Thursday, June 30, 2022

सर्लाहीको दुई पालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने


बखतियार अलि----         सर्लाही १६ असाढ । 

    महिला बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेन्द्र प्रसाद सिंहको अथक प्रयासबाट सर्लाही जिल्लाको धनकौल गाउँपालिका र बरहथवा नगरपालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने भएकाे छ ।  मधेश प्रदेश सरकारले अषाढ १५ गते टेन्डर समेत आहृवान गरेकाे जनाएकाे छ। याे स्टेडियम निर्माण भएपछि क्रिकेट प्रेमी खेलाडीहरूकाे बिकासमा ठुलाे टेवा पुगने खेलाडीहरू बताउछन । मधेश प्रदेशकाे बालबालिका युवा तथा खेलकुद मन्त्रीमा  बिरेन्द्र प्रसाद सिंह सपथ ग्रहण गरे देखि मन्त्री सिंह युवाहरूकाे वृहतर बिकासकाे लागि असार १५/ १६ गते जनकपुर धाममा युवाहरूकाे महा भेला अायाेजना गर्नु भयाे । राजयकाे हरेक क्षेत्रमा लुकेर बसेका युवा पिडीलाई कृयाशिल र समाजकाे नेतृत्व गर्न प्रेरित गर्ने उदेश्यका साथ मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्रालयले युवा भेलाकाे अायाेजना गरेकाे जनाएको छ । अाजका युवाहरूले समाजकाे हरेकाे क्षेत्रमा नेतृत्व नगरे सम्म देश र प्रदेशकाे बिकास सम्भव नरहेकाे मन्त्री सिंहकाे कथन रहेकाे छ । सर्लाही जिल्लाको धनकौल गाउँपालिका र बरहथवा नगरपालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने भएपछि  क्रिकेट खेलाडीहरूमा नया जाेश र उत्साह बढेकाे सर्लाहीका खेलाडीहरू बताउँछन् ।

कस्टम हायरिङ सेन्टर स्थापनाको लागि बरहथवा र बागमतीका सहकारीलाई कृषि उपकरण प्रदान

 



मनोज यादव---

सर्लाही,असाढ १६

कस्टम ह्यारिङ्ग सेन्टर स्थापनाको लागि  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले सर्लाहीका २ कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु प्रदान गरेको छ।

   परियोजना प्रमुख राम दरेश रायको अध्यक्षता आज(बिहिवार)दिउँसो एक कार्यक्रमको आयोजना गरि जिल्लाको बरहथवा नगरपालिका-५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड  र बागमती नपा-५ स्थित रहेको श्रमिक मकै उत्पादन कृषि सहकारी संस्था लिमिटेडलाई १-१ थान ट्याक्टर,रोटाभेटर,मकै थ्रेसर र कल्टिभेटर प्रदान गरेको छ।

   प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र परियोजना प्रमुख रायले बरहथवा स्थित साना किसान  कृषि सहकारीका अध्यक्ष राम सागर महतो तथा बागमती स्थित श्रमिक मकै उत्पादन कृषि सहकारीका अध्यक्ष सन्त बहादुर विश्वकर्मालाई ती सामाग्रीहरु हस्तान्तरण गरेको  परियोजना कार्यान्वयन इकाई सर्लाहीले जनाएको छ।

   यस्ता कृषि उपकरणहरुले किसानले गर्दै आएको खेतीमा आधुनिकीकरणको माध्यमबाट उत्पादन बढाएर लागत घटाउने काममा सहयोग पुर्याउने साथै किसानको परम्परागत खेतीलाई आधुनिकीकरण गर्न, मानव श्रम कम गर्न र लागत घटाएर उपकरणको प्रयोग गरी उत्पादन बढाउने काममा सहयोग गर्ने परियोजना प्रमुख रायले बताउनुभयो ।

Wednesday, June 29, 2022

ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडा द्वारा सर्लाही निवासी हेटौंडाका प्राधानाध्यापक बिरवंस बैठलाई सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १५ 

   सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ घरभई हाल मकवानपुर जिल्लाको हेटौंडा स्थित आधुनिक राष्ट्रिय मा.वि को  प्रधानाध्यापक पदमा रहनु भएका बिरवंश बैठालाई हालै सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान गरिएको छ।

   एउटा विद्यालयको प्रअ जस्तो गरिमामय पदमा रहेर सामाजिक सेवामा विशेष योगदान पुर्याएकोले उहाँलाई  २६ जुन ,२०२२ मा ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडाले  सम्मानार्थ पीएचडी उपाधि प्रदान गरेको हो । यो उपाधी बिशेष व्यक्तित्वहरुलाई मात्र प्रदान गर्ने गरिएको जनाइएको छ ।उनले अब आफ्नो पदको अगाडी पीएचडी लेख्न पाउने भएका छन् । 

    उहाँको  मकवानपुर जिल्लामा माध्यमिक तहमा प्रथम श्रेणीमा बढुवा पनि भएको जनाइएको छ।

   पीएचडी बैठाले यसअघि पनि कयौं उपाधी तथा सम्मानहरु पाइसक्नु भएको छ।उहाँले यो उपाधी पाएको जानकारी पाएपछि अहिले उहाँको गृह नगर मलंगवा नपा-५ भाँडसरमा खुसियालीको माहोल छाएको छ।




