Tuesday, January 31, 2023

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुंदे मागसहित ज्ञापन पत्र


आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले बुझाए प्रधानमन्त्रीलाई  १० बुंदे मागसहित ज्ञापन पत्र



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १७

    बैदेशिक रोजगार कामदारहरुलाई परेको मर्का प्रति ध्यानाकर्षण गराउँदै   भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न दस बुँदे मागसहित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  

    संरक्षण केन्द्रका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रजिअ इन्द्रदेव यादव मार्फत सो ज्ञापनपत्र बुझाएको हो । 

    बुझाइएको ज्ञापन पत्रमा ठगी गर्ने खोजी रिक्रुटमेन्ट प्रा.लि लाई तत्काल कानुन अनुसार कार्यवाही गर्न,पिडित आप्रवासी युवाहरुलाई न्याय दिन र झुठा मुद्दा खारेज गर्न,G to G सम्बन्धि व्यवस्था मिलाएर सरकारी स्तरबाट पठाउने व्यवस्था मिलाउन ,कोभिड पश्चात् बैदेशिक रोजगारीको नाममा  चरम ठगी र बेचबिखन देखिन आएकोले प्रहरी डिपार्टमेन्ट भित्र सशक्त वैदेशिक रोजगार सेलको स्थापना गर्न,स्थानीय तहहरुमा यसको लागि शाखा कायम गरि कामदार तथा तिनका परिवारको हकहितका लागि आधिकारिक सूचना तथा जानकारी प्रदान ,समस्यामा परेकालाई सहयोग ,वैदेशिक रोजगारको क्रममा मृत्युवरण गरेका व्यक्तिका बालबालिकालाई छात्रवृत्ति ,पुन:स्थापना लगायतका कार्यक्रमहरुको व्यवस्था ,ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनका आधारको श्रृजना गर्ने,फर्केर आएकाहरुको लागि ज्ञान र सीप अनुसारको रोजगार श्रृजना गर्न,बिना धितो श्रृणको व्यवस्था गर्न र प्रेम प्रसाद आचार्यलाई आत्मदाह गर्न विवश गराएका पिडकहरुको खोजी तथा छानबिन गरि कानुन अनुसार कडा कार्यवाही गर्न साथै निजको परिवारको भरणपोषणको व्यवस्था गर्न लगायतका मागहरु उल्लेख गरिएको छ।

   प्रजिअ यादवमार्फत बुझाइएको ज्ञापनपत्र बैदेशिक रोजगार विभाग बुद्धनगर ,काठमाडौलाई समेत बोदार्थ गरिएको छ। 

  ज्ञापनपत्र बुझाउनु पुर्व मलंगवामा नगर परिक्रमा समेत गरिएको थियो।


जुनियर जेसीजले मनाए सहिद दिवस

 

जुनियर जेसीजले मनाए सहिद दिवस 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १७

  जुनियर जेसीज मलंगवाले विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाएको छ ।

   सहिदहरुको सम्मानमा संगठनले सोमबार साँझ मलंगवा नगर क्षेत्रको परिक्रमा गर्दै वडा न-१० स्थित सहिद पार्कमा मधेस आन्दोलनका सहिदहरुको प्रतिमा अगाडी दिप प्रज्वलन गरेका छन् ।

  जुनियर जेसीज २०२३ का अध्यक्ष 

मोहम्मद असलम मिकरानीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जेसी दिलिप झा, मोहम्मद कस्यप राजा,निवर्तमान आयुष सिंह लगायत जुनियर जेसीज मलंगवाका सदस्यहरुको सहभागीता रहेको थियो।

Monday, January 30, 2023

सहिदको सम्झनामा मलंगवामा दिप प्रज्वलन

 



सहिदको सम्झनामा मलंगवामा दिप प्रज्वलन 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    सहिदको सम्झनामा सहयोगी समाजिक विकास संस्थाले सोमबार साँझ मलंगवामा दिप प्रज्वलन गरि सहिद दिवस मनाएको छ । 

   प्रजातन्त्र स्थापना तथा देश हितको लागि आफ्नो प्राणको आहुती  दिएका सहिदहरुको सम्झनामा मलंगवा न.पा वडा न-१० स्थित सहिद चौकमा सुजित यादवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाइएको हो।

   दिप प्रज्वलन कार्यक्रममा आयोजक संस्थाका संस्थापक अमीत मिश्र,अहमद नुरानी ,अप्सरा मल्ल, मिथिलेश पासवान, बिजय यादव लागायत ३ दर्जन भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमका अध्यक्ष यादवले मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्न जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको बताए ।

 


मलंगवा यातायात प्रा.लि को अध्यक्षमा विनोद कुमार अधिकारी चयन

 मलंगवा यातायात प्रा.लि को  अध्यक्षमा विनोद कुमार अधिकारी चयन

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर बसपार्कलाई थप व्यवस्थित गर्ने  अध्यक्षको भनाई 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    मलंगवा यातायात प्रा.लि को अध्यक्षमा विनोद कुमार अधिकारी चयन भएका छन् । प्रा.लि को सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा भएको निर्वाचनबाट अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

   प्रा.लि को  उपाध्यक्षमा दिपलाल महतो,सचिवमा मनोज साह तेली,उपसचिवमा विनोद चौधरी ,कोषाध्यक्षमा रामेश्वर चौधरी तथा सदस्यहरुमा रौशन चौधरी ,विमही राउत,अजय प्रसाद दास र नारायण साह पनि निर्विरोध  निर्वाचित भएका छन् । त्यस्तै प्रा.लि ले राम नरेश साह सुंडी र विरेन्द्र राय यादवलाई सल्लाहकारमा राखेका छन्। 

