली

काठमाडौँ - भोलि बुधबार नेकपा सचिवालय बैठक राख्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

मंगलबार अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक आयोजना गर्ने सहमती भएको हो । केही दिनयता ओलीले आश्वासन दिँदै बैठक आयोजना गर्न अस्वीकार गर्दै आएकाले अध्यक्ष प्रचण्डसहितका नेताहरू भोली नै सचिवालय बस्ने विषयमा विश्वस्त हुन सकेका छैनन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशले नेकपाभित्रको विवाद उत्कर्षमा छ, जसलाई किनारा लगाउन अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालयका बहुमत सदस्यले सचिवालय र स्थायी समिति बैठक राख्न पहल गर्दै आएका छन्। तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमत नहुँदा बैठक बस्न सकेको छैन ।

‘आज दुई अध्यक्ष भेट हुँदा प्रचण्डले अहिले देखिएका समस्या समाधान गर्न बुधबार सचिवालय बैठक राखौं भनेर प्रस्ताव गर्नुभयो’, अध्यक्ष प्रचण्ड निकट एक नेताले भने, ‘ओली पनि बैठक आयोजना गर्न सकारात्मक देखिनु भएको छ तर, भोली नै सचिवालय बस्छ बस्दैन निश्चित छैन ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोली नै सचिवालय बैठक बस्ने जानकारी आफुलाई नभएको बताए । ‘निश्चित भएको छैन, निश्चित भएपछि भनौंला’, थापाले नेपालखबरसँग भने ।

मंगलबार भएको करिब एक घण्टा लामो कुराकानीमा अध्यक्ष प्रचण्डले पार्टीभित्र समस्या देखिएको र सरकारप्रति पनि असन्तुष्टी बढेकाले बैठक आयोजना गरी छफल गरेर समाधान खोज्नु पर्ने बताएका थिए ।

‘प्रचण्डले अहिलेको विवाद अब दुई जना अध्यक्षको विषय मात्रै नरहेकाले सचिवालय र स्थायी समिति राखेर छलफल गर्न आग्रह गर्नु भयो’, ती नेताले भने, ‘ओलीले भने आफ्नोविरुद्ध घेराबन्दी गर्न खोजिएको भनेर गुनासो पोख्नु भयो ।’

सोमबार कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरूबीच भएको भेटवार्तामा आज मंगलबार नै सचिवालय बैठक आयोजना गर्ने सहमती भएको थियो। आज बैठक नराखिएकाले भोलीको बैठक पनि अनिश्चित बनेको हो ।

सचिवालय र स्थायी समिति बैठक आयोजना गर्न ओली तयार नहुनुको कारण उनी दुवै निकायमा अल्पमतमा पर्नु हो। अल्पमतमा परेका बेला प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजिएपछि ओली बैठक टार्दै पहिला आफु जोगिने रणनीति बनाउन व्यस्त देखिन्छन् ।

सोमबार ओलीले माधव नेपालसँग वार्ता गर्न चार जना नेताको समूह नै पठाएका थिए भने बालुवाटारमा आफ्नो पक्षका सांसदहरू भेला गरेर पार्टी विभाजन हुने अवस्थाका लागि समेत तयार रहन निर्देशन सदिएका थिए । त्यस्तै सोमबार राती नै प्रधानमन्त्री ओलीले प्रधानन्यायाधिशलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

‘हिजो सांसदहरूलाई गरेको ब्रिफिङबाट ओली दुवै पद होइन एउटा पद पनि सहज रुपमा छोड्न तयार छैनन् भन्ने देखिन्छ’, नेकपाका अर्का एक नेता भन्छन्, ‘ओली अहिले आफ्नो पद जोगाउन प्रचण्ड र नेपाल पक्षका केही सांसद र नेताहरू आफुतिर तान्ने खेलमा लागेको देखिन्छन्, जुन संभव छैन ।’

सहारा विकास बैंकद्वारा सर्लाही अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरणको साथै २ सय घरधुरीलाई राहत सामाग्री वितरण

लोकतन्त्र समाचारदाता----

सर्लाही ,बैशाख ,१६ ।
      सहारा विकास  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सर्लाही अस्पताल मलंगवालाई बिरामीको उपचारमा सहयोग पुर्याउने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
    सहारा विकास बैंकले आज(मंगलबार) दिउँसो प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीको प्रमुख आतिथ्यता तथा बैंक संचालक समितिका अध्यक्ष संजय गुप्ताको सभापतित्वमा  एक कार्यक्रमको आयोजना गरि सर्लाही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिब सिंहलाई          हस्तान्तरण गरेको हो । डा सिंह मार्फत अस्पताललाई ५ पिस मेस्ट्रेस(डसना) ,१० पिस बेडसिट(तन्ना),५ पिस तकिया ,एक कार्टुन नुहाउने साबुन,१०० पिस ग्लोब्स र २५ पिस सेनेटाइजर हस्तान्तरण गरेको बैंक संचालक समितिका अध्यक्ष गुप्ताले जनाएको छ ।
     साथै  बैंकले   मलंगवा नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने दुइसय घरधुरी  गरिब  तथा मजदुर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री पनि वितरण गरेको छ ।
   सरकारले कोरोना भाइरसका कारण लगाएको लकडाउनको समयमा सर्लाही जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउने उदेश्यले संचालक समितिको निर्णय अनुसार ती  सामाग्रीहरु प्रदान गरेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

बागमती सेवा समाजले सर्लाही अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे

सर्लाही ,बैशाख १६ ।
    सेभ द चल्ड्रेनको सहयोगमा बागमती सेवा समाज सर्लाहीले कोरोना बिरामीको जाँच तथा उपचारमा सहयोगमा सहयोग पुर्याउने स्वास्थ्य सामाग्रीहरु आज एक कार्यक्रमका बिच सर्लाही अस्पताललाई हस्तान्तरण गरेको छ ।
   आज बिहान अस्पतालको प्रांगणमा  जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा संस्थाका व्यवस्थापन प्रमुख गजेन्द्र साहले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजिब सिंहलाई कोरोनाको बिरामी राख्ने १ सेट टेन्ट र दुईवटा थर्मल गन हस्तान्तरण गर्नुभएको छ ।