नक्कली घुमुवा प्रहरी असली प्रहरीको फन्दामा

 

लोकतन्त्र समाचारदाता----

रौतहट(चपुर),असार १५

     रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा प्रहरी बनेर विभिन्न धाक,धम्की र डर देखाएर दु:ख दिने एक ब्यक्तीलाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनिगाहपुर नपा वडा न-९ सिन्धुरेघारी टोल बस्ने लिला बहादुर बस्नेतका छोरा ३२ बर्षीय सुमन बस्नेत रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु कुमार जैसवारले जानकारी दिए।

    बस्नेतले पुर्व- पश्चिम लोकमार्ग अन्तर्गत चपुर वडा न-४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौरबाट चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने बिभिन्न यात्रुबाहक बसलाई रोक्ने ,होटलहरुमा खाएर धम्क्याउने र आफुलाई घुमुवा प्रहरी भएको दाबी गर्दै विभिन्न डर धम्की देखाउदै पैसा असुल्ने गरेको प्रमुख जैसवारले जानकारी दिए।

   पक्राउ परेका बस्नेत उपर जिल्ला प्रशासन कार्यालयबाट अभद्र ब्यबहार शिर्षकमा ६ दिनको म्याद थप गराएर अनुसंधान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। 

महिलालाई प्रेम जालमा फँसाएर पैसा र गरगहना लुट्ने प्रतिबादी पक्राउ

 



नवाब अली---

रौतहट(चन्द्रपुर),असार १५

     रौतहट जिल्लाको चन्द्रपुरमा एक महिलालाई आफ्नो प्रेम जालमा फँसाएर नगद र गहना लुटेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा न-४ खुटवा प्रसौनी बस्ने वकिल राय भाटको छोरा वर्ष ३६ को महमद रफिक राय भाट रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्रहरीका अनुसार भाटले २०७९ साल बैशाख ५ गते दिउँसो डेढ बजे चन्द्रपुर-४ स्थित रहेको चपुर पराठा एण्ड गेस्टहाउसमा महोत्तरी घर भएकी एक महिलालाई निजकै नाममा कोठा बुक गर्न लगाई रेडबुल खुवाएर बोहोस बनाई निज महिलाले लगाएका २ लाख ८० हजार रुपैयाँ बराबरको सुनको गरगहनाहरु र पर्समा रहेको नगद रु १० हजारसहित गरि जम्मा रु २ लाख ९० हजार रुपैयाँको धनमाल लुटेर फरार भएका  थिए।

   प्रहरीले भाटलाई असार १४ गते पक्राउ गरि अनुसंधान गर्दै जाँदा निजले महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट आफ्नो प्रेम जालमा पारेर बाहिर घुम्न जाने बहानामा घरबाट बोलाएर निज महिलाकै नाममा होटलमा कोठा बुक गर्न लागाई पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ मिसाएर खुवाई बेहोस पारेर  उनीहरूले लगाएको गरगहनाहरु तथा  नगद रकम लुट्ने गरेको प्रहरीले बताएको छ।

   घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

   


सर्लाहीमा पहिलोपटक स्वचालित मेसिनले रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइयो




मनोज यादव---

सर्लाही,असार १५

    सर्लाहीमा धान रोप्ने स्वचालित  मेसिनबाट रोपाइँ गरेर उन्नाइसौं राष्ट्रिय धान दिवस मनाइएको छ ।

    परापुर्वकाल देखिनै  परम्परागत रुपमा हातले धान रोप्ने परम्परा रहेको भएपनि नयाँ प्रविधिको विकाससँगै स्वचालित मेसिनले पनि धान रोप्न सकिने  भन्ने संदेश दिन साथै कृषिलाई यान्त्रिकरण गर्ने उद्योगले राष्ट्रिय धान दिवसको अवसर पारेर पहिलोपटक सर्लाहीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुर तथा कविता एग्रो बिरगंजको सहयोगमा तेलवाली अनुसंधान कार्यक्रम सर्लाहीले  स्वचालित मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्।

    जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ नवलपुरस्थित तेलबाली अनुसंधान कार्यक्रम केन्द्रको परिसरमा रोपाइँका लागि तयार पारिएको खेतमा बागमती नगरपालिका शंकरपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाको कस्टम ह्यारिङ्ग सेन्टरबाट ल्याएको मेसिनले धान रोपिएको थियो।

   कृषि यन्त्र परिक्षण तथा अनुसंधान केन्द्रका प्रमुख एवं बरिस्ठ बैज्ञानिक ई.रामनाथ झाले बेर्नादेखि बेर्नाको दुरी १४ देखि १६ सेन्टिमिटरसम्म हुने भएकोले मेसिनले कम गाँज दिने धान लगाउन समेत उपयोगी हुने बताए।यसबाट एक घण्टामा १० कठ्ठा रोप्न सक्ने भएकोले समयको समेत बचत हुने उनले बताए ।हातले धान रोप्दा खेत पुरै सम्याउनु नपरेपनि मेसिनबाट धान रोप्नु अगाडि खेतलाई एकै नासले सम्याउनु पर्छ।जसले गर्दा बीउ एकैनासले खस्छ,ईन्जिनियर झाले भने।

