Friday, March 31, 2023

सर्लाहीमा एस.इ.ई परीक्षा आजबाट सुरु,१० हजार ९१६ जना परिक्षार्थीहरु सहभागी

 


 सर्लाहीमा एस.इ.ई परीक्षा आजबाट सुरु,१० हजार ९१६ जना परिक्षार्थीहरु सहभागी /पहिलो दिन अनिवार्य अंग्रेजी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १७

    सर्लाहीमा आजबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा(एस.इ.ई)आज(शुक्रवार)देखि सुरु भएको छ। जिल्लाभरीबाट १० हजार ९१६ जना विद्यार्थीहरुले फारमभरी परिक्षामा सहभागी भएका छन् ।

    शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाका अनुसार यसवर्षको एस.ई.ई मा  ५५०१ छात्र र ५४१५ छात्रा गरि जम्मा १० हजार ९१६ जना विद्यार्थीहरुले फारम भरेका हुन।जसमध्ये सामुदायिक विद्यालयबाट ९०७९ र संस्थागत विद्यालयबाट १३४२ जना विद्यार्थीहरु रहेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकधार तर्फ २९२ जना विद्यार्थीहरु  गरी जम्मा १० हजार ९१६जना विद्यार्थीले एस.ई.ई परिक्षा दिन लागेको कुशवाहाले जानकारी दिए।

    जिल्लामा जम्मा ३७ वट परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ।ती केन्द्रहरुमा ९८ वटा सामुदायिक, ४५ वटा संस्थागत,२ वटा खुल्ला र १ वटा गृहणी गरि जम्मा  १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । 

ती ३७ वटा केन्द्रको लागि ३७ जना केन्द्राध्यक्षसहित ७४ जना सहायक केन्द्राध्यक्ष ,५३५ जना निरिक्षक,१०७ जना परीक्षा सहायक ,विद्यालय सहयोगी तथा  कार्यालय सहयोगी गरि २१४ जना र आवश्यक्ता अनुसार सुरक्षाकर्मीहरु खटाइका छन् ।

परिक्षालाई   स्वच्छ ,निष्पक्ष ,मर्यादित,व्यवस्थित, अनुशासित,विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गराउन  जिल्ला परीक्षा समन्वय समितिको निर्णय लगायत अन्य प्रचलित ऐन, कानुन,नियम ,नीतिगत व्यवस्था एवं निर्देशनको पालना गर्न गराउन ४६ बुँदे आचार संहिता पनि जारी गरि लागू गरिएको कुशवाहाले बताए ।

    आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइएको थियो।

     

Thursday, March 30, 2023

राम नवमीको अवसरमा मलंगवामा भब्य झाँकी यात्रा निकालियो


राम नवमीको अवसरमा मलंगवामा भब्य झाँकी यात्रा निकालियो


अजिता चौधरी-----

सर्लाही,चैत्र १६

    मलंगवा युवा परिवार,श्रीराम चौकले राम नवमीको अवसरमा बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा  झाँकीसहितको शोभा यात्रा निकालेको छ ।

    दिउँसो वडा न-८ स्थित नगरपालिका चौकबाट हजारौं मानिसहरुको सहभागीतामा बाजागाजासहितको भव्य झाँकी तथा शोभा यात्रा निकाली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन भएको थियो।

   हिन्दु धर्मावलम्बीहरुको लागि भगवान श्रीरामको जन्मोत्सवकोले विशेष महत्व राखेको हुँदा सो  अवसरमा प्रत्येक वर्ष यसैगरी यात्रा निकाल्दै आएको आयोजकले बताएको छ।

    हिंन्दु परिषद नेपालको पनि विशेष सहभागीता रहेको हिजोको झाँकी यात्रामा मलंगवा  क्षेत्रका लगायत आसपासका गाउँहरुबाट पनि हजारौं मानिसहरु सहभागी भएका थिए।





सर्लाहीका एक डाक्टर बने बेसहाराको सहारा/दुई अनाथको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी

 

सर्लाहीका एक डाक्टर बने बेसहाराको सहारा/दुई अनाथको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी 


मनोज यादव---

सर्लाही,चैत्र १६

    मानिसहरु आफ्नो स्वार्थका लागि एकअर्काको ज्यान समेत लिन पछाडि नपर्ने यस्तो युगमा सर्लाहीका एक समाजसेवी बाबु गुमाएर अनाथ बनेका दुई बालबालिकाको सहारा बनेका छन्। समृद्ध सर्लाही निर्माण संस्थाका संयोजक एवं स्तुति सौम्या हेल्थ केयर हस्पिटल मलंगवाका संचालक समाजसेवी डा.गुणेश्वर झा ले भर्खरै २ महिना अगाडि मस्तिष्क घातबाट ज्यान गुमाएका मलंगवा नगरपालिका वडा न-७,गणेशियाका २८ वर्षीय राम दरेश यादवको दुई  नाबालक छोराछोरीको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी लिएका हुन्।

    यादव मलंगवा न.पा वडा न-४ स्थित शिवसागर चौकमा सानो होटल संचालन गर्दै आइरहेका थिए।उनी सोही होटलबाट आएको आम्दानीबाट आफ्नी २४ वर्षीया श्रीमती पुनिता देवीसहित ४ र  ६ वर्षका दुई छोराछोरीको पालनपोषण गर्दै आएका थिए।लामो समयदेखि मस्तिष्क घात नामक जटिल रोगबाट पिडित रहेको तर उपचारको लागि सम्पत्तिको नाममा एकधुर जग्गा समेत नरहेकोले पैसा अभावका कारण  भर्खरै दुई महिना अगाडी उनको मृत्यु भएको थियो।

   कमै उमेरमा श्रीमानको मृत्यु पछि घरबार विहिन बनेका  पुनिता आफ्ना दुई नाबालक छोराछोरीलाई लिएर  सडकमा दिनरात बिताउन थालेको देखेर गणेशियाकै एक ब्यक्तिले दिएको एकटुक्रा जग्गामा गाउँलेहरु मिलेर बाँसको भित्ता र जस्ताको छाना भएको एउटा सानो घर बनाएर उनीहरुलाई बस्ने ब्यवस्था गरिदिए,तर बस्ने व्यवस्था भएपनि साना बालबालिकाको पालनपोषणको  समस्या भने यथावत् नै रहेकोले सोको सम्पूर्ण  जिम्मेवारी आफुले लिएको समाजसेवी डा.झा ले बताउनुभयो । उनीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि स्तुति सौम्या हेल्थ केयर हस्पिटलबाट आएको आम्दानीको केही प्रतिशत रकम समेत उपलब्ध गराउँदै जाने उहाँले भन्नुभयो।

   समाजमा राम दरेशको जस्ता असंख्य बेसहारा परिवारहरु रहेकाले त्यस्ता परिवारको खोजी गरि उनीहरुको सहारा बन्न समाजसेवी डा.झाले आग्रह गरेका छन् ।

   

Wednesday, March 29, 2023

सर्लाहीमा एस.इ.ई परीक्षाको तयारी तिब्र ,परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया


 सर्लाहीमा एस.इ.ई परीक्षाको तयारी तिब्र ,परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १५

    आउँदो चैत्र १७ गतेदेखि सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) को तयारी सर्लाहीमा तिब्र परिएको छ। सोही क्रममा बुधबार   शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जिल्लाभरीका केन्द्राध्यक्षहरुको लागि एकदिने   एस.ई.ई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षालाई स्वच्छ ,निष्पक्ष ,मर्यादित,व्यवस्थित, अनुशासित,विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गराउन  जिल्ला परीक्षा समन्वय समितिको निर्णय लगायत अन्य प्रचलित ऐन, कानुन,नियम ,नीतिगत व्यवस्था एवं निर्देशनको पालना गर्न गराउन ४६ बुँदे आचार संहिता जारी गरि लागू गरिएको  छ।

     परीक्षामा सहभागी हुन सर्लाही जिल्लभरबाट ५५०१ छात्र ,५४१५ छात्रा गरि जम्मा १० हजार ९१६ जना विद्यार्थीहरुले फारम भरेका छन् ।जसमध्ये सामुदायिक विद्यालयबाट ९०७९ र संस्थागत विद्यालयबाट १३४२ जना विद्यार्थीहरु रहेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकधार तर्फ २९२जना विद्यार्थीहरु  गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले एस.ई.ई परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।

  कुशवाहाका अनुसार जिल्लामा जम्मा ३७ वट परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ।ती केन्द्रहरुमा ९८ वटा सामुदायिक, ४५ वटा संस्थागत,२ वटा खुल्ला र १ वटा गृहणी गरि जम्मा  १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । 

  ती ३७ वटा केन्द्रको लागि ३७ जना केन्द्राध्यक्षसहित ७४ जना सहायक केन्द्राध्यक्ष ,५३५ जना निरिक्षक,१०७ जना परीक्षा सहायक ,विद्यालय सहयोगी तथा  कार्यालय सहयोगी गरि २१४ जना र आवश्यक्ता अनुसार सुरक्षाकर्मीहरु खटाइको प्राविधिक सहायक कुशवाहाले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी,राष्ट्रिय अनुसंधान सर्लाही प्रमुख उप-अनुसंधान निर्देशक संतोष ढुंगेल,सहायक प्रजिअ हरि प्रसाद अधिकारी लगायत केन्द्राध्यक्षहरुको उपस्थिति रहेको थियो।









महिलाहरुको लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

 महिलाहरुको लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न 



लोकतन्त्र समाचारदाता---

महोत्तरी,चैत्र १५

    महोत्तरीको बलवा नगरपालिका परौलमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न केन्द्र र समूहका महिला सदस्यहरुलाई एकदिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिएको छ।

    संस्थाको शाखा कार्यालय परौलले संचालन गरेको  वित्तीय साक्षरता तथा सिपमूलक तालिम कार्यक्रम अन्तर्गत विभिन्न केन्द्र तथा समूहका महिलाहरुको आय आर्जनमा टेवा पुर्याउने उदेश्यले उक्त तालिम दिइएको संस्थाले जनाएको छ। "सीप सिकौं ,आत्मनिर्भर बनौ"भन्ने मुल नाराका साथ संचालन भएको उक्त तालिममा ४० जना महिलाहरुको सहभागीता रहेको थियो।

   संस्थाको परौल स्थित आफ्नै शाखाको सभाहलमा संचालन भएको तालिमको समापन कार्यक्रममा परौल शाखाका कर्मचारीहरु लगायत स्थानीय  महिलाहरुको उपस्थिति रहेको थियो।


धुलो पिडित स्थानीयबासी द्वारा सडक जाम


धुलो पिडित स्थानीयबासी द्वारा सडक जाम

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १५

    निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गत मलंगवा- मुसैली सडकखण्डमा मुसैलीका स्थानीयबासीहरुले बुधबार सडक अबरुद्ध गरेका छन् ।

    सो सडक खण्डमा कालोपत्रे गर्ने काम बिचमै रोकिए पछि  सडकमा गुड्ने सवारीसाधनका कारण उड्ने धुलोबाट मानिसहरु बिरामी पर्न थालेको र सडक छेउमा रहेका घरका मानिसहरुलाई बस्न समेत गार्‍हो हुन  थालेपछि बाध्य भएर कालोपत्रे (पिच) को काम सम्पन्न नहुन्जेलसम्म दिनको दुईपटक भएपनि सडकमा पानी छर्कनु पर्ने माग गर्दै आफुहरुले सडक अवरुद्ध पारेको स्थानीय युवा धिरेन्द्र रायले बताए ।

    सडक कालोपत्रेको काम चाँडै सक्न र पानी छर्कन भन्ने माग राखेर मुसैलीका सयौं युवाहरु बुधबार  बिहानैदेखि सडक अबरुद्ध पारेका थिए।  उनीहरुले सडकमा बाँस तेर्स्याएर सडक अवरुद्ध पार्नुका साथै टायर समेत बालेर प्रदर्शन गरेका थिए।

   दिउँसो १ बजे वडा न-७ को वडाअध्यक्ष ईशा मिकरानीले राजनीतिकर्मी र प्रशासनको रोहबरमा ठेकेदारको प्रतिनिधि सँग सडक कालोपत्रेको काम सम्पन्न नहुन्जेलसम्म दिनको दुईपटक पानी छर्कने भन्ने सम्झौता पछि सडक सुचारु गरिएको थियो।

सर्लाहीको मलंगवामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न


सर्लाहीको मलंगवामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न

अजिता चौधरी---

सर्लाही,चैत्र १५

   श्री माँ दुर्गा भगवती मन्दिरको आयोजनामा सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित मोहरसिंह धर्मशालामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न भएको छ। चैत्र नवरात्रा- २०७९,श्री माँ दुर्गा पुजा उत्सवको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

     मंगलबार साँझ आयोजना भएको कार्यक्रममा दुर्गा पुजन उत्सवलाई भब्य,सभ्य र सफल बनाउन आआफ्नो स्तरबाट सहयोग पुर्‍याउने विशिष्ट ब्यक्तिहरुसहित क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको आयोजक कमिटीका संयोजक गौतम सर्राफले बताए । 

  सप्तमीको दिन परेकोले साँझ नगरप्रमुख नागेन्द्र प्रसाद यादवले दुर्गा भगवती मन्दिरमा महाआरती गरेका थिए।आरती पछि सम्मानको कार्यक्रम सम्पन्न गरि भारतको पटनाबाट आएको  भक्तिमय जागरण एवं झाँकी प्रस्तुत गरि रातभर सयौं महिला र पुरुष श्रद्धालुहरुलाई मनोरञ्जन गराइएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख यादवसहित जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंह,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,नागरिक समाजका अगुवा,विभिन्न वडाका वडाअध्यक्ष ,पत्रकारहरु लगायत स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

