Tuesday, June 30, 2020

प्रस्तावित नागरिकता विधेयक खारेजीको माग गर्दै जनता समाजवादी द्वारा प्रदर्शन



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १६
    संसोधनका लागि प्रस्तावित  नागरिकता  विधेयक खारेजीको माँग गर्दै जनता समाजवादी पार्टी नेपालले आज सर्लाहीको सदरमुकाम मलंगवामा र्याली सहित विरोध प्रदर्शन गरेको छ ।
     जिल्ला प्रशासन कार्यालय अगाडिको तिनबिघे मैदानबाट  सुरु भएको विरोध र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै पुनः तिनबिधे मैदानमा  पुगेर कोण सभामा परिणत भएको थियो। विरोध र्यालीमा सहभागी नेता तथा  कार्यकर्ताहरुले  ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।र्यालीमा पार्टीका तर्फबाट  संघीय सांसद प्रमोद साह, प्रदेश २ का मन्त्री रामनरेश राय,प्रदेश मामिला सभापति एवं सांसद अशोक कुमार यादव लगायत विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
    उक्त विरोध प्रदर्शनमा स्थानीयबासीहरुले समेत सहभागीता जनाएका थिए ।


Monday, June 29, 2020

📚️नागरिकता विधेयक प्रति युवाहरुको धारणा📝



"नेपाली पुरुष सँग विवाह गर्ने  विदेशी महिला लाई ७ वर्षमा पछि मात्र नागरिता दिनुपर्छ भन्ने नेकपा सरकार को मागलाई असहमति व्यक्त गर्न चाहन्छु । "


️पुरुषोत्तम यादव✒️

विष्णु गाउँपालिका (८), बात्रौल/सर्लाही 


      ७ वर्ष पछि नागरिता दिइयो भने देशप्रेमी हुन्छन् भन्ने के प्रमाण छ त्यसो भए त नेकपा सरकार ले त ७ वर्ष सम्म मा पैसा खायो, लुट्यो तर त्यस पछिका वर्ष मा चाहिँ किन विकास गरेनन् , खै सरकार ७ वर्ष त के १००० वर्ष त्यही मान्छे सरकार मा बस्यो भनेपनि देश विकास हुँदैन , खै त राष्ट्रप्रेमी भएको सरकार भएको भए त देश मा यस्तो भोकमरी ,गरिबी , अकुशल जनशक्ति र मुख्यकुरा भन्नु पर्दा गरीब का छोरा ,छोरो शिक्षा प्राप्त गर्न सकेका छैन, यो नै हो त राष्ट्रप्रेमी सरकार??


विवाह गरे पछि एक त छोरीहरू आफ्नो आमा ,बुबा ,परिवार ,समाज ,र भयो भने आफू जन्मेको भूमि लाई त्याग्छन् ,र यति सम्म त्याग गरे पनि फेरि किन यो नेपाल सरकार ले यस्तो नागरिताको विषयलाई झन्झटमा ल्यायो के महिला लाई जहिले पाछि पर्ने हो त?


 हाम्रो देश नेपालमा जुनसुकै ठाउँमा मधेसी पुग्यो भने पहाड ,हिमालका मान्छे हरुले भन्छन्  ,यो मान्छे त राष्ट्रियघाती हो,विदेशी भन्छन् तर  ,आज सम्म यो देश लाई हिमाल,पहाडकै  सरकार ले देश चलाए र   तिनी हरुले मधेसी जनता को कहिले पनि राम्रो सोचेनन् , सधैं हस्तक्षेप गरे र त्यस्तै हिंसा गर्ने, देश लुट्ने ,देश बेच्ने, भेदभाव गर्ने  जस्ता मान्छे लाई  राष्ट्रप्रेमी भनिन्छ र ?



यो सरकार ले विकास त  धेरै गरे तर देश को हैन तर आफ्नो घरका का छन् , गरीब लाई गरिबी बनाउँदै गयो र धनी मान्छे लाई धनी , विशेष गरी भन्नु पर्ने हो भने यो सरकारले मधेसी समुदाय को गरीब जनता लाई अझै गरीब बनाउन पुगेका छन् , अब यस्तै हो भने यो मधेश आमा को सन्तान ले जसरी आज कालापानी ,लिपुलेक र लिम्पियाधुरा मा साथ दियो त्यसरी नै अब यो भेदभाव गर्ने सरकार  लाई साथ दिने छैन  ।


यो देशको मानिस हरु खुशी हुँदै भन्छन् कि नेपालमा पनि प्रजातन्त्र आइसक्यो भनेर तर के सचिकैमा आएको होर ,मलाई त लाग्दैन किन भने सबै मान्छेले आफ्नो हक को लागि लड्छन् र आफ्नो ज्यान भन्दा नि उसको सम्मान,इज्जत प्यारो हुन्छ र यो देशमा प्रजातन्त्र आए पनि किन यो महिला माथि भेदभाव गर्न खोजिरहेको छन् ,किन उनीहरू लाई आफ्नो हक माथि प्रतिबंध लगाउँदै छन् सरकार ले । 


नेपालमा बस्ने यो ३ करोर जनताको मनमा प्रजातन्त्र आयो तर यो देश चलाउने सरकार ,अन्य नेता ,सरकारी कर्मचारी हरु मा किन आएन यो प्रजातन्त्र को भाव कहिले पनि आएन ,यस्तै हो भने मधेसी समुदायलाई त पछाडि पार्दै आएका छन् र  केही वर्ष पछि पहाडी ,हिमाली समाउँदय पनि पछि हट्दै जान्छ र नेताहरु को घर ,परिवार भने अगाडि बढ्छन् ।



नेकपा सरकारले नेपाली सँग विवाह गर्ने विदेशी महिला लाई ७ वर्ष पछि नगरिता दिने भन्छन् तर के यो महिला माथि को भेदभाव हैन र? ,  मधेसी महिला लाई किन अपमान गर्न सकेको होला  , यसको जवाफ दिनु पर्छ सरकार ले?


भन्छन् कुकुर को पुच्छर मा जती तेल लगाए पनि सोझी हुँदैन त्यस्तै हाम्रो देश चलाउने नेता हरु छन जाती खाए नी ,लुटे नी पेट न भर्ने । यो देश मा त काम गर्ने कालु मकै खाने भालू ,जाती खाए नी अझै खाम खाम भन्छन् अनि त नेता हरु को मान मस्तिष्क मा कैले पनि विकास को धारणा आएन खाली अरू लाई कसरी हेप्ने ,भेदभाव गर्ने ,अरूको हक माथि प्रतिबंध लगाउने यस्तो कुरा हरु मात्र जानेका छन यहाँका सरकार ले ।



संविधानले भन्छन् पुरुष को जती हक छ महिला को नि त्यति नै हक छ र यदि त्यो विदेशी विवाहित महिला सँग नागरिता नै भएन भने त्यो संविधानमा लेखेको महत्त्व नै भएँन , त्यहिभएर हरेक  महिला या पुरुषमा भेदभाव न गरुँम्  ,  कसैको हक माथि प्रतिबंध न लगाम सरकार  उनी हरुलाई पनि सुखी जिन्दगी जिउन दिनुस् ।

 

हरेक महिला ले विवाहको २ या ३ वर्ष पछि बच्चा जन्माउँछन् र यदि त्यो बच्चा को जन्मदर्ता बनाउने परे  आमाको नगरितानै छैन भने  आमा को नाम को ठाँउ मा कसरी त्यो जन्म दिने आमाको नाम लेख्ने जब सम्म आमानै देश को नागरिक हुँदैन भने उसले आफ्नो जन्म दिएको बच्चा लाई कसरी देश को नागरिक भन्ने।


हरेक ठाउँमा गयो भने हामीले हाम्रो प्रमाण दिनु पर्छ र यदि नागरितानै छैन भने हामी कसरी आफू ले आफूलाई चिनाउने, विदेश जानु परे नागरिता,लोकसेवामा जना नि नागरिता ,लाइसेन्स निकाल्दा नागरिता,बैंकको खाता खोल्दा नागरिता अनि अरू पनि कति महन्त्वपूर्ण क्षेत्रमा नागरिताको जरुरी छ र यस्तो आफू माथि भएको अपमान कसरी सहने ।


मलाई लाग्छ सरकारले यति मात्र चाहन्छ की मधेसमा बस्ने महिला अगाडि न बढोस घर मै बसेर भाडा कुडा माजोश र यो सबै रणनीति अपनाउन यस्तो कानुन ल्याउन खोजेका छन्।


पहाड को सरकार ले आहिले सम्म  पनि मधेश को मांग पूरा गर्न सकेको छैन र सधैं हस्तक्षेप गर्दै आएका छन् र यो  नागरिताको विषय पनि मधेसी महिला लाई पछाडि पार्न यस्तो गर्दै छन् र मधेसी माथि को यो अपमान हामी सहन सक्दैनौँ ।


नागरिता सँगसँगै विकाशको कुरा गर्ने हो भने बजेट आउँदा बजेट चलाउँछन् अनि आफ्नो जिल्लाको सरकारी कार्यालयमा पेश गर्छन् विकास भयो भनेर तर के साचिकै मा विकास भएको होर , त्यो कार्यालय को कर्मचारी हरु ले छानबिन गर्नु पर्दैन , कहिले सम्म यस्तो रहन्छ सरकार , कहिले अघि बढ्ने होला हाम्रो देश ? जनता त अब अघि बढे साथसाथै नेताहरु  पनि अघि बढेर विकास ,शान्ति समृद्धि तिर लाग्नु जरुरी छ ।के यस्तै हेप हेपाई गरेर चल्ने हो देश ?