   पछिल्लो समयमा कृषि क्षेत्रमा मजदुरको समस्या बढी देखिएको छ । मेसिनले त्यो समस्या समाधानमा सहयोग पुर्‍याउने तेलबाली अनुसंधान कार्यक्रमका संयोजक डाक्टर सुवास सुवेदीले बताए। मेसिनबाट धान रोप्दा समय,लागत र जनशक्ति कम लाग्ने भएकोले  पारम्परिक तरिकाले गरेको  कृषिकार्यको भन्दा ५० प्रतिशत कम लागत लाग्ने र समयमा पनि ७० प्रतिशत बचत हुने उनले दाबी गरे ।

  नवलपुरको तेलबालीमा आयोजना भएको धान रोपाइँ अवलोकन गर्न आएका किसानका प्रतिनिधि जंगबहादुर महतोले अहिलेको वर्तमान अवस्थामा गाउँघरमा लेवर मजदुरहरुको धेरैनै अभाव रहेको र  युवापुस्ताहरु पनि रोजगारीको लागि विदेशतर्फ उडेकाले अहिलेको परिवेशमा खेतीपाती गर्न समस्या उत्पन्न भएकोले यस किसिमका कृषि यन्त्रहरुको माध्यमबाट खेतीपाती गर्न हामीजस्ता किसानहरुलाई सहज हुने बताए ।

    पछिल्लो वर्षहरुमा असार १५ गते हातले रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै आएकोमा यस वर्ष कृषिलाई आधुनिकिकरण गर्दै किसानहरुलाई यन्त्रद्वारा कृषिकार्य तर्फ आकर्षित गर्न सर्लाही जिल्लामै पहिलोपटक मेसिनले रोपाइँ गरेर यो दिवस मनाएको आयोजकले जनाएको छ।






गोडैताम अलकत्रा बोकेको ट्यांकर पड्कियो,मजदुरसहित सातजना घाइते



लोकतन्त्र समाचारदाता----

सर्लाही,असार १५

   हुलाकी सडक निर्माणकार्यका लागि प्रयोग भएको अलकत्रा बोकेको ट्यांकर पड्किएर सर्लाहीको गोडैतामा सातजना ब्यक्तिहरु धाइते भएका छन्।

     गोडैता नगरपालिका वडा न-४ रोहुवास्थित बन्दै गरेको हुलाकी सडकमा मंगलबार साँझ करिब ६ बजे  तातो अलकत्रा बोकेको ना १ क ६०३९ नम्बरको ट्यांकर  वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा सडकमा काम गरिरहेका मजदुरसहित सात जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  विजय यादवले जानकारी दिए ।चारजनाको अवस्था रहेकोले उनीहरुलाई सोही दिन थप उपचारको लागि काठमाडौ स्थित कीर्तिपुर अस्पताल  रेफर गरिएको प्रहरीले जानकारी दिए।

   प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा गोडैता-४ रोहुवाका २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी,  ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल तथा  हुलाकी सडक निर्माणकार्यका मजदुरहरु रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा न-४ का ३० वर्षीय सुरेन्द्र हजारी,  चन्द्रनिगाहपुर नपा-४ का  ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नपा-६ का ३८ वर्षीय गोपाल यादव रहेका छन् ।

   अहिले उक्त हुलाकी सडकको निर्माणकार्य  ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले गरिरहेको छ ।

Tuesday, June 28, 2022

📖 शिक्षा आर्जनमा आमाबुवाको भूमिका🖋️

📒लेख

आदर्श यादव....🖊️        कक्षा-७                        पब्लिक माद्यामिक विद्यालय, मलंगवा-२

      

     शिक्षा आर्जनमा आमाबुवाको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ।

यसलाई पुष्टि गर्न म यहाँ एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहन्छु।

शिक्षक र अभिभावक  एउटा साइकलका दुई पाङ्ग्रा हुन् । साइकल शिक्षक हो भने चालक विद्यार्थी । अगाडिको पाङ्ग्रा भन्दा पछाडिको पाङ्ग्रा थोरै भए पनि अलि फराकिलो हुने गर्दछ । यथार्थमा भन्नुपर्दा अभिभावकको भूमिका  शिक्षकको भन्दा तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ ।  

    आजभोलि अभिभावकहरू माया-ममताको नाममा आफ्ना सन्तानलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिइरहेका छन्  ।जे भन्यो त्यही जुटाइदिने । जति भन्यो त्यति  जुटाइदिएर  उनीहरू आफ्ना सन्तानलाई नियन्त्रण भन्दा बाहिर पुर्याइरहेका छन् ।आफ्ना छोराछोरीलाई माया गर्नु र आवश्यकताहरु पूरा गरि दिनु राम्रो पनि हो र नराम्रो पनि हो । आजभोली सम्पत्ति कमाउने तर्फ लागेका अभिभावकहरु आफ्ना छोराछोरीको गतिविधिका बारेमा  बेखबर छन् । अभिभावकले समय दिन नसकेपछि गलत सङ्गत, टिभी, सामाजिक संजाल ,पब्जीजस्ता आक्रमक शैलीका मोबाइल गेम र टिकटकको पछाडी लागेको देखिन्छ । 