     आयोजक कमिटीका सदस्यहरु  विकास गुप्ता ,उदय जयसवाल,अनिल यादव,नागेन्द्र साह र बिजय ठाकुर लगायत अन्य सहयोगीहरुले चैत्र नवरात्रा सुरु भएको दिनदेखिनै उत्सवलाई व्यवस्थित र सफल बनाउन दिनरात खटिरहेको भन्दै कमिटीका संयोजक सर्राफले उनीहरूलाई पनि विशेष रुपमा धन्यवाद दिएका छन् ।



Tuesday, March 28, 2023

रमजानको अवसरमा दुई सय एकल मुस्लिम महिला तथा गरिब अपाङ्गता ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण

 

रमजानको अवसरमा दुई सय एकल मुस्लिम महिला तथा गरिब अपाङ्गता ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण

मनोज यादव---


सर्लाही,चैत्र १४

    मुस्लिम समुदायको महत्वपूर्ण महिनाको रुपमा चिनिने रमजान महिनाको अवसरमा सर्लाहीको हरिपुर नगरपालिका वडा न-३ फरहदवाका दुई सय एकल मुस्लिम महिला,गरिब तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

    स्थानीय समाज विकास केन्द्र हरिपुरले हेल्पिङ्ग ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्ट काठमाडौबाट सहयोग प्राप्त गरेको खाद्यान्न सामाग्री     मंगलबार फरहदवा स्थित वडा कार्यालय नजिक आयोजक संस्थाका अध्यक्ष एवं मधेस प्रदेश सांसद विमला अन्सारी`तरन्नुम´ को अध्यक्षता र पुर्व मन्त्री मोहम्मद रिजवान अन्सारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि खाद्यान्न सामाग्री वितरण गरिएको हो।

    गत बिहिवारदेखि सुरु भएको रमजान लगातार ३० दिनसम्म चल्ने गर्छ।यस पर्वमा मुस्लिमहरु एक महिनासम्म एकछाक मात्र खाएर बस्ने गर्छन् ।त्यही एकछाक खान गरिब र एकल महिलालाई समस्या नहोस् भन्ने उदेश्यले प्रति ब्यक्ति २५ किलो चामल, ५ किलो पीठो, २ किलो चना ,२ किलो चीनी ,२ किलो चिउरा,२ लिटर तेल र आधा किलो खजुर वितरण गरेको आयोजक संस्थाका सल्लाहकार टेक बहादुर थापाले जानकारी दिए ।

    मुस्लिम समुदायले एक महिनासम्म व्रत बस्ने रमजान महिनामा सहयोग गर्यो भने सत्तरी गुणा बढी पुण्य पाउने विश्वास रहेको छ ।

Monday, March 27, 2023

गम्हरियाबाट ठूलो मात्रामा गाँजा बरामद

 

गम्हरियाबाट ठूलो मात्रामा गाँजा बरामद

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १३

      सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका वडा-११ बाट करिब दुई सय किलाे  अवैध लागू औषध गाँजा बरामद गरेकाे छ ।

  सशस्त्र प्रहरी बल नेपाल १०नम्बर हेड क्वाटर गणबाट खटिएको शसस्त्र प्रहरीकाे टोलीले गम्हरीया स्थित झिमनदी किनारबाट  एक सय ८८ किलो लागुऔषध गाँजा बरामद गरेको गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार गम्हरिया स्थित झिम खोला बाँध नजिकैबाट लुकाई छिपाई भारततर्फ लैजाँदै अवस्थामा सो मात्रामा गाँजा बरामद भएको हाे ।

    गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेको भण्डारीले जनाएको छ।

पत्रकारहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

 


पत्रकारहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

अजिता चौधरी....

सर्लाही,चैत्र १३

     नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको उपलक्ष्यमा सर्लाहीका पत्रकारहरुको लागि एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ ,लहान आँखा तथा कान उपचार प्रणाली,सगरमाथा चौधरी आँखा अस्पताल,लहानको आयोजनामा सोमबार मलंगवा स्थित सर्लाही आँखा केन्द्रमा शिविरको आयोजना भएको हो।

    बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चलेको उक्त शिविरमा सदरमुकाम मलंगवासहित आसपासका पालिकाका करिब ३ दर्जन भन्दा बढी पत्रकारहरुले आँखा जाँच गराएका थिए भने राजमार्ग तर्फका पत्रकारहरुले आँखा उपचार केन्द्र लालबन्दीमा आआफ्नो जाँच गराएका थिए।

    ४५ औ स्थापना दिवसको उपलक्षमा संघले देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गरेको हो। शिविरमा आँखा जाँच गराउने पत्रकारहरुलाई आवश्यक्ताको आधारमा औषधि देखि चस्मा निशुल्क वितरण समेत गरिएको थियो।

Saturday, March 25, 2023

नेपाल नेत्र ज्योति संघ सर्लाहीको दोस्रो साधारणसभा सम्पन्न

 

नेपाल नेत्र ज्योति संघ सर्लाहीको दोस्रो साधारणसभा सम्पन्न 



मनोज यादव----

सर्लाही,चैत्र ११

     नेपाल नेत्रज्योति संघ मलंगवा, सर्लाही शाखाको शनिवार सम्पन्न दोस्रो साधारणसभा बाट अमरनाथ जैसवालको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको  छ ।

   संघको नवनिर्वाचित सदस्यहरुमा मुकेश कुमार  जयसवाल,राजेश प्रसाद गुप्ता ,प्रमोद राय यादव,सत्यनारायण अग्रवाल,उपेन्द्र प्रसाद जयसवाल,सुनिल कुमार गुप्ता,तिकल कुमार क्षेत्री,कृष्णमान श्रेष्ठ ,मोहम्मद शेख अब्दुल्लाह,चिरन्जिवी मिश्र,चुनुदेवी चौधरी र सुशीला अमात्य रहेका छन्। नवनिर्वाचित सम्पूर्ण सदस्यहरु मध्येबाट मुकेश कुमार जयसवालले सबैभन्दा बढी मत ल्याउन सफल भएका थिए।उनले जम्मा खसेको ६६ मत मध्ये एक्लैले ३९ मत ल्याएका थिए।

  नेपालमा अन्धोपन निवारणका लागि झण्डै ४ दशक पहिले वि.स २०३५ साल चैत १३ गते स्थापना भएको नेपाल नेत्र ज्योती संघले वि.स २०४१ सालमा  विभिन्न गाउँहरुमा आँखा शिविर संचालन गर्दै  आएको बेला सर्लाहीमा बरिस्ठ समाजसेवी राम बहादुर अमात्य, अमरनाथ जैसवाल,चरित्र बहादुर प्रधान ,विष्णुलाल अमात्य र डा.धन बहादुर शाहीको प्रयासमा नेपाल नेत्र ज्योती संघको स्थापना भएको थियो।सोही संघले २०५५ सालमा मलंगवा नगरपालिकामा सर्लाही आँखा उपचार केन्द्र संचालन गरि आँखा रोगीहरुको उपचार सेवा गर्दै आइरहेको छ।

 

