Thursday, December 31, 2020

राजदेवी नगरपालिकामा नगर प्रमुखले भ्रष्टाचारको भन्दै आन्दोलन सुरु

 (5)२०७७-९-१६ बिहिवार


नवाव अली----

रौतहट ,पुस १६ 

     रौतहटको राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको भन्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले आन्दोलन सुरु गरेका छन् ।

   गत मंसिर २८ गते विभिन्न माग तथा प्रस्तावहरु राखेर नगर प्रमुख सिंह समक्ष ज्ञापनपत्र बुझाएपनि कुनै वास्ता नगरेपछि पुस ३ गतेबाट आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक तथा मेयर पदका प्रत्यासी भिखारी राय यादवले बताउनुभयो ।नगर प्रमुखबाट आश्वासन बाहेक कुनै जवाफ नआएकाले पुस १९ गतेदेखि कडा रुपमा आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।

   नगर प्रमुख सिंहबाट विपक्षमा बसेका राजनैतिक दलका नेता तथा जनताहरुको आशा अपेक्षा सँग खेलवाड हुँदै आएकोले जबसम्म निश्पक्ष रुपमा जनताको काम र विकास निर्माणका काममा एकरुपता नआएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले चेतावनी दिएका छन् । 


स्थानीय युवाहरूको पहलमा औरहीमा आयो एम्बुलेन्स

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १६

    सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीका जनताहरुको सेवाका लागि एम्बुलेन्स खरिद भएको छ ।  

     "सुखमा मात्र साथ दिनु भन्दा दु:खमा पनि साथ दिनु राम्रो हुन्छ" भन्ने पवित्र उदेश्य लिएर औरही गाउँ विकास युवा क्लबको पहलमा औरहीका स्थानीय युवा तथा क्लबका सदस्य  राकेश कुमार यादव,शेष कुमार राउत,संजय दास र विरेन्द्र रायको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद भएको हो । एम्बुलेन्स नहुँदा अौरही लगायत चक्रघट्टा गापा अन्तर्गतका वडाका जनताहरुलाई कुनै इमर्जेन्सी पर्दा तत्काल अस्पताल लानुपर्ने अवस्थामा समस्या हुँदै आएकोले  एम्बुलेन्स किन्न पहल गरेको राकेश कुमार यादवले बताए ।

   समाज सेवाको उदेश्यले खरिद गरिएको उक्त एम्बुलेन्सबाट सरकारले तोकेको मापदण्ड अनुसार यस  क्षेत्रका जनतालाई सहज र सरल सेवा प्रवाह गर्ने यादवले बताए ।




Wednesday, December 30, 2020

गोडैतामा जेष्ठ नागरिक र एकल महिलाहरूलाई कम्बल वितरण गरियो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस १५

    सर्लाहीको गोडैता नगरपालिकाले  तराईमा जाडो  बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।

     गोडैता न.पा वडा नम्बर -११ माधोपुरमा आज एक कार्यक्रमका बिच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले  न्यानो कपडा (कम्बल )वितरण गर्नु भएको हो ।

      नगर उपप्रमुख , वडा न-११ का वडाध्यक्ष, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थितिमा उनीहरूलाई न्यानो कपडा (कम्बल) बितरण गरिएको गोडैता नपाको कार्यालयले जनाएको छ  ।


मोटरसाइकल दुर्घटनामा चालकसहित पैदल यात्री घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १५

    सोमबार साँझ सर्लाहीको पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन नगरपालिका वडा न-११ मा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री घाइते भएका छन । 

     पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४७ प ५४७७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको  साइकल यात्री सोही ठाउँ बस्ने स्थानीय ५५ वर्षिय शेष अहमदलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते अहमदको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

    सोही दुर्घटनामा घाइते भएको मोटरसाइकल चालक बागमती नगरपालिका वडा न-३ निवासी २० वर्षिय मुकेश महतोको पनि सोही अस्पतालमा उपचार भइरहेको र दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।


सर्लाहीमा विधुत सर्ट भएर पसलमा आगलागी / साढे १२ लाखको क्षति



लोकतन्त्र समाचारदात----

सर्लाही ,पुस १५

      सोमबार सर्लाहीको पर्सा गाउँपालिका र लालबन्दी नगरपालिकामा विधुत  सर्ट भएर आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

    नेपाल भारत सिमावर्ती पर्सा गापा वडा न-३ बस्ने स्थानीय विरेन्द्र पंडितको पक्की घरमा भाडा लिइ कपडा सिलाउने पसल (टेलर)संचालन गर्दै आएका सोही ठाउँ बस्ने दयाराम साहको पसलमा करिब १ बजेको समयमा अचानक विधुत सर्ट भएर आगलागी भएको हो ।मंगलबार बिहान पौने ९ बजे पसल खोल्न जाँदा आगलागीको बारेमा थाहा पाए पछि पसल साहु साहले प्रहरी चौकी नारायणपुरलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी मदन कुवँरले बताए। आगलागीबाट पसलमा रहेको कपडा,४ वटा सिलाइ मसिन,१ थान टिभी र काठको दराजसमेत जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रवक्ता कुवँरले जानकारी दिए ।

     यस्तै जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ गोरु बजार स्थित स्थानीय राजेन्द्र कुमार सिंहले संचालन गरेको किराना पसलमा पुजा गर्न बनाएको सानो मन्दिरमा बालेको बत्तीको तारमा  मंगलबार बिहान करिब ५ बजे अचानक आगलागी हुँदा पसलमा राखिएका सम्पूर्ण किरानाका सरसामानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

   दुबै ठाउँमा भएको आगलागी प्रहरी टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिएका थिए । 


Tuesday, December 29, 2020

सर्लाही अस्पतालले कोभिड १९ को बेला करारमा खटिएका कर्मचारीहरुको तलब भाता रोकेपछि पत्रकार गुहारे

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

     सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालले कोविड १९ को  बेला करारमा भर्ना भइ काम गर्दै  आएका कर्मचारीहरु सरकारले दिन भनि पठाएको जोखिम प्रोत्साहन भत्ता तथा नदिएको गुनासो लिएर पत्रकार समक्ष पुगेका छन् । 

     करारमा भर्ना भएका एच.ए, सि.एम.ए,कार्यालय सहयोगी तथा सफाइ कर्मचारीहरु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  संजिव सिहंले कोरोना माहमारी जस्तो विषम परिस्थितीमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेको अवस्थामा पनि नियमपूर्वक  आफुहरुले पाउनुपर्ने मासिक तलब समेत दिन चासो नदेखाएको गुनासो गरेका छन् । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार  कार्यक्रममा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन ।जिल्ला अस्पतालले ४५ जना कर्मचारीहरुको तलबसहित जोखिम भाता उपलब्ध नगराएको चन्द्रनगर गाउँपालिका ,मोहनपुरका पिडित कर्मचारी  उमेश ठाकुरले बताए ।

     कोरोना कालमा इमानदारीपूर्वक  जोखिम मोलेर काम गरेर देखाए बाबजुद  पटकपटक ताकेता गरिसक्दा समेत मेसु सिंहले वास्ता नगरेको  पीडित कर्मचारी  खुशबु झाले भने ।  यस्तै करारमा भर्ना भइ अस्पताल तथा आइसोलेसनको सरसफाइको  काम गरेका डोम समुदायका सफाइकर्मी कर्मचारीहरुको  पनि ५ महिनाको तलब भाता रोकिएको कार्यक्रममा सहभागी अनिल महतोले बताए ।  