    त्यसैले  अभिभावकले आ–आफ्नै स्थानमा रहेर आफुले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरेर  बच्चाको भविष्य निमार्ण गर्न तर्फ लाग्नुपर्छ ।छोराछोरीको अनावश्यक फर्माइस पूरा गर्नुको सटो पढाइको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री किनेर दिने,उनीहरूको गतिविधि माथि ध्यान दिने,समयसमयमा विद्यालयमा गएर शिक्षकहरु सँग आफ्ना छोराछोरीको पढाइको प्रगतिको बारेमा जानकारी लिने गर्नुपर्छ।यस्तो कार्य गर्दा  बालबालिकाहरुको पढाइ प्रति ध्यान जाने छ र भविष्य पनि उज्वल हुने छ।

    अन्तमा म एउटै कुरा भन्न चाहन्छु  कि छोराछोरीको शिक्षा आर्जन र उज्वल भविष्यको लागि उनीहरुको गतिविधि माथि ध्यान दिने र अनावश्यक मागहरु पूरा गर्नुको साटो शिक्षा आर्जनको लागि आवश्यक पर्ने साधनहरु जुटाइ दिने गर्नु पर्छ ।          धन्यवाद....

   


सौफी रक्सीसहित झण्डै ४ लाख भन्दा बढीको अवैध सामानसहित चारजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १४

   सर्लाहीमा सौफी नामक मदिरासहित झण्डै  चारलाख भन्दा बढीको अवैध  सामानसहित चारजना पक्राउ परेका छन् ।

    जिल्लाको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-२ स्थितबाट गस्तीमा खटिएका प्रहरी टोलीले आइतवार राती करिब पौने १२ बजेको समयमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १० बोरा चिनी(प्रत्येक बोरामा ५० किलो),गुल ४८० प्याकेट,शिखर गुटखा २४० प्याकेट,गुटखामा प्रयोग हुने तुलसी २५० प्याकेट,हुक्का फ्लेवर १००० पिस र पर्स ३५० पिस बरामद गरेका छन् ।बरामद सामानको मुल्य ३ लाख ९६ हजार ६ सय रुपैयाँ रहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए।

   बरामद सरसामानहरु आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय मलंगवा पठाएको प्रहरीले जनाएको छ।

    यसैगरी आज बिहान(मंगलबार)करिब ३ बजेको समयमा गस्तीमा खटिएका प्रहरी टोलीले जिल्लाको बलरा नगरपालिका वडा न-३ लक्ष्मीपुर स्थितबाट नेपालबाट भारततर्फ १३ वटा प्लास्टिकको बोरामा प्याक गरि लैजाँदै गरेको  सौंफी नामक मदिरा बरामद गरेको छ। ६ वटा मोटरसाइकलमा राखेर भारततर्फ  लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देख्ने बित्तिकै भाग्ने क्रममा प्रहरीले  ४ जना ब्यक्तिहरुलाई सौंफी मदिरा र ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ।

   नियन्त्रणमा लिएको सौंफी मदिराको  ७० हजार  र ६ वटा  मोटरसाइकलको  ६ लाख ३० हजार गरि जम्मा ७ लाख रुपैया रहेको प्रहरीले जनाएको छ।

लागुऔषधसहित सर्लाहीबाट चारजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १४

    सर्लाहीको विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन्।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका  अनुसार सोमबार दिउँसो पौने १२ बजेको समयमा कबिलासी नगरपालिका वडा न-८ अगर्वा स्थित नवलपुर-मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको पैदल यात्री सुनसरी जिल्लाको धरान नपा वडा न-७ बस्ने कुमार राईको छोरा  अन्दाजी वर्ष २० को एलिक्स राईलाई सशस्त्रको अगर्वा चेक पोस्टमा खटिएका सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेक जाँच गर्दा निजलाई ४० पत्ता नाइट्रोभेट नामक लागुऔषधसहित नियन्त्रणमा लिएको छ।निजलाई बरामद गरिएको लागुऔषधसहित नियन्त्रणमा लिइ अनुसंधान भइरहेको छ।

     त्यसैगरी सोही दिन सोही नगरपालिकाको अगर्वामा गस्तीमा रहेका प्रहरी टोलीले  बिहान पौने ११ बजेको समयमा रौतहट जिल्लाको चन्द्रपुर नपा-२ बस्ने सुरेश चौधरीको छोरा वर्ष १९ को सुमित चौधरीलाई शंका लागेर चेकजाँच गर्दा निजको साथबाट ५ पत्ता नाइट्रोभेट ट्याबलेट बरमद भएको छ।निजलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिइ आवश्यक कार्यवाहीको लागि हिरासतमा राखिएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

    यस्तै सोमबार दिउँसो जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ को भित्री सडक खण्डको गोरु बजार स्थित बाट विशेष सूचनाको आधारमा खटिगएका प्रहरी टोलीले ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलको बिच भागमा स्याउको कार्टुन भित्र रातो प्लास्टिकले बेरिएको दुईवटा पोकामा अन्दाजी १० किलो लागुऔषध गाँजा फेलापारेको छ।

   प्रहरीले फेला परेको सो परिमाणको गाँजा र गाँजा लिएर आउने मोटरसाइकल चालक सोही ठाउँ बस्ने स्थानीय दुखी महतोको छोरा अन्दाजी वर्ष २० को जितेन्द्र कुमार महतो र पछाडी सवार शिवधारी महतोको छोरा अन्दाजी वर्ष २४ को रविन कुमार महतोलाई मोटरसाइकल र गाँजासहित नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि हिरासतमा राखेको प्रहरी प्रबक्ता डिएसपी यादवले जानकारी दिए।