अन्तिममा यति मात्र भन्न चाहन्छु की अरू को हक माथि प्रतिबंध न लगाउनुस् सरकार सबै लाई आफ्नो हक सदुपयोग ढंग ले प्रयोग गर्न दिनुस् तर यदि यस्तो गर्न सक्नु भएँन भने अब   हरेक मधेसी जनताले आफ्नो हक ,मान ,सम्मान र प्रस्तिस्था को लागि लड्नेछ र  सरकार ले गरेको मधेसी माथि को अत्याचार सहने छैनन् ,जसरी २०७२ साल को जान आन्दोलन मा आफ्नो हक प्राप्त गर्नका लागि  थुप्रै मधेसी हरु सहिद भए त्यसरी नै अब हरेक मधेसी ले आन्दोलन गर्ने छ र आफ्नो इज्जतको लागि ज्यान दिनु पर्ने ज्यान दिन तयार हुने छन।

विद्युतको महशुल ५ देखि ५० प्रतिशतसम्म घटाइयो

महशुल सार्वजनिक (दरसहित)
wechat sharing button





काठमाडौं / विद्युत नियमन आयोगले विद्युतको नयाँ महशुल सार्वजनिक गरेको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको नयाँ महसुल दर असार महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्न पनि आयोगले निर्देशन दिएको छ । आम नागरीकलाई राहत दिन विद्युतको महशुल ५ देखि ५० प्रतिशतसम्म र औसतमा १० प्रतिशत घटाइएको बताइएको छ ।

नयाँ महशुल अनुसार ५ एम्पियरको मिटर राख्ने र महिनाको १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने सरकारले यसअघि गरेको निर्णय अव कार्यान्वयन हुने भएको छ ।

 आयोगले घर भाडामा बस्नेलाई उक्त घरमा रहेको मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महशुल उठाउन नपाउने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ५० प्रतिशतसम्म र औसतमा १० प्रतिशत घटाइएको बताइएको छ ।


बेहुलासहित १५ जनालाई लाग्यो कोरोना, जन्ती गएका १२७ जना क्वारेन्टाइनम



 २०७७-३-१५ गते 


एजेन्सी : लकडाउनको समयमा विवाह समारोहमा ५० भन्दा बढी मानिस जम्मा हुन नपाइने कानुनलाई लत्याउँदै २ सय ५० जन्ती बोकेर बेहुलीको घरमा पुगेका बेहुला र उनका बाबुलाई ठूलो आपत आइपरेको छ ।
भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जना जन्ती बोकेर गएका बेहुला सहित विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखिपछि
जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

भारतीय मिडियाका अनुसार उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका बाबुबाट असुल्ने निर्णय सरकारले गरेको छ । सरकारी खर्चअनुसार क्वारेन्टाइनमा रहेका १२७ जनाको खर्च हालसम्म ६ लाख २६ हजार ६ सय आएको भारतीय मिडियाले जनाएको छ । यद्यपी बेहुलीलाई भने कोरोना देखिएको छैन ।

ताजा अपडेेट.... रामगर हत्याकाण्डको विषयमा धनकौकमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडपको विस्तृत विवरण

ताजा अपडेेट....
 


मनोज यादव----
सर्लाही, असार १५
     आइतवार साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने  धनकौल गाउँपालिका वडा न-३ मा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका  कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं  कार्यकर्ताहरु घाईते भएका  छन् ।
   दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली   चल्दा गोलीको छर्रा लागेर १० जना भन्दा बढी ब्यक्तिहरु घाईते भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । झडपमा लठी पनि चलेको र सो को प्रहारबाट  ४ जना स्थानीय ब्यक्तिहरु पनि घाईते भएको उहाँले जानकारी दिनुभयो । उक्त  झडपमा २ जना प्रहरी कर्मचारीहरु समेत घाईते भएको उहाँले ले बताउनुभयो ।झडपको क्रममा  घाइते हुनेहरुमा धनकौल वडा नं. २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह, वडा नं. ३ का रामचन्द्र हजारी ,नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन् । झडप नियन्त्रणमा लिन प्रहरी द्वारा ४ राउण्ड आँशु ग्यास पनि प्रहार गरिएको छ ।
    धनकौल गाउँपालिकाका स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामनगर गाउँपालिकाको बहुअर्वामा भएको  नेकपा कार्यकर्ताको हत्याको बिरोधमा धनकौल गाउँपालिकामा आइतवार साँझ   निकालिएको मसाल जुलुसमा स्थानीय काँग्रेसका कार्यकर्ताले गोली चलाएपछि झडप सुरु भएको हो । झडप तथा गोली प्रहारबाट नेकपाका  कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ । सामान्य  घाईतेहरुको बरहथवा स्थित निजी स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने गम्भीर घाईतेलाई बीरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
    यता नेपाली नेपाली काँग्रेसका नेता एवं प्रदेश न-२ सांसद बिरेन्द्र सिंहले सुरुमा नेकपाका कार्यकर्ताहरुले नै आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको  आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुस स्थानीय काँग्रेस कार्यकर्ता धिरु वर्माको घर अगाडी पुगेर टायर बालेको  साथै कुटपिट गरेको सांसद सिंहको भनाई छ । नेकपा कार्यकर्ताको कुटाईबाट आफ्ना ६ जना कार्यकर्ताहरु घाईते भएको उहाँले दावी गर्नुभयो ।यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेकपा कार्यकर्ता रामजल रायको असार ७ गते हत्या गरिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै नेकपा कार्यकर्ताले जुलुस निकालेका थिए । सोही जुलुसमा प्रयोग गरिएको ट्रयाक्टरले बाटो छेकेको थियो । कांग्रेस कार्यकर्ताले बाटो छेकिएको भन्दै हटाउन आग्रह गरेका थिए । त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा झडप भएको हो ।
गोली चलाएको आरोपमा प्रहरीले स्थानीय मुकेश साहलाई नित्रन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सोधपुछ भइरहेको जनाएको छ ।
    उक्त झडपको सम्बन्धमा दुवै पक्षका कार्यकर्ताको फरक फरक भनाइ आइरहेको छ ।घटना स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु   परिचालन गरिएको छ ।रामनगर हत्याकाण्डको विषयलाई लाई लिएर केही दिनदेखि सर्लाहीको सदरमुकाम मलंगवा लगायत जिल्लाका बरहथवा र हरिवनमा नेकपा र काँग्रेसका नेता तथा कार्यकर्ताहरु र्याली र विरोध प्रदर्शन हुँदै आइरहेको छ ।  




मकैको उचित मुल्य नपाएपछि सर्लाहीका किसान चिन्तित




लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ १५
     कडा परिश्रम गरेर फलाएको मकैको उचित मुल्य नपाएपछि सर्लाहीका  किसान चिन्तित भएका छन् । लकडाउनका कारण किसानको आर्थिक अवस्था जर्जर बनेका बेला जिल्लाको उतर पश्चिम क्षेत्र बरहथवा,शंकरपुर,हजरिया, जानकीनगर, राजघाट,पत्थरकोट मुर्तिया,इश्वरपुर लगायतको क्षेत्रमा उत्पादित मकैेको उचित मुल्य नपाउँदा यस क्षेत्रका किसान थप चिन्तित भएका हुन् ।
    किसानले अपेक्षा गरेभन्दा मकैको मुल्यमा भारी गिरावट आएपछि किसानहरु मारमा परेका हुन । गतवर्ष प्रतिक्विन्टल ३हजार देखि ३ हजार पाँच सय रुपैयाँसम्म बिक्रि भएको मकै यसबर्ष भने प्रतिक्विन्टल २ हजार रुपैयाँ मूल्य पनि नपाए पछि सस्तो मुल्यमै मकै बिक्रि गर्नु परेको  किसानहरुले बताएका छन्  कतिपय किसानले  लकडाउन खुलेपछि बढिमुल्य पाउने आशामा मकै भण्डारण गरेर राखेका छन । मकै खेतीगर्दै आएका बागमती नगरपालिका ६ राजघाटका दिलचन साहले यसवर्ष मुल्यमा निकै कमि आएको गुनासो गरे । साहले गएको बर्ष दुइ बिघा जमिनमा  १ सय पचास क्विन्टल मकै उत्पादन गर्दा ४ लाख ५० हजारमा बिक्री गरेका थिए । तर यस बर्ष हावाहुरीले पनि नोकसान भयो,दुइबिघा जम्मा ८० क्विन्टल मात्र उत्पादन भएको छ । मकै किन्न ब्यापारी पनि आउदैन, आइहाले पनि दुइ हजारको क्विन्टल माग्छ, भाउ बढ्ने पर्खाइमा छु के गर्ने, किसानलाइ कहिँ कतैबाट पनि भएन उनले दुखेसो पोखे । मेहनत गरेर  र खर्च गरेर केही आम्दानी होलाकी भनेर उत्पादन गरेको मकै कौडीको भाउमा बेच्नु परेको साहले भने । ‘घरमा अलिकति भएको पैसा पनि लकडाउनमा सकियो,घरब्यवहार चलाउन सस्तोमा भएपनि बेच्नुको विकल्प छैन उनले निराश हुँदै भने ।