    अमरनाथ जैसवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको आशनबाट मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पानसमा बत्ती बालेर गरेका थिए,भने कोषाध्यक्ष सत्यनारायण अग्रवालले प्रतिवेदन प्रस्तुत गरेका थिए।सोही अवसरमा आँखा उपचार केन्द्रमा उपचारका लागि आएका बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुका साथै उपचार केन्द्रमा कार्यरत कर्मचारीहरु जमुना बराल,महेश साह र अर्जुन मेस्तरलाई उनीहरुले प्रस्तुत गर्दै आएको कार्यकौशलको कदर गर्दै संघको तर्फबाट सम्मानित गरिएको थियो।

    सर्लाही आँखा उपचार केन्द्र मलंगवाको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालयका बरिस्ठ उपाध्यक्ष श्याम पोखरेल ,सगरमाथा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष तथा मधेस प्रदेश सभापति रवीन्द्र चौधरी ,पुर्व प्रदेश सांसद अशोक यादव तथा नेपाल रेडक्रस सोसाइटी सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरी ,सर्लाही आँखा केन्द्रका प्रमुख निराजन साह,अव्दुल रहिम मिकरानी, संघका सम्पूर्ण  पदाधिकारी,सर्लाही आँखा केन्द्रका कर्मचारी,उपचारका लागि केन्द्रमा आएका आँखाका बिरामीहरु र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

     कार्यक्रमको संचालन संघका सदस्य हरिकान्त लाल कर्णले गरेका थिए।




नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी गुल्शन झा लाई गृह नगर मलंगवामा भब्य स्वागत/ वडा न-८ को वडा कार्यालय द्वारा कदरपत्रसहित सम्मान

 


नेपालका चर्चित राष्ट्रिय  क्रिकेट खेलाडी गुल्शन झा लाई गृह नगर मलंगवामा भब्य स्वागत/ वडा न-८ को वडा कार्यालय द्वारा कदरपत्रसहित सम्मान

मनोज यादव-----


सर्लाही,चैत्र ११

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ को वडा कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्शन झा र आशुतोष यादवलाई  कदरपत्रको साथ सम्मान गरेको छ ।
     सोही वडा बस्ने अखिलेश झा को छोरा १८ वर्षिय खेलाडी गुल्शन र सर्लाही जिल्लाकै बरहथवा नगरपालिका वडा न-१७ श्रीपुर निवासी जयप्रकाश रायको छोरा १८ वर्षिय खेलाडी आशुतोषलाई वडा अध्यक्ष मुकेश जयसवालको पहलमा एक समारोहको आयोजना गरि सम्मानित गरिएको हो।
   क्रिकेट खेलाडीद्वय झा र यादवलाई मलंगवाबासीहरुले वडा न-८ मा रहेको भगवती मन्दिरको प्रांगणबाट बाजागाजाको साथ नगरको परिक्रमा समेत गराएका थिए।नगर परिक्रमाको क्रममा स्थानीयबासीहरुले उनीहरुलाई फुलमाला र खाँदा ओढाएर सम्मान गरेका थिए।उनीहरुलाई सम्मान गर्न स्थानीय नगरबासीहरुको सडकमा बाक्लो भिड लागेको देखिन्थयो।
    आफ्नो खेलको प्रदर्शनबाट  मलंगवा जस्तो एउटा सानो शहरको नाम नेपालमा मात्र नभई विश्वभरि चिनाउन सफल भएका युवा खेलाडी गुल्शनलाई सम्मान गर्न पाउँदा आफुलाई ठूलो गर्वको महसुस भइरहेको वडा अध्यक्ष जयसवालले बताए ।
     आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत गत चैत्र २ गतेको  खेलमा नटआउट ५० रन लिएर युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाललाई विश्वकप छनोटमा प्रवेश गराएका खेलाडी गुल्शनलाई मधेस प्रदेश सरकारले पनि प्रोत्साहनस्वरुप दुई लाख रुपैया प्रदान गर्ने घोषणा गरिसकेको छ।
   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै  नेपालले जुलाईमा हुने एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने र त्यसमा पनि जित निकालेमा नेपाल अरु ठूला र विश्व प्रख्यात क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्ने गुल्शन झा का कोच एवं सर्लाही क्रिकेट संघका अध्यक्ष माधव कर्माचार्यले बताए ।
     सोही वडा बस्ने अखिलेश झा को छोरा १८ वर्षिय खेलाडी गुल्शन र सर्लाही जिल्लाकै बरहथवा नगरपालिका वडा न-१७ श्रीपुर निवासी जयप्रकाश रायको छोरा १८ वर्षिय खेलाडी आशुतोषलाई वडा अध्यक्ष मुकेश जयसवालको पहलमा एक समारोहको आयोजना गरि सम्मानित गरिएको हो।
   क्रिकेट खेलाडीद्वय झा र यादवलाई मलंगवाबासीहरुले वडा न-८ मा रहेको भगवती मन्दिरको प्रांगणबाट बाजागाजाको साथ नगरको परिक्रमा समेत गराएका थिए।नगर परिक्रमाको क्रममा स्थानीयबासीहरुले उनीहरुलाई फुलमाला र खाँदा ओढाएर सम्मान गरेका थिए।उनीहरुलाई सम्मान गर्न स्थानीय नगरबासीहरुको सडकमा बाक्लो भिड लागेको देखिन्थयो।
    आफ्नो खेलको प्रदर्शनबाट  मलंगवा जस्तो एउटा सानो शहरको नाम नेपालमा मात्र नभई विश्वभरि चिनाउन सफल भएका युवा खेलाडी गुल्शनलाई सम्मान गर्न पाउँदा आफुलाई ठूलो गर्वको महसुस भइरहेको वडा अध्यक्ष जयसवालले बताए ।
     आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत गत चैत्र २ गतेको  खेलमा नटआउट ५० रन लिएर युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाललाई विश्वकप छनोटमा प्रवेश गराएका खेलाडी गुल्शनलाई मधेस प्रदेश सरकारले पनि प्रोत्साहनस्वरुप दुई लाख रुपैया प्रदान गर्ने घोषणा गरिसकेको छ।
   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै  नेपालले जुलाईमा हुने एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने र त्यसमा पनि जित निकालेमा नेपाल अरु ठूला र विश्व प्रख्यात क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्ने गुल्शन झा का कोच एवं सर्लाही क्रिकेट संघका अध्यक्ष माधव कर्माचार्यले बताए ।

Friday, March 24, 2023

चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो विरुद्ध राजनैतिक दलहरु आन्दोलित


 चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो विरुद्ध राजनैतिक दलहरु आन्दोलित


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १०

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको कार्यशैली लाई लिएर  राजनैतिक दलहरु आन्दोलनमा उत्रिएका छन्  ।