Monday, June 27, 2022

आ.व २०७९/०८० को लागि निति तथा कार्यक्रम माथि बजेट प्रस्तुत गर्दै धनकौल(पश्चिमी)गाउँपालिकाको नवौं गाउँ सभा सोमबारबाट सुरू

 




मनोज यादव----

सर्लाही,असार १३

   आर्थिक बर्ष २०७९/०८० को लागि  नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै  घनकौल(पश्चिमी) गाउँपालिकाको नवौं गाउँ सभा आज(सोमबार)बाट सुरु भएको छ ।

    प्रमुख अतिथि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गर्नु भएको कार्यक्रममा  गाउँपालिका अध्यक्ष रामआश्रय साहले आ.व २०७९/०८० को निति तथा कार्यक्रमका लागि बजेट प्रस्तुत गर्नु भएको छ।

    गापा अध्यक्ष साहले आर्थिक विकास निति,सामाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि ,न्यायिक समिति र शान्ति सुरक्षा लगायतका लागि कुल बजेट ३६ करोड ३० लाख ९६ हजार रकम विनियोजन गरेको जानकारी गराउनुभयो।जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख २७ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको छ।

   निति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले धनकौल गाउँपालिकाको "समृद्धिको आधार कृषि,शिक्षा,स्वास्थ्य,मानवीय विकास र भौतिक पुर्वाधार" भन्ने नारालाई मूल नाराको रुपमा लिई विकास व्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सृजना गर्दै लाने बताउनुभयो ।

    धनकौल गापा वडा न-२ बजार स्थित वि.पी स्मृति मञ्चमा आयोजना भएको गाउँसभाको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि गापा उपाध्यक्ष अकली देवी सहनी,संघीय सांसद नागेन्द्र प्रसाद यादव,निवर्तमान प्रदेश सभा सांसद उपेन्द्र कुशवाहा,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी तथा सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी,पत्रकार लगायत स्थानियवासिहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले मन्तव्य मार्फत स्वागत गर्नु भएको कार्यक्रमका संचालक स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले जनाएको छ।

Sunday, June 26, 2022

मधेश प्रदेशमा लागुऔषध नामक समस्या एउटा ठुलो चुनौती

 




मनोज यादव---

सर्लाही,असार १२

    "स्वस्थ्य र मानवीय संकटका समयमा लागुपदार्थको चुनौतीहरुको सम्बोधन" भन्ने नाराका साथ यसवर्षको  लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ। जिल्लाको सदरमुकाम मलंगवामा पनि जिल्ला प्रहरी कार्यालयको आयोजनामा यो दिवस मनाइएको छ।

    जिल्लाका स्थानीय प्रशासन ,राष्ट्रिय अनुसंधान ,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, लगायतका चारवटा सुरक्षा निकाय,लागुऔषध नियन्त्रणको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्था तथा विद्यार्थीहरुले आज(आइतवार)बिहान  सदरमुकाम मलंगवामा जनचेतनामूलक र्याली निकालेर यो दिवस मनाएका छन् ।वडा न-१० स्थित जिल्ला प्रशासन कार्यालयको प्रांगनबाट सुरु गरेको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेेर पुनः जिल्ला प्रशासन कार्यालयकै प्रांगणमा पुगेर सम्पन्न भएको थियो।

   भारतसँगको खुल्ला सिमानाका कारण मधेश प्रदेश अन्तर्गत सर्लाहीसहित, बारा,पर्सा,रौतहट,महोत्तरी,धनुषा, सिरहा,सप्तरी लगायतका जिल्लाहरुमा लागुऔषध एउटा विकराल समस्याको रुपमा रहेको छ।जतिसुकै प्रयासहरु गरेपनि यी जिल्लाहरुमा दुर्व्यसनीहरुको संख्या नियन्त्रण हुनुको साटो दिनप्रतिदिन बढदै गएको छ।

   भारतसँग जोडिएका नाकाहरुबाट  दैनिक लाखौं रुपैयाँको लागुऔषधहरु लुकाइछिपाई  अवैध रुपमा नेपाल भित्रिने गरेको छ।

  मधेश प्रदेशमा लागुऔषध नामक समस्या एउटा ठुलो  चुनौतीको रुपमा रहेको प्रहरी प्रशासनले पनि स्विकार्दै आएको छ।

 

श्रीमती कृष्णा देवी जमावि मलंगवामा विद्यालय व्यवस्थापन समिति सदस्यको चयन विवादका कारण भएन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १२

    सर्लाहीको सदरमुकाम मलंगवा स्थित रहेको श्रीमती कृष्णा देवी जनता माध्यमिक विद्यालयमा आज भएको अभिभावक भेलाबाट चयन हुने भनिएको विद्यालय व्यवस्थापन समितिको सदस्यहरु विवादका कारण चयन हुन नसकि ३ दिनको समय अवधि तोकेर स्थगित भएको छ।

   समिति गठन प्रक्रियामा  विवाद खडा भएपछि विद्यालय प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै  व्यवस्थापन समिति सदस्य चयन गर्न ३ दिनको समय थप गरि  ३  सो अवधिमा पनि वि.व्य.स सदस्य चयन हुन नसकेकाे अवस्थामा आज(आइतवार)को भेला स्वत: रद्ध हुन जाने जनाएकाे छ ।