  मलंगवा न.पा वडा न-९ स्थित बसपार्कमा सम्पन्न भएको निर्वाचन पछि मन्तव्य राख्ने क्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले यात्रुहरुलाई कुनै किसिमको असुविधा हुन नदिन यस बसपार्कलाई थप व्यवस्थित बनाउने बताउनुभयो ।साथै उहाँले आवश्यक्ता अनुसार सुविधाहरु पनि बढाउँदै जाने बताउनुभयो ।

   नगरपालिकाले बसपार्क सारेर वडा न-२ मा लान लागेकोले यसमा बस व्यवसायीहरुको समर्थन छ की छैन ? भन्ने प्रश्नको जवाफ दिंदै उपाध्यक्ष महतोले नयाँ बसपार्क बजार एरिया भन्दा धेरै टाढा रहेकोले यात्रुहरुको लागि  उक्त बसपार्क  उपयुक्त नभएकोले आफुहरु बसपार्क सार्ने विषयमा सहमत नभएको बताउनुभयो।नयाँ बसपार्कको छेउमा जिल्ला प्रहरी कार्यालय,विद्यालय लगायत अन्य कार्यालयहरु रहेकोले हर्न बजाउँदा कार्यालय र विद्यालय संचालनमा अवरोध उत्पन्न हुने भएकोले पनि नयाँ बसपार्क उपयुक्त नभएको महतोले बताउनुभयो ।त्यसैले अहिलेकै बसपार्कलाई व्यवस्थित गरेर संचालन गर्ने छौ,उहाँले भन्नुभयो।

  नयाँ बसपार्कमा अलपत्र अवस्थामा रहेको रात्री बस र वडा न-२ स्थित झण्डा बजारमा लाग्दै आएका पश्चिम भेगमा चल्ने लोकल बसहरु लगाउँदा सबैलाई सुविधा हुने बस व्यवसायीहरुको भनाई छ।

   बजार एरियामा जथाभावी रुपमा पार्किङ गरि राखिएका टेम्पु,म्याजिक लगायतका साना सवारीसाधनहरुका कारण सडकमा जाम लाग्दै आएकोले त्यसलाई व्यवस्थित गर्न बस व्यवसायीहरुले सम्बन्धित निकाय सँग आग्रह गरेका छन् ।


Sunday, January 29, 2023

हरिपुर नगरपालिकाले वडा स्तरमै बाँड्न थाले सामाजिक सुरक्षा भत्ता/बैंकमा दिनभरी लाइनमा लाग्नुपर्ने झण्झटबाट मुक्ति

 हरिपुर नगरपालिकाले वडा स्तरमै  बाँड्न थाले सामाजिक सुरक्षा भत्ता/

 बैंकमा दिनभरी लाइनमा लाग्नुपर्ने झण्झटबाट मुक्ति 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १५ 

    हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरेको छ । नगर प्रमुख  गोपाल पंजियार र उप-प्रमुख निलम देवी रायले आईतवार वडा न-३ स्थित फरहदवामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेका हुन्।

   नगरपालिकाले वडा कार्यालयहरु बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि  बैंकमा दिनभरी लाइनमा लागेर भत्ता बुझ्ने झण्झटबाट मुक्ति मिलेको  ७६ वर्षीय एक लाभग्राही लक्ष्मी महतोले बताए ।लाभग्राहीहरुलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उदेश्यले नगरपालिका अन्तर्गतका सबै वडामा पालैपालो घुम्ती कार्यक्रम संचालन गरेर भत्ता वितरण गर्ने प्रशासकीय अधिकृत विनय पौडेलले बताए। 

   नगरभरिका करिब सात हजार ब्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता ग्रहण गर्दै आएको  पञ्जीकरण शाखाका हरि किशोर महतोले लोकतन्त्रलाई  जानकारी दिए।आइतवार पहिलो दिन वडाका सबै (झण्डै पौने तिन सय) जेष्ठ नागरिक र एकल महिलाहरुलाई भत्ता वितरण गरी सकेको र सोमबार (भोली)देखि  सामाजिक सुरक्षा भत्ता पाउने अन्य ब्यक्तिहरुलाई भत्ता वितरण गरिने वडाअध्यक्ष लालमोहम्मद शेखले बताए  ।  वडा न-३ फरहदवामा करिव सात सय जना उक्त भत्ता पाउने लाभग्राहीहरु रहेको वडाअध्यक्ष  शेखले जानकारी दिए । 

    भत्ता वितरणका लागि वडा कार्यालयका कर्माचारी ,जनप्रतिनिधि तथा एनआइसी एसिया बैंक हरिपुर शाखाका कर्मचारीहरु खटिएका छन्। 

सर्लाहीका बरिस्ठ पत्रकार शंकर श्रेष्ठ स्वास्थ्य "दर्पण राष्ट्रिय हेल्थ अवार्ड" बाट सम्मानित

 सर्लाहीका बरिस्ठ पत्रकार शंकर श्रेष्ठ स्वास्थ्य "दर्पण राष्ट्रिय हेल्थ अवार्ड" बाट सम्मानित 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १५

    नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार शंकर श्रेष्ठलाई "स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९" बाट सम्मानित गरिएको छ ।