रामनगर हत्याकाण्डको विषयमा धनकौकमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडप, गोली र लाठी चल्यो /गोलीको छर्रा लागेर १० जना भन्दाबढी घाइते

घटनाको सम्बन्धमा दुवै पार्टीको फरक फरक भनाइ
==================================
   


लोकतन्त्र समाचारदाता---
सर्लाही, असार १५
     आज साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने  धनकौल गाउँपालिकामा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका  कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं कार्यकर्ताहरु घाईते भएका  छन् । 
   दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली   चल्दा गोलीको छर्रा लागेर १० जना भन्दा बढी ब्यक्तिहरु घाईते भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । झडपमा लठी पनि चलेको र सो को प्रहारबाट  ४ जना स्थानीय ब्यक्तिहरु पनि घाईते भएको उहाँले जानकारी दिनुभयो । उक्त  झडपमा २ जना प्रहरी कर्मचारीहरु समेत घाईते भएको उहाँले ले बताउनुभयो । झडप नियन्त्रणमा लिन प्रहरी द्वारा ४ राउण्ड आँशु ग्यास पनि प्रहार गरिएको छ । 
    धनकौल गाउँपालिकाका स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामनगर गाउँपालिकाको बहुअर्वामा भएको  नेकपा कार्यकर्ताको हत्याको बिरोधमा धनकौल गाउँपालिकामा आइतवार साँझ   निकालिएको मसाल जुलुसमा स्थानीय काँग्रेसका कार्यकर्ताले गोली चलाएपछि झडप सुरु भएको हो । झडप तथा गोली प्रहारबाट नेकपाका  कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ । सामान्य  घाईतेहरुको बरहथवा स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने गम्भीर घाईतेलाई बीरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 
    यता नेपाली नेपाली काँग्रेसका नेता एवं प्रदेश न-२ सांसद बिरेन्द्र सिंहले नेकपाका कार्यकर्ताहरुले नै आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको  आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुस काँग्रेस कार्यकर्ता धिरु वर्माको घर अगाडी टायर बालेको  साथै कुटपिट गरेको सांसद सिंहको भनाई छ । नेकपा कार्यकर्ताको कुटाईबाट आफ्ना ६ जना कार्यकर्ताहरु घाईते भएको उहाँले दावी गर्नुभयो । 
    उक्त झडपको सम्बन्धमा दुवै पक्षका कार्यकर्ताको फरक फरक भनाइ आइरहेको छ ।घटना स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु   परिचालन गरिएको छ ।              




Sunday, June 28, 2020

धनकौलमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडप , गोली चल्यो


----थप विवरण आउन बाँकी----- 



लोकतन्त्र समाचारदाता---

सर्लाही, असार १४

     आज साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने  धनकौल गाउँपालिकामा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका  कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं कार्यकर्ताहरु घाईते भएका  छन् । 

   दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली   चल्दा गोलीको छर्रा लागेर केही ब्यक्तिहरु घाइते भएको र घाइतेहरु मध्ये केहीको बरहथवा स्थित स्वास्थ्य संस्थामा र केहीलाई उपचारको लागि बिरगंज तर्फ पठाइएको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराउनुभयो । 

    घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रजिअ जिसीले बताउनु भयो ।



स्मार्ट सिटी बन्दै गरेको नगरभित्रकै सडक हिलाम्मे


         सर्वसाधारणलाई हिँडडुल गर्न  समस्या
==================================

लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १४
     स्मार्ट सिटी बनाउने योजना रहेको सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका भित्री सडकहरुमा स्थानीयबासीहरु लाई सामान्य पानी पर्दा पनि घरबाट बाहिर निस्केर सडकमा  हिंडडुल गर्न समस्या हुनेगरेको छ ।
        मलंगवा नगरपालिका वडा न-९ स्थित सरस्वती टोलमा नयाँ बन्दै गरेको सडकको  अवस्था अहिले दयनीय बनेको छ ।उक्त टोलमा जनप्रतिनिधि द्वारा सडक निर्माणमा भएको लापरबाही तथा आधा अधुरा कामका कारण सामान्य पानी पर्दा  पनि सडकका खाल्डा खुल्डीमा पानी जमेर पोखरी जस्तो बनेको  छ भने ८० प्रतिशत जति सडक हिलाम्मे भएका छन् । सडकमा जमेको पानी र हिलोका कारण  घरबाट बाहिर निस्कन समेत समस्या भएको स्थानीय टोलबासीहरुले गुनासो गरेका छन् ।घर अगाडीको सडक हिलाम्मे भएकोले पानी पर्न सुरु भएको दिनदेखिनै घरबाहिर निस्कन नपाएको स्थानीयले बताए ।
      वडा न-९ सरस्वती टोलका बासी एवं स्थानीय समाजसेवी चन्देश्वर रायका अनुसार इस्टिमेट तथा योजना अनुसार समयमै स्तरीय सडक नबन्दा यस्तो  समस्या आएको हो  ।  सडक र नाला निर्माणका  लागि खर्च भएको स्थानीय तहको ठूलो धनराशि ‘बालुवामा पानी’ भएको छ,रायले भने  ।यस सडकमा  जमेको पानी ,खाल्डा खुल्डी र हिलोका कारण  मोटरसाइकल र साइकल मात्र नभइ पैदल समेत हिड्न गार्‍हो भएको रायले बताए ।
      निर्माणाधिन सडकमा अनियमितता भईरहेको  तथा  योजना र इस्टिमेट अनुसारको कार्य नभएकोले पटकपटक  ठेकेदारलाई भन्दा पनि  कुनै सुनवाई नगरेपछि बाध्य भएर नगरपालिकाका  कार्यकारी अधिकृतलाई समेत पटकपटक  टेलिफोन  मार्फत  जानकारी गराइ सक्दा पनि अहिले सम्म  कुनै किसिमको सुनवाई नभएको  रायले बताए ।उक्त सडकको छेउमा बनेको  नालामा समेत कमसल निर्माण सामाग्रीको प्रयोग गरिएको उनको आरोप छ ।
    जिल्लामा   विकास बजेटको सबैभन्दा बढी रकम सडक मर्मत र विस्तारको नाममा खर्च भएको देखिन्छ । तर मलंगवामा मात्र नभइ  जिल्लाभरका कुनै पनि सडक हिँडन लायकका  छैनन् । नगरभित्रका हिलाम्मे सडक सवैजसो निर्माणाधीन अवस्थाका छन् ‘राज्य होस वा स्थानिय नेता अवसर हेरेर यिनै सडकलाई चुनावी मुद्दा बनाउँछन्, भोट माग्छन्, ‘जितेर पनि जान्छन तर पनि उनीहरू  जनताको भावनासँग खेलवाड गर्दै आएका छन्’ आफ्नो घर अगाडिको हिलाम्मे सडक देखाउँदै स्थानीय टोलबासी चन्दा चौधरीले आक्रोश पोखिन् ।





नागरिकता विधेयकको विषयमा माननीय अशोक यादवको बक्तब्य .....

     

video /प्रदेश  सभा (प्रदेश नं.२, जनकपुरधाम)

    विवाहको ७ वर्ष पछि विदेश बाट विवाह गरेर आएकी महिला लाई नेपाली नागरिकता दिने नेकपा को सचिवालय बैठक बाट पारित ७ बर्षे नागरिकता विधेयक को बारे मा प्रदेश मामिला, सभापति मा. अशोक यादवले  हाउसमा राख्नु भएको बक्तव्य ।

Saturday, June 27, 2020

भारत हुँदै नेपाल भित्रिएको सलह किरा सर्लाहीको नवलपुरमा देखियो



मनोज यादव----Video पनि हेर्नुस् .....
सर्लाही ,असाढ १३ 
      अफ्रिकी मुलुकबाट फैलिएको सलह किरा अरवियन मुलुक हुँदै एसियाको इरान, अफगानिस्थान, पाकिस्तान र भारत हुँदै  नेपालमा पनि भित्रिएको छ ।भारतमा यसलाई टिड्डी भनेर चिनिन्छ ।
     फट्याङ्ग्रा जस्तै देखिने उक्त किरा आज (सनिवार) बिहान करिब साढे ६ बजेको समयमा सर्लाहीको नवलपुर स्थित तेलवाली अनुसंधान कार्यक्रमको  फर्ममा देखापरेको स्थानीय प्रत्यक्षदर्शीहरुले दावी गरेका छन् । बिहान पश्चिम-दक्षिण दिशातर्फ आएर सलह किराको झुण्ड तेलबालीको फिल्डमा बसेका थिए । 
    यो किराले जुनसुकै हरियो बालीलाई तुरुन्त नष्ट गर्नसक्ने क्षमता राख्ने भएकाले यसको प्रभाव बदाम खेती र भर्खरै रोपेको  धानको बीउमा आजैदेखि देखिन थालेको तेलबाली अनुसन्धान केन्द्र, सर्लाहीका कार्यक्रम संयोजक डा.विश्वेश्वरप्रसाद यादवले बताए ।सामान्य रुपमा पूर्वदेखि पश्चिमतिर हावा चल्नु पर्नेमा अहिले त्यसको ठिक उल्टो पश्चिमबाट पूर्वतर्फ चलिरहेको र यो किरा पनि दक्षिण र पश्चिम अर्थात भारतबाट आएको अनुमान गरिएको कार्यक्रम संयोजक  डा. यादवले बताए । 