     विगत लामो समयदेखि श्रीमती कृष्णा देवि मावि वि.व्य.समिति विहिन रहदैं आएको छ।

   

Saturday, June 25, 2022

बालश्रम न्युनिकरणको लागि सरोकारवालाहरु सँग छलफल




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ११

    सर्लाही जिल्लामा विद्यमान बालश्रम न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनको लागि मलंगवाको एक गैरसरकारी संस्थाले सरोकारवाला निकायका प्रतिनिधिहरु सँग छलफल गरेको छ।

   आज(शनिवार)बिहान ज्वाइन आवर हैण्ड्स नामक गैरसरकारी संस्थाले जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका अधिकारकर्मीहरु सँग बालश्रम न्युनिकरण,नियन्त्रण तथा व्यवस्थापनको विषयमा छलफल गरिएको आयोजक संस्थाका अध्यक्ष राजेश पंडितले जनाएको छ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको प्रांगणमा भएको छलफल कार्यक्रममा संस्थाका सदस्यहरुसहित मानव अधिकारकर्मी  मुकेश मिश्र, दलित अधिकारकर्मी राजेश पासवान, बाल अधिकारकर्मी सुन्दर श्याम यादव,बालमन्दिरका प्राधानाध्यापक एवं शिक्षाप्रेमी जितेन्द्र लाल दास लगायतको  उपस्थिति रहेकाे थियाे।

    सोही अवसरमा आयोजक संस्थाले  जिसस सर्लाहीका नवनिर्वाचित उपसभापति कुशवाहालाई मधेशको सान गमछा ओढाएर सम्मान समेत गरेका थिए।

आ.व २०७९/०८० को लागि गोडैता नगरपालिकाले ल्यायो नीति कार्यक्रम तथा बजेट




मनोज यादव---

सर्लाही,असार ११ 

    सर्लाहीको गोडैता नगरपालिकाे शुक्रवार आफ्नो छैठौं नगर सभा मार्फत  आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ । 

   नगरप्रमुख देवेन्द्र यादवले छैठौं नगर सभाको उद्घाटन गर्दै  ६२ करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ।जसमध्ये  पुँजीगत तर्फ २३ करोड ७० लाख र चालुतर्फ  ३८ करोड ५१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख यादवले जानकारी गराउनु भएको छ।

  उहाँकै अध्यक्षतामा तथा उहाँकै कार्यकक्षमा आयोजना भएको नगर सभाको उद्घाटन शत्रमा विशिष्ठ अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका  वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न वडा सदस्यहरू,विभिन्न शाखाका शाखा प्रमुखहरु,कर्मचारीहरुका साथै सुरक्षा निकायका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधीहरु विभिन्न संघ संस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं स्वास्थ्य शाखा संयोजक प्रमोद पंडितले जानकारी दिएको छ।

   निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख यादवले "गोडैता नगरको कृषि, स्वास्थ्य,शिक्षा तथा स्वरोजगार गोडैता नगरपालिकाको समृद्धिको आधार"सफल पार्न पहिलो कर्तव्य रहेको बताउनुभयो। उहाँले  कृषिमा आधारित जीवन र अर्थतन्त्र गोडैता नगरको पहिलो सम्भावना रहेकोले कृषिलाई वैज्ञानिक,यान्त्रिक,व्यवसायीक र स्वरोजगार प्राप्त गर्ने क्षेत्रमा देखेको बताउनुभयो ।सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य रहेको उहाँले बताउनुभयो ।साथै उहाँले स्वच्छ,सफा र हरियालीयुक्त पर्यावरण विकास विकास गरि गोडैतालाई सामाजिक न्यायमा आधारित समाज बनाउने आफुहरुको ध्येय रहेको  बताउनुभयो ।






 


  


Friday, June 24, 2022

अगर्वा हत्या काण्डका आरोपीहरु पक्राउ , हत्या काण्डमा आफ्नै भाईसहित दुईजना संलग्न रहेको अनुसंधानबाट पुष्टि

--- हत्या काण्डमा आफ्नै भाईसहित दुईजना संलग्न रहेको अनुसंधानबाट पुष्टि--- 



मनोज यादव---

सर्लाही,असार १०

     सर्लाहीको कबिलासी नगरपालिका वडा न-८ स्थित अगर्वामा  तिन दिन अगाडी भएको एक युवकको हत्याकाण्डमा संलग्न आरोपीहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मृतकका आफ्नै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेश कुमार चौधरी रहेका छन् । उनीहरूले गत असार ६ गते राति 

अगर्वाका स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताउनु भएको छ

अमरेन्द्रको शव असार ७ गते बिहान फेला परेको थियो । 

   पक्राउ परेका मृतकका भाई अमरकान्तले रुपेशसँग मिलेर दाईको  हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको डिएसपी बुढाथोकीले  जनाएको छ ।उहाँका अनुसार मृतक अमरेन्द्र र अमरकान्तबीच पहिले देखि नै विवाद चल्दै आएको र असार ६ गते बेलुका पनि उनीहरु दुई दाजुभाइ बीच तरकारी ल्याउने विषयमा सामान्य बादविवाद भएपछि  गाउँकै साथी रुपेशसँग मिलेर दाईको हत्या गरेको खुलेको छ। उनीहरुले अमरेन्द्रलाई असार ६ गते राती ८ बजेतिर खानपिनको व्यवस्था छ भनी अगर्वा चौकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटी शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको  अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शंकास्पद  व्यवहार देखाउन थालेपछि उनिहरुलाई बिहीबार रातीनै नियन्त्रणमा लिइ उनीहरु दुवैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। अमरेन्द्रको शव फेला पर्नासाथ प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरिएको थियो ।