Monday, April 27, 2020

नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउन सक्छ

रमेश लम्साल, काठमाडौं ।


के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ?  सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ ? यदि छ भने तपाईँलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउनसक्छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपाली नागरिकको निगरानीका लागि समेत कल सेन्टर सञ्चालनमा ल्याएको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहेको छ । विशेषगरी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जो कोहीलाई पनि फोन सम्पर्क गरी उनीहरुको विवरण लिइराखिएको छ । 

कोरोना भाइरसको सक्रमण भए÷नभएको पत्ता लगाउनसमेत कल सेन्टरबाट फोन गरेर आवश्यक जानकारी लिन थालिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सम्भावित बिरामीको पहिचान गर्न तथा उनीहरुको अवस्था पत्ता लगाउनका लागि गत चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरी काम भइरहेको छ । सिसीएमसीमा  नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्डको विवरण लिइएको छ । त्यसका लागि विशेष प्रकारको सर्भरसमेत छाउनीमा स्थापना गरिएको छ । लकडाउनअघि र पछि गरेर नेपाल टेलिकमका नयाँ २० हजार सिम सञ्चालनमा आएको पाइएको छ । यस्तै एनसेलका मात्रै कूल ४२ हजार नयाँ सिम सञ्चालनमा आएको छ ।

प्रवक्ता पाण्डेका अनुसार कल सेन्टरमा हरेक दिन बिहानदेखि साँझसम्म नै नेपाली सेनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरुले दैनिक औषतमा दुई हजार फोन गर्ने गरेका छन् । कार्य समय मिलाएर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रवक्ता पाण्डेले दुई भिन्न स्थानबाट १०–१० का दरमा परिचालित २० जनाले कल सेन्टरबाट फोन गर्ने गरेको बताए ।

सक्रिय अवस्थामा रहेको सिम लिएका सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिएको र हालसम्म कूल ३४ हजार ८० लाई सम्पर्क गरिएको छ । सम्पर्कका क्रममा विदेशबाट आएका ८६९ भएको र तीमध्ये ५७ जनामा सम्भाव्य सङ्क्रमित देखिएको छ । नेपाली सेनाका महासेनानी सुदीप पन्तका अनुसार सूचना प्रविधि कार्यअन्तर्गत हरेक दिन नै सेनाको जनशक्तिले नयाँ सिमकार्ड लिएकालाई फोन गरी आवश्यक जानकारी लिने गरिएको छ ।

उनले भने, ‘हामीले फोन गर्दा अधिकाशंले राम्रो रेस्पोन्स गरी आवश्यक जानकारी दिनुभएको छ । एकाधले मात्रै जानकारी दिन मान्नुभएको छैन ।’ कल सेन्टरबाट गरिएको फोनमध्ये १५ देखि २० प्रतिशतको भने विभिन्न कारणले सम्पर्क हुनसकेको छैन । सम्पर्क हुन नसकेकालाई पुनः दोहो¥याएर पनि सम्पर्क गरिएको छ ।

कल सेन्टरबाट फोन गर्दा सङ्क्रमणको जोखिम देखिएकाको जानकारी सिसीएमसीको स्वास्थ्य एकाइ तथा सम्बन्धित प्रदेश तथा स्थानीय निकायलाई समेत जानकारी दिने गरिएको छ । ‘फोन पछि यो गाँउपालिका वा नगरपालिकाको सम्बन्धित व्यक्तिका कोरोनाको जोखिम देखिन्छ, आवश्यक सचेत हुनु जरुरी छ भनेर हामीले जानकारीसमेत दिएका छौँ’, महासेनानी पन्तले भने, ‘जोखिमबाट जोगिनका लागि गरिएका विभिन्न पहलमध्ये यो पनि एउटा महत्वपूर्ण काम हो ।’

कल सेन्टरबाट फोन गर्दा पत्ता लागेको जोखिमपूर्ण व्यक्ति तथा क्षेत्रको पहिचानमा समेत सहयोग मिलेको छ । पछिल्ला दिनमा कोरोनाको हटस्पट देखिएको उदयपुरमा समेत कल सेन्टरबाट सयौँ फोन गरिएको छ । त्यसबाट नागरिकका सहजैरूपमा जनचेतनासमेत जगाउन बल पुगेको सेनाको बुझाइ छ ।

सेन्टरबाट विशेषगरी यतिबेला प्रदेश नं २ का विभिन्न जिल्ला तथा आगामी दिनमा प्रदेश नं ५ मा ध्यान केन्द्रित गर्न लागिएको छ । ‘जुन स्थानमा जोखिमको मात्रा बढी देखिएको छ, सोही स्थान हेरेर फोन गरिएको छ’, प्रवक्ता पाण्डेले भने, ‘सकेसम्म नयाँ सिमकार्ड लिएकाहरुले पनि आफू सुरक्षित वा असुरिक्षत के हो भन्नेबारेमा जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ ।’

लकडाउनको शुरुआती चरणमा लुकेर वा लुकाएर बस्ने अवस्था रहे पनि परिवार तथा आफ्नो गाँउ समाजको सुरक्षाका लागि समेत पछिल्ला दिनमा खुल्ने र आफ्नो जानकारी दिने क्रमसमेत बढेको पाइएको छ । दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएका नम्बरमा नेपाली सेनाको जनशक्तिले आवश्यक  प्रश्न तयार पारी उनीहरुको घर तथा गाँउ रहेको स्थान तथा कुन देशबाट आएको, स्वास्थ्य अवस्था तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको समेत जानकारी लिने गरिएको छ । जनचेतना जगाउनसमेत आफूहरुको पहल सार्थक बनेको विश्वास व्यक्त गरर्छन् महासेनानी पन्त ।

यस्तै नेपाल टेलिकमले कोरोना सङ्क्रमणबारे जानकारी दिन १४१९ मा डायल गरी सोधिएका प्रश्नको जवाफ दिन सकिने व्यवस्थासमेत गरेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले समेत सोही प्रकारको व्यवस्था गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको बेवपेज तथा मोबाइल एपमा समेत स्वास्थ्यस्थितिका बारेमा स्वमूल्याङ्कन फारम भर्ने व्यवस्था मिलाइएको छ ।