     सलह  किराले हरियो  बालीनालीलाई क्षति पुर्याउने भएकोले प्राविधिक तथा  विज्ञहरुको टोली अनुसन्धानका लागि सलह देखिएका ठाउँमा खटिएका छन् ।शनिबार बिहान सर्लाही सहित बारा, पर्सा लगायतका तराईका  केही जिल्लाहरुमा सलह किरा देखिएकोले यस सम्वन्धमा कृषि मन्त्रालयलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
      हजारौं, लाखौंको संख्यामा हुने यो जातीको किराले एकैदिनमा १ सय ५० किलोमिटर टाढासम्मको दुरी पार गर्ने  क्षमता राख्ने गरेको जनाइएको छ ।

मोटरसाइकलको ठक्करबाट सलेमपुरमा एक पुरुषको मृत्यु




लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १३
     सर्लाहीको कविलासी नगरपालिका-१०  स्थित सलेमपुरमा  मोटरसाइकलको ठक्करबाट एक ७० वर्षिय वृद्धको  मृत्यु भएको छ।
     नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत कविलासी न.पा स्थित सलेमपुर र गम्हरियाको बिचमा पर्ने चमेली माईको मन्दिर नजिक सदरमुकाम मलंगवा तर्फबाट आइरहेको बा १० प ४४८१   नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री नामथर र वतन नखुलेको ७० वर्षिय वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शुक्रवार अपराह्न ४:३० बजे मलंगवा न.पा वडा न-५ निवासी मोहम्मद गैसले चलाएको  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको सर्लाही अस्पताल मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज तर्फ लाने क्रममा बाटोमै मृत्यु भएको जिप्रका सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।
    सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मो.गैसको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको र मृतक वृद्धको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको डिएसपी कुवँरले लोकतन्त्रलाई बताएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।


सर्लाहीमा देखियो सलह(टिड्डी)को सानो समूह


सर्लाहीको नवलपुरमा देखियो सलह/ किसानहरु सावधान


काठमाडौं ,असाढ १३
     अफ्रिका हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको हो ।

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सर्लाहीमा ४ सय ३५ जना बिरामीहरु कोरोनाबाट निको भएर घर फर्के




सर्लाही,असाढ १३
    सर्लाहीमा हाल सम्म ४ सय ३५ जना कोरोना संक्रमित बिरामीहरु आइसोलेसनबाट निको भइ डिस्चार्ज  भएर घर फर्केका छन् । निको भएर डिस्चार्ज हुने बिरामीहरु जिल्लाको सदरमुकाम मलंगवा  लगायत हरिवन , हरिपुर नगरपालिका तथा  ब्रह्म्पुरी गाउँपालिकाका रहेका छन् ।
    सर्लाहीमा अहिले सदरमुकाम मलंगवा नगरपालिका स्थित सन्त अल्पामाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको जिल्लाकै पहिलो अस्थाई  कोरोना विशेष अस्पताल सहित   हरिपुर नगरपालिका  ,हरिवन नगरपालिका ,बरहथवा नगरपालिका,हरिपुर्वा नगरपालिका, इश्वरपुर नगरपालिका , बागमती नगरपालिका तथा  चन्द्रनगर र विष्णु गाउँपालिका  गरी १० वटा स्थानीय तहमा आइसोलेसन कक्ष संचालनमा रहेको छ । जिल्ला भरीमा हाल सम्म पुष्टि भएका ६ सय १५ जना कोरोना संक्रमितहरु मध्ये ४ सय ३५ जना बिरामीहरु जनकपुर, काठमाडौं, बारा, बिरगंज र सर्लाहीका विभिन्न  आइसोलेसनहरु बाट उपचार पश्चात्  निको भएर डिस्चार्ज भइ घर फर्किसकेका छन् । १ सय ८० जनाको उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
    सर्लाहीमा दिनदिनै  कोरोना संक्रमितहरुको संख्या  बढे पनि निको भएर घर फर्किनेहरुको संख्या पनि बढेकोले असाढ महिनाको अन्त्य सम्ममा निको भएर घर फर्किनेहरुको संख्या अझ बढ्ने जिल्ला  अस्पताल मलंगवाका मेडिकल अधिकृत एवं मलंगवा आइसोलेसन इन्चार्ज डाक्टर  रवी कुमार साहले बताए ।


Friday, June 26, 2020

नेकपा द्वारा मलंगवामा विरोध प्रदर्शन Video सहित .....

   Video पनि हेर्नुस् ..... 
सर्लाही ,असाढ १२
सर्लाहीको रामनगर गाउँपालिका वडा न-४ स्थित बहुअर्वामा भएको हत्याकाण्डका दोषी उपर कार्यवाहीको माग गर्दै नेकपा सर्लाहीले आज सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।
   दोषी उपर कडा कार्यवाही ,मृतकको परिवारलाई क्षतिपूर्ति ,हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरि जिल्लामा हाजिर गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने मागहरु राखेर विरोध प्रदर्शन गरिएको नेकपाका युवा नेता समिमबाबु खानले जनाएको छ ।
     केही दिन अघि बहुअर्वाका एकजना नेकपाका स्थानीय नेताको हत्या गरि फाालिएको अवस्थामा शव बरामद भएको थियो । उक्त घटनालाई अहिले राजनितीका रंग दिएर मलंगवामा दिनहुँजसो प्रदर्शन भइरहेको छ ।

हरिपुर्वा बाहेक सर्लाहीका १९ वटा स्थानीय तहहरुको नगर तथा गाउँसभा सम्पन्न



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १२
     सर्लाहीका २० वटा स्थानीय तहहरु मध्ये १९ वटा स्थानीय तहरुले आर्थिक वर्ष २०७७/०७८ को लागि नगर तथा गाउँसभा मार्फत  नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
     जिल्लाको  हरिपुर्वा नगरपालिका बाहेक सदरमुकाम मलंगवा ,लालबन्दी , कविलासी, बरहथवा, हरिवन,गोडैता नगरपालिका तथा  चन्द्रनगर, चक्रघट्टा गाउँपालिका  लगायतका पालिकाहरुले आआफ्नो  नगर तथा गाउँसभा सम्पन्न गरेका छन्।
आर्थिक वर्ष २०७७/०७८ को लागि मलंगवा   नगरपालिकाले प्रस्तावित   ५५ करोड ४३ लाख ७२ हजार रुपैयाँ बजेटको निति तथा कार्यक्रम माथि बुधबारबाट छलफल सुरु गरेको छ ।यसैगरी लालबन्दी नगरपालिकाले ७५ करोड, १८ लाख,४८ हजार, ९ सय रुपैयाको ,बरहथवा नगरपालिकाले ६२ करोड ६ लाखको यस्तै कविलासी नगरपालिकाले ५६ कारोड, ६२ लाख ,९८ हजार, ८ सय ५६ रुपैयाको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
      कविलासी नगरपालिकाले आन्तरिक राजस्वबाट रु १ करोड ५ लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदानबाट रु १२ करोड ८२ लाख, सशर्त  अनुदानबाट १८ कारोड ४८ लाख, राजस्व बाँडफाँडबाट रु ८ करोड ३८ लाख, ६ हजार ३ सय ६०,प्रदेश सरकारबाट समानीकरण अनुदान रु ७३ लाख ३७ हजार, शसर्त अनुदान रु ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन करको बाँडफाँड रु ४२ लाख १५ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रमबाट रु १४ लाख १६ हजार, सडक बोर्ड नेपालबामट रु ३० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर रु २० लाख , जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमबाट रु ११ करोड र गत आ.व ०७५/७६ को मौज्दात रु १ करोड ८० लाख २४ हजार ४ सय ९६ रुपैया र ३१ पैसा रहेको  उप मेयर राधा देबीले बताएकि छिन्। यसैगरी चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि  अनुमानित ५० करोड, २४ लाख २९ हजार, ७ सय ३० रुपैयाको आय व्यय प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष  महेन्द्र महतोले जानकारी दिए ।  लालबन्दी नगरपालिकाले  ७५ करोड, १८ लाख,४८ हजार, ९ सय रुपैयाको , बरहथवा नगरपालिकाले ६२ करोड ६ लाखको नीति तथा कार्यक्रम ल्याई बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।  
     स्थानिय तहरुले कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ.व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने । सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासी तथा गाउँवासीहरुको जीवनस्तर माथि उठाउने । संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने जस्ता   योजनाहरु समेटेका  छन् ।
     विभिन्न कारणहरुले गर्दा हरिपुर्वा नगरपालिकामा विकास निर्माणका  कामहरु ढिला गरि  सुरु  भएकाले १० गते भित्र नगरसभा सम्पन्न गर्न नसके पनि नगरसभाको सम्पूर्ण  तयारीहरु भैसकेकोले आगामी अषाढ २० गते भित्रै नगरसभा सम्पन्न गरिसक्ने  प्रशासकिय प्रमुख सकलदेव रायले बताउनुभयो ।