सर्लाहीको हरिपुर्बा नगरपालिकाले ल्यायाे ५७ कराेड १९ लाखकाे बजेट


बखतियार अलि----                  सर्लाही १० असार ।

    सर्लाहीको हरिपुर्बा नगरपालिकाले  आफ्नो  १० औं  नगरसभा सम्पन्न गरेकाे छ । 

  नगर प्रमुख बिनाेद कुमार साहले नगरसभाबाट  आ, व, २०७९/०८० का लागि नीति, कार्यक्रम तथा ५७ कराेड १९ लाख २८ हजारकाे बजेट प्रस्तुत गर्नुभयाे ।  यस पालिकाे बजेटबाट नगरकाे समुचित बिकासलाई ध्यानमा राखि बजेट बिनियाेजन गरिएकाे नगर प्रमुख बिनाेद कुमार साहले सभालाई सम्बोधन गर्दै  बताउनु भयाे । नगर प्रमुख बिनाेद कुमार साहले आ.व २०७९/०८० का लागि प्रस्तुत गर्नु भएकाे जम्मा बजेट ५७ कराेड १९ लाख २८ हजार छ, जसमा केन्द्रीय सशर्त अनुदान १६ कराेड ८१ लाख, बिशेष अनुदानमा २ कराेड रहेकाे छ । त्यस्तै प्रदेशबाट सशर्त अनुदान ८० लाख, समानिकरणबाट ८० लाख राजस्व बाडफाडबाट ३७ लाख त्यस्तै बिशेष अनुदान ३० लाख र समपुरकमा २० लाख प्रदेशबाट आउने छन । त्यस्तै हरिपुर्बा नगरपालिकाकाे आन्तरिक आम्दानीबाट २ कराेड आउने पनि अनुमान गरिएकाे छ ।

   कार्यक्रममा सचिवकाे हैसियतले प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालले उपस्थिति जनाउदै आफ्नो  सम्बोधनमा यस पालिकाकाे प्रस्तावित बजेट ऐतिहासिक रहेकाे जिकिर गर्दै जनभावना अनुसार नीति र कार्यक्रम बनाउन सबैलाई आग्रह गर्नुभयाे ।

   नगरसभामा बिशिस्ट अतिथिकाे रूपमा हरिपुर्बा नगरपालिकाका निबर्तमान मेयर सियाराम राय, तथा जिल्ला समन्वय समितिका सदस्य रामशिला देवीकाे उपस्थित रहेकाे थियाे । नगर सभाकाे संचालन कार्यालयका ना.सु डाेरबहादुर तामांगले गर्नु भएकाे थियाे । 

   नगरसभामा  सुरक्षा निकाय,  नागरिक समाज, राजनीतिक दल र पत्रकारहरूकाे उपस्थित रहेकाे थियाे ।

कौडेना गाउँपालिकाको नवौं गाउँसभामा झण्डै ३९ करोड रुपैया बराबरको बजेट प्रस्तुत




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १०

    सर्लाहीको कौडेना गाउँपालिकाको नवौं गाउँसभाको उद्घाटन सम्पन्न भएको छ।

    गाउँपालिका अध्यक्ष रुपेश कुमार  को अध्यक्षता तथा उपाध्यक्ष नगिना देवी र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको विशिष्ठ आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्पन्न भएको हो। 

    उक्त गाउँ सभा मार्फत गापा अध्यक्ष रुपेश कुमारले आर्थिक वर्ष २०७९/०८० को लागि ३८ करोड ८४ लाख ४१  हजार  रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।

    गाउँ पालिकाको आफ्नै सभाहलमा आयोजना भएको सभामा सहभागी भएका अतिथिहरुको स्वागत सुरेश यादवले गरेका थिए।

    गाउँपालिकाको नवौं तथा स्थानीय तह २०७९ को निर्वाचन पश्चातको पहिलो गाउँ सभाको शुक्रवार सम्पन्न भएको उद्घाटन कार्यक्रममा  वडा न १ देखि वडा न ७ का वडाअध्यक्ष,सदस्य,कार्यपालिका सदस्य ,कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन यस पालिकाका लेखा प्रमुख  हरिनारायण  साहले गरेका थिए।

   


Thursday, June 23, 2022

सर्लाहीमा मुकेश मिश्रको संयोजकत्वमा मानव अधिकार रक्षक संजाल गठन

 





लोकतन्त्र समाचारदाता----

सर्लाही,असार ९

   सर्लाहीको सदरमुकाम मलंगवामा  मानव अधिकार रक्षकहरूको अवस्थाको बारेमा विश्लेषण गरिएको छ।