त्यसरी फारम भर्नेको सङ्ख्या कूल २५ हजार ९०६ पुगेको छ । त्यसमा कूल २२९ जना सम्भावित सङ्क्रमित देखिएको छ । कल सेन्टरबाट पत्ता लागेको ५७ र बेव तथा एपबाट पत्ता लागेका कूल २२९ गरी २८१ जना सम्भावित सङ्क्रमितको विवरणसहितको सूची तयार पारी इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका साथै सम्बन्धित माशाखाका साथै सम्बन्धित प्रदेशमा आवश्यक अनुगमन तथा पहिचान गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । –रासस


सबैकाे जानकारीकाे लाग्ी


बरहथवामा रक्तदान

लोकतन्त्र समाचारदाता----
सर्लाही, बैशाख १५

 विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को महामारीमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बरहथवा उप-शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

     

उधोग वाणिज्य संघ बरहथवाको प्रांगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बरहथवाका ५० जना स्थानियहरुले रक्तदान  गरेका छन् । लकडाउन तथा अस्पतालमा कोरोना भाईरसको सक्रमण भएका  बिरामीको चापका कारण आपतकालिन अवस्थामा बिरामीको जिवन रक्षाका लागि अति आवश्यक पर्ने  रगतको पुरै देशभरी नै चरम अभाव सृजना हुदै गएको अवस्था छ ।


रगतको अभावमा विरामीको ज्यान जान सक्ने जोखिमको ध्यानमा राख्दै आफुहरुले रक्त दान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी बरहथवा उपशाखाकाको सभापति सोभालाल साहले बताउनुभयो ।



सर्लाहीका १ सय १६ जनाको पिसिआर परिक्षण, १ सय १५ जनाको रिपोर्ट नेगेटिभ

लोकतन्त्र समाचारदाता-----
सर्लाही,वैशाख १५ । 
    सर्लाहीका विभिन्न स्थानबाट पिसिआर जाँच गर्न १ सय १६ जनाको स्वाब परिक्षणमा १ सय १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

   एक जनाको स्वाब स्यामपल राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु लाई प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भएको छ। कोरोना भाईरस ( कोभिड–१९ ) को उच्च जोखिमलाई मध्य नजर गर्दै सर्लाहीको विभिन्न ठाउँको क्वारेन्टाइनबाट कोरोना भाईरस परिक्षणको लागि १ सय १६ जनाको स्वाब संकलन गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा एक जनाको स्याम्पल  प्रयोगशालालाई प्राप्त नभएको र बाँकी रहेका १ सय १५ जनाको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी गराउनु भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ हरकठबा मा १४ वर्षिय बालकलकमा कोराना भाईरस संक्रमण पुष्टी र ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगररमा एक मृगौला पिडितमा र्यापिड (आरडिटी) टेष्ट पोजेटिभ देखिएपछि जिल्लाको धनकौलमा गाउंँपालिकामा २६ जना, चन्द्रनगर गाउँपालिका वडा नं. ६ कामतको  क्वारेन्टाईनमा रहेको ५० जना र वडा नं. २ बबरगंजको  क्वारेन्टाईनमा रहेका २५ जना गरी जम्मा ७५ जना र ईश्वरपुर नगरपालिकामा १६ जना गरी १ सय १६ जनाको पिसिआर प्रविधिमा कोभिड–१९ परिक्षणको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मा सोमबार सम्म १ सय १५ जनाकै रिपोर्ट  नेगेटिभ आएको प्रजिअ  जिसीले जानकारी दिनुभयो ।

   ईश्वरपुर नपा वडा नं-९ रामनगरमा आरडिटी टेष्ट पोजेटिभ देखिएको व्यक्तिको पिसिआर टेष्ट रिपोर्ट पनि आज साँझ सम्म आउने प्रजिअ जिसीले बताए । ईश्वरपुर नगरपालिका स्थित आरडिटि टेष्ट पोजेटिभ देखिएको ब्यक्तिको मृगौला जाँचको लागि एक महिना पहिले भारतको सितामढी र १५ दिन पहिले बिरगंजमा  गएका थिए । जनकपुरमा पिसिआर रिपोर्ट पनि गलत आएपछि ति मृगौला पिडितको स्वाब संकलन गरी टेकु पठाईएको इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले लोकतन्त्र लाई जानकारी दिनुभयो  ।
    गएको वैशाख ५ गते मध्य रातमा भारतिय सुरक्षाकर्मीले १ सय २३ जना नेपाली नागरीकलाई कन्हौली भाँडसर नाकामा ल्याई लखनदेही नदिको किनारमा छाडेकोमा २५ जना चन्द्रनगर गाउँपालिकामा आएको थियो भने ९१ जना नेपाली नागरीकलाई भारतिय सुरक्षाकर्मीले पुःन भारतको विभिन्न क्वारेन्टाईनमा लगेका थिए । चन्द्रनगरमा उतर प्रदेशको शिसा भन्ने ठाउँबाट १६ जना चैत्र २७ गते, २१ जना २८ गते, १० जना २९ गते र बाँकी रहेका ३ जना वैशाख २ गते आएका  थियो ।



सशस्त्र प्रहरी बल सर्लाहीको प्रमुखमा गंगाराम श्रेष्ठ


सर्लाही, बैशाख १५ ।

 सशस्त्र प्रहरी बल सर्लाही प्रमुखको रुपमा सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बुधबार देखि जिम्मेवारी सम्हाल्नु भएको छ ।
    उहाँ सशस्त्र प्रहरी बलको प्रदेश नम्बर दुई हेर्ने छिन्नमस्ता बाहिनीबाट सर्लाहीकाे कविलासी नगरपालिका ,अगर्वा  स्थित १० नम्बर गण प्रमुखको रुपमा आएका हुन् । तत्कालिन सशस्त्र प्रहरी उपरिक्षक विनोद राज श्रेष्ठको  चितवन स्थित बाहिनीमा सरुवा भएको जनाइएको छ । 

Sunday, April 26, 2020

माधव नेपाल प्रधानमन्त्री बन्ने लाइनमा

काठमाडौं, १४ वैशाख ।
     नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद गरिहिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको छ । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ ।
    ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिने । उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ ।