सर्लाहीबाट एकैदिन ४६ किलो गाँजा सहित ३ जना पक्राउ



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ १२      
      प्रहरीले सलार्हीको बागमती नगरपालिका वडा न-१२  स्थित एकघरबाट लुकाएर राखेको  ४१ किलो लागुऔषध गाँजा सहित घरधनीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा घरधनी बर्ष ३६ का सन्ते ब. ब्लोन रहेका छन् । गोप्य सूचनाको आधारमा २ नं. प्रदेश  प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय  हरिवन बाट खटिएको संयुक्त प्रहरी टोलीले घरको खानतलासी गर्दा घरभित्र  लुकाएर  राखेको ४१ किलो लागुऔषध गाँजा बरामद गरेको हो । निजलाई बरामद गरेको गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको  छ।
   त्यस्तै जिल्लाकै नेपाल भारत सिमावर्ती विष्णु गाउँपालिका वडा न-१ बाराउधोरणबाट ५ किलो गाँजा सहित २ जना ब्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा न.पा वडा न-११ बस्ने बर्ष ३२ का  शिबधन मुखिया र सोही ठाउँका ४० वर्षिय  ब्रह्मदेव राय रहेका छन् । उनिहरुलाई प्रहरी चौकी बाराउधोरण बाट खटिएका प्रहरी टोलीले  BR30 C 6809 र BR30 M 5819 न. को मोटरसाईकलमा ५ किलो गाँजा लिएर भारत तर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएका छन् ।
     बागमती न.पा बाट नियन्त्रणमा लिएको  धरधनी ब्लोन र बाराउधोरणबाट नियन्त्रणमा लिएको मुखिया र राय  विरुद्व लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान भइरहेको डिएसपी  कुवँरले लोकतन्त्रलाई जानकारी दिए।





हरिपुर्वाका स्वास्थ्य स्वयंसेविकाहरुले साइकल पाए



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ १२
     हरिपूर्वा नगरपालिकाका ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुले साइकल पाएका छन् ।सर्लाहीको हरिपुर्वा न.पा वडा न- ५ मा  रहेका  ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  एक कार्यक्रमका  बिच  साइकल वितरण गरिएको हो ।
    बिहिवार  वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा  एक कार्यक्रमको आयोजना गरि कार्यक्षेत्रमा उनीहरूको मनोबल उच्च बनाउने र काम गर्न समेत सहज बनाउने उदेश्यले वडा न-५ का ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई एकएकवटा साइकल प्रदान गरिएको हरिपुर्वाका स्थानीय पत्रकार मुकेश झाले जानकारी गराउनुभयो । वडा कार्यालयको प्रांगणमा आयोजना भएको साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सियाराम रायले प्रत्येक वडामा  साइकल वितरणको बजेट छुट्टयाइएको भएपनि अहिले सम्म वडा नम्बर ४ र ५ मा मात्र साइकल हस्तनान्तरण गरेको र यसै अषाढ भित्र केही वडाहरुमा पनि  साइकल हस्तान्तरण  गरिदिने बताउनुभयो ।
   हरिपूर्वा नगरपालिका अन्तर्गतका  ९ वटा वडामा रहेका  ३ वटा स्वास्थ्य चौकीमा जम्मा  ६० जना महिला स्वास्थ्य  स्वयंसेविकाहरु हाल कार्यरत रहेका  छन ।

हरिपुर नगरपालिकाको एकाउन्टेन्ट अख्तियारको फन्दामा



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १२
     सेवाग्राही सँग ४ हजार रुपैया घुस मागेको आरोपमा  सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई  अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिपुर न.पा का लेखा अधिकृत भूपेन्द्र कुमार सिंह र लेखापाल रञ्जित कुमार राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
     उनीहरूलाई सेवाग्राहीलाई भुक्तानी दिँदा  कमिसन मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास स्थित कार्यालयबाट खटिएको टोलीले चार हजार नगद रुपैयाँ सहित  पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनीहरुलाई नगरपालिका कार्यालयबाटै आयोगको कार्यालय बर्दिवास लगि  आवश्यक कारवाहीका लागि बुधबार आयोगको केन्द्रीय कार्यालय टङ्गाल पठाएको जनाइसकेको छ ।


Thursday, June 25, 2020

@वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने व्यवस्था गलत रहेकोमा युवाहरुको धारणा (पाठको कलमबाट....)

लेखक: Social Activist
           कृष्ण राउत
           मलंगवा, सर्लाही

सत्तारुढ नेकपा सरकारले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपालको नागरिकता दिने प्रस्ताव पारित गरिसकेको छ । यो निर्णयले नेपालको आम मधेसी समुदाय लगायत बोर्डर एरियामा बस्ने सम्पूर्ण नेपालीमा एक किसिमको मनोवैज्ञानिक त्रास पैदा गरेको छ ।

१. विवाह भएको ७ बर्ष नपुग्दै बच्चा जन्मे, बच्चाको जन्मदर्ता हुँदैन, बच्चा कुन देशको नागरिक ?
२. विवाह भएको ७ बर्ष नपुग्दै श्रीमान को मृत्यू भए, त्यो महिला कहाँको नागरिक र अंश कसरी पाउने ?
३. विवाह भएको ७ बर्ष नपुग्दै श्रीमान बिदेश गए र श्रीमतीलाई पनि सँगै लानचाहे नागरिक्ताको अभावमा महिलाको राहदानी कसरी बन्ने ?
४. कुनै पनि पढेलेखेको बिदेशी बुहारीले नागरिक्ता ७ बर्ष पछि मात्र पाए लोकसेवा आयोग दिन पनि नपाए के बुहारी केवल चुल्हा चौका गर्न लागी मात्र हो ?
५. गाड़ी चलाउनलाई लाईसेन्स कसरी बनाउने , उधोग / ब्यापार गर्न चाहे कसरी गर्ने, बैंकमा खाता कसरि खोल्ने जस्ता अनेकौं उदहारण छ हामी  संग ।

नेपाल नागरिकता ऐन, २०६३ ले यतिका वर्षसम्म नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने प्रावधान थियो । अब यसले कस्तो खालको राष्ट्रिय सुरक्षामा चुनौति उत्पन्न गरायो ?अब आएर के कारणले सात वर्षको लामो समय कुर्नु पर्ने भयो नेपाली बुहारीहरु ले ?
नेपाली कांग्रेस र मधेशवादी दलहरु ले असहमति जनाए पनि सत्तारुढ नेकपा ले यस्तो विभेदकारी निर्णय लिएका छन्। अब नेपाल सरकार होइन, नेकपा सरकार भन्दा पनि हुन्छ जस्तो छ।

देशका धेरै यस्ता विभेदकारी व्यक्तिले यस्तो भ्रम फैलाएका छन्, " भारतमा सात वर्ष पछि मात्रै त्यो देशको नागरिकता पाइन्छ "। हो कुनै पनि भारतीयसँग विवाह गर्ने विदेशी व्यक्तिलाई भारतमा सात वर्षसम्म लगातार बसोबास गरेको खण्डमा नागरिकता दिने व्यवस्था रहेको देखिन्छ। विचार गर्नुपर्ने कुरा के छ भने यो व्यवस्था कुनै व्यक्ति, चाहे महिला होस वा पुरुष, दुबैका लागि समान छ। न कि नेपालमा प्रस्ताव गरिएको जस्तो महिलाका लागि मात्र सीमित। नेपालमा गर्न लागिएको यो व्यवस्था लैंगिक हिसाबले समेत विभेदपूर्ण छ । के सात वर्ष सम्म बिदेशी महिला ले केवल भाडा माझ्न  र बच्चा जन्माउनको लागि मात्र आउँछन्   त नेपालमा ? 
  भारतमा विभिन्न प्रयोजनका लागि विभिन्न प्रकारका परिचयपत्रहरु बनाइएको छ, जस्तै– रासन कार्ड, आधार कार्ड, भोटर आईडी, प्यान कार्ड आदी । स्मरण रहोस् नेपालको संविधानले नागरिकताको विकल्प हुने गरी अन्य कुनै पनि परिचयपत्रको परिकल्पना नै गरेको छैन ।

विवाह भएर आएको दिन राष्ट्रवादी नहुने र सात बर्षपछि राष्ट्रवादी भइने तर्कमा कुनै दम छैन । 
यो सरासर मधेशीहरु माथि गरिएको अत्याचार हो। आखिर कहिले सम्म  हामीले यस्तो सहनुपर्ने हो ?

Wednesday, June 24, 2020

मलंगवा नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित बजेट ५५ करोड ४३ लाख ७२ हजार माथि छलफल सुरु


लोकतन्त्र समाचारदाता-----
सर्लाही,असाढ १०
    मलंगवा  नगरपालिकाको छैटौ नगरसभा बुधबार मलंगवामा सुरु भएको छ ।  संघीय सांसद नागेन्द्र कुमारले उद्घाटन गरेको नगर सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित ५५ करोड ४३ लाख ७२ हजार बजेटको निति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
    कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर प्रमुख  निरसल साहले आ.व २०७७/०७८ मा यस नगरपालिकाको कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट  नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ.व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्न ।दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने ,संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने योजना रहेको जानकारी गराउनुभएको छ ।नगर उपप्रमुख शान्ती भन्ने शबनम मिकरानीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सामाजिक विकास अन्तर्गत जनस्वास्थ्य ,शिक्षा,लैंगिक समानता ,समावेशीता र सामाजिक परिचालन ,युवा तथा खेलकुद,पुर्वाधार विकास , आर्थिक विकास तर्फ कृषि तथा पशुपंक्षी विकास ,श्रम तथा रोजगार सहकारी ,पर्यटन तथा खानेपानी सरसफाइ विपद व्यवस्थापन तथा अनुगमन मुल्यांकन ,स्थानीय सेवा ,जनशक्ति विकास व्यवस्थापन तथा सुशासन प्रवर्द्धन र अन्तर सम्बन्धित क्षेत्र र राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन लगायतका विषयहरुमा छलफल तथा सुझाव संकलन सुरु भएको नगरप्रमुख साहका स्वकीय सचिव गजेन्द्र साहले जानकारी गराएको छ ।
     संघीय सांसद प्रमोद साहको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रदेश २ का सांसद निरा कुमारी साह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,पुर्व सांसद जंगीलाल राय,प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी,मनपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,प्रहरी नायव उपरीक्षक मदन कुवँर,विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि ,मलंगवा  नगरपालिका अन्तर्गत१२ वटै वडाका वडाध्यक्षहरु,सदस्यहरु , नगरपालिका कर्मचारी , लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका कार्यक्रम अधिकृत राजकुमार अधिकारीले गर्नुभएको थियो ।