     मानवअधिकार रक्षक संजाल र महिला पुनस्थार्पना केन्द्र(ओरेक) नेपालको संयुुक्त आयोजनामा मानवअधिकार रक्षकहरुको अवस्था विश्लेषण तथा संजाल पुनर्गठन  कार्यक्रमको आयोजना गरि जिल्लामा कार्यरत मानवअधिकार रक्षकहरुको अवस्थाको बारेमा विश्लेषण गरिएको हो।

    कार्यक्रममा सहभागीहरुले जोखिममा परेका नागरिकहरुको अधिकार सुनिश्चितताका लागि मानव अधिकार रक्षकहरूले जोखिममा रहेर राज्यलाई सहयोग गरेपनि राज्यले उनीहरूको अधिकारको बारेमा हालसम्म कानुन नबनाउनु दुखद भएको चर्चा गरेका थिए । मानवअधिकारकर्मी मुकेश मिश्रले जनताका अधिकार प्राप्ति र जोखिममा परेका नागरिकहरुको अधिकारका लागि मानव अधिकार रक्षकहरुले विभिन्न चुनौतीहरुको सामना गर्दै  बर्दी बिनाको प्रहरीको रुपमा अहम भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    राष्ट्रिय सभाका पुर्व सांसद रामपृत पासवानको प्रमुख आतिथ्यता तथा मानवअधिकार रक्षक संजालका अध्यक्ष राजेश पासवानको सभापतित्वमा आयोजित यसै कार्यक्रम मार्फत मुकेश मिश्रको  संयोजकत्वमा १५  सदस्यीय  मानव अधिकार रक्षक संजालको पनि गठन गरिएको छ ।

     नव गठित संजालको उपाध्यक्षमा दिवानी घिमिरे,सचिवमा संतोष कर्ण,स-सचिवमा लक्ष्मी सुनवार पासवान,कोषाध्यक्ष लक्ष्मी सिंह,सह-कोषाध्यक्षमा टुना कुमार साह तथा सदस्यहरुमा क्रमशः रम्भादेवी झा,कुश्मा देवी राउत,राधेश्याम कुशवाहा,मो.मनसरिफ अन्सारी,बुधन साह,बबिना कार्की ,ममता साह,जितेन्द्र भगत र सुनिता साह रहेका छन् ।

    सोही अवसरमा आयोजक संस्थाले कार्यक्रमका विशिष्ठ अतिथि नवनिर्वाचित उपसभापति जितेन्द्र कुशवाहालाई गमछा ओढाएर सम्मान समेत गरेका छन् ।

   कार्यक्रममा अधिकारकर्मी,सर्लाहीमा मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधी लगायत सञ्चारकर्मीहरूको उपस्थिती रहेको ओरेक नेपालकी दुर्गा थापाले जनाएकी छिन् । 







अनेरास्ववियुद्वारा मलंगवामा प्रधानमन्त्री र अर्थमन्त्रीको पुतला दहन तथा विरोध प्रदर्शन




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ९

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठन अनेरास्ववियुले सर्लाहीको सदरमुकाम मलंगवामा बिहिवार साँझ विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ। प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका सदस्यहरुले प्रम देउवाको पुतला सँगै अर्थमन्त्री  जनार्दन शर्माको समेत पुतला दहन गरेका छन् ।

   पुतला दहन गर्नु पुर्व "नालायक अर्थमन्त्री जनार्दन शर्मा राजिनामा दे,भ्रष्टचारी अर्थमन्त्री जनार्दन शर्मा राजिनामा दे ,पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारिज गर" लगायतका नारा लगाउँदै नगरको परिक्रमा समेत गरेको अनेरास्वियु सर्लाही क्याम्पस कमिटीका अध्यक्ष धर्मेन्द्र टाका यादवले जानकारी दिए।

   नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुर्याएको छ भने  डिजेल र मट्टितेलमा पनि २७ रुपैयाँले वृद्धि गरि १९२ रुपैयाँ पुर्याएको छ।

    अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनुपर्ने माग राखेर अहिले देशव्यापी रुपमा आन्दोलनका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको नेकपा एमालेका युवा नेता शमिमबाबु खानले जनाएको छ।

हरिपुर नगरपालिकाले दसौं नगर सभा बाट ल्याए ५० करोड भन्दा बढीको बजेट, कृषिमा ८० प्रतिसत रकम नगरपालिकाले बेहोर्ने


 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ९ 

    सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो दशौं नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० को लागि  ५० करोड ४७ लाख ६४ हजार ९ सय रुपैयाँ बजेट ल्याएको छ।

     नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा  संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजना गरिएको दसौं नगर सभा मार्फत सो बराबरको बजेट ल्याएको हो। 

    नगरपालिकाको आफ्नै सभाहलमा आयोजना गरिएको उक्त नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभएको छ।  प्रत्येक वडालाई १ करोड १ लाख ४० हजारका दरले बजेट प्रदान गरिएको उहाँले जानकारी गराउनुभएको छ।

   हरिपुर नपाले चालु आ.व को लागि स्वास्थ्यमा २ करोड ६० लाख र शिक्षामा २ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको साथै  छोरी बीमा, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा, गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रबासको व्यवस्थासहित कृषिमा  ८० प्रतिसत रकम नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत दासले जानकारी गराउनुभयो।

   यसै अवसरमा नगरपालिकाको तर्फबाट नगरप्रमुख पंजियारले प्रमुख अतिथि एवं  संविधान सभा सदस्य चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।