  नेकपाभित्र संसदीय दलमा केपी शर्मा ओलीको अझै बहुमत रहेको उनी पक्षधरले दाबी गर्दै आएका छन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल मात्र खुलेर लागेका छन् । तर, अन्तिम टुंगो केन्द्रीय कमिटिले लगाउनसक्छ । केन्द्रीय कमिटिमा कसैको बहुमत छैन । माधवकुमार नेपालले जसलाई साथ दिन्छन् उसैको पल्लाभारी हुन्छ ।

      अब नेकपामा माधव निर्णायक शक्ति बनेका छन् । त्यसैले उनलाई मनाउन ओली र प्रचण्ड दुवै लागेका छन् । माधव नेपाल आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्र ओलीलाई हटाउने मोर्चामा सरिक हुनसक्छन् । विश्वस्त स्रोतका अनुसार उनलाई प्रचण्ड र ओली दुवैले प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तसहित प्रस्ताव गरेका छन् ।
     ओलीले बजेटपछि माधव नेपाललाई छाड्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डले भने आफू एकमात्र पार्टी अध्यक्ष बन्ने सर्तमा छाड्न तयार देखिएका छन् । तर, अध्यक्षको दाबी झलनाथले पनि गरेबाट कुरा मिलाउन कठिन छ । झलनाथले कुनै पद नपाएमा समर्थन नगर्ने सम्भावना रहन्छ । त्यतिबेला ओलीलाई राहत पुग्न सक्छ ।
    अहिले पाँचजना प्रभावशाली नेताहरु पार्टीमा प्रभाव बनाउन राजनीतिक अस्त्र र शर्तहरुसहित प्रस्तुत भएका छन् । ओलीलाई हटाउँदा कसले के पाउने सम्मको कुरा भइसकेको बुझिएको छ । माधव नेपाल प्रधानमन्त्री बनेमा वामदेवले राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री पाउने गरी कुरा मिलेको बुझिएको छ । विष्णु पौडेल र भीम रावल पनि सरकारमा सामेल हुन पाउनेछन् । तर, झलनाथको पनि पार्टीमा मुख्य पदको दाबी रहेको स्रोतले बतायो ।
     प्रचण्डको एकमात्र अध्यक्ष बन्ने रणनीति एकातर्फ छँदैछ । माधव नेपाल प्रचण्डलाई सिंगो पार्टीको बागडोर दिएर प्रधानमन्त्री बन्न तयार छैनन् । यसकारण उनले ओलीसँग सम्झौता गरेर अध्यक्ष उनलाई नै छाडेर प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ । तर, ओली माधवलाई थमथमाएर सत्ता टिकाउने कसरत गरिनै रहेका छन् ।
        कस्को पक्षमा कति
नेकपाभित्र ओली सरकार धरापमा परेपछि कुन नेताको पक्षमा कति सांसद, सचिवालय, स्थायी र केन्द्रीय सदस्य छन् भन्ने गणना हुन थालेको छ । प्रधानमन्त्री ओली निकटस्थहरुले संसदमा उनी पक्षधरको पूर्ण बहुमतको दाबी गर्दै आएका छन् । ८२ सांसद ओलीको पक्षमा रहेकाले कसैले हल्लाउन नसक्ने दाबी छ । कतिपय ओली निकटस्थहरु माधव नेपालको पक्षमा पुगिसकेका छन् ।
    सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा आफूसहित तीनजना छन् । ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल उनको पक्षमा देखिएका छन् । तर, पौडेल कुनैपनि बेला यु टर्न हुनसक्छन् ।
     प्रचण्डका पक्षमा नारायणकाजी स्पष्ट देखिएपनि रामबहादुर थापा बादलको भर हुन छाडेको छ । तैपनि प्रचण्डको पक्षमा आफूसहित कुल ३ जनाको गणना भएको छ । ओलीविरोधी तप्कामा देखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक्ला एक्लै छन् । स्थायी कमिटि र केन्द्रीय कमिटिमा दुवै नेताको पकेट मान्छेहरु छन् ।
    स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपालको पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए ।
      तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ,टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।
    माधव निकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल,भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन् ।
   केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो । यसरी पार्टीभित्र प्रचण्डले आफूलाई मजबुत बनाएका छन् । पूर्व एमालेबाट ओली र नेपाल पक्षधर जोड्दा मात्र प्रचण्डको भन्दा बढी हुन आउँछ । तर, अहिले ओली र प्रचण्डबीचको द्धन्द्धमा माधव नेपाल निर्णायक शक्ति बनेका छन् । यसको लाभ उनैले लिनसक्ने देखिएको छ ।

बन्दुकको छर्रा लागेर सर्लाहीको हरिपुरमा एकजना गम्भीर घाइते

लोकतन्त्र समाचारदात----
सर्लाही ,बैशाख १४ ।

सर्लाहीको हरिपुरमा भरुवा बन्दुकको छर्रा लागेर एक ब्यक्ति गम्भीर घाइते भएको छ।     हरिपुर नगरपालिका वडा न– १ मुर्तिया जंगलमा भरुवा बन्दुकको छर्रा लागेर बरहथवा नगरपालिका वडा न– ९ स्थित ४५ बिघा बस्ने अन्दाजी ४० वर्षका तीर्थबहादुर मोक्तान आइतबार  भएको हो । गोलीको छर्रा लागेर गम्भीर भएका मोक्तानलाई स्थानीयहरुले तत्काल उद्धार गरी उपचारका लागि वीरगन्ज पठाएको छ । गम्भीर घाइते मोक्तानको तिघ्रामा बन्दुकको छर्रा लागेको स्थानीयले बताएका छन् । पारिवारिक श्रोतका अनुसार घाइते मोक्तान दिउँसो घर नजिकैको मुर्तिया जंगलमा निगुरो टिप्न गएका थिए । मोक्तानलाई भरुवा बन्दुकको छर्रा कसरी लाग्यो भन्ने विषयमा कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । भरुवा बन्दुकको छर्रा लागेको विषयमा कुनै जानकारी नभएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव डिएसपी  मदन कुँवरले लोकतन्त्रलाई बताएको छ। 

सरकार द्वारा वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय

काठमाडौं ,बैशाख १४ ।
सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

 कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो ।

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो ।

सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथो पटक हो । यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।

यसैगरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते अर्थात भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ।

हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमित धनकौलका किशोरका परिवार सहित २६ जनाको रिपोर्ट नेगेटिभ आयो, ९० जनाको रिपोर्ट आउन बाँकी

सर्लाही ,बैशाख १४ ।
     सर्लाहीको  धनकौल गाउँपालिकाका कोरोना भाईरस (कोभिड–१९) संक्रमित किशोरका परिवार सहित २६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
     प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौलबाट संकलन गरिएका सबै २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘कोरोना भाईरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना सदस्य सहित उनले नजिकबाट सम्पर्क गरिएको अनुमानमा धनकौल गाउँपालिकाबाट स्वाब संकलन गरिएका २६ जनाकै रिपोर्ट नेगेटिभ देखिएको लिखित पत्र टेकु अस्पतालबाट आएको प्रजिअ जिसीले जानकारी गराउनु भएको  छ ।धनकौल गाउँपालिका वडा न–५ हरकठवा गोठ गाउँका १४ वर्षीय  किशोर राहुल कुमार महतोको स्वाब काठमाडौंको टेकु अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाईरस पोजेटिभ आएको थियो । गत वैशाख ५ गते शुक्रबार आरडीटी पोजेटिभ देखिएपछि ती किशोरलाई धनकौलको क्वारेन्टाईनबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । उनी र उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनालाई पनि उनी सँगै जनकपुर पठाएर दुईपटकसम्म गरीएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई आईतबार पुनः धनकौल गाउँपालिकाकै क्वारेन्टाईनमा फर्काईएको प्रजि जिसीले जानकारी दिए ।‘प्रादेशिक अस्पताल जनकपुरबाट दुईवटा रिपोर्ट नै नेगेटिभ आएपछि बुधबार १४ दिन पुगेकाले ती किशोरलाई क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा पठाईएको थियो’, प्रजिअ जिसीले भने, ‘अनि विहिबार त काठमाडौंको टेकु  अस्पतालबाट पोजेटिभ रिपोर्ट आएपछि तत्कालै सुरक्षाकर्मी  पठाएर किशोरको घर परिवारलाई नियन्त्रणमा लिएर राखेको उहाँले बताए ।
     शुक्रबार विश्व स्वास्थ्य संगठन, नेपाली सेना लगायत सुरक्षानिकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकामा कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार एवं उक्त गाउँका स्थानीय सहित जिल्लाको विभिन्न स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए ।
धनकौल बाहेक चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले संकलन गरेर लगेको छ । चन्द्रनगर र ईश्वरपुरको क्वारेन्टाईनमा राखिएकाहरुको स्वाबको रिपोर्ट भने नआईसकेको प्रजिअ जिसीले जानकारी दिए ।
    सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भईसकेको छ । 

थप दुई जना कोरोना संक्रमित भेटिए, संख्या ५१ पुग्यो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा यसअघि वीरगञ्ज छपकैयास्थ्ति जामे मस्जिदमा रहेका तीन भारतीय संक्रमितको सम्पर्कमा आएका दुई जना पुरुष रहेका छन् ।

संक्रमित दुई जनाको संख्या थपिएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नतिजा पोजेटिभ आएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित दुवै जनालाई  उपचारका लागि नारायणी अस्पताल लगिएको बताइएको छ ।

यसैबीच, यअअघि संक्रमित तीन जना भारतीय नागरिकहरुको स्वस्थ्य भएपछि उनीहरुको आज डिस्चार्ज गर्ने तयारी भइरहेको नारायणी अस्पतालले जानकारी दिएको छ ।



Saturday, April 25, 2020

अबदेखि हरियो घेरा भित्र पसल नराख्ने ब्यापारी तथा किनमेल गर्दा सामाजिक दुरीको पालना नगर्ने ग्राहकलाई कार्यवाही गरिने ।

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,फाल्गुन १३ ।
कोरोनाको  संक्रमण लाई लिएर सरकारले जारी गरेको लकडाउनको समयमा  मलंगवा स्थित  जिल्ला समन्वय समित अगाडीको तिनबिघे मैदानमा लाग्दै आएको साप्ताहिक तरकारी बजारमा सामाजिक दुरीको पालना नभएको भनि चौतर्फी रुपमा आलोचना हुनथाले पछि किनमेलको क्रममा सामाजिक दुरीको पालना गराइ बजारलाई व्यवस्थित बनाउने उदेश्यले  आज (सनिवार) वडा न-४ स्थित शिवसागर चौकमा नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी , सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेल लगायत संचारकर्मीहरुको पहलमा दस-दस मिटरकि दुरीमा विशेष तरिकाको हरियो घेरा तयार गरेको


छ ।
 
तयार पारिएका घेराको दायरा बाहेकको ठाउँमा पसल थाप्ने ब्यापारी तथा सामाजिक दुरीको पालना नगर्ने ग्राहक उपर कडा कार्यवाही हुने मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताएको छ ।
                                         भिडियो हेर्नुस् .....

असिना पानीले सर्लाहीमा लाखौंको क्षति

सर्लाही ,फाल्गुन १३ ।
    शुक्रवार दिउँसो  हावाहुरी सँगै परेको असिना पानीले सर्लाहीमा ५ लाख भन्दा बढीको क्षति भएको छ ।
   जिल्लाको लालबन्दी नगरपालिका स्थित विभिन्न वडाका २९ वटा घरमा हावाहुरी सँगै परेको असिना पानीबाट ५ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
तस्विरहरु हेर्नुस् .....