प्रदेश नम्बर २ का सांसद निरा कुमारी साहद्वारा सर्लाहीका एफएहरुलाई फर्निचर सहयोग


लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ १०
     प्रदेश नम्बर २ का सांसद निरा कुमारी साहले आज(बुधबार )सर्लाहीका १० वटा एफएम रेडियोहरुलाई फर्निचर सहयोग गर्नु भएको छ ।प्रदेश सांसद साहले आफ्नो संसदीय  विकास कोषबाट जिल्लामा संचालित १० वटा एफएम
 रेडियो स्टेसनहरुलाई कार्यालय संचालन गर्न सहयोग पुग्ने उदेश्यले  एक थान अफिस टेबुल ,१ थान रिभोल्विङ्ग चेयर र ५ थान कुर्सी सहयोग स्वरूप प्रदान गर्नुभएको हो ।
     संघीय सांसद प्रमोद साहको प्रमुख आतिथ्यता तथा   रिपोर्टस क्लब नेपाल सर्लाहीको आयोजना र मोप्प नेपाल मलंगवा सर्लाहीको सहयोगमा मलंगवा स्थित क्लबको सभाहलमा भएको कार्यक्रममा १० वटै एफएम रेडियो स्टेसनका स्टेसन म्यानेजर लगायत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा संघीय सांसद साहले पत्रकारीता क्षेत्रको विकासको लागि सहयोग गर्नुभएको भन्दै प्रदेश सांसद निरा कुमारी साहलाई धन्यवाद ज्ञापन गर्नु भएको सहयोगी संस्था मोप्प नेपालका संजय मंडले बताउनुभयो ।कार्यक्रमको अध्यक्षता क्लबका जिल्ला अध्यक्ष मनोज यादवले गर्नुभएको थियो ।

प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञावलीद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवनिर्मित भवन उद्‍घाटन

Video समाचार


सर्लाही ,असाढ १०
     प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन् । (आज)बुधबार उहाँले भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरेका हुन् ।
   अवसरमा प्रहरी महानिरीक्षक ज्ञावलीले  कानून सबैका लागि समान हुने चर्चा गर्दै कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।
विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो ।उहाँले   कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि जोखिम मोलेर काम गरेको भन्दै प्रहरी संगठनलाई  धन्यवाद ज्ञापन गर्नु भएको छ।
     सर्लाही प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा  २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद ज्ञापन   गर्नुभएको थियो । साथै कार्यक्रममा मलंगवा नगरपालिका नगर प्रमुख निरसल साहले  आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक इन्जिनियर चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कूल १२ करोड ४१ लाख २९ हजार ४ सय २० रुपैयाँ  लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु,  राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

Tuesday, June 23, 2020

लकडाउनमा स-परिवार सामाजिक दुरी कायम गरी बाली भित्राउन व्यस्त सर्लाहीका किसान ,यसरी मिलेर काम गर्दा आर्थिक भार कम भएको किसानको भनाई

कोरोना कहर....
===========

मनोज यादव-----
सर्लाही ,असाढ ९
      विश्व अहिले कारोना संक्रमणको महामारीबाट गुज्रिरहेको छ ।  देशभरमा लकडाउन घोषणा गरि घरबाट कसैलाई निस्कन मनाही गरिएको छ । तर किसानलाई खेतमा लगाएको तेलहन र दलहन बाली भित्राउने चटारो छ ।
    तराई मधेशको जिल्लाहरुमा उत्पादन हुने धान पछिको प्रमुख बाली गहुँ घरमा भित्राइसकेका किसानहरुलाई अहिले लकडाउनमै  खेतमा पाकिसकेको दलहन  बाली मुँग र तेलहन बाली तिल थन्क्याउन   खेतबारी गएर काम गर्नुपर्ने बाध्यता छ ।यसअघि लकडाउन सुरु भएको चैत्र र बैसाख महिनामा   लहरी,मसुर, केराउ, मटर, खेसारी लगायतका दलहन र तोरी,सरसो जस्ता तेहलन बाली लकडाउन मै भित्राइसकेका छन् ।


       सर्लाही मलंगवा नगरपालिकाका  किसान राजकिशोर रायले भने, 'खेतबारीमा धेरै जना हुँदैन, स्कुल क्याम्पस पढ्ने छोराछोरी र रोजगारीको सिलसिलामा घर बाहिर रहने परिवारका सदस्यहरु  लकडाउनका कारण सबै जना अहिले घरमै छन्, मजदुरलाई पैसा दिएर काममा लगाउनु भन्दा आफ्नै परिवारका सदस्यलाई बिहान-बेलुका खेतमा लगेर काम गरे काम हुने रहेछ ।'उनले घर नजिकै खेतबारी भएकोले परिवारकै सदस्य मिलेर सर्तकता अपनाउँदै खेतमा काम गर्न जाने गरेको बताए ।



       संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको तीन महिना भैसकेको छ । किसानहरु जोखिम मोलेरै  भएपनि खेतबारीमा काम गरिरहेका छन् । दलहन बाली भित्र्याइ सकेर  असारे धान रोप्ने तयारीमा रहेका सर्लाहीका किसानहरु घरकै सदस्यहरु मिलेर सामाजिक दुरी बनाएर धान रोपाइँ गर्ने बताएका छन् ।लकडाउनका कारण आर्थिक समस्याबाट जुधिरहेका किसानहरुलाई परिवारकै सदस्य मिलेर खेतबारीको काम गर्दा आर्थिक भार पनि केही कम भएको उनीहरूले बताएका छन् ।

             

सर्लाहीका दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ ९
      सर्लाहीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO)सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त  साझेदारीमा संचालित नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत ७५ जना दलित विद्यार्थीहरुलाई दोस्रो  त्रैमासिक छात्रवृति किस्ता  वितरण गरिएको छ ।
      NNDSWO ले आयोजना गरेको छात्रवृत्ति वितरण  कार्यक्रममा संस्थाका अध्यक्ष राजेश पासवानले प्रति विद्यार्थी  कक्षा १ देखि कक्षा ८ सम्मका लागि १२ सय रुपैया र कक्षा ८ देखि १० सम्मका लागि १५ सय रुपैया वितरण गरेको हो ।छात्रवृत्ति पाउने दलित विद्यार्थीहरुमा ४५ जना छात्र र ३० जना छात्राहरु रहेका छन् ।
     छात्रवृति रकम प्रत्येक तीन महिनामा दिइने गरिएकोले यसबाट दलित तथा गरिब विद्यार्थीको भविष्य निर्माणमा  टेवा पुग्ने संस्थाका अध्यक्ष पासवानले बताए ।

Monday, June 22, 2020

नागरिकता विधेयकको विरोधमा जनता समाजवादी युवा संघद्वारा मलंगवामा प्रदर्शन

      "
नगर परिक्रमाको क्रममा   सामाजिक दुरी कायम गरिएको "

लोकतन्त्र समाचारदाता ----
सर्लाही ,असाढ ८
    विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी युवा संघ सर्लाहीले सदरमुकाम मलंगवामा नगर परिक्रमा गरि विरोध प्रदर्शन गरेको छ ।
    नेपाली पुरुषले  दोस्रो र तेस्रो मुलुकबाट विवाह गरेर ल्याएकी  महिलालाई विवाह गरेको ७ वर्ष पछि मात्र नेपाली नागरिकता दिने नेकपाको सचिवालय बैठक बाट गरेको निर्णय प्रति  जनता समाजवादी युवा सघं घोर भत्सर्ना गरेको बताउँदै  यस्तो निर्णय मधेशी लाई लक्षित गरेर गरिएकोले  यस प्रस्ताव लाई अविलम्ब  खारेज नगरे ठूलो विद्रोह हुने समभावना  देखा परेकोले उक्त व्यवस्था हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको आयोजकले बताएको  छ। हाम्रो पार्टी विवाह पछि तत्काल नागरिकता दिनुपर्ने  पक्षमा रहेको युवा संघ सर्लाहीका युवा नेता सोहन कुमार झाले बताए ।
    सोमबार दिउँसो  पार्टीको   भातृ संगठन युवा संघ सर्लाहीको  सदस्यहरुको उल्लेखनीय सहभागीतामा निकालिएको रैली  विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर  सदरमुकाम मलंगवाको विभिन्न भागको परिक्रमा गरेका थिए ।रैलीमा कोरोना भाइरसको संक्रमणलाई ख्याल राख्दै रैलीमा सहभागीहरुलाई सामाजिक दुरीको पालना गर्न र अनिवार्य रुपमा  माक्स लगाउन निर्देशन दिइएको युवा नेता झा ले  भने।