     लोसपा का महेन्द्र महतो,नेपाली काँग्रेसका सत्यदेव सिंह,राप्रपाका सत्यनारायण राय,माओवादीका लोकेन्द्र मुखिया,जसपाका नन्दलाल राय,शंकर चौधरी र नेकपा एसका भरत साहले  महतो गा.पा अध्यक्षमा निर्वाचित भएदेखि हालसम्मको गाउँ सभा,गाउँ विशेष परिषद(सभा),कार्यपालिका सदस्यहरुले गरेको निर्णय र गा.पा भित्र गा.पा बाट तलब सेवा सुविधा खाने गरि नियुक्ति गरिएका दैनिक  ज्यालादारी,करार नियुक्ति तथा अन्य नियुक्ति समेतको नामावली ,प्रक्रिया र के कति तलब सेवा  सुविधा पाइरहेको प्रमाणित प्रतिलिपी सूचनाको हक अनुसार जानकारीको लागि उपलब्ध गराइ दिन माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष संयुक्तरूपमा हस्ताक्षर गरिएको निवेदन बुझाएका छन् ।

   निवेदनमा माग अनुसारको प्रतिलिपीहरु नबुझाएको खण्डमा आफुहरु कडा आन्दोलनमा उत्रिने र यसबाट पर्न जाने  क्षतिको सम्पूर्ण जिम्मेवारी स्वयं गाउँपालिका हुने समेत चेतावनी दिइएको छ। 


पर्सा गाउँपालिका द्वारा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच

 

पर्सा गाउँपालिका द्वारा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १०

    सर्लाहीको पर्सा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घर घरमै पुगेर स्वास्थ्य परीक्षण,औषधि उपचार तथा औषधि वितरण कार्य सुरु गरेको छ ।

    गाउँपालिका अध्यक्ष  धिरेन्द्र यादव बिस्पतले शुक्रवार एक कार्यक्रमका बिच सो कार्यको उद्घाटन गरेका हुन्।

   उमेरले समेत पाका भइसकेका जेष्ठ नागरिकलाई उनीहरू बसेकै स्थानमा पुगेर स्वास्थ्य कर्मीद्वारा स्वास्थ परिक्षण गरि औषधि उपचार तथा औषधि वितरण गर्ने गा.पा अध्यक्ष यादवले  जनाएको छ ।

   उदघाटन कार्यक्रममा सबै वडाका वडाअध्यक्ष, सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, जेष्ठ नागरिक तथा  महिला स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो।




Thursday, March 23, 2023

विद्युतिय पासाेमा परी बलरामा एक पुरूषकाे मृत्यु

 



विद्युतिय पासाेमा परी बलरामा एक पुरूषकाे मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही, चैत-९

  सर्लाहीको  बलरा नगरपालिकामा  जङ्गली जनावरको लागि  थापिएको विद्युतिय पासाेमा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरी रहेको प्रहरीले जनाएको छ।

    राति पिसाब फेर्न निस्किएका रामअक्षय छिमेकीको मकै बारी थापिएको विद्युतीय पासाेमा परि  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंवाले जनाएको छ ।

   मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि परिवारले बुझेर लगेका जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रहरी एपी नरेशराज सुवेदीले  जानकारी दिए ।

Wednesday, March 22, 2023

आफ्नै श्रीमती माथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई उच्च अदालत जनकपुर द्वारा साढे १० वर्ष कैद र ६ लाख जरिवाना

 आफ्नै श्रीमती माथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई उच्च अदालत जनकपुर द्वारा साढे १० वर्ष कैद र ६ लाख जरिवाना 

         पिडित आरती साह



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र ८

    आफ्नै श्रीमती माथि एसिड प्रहार गरि गम्भीर घाइते बनाउने धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा न-२० रुपैठाका सञ्जीव साहलाई उच्च अदालत जनकपुरले साढे १० वर्ष कैद र ६ लाख जरिवानाको फैसला सुनाएको छ।

   बुधबार उच्च अदालत जनकपुरको चार नम्बर इजलासका न्यायाधीशद्वय डालकुमार खड्का र सागर बिष्टको इजलासबाट जिल्ला अदालतले गरेको फैसलालाई  सदर गर्दै सो सजय सुनाएको अधिवक्ता रिंकु कुमारी यादवले जनाएको छ।

   सञ्जीवले गत २०७७ साल कात्तिक २९ गते दीपावलीको दिन आफ्नी श्रीमती आरती साह माथि  एसिड प्रहार गरेका थिए।

   एसिड प्रहार गर्ने आरतीका पति सञ्जीवलाई जिल्ला अदालतले २५ साउनमा दोषी ठहर गरी कैद र जरिवानाको सजाय निर्धारण गरेको थियो।तर सञ्जीवे जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए। उक्त मुद्दामा जाहेरीवाला आरती शाहको तर्फबाट  अधिवक्ता रिंकु कुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए भने विपक्षीको तर्फबाट अधिवक्ता अरुणकुमार यादवले बहस गरेका थिए।

     अधिवक्ता आचार्यसहित आफूले सुरुदेखि नै यस मुद्दामा आरतीको तर्फबाट निःशुल्क बहस गर्दै आएको अधिवक्ता यादवले बताइन ।उनले "मानव सेवा नै धर्म हाे"भन्ने भनाइलाई आत्मसात् गर्दै नि: शुल्क बहस गर्दै आईरहेकोले आरतीको मुद्दा पनि नि:शुल्क लडेको बताइन।पडित आरतिलाई न्याय दिलाउन सफल भएकोमा आफु निकै गौरवान्वित महसुस गरेको अधिवक्ता यादवले खुसी व्यक्त गर्दै भने। अन्यायको  विराेधमा लडेर आज न्याय पाएकाेमा आफ्नो पेशा प्रति  सन्तुष्ट रहेको उनले बताइन्।


चैत्र नवरात्रको अवसरमा मलंगवामा निकालियो भब्य कलश तथा ध्वजा यात्रा


चैत्र नवरात्रको अवसरमा मलंगवामा निकालियो भब्य कलश तथा ध्वजा यात्रा

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र ८

   यस वर्षको चैत्र नवमीको बुधवारबाट  सुरु भएको छ ।चैत्र नवमीको अवसरमा पहिलो दिन सर्लाहीको सदरमुकाम मलंगवामा हजारौ पुरुष तथा महिला श्रद्धालुहरु सहितको  कलश तथा भब्य ध्वजा यात्रा निकालिएको छ।

    नवरात्रको लागि भएको कलशयात्रा पछि  विधिवत रुपमा पुजा शुरु भएको छ । मलंगवा नगरपालिका वडा न-८ स्थित रहेको भगवती मन्दिरबाट बुधबार बिहान धार्मिक झाँकी र  बाजागाजासहित निकालिएको यात्रा नगरको विभिन्न भागको परिक्रमा गरि पुन:सोही स्थानमा पुगि सम्पन्न भएको थियो।

   उक्त यात्रामा बनेका भगवान शिव,पार्वती लगायत विभिन्न श्रृषिमुनीहरुको सजिव प्रतिक हेर्न लायकको रहेको यात्रा अवलोकन गर्न आआफ्नो घर अगाडी उभेका स्थानीयबासीहरु सुनाएका थिए।