Friday, April 24, 2020

वर्ल्ड भिजन द्वारा ३० सेट पिपिइ प्रजिअ जिसीलाई हस्तानांन्तरण

लाेकतन्त्र समाचारदाता-
 सर्लाही ,बैशाख १२।
 जिल्लामा कोरोना भाइरस(कोभीड़ १९) बाट संक्रमित बिरामीको उपचारमा संलग्न ब्यक्तिहरुलाई उपचारको क्रममा सहयोग पुग्ने उदेश्यले वर्ल्ड भिजन इंटरनेशनल नेपालले आज(शुक्रवार) ३० सेट पिपिई तथा थर्मल गन प्रमुख जिल्ला अधिकारी माेहनबहादुर जिसीलाई हस्तानान्तरण गरेको छ ।
  बागमती सेवा समाज सर्लाहीले जिल्ला प्रसाशन कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बिच ३० सेट पिपिई र ४ वटा वटा इलेक्ट्रोनिक थर्मोमीटर गन प्रजिअ जिसीलाई हस्तान्तरण गरेको  सहयोगी सस्थाका गजेन्द्र साहले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयको प्रांगणमा आयोजना भएको  कार्यक्रममा जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चाैधरी लगायत पत्रकारहरूको उपस्थति रहेको थियो ।

सर्लाहीमा असिना पानीबाट ठुलो क्षति

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,बैसाख ११
सर्लाहीमा आज मध्यान्ह हवाहुरी सहित ठुलो असिना पानी परेकोछ । असिना पानीले जिल्लाको दजनौ घरको छाना तथा टाली उडाएर क्षति पुरयाएकोछ । त्यसतै असिना पानीले बाली नाालीमा समेत ब्यापक क्षति पुयाएको छ ।
हावाहुरी र असिना पानीमा परेर लालबन्दी नगरपालिका–११, मा दुई जना घाईते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा आएको ठुलो असिना पानीले ६० वर्षीया जेसुन माया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाईते भएको वडाध्यक्ष दीपक कुमार लामाले जानकारी गराउनु भयो । घाईतेको उपचार स्थानीय मेडिकलमा भइरहेको वडाध्यक्ष लामाले बताउनु भएको छ ।
हावाहुरीले विभिन्न स्थानमा रुख विरुवा ढलेर बिजुलीको तार तथा पोलहरुमा क्षति पुर्याएको छ । मध्यान्हको हावाहुरीपछि जिल्लाभर विद्युत् अवरुद्ध भएको छ भने ठाउँ–ठाउँमा रुख ढलेर बाटो समेत ठप्प भएका छन् ।

Thursday, April 23, 2020

जुनियर जेसिज मलंगवा द्वारा अनलाईन मार्फत नेतृत्व विकास तालिम

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,बैशाख ११

        जुनियर जेसिज मलंगवाले अनलाईनमार्फत नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । बिश्वभर फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा   जेसि इसान उसापकरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा  National  Coordinator ,Area Coordinator लगायत जुनियर जेसीजका सदस्यहरुको सहभागीता रहेको जुनियर जेसीज मलंगवाका अध्यक्ष राज रौनियारले जनाएको छ ।


सर्लाहीको धनकौलमा एकजनामा कोरोना संक्रमण ।टेकु अस्पताल काठमाडौं द्वारा पुष्टि


सर्लाही ,बैशाख ११
    
सर्लाहीमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।सर्लाहीको धनकौल गाउँपालिकामा राखिएका सोही ठाउँका १४ वर्षिय बालक  राहुल कुमार महतोमा कोरोना भाइरसको संक्रमण भएको काठमाडौं स्थित टेकु अस्पतालले पुष्टि गरेको छ ।

 केही दिन अगाडी उनको RDT टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि निजको थप जाँच गर्न जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएको थियो। दोस्रो पटक PCV टेष्ट को रिपोर्ट नेगेटिभ आएको थियो । तर पुनः तेस्रो पटक टेकु अस्पतालमा  परिक्षण गर्दा बालकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेको छ ।काेराेना भाईरस लागेकाे थाह भएपछि उक्त स्थानलाई शिल गरिएकाे जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ ।
कोरोना पोजेटिभ देखिएका बालक गएको चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीले  पाएपछि ती बालकलाई  घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने

काठमाडाैं, वैशाख ११
     गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने भएको छ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पारे।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेकाले मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बवापत लाग्ने जरिवाना र अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो।

मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनिकरणमा सहयोग गरिदिन आग्रह गरेका छन्। ‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाइन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ। लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ घिसिङले भने।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा दुई प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ। यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत र वैशाखको विलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

चैत महिनाको यस्तो छुट रकम विल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिनेछ।

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता

 १० वैशाख, काठमाडौं ।


 समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।

सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् ।

स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।

अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

विष्णु गाउँपालिकामा राहत वितरण सुरु


सर्लाही ,बैशाख ११ ।
    सर्लाहीको पश्चिम दक्षिण क्षेत्रमा पर्ने नेपाल भारत सिमावर्ती विष्णु गाउँपालिकामा विपन्न , दलित तथा श्रमिक नागरिकहरुमा राहत वितरण सुरु भएको छ ।
    कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकार द्वारा लागू गरिएको लकडाउनका कारण पिडित भएका दलित, विपन्न तथा श्रमिक जनताहरुलाई विष्णु गापा का अध्यक्ष जवाहर लाल यादवले बुधबारदेखि २५ किलो चामल,५ किलो दाल, ५ किलो चिउरा,१ लिटर तेल,१ किलो नुन,१ किलो चिनी लगायतका खाद्यान्न तथा एक एक पिस नुहाउने साबुन वितरण गर्न सुरु गरेको लेखापाल सुशील यादवले जनाएको छ ।

Wednesday, April 22, 2020

सर्लाहीको पर्सा गाउँपालिका वडा न-३ नारायणपुरका एक सय भन्दा बढी नेपाली नागरिकहरु भारतको तामिलनाडु राज्यमा लकडाउनका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
   उनीहरुले आफुहरुलाई खानको समस्या भएको गुनासो गरेका छन् ।त्यहीँका कुनै मनकारी दाताले कहिलेकाहीँ उपलब्ध गराइदिने गरेको रासनबाट भोक मेट्नु परेको बताएका छन् ।घरभेटीले कोठा भाडा र पानी खर्च गरे वापतको रुपैया मागेर आफुहरुलाई दु:ख दिने गरेको तामिलनाडुबाट नारायणपुरका बिक्रम साहले भिडियो मार्फत जानकारी गराएको छ ।सरकारले आफुहरुलाई त्यहाँबाट चाडो भन्दा चाँडो उद्धार गरेर स्वदेश फिर्ता बोलाउन आग्रह गरेका छन् ।
   
     भिडियो हेर्नुस् ......