सर्लाहीमा नेकपा कार्यकर्ताको अपहरण पछि हत्या



मनोज यादव-----
सर्लाही,असाढ ८
   सर्लाहीमा एकजना ब्यक्तिको अपहरण पछि हत्या भएको छ। सनिवार जिल्लाको पश्चिम क्षेत्रमा पर्ने  रामनगर गाउँपालिका वडा न- ४  बौहर्वा टोलका  ६० वर्षिय रामजनम रायको अपहरण पछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
   प्रहरी चौकी बौहर्वाको  छेउमै घर भएका रायको शव आइतवार दिउँसो बाँसघारीमा  गमछाले हातखुट्टा बाँधेर  गोली हानी  हत्या गरेर फालेको अवस्थामा  फेला परेको रामनगर गाउँपालिका अध्यक्ष  कृष्ण प्रसाद बर्माले जानकारी दिए । सर्लाही प्रहरीका  प्रवक्ता डीएसपी कुँवरले भने मृतक रायको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको बताउनु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कुवँरले बताए ।
    मृतकको  घर घटनास्थल भन्दा एक किलोमिटरको दुरीमा  पूर्वमा पर्छ । उनी नेकपाको स्थानीय कार्यकर्ता भएको नेकपाका स्थानीय नेता कमल बुढाथोकीले जानकारी दिए । घटनाकाे विषयमा सुक्ष्म तरिकाले  छानबिन  भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कोरोना मैया र कोरोना देवीको पूजा तत्काल बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह महोत्तरी पो


काठमाडौं ,असाढ ८
   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्‍न स्थानमा कोरोना मैया र कोरोना देवीको नाममा महिलाहरुले पूजा गर्न लागेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गरेको छ । 
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले यसरी नदी किनार, धार्मिक स्थान तथा मन्दिरहरूमा भिडभाड भएर पूजा गर्दा कोरोना फैलिने झनै जोखिम बढेको बताए । 
मानिसहरुले नदी किनार र धार्मिकस्थलमा पूजा गरिरहेको खबर सुनिएको उल्लेख​ गर्दै उनले देवीको पूजा गरेर कोरोना भाइरस नियन्त्रणमा नआउने बताए । उनले भने, ‘यस्तो अन्धविश्वासले झनै जोखिम बढाउँछ, सबैले सचेत हुनुपर्छ ।’ 
एक व्यक्तिलाई संक्रमण हुँदा सबैलाई सर्ने भएकाले अबदेखि यस्तो गतिविधि नगर्न आग्रह गदै उनले संसारभरका वैज्ञानिकहरु कोरोनाको दबाइका लागि अनुसन्धानरत रहेको बताए । 

नागरिकता विधेयकको विरोधमा मलंगवामा काँग्रेसको प्रदर्शन




लोकतन्त्र समाचारदाता-----
सर्लाही,असाढ ८
    नेपाली काँग्रेस सर्लाहीले अंगीकृत नागरिकता ऐन संशोधन विधेयकको विरोधमा सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
     नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिला (बुहारी)लाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने नेकपाले गरेको निर्णयको विरोध गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले  प्रदर्शन गरेका हुन् । मधेस विरोधी नागरिकता विधेयक खारिज गर,विभेदकारी निति खारिज गर,भ्रष्टाचारी सरकार मुर्दावाद,कोरोनाको १० अर्व रुपैयाको हिसाब पारदर्शिता लगायतका नाराहरु लेखिएका प्लेकार्ड सहित नगरको परिक्रमा गरि विरोध प्रदर्शन गरेको पार्टीका सदस्य  सलेमपुर निवासी  दिनेश राय(मास्टर) ले बताएको छ ।वडा न-१० स्थित सहित चौकबाट सुरु भएको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद चौकमा पुगेर कोणसभामा परिणत भइ  बर्तमान कम्युनिष्ट सरकारको तानाशाह प्रवृत्ति , कठोर विधेयक निती, मधेस विरोधी   नागरिकता विधेयक, कोरोना माहामारी (कोभिड-19)मा भएको अरबौं रुपैयाँको भ्रष्टाचार लगायतका विषयमा पार्टीका प्रमुख नेताहरुले आआफ्नो धारणा राखेका थिए ।
     आइतवार दिउँसो भएको प्रदर्शनमा नेपाली  काँग्रेस सँग आबद्ध जिल्ला भरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय  सहभागीता रहेको थियो ।


रुखको हाँगाले च्यापिएर एक महिलाको मृत्यु, एक घाईते



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ८
      सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न–६, नोकेल्वामा टिपरको ठक्करबाट  रुखको हाँगा भाँच्चिएर  छाहारीमा बसिरहेकी  भएकी एक महिलाको चेपिएर  मृत्यु भएको छ भने सोही  घटनामा अर्की एक महिला गम्भीर भएकी छिन् ।
    आइतवार दिउँसो ना ४ ख ५४४८ नं. को संजना कन्स्ट्रक्सनको टिपरले सडकमा ग्राबेल झारेर  हाइड्रोलिक डाउन गर्ने क्रममा छेउमा रहेको  पिपलको रुखमा लागेर  हाँगा  भाँचिए त्यसमा किचेर  स्थानीय  स्थानीय देवन साह कानुकी  ४५ वर्षीया श्रीमती  कैलासिय देवीको घटनास्थलमै मृत्यु भएको र निज सँगै बसेकी गनौर यादवकी ४० वर्षिया श्रीमती प्रमिला देवी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । गम्भीर घाईते भएकी प्रमिला देवीको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरि थप उपचारका लागि बिरगंज लगिएको छ ।  टिपर र त्यसका चालकलाई  नियन्त्रणमा लिएर आवश्यक अनुसंधान भइरहेको डिएसपी कुवँरले बताउनुभएको छ ।

पञ्च र आफन्तको दबाबमा बलात्कृत बालिका : अर्कैसँग गरिदियो विवाह


पञ्च र आफन्तको दबाबमा बलात्कृत बालिका : अर्कैसँग गरिदियो विवाह
काठमाडौँ ,असाढ ८
       सप्तरीकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् ।
तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुवा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ ।
यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय किशोरसँग गरिदिएको स्थानीय गीता देवले बताइन् । ‘उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिनुभयो’, देवले भनिन्, ‘यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।’
पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाए अनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुईजना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उहाँहरूलाई तारेखमा रिहा गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको छ ।
बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीय बासिन्दाको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको बताएकी छन् ।

Sunday, June 21, 2020

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा प्रदर्शन


भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन
काठमाडौँ,असाढ ७
      भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।
जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीको महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । वीरगञ्जको मालपोत चोकबाट सुरु भएको विरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभा सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको र धकेलाधकेल भएपछि प्रहरीले महानगर अध्यक्षसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।र्‍यालीमा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
योहो खबरबाट

पर्सा गाउँपालिकाको कार्यालय भवन पर्सा बजारमा बन्न लागेको भन्दै स्थानीयहरु द्वारा विरोध प्रदर्शन

गाउँ परिसदको बैठकबाट निर्णय भए रै नयाँ कार्यालय भवन बन्न लागेको हो--गापा अध्यक्ष किशुनदेव राय

==============================================


सर्लाही ,असाढ ७ 

      सर्लाहीको पर्सा  गाउँपालिकाको कार्यालय भवन पर्सा बजारमा बन्न लागेको भन्दै केही स्थानीयबासीहरुले त्यसको विरोध गरेका छन् ।नयाँ बन्न लागेको कार्यालय भवन सबैलाई पाएक पर्ने ठाउँमा बनाउनुपर्ने माग राखेर त्यसको विरोध स्वरूप  केही स्थानीय बासिन्दाहरुले शुक्रवार कार्यालय समेत घेराउ गरेका छन्।बुधबार शिलान्यास गरिएको उक्त भवन पर्सा बजार स्थित साविकको वडा कार्यालयमा संचालन हुँदै आएको गाउँपालिकाको कार्यालय भएको स्थानमा बन्न लागेको हो ।

      पर्सा गाउँपालिका वडा न-४ निवासी संजय कुमार यादवको अध्यक्षतामा  समिति गठन गरि हाल निर्माण  भइरहेको कार्यालय भवनको निर्माण कार्य उक्त स्थानबाट सारेर सबै वडाका बासिन्दालाई पाएक पर्ने स्थानमा सुरु गर्ने माग राखेर विरोध गरेका छन् ।साविकको संग्रामपुर , पर्सा, जिंगडवा र नारायणपुर गाविस मिलेर बनेको पर्सा गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।कविलासी र नारायणपुरको पुर्व पट्टी रहेको स्थानमा कार्यालय बनाउनुपर्ने साविक पर्सा गाविस वडा न-२ संग्रामपुरका भुपु गाविस अध्यक्ष गंगाधर रायले भने ।उनले नारायणपुरमा कार्यालय बनाउँदा सबै वडाका बासिन्दालाई  मात्र २ किलोमिटरको दुरी तय गर्नुपर्ने र सेवाग्राहीहरु लाई पनि सहज हुने बताए ।