  स्वास्थ्य दर्पण मिडिया प्रा.लि. ले चितवनको भरतपुरमा एक समारोहको आयोजना गरी पत्रकार श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो। 

  झण्डै चार दशकदेखि  पत्रकारिता क्षेत्रमा लाग्दै आउनुभएका बरिस्ठ पत्रकार श्रेष्ठले आफ्नो कलमको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कारबाट उहाँलाई सम्मानित गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले बताउनुभयो।

   हाल सर्लाहीको लालबन्दी नगरपालिकामा बस्दै आउनुभएको श्रेष्ठ यसअघि आफ्नो पुरानो घर सदरमुकाम मलंगवाबाट पत्रकारिता गर्नुभएको थियो।उहाँ २० वर्ष भन्दा अगाडी मलंगवाबाट "कान्छी"नामक मासिक पत्रिका(म्याग्जिन)प्रकाशित गर्नुभएको थियो।



मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

 


मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

मनोज यादव---

सर्लाही,माघ १४

  मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीज मलंगवाको २७औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा  शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

    कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी शिव शंकर जैसवालले बर्ष २०२३ का नयाँ अध्यक्ष जेसी राम लखन महतोलाई र जुनियर जेसिज वर्ष २०२२ का अध्यक्ष आयुष सिंहले वर्ष  २०२३ का नयाँ अध्यक्ष मोहम्मद असलम मिकरानीलाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा अधिवेशनबाट चयन भएका भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।

    पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मलंगवा नगरपालिकाका  मेयर एवं मलंगवा जेसीजका भुपु अध्यक्ष तथा जेसीज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष  नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताउनुभयो ।उहाँले बर्ष २०२२ को टिमले र त्यसभन्दा पनि पहिलेका टिमहरुले विगतका वर्षहरुमा गरेका कामलाई अबको नयाँ  टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिनुभयो ।

   मलंगवा न.पा वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय,नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेत लगायत भुपु अध्यक्ष जेसी राजनहरि श्रेष्ठसहित मलंगवा जेसिज र जुनियर जेसीजका भुपु अध्यक्षहरु,पदाधिकारीहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।    

  सोही कार्यक्रमको अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । कार्मलंगवा जेसीजका नवनिर्वाचित अध्यक्ष महतोले जेसीजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसी मित्रहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसीजको मुल्यमान्यता अनुसार अगााडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै  आफु मातहतको नयाँ कार्यसमिति र सम्पूर्ण मलंगवा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गरे ।

    मलंगवा जेसीजका भुपु अध्यक्ष जेसी सुवोधहरी राजोपाध्यायले संचालन गरेको उक्त कार्यक्रमको बिचबिचमा  जेसीज मावि र सगरमाथा विद्यालयका विद्यार्थीहरुको  नृत्य संगीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।

Saturday, January 28, 2023

मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

 


मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

मनोज यादव---

सर्लाही,माघ १४

  मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीज मलंगवाको २७औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा  शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

    कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी शिव शंकर जैसवालले बर्ष २०२३ का नयाँ अध्यक्ष जेसी राम लखन महतोलाई र जुनियर जेसिज वर्ष २०२२ का अध्यक्ष आयुष सिंहले वर्ष  २०२३ का नयाँ अध्यक्ष मोहम्मद असलम मिकरानीलाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा अधिवेशनबाट चयन भएका भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।

    पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मलंगवा नगरपालिकाका  मेयर एवं मलंगवा जेसीजका भुपु अध्यक्ष तथा जेसीज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष  नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताउनुभयो ।उहाँले बर्ष २०२२ को टिमले र त्यसभन्दा पनि पहिलेका टिमहरुले विगतका वर्षहरुमा गरेका कामलाई अबको नयाँ  टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिनुभयो ।

   मलंगवा न.पा वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय,नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेत लगायत भुपु अध्यक्ष जेसी राजनहरि श्रेष्ठसहित मलंगवा जेसिज र जुनियर जेसीजका भुपु अध्यक्षहरु,पदाधिकारीहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।    

  सोही कार्यक्रमको अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । कार्मलंगवा जेसीजका नवनिर्वाचित अध्यक्ष महतोले जेसीजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसी मित्रहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसीजको मुल्यमान्यता अनुसार अगााडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै  आफु मातहतको नयाँ कार्यसमिति र सम्पूर्ण मलंगवा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गरे ।

    मलंगवा जेसीजका भुपु अध्यक्ष जेसी सुवोधहरी राजोपाध्यायले संचालन गरेको उक्त कार्यक्रमको बिचबिचमा  जेसीज मावि र सगरमाथा विद्यालयका विद्यार्थीहरुको  नृत्य संगीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।

चन्द्रनगरमा न्यानो कम्बल वितरण


चन्द्रनगरमा न्यानो कम्बल वितरण

 

लोकतन्त्र समाचारदाता—

सर्लाही,माघ १४

   जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फ बाट सामुदायिक दिगो विकास सेवा समाज को सहकार्यमा  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  चन्द्रनगर गाउँपालिका वडा न-६ मा चिसोबाट प्रभावित परिवारका सदस्यहरुलाई १०० थान न्यानो कम्बल वितरण गरेको छ।

   चन्द्रनगर गा.पा ले प्रजिअ यादवको प्रमुख आतिथ्यता तथा  गा.पा अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सहायक प्रजिअ हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सामुदायिक दीगो विकास सेवा समाज मलंगवाका कार्यक्रम निर्देशक वीरेन्द्रकुमार गुप्ता,  लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको  जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जनाएको छ । 