लुकीछिपी हुने आजावजावत रोक्न सर्लाहीको सबै सीमानाकामा निगरानी

र्लाही ,बैशाख १० ।
   भारतसँग सिमाना जोडिएको सर्लाही  जिल्लामा लुकीछिपी आवतजावतलाई  रोक्न सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।
   पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट लुकिछिपि हुन सक्ने  आवतजावतलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कडाइका साथ निगरानी सुरु गरेको छ  सीमा क्षेत्रमा  शसस्त्र प्रहरी र नेपाल प्रहरीले चौबीसै  घण्टा  सुरक्षा दिइरहेका छन् ।भारतीय नागरिकहरु जिल्लाको चोर नाका हुँदै  भित्रिन सक्ने भएकाले सीमामा स्थाई चेक पोष्ट सँगै दर्जनौं अस्थाई चेक पोष्ट खडा गरेर  'हाई अलर्टका साथ निगरानी बढाएको हो । सर्लाहीको मलंगवा बजार  भित्रने छोटी भन्सार , भेडियाही, खुटौना, भाँडसर, सिमरा,बहादुरपुर, बलरा, त्रिभुवननगर , नारायणपुर, सखुअवा, पर्सा र संग्रामपुरबाट मानिसहरूको आवातजावत हुने गर्दछ ।
    सशस्त्र प्रहरी मलंगवाका सशस्त्र प्रहरी निरिक्षक संजित कुमार  सिंहले सीमा क्षेत्रमा भएका मुख्य तथा सहायक सडक ,गोरेटो र पुलहरू सबै शिल गरिएको जानाकारी दिए।



लागु औषध कारोवारी सर्लाहीबाट धमाधम पक्राउ पर्दै/ ७ लाख भन्दा बढिको लागु औषध बरामद


लोकतन्त्र समाचारदाता–
सर्लाही १० बैशाख । लागु औषध कारोवारी सर्लाही जिल्लाबाट धमाधम पक्राउ पर्न थालेको छ । लकडाउनको बेला नेपाल–भारत सीमानाकाको चोरबाटो बाट रातीको मौका छोपी लागुऔषध भारतबाट नेपाल ल्याउन खोज्ने १३ जना व्यतिm सर्लाहीबाट पक्राउ परेको छ । जस मध्ये ६ जनालाई म्याद थप गरि अनुसंधान भईरहेको छ, भने ७ जनालाई सुधार केन्द्रमा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवतmा तथा प्रहरी नायब उपरिक्षक मदन कुवरले बताएको छ । प्रहरी नायब उपरिक्षक मदन कुवरले दिएको जानकारी अनुसार १ सय ५० पिस कोरेक्स र टेबलेटहरु र १० किलो गाजा पक्राउ परेको वहाले बताए । पक्राउ परेका लागुऔषध र गाजाको अहिलेको अवस्थामा बजार मुल्य ७ लाख भन्दा बढि रहेको बुझिएको छ ।

सर्लाही राजघाटका असई मण्डल माथि कुटपिट / ३ जना पक्राउ

लोकतन्त्र समाचारदाता–
सर्लाही १० बैशाख । सर्लाहीको बरहथवा नगरपालिका ६ र ७ मा पर्ने राजघाट प्रहरी चौकीका ईन्चार्ज असई विकरु मण्डल माथि निर्घात कुटपिट भएको छ । कुटपिटबाट असई मण्डलको टाउको र हाथमा गंम्भिर चोट पटक लागेको बरहथवा प्रहरी चौकी ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र प्रसाद यादवले बताएको छ । कुटपिट गर्ने ३ जनालाई नियन्त्रणमा राखि अनुसंन्धान भईरहेको प्रहरी निरिक्षक यादवले लोकतन्त्र भने र घाईते असई मण्डलको उपचार हरिवन स्थित नमूना अस्पतालमा भईरहेको बताए । राजघाटमा दुईपक्ष बिच झगडा भईरहेको खबर पाएपछि प्रहरी झगडा छुटाउन त्यहा पुगदा झगडा गर्ने पक्षहरु प्रहरी माथि नै कुटपिट गरेका थिए । कुटपिट गर्ने व्यतिmहरुलाई छुटाउन जिल्लाका चर्चित नेताहरु प्रहरी माथि दबाब दिन सुरु गरेको स्रोतले दाबि गरेको छ

सर्लाही प्रहरीले समातेको १७ जना थुनुवाको र्यापिड डायग्नोस्टिक टेष्ट गरिय । हाल सम्म सर्लाहीमा १ सय १४ जनाकोे आर.डि.टि परिक्षण गरियो

सर्लाही, वैशाख १०।
     सर्लाही प्रहरीले समातेको १७ जना थुनुवाहरुको आरडीटी टेष्ट गरिएको  छ ।
    मंगलवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा विभिन्न अभियोगमा पक्राउ परि हिरासतमा रहेका  १७ जना  थुनुवाहरुको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट गरिएको हो ।टेष्ट गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले  जनाएको छ ।थुनुवाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट पश्चाटत मात्र म्याद थप गर्ने सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालय  मलंगवाको हिरासतमा  रहेका  थुनुवाहरुको आरडिटी टेष्ट गरिएको कुँवरले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाहरुको स्वास्थ्यको जिम्मेवारी  प्रहरीको पनि भएकोले  उतिहरुको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट उहाँले  जानकारी दिनुभयो ।
   हालसम्म सर्लाहीमा भारत तथा अन्य देश बाट आएका ९७ जना र जिल्ला प्रहरी कार्यालयका १७ जना थुनुवा गरी जम्मा  १ सय १४ जनाको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट भईसकेको प्रमु्ख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।



Tuesday, April 21, 2020

लकडाउनका कारण नियमित खोप प्रभावित हुँदा नवजात शिशु तथा बालबालिकाको ज्यान जोखिममा ।


सर्लाही, बैशाख ९।
    विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९)बाट सर्लाही लगायत देशभरका नागरिक प्रभावित भएको अवस्थामा जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारका खोपहरु प्रभावित भएको छ ।जसका कारण नवजात शिशु तथा बालबालिकामा  कोरोना भाइरस बाहेक  गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना भइ विभिन्न प्रकारको रोग फैलने सम्भावना बढेको छ ।