   उता गाउँपालिका अध्यक्ष किशुनदेव रायले पर्सा बजारमा बन्न लागेको गाउँपालिकाको कार्यालय भवन आफ्नो एकलौटी निर्णयबाट नभइ  ६ वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँ परिषदको बैठकबाट परित गरेको सामुहिक निर्णयबाट बन्न लागेको प्रष्ट पार्नु भयो ।६ वटै वडाका जनताहरुको प्रतिनिधित्व गर्नुभएका वडा अध्यक्षहरुले आफ्नो जनताको भावना र इच्छा अनुसारनै पर्सा बजारमा कार्यालयको भवन निर्माण गर्नु पर्ने भन्ने निर्णयमा हस्ताक्षर गरेका हुन , उहाँले बताउनुभयो ।एकलौटी निर्णय गर्ने आफ्नो कुनै अधिकार नभएकोले वडा अध्यक्षहरुले नै गरेको निर्णयमा आफुले पनि सहमति जनाएको गापा अध्यक्ष रायले भने ।भवन निर्माणको लागि जग्गा खरिद गर्नुपर्ने तर  जग्गाको खरिद प्रक्रियाम प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर चल्ने भएकोले अहिले सो कार्य   बन्द भइसकेकोले यदी जनताले कार्यालयको भवन नारायणपुरमै बन्नु पर्छ भन्ने इच्छा जाहेर गरेका छन् भने यदि कसैले  भवन निर्माणको लागि आवश्यक पर्ने १५ कठ्ठा जग्गा  नारायणपुरमै उपलब्ध गराइ दिए नयाँ भवन सोही स्थानमा बनाउन आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

     हालको गाउँपालिका कार्यालय अगाडि रहेको गाउँपालिकाकै आफ्नो जग्गामा नयाँ भवन निर्माणका लागि यस वर्ष ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रायले जानकारी दिए । भवनको तल्लो तल्लामा बजार राख्ने र माथिल्लो तल्लामा गाउँपालिकाको कार्यालय संचालन गर्न मिल्ने गरी नयाँ भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।पुरानो भवनमा रहेको तीन वटा कोठाबाट पूरै गाउँपालिका कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहमा  समस्या भइरहेकोले नयाँ भवन निर्माण गर्न लागेको  गापा अध्यक्ष रायले बताए । बैंकहरु समेत पर्सा मै  रहेकाले कार्यालय संचालनको लागि उक्त  स्थान उपयुक्त हुने र जग्गा किन्ने झण्झटबाट पनि मुक्ति मिल्ने महसुस गरेरै यस्तो निर्णय पास गरिएको  वडाअध्यक्षहरुको भनाइ छ ।

    भवन निर्माणको विरुद्धमा उत्रिएका स्थानीयबासीहरु शुक्रवार बिहान केही बेर गाउँपालिका अगाडी प्रदर्शन गरि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय नजिक सहिद चौकमा समेत प्रदर्शन गरेका थिए ।

     





Saturday, June 20, 2020

सर्लाहीमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै ,५४१ जना पुग्यो

तर लकडाउन खुुुुुुकुलो.......


लोकतन्त्र समाचारदाता-----
सर्लाही,असाढ ६
      सर्लाहीमा आज थप ७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसँगै  संक्रमित हुनेहरुको संख्या  ५४१ जना पुगेको छ ।कौडेना गाउँपालिकाका ५ जना र चक्रघट्टा गाउँपालिकाका २ जना नयाँ संक्रमित थपिएका हुन् ।
  सर्लाही, जनकपुर, वीरगंज र काठमाडौंको आईसोलेसनमा उपचारको क्रममा रहेका संक्रमितहरु मध्येबाट  १८३ जना निको भएर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाएको छ  । अझैपनि भारतबाट फर्किएका ४०० जना जिल्ला स्थित विभिन्न पालिकको क्वारेन्टाइनहरुमा अहिले पनि ४ सय जति मानिसहरु  रहेका छन् । उनीहरु सबै भारतको विभिन्न ठाउँबाट आएका हुन् ।पछिल्ला केही दिनयता भारतबाट आउने क्रम घट्दै गएपनि  छन्  संक्रमितको संख्या भने थपिदैं गएको छ।  गृह मन्त्रालयले सर्लाही जिल्लालाई  अती प्रभावित क्षेत्र  घोषणा गरेर पुर्ण लकडाउन गर्न निर्देशन दिइसकेको अवस्थामा पनि यस जिल्लामा यसको पालना भएको छैन ।सरकारले लकडाउनको बेला पालना गर्न तयार पारेको सम्पूर्ण मापदण्डको सर्लाहीमा उलंघन गरिएको छ ।   

बन्दै गरेको नयाँ घर भत्किदा एक वृद्धाको मुत्यु




लोकतन्त्र समाचारदाता---
सर्लाही,असार ६ ।
    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बनाउँदै गरेको नयाँ घर भत्किदाँ एक वृद्धाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षिया  महिला देवकली देवी सिंह रहेकी छिन्  भने घाइते हुनेहरूमा  सोही ठाउँका  ७० वर्षिय  रामवरण साह ,स्थानिय  रोशन कापडकी ५ वर्षिया छोरी  गुन्जना कुमारी कापड र ३ वर्षिया जानुका कुमारी कापड घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घर भत्किंदा स्थानीय  गोबिन्द साहको एउटा ब्याउने भैसि पनि सामन्य घाईते भएको प्रहरीले बताएको छ ।
    प्रहरीले दिएको जानकारी अनुसार बिहीबार साँझ चन्द्रनगर गाउँपालिका वडा नं- ७ बस्ने कैलास साहको नयाँ बनाउदै गरेको घरमा  खपडाको  छाना छाउने क्रममा अचानक भत्किंएर  मृतक देवकली सहित चार  जना घाइते भएका थिए । गम्भिर घाइते भएकी वृद्धाको मलंगवा -४ स्थित श्रीराम हस्पिटलमा उपचारको क्रममा बिहिवार राति मृत्यु भएको जिप्रका सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए । 


Friday, June 19, 2020

पर्सा गाउँपालिकाले नयाँ भवन बनाउन सुरु गरे



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ५
    सर्लाहीको नेपाल भारत सिमावर्ती पर्सा गाउँपालिकाले आफ्नै निजी भवन बनाउन सुरु गरेको छ ।गत बुधबार गाउँपालिका अध्यक्ष किशुनदेव रायले  शिलान्यास गरि  पर्सा बजारमा साबिकको वडा कार्यालयको पुरानो भवनमा संचालन हुँदै आइरहेको गाउँपालिका कार्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको हो ।
   हालको गाउँपालिका कार्यालय अगाडि रहेको गाउँपालिकाकै आफ्नो जग्गामा नयाँ भवन निर्माणका लागि यस वर्ष ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रायले जानकारी दिए । भवनको तल्लो तल्लामा बजार राख्ने र माथिल्लो तल्लामा गाउँपालिकाको कार्यालय संचालन गर्न मिल्ने गरी नयाँ भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।पुरानो भवनमा रहेको तीन वटा कोठाबाट पूरै गाउँपालिका कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहमा  समस्या भइरहेकोले नयाँ भवन निर्माण गर्न लागेको  गापा अध्यक्ष रायले बताए ।
   साविकको संग्रामपुर , पर्सा, जिंगडवा र नारायणपुर गाविस मिलेर बनेको पर्सा गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।

प्रदेश सांसद अशोक यादवले कविलासीका स्वास्थ्यकर्मीलाई पिपिई सेट दि



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ ५
  प्रदेश न-२ का सांसद एवं प्रदेश मामिला सभापति अशोक कुमार यादवले सर्लाहीको कबिलासी नगरपालिका अन्तर्गत वडा न-८ स्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि पिपिई सेट हस्तान्तरण गरेको छ ।
    कोरोना भाइरसको महामारीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी (स्वास्थ्यकर्मी ) हरुलाई बिरामीको उपचार गर्ने क्रममा सुरक्षा प्रदान गर्न भनि प्रदेश सांसद यादवले आफ्नो गृह जिल्ला सर्लाही  अन्तर्गत गृह स्थानीय तह कविलासी नगरपालिकाको वडा न-८ को स्वास्थ्य चौकीलाई स्वास्थ्य संयोजक मार्फत पिपिइ सेट हस्तान्तरण गर्नु भएको उहाँका निजी सचिव सोहन कुमार झाले लोकतन्त्रलाई जानकारी गराएको छ ।

सर्लाहीमा कुखुराको मासु महंगियो


सर्लाहीमा कुखुराको मासु


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ५
    लकडाउनमा ब्रोइलरको उत्पादन घटेपछि अभाव देखाउँदै सर्लाहीका  व्यापारीले कुखुराको मासु दोब्बर महँगोमा बेच्न थालेका छन् । पोल्ट्री फर्ममा  लकडाउन सुरु भएसँगै  चल्लाहरु नथपेको ,दाना उपलब्ध नभएको र भएका कुखुराहरु पनि  नष्ट भएको जस्ता कारणहरु देखाएर यहाँका ब्यापारीहरु कुखुराको मासुको भाउ बढाएको उपभोक्ताहरुले बताएका छन् ।
   लकडाउन सुरु भएको बेला जिउँदो बोइलर कुखुरा प्रतिकिलो मात्र १२० रुपैया र काटेर १५० रुपैया प्रतिकिलोमा बिक्री भएको थिय ।तर विस्तारै यसको मुल्य बढेर अहिले प्रतिकिलो ३८० रुपैयादेखि ४ सय रुपैया प्रतिकिलोमा बिक्री भइरहेको छ ।
 कहीँकहीँ अलिअलि भएको कुखुरा पोल्ट्री फर्मका संचालकले  नै महँगोमा बेच्ने गरेकाले मासुको मूल्य बढेको मासु व्यापारीले दाबी गरे  ।