Monday, August 31, 2020

मलंगवा नगरपालिकाले सामुदायिक विद्यालयका कर्मचारीहरुको कोरोना बिमा गर्ने

 



लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ १५
     पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमा फैलिंदै गएपछि मलंगवा नगरपालिकाले यस पालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको नि:शुल्क कोरोना बिमा गर्ने भएको छ ।
    राष्ट्रसेवक कर्मचारीहरुको पूर्ण बिमा शुल्क अनुदानमा कोरोना बिमा हुने व्यवस्था बमोजिम मलंगवा न.पा अन्तर्गत संचालित सामुदायिक विद्यालयमा सरकारी कोषबाट तलब सुविधा खाने स्थायी शिक्षक , करार/राहत ,बालविकास तथा विद्यालय कर्मचारीहरुको प्रति ब्यक्ति एक -एक लाखको दरले नि:शुल्क कोरोना बिमा गरिने प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो ।
    यसका लागि नगरपालिकाले सम्बन्धित कर्मचारीहरुलाई आआफ्नो विवरण पठाउन सूचना जारी गरिसकेको छ ।

आज सर्लाहीमा झण्डै सयजना कोरोना संक्रमित थपियो

 


*


*संक्रमितको संख्या १६ सय ६३ पुग्यो**
सर्लाही ,भदौ १५
    सर्लाहीमा आज (सोमबार) ठुलो संख्यामा  कोरोना भाइरस(कोभिड १९)का संक्रमितहरु थपिएका  छन् ।    
       जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले दिएको जानकारी   अनुसार आज(सोमबार ) जिल्लाको गोडैता नगरपालिका तथा ब्रम्हपुरी,धनकौल र रामनगर गाउँपालिकामा गरि  ९९ जना ब्यक्तिहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो
सोमबार संक्रमण पुष्टि भएकाहरु मध्ये गोडैता नगरपालिकामा ५ जना, ब्रम्हपुरी गाउँपालिकामा सबैभन्दा धेरै ८० जना ,धनकौल गाउँपालिकामा ७ जना र रामनगर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाए  ।  त्यसमध्ये ९६ जनाको ठेगाना खुलिसकेको र ३ जनाको ठेगाना खुलाउने प्रयास भईरहेको कार्यालयले  जानकारी दिए ।
     आज  थपिएका  सबै  कोरोना संक्रमितहरु समुदाय स्तरकै भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए । लकडाउनको उल्लंघन गर्दै स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकहरुले गुनासो गरेका छन्  ।यो सँगै सर्लाहीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ सय ६३ पुगेको छ ।

Sunday, August 30, 2020

पिसिआर मेसिन सर्लाहीमा ल्याउन जिल्लाका माननीयहरु लाई सुझाव

 


मनोज यादव-----
सर्लाही ,भदौ १४
    कोरोना भाइरसका कारण सर्लाही जिल्ला समेत जोखिम र गम्भीर अवस्थामा पुगेको भन्दै नियन्त्रणका उपायहरु लाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन र जिल्लामै कोरोना परिक्षण गर्न एउटा पिसिआर मेसिनको खरिद गर्न नेपाली काँग्रेसका नेता एवं संघीय सांसद नागेन्द्र रायले चारवटै निर्वाचन क्षेत्रका माननीय सांसदहरूलाई सुझाव दिनुभएको छ ।
     जिल्लामा  कोरोना भाईरसको संक्रमण तथा संक्रमितहरु बढीरहेको अवस्थामा केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले टेस्टिङ मेसिन, पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री ,क्वारेनटिन, आइसोलेसन, भेन्टिलटर जस्ता अति आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्न नसेकेको गुनासो बढेको  उल्लेख गर्दै अहिलेको अवस्थामा  विकासको काम भन्दा मतदाता हरूको ज्यान जोगाउन जरूरी भएकोले यस जिल्लाको लागी एकथान पिसिआर मेसिन चारवटै निर्वाचन क्षेत्रका  सांसदहरु  मिलेर खरिद गर्न सांसद रायले सुझाव दिनुभयो । प्रदेश २ को सर्लाही जिल्लामा  संक्रमण तीव्र गतिमा फैलिरहेकोले जिल्लामा नै पिसिआर परिक्षण मेशिन उपलव्ध गराउन नेपाली काग्रेसका नेता एवं सांसद रायले माग राखेका छन । घरघरमा कोरोनाको टेस्ट गर्न आवश्यकता रहेकोे उनको भनाइ छ ।
    यस्तै विभिन्न सामाजीक संजालहरु मार्फत  युवा, विद्यार्थी लगायत बिभिन्न पेशा व्यवसायमा लागेकाहरुले पनि सर्लाहीमै कोराना परिक्षण गर्ने पिसिआर मेसिन  ल्याउन संघिय , प्रदेश तथा स्थानिय तह सँग  आग्रह गरेका छन ।समुदाय स्तमा नै कोरानो देखा परेका ले परिक्षणको दायरा बढाउन समेत माग गरीएको छ ।

चार वटै निर्वाचन क्षेत्र र २० वटै स्थानिय तहले बजेट व्यवस्थापन गरेर भएपनि पिसिआर मेसिन ल्याउन सर्लाही  बासीले माग गरेका छन । 



सर्लाहीमा चौथो पटक थपियो लकडाउन

 

भदौ १५ गतेदेखि भदौ  २१ गते सम्म जिल्ला भर निषेधाज्ञा


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ १४
     जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकबाट सर्लाहीमा चौथो पटक फेरि एक साताको लागि लकडाउन गरिएको  छ ।आज दिउँसो जिल्लाका २० वटै पालिका प्रमुख, राजनीतिक दलका प्रतिनिधि  नागरिक समाजका प्रतिनिधि,सुरक्षा प्रमुख , स्वास्थ्यकर्मी लगायत बीच भएको  छलफल पश्चात् भोली (सोमबार) भदौ १५ गते बाट भदौ २१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा  जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।यस अघि जिल्लामा सात-सात दिन को तीन पटक  निषेधाज्ञा लगाइ सकिएको छ ।यो चौथो पटक हो ।
    सो अवधीभर अत्यावश्यक काम बाहेक कुनैपनि सरकारी तथा गैर सरकारी कार्यालयहरु खोल्न नपाईने,  निजी तथा सार्वजनिक भाडाका सवारी साधन चलाउन नपाईने , दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलको हकमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खोल्न पाईने प्रजिअ पौडेलले बताए ।त्यस्तै  बैंक तथा वितिय संस्थाहरु भरसक भर्चुअल अथवा पूर्व निर्धारित  टोकन प्रणाली वा विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने र त्यस्तो सम्भव नभएमा राष्ट्र बैंकले तोके अनुसार सिमित कर्मचारीहरु राखेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय संचालन गर्न पाउने छन् ।
    दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल तथा बैंक एवं वित्तीय  संस्थाहरुले हात धुने साबुन पानी वा सेनिटाईजरको व्यवस्था गरेर भौतिक दुरी कायम गरि अनिवार्य रुपमा  मास्क लगाएर मात्र  सेवा प्रदान गर्नुपर्ने छ ।अनुगमनका क्रममा त्यस्तो गरेको नपाईएको खण्डमा  कडा कार्यवाही  गरिने प्रजिअ पौडेलले बताए । दैनिक उपभोग्य र अत्यावश्यक सामान बाहेक हाटबजार, होटल लगायतका व्यवसाय पूर्ण रुपमा बन्द गर्नुपर्ने छ ।
     कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन  बढ्ने क्रममा  रहेकाले सरोकारवाला सबै पक्ष, तह र तप्काले कडाईका साथ आदेशको पालना गर्न र गराउन आग्रह गर्दै आदेश उल्लंघन गर्नेमाथि कानून बमोजिम काबाही हुने प्रजिअ पौडेलले  बताउनुभयो ।

Saturday, August 29, 2020

पानीमा डुबेर बालिका पुनम र किशोरी पुनमको ज्यान गयो ।



लोकतन्त्र समाचारदाता -------
सर्लाही ,भदौ १३
     सर्लाहीको बरहथवामा एक बालिका र एक किशोरी गरि दुईजनाको पानीमा  डुबेर मृत्यु भएको छ।

      गत बिहिवार बरहथवा नगरपालिका वडा न- ३  पथलैया चौक बस्ने नवीन कुमार महतोकी ३ वर्षीया छोरी पुनम कुमारीको  घरको आँगनमा  रहेको कल नजिकै पानी जम्मा गर्न बनाइएको  खाल्डोमा  जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    त्यस्तै सोही नगरपालिकाको वडा न- १० सीतापुर घर भई हाल वडा न- ९ स्थित मुर्तियामा आफ्नो हजुर आमाको घरमा बस्दै आएकी रामबाबु महतोकी अन्दाजी१७ /१८ वर्षिया  छोरी पुनम महतोको वर्षातको पानी जमेको खाल्डोमा लडी  त्यसमा डुबेर मृत्यु भएको छ । मृतक किशोरी पहिलादेखिनै छारे रोगको बिरामी भएको र उनी घरका कुनैपनि सदस्यलाई जानकारी नदिइ घरबाट एक्लै  निस्केकी थिइन ।निजको शव वर्षातको पानी जमेको खाल्डोमा मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।
   दुवैजनाको  शव मलंगवा स्थित जिल्ला अस्पतालमा पोस्टमार्टम गरि सदगदका  लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