     कोरोना भाइरसका  कारण देशभरका अस्पतालहरु अहिले  कोरोनाको उपचारमा केन्द्रित भएका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारको खोपहरु समयमै नलगाउंदा लाखौं बालबालिकामा विभिन्न प्रकारको रोग सहित मृत्यु समेत हुन सक्ने सम्भावना बढेको छ ।देशमा कोरोनाको प्रभाव बढेपछि नेपाल सरकारद्वारा गरिएको लकडाउन कार्यान्वयन  गराउने उद्देश्यले नवजात शिशु तथा बालबालिकाका लागि संचालन हुँदै आएका  विभिन्न  खोपका कार्यक्रमहरु स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा  तत्कालका लागि बन्द गरेपछि यस्तो अवस्था श्रृजना भएको हो । तर लकडाउन सुरु भएको झण्डै एक महिना हुनै लाग्दा अहिले सम्म नवजात शिशु तथा बालबालिकाको खोप लगाउने व्यवस्थापन भएको छैन। कोरोनाका कारण स्वास्थ्य सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु अहिले बन्द भएको छ ।

   सरकारको  पूरा ध्यान कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ केन्द्रित रहेकोले पनि नियमित खोप सेवाहरु प्रभावित भएको मलंगवा नगरपालिकाका स्वास्थ्य संयोजक अभिराम झाले बताए ।
    जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरुलाई  खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र  लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला विरुद्धको  खोप समेत बन्द गरिएकाले सर्लाहीका सयौं  नवजात शिशु तथा बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

   विश्व भरि नै अहिले कोरोना भाइरस संक्रमणको खोपको रुपमा  बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला सरकारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने खोप बन्द गरेका  कारण सामान्य  व्यक्तिको भन्दा बालबालिकामा यसको  जोखिम बढेको  छ। कोभिड १९ मा देखिने  ज्वरो र श्वास प्रश्वास जस्ता लक्षणमा बीसीजी प्रभावकारी देखिए पनि बालबालिकामा लगाइने नियमित सबै प्रकारका  खोपहरु पनि उत्तिकै  जरुरी छ । तर त्यस मध्ये बीसीजी र दादुरा रुबेला खोप अविलम्ब लगाउनु पर्दछ । बीसीजी नलगाएर जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ भने दादुरा रुबेला खोप नलगाएमा  निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ । यदि बालबालिका  निमोनिया, क्षयरोग लगायतका रोगहरुको शिकार भए रोग प्रतिरोधात्मक क्षमता कम हुने र तिनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिन  सक्ने सम्भावना बढी हुने स्वास्थ्य संयोजक झा ले बताए।उनका अनुसार  बच्चालाई समयमा खोप नलगाए  कोरोनो भाइरससँगै अर्को महामारी उत्पन्न हुने खतरा बढी हुन्छ । नियमित रुपमा खोप नलगाएको अवस्थामा बालबालिकामा रोग सँग लड्ने क्षमता  घटेर  जाने र  विभिन्न रोगबाट ग्रसीत भइ मृत्यु समेत हुने झा ले बताउनुभयो ।


       

मलंगवा वडा न-२ को सिमा समन्वय तथा सहजीकरण समिती गठन

सर्लाही, बैशाख ९। 

   कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि मलंगवा नगरपालिका वडा न-९ मा सिमा समन्वय तथा सहजीकरण समिती गठन गरीएको छ । आज(मंगलबार) वडा कार्यालयमा बसेको बैठकबाट वडाध्यक्ष राम उजैन रायको संयोजकत्वमा ९ सदस्यीय  समिती गठन गरीएको हो । 


    नव गठित समितिले कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन वडा तथा टोलमा कुनै नयाँ अनुहार देख्नासाथ प्रशासनलाई खबर गरी सुरक्षीत क्वारेन्टाईनमा पठाउने व्यवस्था मिलाउने , बाहिरी मानिसको प्रवेशमा रोक लगाउने ,टोलमा प्रवेश गर्नु पुर्व टोलको सुरक्षामा खटिएका ब्यक्ति सँग अनुमती लिनुपर्ने साथै साबुन पानी अथवा सेनिटाइजरले हात सफा गर्नु पर्ने निर्णय गरेको वडाध्यक्ष रायले बताउनुभयो ।

     भारततिरबाट संक्रमित व्यक्ति नआउन भनेर अस्थाइ चेक पोष्ट खडा गरेर  दिनरात सीमामा निगरानी भइरहेको सशस्त्र प्रहरी निरीक्षक सजिंत कुमार सिहंले बताउनुभयो ।



Monday, April 20, 2020

@लकडाउन सुरु भए यता भारतबाट सर्लाही नाका भएर झण्डै डेढ करोडको आलु प्याज आयात

 सर्लाही ,बैशाख ८।  
        लकडाउन सुरु भए यता सर्लाही नाका भएर  भारतबाट १ करोड ४१ लाख ५ हजार ८ सय ३९ रुपैयाको खाद्यान्न, तरकारी र फलफूल आयात भएको छ ।  यो तथ्याङ्क चैत १ देखि बैशाख ६  गतेसम्मको  रहेकोे सर्लाही  भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेश कुमार दत्तले जानकारी गराउनुभएको छ ।
    सर्लाही नाका भएर चैत्र १ गतेदेखि ३० गतेसम्म  १ करोड १६ लाख ९५ हजार र बैशाख १ गतेदेखि ६ गतेसम्म २४ लाख १ हजार ६९९ रुपैयाको आलु  प्याज मात्र   भित्रिएको भन्सार अधिकृत दत्तले जानकारी गराउनु भएको  छ  । अहिले आलु प्याजको सिजन चलिरहेकोले लकडाउन सुरु भए यता मलंगवा नाका भएर आयात हुने आलु प्याजबाट दैनिक साढे ३ देखि ४ लाख सम्म राजश्व उठिरहेको दत्तले बताउनुभयो ।लकडाउनको समयमा सो नाका भएर ९९ प्रतिशत आलु प्याजको आयात भइरहेको छ भने एक प्रतिशत मात्र अन्य खाद्यान्नको आयात भइरहेको भन्सारले जनाएको छ ।