    यात्रामा नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,वडा अध्यक्षहरु मुकेश जयसवाल,मुकेश झा,चन्देश्वर राय, प्रमोद यादव, स्थानीय व्यापारी संजय गुप्ता(सुगन्ध),गौतम सर्राफसहित स्थानीय बुद्धिजीवी ,व्यापारी ,समाजसेवी ,साधुसंत लगायत हजारौं स्थानीय पुरुष तथा महिलाहरुको सहभागीता रहेको थियो।

Tuesday, March 21, 2023

जातीय विभेद अवरोध समाधानका उपाय सम्बन्धी मलंगवामा अन्तरक्रिया

 


जातीय विभेद अवरोध समाधानका उपाय सम्बन्धी मलंगवामा अन्तरक्रिया 



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत्र ७

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ, मलंगवाले "संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौ,जातीय छुवाछूत तथा भेदभावका विरुद्ध प्रतिरोध गरौं "भन्ने नाराला साथ सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंग भेद उन्मुलन दिवस मनाएको छ।

    दिवसको अवसरमा ने.रा.द.स.क.संघले राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा वृहद र्यालीको साथै मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा दलित बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धिमा जातीय विभेद अवरोध समाधानका उपायको विषयमा सरोकारवालाहरु सँग  अन्तरक्रिया गरिएको छ। अस्ट्रेलियन एड,ह्याण्डी क्याप इन्टरनेशनल ,वर्ल्ड एजुकेसन ,वर्ल्ड भिजन,आर.आर.पि.के ,साप नेपाल ,UNDEFF NUD को सहयोग तथा नेपाल दलित सेवा समाज मलंगवा ,दलित उत्थान महिला केन्द्र सलेमपुर,ओरेक नेपाल र बाल कल्याण संघको समेत सहकार्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका  सदस्य पासवानले नेपालको संविधान २०७२ मा कुनैपनि सार्वजनिक या निजि स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारवाही हुने स्पष्ट व्यवस्था रहेको बताए । तर, सार्वजनिक स्थल मठमन्दिर इत्यादि स्थलमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना यथावत रहेको बताउँदै जातिय विभेद गर्नेलाई राज्य व्यवस्था अनुसार कडा कारवाही गरिने जिकिर र जातिको नाममा विभेद नगर्न सबैलाई अनुरोध गरे।

   त्यस्तै, अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवानले  मुलुकी ऐन अनुसार नेपालबाट जातिय छुवाछूतको अन्त्य भएको घोषणा भएपनी हालसम्म कार्यान्वयन भने हुन नसकेको गुनासो गरे। उनले जातिय समनताको लागि समयसमयमा आन्दोलन र विरोधका कार्यक्रमहरु  गरिए पनि मानिसको सोंच र व्यवहारमा एक प्रतिशत पनि कमि ल्याउन नसकेको कुरा बताए। उनले जातिय विभेदलाई आधुनिक समाजसँगै निर्मुल पार्नको लागि युवाहरूको भुमिका अहम भएको जानकरी दिए।

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरु प्रदेश सभा सदस्य शकुन्ती देवी राम,पुर्व प्रदेश सभा सदस्य रवीन्द्र बैठा,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,समाजसेवी डा.गुणेश्वर झा ले पनि अहिलेको अवस्थामा आएर पनि जातिय विभेद गर्नु भनेको अमानवता र मानवहिन कार्य भएको र यसलाई तत्काल अन्त्य गर्न नसके यसले समाजलाई ठुलो असर गर्ने धारणा राखेका थिए।

    सो कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय,आर.आर.पि.के का कार्यक्रम संयोजक नागेन्द्र प्रसाद साह,ओरेककी ममता साह , NNDSW का कार्यक्रम अधिकृत गोविन्द पासवान ,विद्यार्थी, दलित र गैरदलित समुदायका गरि करिब ३५० जना भन्दा बढी  मनिसहरुको उपस्थिति रहेको थियो।


Monday, March 20, 2023

घरमै पार्किङ गरि राखेको २ वटा टयाक्टर चोरी,गस्तीका बाबजुद पनि चोरी हुँदा सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयको शंका

 

घरमै पार्किङ गरि राखेको  २ वटा टयाक्टर चोरी,गस्तीका बाबजुद पनि चोरी हुँदा सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयको शंका

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ६

      सर्लाही जिल्लाका शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि चोरीका घटनाहरु बढेका छन् ।चोरहरुले पछिल्लो समय साइकल ,मोटरसाइकल जस्ता साना  गाडीहरु मात्र नभइ ठुलाठुला सवारीसाधनहरु समेत चोरी गर्न थालेका छन् ।

     यसै क्रममा चैत्र १ गते राती जिल्लाको ईश्वरपुर नगरपालिका वडा न-७ शान्तिपुर टोल स्थित शुशिला देवी साह सुडीको घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको  ट्याक्टर चोरी भएको छ।पिस लुम्बिनी इन्टरनेशनल कम्पनीको नाममा रहेको र शुशिला देवीले खरिद गरेको ON TEST Escorts Powertrac Euro 50  टयाक्टर चोरी भएको हो।

   त्यस्तै सोही नगरपालिका स्थित करमुहानबाट गत फाल्गुन मसान्तमा घरमा पार्किङ गरि राखेको सोनालिका ट्याक्टर चोरी भएको छ।ट्याक्टर चोरी भएपनि साँचो भने सवारी धनीसँगै रहेको  पिडितहरुले बताएका छन् ।

    पछिल्लो समयमा ठूला सवारी साधन समेत पार्किङ गरेको स्थानबाटै चोरी हुँदा सर्लाहीको सुरक्षा क्षेत्रमा चुनौति थपिएको छ। जिल्लामा  डर लाग्दो चोरीका घटना बढ्न थालेका छन्। चोरी भएको स्थानमा सुरक्षाकर्मीहरु ड्युटीमा बस्छ। नियमित गस्ती समेत गर्छ। तर पनि चोरी हुनु निकै दुःखद रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।    

     नियमित गस्तीका बाबजुद  चोरी हुनुले सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयहरु मनमा  शंका उत्पन्न भएको छ।

स्ववियु सर्लाही क्याम्पसको सभापतिमा अनेरास्ववियुका र उपसभापतिमा नेविसंघका नेता विजयी

 


स्ववियु सर्लाही क्याम्पसको सभापतिमा अनेरास्ववियुका र उपसभापतिमा नेविसंघका नेता विजयी 

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ६

    स्वतन्त्र विद्यार्थी युनियन सर्लाही क्याम्पसमा एमाले निकट अनेरास्ववियुका धर्मेन्द्र राय टाका विजयी भएको छ ।

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ मा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा धर्मेन्द्र  विजयी भएका हुन ।

     यस्तै  उप-सभापतिमा सर्लाही क्याम्पस को स्ववियू उप-सभापतीमा ने.वि.संघका मो.कौशर अली विजयी भएका छन् ।त्यस्तै सचिवमा  कृष्ण यादव,सह-सचिव- नितु कुमारी,कोषाध्यक्षमा अनु अधिकारी र सदस्यहरुमा सुभाष यादव,कृष्णनन्दन साह कानु, निशा कुमारी मिश्रा, चन्दन महतो, रूबी खातुन तथा  रंजना यादव निर्वाचित भएका छन् ।