   ५ महिना लामो समयदेखि तलब नपाउँदा कोठा भाडा समेत  तिर्न समस्या  भएको कार्यक्रममा सहभागी अर्का  पिडित विक्की गुप्ताले दुखेसो पोखे ।उनले यस विषयमा  प्रदेश सरकारको समेत  ध्यानाकर्षण गराइसकेको तर उताबाट पनि कुनै किसिमको सुनवाइ नभएको गुनासो गरे। कोरोना जस्तो विषम परिस्थितिमा दिनरात नभनी अस्पतालले दिएको काममा इमानदारीपूर्वक  खटिए पनि मेसु सिंहले आफुहरुको  मनोबल बढाउनुको सट्टा   `तिमीहरूको तलब भत्ता म आफ्नो खेत बेचेर दिउँ ´ भन्ने खालका अभिव्यक्ति दिएर  मनोबल गिराउने काम मात्र गर्दै  आएको पिडितहरुले पत्रकारहरु सँग दुखेसो पोखेका छन्। 

      कार्यक्रमको अध्यक्षता गर्नुभएका  रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव शाहले  आफ्नो टिम पिडित कर्मचारीहरुको तलब भत्ता उपलब्ध नभए सम्म अस्पताल प्रशासन  र प्रदेश सरकार सँग निरन्तर फलोअप गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

     क्लबको मलंगवा स्थित आफ्नै साक्षातकार कक्षमा आयोजना भएको कार्यक्रममा पत्रकारसहित सर्लाही अस्पतालमा करार सेवामा कार्यरत पिडित कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Monday, December 28, 2020

मलंगवामा ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा मसाल जुलुस


 


सर्लाही ,पुस १३

     संसद विघटन विरुद्ध सर्लाहीको सदरमुकाम मलंगवामा  नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले मसाल जुलुस निकालेको छ ।

     संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले चालेको  कदमको विरुद्धमा  प्रचण्ड-नेपाल समूह देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ । सोही अनुसार प्रचण्ड नेपाल पक्षको आह्वानमा सोमबार(आज) साँझ मलंगवामा  मसाल जुलुस निकालेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य  दिनेश रायले जानकारी दिनुभयो ।

    प्रचण्ड -नेपाल समूह अहिले ओलीको  कदमविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको र सोही अनुरुप पुष १२ गते ७७ जिल्लाहरूमा बैठक संचालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउन  अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने  कार्यक्रम रहेको रायले बताउनुभयो ।

    यस्तै   पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी गराउनुभयो ।


प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्धारा मलंगवामा प्रदर्शन

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १३

     प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली  कांग्रेस सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा बृहत बिरोध प्रदर्शन गरेको छ । काँग्रेसका केन्द्रीय स्तरका नेता तथा  कार्यकर्ताहरुको सहभागितामा प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै निकालिएको  विरोध र्याली  नगर क्षेत्रको परिक्रमा गर्दै मलंगवा स्थित  शहिद चौकमा गएर कोणसभामा परिणत भएको थियो । 

    कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले  संबिधानको धारा ७६ मा उल्लेख भए बमोजिम  विकल्प भएको खण्डमा संसद विघटन नहुने भनिए पनि प्रधानमन्त्री  केपी शर्मा ओलीले चालेको  मनपरी कदमले असंवैधानिक तथा हिंसाको गतिविधिमा नेकपा संलगन रहेको आरोप लगाएका छन् । 

    सभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र कुमार यादवले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर नेपालको संविधानलाई बलात्कार गरेको बताउनुभयो । यस्तो  असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोधमा नेपाली  काँग्रेस अझ सशक्त रुपमा आन्दोलन गर्ने उहाँले  चेतावनी दिए ।


राप्रपाले गर्‍यो २२ ओटा मागहरु राखेर नगर परिक्रमा

 

राजिव साह

सर्लाही ,पुस १३

    हिन्दु राष्ट्र माग ,राजा आउ देश बचाउ भन्ने  नारावाजी गर्दै आइतबार  राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले  सदरमुकाम मलंगवा परिक्रमा गरेका छन् ।

    राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य अनिल साहको अगुवाइमा   नगर परिक्रमा गरिएको हो ।नगर परिक्रमा  गर्दै पार्टीले  हिन्दु रास्ट्र र राजाको माग गरेका छन् ।    नेपालमा आएको गणतन्त्रले  देशमा अस्थिरता दिनप्रतिदिन बढेको राप्रपाका केन्द्रिय सदस्य अनिल साहले  बताउनुभयो । पार्टीले  जिल्ला स्तरमा विभिन्न आमसभा लगायतका कार्यक्रमहरु गर्ने जिल्ला अध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो । 

 यस बारे आइतबार रिपोर्टस कल्व नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पार्टीका नेताहरुले गणतन्त्रको नाममा अहिले राजनैतिक दलहरुले गरिब तथा विपन्न वर्गलाई झन गरिब बनाएको आरोप लगाए । जिल्ला अध्यक्ष यादवले प्रतिनिधि सभा विघटनले नेपालको गणतन्त्र कमजोर भएको बताउनुभयो ।  यसैगरी नेपालमा पुनः  राज संस्था  स्थपाना, हिन्दु रास्ट्रको माग सहित शान्तिपुर्ण आमसभा, रियालीको कार्यक्रम जारी रहने अध्यक्ष यादवले कार्यक्रम मार्फत जानकारी गराए   ।

     पार्टीले २२ बुन्दे माग सहित जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र समेत बुझाएका छन् । संविधानमा भएको धर्म निरपेक्षता खारेज,धार्मिक स्वतन्त्रता,राजसंस्था सर्वपक्षीय गोलमेच गरियोस् ,बेरोजगारी समस्या समाधान गरि बेरोजगारी भाता उपलब्ध गरियोस् ,मेलम्ची खानेपानी देखि सुन तस्करीमा भ्रष्टाचार गर्नेलाई कार्वाही,ललित निवास जग्गा काण्ड,आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचार ,ओमनी काण्ड नागरिकता सम्बन्धि  विवाद अनत्य, भारत संगको सन् १९५० को सन्धि प्रतिस्थापन सहित कालापानी,लिपुलेक र सुस्ता लगायतको क्षेत्रमा अतिक्रमित भुमी फिर्ता लिन, किसानलाई सहज रुपमा मल तथा  बिउ बिजन उपलब्ध गराउन लगायतका अन्य मागहरु  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Wednesday, December 23, 2020

दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा चालकद्वय घाईते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस ८

       सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-९ मा मंगलबार साँझ  दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।

    इश्वरपुर नपा-९ रामनगर चौक स्थित भित्री सडक खण्डमा बयलबासबाट मोहनपुरतर्फ जाँदै गरेको BR 06 AC 6450  नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको BR30 E 9128 नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा   BR30 E 9128 नम्बरको  मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका वडा न–६ बस्ने वर्ष ३८ को लक्ष्मी कुर्मी र BR 06 AC 6450  नम्बरको मोटरसाइकलको चालक मोहनपुर बस्ने वर्ष २७ को इसराफिल बैठा घाइते भएका छन् ।कुर्मीले मापसे गरेर मोटरसाइकल चलाइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते दुवैजनाको इश्वरपुर हेल्थ केयर बयलबासमा उपचार भइरहेको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

     


बसले टायर गाडालाई ठक्कर दियो,गाढा चालक गम्भीर घाइते




लोकतन्त्र समाचारदाता-----

सर्लाही ,पुस ८ 

     सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  लालबन्दी नगरपालिका वडा न–१ नवलपुरमा यात्रु वाहक बसले  आज(बुधबार) बिहान  उखु बोकेको टायर गाढालाई  ठक्कर दिँदा गाढा चालक गम्भीर घाईते भएका छन् ।

    बिहान करिब पौने ६ बजेतिर नवलपुरबाट हरिवन स्थित इन्दुशंकर चिनी मिलमा उखु लोड गरेर जाँदै गरेको टायर गाढालाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख ०७९७ नम्बरको शुभतारा डिलक्स बसले  ठक्कर दिँदा टायर गाढाका चालक लालबन्दी नगरपालिका वडा न-१ कै ३५ वर्षीय बजरंगी महतो गम्भीर घाइते भएका छन् ।दुर्घटनामा गाढा सँगै रहेका दुइवटा राँगा मध्ये एउटा राँगा  चोटग्रस्त भई गम्भीर घाईते भएको छ भने अर्को सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । 

     दुर्घटनामा गम्भीर घाइते भएका  गाढा चालक महतोको नवलपुरमा सामान्य उपचार पश्चात् थप उपचारकोलागि   काठमाण्डौं रेफर गरिएको प्रवक्ता कुवँरले जानकारी दिए ।बस र चालक इलाका प्रहरी कार्यालय हरिवनले  नियन्त्रणमा लिएको छ ।


Tuesday, December 22, 2020

ओली बर्खास्त / माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

 

sharethis sharing button


काठमाडौं
 : अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । 

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

खेल्ने क्रममा करेन्ट लागेर बालिका घाइते





रुना धामी---

सर्लाही ,पुस ७

     सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-६ गोहियाहीमा सोमबार करेन्ट लागेर एक  बालिका  घाइते भएका छन् ।

     घाइते हुनेमा गोहियाही  बस्ने गणेश राय यादवकी १२ वर्षीया छोरी नेहा कुमारी यादव  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त बालिका स्थानीय हजारी रायको एकतल्ले पक्की घरको छतमा खेल्ने क्रममा छत भन्दा ४ फिट माथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  बताउनुभयो ।

    शरिर पछाडी ढाँडमा जलेर घाइते भएकी बालिकाको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गराइ थप उपचारको लागि काठमाडौ रेफर गरिएको प्रवक्ता कुवँरले जानकारी दिनुभएको छ ।




सर्लाहीको मलंगवा र बागमती नगरपालिकामा आगलागी ,५ लाख बढीको क्षति

 


लोकतन्त्र समाचारदाता---- 

सर्लाही ,पुस ७

     सर्लाहीको सदरमुकाम मलंगवा र बागमती नगरपालिकामा सोमबार आगलागी  हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

    मलंगवा नगरपालिका वडा न-३ बस्ने स्थानीय रामबाबु साहको गोठमा सोमबार राति अचानक आगलागी हुँदा गोठ र पराल पुर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।सोही आगो सल्किएर छेउमै रहेको प्रकाश रायको पराल समेत जलेर नष्ट हुँदा अन्दाजी १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    यसैगरी सोही दिन बेलुका ३ बजेको समयमा बागमती नगरपालिका वडा न-१ धापडाँडा बस्ने स्थानीय अवधेश जिम्बाको घरमा आगलागी हुँदा घरसहित भित्रको सम्पुर्ण सरसामान जलेर पुर्णरुपमा नष्ट हुँदा अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    दुबै ठाउँको आगलागीमा कुनैपनि किसिमको मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

   


Monday, December 21, 2020

किसानको किस्ता वापतको रकम ठगी गर्ने पक्राउ




नवाब अली---

रौतहट ,पुस ६

     किसानको पैसा ठगी गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिकाका एक ब्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रौतहटको साविक सखुअवा धमौरा गाविस वडा न-७ हालको वृन्दावन नपा वडा न-६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिल कुमार पटेल रहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    पटेललाई ओम्नी अटोमोबाइल प्रा.लि चन्द्रनिगाहपुरको ट्याक्टरको सो रुमबाट  किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७४ साल साउन १ गते देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनी लिएका बुझाउनुपर्ने रकम ४४ लाख ७८ हजार ५ सय रकम नबुझाइ ठगी गरेको आरोपमा निज माथि परेको उजुरीको आधारमा  पक्राउ गरिएको हो ।

     पटेललाई आइतवार पक्राउ गरि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गराई न्यायिक हिरासतमा राखेर अनुसंधान प्रक्रिया अगाडी बढाएको जिप्रका रौतहटले जनाएको छ ।


इन्सेकको मानवअधिकार बर्ष पुस्तक २०२१ को लागि बार्षिक समिक्षा गोष्ठी सम्पन्न

 



अजिता चौधरी ----

सर्लाही ,पुस ६

    अनौपचारीक क्षेत्र सेवा केन्द्र सर्लाही  (इन्सेक)ले आज(सोमवार) नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ को लागि वार्षिक पुर्व समिक्षा गोष्ठीको आयोजना गरि सम्पन्न  गरेको छ।

     सन् २०२० (२०७७) भरि सर्लाही जिल्लामा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरु सङकलन गरी  सरोकारवालाहरुका बिचमा जानकारी गराएर बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको हो । संकलन गरिएका  घटनाहरुको समिक्षा गरि अभिलेख गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको इन्सेक सर्लाहीका संयोजक बुधन साहले जानकारी गराउनुभयो ।  इन्सेकले सार्वजनीक समिक्षा र अंग्रेजी क्यालेण्डर अनुसार पहिलो छ महिनामा अर्धबार्षिक र वर्षको अन्त्यमा वार्षिक समिक्षा गरि सुझाब संकलन गर्ने गरेको  छ ।

     जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्क्षतामा सम्पन्न भएको कार्यक्रममा  इन्सेक सर्लाहीले वर्षभरी संकलन गरेको ९५ वटा  मानवअधिकार उलंघन  घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ  ।  जसमध्ये जिल्लामा राज्यबाट भएको मानवअधिकार उलंघनका ५ वटा,झडप तथा कुटपिटबाट घाइते भएको ५ वटा ,अज्ञात व्यक्तिबाट भएको ४ वटा ,महिला हिंसा , यौन दुर्ववहारको १४ वटा,घरेलु हिंसाको २ वटा र एउटा अपहरणका घटना रहेका छन् ।

घरेलु हिंसा र लैङ्गीक हिंसा सम्बन्धिका अधिकाश घटनाहरु गाउँमै  मिलापत्र हुनेगरेका छन् । महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन  गरेको भएपनि हिंसाका घटनाहरुमा कमी नआएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । तर केही सरोकारवाला ब्याक्तिहरु र न्याय सम्बन्धि काम गर्ने सस्थाहरुले हिंसा सम्बन्धि जनचेतना नपाएको कारणले हिंसाका घटनाहरुको संख्यामा बृद्धि भएको रिपोर्टस क्लब नेपाल सर्लाहीका सचिव राजिव साहले दाबी गरे । 

   जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रमुख ,प्रतिनिधि ,सरोकारवाला निकाय तथा संचारकर्मीहरुको सहभागीता रहेको इन्सेक सर्लाहीका संयोजक साहले जानकारी गराए ।

सर्लाहीको औरहीमा आगलागी ,५० हजारको क्षति

 


लोकतन्त्र समाचारदाता---- 

सर्लाही ,पुस ६

     सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा आइतवार दिउँसो  परालको टालमा आगलागी हुँदा ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

    औरही स्थित सार्वजनिक पोखरीको छेउमा थुपारेर राखिएको  स्थानीय नागेन्द्र राय यादवको २ वटा र पुनित रायको एउटा परालको टालमा भएको आगलागीबाट सो रकम बराबरको क्षति भएको हो ।

      दिउँसो १ बजे तिर सुरु भएको आगलागी प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले गाँउलेहरुको  सहयोगमा साँझ तिनबजे नियन्त्रणमा आएको स्थानीय राकेश यादवले जनाएको छ ।


सर्वपक्षीय संघर्ष समितिको सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालको लागि स्थगित


 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ६ 

      सर्वपक्षीय संघर्ष समिति सर्लाहीले अनिश्चितकालिन रिले धर्नासहितका आन्दोलनका सम्पूर्ण  कार्यक्रमहरु(आज) सोमवारबाट स्थगित गरेको छ । 

      सर्वपक्षीय संघर्ष समिति सर्लाहीका संयोजक मेथुर चौधरीले आज (सोमवार)एक प्रेस विज्ञप्ति जारी गरि देशमा उत्पन्न असहज राजनीतिक अवस्था तथा उथलपुथलका कारण सर्वपक्षीय संघर्ष समितिद्वारा विगत दुई साता बढीदेखि संचालित सम्पूर्ण आन्दोलनात्मक कार्यक्रमहरु स्थगित गरेको छ ।  

   हुलाकी राजमार्गको निर्माण तथा नेपाल भारत सिमानाका खोल्नु पर्ने माग राखेर समितिका सदस्यहरु मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौकमा रिले धर्ना दिंदै आएका थिए भने केही दिन अगाडी एकदिन मलंगवा र एक दिन सर्लाही  जिल्ला समेत बन्द गरेका थिए ।

Sunday, December 20, 2020

कविलासी नगरपालिकाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी




राजिव साह---

  सर्लाहीको कबिलासी नगरपालिका-७ स्थित श्री जनता माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आइतवार  तालाबन्दी गरि पठनपाठन अवरुद्ध पारेका छन्  ।विषयगत शिक्षकको पदपूर्ति तथा  राहत सामाग्री उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेर  बिद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

   उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरु आइतवार बिहान विद्यालयको मुख्य गेटमा तालाबन्दी गरि शिक्षकहरुलाई विधालय भित्र प्रवेशमा रोक लगाएका छन् । विद्यालयको विकास र  अवस्था सुधारको लागी  चासो नदेखाएकोले अध्यन अध्यापनमा समस्या हुने गरेको स्थानीय अविभावक  रबि शंकर ठाकुरले  बताए ।  शिक्षकले आफुहरुक  कोर्स समयमा पूरा  नगरिदिँदा परिक्षाको बेला निकै समस्या हुने गरेको कक्षा १० की छात्रा  सुनिता साहले गुनासो गरिन्  । 

नगरपालिकाले समेत शिक्षक पदपूर्तिमा राजनीति गर्न खोजेको अविभावकहरुले आरोप लागाएका छन् ।

       प्रअ हेम नारायण झाले भने बिधालयमा शिक्षकको पदपूर्तिको लागि नगरपालिका सँग माग गरे पनि अहिले सम्म आफ्नो इच्छा अनुसारको  दरबन्दी शिक्षक पठाउन नसकेको  बताए । तर विद्यालय र स्थानीयले राहत कोटामा  शिक्षकको माग गरेका छन् ।

मलंगवामा प्रधानमन्त्री ओलीको पुत्ला दहन



लोकतन्त्र समाचारदात---

      सर्लाहीको सदरमुकाम मलंगवामा आज साँझ(आइतवार)प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

      संघीय सदन विघटन भएको विरुद्धमा सदरमुकाम मलंगवा वडा न-१० स्थित सहिद चौकमा विभिन्न राजनितीक दल, युवा तथा विभिन्न दलका भातृ संगठनले प्रधानमन्त्री ओलीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन्  ।

   प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसद विघटन गरि चुनावको मिति समेत तय गरेपछि उहाँको  पुत्ला जलाइएको हो ।

   पुत्ला दहन गर्नु अघि प्रधानमन्त्रीको विरुद्धमा नारावाजी गर्दै नगरको परिक्रमा समेत गरिएको थियो ।




दुई मोटरसाइकल ठोक्किँदा पतिपत्नी सहित तीनजना घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस ५

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ स्थित जनवादी  चौकमा सनिवार   साँझ  दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा पतिपत्नी सहित तीनजना घाइते भएका छन् ।


     जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरका अनुसार घाइते  हुनेहरुमा प्र-२-००३-००४ प ४९५१   नम्बरको मोटरसाइकलका चालक  लालबन्दी -८  का ५० वर्षिय लाल प्रसाद चौलागाईं र  सोही मोटरसाइकल पछाडी सवार निजकी पत्नी अन्दाजी वर्ष ४५  की गिता चौलागाईं  र प्र-२-०३ प ६२९८ नम्बरको मोटरसाइकल चालक लालबन्दी नपा-१६ ,परवानीपुर बस्ने २५ वर्षिय भिम बहादुर थापा     रहेका छन्। 

      पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको   प्र-२-००३-००४ प ४९५१   नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको  प्र-२-०३ प ६२९८ नम्बरको मोटरसाइकलले सनिवार  साँझ जनवादी चौकमा ठक्कर दिएको थियो।

   ठक्करबाट घाइते भएकाहरुको स्थानीय  अस्पतालमा  उपचार भइरहेको छ । दुवै  मोटरसाइकल  नियन्त्रणमा लिएको प्रहरीले  बताएको छ ।



उखु किसानको आन्दोलनलाई सशक्त बनाउन प्रदेश २ का सांसद अशोक यादव पनि राजधानीमा

  


मनोज यादव---

सर्लाही ,पुस ५

    काठमाडौं स्थित माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको आन्दोलन झनै बलियो र सशक्त बनाउन सर्लाहीबाट प्रदेश न-२ का सांसद अशोक यादव पनि पुगेका छन् ।  उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै माइतीघरमा जारी उखु किसानको आन्‍दोलनमा किसानको संख्या बढिरहकोले आन्दोलनरत किसानहरुको समर्थन गर्न तथा हौसला बढाउन उहाँ राजधानी पुग्नु भएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

    माइतीघरको धर्नामा सहभागिता जनाउन सर्लाहीसहित बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि पुगेका  छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडित किसान पनि आउन थालेको उखु किसान सघंर्ष समिति सर्लाहीले  जानकारी दिए ।सर्लाही,बारा पर्सा, रौतहट र नवलपरासी जिल्लाबाट माइतीघरको आन्दोलनमा सहभागिता जनाउने किसानहरुको संख्या तीन सय भन्दा बढी  पुगेको  संघर्ष समितिले जनाएको छ ।

    किसानको हातमा पैसा नआएसम्म कुनै पनि हालतमा वार्ता नगर्ने अडान किसानहरुले लिएको प्रदेश सांसद यादवले बताए । उखु मिलसंग चार वर्षदेखि पाउन बाँकी रहेको  झण्डै ९० करोड रुपैयाँ बक्यौता दिलाइदिन माग गर्दै  किसानहरु माइतीघरमा आन्दोलनमा छन् । गत वर्ष पुस १८ गते सरकारसंग किसानले गरेको सुम्झौता हुबहु कार्यन्वन गर्न पीडित किसानहरुले माग राखेका छन् ।

     गृह मन्त्रालयले सर्लाहीको अन्नपूर्ण सुगर मिल धनकौल, इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहटका संचालक  पक्राउ गर्न निर्देशन दिएपनि हालसम्म एकजना पनि संचालक  पक्राउ पर्न सकेको छैन ।


Saturday, December 19, 2020

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, एक जना घाईते




राजिब साह---   

सर्लाही ,पुस ४

       सर्लाहीको बलरा नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    शुक्रवार राती  बलरा नगरपालिका वडा न–१ स्थित भित्री सडक खण्डमा हथियौलबाट सेढवातर्फ जाँदै गरेको ना. ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको BR30 Z 7148 नम्बरको मोटरसाईकल एकआपसको ठोक्किएर  भएको दुर्घटनामा मोटरसाईकल चालक बलरा नगरपालिका वडा न–१ सेढवा बस्ने  नारायण सिंहका  छोरा १७ वर्षिय अंकित सिंहको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका सिहंलाई तत्काल उपचारको लागि रौतहट जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

      सोही दुर्घटनामा मोटरसाईकल पछाडी सवार एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका वडा न- १ बस्ने  १७ वर्षीय राजिव सहनी रहेको प्रहरी प्रवक्ता कुवँरले जनाएको छ । उनको अहिले गौर स्थित असपतालमा उपचार भइरहेको  जनाइएको छ ।

     दुर्घटना भए लगतैै फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


जुनियर जेसिज मलंगवा २०२१ को लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित

 


 


सर्लाही ,पुस ४

    जुनियर  जेसिज मलंगवा २०२१ को लागि  अध्यक्ष पदमा सोनु कुशवाहा  निर्वाचित भएका छन् । सनिवार सर्लाहीको सदरमुकाम मलंगवा वडा न-८ स्थित  जेसिज माध्यमिक विद्यालयमा सम्पन्न  अधिवेशनबाट कुशवाहा  अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

   वर्ष २०२१ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुशवाहा सहित कार्यकारी उपाध्यक्षमा क्रमशः मनिष कुशवाहा,मोहम्मद असलम मिकरानी,अभिनन्दन कुशवाहा,मोहम्मद समी मिकरानी,मोहम्मद सौकत राजा र आरुष गुप्ता  निर्वाचित  भएका छन् ।

   जुनियर जेसिज मलंगवामा २०२१ का लागि  सम्पुर्ण पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएको मलंगवा जेसिजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत जेसी सुवोधहरी राजोपाध्यायले जनाएको छ ।


लागुऔषध गाँजा सहित ३ जना पक्राउ

 



सर्लाही ,पुस ४

     सर्लाहीमा अवैध लागूऔषध गाँजा सहित ३ जनालाई   प्रहरीले पक्राउ गरेको छ ।

     सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँके चौकबाट १ किलो ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा न-७ बस्ने शिवजी रायका छोरा २० वर्षिय रुपेश राय पक्राउ परेका हुन् ।


     गस्तीमा  खटिएको प्रहरी टोलीले बिहिवार साँझ बाँके चौकबाट बर्दिबास तर्फ जाँदै साइकललाई शंकालागेर चेकजाँच गर्दा साइकलको पछाडी केरियरमा तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी लैंजादै गरेको  उक्त परिमाणको लागूऔषध  फेला पारी गाँजासहित रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    यसैगरी,सोही साँझ  प्रहरीले  लालबन्दी  नगरपालिका वडा न-६ स्थित पश्चिमबाट पुर्वतर्फ आइरहेको बा ८३ प ८४७१ नम्बरको मोटरसाइकलबाट ३६.२६ किलो अवैध लागूऔषध गाँजासहित सिन्धुलीको डाबडाडा गाउँपालिका वडा न-१ बस्ने वर्ष ३५ को शक्ति लामा र रौतहटको चन्द्रपुर नपा वडा न-१ बस्ने वर्ष ४२ को प्रेम यादवलाई पक्राउ गरेको छ ।


       ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा जेब्रा झोला भित्र प्लास्टिकको पोकामा बेरेर राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।


Thursday, December 17, 2020

सर्लाहीकै सबैभन्दा ठूलो प्लाईउड कम्पनीमा भिषण आगलागी ,एक करोड भन्दा बढी क्षति

  


लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २

     सर्लाही सदरमुकाम मलंंगवा नगरपालिका  वडा न-४ शिवसागर चौक स्थित सर्लाही क्याम्पस अगाडी रहेको जय बजरंग प्लाइउड कम्पनीमा बुधबार राति भिषण आगलागी  भएकाे छ ।आगलागीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कम्पनीका संचालक विकास गोयललाई  उद्रित गर्दै  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

      जिल्लाकै सबभन्दा ठुलाे उक्त प्लाईउड कम्पनीको गोदाममा  बुधबार राति ७ बजे अचानक बिधुत सर्ट भएर आगलागी सुरु भएको थियो ।  अागलागीबाट ४० लाख पर्ने ड्रायर मेसिन,१० लाख पर्ने २० वटा एसिड कन्टेनर तथा   ५० लाखका अन्य कच्चा पदार्थ र प्लाईहरु जलेर नष्ट भएकाे संचालक गाेयलले जानकारी दिए । 

      आगलागी सुरु भएको खबर पाउनासाथ जिप्रका मलंगवाबाट डिएसपी मदन कुवँरको कमान्डमा ६५ जना प्रहरी ,सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठको कमाण्डमा ६५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको उपसेनानी मोहन सलामीको कमान्डमा ४० जना सेनाको टोली गई दमकल,पानी ट्यांकी , पम्पिसेट र स्थानीयबासीहरुको सहयोगमा राती १२ बजे सम्ममा अागलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

    थप क्षतिको विवरण आउन बाँकी रहेको र बुझ्ने कार्य भइरहेको जिप्रका सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले बताए ।


Wednesday, December 16, 2020

१२ मिटर भन्दा बढी चौडा सडक बनाएमा मलंगवाको सबै संरचना ध्वस्त हुने सरोकारवालाहरुको चेतावनी

 



रुना धामी-----

सर्लाही ,पुस १ 

    सदरमुकाम  मलंगवा नगरपालिका क्षेत्र भित्रका सडक  १२ मिटर भन्दा बढी नबढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।  बुधबार रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार कार्यक्रममा उहाँहरुले यस्तो सुझाव दिएका हुन ।

     कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा मेयर पदका प्रत्यासी नागेश्वर रायले मलंगवा नपा-१० बाबा स्वामीको मठ(मुर्ली पोखरी)देखि वडा न-२ र ८ अन्तर्गत पर्ने  विधुत्त प्राधिकरण कार्यालय  (राजश्री सिनेमा )सम्मको सडक छेउछाउ ठुलाठूला भौतिक संरचनाहरु बनिसकेको र त्यसलाई भत्काउन पनि नमिल्ने भएकोले १२ मिटर भन्दा बढी चौडाइको सडक नबाउन सुझाव दिए ।

   सोही कार्यक्रममा बोल्दै मलंगवा चेम्बरका अध्यक्ष अमित कुमार अग्रवालले २०५४ सालमा मलंगवालाई बजार क्षेत्र घोषणा गरेपछि  १२ मिटरमा सडक बनाउन बिचमा परेका संरचनाहरु भत्काएर  पिचिङ्ग गरेको तर कम गुणस्तर भएका कारण उक्त पिच केही दिनमै भत्किएको जानकारी गराउँनुभयो ।२०६७ सालमा फेरी यसलाई नवलपुर-मलंगवा सडक खण्डको आयोजनामा पारियो तर हालसम्म पनि यसको निर्माणकार्य गरिएन उहाँले बताउनुभयो ।उहाँले १२ मिटर भन्दा बढी जमिन लिएर सडक बनाएको खण्डमा मलंगवा बजारको स्वरुप ध्वस्त भइ सर्वनास हुने सम्भावना ब्यक्त गर्नुभयो ।

   नागरिक समाजका अध्यक्ष उग्रकांत झाले पनि राय र अग्रवालले दिएको सुझाव प्रति समर्थन जनाएका छन् ।

     कार्यक्रम क्लबका  सर्लाही शाखा सचिव राजिव साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

पुर्व मन्त्री महेन्द्र रायले आफै गएर नेपाल भारत सिमानाकामा लगाइएको ढाट तोडे




मनोज यादव---

सर्लाही ,पुस १

      संघीय सांसद तथा पुर्व उद्योग मन्त्री महेन्द्र यादवले मलंगवा स्थित नेपाल भारत सिमानाकामा लगाइको ढाट आफै गएर खोलिदिएको  छ । सांसद  राय सँगै सर्वपक्षिय सघर्ष समिति सर्लाहीका सदस्यसहितको टोली नारा जुलुस गर्दै आज(बुधबार )दिउँसो नेपाल भारत सिमानाका (दशगजा)मा पुगेर गोरखकाली प्रहरी चौकी नजिकै रहेको जिल्ला भन्सार कार्यालय अगाडी  सशस्त्र प्रहरीले बन्द गरेर राखेको  फलामे ढाट ताेडी दिएका छन् ।

     गत मंसिर २१ गते देखि विभिन्न ५ बुँदे  मागहरु सहित रिले धर्नामा बसेका  सर्वपक्षिय संघर्ष  समितिका सदस्यहरूले मुख्यतः राष्ट्रिय गाैरवकाे अायाेजना हुलाकी राजमार्ग चालू अार्थिक वर्षमै  निर्माण सम्पन्न गर्नुपर्ने तथा ९ महिना देखि बन्द रहेकाे सीमानाका खुल्ला गर्नुपर्ने माग राखेर अान्दोलन थालेका छन् ।  सर्वपक्षिय संघर्ष  समितिले   मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली हिजाे(मंगलबार ) सदरमुकाम मलंगवा ठप्प पारेकाे थियाे भने अाज(बुधबार ) सर्लाही जिल्ला पुरै बन्द गरेर अान्दोलन लाई थप कडा पारेकाे छ । 

   सरकारले अब पनि हाम्रो मागलाई बेवास्ता  गरे अान्दोलनलाई अझ कडा गर्दै जाने  समितिका सदस्यहरूले बताएका छन् । 



कटुवा पेस्तोलसहित एक युवक पक्राउ

  



नवाब अली----

रौतहट ,पुस १

     रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलबाट कटुवा पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सोही ठाउँ  बस्‍ने २० वर्षीय राजमहम्मद आलम छन् । उनको साथबाट १२ बोरको १ थान कटुवा पेस्तोल  बरामद भएको छ । 

    मंगलबार साँझ करिब साढे ४ बजे गोप्य सूचनाको आधारमा गस्तीमा गएका प्रहरी टोली बगही टोल स्थित सडकमा संकित रुपमा उत्तरतर्फ मोहडा गरि खडा गरिएको BR30 W 4873 नम्बरको हिरो कम्पनीको स्पेलेण्डर मोटरसाइकललाई शंका लागी खानतलासी गर्दा उक्त पेस्तोल बरामद  गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  । 

    आलमलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गराइ थप अनुसंधानको लागि प्रहरीको हिरासतमा राखिएको जिप्रका रौतहटले बताएको छ ।


हुलाकी राजमार्गको निर्माण तथा नेपाल भारत सिमानाका खोल्नुपर्ने माग राखेर आज सर्लाही जिल्ला बन्द

 


 


मनोज यादव----

सर्लाही ,पुस १ 

     हुलाकी राजमार्गको गुणस्तरीय निर्माण तथा  नेपाल भारत बन्द  सिमानाका खोल्नुपर्ने  माग राखेर आज सर्लाही जिल्ला बन्द गरिएको छ ।

  पुर्व निर्धारित कार्यक्रम अनुसार आज(बुधबार ) सर्लाही जिल्ला  पुर्ण रुपले बन्द गरिएको  सर्वपंक्षिय सघर्ष समिति सर्लाहीका संयोजक  मेथुर चौघरीले जनाएको छ ।


    बन्दको समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार,पसल,प्रतिष्ठान ,सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने संयोजक चौधरीले बताए ।आज बिहानैदेखि पसलहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि चलेका छैनन् ।

     संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली हिजो ३० गते सदरमुकाम मलंगवा बजार बन्द गरेका थिए ।

      राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण गर्न सरकारले वेवास्ता गरेको बताउँदै चालु आर्थिक वर्षमै हुलाकी राजमार्गको निर्माण हुनुपर्ने तथा विगत ९ महिनादेखि बन्द रहेको  नेपाल–भारत सीमानाका  तुरुन्त खोल्नुपर्ने प्रमुख मागहरु सहित सर्वपंक्षिय सघर्ष समिति सर्लाही लगातार  धर्नामा बस्दै आएका छन् ।माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समितिले बताएको छ ।



हुलाकी राजमार्गको निर्माण तथा नेपाल भारत सिमानाका खोल्नुपर्ने माग राखेर आज सर्लाही जिल्ला बन्द

 


मनोज यादव----

सर्लाही ,पुस १ 

     हुलाकी राजमार्गको गुणस्तरीय निर्माण तथा  नेपाल भारत बन्द  सिमानाका खोल्नुपर्ने  माग राखेर आज सर्लाही जिल्ला बन्द गरिएको छ ।

  पुर्व निर्धारित कार्यक्रम अनुसार आज(बुधबार ) सर्लाही जिल्ला  पुर्ण रुपले बन्द गरिएको  सर्वपंक्षिय सघर्ष समिति सर्लाहीका संयोजक  मेथुर चौघरीले जनाएको छ ।

    बन्दको समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार,पसल,प्रतिष्ठान ,सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने संयोजक चौधरीले बताए ।आज बिहानैदेखि पसलहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि चलेका छैनन् ।

     संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली हिजो ३० गते सदरमुकाम मलंगवा बजार बन्द गरेका थिए ।

      राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण गर्न सरकारले वेवास्ता गरेको बताउँदै चालु आर्थिक वर्षमै हुलाकी राजमार्गको निर्माण हुनुपर्ने तथा विगत ९ महिनादेखि बन्द रहेको  नेपाल–भारत सीमानाका  तुरुन्त खोल्नुपर्ने प्रमुख मागहरु सहित सर्वपंक्षिय सघर्ष समिति सर्लाही लगातार  धर्नामा बस्दै आएका छन् ।माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समितिले बताएको छ ।



Tuesday, December 15, 2020

हुलाकी राजमार्गको निर्माण तथा सिमानाका नखोलिए सम्म आन्दोलन जारी रहने नेताहरुको चेतावनी /बुधबार सर्लाही बन्द

**भोली  सर्लाही बन्द**

मनोज यादव-----

सर्लाही ,मंसिर ३०

    हुलाकी राजमार्गको निर्माणकार्य नभए  तथा नेपाल भारत सिमानाका नखोलिए सम्म  सर्वपंक्षिय सघर्ष समिति सर्लाहीले सुरु गरेको आन्दोलन  जारी रहने धर्नामा बसेका आन्दोलनकारी अगुवा नेताहरुले बताएका छन् ।आज(मंगलबार )सदरमुकाम मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार कार्यक्रममा  उनीहरूले यस्तो बताएका हुन ।

    सर्वपक्षीय संघर्ष समिति सर्लाही विभिन्न ५ बुँदे मागहरु राखेर  मंसिर २१ गतेदेखि जिविस चौक स्थित सहिद चौकमा लगातार १० दिनदेखि रिले धर्नामा बसेका छन् ।धर्नामा बसेका नेताहरुलाई सहभागी गराइ आयोजना गरिएको साक्षातकार कार्यक्रममा बोल्दै  नेताहरुले वर्तमान केन्द्रीय सरकारले मधेस प्रति देखाएको भेदभावपुर्ण रवैया प्रति आक्रोश प्रकट गरेका थिए ।छिमेकी जिल्लाहरुमा हुलाकी सडक बनिसकेको अवस्थामा  सर्लाही जिल्लामा भने सुरुवात पनि नगरि वर्तमान सरकारले मधेस र मधेसी जनता प्रति  भेदभाव गरेको सहभागीहरुले गुनासो गरे  ।हुलाकी सडकको जर्जर अवस्थाका कारण सर्वसाधारण नागरिकहरुलाई विभिन्न समस्याहरुको सामना गर्नु परेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लालविहारी यादवले बताए ।

   यस्तै कोरोना संक्रमणलाई लिएर बन्द गरिएको नेपाल भारत सिमानाका लामो समयदेखि खोलिएको छैन र सरकारले यसप्रति चासो पनि देखाएको छैन । जिल्लाबाट कोरोनाको त्रास हटिसकेको र सबैजना आफ्नो स्वास्थ्य प्रति आफै सचेत भइसकेको अवस्थामा पनि नाका नखोलिएकोले सरकारले  दुवै देशका नागरिकहरु बीचको सम्बन्धमा चिसोपना ल्याउन खोजेको महिला नेतृ लक्ष्मी सिंहले आरोप लगाउनुभयो ।सिमा नखोलिए पनि सरकारको राजश्व उठेकै छ तर जनताहरुको  आर्थिक तथा सामाजिक समस्या कायमै छ ,उनले भने ।

     समितीको पुर्व निर्धारित कार्यक्रम अनुसार भोली (बुधबार ) सर्लाही जिल्ला पुर्ण रुपमा बन्द गरिने बताइएको छ ।क्लबका जिल्ला सचिव राजिव साहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा उपस्थित वक्ताहरुले सिमानाका पुर्ण रुपमा नखोली सम्म सशक्त आन्दोलन जारी रहने बताएका छन् ।

गोठमा आगलागी हुँदा चौपायासहित तीनलाख बढीको क्षती




सर्लाही ,मंसिर ३०

  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–१२ गणेशियाका स्थानीय  मखन प्रसाद यादवको  गाई वस्तु बाँध्ने गोठमा सोमबार राति  आगलागी हुँदा ३ चौपाय जलेर मरेका छन् भने २ वटा अर्धजली घाइते भएका छन् ।

     यादवको बाँस,काठ र जस्ताबाट बनेको  गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट राति करिब साढे १० बजे  आगो सल्किएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले जानकारी दिए।प्रवक्ता कुवँरका अनुसार  आगोमा जलेर गोठमा बाँधेका दुईवटा बाख्रा र एकवटा पाडो  मरेका छन् ।आगोबाट २ वटा भैंसी अर्धजली घाइते भएका छन् ।चौपायासहित परालको टाल र गोठमा पुर्ण रुपमा क्षति पुर्याउँदा ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

       आगो प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा गएका प्रहरी टोली र स्थानीय बासिन्दाहरु मिलेर दमकल  सहयोगमा बिहान २ बजे  नियन्त्रणमा लिन सकिएको जनाइएको छ। 


 


सर्लाहीमा मोटरसाइकल दुर्घटना ,चालकको मृत्यु

  



सर्लाही ,मंसिर ३०

सर्लाहीमा  मोटरसाइकल दुर्घटनामा परि  एक जना पुरुषको  मृत्यु भएको छ। 

      सोमबार साँझ जिल्लाको   धनकौल गाउँपालिका वडा न-५ स्थित छटिघाटमा BR30 U 4191नम्बरको  मोटरसाइकल  अनियन्त्रित भई पुलबाट करिब १० फिट तल खसेको छ ।मोटरसाइकलसहित पुलबाट खसेर गम्भीर घाईते भएका  चालक कौडेना गाउँपालिका वडा न-६ सक्रौल बस्ने राजेन्द्र रायका छोरा ३५ वर्षीय प्रमोद रायको बरहथवा स्थित स्थानीय अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

   मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।



Sunday, December 13, 2020

मलंगवा जेसिज २०२१ को बोर्ड अध्यक्षमा सुनिल कुमार साह



लोकतन्त्र समाचारदाता ----

सर्लाही ,मंसिर २८

    मलंगवा  जेसिजको बोर्ड अध्यक्षमा सुनिल कुमार साह  निर्वाचित भएका छन् ।  जेसिजको ४० औं अधिवेशनबाट साह बोर्ड   अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

   वर्ष २०२१ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा साह सहित कार्यकारी अध्यक्षमा सुमेष सागर श्रेष्ठ  र राम लखन महतो  निर्वाचित  भएका छन् ।यसैगरी अध्यक्षमा लालबाबु यादव,सुनिल जयसवाल,मो.मन्जर हुसैन र करण शर्मा  निर्वाचित भएको रिटर्निङ अफिसर जेसी सुवोधहरी राजोपाध्यायले जनाएको छ ।

   निर्वाचन अधिकृत मुकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा २०२० का अध्यक्ष राजनहरी श्रेष्ठको विशिष्ट आतिथ्यताको साथै  मलंगवा जेसिजका पुर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Saturday, December 12, 2020

लकडाउनका कारण आँखाको उपचार गराउनबाट बन्चित भएका ग्रामीण भेगका नागरिकहरु निशुल्क शिविर मार्फत लाभ उठाए

 



मनोज यादव----
सर्लाही ,मंसिर २७
    कतार च्यारिटीको नेपालको आर्थिक सहयोगमा चेतना मलंगवाले सर्लाहीको कौडेना गाउँपालिका र हरिपुर्वा नगरपालिका स्थित डुमरियामा  निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।



    सगरमाथा चौधरी आँखा अस्पताल लहान र सर्लाही आँखा केन्द्र मलंगवाको प्राविधिक सहयोगमा चेतनाद्वारा आयोजित शिविरबाट कौडेना गाउँपालिका तथा हरिपुर्वा नगरपालिका  साथै सँगै सीमा जोडिएका पालिकाका एकहजार भन्दा बढी  आँखाका बिरामीले सेवा लिएका छन् । त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको चेतनाका कार्यक्रम संयोजक मुकेश जयसवालले  जानकारी दिए।


     चेकजाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका २ सय ८६ जनाको आइतबार ,सोमवार र मंगलबार तीनदिन मलंगवा स्थित सर्लाही आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने छ ।


    कोरोनाका कारण सरकारले देशभरि गरेको लकडाउनका कारण आँखाको उपचार गराउनबाट बन्चित भएका ग्रामीण भेगका नागरिकहरुमा आँखा सम्बन्धि विभिन्न रोग तथा संक्रमणहरु देखिन थालेको महसुस गरेर कतार च्यारिटी नेपाल सँग  आर्थिक सहयोग लिइ सर्लाहीको उत्तरी र दक्षिणी क्षेत्रका नागरिकहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको चेतनाका कार्यक्रम संयोजक जयसवालले बताए ।


     शिविर संचालनको क्रममा कोरोना संक्रमणलाई लिएर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरिएको थियो ।

सर्लाहीमा मानवअधिकारको अवस्था कमजोर भएको मानवअधिकारकर्मीको भनाइ

 


सर्लाही ,मंसिर २७
     सर्लाहीसहित तराईका  जिल्लाहरुमा मानव अधिकारको अवस्था कमजोर भएको  मानवअधिकारकर्मीहरुले बताएका छन् । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले मलंगवामा आयोजना गरेको "सर्लाहीमा मानवअधिकारको वर्तमान अवस्था" सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
नेपालमा मानवअधिकार सम्बन्धि थुप्रै कानुनहरु निर्माण गरिएको भएपनि कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा मानव अधिकारको अवस्था कमजोर भएको अधिकारकर्मीहरुको भनाई छ ।


कार्यक्रममा बोल्दै थर्ड एलायन्स सर्लाहीका अधिकृत मुकेश मिश्रले राज्यले मानवअधिकार हनन सम्बन्धि ऐन कानुनहरु बनाएको भएपनि त्यसको कायान्वयन पक्ष फितलो भएको गुनासो गरे । उनले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा पनि जिल्लामा  लैंगिक हिंसाका घटनाहरु बन्द नभएको बताए ।लोकलाज र समाजिक दवाबका कारण गाउँघरमा घट्ने अधिकांश  घटनाहरु बाहिर नआएको र केही घटनाहरु बाहिर आएपनि न्यायिक निकायहरुले वेवास्ता गरेको सहभागीहरु गुनासो गरेका छन् । विभिन्न औपचारिक कार्यक्रमहरुमा ठुला ठुला भाषणहरु गर्ने गरिएको भएपनि घरमा गएर गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको उनीहरूले बताए ।



         सर्लाहीमा ६ वर्षिया बालिकादेखी ६० वर्षिया वृद्धा माथि भएको बलात्कारको  घटनालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै  स्थानीय तहमै दैनिक महिला हिंसाका घटनाहरु हुने गरेको र त्यस्ता घटनालाई लुकाउने अथवा आपसी साम्झदारीमा ढाकछोप गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिको संलग्नतामा हुने गरेको  मिश्रले बताए ।


   सर्लाहीमा  बालविवाहको समस्या सबैभन्दा बढी भएको बताउँदै बालविवाहले गर्दा घरेलु हिंसा लगाएतका समस्याहरु आउने गरेको अधिकारकर्मी राजेश पासवानले  बताए । त्यस्तो समस्या समाधानका लागि सबैले आआफ्नो ठाउँबाट अभियान संचालन गर्न उनले सुझाव दिएका छन्



      जिल्लामा जातिय छुवाछुतका घटनाहरु धेरै हुुने गरेको अर्का अधिकारकर्मी सुन्दरश्याम यादवले बताएका छन् । उनले कुनै पनि घटनाका पिडितहरुले न्यान पाउन मुस्किल पर्ने भन्दै त्यस तर्फ सजक हुन आग्रह गरेका छन् । उनले मुलुक सघिय संरचनामा गई बनेका स्थानीय तहहरुले मानव अधिकारका विषयमा चासो र चिन्ता राख्नु पर्ने बताए ।
    मुलुकमा सबैखाले परिवर्तनहरु भइसक्दा समेत नागरिकहरुको सोचाईमा परिवर्तन आउन नसकेकाका कारण यस किसिमका घठनाहरु हुने गरेको अन्तरक्रियाका सहभागीहरुले  बताए । जब सम्म नागरिकहरुको सोचाईमा परिवर्तन आउन सक्दैन तब सम्म मुलुक परिवर्तन हुन नसक्ने उनीहरूको  भनाई थियो ।
       रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्र सँग सम्बन्धित  अधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रम क्लबको मलंगवा स्थित आफ्नै साक्षातकार कक्षमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Friday, December 11, 2020

कतार च्यारिटीको आर्थिक सहयोगमा चेतना द्वारा भाँडसर स्थित विद्यालयलाई फर्निचर हस्तान्तरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २६

      चेतना संस्थाको आयोजना तथा  कतार च्यारिटीको आर्थिक सहयोगमा शुक्रवार  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित श्री रामगुलाम माध्यमिक  विद्यालयमा फर्निचर सामाग्री  हस्तान्तरण गरिएको छ । 

     कतार च्यारिटीका प्रोग्राम मेनेजर इर्शाद शेखका अनुसार विद्यालय व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यले फर्निचर सामाग्रीहरु प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक विन्देश्वर राय यादवलाई दिउँसो एक कार्यक्रमका बीच ४८ थान डेक्स बेन्च ,५ थान अफिस टेबुल ,५ थान रिवोल्भिंग  चेयर,५ थान फाइल र्याक र ५ थान ह्वाइट बोर्ड हस्तान्तरण गरिएको चेतना संस्थाका कार्यक्रम संयोजक मुकेश जयसवाले जानकारी दिनुभयो ।च्यारिटीले ब्रम्हपुरी गाउँपालिका स्थित जलधर कमलदेव नमूना उच्च माध्यमिक  विद्यालयमा पनि फर्निचर सामाग्रीहरु हस्तान्तरण गर्ने जयसवाले बताउनुभयो ।उहाँले  कतार च्यारिटीको आर्थिक सहयोगमा संस्थाले  उक्त विद्यालयमा शौचालय निर्माण गरिरहेको तथा वडा न-५ भाँडसरमा २५० वटा हैण्ड पाइप जडान गरि समुदायलाई हस्तान्तरण गरिसकेको जानकारी गराउनुभयो ।

    चेतना संंस्थाका सचिव महेन्द्र प्रसाद कर्णको अध्यक्षता तथा  संघीय सांसद रुहीनाज मिकरानीको प्रमुख आतिथ्यतामा विद्यालयको प्रांगणमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नपाका मेयर निरसल साह तथा  प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,जिसस सदस्य विनय कुमार राय,वडा न-५ का वडाध्यक्ष मनोज कुमार सहनी ,लगायत विद्यालयका शिक्षक ,शिक्षिका,विद्यार्थी र अविभावकहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक सुन्दरश्याम यादवले जानकारी दिए ।





 


७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मलंगवामा विभिन्न कार्यक्रम गरि मनाइयो

 




सर्लाही ,मंसिर २६

    ७२ औं   अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रम गरि मनाइएको छ।लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला पुनर्स्थापना केन्द्र नेपाल  (ओरेक) को आयोजनामा विभिन्न कार्यक्रम गरि यो दिवस मानाएको छ । 

    दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको सहभागीतामा मलंगवा नगरपालिका क्षेत्रमा वृहद् र्याली निकाली जिल्ला समन्वय समितिको सभा हलमा जिल्लामा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा अन्तरक्रिया गरिएको ओरेक नेपाल सर्लाहीका कार्यक्रम संयोजक ज्योती तिवारीले जानकारी दिए ।जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जमुना पराजुलीको  प्रमुख आतिथ्यता तथा मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थर्ड एलायन्सका मुकेश मिश्र ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,महिला अधिकारीकर्मी बनिता कार्की,रिना साह,सुन्दरश्याम यादव लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


     यसै अवसरमा संस्थाले जिससको प्रांगणमा रक्तदान समेत गरिएको छ । साथै साँझ सहिद चौक स्थित मधेश आन्दोलनका सहिदहरुको सालिक अगाडी दिप प्रज्वलन समेत गरिएको आयोजक संस्थाका जिल्ला एसोसिएट कार्यक्रम अधिकृत बच्चेलाल पण्डितले जनाएको छ ।


   कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीको समेत विशेष सहभागीता रहेको थियो ।



Wednesday, December 9, 2020

विद्युत प्राधिकरण बरहथवाका कर्मचारी ८ हजार घुससहित अख्तियारको नियन्त्रणमा

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर २४

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाका एकजना कर्मचारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ हजार रुपैयाँ घुससहित  नियन्त्रणमा लिएको छ ।

   महोत्तरीको बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालयबाट खटिएको टोलीले सर्लाहीको बरहथवा स्थित वितरण केन्द्रमा  कार्यरत मनोज कुमार पाण्डेलाई बुधबार नियन्त्रणमा लिएको हो ।  विद्युत मिटरको क्षमता वृद्धिका लागि सेवाग्राहीसँग घुस  रकम लिएको भन्दै पाण्डेलाई उक्त रकम सहित बरहथवा नगरपालिका वडा न –६ स्थित नेपाल बैंक चौकबाट पक्राउ गरेको  अख्तियारले जनाएको छ ।उनी तेस्रो तहका कर्मचारी हुन ।

    पाण्डेलाई थप कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं स्थित टंगाल पठाइने अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।