Friday, January 27, 2023

मलंगवामा जनता केबुलको प्राविधिक भेला सम्पन्न


मलंगवामा जनता केबुलको प्राविधिक भेला सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १३

    जनता केबुल इन्डरस्ट्रिज प्रालिले शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा  प्राविधिक भेला सम्पन्न गरेको छ।   

     मलंगवा वडा न-९ स्थित सुजाता पार्टी प्यालेसमा बिजुली सँग सम्बन्धित ६० जना भन्दा बढी  टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो। उक्त भेलामा सहभागी भएका टेक्निसियनहरुलाई कम्पनीले उपहार स्वरुप कम्पनीको लोगो भएको एक-एक थान मज्याकेट,झोला र टुलबक्स प्रदान गरेका थिए।कार्यकममा उपहार वितरण नै मुख्य आकर्षण रहेको थियो। उपहार हस्तान्तरण कम्पनीको नेशनल सेल्स हेड इन्द्र पोखरेल र सर्लाहीको लागि  जनता केबुलको अधिकृत बिक्रेता(डिलर)एस.के स्टोर्स एण्ड लाइट हाउसले गरेका थिए। 

   कार्यक्रममा कम्पनीले विभिन्न प्रायोजनका लागि उत्पादन गरेका केबुलहरु र GM कम्पनीले उत्पादन गरेका विद्युतिय सामाग्रीहरुको बारेमा जानकारी गराइएको थियो।


Thursday, January 26, 2023

सरस्वती पुजाको अवसरमा पब्लिक मावि द्वारा सहयोगी हातहरुलाई सम्मान

 सरस्वती पुजाको अवसरमा पब्लिक मावि द्वारा सहयोगी हातहरुलाई सम्मान 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १२

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ मा रहेको श्री पब्लिक माद्यमिक विद्यालयले सरस्वती पुजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

   विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिरजु कुमारी रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयको विकास तथा शैक्षिक स्तर उन्नतिको लागि आआफ्नो स्तरबाट सहयोग पुर्याउँदै आएका विशिष्ट व्यक्ति तथा शिक्षकहरुलाई सम्मान गरिएको छ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शैक्षिक स्तर सुधारका लागि यस विद्यालयले गरेको कार्य सराहनीय रहेको भन्नुहुदै आफ्नो तर्फबाट हरकिसिमको सहयोग रहने बताउनुभयो।

    सम्मान कार्यक्रम पश्चात् नगर प्रमुख यादवले सोही विद्यालयको प्रांगणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको चारकोठे भवनको निरिक्षण समेत गर्नुभयो।निरिक्षण गर्दै उहाँले भवनको निर्माणकार्यमा कुनै किसिमको ढिलासुस्ती नगरी चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिनुभयो।

   शिक्षक विभास कर्णले संचालन गरेको कार्यक्रममा पुर्व उपमेयर शान्ती मिकरानी,मलंगवा नपा वडा न-१ र २ का वडाअध्यक्षहरु नवल किशोर यादव र धिरेन्द्र साह,प्रअ-सुवास यादव,सहायक प्रअ राम किशोर महतो,पुर्व शिक्षक नन्दीपत यादव,शिक्षक पद्मलाल फुयाँल लगायत वि.व्य.समिति सदस्यहरु, शिक्षक,शिक्षिका,विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो।

  कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रतिनिधि राम विश्वास साहले राखेका थिए।


 

मलंगवाका स्कूलहरूमा विविध कार्यक्रमको आयोजना गरि सरस्वती पूजा मनाइँदै


मलंगवाका स्कूलहरूमा विविध कार्यक्रमको आयोजना गरि सरस्वती पूजा मनाइँदै


मनोज यादव---

सर्लाही,माघ १२

   आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वती माताको विशेष पूजाको दिन। मलंगवाका विद्यालयहरुले विविध कार्यक्रमको आयोजना गरि धुमधामका साथ सरस्वती पूजा मनाई रहेका छन् ।

   प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यस दिनमा सरस्वतीको पूजा तथा आराधना गर्दा बिद्या,ज्ञान, बुद्धि बढ्ने जनविश्वास रहेको छ ।आजैका दिन  साना बालबालिकाहरूलाई  अक्षराम्भ पनि गराइन्छ। यस दिन बालबालिकाहरूलाई अक्षर चिनाए पढाइमा राम्रो  गर्ने जनविश्वास रहेको छ । 

   आज मलंगवा नगरपालिका  लगायत सर्लाही जिल्लाभरीका सामुदायिक तथा निजी विद्यालयहरूले विभिन्न कार्यक्रमको आयोजना गरि धुमधामका साथ सरस्वती पूजा मनाई रहेका छन् ।

   सरस्वती पूजाको अवसर पारी केही विद्यालयहरुले  हस्तकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् भने केही विद्यालयहरुले नि:शुल्क भर्ना समेत लिइरहेका छन् ।

 सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यो दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने प्रचलन छ ।









हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाइ वडाध्यक्ष द्वारा हातपात, भोलि देखि कार्यालयको कामकाज ठप्प

 हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाइ वडाध्यक्ष द्वारा हातपात, भोलि देखि कार्यालयको कामकाज ठप्प 



मुकेश झा----

 हरिपुर्वा,माघ १२

     कार्यालय सहयोगी को भर्ना बिषय लिएर सर्लाहिको हरिपुर्वा नगरपालिकामा केही दिन देखि जनप्रतिनिधी हरु बिच तनावमय अवस्था बनेको बेला आज हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने लाई केही वडाध्यक्षहरुले आज मेयरकै कक्षमा हातपात तथा गाली बेइज्ती गरेको छ । 

हरिपुर्वा नगरपालिका मातहतको कर्मचारिहरुले आज एक प्रेश विग्यप्ती जारी गर्दै प्रमुख प्रशाकिय अधिकृत न्योपाने माथी भएको हातपात तथा दुर्व्याहार कार्य एकदमै निन्दनिय रहेको ले घोर भर्त्सना गरिदै दोषिलाइ तुरन्त कार्वाहिको माग गरेको छन । 

हरिपुर्वा नगरपालिकामा आज कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा कार्य सम्पादन गरिरहेको बेला  लोसपा बाट निर्वाचित वडा नम्वर २ को वडाध्यक्ष दिनेश राय, जसपा बाट निर्वाचित वडा नम्वर ३ को वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेश बाट निर्वाचित वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल राय , जसपा बाट निर्वाचित वडा नम्बर ७ को वडाध्यक्ष उमेश राय तथा वडा नम्वर ६ को वडाध्यक्ष राम स्वार्थ राय को उपस्थितिमा जसपा बाट निर्वाचित  वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको बिषय लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गर्दै गाली बेइजती गरेको भन्दै कर्मचारी हरुले हरिपुर्वा नपाको नगरप्रमुख बिनोद कुमार साहलाई प्रेश बिग्यती बुझाएको छ। 

दोषी उपर कार्वाही नहुन्जेल सम्म नगरपालिका भित्र रहेको सम्पुर्ण कार्यालायमा आवश्यक कार्य बाहेक सबै कामकाज ठप्प रहने बिग्यपतीमा जनाएको छ  ।

यस बिषयमा हरिपुर्वा नपा ६ मा जसपा बाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ रायको अनुसार हामिले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृतले बिदामा बसेको दिन पनि हाजरी राजिस्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा तिमी को हो सोधपुछ गर्ने भनी हामिलाइ नै हप्काएको जनाएको छ । म सहित हाम्रो टोलि ले कुराकानी मात्रै गरेको कुनै किसिमको हातपात र गाली ब्यजती नगरेको वडाध्यक्ष यादबले बताए ।

Wednesday, January 25, 2023

जुनियर जेसिज मलंगवा २०२३ को अध्यक्षमा मोहम्मद असलम मिकरानी निर्वाचित

 


जुनियर जेसिज मलंगवा २०२३ को अध्यक्षमा मोहम्मद असलम मिकरानी निर्वाचित

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ११

   जुनियर जेसिज मलंगवा वर्ष २०२२ को लागिअध्यक्षको पदमा जुनियर जेसी मोहम्मद असलम मिकरानी निर्वाचित भएका छन् ।  

   जुनियर जेसी आयुष सिंहको अध्यक्षतामा बुधबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष मिकरानीसहित  कार्यकारी उपाध्यक्षको पदमा जु.जेसी  र जु.जेसी नानु कुमारी साह र आसिफ रजा मिकरानी निर्वाचित भएका छन् ।

   त्यस्तै उपाध्यक्ष पदमा क्रमशः जु.जेसी अजली गुप्ता ,जु.जेसी मोहम्मद गुड्डु मिकरानी,जु.जेसी रोहन जोगी र जु.जेसी आशिष झा निर्वाचित भएको  निर्वाचन अधिकृत समेत रहनु भएका जुनियर जेसिज मलंगवाका संस्थापक अध्यक्ष एवं मलंगवा जेसिजका भुपु अध्यक्ष जेसी सुवोधराजोपाध्यायले जनाएको छ ।

   मलंगवा नपा वडा न-९ स्थित बालमन्दिरमा सम्पन्न भएको निर्वाचनमा मलंगवा जेसिज र जुनियर जेसिजका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो।

Monday, January 23, 2023

नि:शुल्क शिविरबाट मलंगवामा २०५ जनाको आँखा शल्यक्रिया गरियो

 


नि:शुल्क शिविरबाट मलंगवामा २०५ जनाको आँखा शल्यक्रिया गरियो 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

   सर्लाही समाजसेवी कल्याणकारी परिवारले सर्लाहीको सदरमुकाम मलंगवामा  आयोजना गरेको नि:शुल्क मोतियाबिन्दु अप्रेसन शिविरबाट २०५ जनाको ज्योति फर्काएको छ ।

  नेपाल आंखा अस्पताल त्रिपुेश्वर र मलंगवा नगरपालिकाको सहयोगमा माघ ४ गतेदेखि माघ ८ गतेसम्म सगरमाथा आवासीय विद्यालयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ५०० जना आँखाका बिरामीले सेवा लिएका थिए ।५ सय जनाको आँखाको जाँच गरिएकोमा २०५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।जसमध्ये बाट ९४ जना पुरुष र १११ जना महिलाहरु रहेको आयोजक संस्थाका अध्यक्ष सुवास कर्णले बताए । शिविरमा शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क चश्मा र औषधि उपलब्ध गराइएको थियो भने अन्य बिरामीहरुलाई पनि नि:शुल्क औषधि उपलब्ध गराइएको थियो।

    नगर प्रमुख नागेन्द्र प्रसाद यादवले उद्घाटन गर्नुभएको उक्त शिविरको सोमबार उहाँकै प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ।

   समापन कार्यक्रममा उपचारमा संलग्न नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.कमल बहादुर खड्कासहित डा.श्रृचा मंडल,कृष्टिना केसी,रजनी थापा,भाग्य साह,श्याम श्रेष्ठ ,प्रतिभा कटुवाल ,नवीन बुढाथोकी ,र राजेन्द्र गिरीलाई संस्थाको तर्फबाट कदर पत्र प्रदान गरिएको छ।साथै शिविर अवधीभर स्वयंसेवकको रुपमा खटेका जेसिज मावि र सगरमाथा स्कुलका विद्यार्थीहरुलाई पनि धन्यवाद दिंदै कदर पत्र प्रदान गरिएको छ।

   समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कर्णले "तपाईंको सानो सहयोगले मैले संसार देख्न पाउँ" भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा जीवनको सर्वोत्तम कार्य भन्ने उदेश्य लिएर विगत १५ वर्षदेखि मलंगवामा नि:शुल्क रुपमा आँखाको जाँच तथा अप्रेसन शिविर संचालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गर्दै जाने बताए।

  

न्यायीक समितिका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

 


न्यायीक समितिका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

    सर्लाही जिल्ला अन्तर्गतका स्थानीय तहका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सोमबार मलंगवामा सम्पन्न भएको छ ।

    जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा जिल्लाका २० वटै पालिकामा रहेको न्यायीक समितिका पदाधिकारी तथा उप प्रमुख ,उपाध्यक्ष र वडा 

अध्यक्षहरुको क्षमता अभिवृद्धिको लागि कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

   उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले सहभागीहरुलाई नागरिकता,सिफारिस ,सामाजिक सुरक्षा भत्ताको विषयमा सहजिकरण गर्नुभएको थियो।यस्तै जिल्ला अदालत सर्लाहीका न्यायाधीश चन्द्रकान्त पौडेलले न्यायीक समित,म्याद तामेली,अन्य कानुनी व्यवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो भने जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदीले वडाका पदाधिकारीहरुको सुविधा तथा जिल्लाका अन्य समस्याहरु नदी,नाला,खोला,उत्खननमा कानुनी व्यवस्थाको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो।

   सोही अवसरमा सर्लाही जिल्लाबाट सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई जिसस प्रमुख सिंहले दोसल्ला ओढाएर मायाको चिनोसहित ससम्मान विदाई गर्नु भएको छ।

    जिसस प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यशाला गोष्ठीमा उप प्रमुख जितेन्द्र कुशवाहा,जिल्ला न्यायाधीश पौडेल ,सहायक प्रजिअ अधिकारी ,जिल्ला समन्वय अधिकारी सुवेदी लगायत विभिन्न पालिकाका उप प्रमुख ,उपाध्यक्ष र वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो।



 

सुपर 6 क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारीलाई

 सुपर 6 क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारीलाई



लोकतन्त्र समाचारदाता----

सर्लाही ८ माघ । 

   डिसहोम मलंगवाद्धारा आयोजित सुपर ६ क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारी बैंकले प्राप्त गरेको छ ।  

     सर्लाहीका ८ वटा बैंकहरुको सहभागितामा दुई दिन सम्म चलेको सुपर ६ क्रिक्रेट प्रतियोगिताको फाईनल खेलमा कुमारी बैंक तथा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेड पुगन सफल भएको थियो । यो दुबै टिम बिच भएको फाईनल खेलमा कुमारी बैंकले टस जितेर पहिलो बाईडिंग गरेको थियो । ५ ओभरको खेलमा कुमारी बैंकले ७६ रन बनाउन सफल भएको थियो । फाईनल जित्नका लागि मल्टी पर्पसलाई ७७ रनको लक्ष्य निर्धारण गर्नुपर्नेमा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडले जित्नको लागि ७७ रनको लक्ष्य पुरा गर्न सकेन । जम्मा ५ ओभरको खेलमा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडले मात्र ४६ रन बनाएर दोस्रो स्थान प्राप्त गरेको छ ।

    बैकर्सहरु बिच भएको सुपर ६ क्रिक्रेट प्रतियोगितामा मैन अफ द सिरिजको उपाधी कुमारी बैंककै अजमत हवाडीले पाउन सफल भए । मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सुपर ६ क्रिक्रेट प्रतियोगितामा विजयी भएका कुमारी बैंकलाई प्रथम पुरस्कार तथा दोस्रो भएका सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडका टिमलाई दोस्रो पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण समारोहमा लक्ष्मी इन्टरप्राइजेज जेनरल सप्लाएर्स मलंगवाका प्रोपराइटर सुवास गुप्ता , मलंगवा वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साह तथा मलंगवा वडा नं. ८ का वडाअध्यक्ष मुकेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

Sunday, January 22, 2023

विपद् व्यवस्थापन समिति द्वारा गोडैतामा न्यानो कम्बल वितरण

 विपद् व्यवस्थापन समिति द्वारा गोडैतामा न्यानो कम्बल वितरण

 

लोकतन्त्र समाचारदाता—

सर्लाही,माघ ८

   सामुदायिक दिगो विकास सेवा समाज मलंगवा सँगको समन्वयमा सर्लाही जिल्ला स्थित विपद् व्यवस्थापन समितिले सर्लाहीको गोडैता नगरपालिका वडा न-५ मा न्यानो कपडा वितरण गरेको छ।

समितिले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि  शीतलहरबाट प्रभावित स्थानीयबासीहरुलाई नेपाल सरकार र मधेस प्रदेश सरकारबाट प्राप्त रकमबाट खरिद गरि ११५ थान ब्ल्यांकेट वितरण गरेको सामुदायिक दिगो विकासका अध्यक्ष विरेन्द्र गुप्ताले जनाएको छ।

 

मलंगवामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धि सरोकारवाला सँग छलफल

 मलंगवामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धि  सरोकारवाला सँग छलफल 

 

मनोज यादव---

सर्लाही,माघ ८

   मलंगवा नगरपालिकामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धी सरोकारवालाहरु सँग छलफल गरिएको छ। आइतवार मलंगवा नगरपालिकाको आयोजना तथा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

    पुर्व मन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको विशिष्ट आतिथ्यतामा भएको छलफल कार्यक्रममा उपस्थित  सरोकारवालाहरुले नवनिर्मित बसपार्क संचालनको लागि नगरपालिकाले तयार पारेको कार्यविधि र बसपार्क सार्ने विषयमा आआफ्नो राय तथा सुझाव दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले कार्यविधि पढेर सुनाउनु भएको थियो।

   कार्यक्रममा उपस्थित अधिकांश व्यक्तिहरुले राज्यको यति ठूलो लगानीमा निर्माण भएको सम्पूर्ण सुविधा सम्पन्न बसपार्क जतिसक्दो चाँडो संचालनमा ल्याउन सुझाव दिएका थिए।साथै उनीहरूले बस गुड्ने रिंङ्गरोडको केही ठाउँमा यात्रु चढाउन र ओराल्नको लागि प्रतिक्षालयको निर्माण गर्नुपर्ने ,उक्त बाटोमा बनिरहेको नाला तुरुन्त निर्माण गर्नुपर्ने साथै सडक पनि यथासिघ्र पिचिङ्ग हुनुपर्ने सुझाव दिएका थिए।

   कार्यक्रममा उपस्थित बस व्यवसायी तथा छोटो दुरीमा चल्ने साना सवारीका संचालकहरुले पनि आआफ्नो गुनासो र सुझाव राखेका थिए।मलंगवा नपा वडा न-९ स्थित जनसागर पोखरी र बजारको छेउमा रहेको अहिलेको बसपार्क साँघुरो रहेको र यात्रु चढाउँदा र ओराल्दा सडकमा जाम लाग्ने गरेको र सुरक्षित  समेत नरहेकोले वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा नवनिर्मित बसपार्क सम्पूर्ण सुविधा सम्पन्न रहेको साथै सुरक्षाको दृष्टिकोणले पनि राम्रो रहेकोले आफुहरु  नयाँ बसपार्कमा जान तयार रहेको भन्दै बस व्यवसायीहरुले सहमति जनाएका थिए। 

     ८ करोड ३१ लाख रुपैयाको लागतमा निर्माण भएको उक्त बसपार्कको कुल क्षेत्रफल 

२५ रोपनी रहेको छ।यसमा सानाठूला गरि एकैसाथ ७२ वटा गाडीहरु पार्किङ गर्न सकिने निर्माण कम्पनी कन्काई इन्टरनेसनल विल्डर्स सुरुङ्गा,झापाले जनाएको छ। नवनिर्मित बसपार्कमा अढाई तल्लाको टर्मिनल भवन,पब्लिक शौचालय,खानेपानीको व्यवस्था ,यात्रु प्रतिक्षाालय,बास बस्न मिल्ने,वर्कसप एरिया र पार्किङ लगायतको सुविधाहरु रहेको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी गराए।

   नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रहरी उपरिक्षक नरेशराज सुवेदी ,जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्रा.प्र.नि.ईशवर कार्की,ट्राफिक प्रहरी मलंगवाका इन्चार्ज असई इन्द्र भुषण मिश्र,व्यवसायी संजय गुप्ता  लगायत वडाअध्यक्ष,न.पा कर्मचारी ,यातायात व्यवसायी ,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,व्यापारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।






लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा कबिलासीका पुरुष जनप्रतिनिधिहरु बिच अन्तरक्रिया

 


लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा कबिलासीका पुरुष जनप्रतिनिधिहरु बिच अन्तरक्रिया 



लोकतन्त्र समाचारदाता-----
सर्लाही,माघ ८

   शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा  कबिलासी नगरपालिकाका वडाअध्यक्ष तथा वडा सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।

  माण्डवी सर्लाहीको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त आइतवार उक्त  कार्यक्रम सम्पन्न भएको हो।

   कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के-कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र  कर्तव्यका  बारेमा अन्तरक्रिया गरिएको थियो।  

   उक्त कार्यक्रममा रमा पौडेलले  पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि  समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने, एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा सहजिकरण गरेका थिए।सो कार्यमा आफुहरुको पुर्ण साथ र सहयोग रहने पुरुष जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत गरेका थिए।

  माण्डवीको सहजिकरणमा मधेस प्रदेशको सर्लाहीसहित वारा, रौतहट,  महोत्तरी र धनुषा जिल्लाका २८ पालिकाहरुमा महिला नेतृत्व कार्यक्रम संचालन भैरहेको र यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने उद्देश्य लिएको माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।

   श्रेष्ठको अध्यक्षतामा मलंगवा-९ स्थित नवरंग होटलमा सम्पन्न भएको कार्यक्रममा माण्डवीका प्रतिनिधि लगायत कबिलासी नपा अन्तर्गतका १० वटा वडाका वडाअध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो।


Thursday, January 19, 2023

डिस होम फाइबर नेटले मलंगवामा क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने

 


डिस होम फाइबर नेटले मलंगवामा  क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने

लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ ५

    सर्लाहीको सदरमुकाम मलंगवामा "डिस होम फाइबर नेटकप कोपरेट सुपर 6 क्रिकेट टुर्नामेन्ट २०२३ को आयोजना हुने भएको छ।

    डिस होम फाइबर नेटको आयोजनामा मलंगवा नगरपालिका वडा नं-२ स्थित जिल्ला खेलकुद विकासको कवर्डहल खेल मैदानमा माघ ७ गते सनिवारदेखि माघ ८ गते आइतवारसम्म सहकारी बैंक र कमर्सियल बैंक बिच क्रिकेट टुर्नामेन्ट हुने  सुवास गुप्ताले जानकारी दिएको छ।

    उक्त टुर्नामेन्टमा सहकारी संस्था र वित्तिय संस्थाका कर्मचारीहरु बिच प्रतिस्पर्धा हुने र प्रतियोगितामा सहभागी हुने टिमले इन्ट्री फि बापत ११ हजार रुपैया बुझाउनुपर्ने  आयोजकले बताएको छ।
                   सहभागी टिमहरु:-

Wednesday, January 18, 2023

मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने

 


मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने

मनोज यादव---

सर्लाही,माघ ४

      मलंगवा नगरपालिकाको वडा न-२ मा नवनिर्मित बसपार्क  एक कार्यक्रमका बिच नगर प्रमुख नागेन्द्र प्रसाद यादव मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाले  बुधबार आयोजना गरेको एक कार्यक्रमका बीच ईकाइका प्रमुख प्रदिप खनालले नगर प्रमुख यादवलाई बसपार्क हस्तान्तरण गरेको हो ।

   कार्यक्रममा नगर प्रमुख यादवले उक्त  बसपार्कको निर्माणले नगर व्यवस्थित हुनुका साथै नगरको विकासमा समेत टेवा पुर्याउने बताए।


    नगरपालिकाको सभा हलमा आयोजना भएको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले  सुविधासम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा ईकाइ प्रमुख र निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए।

   मलंगवा नपा वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा निर्माण भएको उक्त बसपार्कको जम्मा क्षेत्रफल १२५७५.९ व.मि(२५ रोपनी) रहेको छ।कन्काई इन्टरनेशनल विल्डर्स सुरुङ्गा,झापाले निर्माणको जिम्मा पाएको उक्त बसपार्कमा जम्मा  ८ करोड ३१ लाख रुपैयाको लगानी लागेको छ।

   नवनिर्मित बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरि ७२ वटा गाडीहरु पार्किङ गर्न सक्ने क्षमता रहेको र यसमा अढाई तल्ले टर्मिनल भवन,पब्लिक शौचालय ,खानेपानीको व्यवस्था ,यात्रु प्रतिक्षालय,वर्कसप एरिया,पार्किङ लगायतका सुविधाहरु रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।

   बसपार्क हस्तान्तरण हुनु पुर्व बुधबार बिहान नगरप्रमुख यादव,प्रमुख प्रशासकीय अधिकृत गौतम,मलंगवा नपा वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह लगायत प्राविधिक तथा कर्मचारीहरुको टोलीले नवनिर्मित बसपार्कको निरिक्षण गरेका थिए।

   बसपार्कको यही माघ १८ गतेभित्र विधिवत रुपमा समारोहको आयोजना गरि उद्घाटन गरिने हस्तान्तरण कार्यक्रमका संचालक एवं न.पा का कार्यक्रम अधिकृत राजकुमार अधिकरीले जनाएको छ।


नगर प्रमुख यादवद्वारा मलंगवामा मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन

 

नगर प्रमुख यादवद्वारा मलंगवामा मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४

    मलंगवा पालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले मलंगवा नगर पालिका वडा न-९ मा  आयोजित निःशुल्क मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन गरेका छन् ।

   सगरमाथा आवासीय अंग्रेजी  स्कुलमा बुधबार आयोजित उक्त  शिविरको नगर प्रमुख यादवले उद्घाटन गरेका हुन् ।सर्लाही समाजसेवी कल्याणकारी परिवारको आयोजनमा निःशुल्क शिविर संचालन गरिएको हो।

   "तपाईंको सानो सहयोगले मैले संसार देख्न पाउँ" भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा जीवनको सर्वोत्तम कार्य भन्ने उदेश्य लिएर विगत १५ वर्षदेखि मलंगवामा नि:शुल्क रुपमा आँखाको जाँच तथा अप्रेसन शिविर संचालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गर्दै जाने कल्याणकारी परिवारका अध्यक्ष सुवास कर्णले बताए।

  सर्लाही समाजसेवी कल्याणकारी परिवार तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको संयुक्त आयोजना तथा मलंगवा नगरपालिकाको सहयोगमा उक्त शिविर माघ ४ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने उद्घाटन कार्यक्रमका संचालक विभास कर्णले जनाएको छ।

  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.कमल बहादुर खड्काको नेतृत्वमा डा.श्रृचा मंडल,कृष्टिना केसी,रजनी थापा,भाग्य साह,श्याम श्रेष्ठ ,प्रतिभा कटुवाल ,नवीन बुढाथोकी ,र राजेन्द्र गिरीसहितको चिकित्सकहरुको टोलीले आँखाको जाँच र मोतियाबिन्दुको अप्रेसन गर्ने छन्।