Thursday, March 16, 2023

कबिर सिंह नामको फेसबुक आइडी मार्फत मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवलाई धम्की,यस प्रति नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण

 


 कबिर सिंह नामको फेसबुक आइडी मार्फत मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवलाई धम्की,यस प्रति नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण



लोकतन्त्र समाचारदाता ---

सर्लाही,चैत २

      मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको नाममा जघन्य अपराध गर्नको लागि सुपारी(रकम) लिएको भन्दै कबिर सिंह नामको फेसबुक आइडी मार्फत धम्की दिएको भन्ने विषयमा नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण भएको छ।यस विषयमा नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी समेत गरेको छ।

  उप प्रमुख सकुन्तला देवी साह, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम र प्रवक्ता नवल किशोर यादव द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ति मार्फत मिति २०७९ फाल्गुन २९ गते "कविर सिंह" नामको फेसबुक आइडी बाट मलंगवा न.पा वडा न-९ बस्ने एक व्यक्तिले जघन्य अपराध गर्नका लागि सुपारी समाएको जस्तो अत्यन्तै क्रुर र अमानवीय सन्देश प्रवाह गरेको र हालसम्म सो सन्देशलाई २३ जनाले सेयर  गरेको  र केहीको फेसबुकमा ट्याग समेत गरेको देखिएको उल्लेख गरिएको छ।

     साथै विज्ञप्तिमार्फत यस्तो अमानवीय ,गैर सामाजिक र अपराधिक मनोवृत्तिबाट प्रेरित तथा दुरासयपुर्ण प्रचारप्रसार प्रति खेद व्यक्त गर्दै यस्ता अन्वान्क्षित तत्वको तत्कालै खोजी गरि यथार्थ विवरण जनसमक्ष ल्याउन तथा दोषी उपर कडा कानुनी कार्यवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

Wednesday, March 15, 2023

मधेश प्रदेश सरकार द्वारा सर्लाहीका सबै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक कीट वितरण

 


मधेश प्रदेश सरकार द्वारा सर्लाहीका सबै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई  शैक्षिक कीट वितरण 


मनोज यादव---

सर्लाही,चैत्र १

     मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानको क्रममा शिक्षा विकास निर्देशनालय जनकपुरधामले सर्लाही जिल्ला अन्यर्गतका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुको लागि ज्योमेट्री बक्स सहितको स्कुल ब्याग (शैक्षिक कीट) उपलब्ध गराएको छ।बाल मैत्री शिक्षा विकास कार्यक्रम अन्तर्गत संचालित अभियानका क्रममा बुधबार(आज)मधेस प्रदेश सरकारको तर्फबाट सर्लाहीका सबै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक  माविमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य  उपेन्द्र महतोले ज्योमेट्री बक्स सहितको स्कुल ब्याग (शैक्षिक कीट) हस्तान्तरण गरेका छन् । जिल्लाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा शैक्षिक  वितरण गरिएको हो। 

      शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम द्वारा आयोजित समारोहमा प्रमुख अतिथि एवं प्रदेश सांसद महतोले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयंले  अनुशाषित बन्नु पर्ने बताए ।साथै उनले प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानमा प्रधानाध्यापकहरुलाई सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए। 

     मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयाँलको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा,शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शाखा अधिकृत किशोरी कापर र लेखा अधिकृत फणीन्द्र ढुंगेल,पब्लिक माविका प्राधानाध्यापक सुवास कुमार यादवसहित जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

    उक्त  समारोहलाई सफलतापुर्बक सम्पन्न गराउन पब्लिक माविका शिक्षक  तथा विद्यार्थीहरुले विशेष भुमिका निर्वाह गरेका थिए।

प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मलंगवामा सुरु

 


प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मलंगवामा सुरु



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । देश विदेशमा मलंगवा न.पा लाई चिनाउने साथै खेलखुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको मलंगवा-१२ का वडाअध्यक्ष राम दरेश रायले जनाएको छ।

   नकआउट सिद्धान्त अन्तर्गत खेलाइने यस प्रतियोगितामा सर्लाहीसहित महोत्तरी,बारा,धनुषा,सिन्धुली,झापा   मकवानपुर जिल्ला र एपीएफ काठमाडौको गरि जम्मा ९ वटा टिमले सहभागीता जनाएका छन् । 

   लगातार ५ दिनसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सांसद कौशल किशोर रायले गरेका थिए।

   माई स्थान युवा क्लब वडा न-१२ गम्हरियाको आयोजना तथा मलंगवा न.पा वडा न-१२ को वडा कार्यालयको सहयोगमामा संचालन भइरहेको प्रतियोगिताको विजेता  टिमलाई  शिल्ड तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार ,र उपविजेता टिमलाई शिल्ड तथा प्रमाणपत्रसहित नगद रु ६५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष मन्जित यादवले जनाएको छ।


 

Tuesday, March 14, 2023

दलित समुदायलाई अपमानित गर्ने सिरहाका गाउँपालिका प्रमुखलाई कारबाहीको माग गर्दै सर्लाही दलित अधिकारकर्मीहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए


दलित समुदायलाई अपमानित गर्ने सिरहाका  गाउँपालिका प्रमुखलाई  कारबाहीको माग गर्दै सर्लाही दलित अधिकारकर्मीहरुले  प्रजिअ मार्फत  प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ३०

      मधेश प्रदेशको सिरहा जिल्ला  भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सर्लाहीका  दलित अधिकारकर्मीहरुले मंगलबार  जिल्ला प्रशासन कार्यलय सर्लाही  मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छ्न।

      पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान ,संयुक्त दलित संघर्ष समिति सहसंयोजक राम नरेश मण्डल ,सदस्य राम प्रमोद पासवान,महेश पासवान , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवान ,कार्यक्रम अधिकृत गोविन्द पासवान र नेपाल दलित सेवा समाज सर्लाही अध्यक्ष हेमन पासवान लगायतको दलित अधिकारकर्मीहरुको टोलीले मंगलबार दिउँसो प्रजिअ इन्द्रदेव यादवमार्फत गा.पा अध्यक्ष यादवलाई कारबाही गर्न माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहल "प्रचण्ड"लाई  ज्ञापनपत्र पठाएका हुन्।

    ज्ञापनपत्रमा गा.पा अध्यक्ष यादव   यादवले गत फाल्गुन २२ गते सोमबारका दिन आफ्नो आमाको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजना गरेको भोजमा जात र समुदाय अनुसार फरक-फरक ठाउँमा राखेर खाने प्रबन्ध गरेर दलित समुदायलाई अपमानित गरेको भन्दै निज उपर हदैसम्म कार्यवाही गर्न माग उल्लेख गरिएको छ। साथै सो भोजमा सहभागी भएका सम्पूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले समेत सार्वजनिक रुपमा माफी माग्नु पर्ने जोडदार माग गरेका छन् ।