बरहथवामा झुन्डिएर एक पुरुषको मृत्यु



सर्लाही ,भदौ १३
     सर्लाहीको बरहथवामा आफ्नै घरमा  झुन्डिएर एक पुरुषको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा न-१६,प्रेमनगर  बस्ने रामदेव महराको ४०   वर्षीय छोरा दिपक राम  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दिपकले गत बिहीबार दिउँसो आफ्नै घरको बाँसको धरन(बलो)मा साडीको पासो लगाई झुन्डिएकोे अवस्थामा निजकी श्रीमतीले देखेपछि इलाका प्रहरी कार्यालय मुर्तियालाई खबर गरेकी थिइन ।
    घटनाको विषयमा अनुसंधान भइरहेको जिप्रका सर्लाहीले जानकारी दिएको छ 

मलंगवाको आइसोलेसनबाट सनिवार १२ जना डिस्चार्ज





लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ १३
     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित कृष्णा चौकमा  रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा संचालक  कोरोना आइसोलेसन वार्डबाट आज (सनिवार)१२  जना डिस्चार्ज  भएका छन् ।      पुनःपरिक्षणको लागि पठाईएको स्वाब मध्येबाट  १२ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई निरोगिताको प्रमाणपत्रका साथ डिस्चार्ज गरिएको आइसोलेसन वार्डका डिउटी इन्चार्ज कृष्ण कुमार कापडले जनाएको छ ।
    आज डिस्चार्ज हुनेहरुमा ब्रम्हपुरी गाउँपालिका-७ का ५६ वर्षिय रामपरिक्षण साह,सोही वडाका ३२ वर्षिय परविन साह,ब्रम्हपुरी-२ का ४९ वर्षिय जय प्रकाश प्रसाद,सोही वडाकी ४६ वर्षिया महिला कृष्णा देवी साह,ब्रम्हपुरी-३ का ४० वर्षिय जयलाल साह,सोही वडाका ४१ वर्षिय राजाराम साह, ४५ वर्षिय हरिचन कापड त्यस्तै इश्वरपुर नगरपालिका -८ का ५० वर्षिय जय नारायण सिंह,गोडैता नगरपालिका -११ का ५८ वर्षिय फेकन ठाकुर , सोही वडाका २५ वर्षिय चुनचुन ठाकुर,२८ वर्षिय जयनारायण सहनी तथा सोही नगरपालिका वडा न-४ का ३५ वर्षिय संजय राउत रहेकोे आइसोलेसनमा खटिएका अर्का कर्मचारी सुनिल राउतले जानकारी दिए ।
   १२ जना डिस्चार्ज भए पछि अहिले उक्त आइसोलेसनमा जिल्लाको पर्सा र ब्रम्हपुरी गाउँपालिका २ जना ब्यक्ति मात्र उपचारको क्रममा रहेको आइसोलेसन इन्चार्ज कापडले बताए ।

सशस्त्र प्रहरीद्वारा १० किलो गाँजा बरामद



सर्लाही ,भदौ १३ 
     सशस्त्र प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-७ बाट १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
    सशस्त्र प्रहरीको सागरनाथ स्थित बेश क्याम्पबाट खटिएको  सशस्त्र प्रहरीको टोलीले दक्षिण (भारत)तर्फ गइरहेको BR06A Q 9554 ननम्बरको  मोटरसाइकलबाट १० किलो लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा लगिरहेको ब्यक्ति  भने सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले बताए । बरामद गरिएको गाँजा र मोटरसाइकल आवश्यक कार्यवाहीका लागि ईलाका प्रहरी कार्यालय केशरगन्ज, (बयलवास)मा बुझाइएको सशस्त्र प्रहरीका एसपी  श्रेष्ठले जानकारी दिए ।

गम्हरियाका २ जना ब्यक्ति लागुऔषध सहित प्रहरी हिरासतमा





लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ १३
      सिमावर्ती भारतको सोनवर्षा बजारबाट मलंगवा तर्फ ल्याउँदै गरेको १ सय ४८ बोतल लागुऔषध सहित मलंगवा नगरपालिका वडा न-११ गम्हरियाका  दुइजना ब्यक्तिलाई सशस्त्र प्रहरीले  पक्राउ गरेको छ ।
   सशस्त्र प्रहरीले शुक्रवार अपराह्न ३ बजे मलंगवा वडा न -९ स्थित सार्वजनिक सडकमा  भारतको सोनवर्षा तर्फबाट मलंगवा तर्फ लागुऔषध लिएर आउँदै गरेको BR30 H 6323 नम्बरको मोटरसाइकलमा सवार दुई जना  व्यक्ति मध्ये मलंगवा नपा वडा न-११ गम्हरिया बस्ने पन्नेलाल रायका छोरा वर्ष २० का रुपेश रायलाई पक्राउ गरेको छ भने उनी सँगैको अर्का ब्यक्ति  फरार भएका छन् । उनको साथबाट लागुऔषध वालरेक्स (१०० ml)१०० बोतल र दुइवटा मोबाइल फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ । 
    यस्तै सोही दिन बिहान बोडर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरी टोलीले गस्ती गर्ने क्रममा मलंगवा -९ स्थित राजदेवी मन्दिर नजिकै भारतको सोनवर्षाबाट प्लास्टिकको झोलामा राखेर ल्याउँदै गरेको १०० ml को लागुऔषध वालरेक्स ४८बोतल सहित वडा न-११ गम्हरिया बस्ने राजदेव साह कानुका छोरा वर्ष २६ को शम्भु कुमार साह कानुलाई पक्राउ गरेको छ ।
   लागुऔषध सहित पक्राउ परेका दुवैजना उपर लागुऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता गरि अनुसंधान सुरु भएको जि.प्र.का सर्लाहीले जनाएको छ ।

लागुऔषध सहित दुइजना पक्राउ




लोकतन्त्र समाचारदाता----
सर्लाही भदौ १३
     सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगरबाट आज बिहान(सनिवार )लागुऔषध सहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
    सनिवार बिहान साढे ७ बजेको समयमा  प्रहरी चौकी त्रिभुवननगरबाट प्रहरी नायव निरिक्षक दिनेश पंडितको कमान्डमा खटिएको प्रहरीको गस्ती टोलीले  ब्रम्हपुरी गाउँपालिका-४ त्रिभुवननगरमा भारतको सोनवर्षा तर्फबाट बोरा भित्र राखेर साइकलमा ल्याएको  लागुऔषध वालरेक्स (१०० एम.एल) १०८ बोतल बरामद गरेको छ ।लागुऔषध ल्याउने ब्यक्ति प्रहरीलाई देख्नेबित्तिकै साइकल र बोरा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
       लागुऔषध छाडेर भाग्ने ब्यक्तिको खोजतलास गर्दै जाने क्रममा प्रहरीले बिहान ८ बजे त्रिभुवननगरमै बोरा फालेर भाग्ने  ब्यक्ति सँग हुलिया मिल्ने दुइजना ब्यक्तिहरुलाई JH01 AP 6266 नम्बरको पल्सर मोटरसाइकल  सशंकित अवस्थामा आइरहेका मोटरसाइकल चालक मलंगवा नगरपालिका वडा न-१२ गम्हरिया बस्ने रामेश्वर रायको २४ वर्षिय छोरा बिरेन्द्र राय र पछाडि बसेका सोही ठाउँ बस्ने लालबाबु दासका २३ वर्षिय छोरा दिलिप दासलाई पक्राउ गरेको छ ।
   पक्राउ परेका दुवैजना उपर लागुऔषध मुद्दा दर्ता गरि आवश्यक कार्यवाही सुरु गरिएको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।

Thursday, August 27, 2020

सर्लाहीलाई कोरोना मुक्त बनाउन सिडियो पौडेलले दिए जनप्रतिनिधिलाई सुझाव




लोकतन्त्र समाचारदाता---
सर्लाही, भदौ ११
    कोरोना भाइरसको फैलिंदो संक्रमणको  रोकथाम र न्युनिकरणका लागि सम्पूर्ण  जनप्रतिनिधि तथा  स्वास्थ्यकर्मीहरुको साथ र सहयोग चाहिने बताउनुहुँदै सर्लाहीलाई कोरोना मुक्त बनाउन अझ सशक्त  रुपमा लाग्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई सुझाव दिनुभएको छ ।
     जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं  प्रमुख जिल्ला अधिकारी  पौडेलले आआफ्नो स्थानीय तहको आइसोलेसन तथा बजार व्यवस्थापनमा सक्रियता पुर्वक लाग्न जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु सँग आग्रह गर्नुभएको छ । गत मंगलबार हरिवन नगरपालिकाले संचालन गरेको स्वाब संकलन तथा आइसोलेसन वार्डको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उहाँले  यस्तो सुझाब दिनु भएको हो ।
   आइसोलेसन वार्डको झमता बिस्तार ,बजार अनुगमनमा कडाईको साथै अत्यावश्यक  काम बाहेक खुल्ला रुपमा हिंडडुल गर्ने उपर कार्यवाही गर्न  प्रजिअ पौडेलले पालिका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

सर्लाहीका नयाँ एस.पी संतोष सिंह राठौर द्वारा कामकाज सुरु




लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ ११
      सर्लाही जिल्लाका प्रहरी प्रमुख एस.पी सन्तोष सिंह राठौरले बुधबारबाट आफनो जिम्मेवारी सम्हाल्नु भएको छ।
    एस.पी राठौर गत बुधबार  महानगरिय प्रहरी कार्यालय विशेष सुरक्षा शाखा रानीपोखरी, काठमाण्डौंबाट जिल्ला प्रहरी कार्यालय सर्लाही आइपुग्नु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  हो ।उहाँले  हाजिर भएकै दिनदेखि सर्लाहीको जिम्मेवारी सम्हाल्नु भएको छ । 
    यसअघिका एस.पी विश्वमणि पोखरेलको  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाण्डौंमा सरुवा भएको छ । उहाँ  गत आइतवार नै काठमाण्डौं गइसक्नु भएको  छ ।

ब्रोइलर कुखुराको भाउ घटेपछि उपभोक्ता खुसी ,पोल्ट्री फार्मवाला मारमा


 


लोकतन्त्र समाचारदाता--- 
     ब्रोइलर कुखुराको मूल्यमा एकाएक गिरावट आएपछि एकातिर उपभोक्ताहरु खुसी भएका छन् भने अर्कोतिर कुखुरा उत्पादक किसानहरुलाई मार परेका  छन् ।
     कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सर्लाही जिल्लाभर निषेधाज्ञा लागु  भई बजारहरु  बन्द हुँदा अहिले कुखुराको भाउ पहिलाको भन्दा आधाले  घटेको छ ।सदरमुकाम मलंगवा एकसाता अगाडि प्रतिकिलो ४ सय रुपैयाँ भन्दा बढीमा बिक्री हँदै आएको काटेको ब्रोइलर कुखुराको भाउ अहिले घटेर प्रतिकिलो २ सय २० देखि २ सय ४० रुपैयाँमा झरेको छ । जिउँदो ब्रोइलर कुखुरा अहिले मुस्किलले १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको कविलासी नगरपालिका वडा न-९  सलेमपुरका कुखुरा पालक किसान ठगा साहले गुनासो गरे ।अहिलेको मूल्यमा कुखुरा बिक्री गर्दा लागत उठाउन समेत मुस्किल परेको कुखुरा पालक किसान साहले गुनासो गरे ।
   महँगोमा दाना किनेर खुवाए हुर्काएको  कुखुरा अहिले सस्तोमा बिक्री गर्नुपर्दा लागत उठाउन मुस्किल परेको कुखुरा पालक किसान साहले बताए ।सर्लाहीका पोल्ट्री फार्मवलाहरुले लकडाउनको समयमा उत्पादन गरेका  कुखुराहरु बजार क्षेत्रमा खुलेका केही  फ्रेस हाउस(मासु पसल) र ग्रामीण क्षेत्रका सानातिना बजारमा  खपत भइरहेको छ ।अहिले बजारमा तरकारीको भन्दा ब्रोइलर कुखुराको भाउ कम भएको उपभोक्ताहरु बताउँछन् ।

पूर्व राष्ट्रिय सभा सांसद पासवानको पहलमा अपांगलाई राहत

 



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ ११
    पूर्व राष्ट्रिय सभाका सांसद रामपृत पासवानको पहलमा अपांगता भएका ब्यक्ति तथा विपन्न परिवारलाई विभिन्न राहत सामाग्रीहरु वितरण गरिएको छ ।
   सांसद पासवानको पहलमा बुधबार सर्लाहीको कविलासी नगरपालिका वडा न-७ का अपांगता भएका ब्यक्ति ,दलित तथा  विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। प्रति परिवार साड़ी एक थान साडी , एक थान मच्छरझुल,  एक थान तौलिया , एक थान गमछा, एक प्याकेट सेनेटरी , दुइ थान माक्स, एक थान साबुन,चिनी , दाल ,चामल र खाने तेल लगायतका सामाग्री बितरण गरियो छ ।

Tuesday, August 25, 2020

सर्लाहीमा आज(मंगलबार )ठुलो संख्यामा कोरोना संक्रमित थपिए

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ ९
   सर्लाहीमा आज(मंगलबार )ठुलो संख्यामा कोरोना भाइरस संक्रमितहरु थपिएका छन् ।जिल्लाका  विभिन्न पालिकाहरुमा गरि एकैसाथ  ८४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । आज गोडैता र बागमती नगरपालिका तथा पर्सा गाउँपालिकामा संक्रमितहरु थपिएका छन्।
    गोडैता नगरपालिकाका ४० जना, बागमती नगरपालिकाका १० जना र पर्सा गाउँपालिकाका ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
   समुदाय स्तरमा कोरोना फैलिएपछि  जिल्लाभर लकडाउन लगाइएको भएपनि स्थानीयहरुले यसको पालना गरेका छैनन् ।जसले गर्दा जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।



२ किलो गाजाँ सहित अर्नाहाबाट एक पुरुष पक्राउ




लोकतन्त्र समाचारदाता----

सर्लाही ,भदौ ९ 

     प्रहरीले सर्लाहीको बलराबाट लागुऔषध गाँजा सहित एक पुरुषलाई  नियन्त्रणमा लिएको छ । 

   आज(मंगलबार ) दिउँसो १ बजे बलरा नगरपालिका वडा न-५ अर्नाहाबाट  प्रहरी चौकि अर्नाहाबाट खटिएको प्रहरी टोलिले २ किलो गाँजा सहित गोडैता नगरपालिका वडा न-९ बस्ने ५५ वर्षिय उपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको हो । ज ७ प २७९३ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई कपडामा बेरेर लैजादै गरेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच गर्दा ठाकुरको साथबाट उक्त मात्रामा लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    पक्राउ परेका ठाकुर माथि लागुऔषध ओसारपसारमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मिले जानकारी दिएको छ ।



 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ९ 

     प्रहरीले सर्लाहीको बलराबाट लागुऔषध गाँजा सहित एक पुरुषलाई  नियन्त्रणमा लिएको छ । 

   आज(मंगलबार ) दिउँसो १ बजे बलरा नगरपालिका वडा न-५ अर्नाहाबाट  प्रहरी चौकि अर्नाहाबाट खटिएको प्रहरी टोलिले २ किलो गाँजा सहित गोडैता नगरपालिका वडा न-९ बस्ने ५५ वर्षिय उपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको हो । ज ७ प २७९३ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई कपडामा बेरेर लैजादै गरेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच गर्दा ठाकुरको साथबाट उक्त मात्रामा लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    पक्राउ परेका ठाकुर माथि लागुऔषध ओसारपसारमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मिले जानकारी दिएको छ ।



लागुऔषध सहित दुई युवक प्रहरीको नियन्त्रणमा

 


 लोकतन्त्र समाचारदाता -----
सर्लाही,भदौ ९
    सोमवार  सर्लाहीको दुई बेग्लाबेग्लै स्थानबाट  लागुऔषध सहित दुई जना युवक पक्राउ परेका छन्  ।
     जिल्लाको गोडैता नगरपालिका वडा न- ४ ,रोहुवामा   गडहियाबाट मलंगवा तर्फ आउँदै गरेको बा.१९ प.५३५२ नं.को मोटरसाइकलमा शिखर गुटखाको  झोला भित्र लुकाएर लाँदै गरेको  ९० वोतल लागुऔषध वालरेक्स सहित बसबरिया गाउँपालिका वडा न-३ बस्ने ३६ वर्षिय विकास कुमार मण्डललाई  प्रहरीले नियन्त्रणमा लिएको छ।
   यसैगरी जिल्लाको हरिवन नगरपालिका वडा न-५ घुर्कौली चौक स्थित  भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको बा.६२ प .४६४१ न.को मोटरसाइकलमा लुकाई छिपाई लाँदै गरेको लागुऔषध  डाइलेक्स डिसि १०१ बोतल,वालरेक्स १९८ बोतल,नाईटट्रोभेट ९०० पिस,स्पास्मो २०० पिस सहित हरिवन न.पा वडा न-६ बस्ने २१ वर्षिय नबरत्न कुशवाहालाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

हुकिङ्ग गरेको तारमा करेन्ट लागेर एक पुरुषकोे मृत्यु

 


लोकतन्त्र समाचारदाता--- 
सर्लाही, भदौ ९
    सर्लाहीको इश्वरपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर ईश्वरपुर नगरपालिका वडा न-२ का ४५ वर्षिय राम ईश्वर पासवानको मृत्यु भएको हो ।
    सोमबार  बिहान जिल्लाको  ब्रहम्पुरी गाउँपालिका वडा न-१ मा स्थानीय  सुरेश साह तेलीको घरमा मजदुरी गरिरहेका पासवानको  काम गर्ने क्रममा मोटरको तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  साहको घर निर्माण कार्य चलिरहेकोले घर पलास्टर गर्ने क्रममा पानि लिन पासवान गएका थिए तर साहको घरमा हुकिङ्ग गरेर डाइरेक्ट विद्युत जडान भएकाले पासवानलाई मोटरको तारमा करेन्ट लागी मृत्यु भएको हुन सक्ने स्थानियहरुले  अनुमान गरेका छन् ।
मृतकको शव  पोष्टमार्टमका लागि जिल्ला  अस्पताल,मलंगवामा राखिएको छ ।घटनको विषयमा अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पूर्व मन्त्री सोनेलाल राय यादवको खुटौनामा ससम्मान दाहसंस्कार गरियो


लोकतन्त्र समाचारदाता---

सर्लाही , भदौ ९

     पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको मंगलबार गृह जिल्ला सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ स्थित खुटौनामा  ससम्मान दाहसंस्कार गरिएको छ । उहाँको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल )को झण्डा ओढाएर प्रहरीको सलामीका साथ ससम्मान दाहसंस्कार गरिएको छ ।उहाँको दाहसंस्कारमा विभिन्न क्षेत्र सँग आबद्ध भद्रभलादमी तथा विभिन्न ओहोदाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

     मन्त्री यादवको ७२ वर्षको उमेरमा सोमबार काठमाडौ स्थित वीर अस्पतालमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको थियो । उहाँ ६३ दिनदेखि वीर अस्पतालको आईसियुमा उपचारार्थ रहेको  उनका कान्छा छोरा लालबाबु   यादवले जानकारी दिए ।

   यादवकी श्रीमती कैलाशदेवी यादव सहित दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।

    राजाको प्रत्यक्ष शासन कालमा यादव सहायक गृह  राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँ  २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख  थिए ।



ट्याक्टरको ठक्करबाट सर्लाहीमा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

 

अजिता चौधरी -----

सर्लाही ,भदौ ९
   सर्लाहीको  रामनगर गाउँपालिका वडा न–७, मा ट्रेक्टरले मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकल चालक सशस्त्र प्रहरीका एकजना  सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा  हरिपुर नगरपालिका वडा न–८,जगतपुर टोल घर भएका ३० वर्षिय दिलिप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    कोरोना संक्रमितहरुलाई राखिएको आइसोलेसनको अवस्था बुझ्न भनि  खटिएका चौधरीलाई सोमवार साँझ गडहीया गाउँबाट प्रदेश २–०३–००२५२१० नम्वरको मोटरसाइकलमा बरहथवातर्फ आउने क्रममा  नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रेक्टरले ठक्कर दिएर गम्भीर घाईते भएका   चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल, मलंगवा ल्याउँदा  चिकित्सकले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए ।
    मृतक स.प्र . हवल्दार चौधरीको  कविलासी नगरपालिकाको अगर्वा स्थित सशस्त्र प्रहरीको १० नं. गणमा दरबन्दी भएपनि हाल उनी बोर्डर आउष्ट पोष्ट (बीओपी) छतौनामा कार्यरत थिए । प्रहरीले दुर्घटनामा संलग्न ट्रेक्टर र त्यसका चालक बलरा नगरपालिका वडा न–९ बस्ने  १६ वर्षिय किशोर रन्जन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको डिएसपी कुवँरले बताए ।मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टम गरि आफन्तलाई बुझाइएको छ ।

Monday, August 24, 2020

पूर्व मन्त्री सोनेलाल राय यादवको निधन, भोलि दाहसंस्कार गरिने

 








सर्लाही , भदौ ८

     पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको निधन भएको छ । यादवको आज वीर अस्पतालमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको उनका जेठा छोरा रागोपाल राय यादवले जानकारी दिए । ७२ वर्षीय यादव वीर अस्प्तालको आईसियुमा उपचारार्थ थिए ।

   उहाँ  ६३ दिनदेखि वीरमै उपारार्थ थिए । सर्लाही साविक खुटौना गाविस वडा नम्बर ४ (हाल मलंगवा नगरपालिका वडा नम्बर ६) घर भएका यादवकी श्रीमती कैलाशदेवी यादव, दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।

   मृत्तक यादवका जेठो छोरा रामगोपालका अनुसार वीरमा ल्याउनुअघि उनलाई काठमाडौंको ओम अस्प्तालमा एक हप्ता राखिएको थियो । मेनिजाईटिस भएपछि यादवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो । राजाको प्रत्यक्ष शासन कालमा यादव गृह सहायक राज्यमन्त्री थिए। 

    यादवको शव आजै जिल्ला लगिने र भोलि दाहसंस्कार गरिने परिवारले जनाएको छ । यादव २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख थिए ।



Sunday, August 23, 2020

हत्यारालाई कार्यवाही तथा पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइयो

लोकतन्त्र समाचारदाता-----

रौतहट ,भदौ ७

    यहीँ भदौ ३ गतेका दिन राति ९ : १५ मिनेटको समयमा नेपालको धरोहर, हिन्दू पहिचान, हाम्रो संस्कृतिको संरक्षक माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी श्री हनुमान मन्दिरको पुजारी सन्त पुज्नी बाबा श्रीराम साह ज्यूलाई अज्ञात समूहले खाना खादै गरेको क्रममा गोली हानी हत्या गरेको थियो । 


सो घटना भएको आज ४ दिन वितिसक्दा पनि हाल सम्म एउटा पनि हत्याराको पक्राउ वा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा सार्वजनिक नभएको हुनाले यथा शिघ्र हत्याराको पहिचान गरि कानुनको दायरामा ल्याइ सन्त जस्तो व्यक्तिको हत्या भएको छ तर त्यस्ता निन्दनीय कार्य गर्नेलाई फासीको वा सो भन्दा ठूलो सजाए भएको भए अविलम्ब कार्वाही गर्न माग सहित स्व. पुज्य श्रीराम साह ज्यूलाई सहिद घोषणाको लागि हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समिति द्वारा प्रधानमन्त्रीको कार्यालयका जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ज्यू मार्फत ज्ञापनपत्र बुझाएको छ ।


प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यूलाई ज्ञापनपत्र बुझाउदै हिन्दू परिषद नेपाल रौतहटका संयोजक ओमप्रकाश साह, जिल्ला प्रवक्ता अभिमनु कुमार पटेल, गौर नगरपालिकाका नगर अध्यक्ष बिनोद उपाध्याय, देवाही गोनाही नगरपालिकाका नगर अध्यक्ष मनोज साह, यमुनामाई गाउँपालिकाका अध्यक्ष निरज साह, ईशनाथ नगरपालिकाका अध्यक्ष बिनोद यादव लगायत अन्य स्थानीय प्रमुख यो संगठनको सदस्यहरूको उपस्थिति रहेको थियो ।

कविलासीबाट ठुलो परिमाणमा अवैध सुर्ती बरामद

 


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ ७
     प्रहरीले  नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको कविलासी नगरपालिका वडा न–८ बाट घरमा लुकाएर राखेको २ लाख २० हजार रुपैयाँको  अवैध सुर्ती बरामद गरेको छ ।
    स्थानीय भोला बैठाको घरमा भारतबाट ठुलो मात्रामा  भन्सार छलेर ल्याइएको सुर्ती रहेको भन्ने  गोप्य सूचनाको आधारमा सनिवार साँझ साढे ७ बजे  प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलीले  बैठाको दुई तल्ले गोठमा लुकाएर राखिएको ५ सय ५० किलो परिमाणको २१ बोरा सुर्ती  बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    बरामद सुर्ती जिप्रका सर्लाहीका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको  छ ।

हरिपुरमा युवतीको शव बरामद

 


लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ ७
     सर्लाहीको हरिपुर नगरपालिका वडा –६ स्थित मजुर्वामा एक युवतीको शव फेला परेको छ ।
     मजुर्वा बस्ने भुपनारायण चौधरीकी १८ वर्षीया छोरी मनिषा कुमारी चौधरीको शव आफ्नै   घर नजिक मृत अवस्थामा फेला परेकी हुन् ।इलाका प्रहरी कार्यालय हरिपुरबाट गएको प्रहरी टोली  घटनाको विषयमा अनुसंधान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।मृतक युवतीको घाँटीमा डोरीको निल डाम रहेको  र हल्का घाँटी काटिएको जस्तो भएकोले शवको प्रकृतिलाई हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ।
   मृतकको  शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

लालबन्दीमा आमाको हत्या गर्ने छोरा पक्राउ

 


लोकतन्त्र समाचारदाता---
सर्लाही,भदौ ७  
   मादक पदार्थको सेवन गरि आफ्नै आमाको हत्या गरेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ ,पुनर्रवासबाट सनिवार राति एक ब्यक्ति ( छोरा) पक्राउ परेका छन् ।पक्रउ पर्नेमा पुनर्वास टोलका ३२ वर्षिय पुरुष राजवीर पासवान रहेका छन् ।
     पासवानले मादक पदार्थ सेवन गरी आफ्नै ५० वर्षीया आमा उर्मिला पासवानको हत्या गरेको प्रहरीले जनाएको छ। बुवा उपेन्द्र पासवानलाई ढुंगा प्रहार गर्दा आमाको टाउकोमा लागेको थियो ।ढुंगा प्रहारबाट उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा  चोट लागेर गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
   राजवीरलाई नियन्त्रणमा लिएर थप अनुसंधान भइरहेको प्रहरीले बताएको छ ।

सर्लाहीमा तेस्रो पटक भदौ १४ गतेसम्म लकडाउन बढाइयो

 


सर्लाही ,भदौ ७ गते
   सर्लाहीमा  जारी निषेधाज्ञा भदौ १४ गतेसम्मको लागि बढाइएको छ । आइतबार (आज)दिउँसो बसेको  DCCMC को  बठैकले निषेधाज्ञाको समयावधि   बढाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ।
    यसअघि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । तर कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको र  फैलिने क्रम नरोकिएकाले सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला सम्मलित भइ DCCMC को बैठकको सिफारिस बमोजिम  नेपाल सरकार  मन्त्रीपरिषदको मिति २०७७ भदौ १ को निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम २०७७ भदौ ७ गते राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजे रातिसम्म जिल्ला भरि लागू हुनेगरी ७ दिनका लागि  निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ पौडेलले  बताए ।
    यस पटकको निषेधाज्ञामा कुनैपनि किसिमको मेला,महोत्सव ,जात्रा संचालन गर्न,मानिसहरु भेला र जम्मा हुन,भिडभाड गर्न तथा सभा र जुलुस गर्न निषेध गरिएको छ ।

राजश्री को-आपरेटिभका मुख्य प्रबन्धक तथा मलंगवा जेसिज 2020 का अध्यक्ष राजनहरी श्रेष्ठको कोरोनाका लागि पिसिआर जाँच गराइसके पछिको अनुभव

 


मनोज यादव---
सर्लाही ,भदौ ७
     सर्लाहीको सदरमुकाम मलंगवामा रहेको जिल्लाकै ख्याती प्राप्त सहकारी संस्थाहरुमा सामेल राजश्री को-आपरेटिभ सोसाइटी लिमिटेडका मुख्य प्रबन्धक तथा मलंगवा जेसिज 2020 का अध्यक्ष  मलंगवा नगरपालिका वडा न-८ निवासी राजनहरी श्रेष्ठले राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिका मार्फत कोरोना भाइरसका लागि  पिसिआर जाँच गराइसके पछिको आफ्नो तिता मिठा अनुभव साझा गर्नुभएको छ ।
    उहाँकै शब्दम भन्नु पर्दा "सुखमा न मात्तिनु र दु:खमा न आत्तिनु" भन्ने उखानलाई आत्मसात गर्दै विगत १५ दिन पहिला आफु कोरोना पोजेटिभ भएको जानकारी पाएको अवस्थामा जसरी आफु नआत्तिकन बसेको थिए त्यसरीनै सबै संक्रमित मित्रहरुलाई बस्न उहाँले सुझाव दिनु भएको छ । वर्तमानमा मेरो रिपोर्ट  नेगेटिभ  आएको छ ।यस अवस्थामा पनि  आफु एकरत्ति पनि मात्तेको छुइन उहाँले भन्नुभयो ।
   अहिले सारा विश्व कोरोना भाइरस (कोभिड १९)नामक महामारीको शंकटबाट गुज्रिरहेको छ ।यस्तो अवस्थामा आत्तिए भने "बनको बाघले खानु भन्दा पहिला मनको बाघले खान" बेर लगाउँदैन । सुरुमा मेरो रिपोर्ट पोजेटिभ आएपछि डाक्टरको सल्लाहमा घरमै आइसोलेट भएर बसे।ममा कोरोना संक्रमितमा देखिने  यस्तो कुनै लक्षणहरु देखिएन  ।होम आइसोलेसनमा बसेको बेला आफु परिवारका कुनैपनि सदस्यहरु सँगको सम्पर्कमा गइन ।
आइसोलेसनमा बस्दा स्वास्थ तथा  प्राकृतिक खानामा बढी जोड दिएँ ।
      संक्रमित भइसकेका र उपचारमा रहेका ब्यक्तिहरुलाई उहाँले संक्रमण हुँदैमा डराइहाल्नु नपर्ने सुझाव दिनुहुन्छ । तर, लापरवाही पनि गर्न नहुने उहाँ भन्नुहुन्छ । उच्च मनोबलले सजिलै र छिटै कोरोनासँगको लडाइँ जित्न सकिन्छ । मनोबल कमजोर भयो भने मानिस डिप्रेसनमा जाने र अरू समस्या समेत बढ्दै जान सक्ने सम्भावना हुँदोरहेछ । कतिपय मानिस संक्रमित भएपछि डराएर, आत्तिएर आत्महत्या गरिरहेका खबरहरु पनि आउँने गरेको छ । त्यसैले उनीहरूलाई ढाडस दिने, हौसला दिएर मनोबल बढाउन मद्दत गर्नु आफन्त, साथीभाइ र हामी सबैको कर्तव्य हो -उनले बताए । कोरोना संक्रमण भएकैमा कसैलाई छिःछिः र दुरदुर गर्नु अमानवीय त हुँदै हो, त्यसले परिस्थितिलाई थप विकराल बनाउने सम्भावना पनि रहन्छ । हाम्रो देशमा कोरोना संक्रमणबाट निको हुने मानिसको संख्या निकै धेरै छ, जुन उत्साहजनक हो श्रेष्ठले भने ।
    उहाँले अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन, सधै माक्स लगाउन ,सोसल डिस्टेन्सिंगको पालना गर्न र स्वाब पठाइसकेर  पिसिआर रिपोर्ट आउन बाँकी रहेका ब्यक्ति घरमै बस्न सुझाव दिनुभएको छ ।साथै उहाँले  आईसोलेसनमा बस्नु भएका सम्पुर्ण महानुभावहरु प्रती शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ ।
   राजश्री को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाका मुख्य प्रबन्धक तथा जेसी  राजनहरी श्रेष्ठ कोरोना मुक्त हुनुहुन्छ ।

Saturday, August 22, 2020

सर्लाहीका कोरोना संक्रमितहरु आइसोलेसन छाडेर खुलेआम रुपमा बजार घुम्न थालेपछि संक्रमणको जोखिम बढ्यो




सर्लाही, भदौ ६ 

    होम आइसोलेसनमा बसेका  कोरोना भाईरस (कोभिंड १९ ) बाट संक्रमित ब्यक्तिहरु  आइसोलेसन छाडेर बजारमा खुलेआम घुम्न  थालेपछि सर्लाही जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ  । 

     प्रदेश सरकार तथा स्थानीय निकायले निर्माण गरेको आईसोलेसनमा रहेका संक्रमितको भन्दा होम आईसोलेसनमा रहेका  संक्रमितहरुको संख्या झन्डै दोब्बर रहेको छ । प्रायः  जसो होम आईसोलेसनमा रहेका अधिकांश  संक्रमितहरु हुने खाने र पहुँचवालाहरु रहेका छन । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले  दिएको जानकारी अनुसार सर्लाहीमा होम आईसोलेसनमा २ सय ८४ जना रहेका छन् । उनीहरू आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सबै नियमहरुलाई तोड्दै निर्धक्कका साथ खुलेआम रुपमा  बिहान मोर्निङ्ग वाक तथा चिया खाजा  खान बजार निस्कन थालेपछि जिल्लामा  संक्रमितको संख्या बढदै गएको छ । प्रजिअ पौडेलले पनि यसकुरालाई स्विकार्नु हुँदै आफुले समेत  एकजना संक्रमित ब्यक्तिलाई आइसोलेसन छाडेर  बाहिर घुमेको भेटाएपछि निजलाई नियन्त्रणमा लिएर  ग्रुप आईसोलेसनमा पठाएको बताउनुभयो ।

    सर्लाहीको बरहथवा नगरपालिकामा ५२ जना कोरोना संक्रमितहरु फेला परेपछि १३ जनालाई ग्रुप आईसोलेसनमा राखिएको छ, भने ३९ जना होम आईसोलेसनमा बसेका छन् । होम आईसोलेसनमा बसेका ब्यक्तिहरु बाहिर घुमेको पाइएको छ । बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले  यो चिन्ताको विषय भएको बताउँदै यसको समाधानका लागि  जिल्ला स्तरमा बैठक बसि एउटा ठुलो आईसोलेसनको निर्माण गर्नुपर्ने बताए । 

     सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाए पनि यसरी  संक्रमितहरु खुलेयाम रुपमा बाहिर घुम्न  थालेपछि लकडाउनको औचित्य समाप्त भएको सामाजिक अभियन्ताहरु बताउँछन् । यस प्रति नेपाल सरकारको तत्कालै ध्यानाकर्षण भएन भने यसको परिणाम घातक हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।   


कोरोना संक्रमित भेटिएपछि ब्रम्हपुरी गाउँपालिका सिल गरियो

 


सर्लाही ,भदौ ६
     सर्लाहीको ब्रम्हपुरी गाउँपालिका शुक्रवार साँझबाट पूर्ण रुपमा  सिल गरिएको छ ।
    गत बुधबार र बिहिवार ब्रम्हपुरी गा.पा मा एकैसाथ  जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा  कोरोना भाइरसको  संक्रमण  देखिएपछि गाउँपालिका पूर्ण रुपमा सिल गरिएको हो । गाउँपालिका अध्यक्ष बिनोद साहले गाउँपालिका बासीलाई यस्तो विषम परिस्थितिमा नआत्ति कन धर्यतापूर्वक रहन र कोरोना विरुद्धका सुरक्षाहरु उपाय अपनाउन अनुरोध गर्नुभएको  छ ।

कोरोना भाईरसबाट सर्लाहीमा थप एकजनाको मृत्यु

 


लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ ६
     कोरोना भाइरसको संक्रमणबाट सर्लाहीमा थप एक जनाको  मृत्युभएको छ । मृत्यु हुनेमा सदरमुकाम मलंगवा नगरपालिका बस्ने एक पुरुष रहेको जिल्ला  स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
      पाटन अस्पतालको आईसीयूमा उपचारको क्रममा  मृत्यु भएको उक्त पुरुष सँगै जिल्लामा  कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । उनलाई ज्वरो तथा  श्वासप्रश्वासमा समस्या आए पछि उपचारको लागि ललितपुर स्थित पाटन अस्पताल पुर्याइएका थिए । त्यहीँ  परिक्षण गर्दा भदौ २ गते उनको कोरोना रिपोर्ट पोजिटिभ  आएको जिल्ला  स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।
     जनस्वास्थ्य निरिक्षक झाका अनुसार यसअघि गत साउन २३ गते सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं.९ बस्ने एक ४५ बर्षिय पुरुष र साउन १९ गते मलंगवाकी  ६५ वर्षीया महिलाको  कारोना भाईरस बाट मृत्यु भइसकेको छ

Friday, August 21, 2020

सर्लाहीको प्रहरी प्रमुखमा सन्तोष सिंह राठौर आउने

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ ५
   सर्लाहीका  प्रहरी प्रमुख प्रहरी उपरीक्षक  (एसपी) विश्वमणी पोखरेलको सरुवा छ। प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरुवा गर्दा सर्लाहीका प्रहरी प्रमुखको पनि सरुवा भएको हो ।
   एसपि पोखरेलको ठाउँमा सर्लाही प्रहरी प्रमुखको रुपमा महानगरीय  प्रहरी कार्यालय विशेष सुरक्षा शाखा रानीपोखरी, काठमाण्डौंबाट प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर आउनु हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  एसपी पोखरेलको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाण्डौंमा सरुवा भएको छ ।
   शुक्रवार उहाँको मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको छ ।

Thursday, August 20, 2020

लालबन्दीमा २४ जना कोरोना संक्रमित थपिए

 

लोकतन्त्र समाचारदाता----

सर्लाही ,भदौ ४
     बुधबार राती आएको रिपोर्ट अनुसार सर्लाहीको  लालबन्दी नगरपालिकामा थप २४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
      लालबन्दी नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार  २४ जना संक्रमितहरु मध्ये २२ जना सोही नगरपालिकाका रहेका छन् । संक्रमितहरु मध्ये  वडा न- ७ का  १२ जना, वडा न-४ का १ जना,वड न- २ का २ जना, वडा न-१ का २जना, वडा न-६ का १ जना,वडा न- ८ का २ जना, वडा न-१० का १ जना र वडा न- १७ का १ जना रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

    यो सहित लालबन्दीमा  कोरोना संक्रमितको संख्या  ४९ जना पुगेको छ । संक्रमित थपिए


सर्लाहीको मलंगवा आइसोलेसनबाट १६ जना संक्रमित कोरोनालाई जितेर घर फर्के

 


लोकतन्त्र समाचारदाता-----
सर्लाही,भदौ ४
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ कृष्णा चौक स्थित सन्त अल्पामाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा रहेका २४ जना  कोरोना संक्रमितहरु मध्ये १६ जना निको भएर घर फर्किएका छन् । उनीहरूलाई गत मंगलबार बेलुका निरोगिताको प्रमाणपत्रको साथमा बिदाइ गरिएको छ ।
   निको भएर घर फर्किनेहरुमा १३ जना इश्वरपुरका र ३ जना मलंगवाका विभिन्न वडाका ब्यक्तिहरु रहेको आइसोलेसन इन्चार्ज रबी साहले  जानकारी दिए । सर्लाहीमा संक्रमितको संख्या १ हजार  नाघेको छ ।

कविलासी नगरपालिका स्वास्थ्य संयोजक सहित आठजना संक्रमित



लोकतन्त्र समाचारदाता------

सर्लाही ,भदौ ४

     सर्लाहीको  कविलासी नगरपालिकामा स्वास्थ्य शाखाका ६ जना र २ जना वडा सचिव सहित ८ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएको छ । 

   नगरपालिका अन्तर्गतका जनप्रतिनिधि, कर्मचारी लगायत १२३ जनाकाे थ्राेट स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण देखिएको हो ।  मंगलबार प्राप्त भएको रिपाेर्ट अनुसार नगरपालिकाका स्वास्थ्य संयाेजक संजय झा सहित  ६ जना स्वास्थ्यकर्मी, एकजना वडा सचिव र एकजना वडा सदस्यमा संक्रमण देखिएको छ । 

   


Wednesday, August 19, 2020

नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा सर्लाहीको सिमानाकाहरुमा कडाइ

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ३
     सर्लाही जिल्ला अन्तर्गत नेपाल  भारत सीमानाकाबाट लुकिछिपी नेपाल भित्रीनेको संख्या बढेपछि लुकिछिपी नेपाल प्रवेश हुन नदिन स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी मार्फत  सीमा क्षेत्रको निगरानीमा थप कडाई गरेको छ ।
    बिश्वब्यापी महामारीको  रुपमा फैलिएको  कोरोना भाइरस (कोबिड–१९ )को संक्रमणबाट बच्नको लागि सिमानाकामा कडाइ गरिएको हो । लकडाउनको कारण सीमा क्षेत्र शिल हुँदा सीमा क्षेत्रको आवागमन ठप्प भएपनि अनाधिकृत तरिकाले कोही पनि आवत जावत गर्न नपाओस्  भनेर सीमा क्षेत्रको निगरानीमा कडाई गरिएको सर्लाहीका  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले  जानकारी दिएका छन् । उनले लकडाउनको अवस्थामा सीमा क्षेत्रबाट लुकीछिपि आएको वा आउन सक्ने अवस्थालाई कडाई गर्न  सीमानाकहरुमा सशस्त्र प्रहरीको निगरानी बढाईएको बताएका छन् ।
    स्थानीय सर्वसाधारण तथा तश्करहरु भारतबाट ल्याइएका सामानहरु ओसारपसार गर्न सबैभन्दा बढी चोरबाटोको प्रयोग गर्ने गरेकाले त्यस्ता चोरबाटोहरुमा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाइका साथ निगरानी बढाएका छन् ।
   अहिलेको वर्तमान स्थितिमा  कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेकोले यस्तो अवस्थामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले गरेको प्रयासमा साथ दिन प्रजिअ पौडेलले जिल्लाबासी सँग अनुरोध गर्नुभएको छ ।सर्लाहीमा मंगलबार सम्म १ हजार ९० जनामा कोरोनाको संक्रमण देखिसकेको छ भने अझ बढ्ने क्रम जारी छ ।

Tuesday, August 18, 2020

सर्लाहीको हरिपुर नगरपालिका तथा कौडेना र विष्णु गाउँपालिकामा मंगलबार १०१ जना कोरोना संक्रमित थपियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २

    सर्लाहीमा मंगलबार १०१ जना कोरोना भाइरस संक्रमित थपिएको छ ।जिल्लाको हरिपुर नगरपालिका तथा  कौडेना र विष्णु गाउँपालिकामा गरि १०१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य  कार्यालय सर्लाहीले जनाएको  छ ।

   मंगलवार आएको रिपोर्ट अनुसार हरिपुर नगरपालिकामा ३१ जना, काैडेना गाउँपालिकामा ५८ जना र  विष्णुुुु गाउँपालिकामा १२ जना ब्यक्तिमा कोरोना पाेजेटिभ देखिएकाे जि.स्वा.का सर्लाहीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार हरिपुर न.पा मा जोखिम भत्ताको माग गरेर धर्नामा बसिरहेका ३ जना स्वास्थ्यकर्मीहरुमा काैडेना गापामा वडाध्यक्षमा र  विष्णु गापामा ५ जना स्वास्थ्यकर्मीहरुमा पनि काेराेना संक्रमण देखिएकाे छ ।जिल्ला स्वास्थ्य कार्यालय मंलगवाका अनुसार परिक्षणको लागि थ्रोट स्वाब संकलन गरि पठाएका  विभिन्न पालिकाहरुको  रिपोर्ट आउने क्रम जारी रहेको छ ।

सर्लाहीको नेपाल भारत बोडरबाट १ लाख रुपैया बराबरको अवैध सामान बरामद

 

लोकतन्त्र समाचारदाता ----

सर्लाही ,भदौ २
    प्रहरीले सोमबार राति  सर्लाहीको विभिन्न स्थानबाट एकलाख रुपैयाँ बराबरको  अवैध सामान बरामद गरेको छ।
    नेपाल भारत सीमावर्ती  विष्णु गाउँपालिका स्थित  मधुवनगोठबाट तेस्रो मुलुकबाट आएको २० हजार मूल्य बराबरको १४ बोरा केराउ  भारत तर्फ लाँदै गरेको  अवस्थामा प्रहरीले बरामद गरेको छ । यस्तै ईश्वरपुर नगरपालिका वडा न-६, नगरपालिका चौकबाट भन्सार छलेर भारतबाट ल्याएको ४० हजार रुपैयाँ बराबरको दुई बोरा खैनी बरामद भएको प्रहरीले जनाएको  छ ।
    यसैगरी ब्रम्हपुरी गाउँपालिका वडा न-४ बाट पनि २५ हजार बराबरको टि–सर्ट र साडी बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चन्द्रनगर गाउँपालिका मोहनपुरबाट पानीपुरीमा प्रयोग हुने  १२ हजार रुपैयाँ  बराबरको अवैध सामान  बरामद गरेको छ ।
     बरामद भएका सबै सामान मंगलबार आवश्यक कारवाहीको लागि मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

 


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं,भदौ २  - राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उहाँको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन भन्ने स्थानमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रकविको उपाधि पाएका घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन् । 

स्वर्गीय घिमिरेका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्यहरु सिर्जना भएका छन् । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख ९प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा घिमिरेले कलम चलाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह छन् । ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए । उहाँका गीतहरुमा स्वरसम्राट् नारायणगोपालदेखि तारादेवी सम्मले स्वर दिएका छन् । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनु भएको थियो । 

तरकारी ,फलफुल किन्दा र बेच्दा ख्याल गरौँ’

 


unn.prixa.net

काठमाण्डौ - लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ । 


अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक दूरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुने या स्यानिटाइजर लगाउने गर्नुपर्छ । 

तरकारी र फलफुल बजारमा पनि कोरोना सङ्क्रमित भेटिन थालेकाले व्यापारी र ग्राहक दुवै सचेत हुनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीको सुझाव यस्तो छ : 

१) भौतिक दूरी कायम गर्ने : तरकारी तथा फलफुल किन्न जाँदा, आउँदा जुनसुकै बेला भौतिक दूरी ख्याल गर्नुपर्छ । किन्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । तरकारी तथा फलफुल व्यापारीले डोरी टाँगेर वा घेरा लगाएर पनि दूरी कायम गर्नका लागि सहयोग गर्न सक्छन् । 

२) किन्ने र बेच्ने दुवैले  मास्क तथा पञ्जाको प्रयोग गर्ने 

३) परिवारका एक जना मात्र किन्न जाने । मुटुका रोगी, दम, श्वासप्रश्वासको समस्या, मधुमेह, दीर्घरोगी र वृद्धवृद्धालाई सामान किन्न वा बेच्न नपठाउने । किन्न गएको ठाउँमा पनि कसैलाई यस्तो समस्या देखेमा नजिक नजाने। 

४) मानिसको भिड कम भएको ठाउँमा किन्ने । 

५) पैसा लिँदा र दिँदा विचार पुर्याउने । पैसा लिएपछि र दिएपछि हातमा स्यानिटाइजर लगाउने । 

६) अनुहार, आँखा र नाकमा जथाभाबी हातले नछुने । 

७) राम्रोसँग प्याकेजिङ गर्ने । 

८) खोक्दा र हाच्छ्यूँ गर्दा रुमाल तथा टिस्यु पेपरले मुख छोप्ने, नभए कुहिनाले छोप्ने  । 

९) जुनसुकै तरकारी तथा फलफुल किनेर लगिसकेपछि राम्रोसँग पखालेर मात्रै खाने ।
 

Monday, August 17, 2020

जोखिम भत्ताको माग राखेर स्वास्थ्यकर्मीहरु धर्नामा

 


सर्लाही ,भदौ १    
     जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु नगरपालिका कार्यालयमा धर्नामा बसेका छन् ।
   गत चैतमा  नगर कार्यपालिकाको  बैठकमा भएको निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउनु पर्ने  माग राखेर हरिपुर नगरपालिका अन्तर्गतका  स्वास्थ्यकर्मीहरु गत शुक्रबार गतेदेखि धर्नामा बसेका हुन् । उक्त बैठकमा  कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा खटिँदा तलबको सतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर निर्णय भएको चार महिना बितिसक्दा पनि आफुहरुले  सेवा सुविधा नपाएपछि आन्दोलन  गर्नुपरेको उनीहरुले बताए ।
     उनीहरुले गत बिहिवार हरिपुर स्थित हात्तीसार मैदानमा पनि  थ्रोट स्वाब संकलन गर्ने समयमा सांकेतिक रुपमा विरोध जनाएका थिए ।

हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृतलाई पनि कोरोना संक्रमण

 

लोकतन्त्र समाचारदाता------

सर्लाही,भदौ १ ।
    पछिल्लो समय सर्लाहीमा  अग्रपक्तीमा कार्य गर्ने ब्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको ।यसै बीच सर्लाहीको हरिपुर्वा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
     यसअघि सदरमुकाम मलंगवा ,लालबन्दी,हरिवन, बरहथवा नगरपालिका लगायत जिल्ला अस्पताल मलंगवा, आखाँ अस्पताल मलंगवा लगायत विभिन्न कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
    केही दिन अघि हरिपूर्वा नगरपालिका वडा नं.३ का  वडाध्यक्ष धर्मराज सिहं माथि अज्ञात समुहद्धारा भएको कुटपिटमा सोधपुछका लागी जिल्ला प्रहरी लगिएपछि निमित प्रमुख प्रशासकिय अधिकृत  रायलाई  अनुसंधानको लागी म्याद थप गरि प्रहरी हिरासतमा राखिएकै बेला साउन २६ गते कारोना टेस्ट भएकोमा ५ दिन पछि आएको रिपोर्टमा रायलाई कोरोना भएको  हरिपूर्वा नगरपालिकाका स्वास्थ्यकर्मी लालबाबु रायले जानकारी दिए ।  कारोना पोजेटिभ आएपछि रायलाई मलंगवा वडा न-२ कृष्णा चौक स्थित  आइसोलेसनमा राखिएको थियो । शनिवार अचानक स्वास्थ्य अबस्था बिग्रपछि उनलाई थप उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर पठाइएको मलंगवा आइसोलेसन प्रशासनले जनाएको छ ।

Sunday, August 16, 2020

थप कडाइका साथ सर्लाहीमा फेरि ७ दिनको लागि निषेधाज्ञा जारी गरियो

 


सर्लाही ,साउन ३२
    स्थानीय प्रशासनले  सर्लाहीमा भदौ १ गते सोमबारदेखि   भदौ ७ गते राती १२ बजेसम्मका लागि पुनः  निषेधाज्ञा आदेश जारी गरेको छ । यस अघि पहिलोपटक साउन २६ गतेबाट सात दिनका लागि  निषेधाज्ञा जारी गरिएको थियो ।यस पटक थप  कडाईका साथ  औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको जिल्ला जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) को आइतवार सदरमुकाम मलंगवामा बसेको बैठकमा भएको निर्णय अनुसार दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उक्त आदेश  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम दिएको प्रजिअ पौडेलले बताए । भदौ एक गते सोमबार बिहान ६ बजेदेखि भदौ सात गते राती १२ बजेसम्मको लागि  निषेधाज्ञा जारी गरिएको उनले बताए ।
     जिल्लाको २० वटै स्थानीय तहमा परीक्षणको दायरा बढाइएसँगै सदरमुकाम मलंगवा लगायत बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी नगरपालिकामा जनप्रतिनिधि,  कर्मचारी, स्वास्थ्यकर्मी र विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा संक्रमण पाइएपछि  समुदाय स्तरमै संक्रमण फैलिसकेकोले यसको  संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा  जारी गर्नु परेको प्रजिअ पौडेलले  जनाएको छ ।प्रजिअ पौडेलका अनुसार निषेधाज्ञाको अवधी अर्थात  सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यसअघि खाद्यान्न र फलफुल एवं तरकारी पसललाई दैनिक दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने भनिएपनि सोमबार (भदौ १ गते)बाट भने थप कडाई गरिएको छ । अबदेखि सोमबार, बुधबार र शुक्रबार मात्र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने भनिएको छ । यसैगरी स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु पनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।  छिमेकी मित्र राष्ट्रबाट हुने सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गर्ने र सीमा नाका पूर्ण रुपमा सिल हुने डीसीसीएमसीको बैठकमा निर्णय भएको छ ।
    सर्लाहीमा सनिवारसम्म ९६२ जना ब्यक्तिमा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ भने एकजना महिलाको मृत्यु भएको छ ।

बरहथवामा थप ३५ जनामा कोरोना संक्रमण

 


सर्लाही, साउन ३२
      सर्लाहीको  बरहथवा नगरपालिकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    बरहथवाबाट गएको शनिबार ३०८ जनाको थ्रोट स्वाब संकलन गरि  परीक्षणका लागि वीरगंज पठाईएको थियो । त्यहाँ परीक्षण गर्दा  धेरैजनाको पोजेटिभ रिपोर्ट आएपछि सबैजनाको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु पठाईएको थियो । साउन ३१ गते शनिबार राती आएको जानकारी अनुसार ९० जनाको परीक्षण सकिँदा सम्म ३५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका जनस्वास्थ्य अधिकृत सत्यनारायण रायले जानकारी दिए । बरहथवा नगरपालिका क्षेत्रमा हालसम्म  १०० जनाभन्दा बढीमा कोरोना भाईरस संक्रमण पुष्टि भइसकेको रायले बताए ।समुदाय स्तरमा  कोरोना भाईरस छिरिसकेकोले  बरहथवा नगरपालिका क्षेत्रलाई पूर्ण रुपले सिल नगरे स्थिती अझ भयावह हुने जानकारहरुले बताएका छन् ।

सर्लाहीमा कोरोना संक्रमितको संख्या एक हजारको हाराहारीमा पुग्यो

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३२ ।
    भारतसँग  सिमा जोडिएको  सर्लाहीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्था छ ।यस भन्दा अघि बाहिरबाट आएका ब्यक्तिहरुमा मात्र कोरोनाको संक्रमण देखा परेकोमा अहिले समुदाय स्तरमा संक्रमण फैलिएको अवस्था छ ।
    जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जिल्लामा  सनिवार सम्म ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरु सबै सदरमुकाम मलंगवा नगरपालिका  बरहथवा न.पा, हरिवन न.पा र लालबन्दी न.पा का  अस्पतालका कर्मचारी,  पालिकाका कर्मचारी, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरु रहेका छन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरु मध्ये महिला ८ र पुरुष १४ गरि २२ जना संक्रमितहरुलाई मलंगवा  नगरपालिका वडा न- २ स्थित  सन्त अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजमा रहेको कोरोना अस्पतालमा राखेर  उपचार भइरहेको छ भने बाँकी संक्रमितहरु आ-आफ्नै पालिकाको आइसोलेशन कक्षमा र केहिको होम क्वारेन्टाइनमा उपचार भइरहेको जिप्रका सर्लाहीले जनाएको  छ ।  ७१७ जना ब्यक्ति निको  भएर घर फर्किसकेका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सर्लाहीमा  १ जना महिलाको मृत्यु भइसकेको छ ।
    समुदाय स्तरमा कोरोनाको संक्रमण देखिएपछि  साउन ३२ गते आइतबार राती १२ बजेसम्मका लागी सर्लाहीमा पुर्ण रुपले लकडाउन (निषेधाज्ञा ) गरिएको छ ।

ट्रकको ठक्करबाट बाँके जंगलमा एक पुरुषको मृत्यु

 


सर्लाही ,साउन ३२
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके स्थित  लच्का नजिक ट्रकको ठक्करबाट एक जना पुरुषका को मृत्यु भएको छ ।
     पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ७२२० नम्बरको   ट्रकको ठक्कर  सिन्धुली जिल्लाको  हरिहरपुरगढी गाउँपालिका वडा न–७, चिहानखोला टोल बस्ने  ५५ वर्षिय चन्द्रबहादुर बोम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बोम्जनलाई गत शुक्रवार राती करिब पौने ३ बजेको समयमा सडकमा पैदल हिंडिरहेको अवस्थामा  ट्रकले ठक्कर दिएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए  । ठक्करबाट गम्भीर घाइते भएका बोम्जनलाई उपचारका लागि सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पताल पुर्याएको र निजको सनिवार बिहान साढे ५ बजे उपचारको क्रममा मृत्यु भएको कुवँरले जनाए। मृतक बोम्जनको स्थायी घर सिन्धुली जिल्ला भएपनि हाल उनी सर्लाहीको बागमती स्थित सुकुम्वासी बस्तीमा  टहरा बनाएर बस्दै आएको जनाइएको छ  ।
    प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक बागमती नगरपालिका वडा न-११ बस्ने वर्ष २७ का दलबहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएर निज उपर सवारी ज्यान मुद्दामा कार्यवाही भइरहेको प्रवक्ता एवं डिएसपी कुवँरले लोकतन्त्रलाई बताएको छ ।

बलरा स्थित नेपाल भारत बोडरबाट ६ सय कार्टुन अवैध मदिरा बरामद

 


लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ३२
      सर्लाहीको दक्षिणी क्षेत्र अन्तर्गत बलरा स्थित नेपाल-  भारत सिमाबाट अवैध रुपमा भारत तर्फ लैंजादै गरेको ६ सय कार्टुन सौंफी नामक सिलप्याक मदिरा प्रहरीले बरामद गरेको छ ।
    सिमा प्रहरी चौकी बलराको गस्ती टोलीले बलरा नगरपालिका वडा न–१ स्थित नेपाल-भारतको दशगजा क्षेत्रबाट भारत तर्फ भन्सार चोरी निकासि गरी लैंजादै गरेको अवस्थामा ३ लाख ६१ हजार मुल्य बराबरको उक्त परिमाणको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । प्रहरी प्रवक्ता कुवँरका  अनुसार प्रहरीको गस्ती टोलीलाई देख्ने वितिकै तस्कर समूह भने फरार भएका छन् । शुक्रबार राती बरामद भएको मदिरा आवश्यक कार्यवाहीका लागि  शनिबार सदरमुकाम मलंगवा स्थित जिल्ला भन्सार कार्यालयलाई बुझाइएको प्रवक्ता कुवँरले जानकारी दिए ।

     कोरोना भाईरस संक्रमण रोक्न भन्दै दुवै देशको प्रशासनले  सिमानाकामा आवागमनमा  कडाई गरेको छ।  

गोडैता नगरपालिकाको कोरोना भाइरस(कोभिड १९)PCR चेकजाँच सम्बन्धि अत्यन्त जरुरी सूचना !!!

 

प्रदेश-२ मा सरकार फेरिने चर्चा- 'को बन्छ मुख्यमन्त्री ?'

 

जनकपुरधाम । 
कोरोनाको महामारीबीच नेकपामा किचलो चलिरहँदा प्रदेश- २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने बहस सुरु भएको हो।

जेठको पहिलो साता राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण भएको थियो। त्यस पश्चात गठन भएको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश सभाको संसदीय दलको नेता चुन्न लबिङ भइरहेको छ। 

पार्टी संसदीय दलका नेता जो बन्छ उ नै मुख्यमन्त्री बन्ने छन्। प्रदेश-२ मा जसपासँग सरकार गठन गर्ने बहुमत छ। तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर प्रदेश-२ मा सरकारको नेतृत्व गरेका थिए।

जितेन्द्र सोनल राजपाको तर्फबाट संसदीय दलको नेता थिए भने प्रमुख सचेतक प्रमेश्वर साह थिए। संघीय समाजवादी पार्टीबाट लालबाबु राउत संसदीय दलको नेता छनोटपछि उनी मुख्यमन्त्री बनेका थिए। राउतको पार्टीको संसदीय दलको उपनेता प्रदेशसभा सदस्य रामशिष यादव थिए भने, प्रमुख सचेतक शैलेन्द्र यादव।

नेपालको संविधान-२०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ। संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रवधान छ। पार्टी एकीकरण पश्चात एउटै दलको नेता चुन्नु पर्ने बाध्यता पार्टीसँग छ। 

पार्टी एकीकरणपछि प्रदेश-२ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत,  भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, मनिष सुमन, रामअशिष यादवको नाम चर्चामा छ। मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ। 

मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप छ। पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा. बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ। 

चार दिन पहिले पार्टीका १४ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राउतको सरकार पूर्णरुपमा असफल भएको भन्दै पार्टी अध्यक्ष तथा वरिष्ठ नेतालाई भेटेर राउतको टिमलाई फिर्ता बोलाई  नयाँ अनुहारकालाई सरकारको नेतृत्वमा लानु पर्ने माग राखेका छन्।

आफ्नो कुर्सी बचाउन मुख्यमन्त्रीसहित मन्त्री एक सातादेखि काठमाडौंमा बसेर पार्टी नेता कहाँ लबिङ गरिरहेका छन्। मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय आफ्नो पद बचाउन काठमाडौंमा बसेर छलफल गरिरहेका छन्।

मुख्यन्त्री राउत फेरि संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद जोगाउन आफ्ना निकट नेतासँग छलफलमा व्यस्त छन्। मन्त्री सोनल र यादव संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद पड्काउने दाउमा छन्। 

अर्को थरी प्रदेश सभा सदस्यले तत्कालीन संघीय समाजवादी पार्टीबाट संसदीय दलको उपनेता रहिसकेका स्वच्छ छविका प्रदेशसभा सदस्य रामशिष यादवलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउन माग गरिहेका छन्। 

पार्टीका नेता र प्रदेश सभा सदस्यहरुले अर्का प्रदेश सभा सदस्य मनिष सुमनलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष कहाँ लविङ गर्दैछन्।

जितेन्द्र सोनल मुख्यमन्त्री बन्न सारा शक्ति लगाइरहेका छन्। उनी पार्टी अध्यक्ष महन्थ ठाकुरको खास मान्छे हुन्। आर्थिक विकासमन्त्री विजयकुमार यादव पनि मुख्यमन्त्री पदका दाबेदार हुन्। उनी पार्टी अध्यक्ष  उपेन्द्र यादव नजिकका हुन्।

मन्त्री सोनल र यादव संसदीय दलको नेता भएर मुख्यमन्त्री बन्ने दाबी गरिरहँदा पार्टीका कतिपय प्रदेशसभा सदस्य उनीहरुकोे पक्षमा छैनन्। सरकारमा रहँदा सन्तोषजनक काम नगरेको भन्दै उनलाई रुचाउँदैन। पार्टीको तर्फबाट सरकारमा रहेका अधिकांस मन्त्री फेरिनु पर्ने र स्वच्छ छविका नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनु पर्ने माग प्रदेश सभा सदस्यले गरिरहेका छन्।

केही प्रदेशसभा सदस्य लालबाबु राउतलाई नै संसदीय दलको नेता चुनेर हालका मुख्यमन्त्री लालबाबु राउत अगाडि सारेर सबै मन्त्री फेर्नु पर्ने पक्षमा छन्।

मधेशमा कोरोना छाडेर पद प्रतिष्ठाको लोभमा नेताहरु दौडधुपमा छन्।  जनता समाजवादी पार्टीका  ५५ प्रदेशसभा सदस्य छन्। २९ जना तत्कालीन समाजवादी र २५ जना राजपाबाट प्रदेश सभा सदस्य छन्। एक स्वातन्त्र निर्वाचित भएका प्रदेशसभा सदस्य गरेर यो पार्टीको पक्षमा ५५ जना छन्। जसमध्ये सभामुख र उपसभामुख बनेपछि संसदीय दलको चुनावमा मतदान गर्ने मतदातको संख्या ५३ छ।

५३ जना मध्ये एक संसदीय दलको नेता बन्छ। त्यो मुख्यमन्त्री बन्ने छन्। स्रोत -अन्नपूर्ण पोस्ट