Monday, March 13, 2023

कौडेनामा लैंगिक हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा अन्तरक्रिया गरियो

 

कौडेनामा लैंगिक  हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा अन्तरक्रिया गरियो

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २९

     सर्लाहीको कौडेना गाउँपालिकामा लैंगिक  हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ। ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शिक्षालागि राष्ट्रिय अभियान नेपाल (एन.सि.इ.नेपाल )ले    कौडेना गा.पा को सँग को सहकार्यमा कार्यक्रमको आयोजना गरि सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको हो।

   अहिले देशभर लैंगिक  समानताको अधार, सिर्जनात्मक प्राविधिमा पहुँच बिस्तार भन्ने राष्ट्रिय नराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहँदा एन.सि.इ.नेपालले पनि समाजमा विद्यमान लैंगिक हिंसाको निराकरणको उपाय र बालबालिकाहरुको लागि  शिक्षा लगायत अन्य अधिकारको विषयमा छलफल गर्न गा.पा  उपाध्यक्ष नगिना देविको अध्यक्षता  तथा गा.पा अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यमा र प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको बिशिस्ट आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको एन.सि.इ नेपालका सर्लाही जिल्ला संयोजक  राजेश पासवानले बताए ।

    फेकु पासवानले संचालन गरेको उक्त  कार्यक्रममा सामुदायिक विद्यालयका प्राधानाध्यापक,विभिन्न वडाका वडाअध्यक्ष,शिक्षा शाखा प्रमुख लखिन्दर मुखिया लगायत विभिन्न  स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए।कार्यक्रममा स्वागत मन्तव्य बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम यादवले राखेका थिए ।

     कार्यक्रममा ओरेक नेपालकी  मनोसामाजिक विमर्शकर्ता ममता साह  ,मानव अधिकारकर्मी मनोज पासवान  लगायत ४५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Sunday, March 12, 2023

सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

 


सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ



अजिता चौधरी ---

सर्लाही,फाल्गुन २८

      सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो  वार्षिक साधारण सभाबाट निर्वाचित भएका नवनिर्वाचित पदाधिकारीहरुले शनिवार पद तथा गोपनियताको सपथ लिएका छन् ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित   केन्द्रको प्रांगणमा प्रहरी उपरीक्षक नरेशराज सुवेदीको अध्यक्षतामा  आयोजित कार्यक्रम मार्फत नवनिर्वाचित अध्यक्ष संजय प्रसाद गुप्तासहितका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन। 

      कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ब्यानर पढेर गरेका थिए भने स्वागत मन्तव्य केन्द्रकी नवनिर्वाचित स-सचिव मिरा रानीले गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथी प्रजिअ  यादवले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सामुदायिक प्रहरीले पुलको काम गरिरहेको र यसले समाजमा बढ्दै गएको विकृतीलाई न्यूनिकरण गर्न समेत विना वर्दीको प्रहरीको रुपमा  प्रहरीसँग हातेमालो गर्दै अघि बढेको समेत बताए । साथै उनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना समेत दिए।

   कार्यक्रममा प्रहरी उपरीक्षक सुवेदी ,मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साह,  वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी  ,अनुसंधान प्रमुख संतोष ढुंगेल,रेडियो वर्षाका अध्यक्ष कृष्णा सिंह  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

     सोही कार्यक्रम मार्फत  निर्वाचन सम्बन्धि सम्पुर्ण काम हेरेका निर्वाचन समिति संयोजक  अधिवक्ताद्वय मोहन राय यादव र मिथिलेश कुमार सिंह तथा केन्द्रलाई सहयोग गर्ने मलंगवा न.पा का वडा अध्यक्षहरु,स्थानीय भद्रभलादमीहरु लगायत विशिष्ट व्यक्तिहरुलाई जिल्ला सा.प्र.सेवा केन्द्रले कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए।



Saturday, March 11, 2023

राष्ट्रिय स्वतन्त्र पार्टीको सर्लाही जिल्ला संयोजकमा साह र उपसंयोजकमा सिन्तान चयन


राष्ट्रिय स्वतन्त्र पार्टीको सर्लाही जिल्ला  संयोजकमा साह र उपसंयोजकमा सिन्तान चयन



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २७

   राष्ट्रिय स्वतन्त्र पार्टीको  मधेश प्रदेश सदस्य समितिले सर्लाही जिल्लाको लागि संयोजक र उपसंयोजक चयन गरेको छ।

     पार्टीको उक्त समितिले  मलंगवा नगरपालिका वडा न-८ का कमलेश साहलाई सर्लाही जिल्लाको संयोजकमा चयन गरेको छ।त्यस्तै पन्च बहादुर सिन्तानलाई उपसंयोजकमा  चयन गरेको पार्टीले जनाएको छ।

    संयोजक भइसकेपछि साहले राष्ट्रिय अध्यक्ष  रवि लामिछानेले देश हितको लागि लिएको लक्ष्यलाई पूरा गर्न सर्लाही   जिल्लामा महत्वपूर्ण भूमिका खेल्ने बताए।उनले सर्वसाधारण नागरिकले भोगेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने लोकतन्त्रलाई बताए  । 

      साहलाई  जिल्ला संयोजकको साथ साथै रा. स्व.पा. मधेश प्रदेशको फाल्गुन २५ को बैठक अनुसार प्रदेश सदस्यमा समेत मनोनीत  गरिएको पार्टीले जनाएको छ।

Friday, March 10, 2023

एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको जिल्ला समन्वय सम्मेलन सम्पन्न,अध्यक्षमा विश्वनाथ राय चयन


एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको जिल्ला समन्वय सम्मेलन सम्पन्न,अध्यक्षमा विश्वनाथ राय चयन


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २६

     एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको ७ औं जिल्ला समन्वय सम्मेलन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको सम्मेलनले विश्वनाथ रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला समन्वय समिति चयन गरेको छ। जसको उपाध्यक्षमा लतिन्द्र   चौधरी ,सचिवमा वेद प्रकाश गौतम र कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव  लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

        राम विलास रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका स-अध्यक्ष पुर्ण प्रसाद दवाडीले गरेका थिए।

       मलंगवा नगरपालिका वडा न-८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार संयोजक रामेश्वर प्रसाद यादव,केन्द्रीय उपाध्यक्ष किरण यादव ,मधेश प्रदेश अध्यक्ष भुप नारायण यादव,नेपाल शिक्षक संघ उपाध्यक्ष रामबाबु राय ,बरहथवा नगरपालिकाका पुर्व मेयर देवानन्द महतो,संघका  चक्रघट्टा गाउँपालिका अध्यक्ष विजय यादवसहित जिल्लाभरीका पालिका अध्यक्षहरु,नगर महासंघ अध्यक्षहरु,केन्द्रीय समितिका पदाधिकारीहरु लगायत संघमा आबद्ध शिक्षक,शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो।