Friday, December 31, 2021

ईन्टरनेशनल वडि विल्डिङ स्पोर्टस् प्रतियोगितामा तृतिय स्थान हासिल गरेका नेपाली टाइगर उपनामले चिनिने सर्लाही लालबन्दीका बडी विल्डर खेलाडीलाई सुरेन्द्र महतोलाई गृह जिल्लामा स्वागत तथा सम्मान

 



मनोज यादव----

सर्लाही ,पुस १६

   नेपाली टाइगर उपनामले चिनिने सर्लाहीको लालबन्दी नगरपालिका वडा न-५ निवासी अन्तर्राष्ट्रिय बडी विल्डर्स खेलाडी सुरेन्द्र महतोलाई  स्थानियबासीहरुले सम्मान गरेका छन्।

       नेपाली टाइगर महतोलाई नेशनल बडी विल्डिङ युनियन नेपालको तर्फबाट ईन्टरनेशनल वडि विल्डिङ स्पोर्ट प्रतियोगितामा तृतिय स्थान हासिल गरेर विश्वसामु देश र सर्लाही जिल्लाको मान राखेको भन्दै स्थानीयबासीहरुले लालबन्दी वडा न-५ स्थित उहाँकै घरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन।

   भारतकाे दिल्लीमा भएको विश्व स्तरिय प्रतियाेगितामा ९ देशका बडी विल्डर्स खेलाडीहरुको सहभागीता रहेकाे थियाे । जसमा महताेले तृतिय स्थान हासिल गरेका थिए ।एसियामा तृतिय स्थान ल्याउन सफल भएका ३७ वर्षीय महताेले विश्वभरकाे प्रतियोगितामा तृतिय स्थान हासिल गरेका हुन ।

     विश्वमा तृतिय स्थान हासिल गरेर देशको मान, सम्मान र इज्जत राखेको भएपनि नेपाल सरकार तथा स्थानिय सरकारले कुनै किसिमकाे सहयाेग नगरेकाे  महताेले गुनासो गरे ।तर  नेपालकाे नाम विश्व सामु चिनाउन पाउँदा  आफुलाई धेरै खुसि लागेकाे बताउनु भयाे । उनले सबैको साथ र सहयाेगले आफू सफल भएको बताउदै  नेपाल सरकारले खेलाडीहरुको लागि  खेल र क्षेत्र अनुसारकाे व्यवस्था गर्नु पर्ने बताए । यसलाई निरन्तरता दिंदै अब आफुले नेपाली खेलाडी तथा खेलक्षेत्रमा लाग्न चाहने युवाहरुलाई अनलाइन मार्फत फ्रि तालिम दिने नेपाली टाइगर महतोले बताए ।

    सम्मान ग्रहण गर्दै महतोले करिब १० वर्ष पहिलादेखि नै आफुले जिम गर्दै आएको र मन भित्रैबाट बडी विल्डर बन्ने ईच्छा शक्ति रहेको कारण भारतमा गएर तालिम लिएको बताउदै  नेपाल सरकारले सरकारी जिमखानाहरु संचालन गरेर  नि:शुल्क रुपमा जिम गर्न पाउने व्यास्था गर्नु पर्ने बताउनु भयाे ।साथीहरू  र पारिवारकाे भरपुर सहयाेगका कारण आफू सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

    ९ देशकाे सहभागीता रहेकाे सो प्रतियाेगितामा भारतले प्रथम र द्वितीय तथा  नेपालले तृतिय स्थान हासिल  गरेका थिए ।

Thursday, December 30, 2021

पत्रकार महासंघ प्रादेशिक समितिको पाँचौ बैठकमा पत्रकारहरु बिच "नैतिक पत्रकारिता आजको आवश्यक्ता" विषयमा एकदिने आन्तरिक छलफल,अतिथि पत्रकारहरुलाई हरिवनका किसानले तरकारीको माल लगाएर उखु उपहार दिए

 



मनोज यादव---

सर्लाही,पुस १५

    नेपाल पत्रकार महासंघ प्रदेश न-२ प्रादेशिक समिति र सर्लाहीका पत्रकारहरु बिच एकदिने आन्तरिक छलफल सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।  

   नेपाल पत्रकार महासंघ प्रादेशिक समिति, प्रदेश न-२ को आयोजना तथा  प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा बिहीबार हरिवन स्थित सगुन सहकारीको सभाहलमा भएको कार्यक्रममा महासंघको सांगठनिक विषय, सञ्चार क्षेत्रमा परेको असर,पारिश्रमिक ,पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माण तथा कार्यालय व्यवस्थापन,पत्रकारिता क्षेत्रमा हावी हुँदै गएको राजनीति ,पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता,स्थानीय तहसँग विज्ञापन प्राप्तिको लागि हुने कमिसनको खेल, लोककल्याणकारी विज्ञापन लगायतका विविध विषयमा छलफल गरिएको छ। 

    मिडिया काउन्सिलका प्रदेश दुईका अध्यक्ष शिबहरी भट्टराईको प्रमुख आतिथ्यतामा भएको प्रादेशिक समितिको पाँचौ बैठकले सात बुद्दे सर्लाही घोषणा पत्रसमेत जारी गरेको छ ।जारी घोषाणा पत्रमा पत्रकारिता पेशा लाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मा समिक्षा तथा विभिन्न कार्यक्रम मार्फत प्रेरित गर्ने ,पत्रकारको पेशागत भौतिक सुरक्षाका साथै जेष्ठ अग्रज पत्रकारहरुको लागि पेन्सनको लागि सरकारको ध्यानाकर्षण गराउने ,,कोरोना संक्रमणको कारण ज्यान गुमाएका पत्रकार र प्रभाबित भएका पत्रकार तथा संचारगृह लाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने ,सर्लाही सहित प्रदेश दुईकै कृषि उधोग पर्यटन लगायतको बिषय लाई उठान गरि समग्र नागरिकमा सुसुचित गराउन कलम चलाउने ,लगायतका बुद्दाहरु रहेका छन ।

    सर्लाहीको हरिवन र लालबन्दी उखु र तरकारी खेतीको लागि देशमै प्रख्यात रहेको र यस क्षेत्रका ८० प्रतिशत भन्दाबढी नागरिकहरु खेतीमै आश्रित रहेका छन् ।यस क्षेत्रमा उत्पादन हुने गोलभेडा लगायतका हरियो तरकारी देशका विभिन्न ठूलासाना शहर बजारमा निर्यात हुने गरेको छ ।सोही कुरा देखाउन  हरिवनका तरकारी खेतीमा संलग्न  किसान र उखु किसानका अगुवा कपिलमुनी मैनालीले संयुक्तरूपमा  कार्यक्रममा  सहभागी हुन आएका पत्रकार महासंघ प्रादेशिक समिति  प्रदेश न-२ का पदाधिकारीहरु र मेडिया काउन्सिल प्रदेश २ का पदाधिकारीहरुलाई उपहार स्वरुप एकएकवटा उखु प्रदान गर्दै उनीहरूले उत्पादन गरेको तरकारीको माला लगाएर स्वागत गरेका थिए ।

   कार्यक्रममा प्रदेश न-२ मेडिया काउन्सिल का अध्यक्ष शिवहरि भट्टराई ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,कार्यक्रम संयोजक शंकर श्रेष्ठ ,नेपाल पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंक क्षेत्री ,प्रदेश न-२मेडिया काउन्सिल सदस्य बन्दना झा,अकोराव केन्द्रीय सदस्य कृष्ण कुमार  एस्माली,अकोराव प्रदेश २ अध्यक्ष मनोज कुमार यादव,पत्रकार महासंघ प्रदेश २ कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासचिव श्याम बन्जारा,सदस्य महेश्वर अधिकारी ,बरिस्ठ पत्रकार रोशन न्यौपाने , महासंघ सर्लाही शाखाका सदस्य लगायत सर्लाहीका अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

   



 

Wednesday, December 29, 2021

ईश्वरपुरको बयलबास घटनामा मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमती

 

लोकतन्त्र समाचारदाता---

सर्लाही १४ पुस 

    सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बैलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति  दिने सहमति भएको छ । 

     आज(बुधबार)जिल्लाको  लालबन्दी स्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरु बीच भएको ६ घण्टा लामो छलफलबाट पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने साथै  घटनाको सम्बन्धमा  निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमारमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षाको लागि स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारी बीच भएको झडपमा आम नागरिक तथा व्यक्तिहरुको सम्पतिमा पुग्न गएको क्षतिको विवरण संकलन  गरी क्षतिपूर्ति उपलब्ध गराउने तथा झडपमा घाईते भएकाहरुको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने लगायतका   सहमती भएको छलफलमा सहभागी संघीय सांसद प्रमाेद साहले जानकारी गराउनु भएको छ। 

    घटनाको विषयलाई लिएर भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, संघ संस्था, उद्योगी व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने समेत सहमती भएको संघीय सांसद साहले बताउनुभयो । 

   मृतक रामकुमारको शव गएको आइतवार राती देखिनै जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

     आज भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य  साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेकाे थियो । 

   इश्वरपुर नगरपालिका क्षेत्रमा  मंगलबारबाट लगाइएको निषेधाज्ञा आज(बुधबार) साँझ ७ बजे सकिएको छ । पीडित पक्ष सहमतीमा आएपनि आक्रोशित भीड पुनः प्रदर्शनमा उत्रने सक्ने भन्दै स्थानीय प्रशासनले बिहीबार बेलुकासम्मका लागि निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।  

    आज दिनभर पानी परेको र लालबन्दीमा वार्ता समेत राखिएकाले बयलवास बजार क्षेत्रमा  कुनै पनि किसिमको प्रदर्शन भएन ।तर प्रदर्शन  हुनसक्ने भन्दै स्थानीय प्रशासनले भने बयलवास बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ।


सर्लाहीमा गरेका कार्यहरुका बारेमा सामीले गरे पत्रकारहरुसँग अन्तरक्रिया

 




अजिता चौधरी ---

सर्लाही,पुस १४

   सुरक्षित आप्रवासन परियोजना(सामी)ले सर्लाही जिल्लामा गरेका कार्यहरुको बारेमा बुधबार सर्लाही जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया गरेको छ।

   बुधबार मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाको आयोजना तथा शाखाका उपाध्यक्ष मनोज यादवको सभापतित्वमा  नेपाल सरकार र स्वीस सरकार बिच भएको द्विपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल ,प्रदेश सरकारको समन्वय ,जिल्लाका स्थानीय तहहरु मलंगवा ,हरिवन, बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको नेतृत्वमा सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा  बागमती सेवा समाज नेपाल सर्लाहीको  सहजीकरणमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गतका कार्यक्रमहरुको विषयमा जिल्लाका विभिन्न राष्ट्रिय तथा स्थानीय  संचार गृहमा कार्यरत पत्रकारहरु सँग अन्तरक्रिया गरिएको हो ।

    रिपोर्ट क्लबको साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक संतोषी थापाले परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।उहाँले बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) ले काम गरी रहेकाे जानकारी गराउनु भयो ।

   बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने गरी सामीले काम गरिरहेको  कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

   सामीको परियोजना सर्लाहीको मलंगवा,हरिवन, बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा संचालनरत रहेको छ ।

    मेडिया काउन्सिल प्रदेश न-२ का सदस्य बन्दना झाको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ प्रदेश न-२ का कोषाध्यक्ष विश्वनाथ ठाकुरको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

देशकै दोस्रो तथा प्रदेश न-२ को पहिलो ठुलो सहकारी संस्था राजश्रीको २१ औं वार्षिक साधारण सभाको उद्घाटन मलंगवामा सम्पन्न

 



---७ करोड भन्दा बढी निक्षेप संकलन गरेर मलंगवाका खुसीलाल पुरस्कृत---

मनोज यादव---

सर्लाही,पुस १४

      सर्लाहीको सदरमुकाम मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेडको २१औँ वार्षिक साधारण सभाको बुधबार सदरमुकाम  मलंगवामा उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

    प्रदेश न २ को सबैभन्दा ठुलो तथा नेपाल भरकै दोस्रो सबैभन्दा ठुलो मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिटको २१औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि पुर्व सांसद रामचन्द्र रायले उद्घाटन गर्नु भएको कार्यक्रम संचालक सुवोधहरि राजोपाध्यायले जनाएको छ।

    सभाको अध्यक्षता गर्नुभएका  संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७७/०७८ को आय-व्यय प्रस्तुत गर्नु भएको थियो ।साधारणसभामा अध्यक्ष यादवले  प्रस्तुत गर्नु भएको वासलातमा उल्लेख भए अनुसार संस्थाको सो अवधीको निक्षेप ११ अर्व ९४ करोड ७३ लाख ६१ हजार रुपैया छ भने ८ अर्व ७१ करोड १२ लाख ३९ हजार  रुपैया श्रृण लगानी  गरेको छ ।

   संस्थाले सोही आव मा १२ करोड ३७ लाख ७२ हजार ६९१ रुपैया नाफा कमाएको उल्लेख गरिएको छ ।

    सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व सांसद रायले राजश्री नाफामा गएको र संस्था नाफामा जानूमा सम्पूर्ण कर्मचारी ,सेयरधनी,बचतकर्ता ,फिल्ड कर्मचारीहरुको ठुलो योगदान रहेको बताउनुभयो ।

    सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबैभन्दा बढी ७ करोड ५१ लाख रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल हुनुभएका मलंगवाका खुसीलाल यादवलाई कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरेको छ ।यादवसँगै ४ करोड ८५ लाख रुपैया निक्षेप असुल गरेर दोस्रो स्थान हासिल गर्नु भएका सतिष मल्लिक र २ करोड ९३ लाख निक्षेप असुल गरेर तेस्रो स्थान हासिल गर्न सफल हुनुभएका संतोष कुमार साहलाई पनि यादवले कदर पत्र र पुरस्कारले सम्मानित गर्नुभएको छ।

  सभाको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सफल बनाउन जेसिज माध्यमिक विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमका प्रस्तुतिहरु पनि देखाएर सहभागी अतिथिहरुलाई मनोरञ्जन गराएका थिए ।

   कार्यक्रममा विशिष्ट अतिथि प्रदेश न-२ दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, संस्थाका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ ,प्रबन्ध निर्देशक राम लक्षण राय,उपाध्यक्ष सत्यनारायण अग्रवाल ,भुपु डिभिजन सहकारी कार्यालय प्रमुख सुरेन्द्र लाल कर्ण लगायत,सेयधनी, बचतकर्ता ,पत्रकार हरुको उपस्थिति रहेको थियो ।

बयलबास घटनालाई लिएर आज जनमत पार्टी द्वारा सर्लाही बन्द

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस १४ गते

ईश्वरपुर नगरपालिका वडा न-६ बैलवासकाे घटनालाई लिएर जनमत पार्टीले आज(बुधबार)सर्लाही जिल्ला  बन्दकाे घाेषणा गरेकाे छ । आज बिहानै देखि छाेटाे  र लामाे दुरिका सवारीसाधन बन्द गरेकाे जनमत पार्टी जिल्ला समिति सर्लाहीले जनाएकाे छ । 

   आन्दोलन चर्किंंदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो(मंगलबार)बाट आज(बुधबार) साँझ ७ बजेसम्म को लागि इश्वरपुर नगरपालिका क्षेत्रमा कर्फ्यु समेत लगाएको छ ।

Tuesday, December 28, 2021

हरिपूर्वामा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव बरामद

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १३

   सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न-५ स्थित जिंगडवा जाने बाटोको छेउमा मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ।

     हरिपूर्वा नपा वडा न- ५ स्थित जिगंडवा जाने बाटोमा राज खाजा घर नामक  होटलका संचालन गरेका सोही ठाउँ बस्ने स्थानीय  भरत रायको छोरा अन्दाजी ३४ वर्षको मनोज यादवको शव आफ्नै होटल नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।आज(मंगलबार) बिहान घुम्न निस्केका स्थानीय केही ब्यक्तिहरुले देखेपछि हरिपूर्वा प्रहरी चौकीलाई खवर गरेका थिए ।

    यादव झुन्डिएको आँपको रुख  सानो रहेको र घटना स्थलको स्वरुपलाई हेर्दा कसैले बाहिर बाटै हत्या गरेर ल्याइ झुण्ड्याएको हुन सक्ने स्थानियहरुले शंका गरेका छन् ।           

    मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल मलंगवामा राखिएको छ।  घटनाको सम्बन्धमा अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकवर्षको अवधीमा सर्लाहीमा ७ जना सिडियो साहबहरुको सरुवा,कर्मचारी निरुत्साहित तस्कर तथा अपराधीहरु हर्षित

 

                                          


मनोज यादव----

सर्लाही,पुस १३

     १२ महिना नबित्दै सर्लाहीमा  ७ वटा सिडियोहरुको सरुवा भएपछि जिल्लाको शान्ति सुरक्षा प्रभावित भएको छ भने सरकारी कर्मचारी तथा  सेवाग्राहीलाई समेत काम कारवाही गर्न असहज भएको छ ।

   भर्खरै सर्लाहीमा २ महिना अगाडी सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी(सिडियो) बाबुराम खतिवडाको पनि सरुवा भएको छ ।एक हप्ताको लागि  बिदामा गएका सिडियो बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रुपमा स्थानेश्वर गौतमलाई  पठाएको छ।

     यसरी २ महिना नबित्दै प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवाले जिल्लामा चौतर्फी असर परेको  जानकारहरुले बताएका छन् ।प्रजिअले आफ्नो काम कारबाही दुरुस्त रुपमा गर्न नपाउँदै सरुवा भएर जाँदा  तस्कर तथा आपराधिक गतिविधिमामा संलग्न आपराधिक प्रवृत्तिका ब्यक्तिहरू हर्षित हुने गरेको   जानकारहरु बताउँछ ।पछिलो समय सर्लाहीमा २-२ महिनाको अन्तरालमा सिडियोहरुको सरुवा भए पछि  जिल्लामा अराजकता तथा आपराधिक गतिविधि बढेको छ । 

  एक वर्षको अवधीमा सर्लाहीमा मोहन बहादुर जीसी,सुरेन्द्र पौडेल, नारायण प्रसाद भट्टराई उनको सरुवा सर्लाहीमा भएपनि उनी सर्लाहीमा हाजिर नभएर  बाहिरैबाट सरुवा गराएर अन्तै गएका थिए । भट्टराई पछि  हेमराज तामाङ, रामकुमार महतो र महतो पछि भर्खर डेढ महिना अगाडी गृहबाट सरुवा भएर प्रजिअको रुपमा बाबुराम खतिवडाले जिल्ला प्रशासन कार्यालय सर्लाहीको चार्ज लिनुभएको थियो। उहाँको पनि डेढ महिना नबित्दै  सरूवा भएकाे छ र उहाँको  ठाउँमा आज(मंगलबार) मात्र गृह मन्त्रालयबाट आउनु भएका थानेश्वर गाैतम नयाँ  प्रजिअकाे रूपमा सर्लाही जिल्ला प्रशासन कार्यालय सर्लाहीको जिम्मेवारी सम्हाल्नु भएको छ।

   यसरी २-२ महिनामै सिडियोहरुको काज सरुवा भए पछि जिल्लाको शान्ति सुरक्षामा ठुलाे खलल पुगेको नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष अधिवक्ता नरेश कुमार चौधरीले बताए ।केही-केही दिनमै भइरहेको सिडियोहरुको सरुवाले गृह मन्त्रालय सर्लाहीको सवालमा फेलियर भएको उनले भने ।सिडियोहरु आफ्नाे कार्यकाल पूरा नहुँदै सरुवा भएर जाँदा   कार्यालयको धरै काम कारबाहीमा नकारात्मक  असर पुगेकाे जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूले बताए ।

  अब आउनु भएका नयाँ सिडियो  गाैतम पनि कति दिनसम्म सर्लाहीमा टिक्ने हो ? त्यो हेर्न बाँकी छ।जिल्लामा सरुवा भएर आएदेखि उहाँको पनि उल्टो गन्ति शुरु भइसकेको बुद्धिजीवीहरु बिच कुरा चल्न सुरु भइसकेको छ ।

     

Monday, December 27, 2021

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीको अत्यन्त जरुरी सूचना !!!

 



 ट्राफिक व्यवस्थापनलाई चुस्त , दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन जिल्ला भरीका सबैखाले सवारीसाधनका  सवारी घनीले  निम्न अनुसारको ट्राफिक  नियमहरुको पालना गरि सवारीसाधन चलाउन यो सूचना प्रकाशन  गरिएको छ।


-:पालना गर्नुपर्ने नियमहरु:-


१.ट्रेक्टर चालकले सवारी चालक अनुमतीपत्र(लाइसेन्स) अनिवार्य रुपमा साथमा लिएर हिंड्नु पर्ने,ट्रेक्टरको ट्रेलरमा निर्माण सामाग्री बोकेको बेला त्रिपालले छोपेर ढुवानी गर्ने ।

२.बसको छतमा यात्रा नगर्ने ।

३.सवारीसाधनको सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने ।

४.बसको छतमा यात्रा गर्न तथा यात्रु बोक्न नपाइने ।

५.बिना हेलमेट मोटरसाइकल चलाउन नपाइने ।

६.आफ्नो मोटरसाइकलको सवारी चालक अनुमतीपत्र(लाइसेन्स)अनिवार्य रुपमा साथमा लिएर चलाउने ।

७.मोटरसाइकलमा २ जना मात्र यात्रा गर्न पाउने ।

८.कुनैपनि सवारीसाधनमा यात्रा गर्दा झुन्डिएर यात्रा नगर्ने ।

९.कुनैपनि सवारीसाधनमा जोखिमपुर्ण यात्रा नगर्ने र नगराउने ।

      यस्ता किसिमका ट्राफिक नियमहरुको उलंघन गरेको पाइएमा नेपाल सरकारको नियम बमोजिम कडा भन्दा कडा कार्यवाही गरिने छ ।

  

  " ट्राफिक नियमको आफुपनि पालना गरौं र अरुलाई पनि गर्न लगाऔं "

 जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाही(प्रदेश न-२) 

खुटौनाका जनताले ‘वर्थिङ सेन्टर’को सुविधा पाउने भए

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १२

   मातृ र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर सर्लाही  जिल्लाको मलंगवा नगरपालिका वडा न-६ खुटौनामा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको छ। ।  सोमबार संघीय सांसद प्रमोद साह, नगरपालिकाका मेयर निरसल साह र उपमेयर शान्ती मिकरानीले एक कार्यक्रमका बिच उद्घाटन गरेपछि सो वडामा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको हो ।

 

  मातृशिसु स्वास्थ्य प्रति नगरपालिका  गम्भीर रहेकोले  कम जोखिम र पूर्ण स्वस्थताका साथ सुत्केरी गराउन साथै सुत्केरी सम्बन्धि सबै सेवा सुविधा उपलब्ध गराउने उदेश्यले वर्थिङ सेन्टरको स्थापना गरेको वडा न-६ का वडाध्यक्ष तैयव मिकरानीले बताउनुभयो। सो ‘वर्थिङ सेन्टर’ मा वडा न-६ का मात्र नभइ आसपासका छिमेकी गाउँका महिलाहरुलाई समेत सेवा दिने वडा अध्यक्ष मिकरानीले  बताए ।


   उद्घाटन  कार्यक्रममा सोही बडाका स्थानीयबासी समेत रहनु भएका संघीय सांसद  साह,प्रदेश न-२ सांसद निरा कुमारी साह, नगरप्रमुख निरसल साह, उपप्रमुख शान्ती मिकरानी,मनपा का कार्यक्रम अधिकृत राजकुमार अधिकारी, साविक भाँडसर गाविस वडा न-४ का पुर्व वडाध्यक्ष नुरुल हक लगायत स्थानिय वडाबासीहरु सहभागी थिए ।  

पार्टीको संंविधान विपरित भएको समायोजन नमान्ने यादवको घोषणा

 

बखतियार अलि–

सर्लाही १२ पुष                     पुर्व समाजवादी पार्टी र पुर्व राजपा नेपाल पार्टी बिच गत शनिवार माननीय रामबाबु रायको अध्यक्षतामा बैठक बसि जिल्ला समन्वय समिति सर्लाहीको समायोजन भएको घोषणा त्रुटिपुर्ण तथा गलत रहेको जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष कौशल किशोर यादवले सोमवार एकप्रेस बिज्ञप्ती जारी गर्दै बताउनु भएको छ । जिल्ला कार्य समिति सर्लाहीलाई जानकारी नगराई छलफल बिना केहि नेताहरुले आफनो आसेपासेलाई राखि समिति एकलौटी रुपमा गठन गरि घोषणा गरेको प्रति आफनो गंभिर ध्यानाकर्षण भएको अध्यक्ष यादवले बिज्ञप्ती मार्फत आरोप लगाउनु भएको छ । पुर्वका दुबै पार्टीको समायोजन सर्व सम्मत ढंगले तयार गर्दा माथिल्लो कमिटिको उपस्थिती अनिवार्य हुनुपर्नेमा प्रदेश समितिले सहमतीको कुनै प्रयासनै नगरी जिल्ला समन्वय समिति सर्लाही समायोजन भएको घोषणा गर्नु पुर्ण रुपमा पार्टीको संविधान र नीति विपरित रहेको अध्यक्ष यादवले बताउनु भएको छ । स्थानीय तथा संघिय निर्वाचन नजिकिदै गएको अवस्थामा यसता किसिमका अनैतिक, अव्यवहारिक र अबैधानिक कृयाकलापले पार्टीको छवि आम जनतामा खराब हुने भएकोले पार्टीको उच्च स्तरिय समितिले सत्यतथ्य छानबिन गरि तूरुन्तै सहमतीको आधारमा जिल्ला समन्वय समितिको समायोजन गरि घोषणा गर्न माग गर्दै अध्यक्ष यादवले बिज्ञप्ती जारी गर्दै त्रुटिपुर्ण समायोजन तूरुन्त सचियाउन जोडदार माग गरेको छ ।

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर भाग्ने क्रममा आफै बिजुलीको पोलमा ठोक्कियो,चालकको मृत्यु

 




मनोज यादव---

सर्लाही ,पुस १२

   सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-९ स्थित खोरिया टोलमा आइतबार दुईजना पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ ।

  आइतबार दिउँसो करिब पौने ४ बजेतिर बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २-०२ ००३ प ७७१३ नम्वरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिइसके पछि मोटरसाइकलसहित भाग्ने क्रममा चालक बरहथवा नगरपालिका वडा न-१० शान्तिटोल बस्ने अच्छेलाल सिंह दनुवारका छोरा ३५ वर्षीय मुकेश सिंह दनुवारको सडक छेउको बिजुलीको पोलमा ठोक्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  दुर्घटनामा गम्भीर घाईते भएका चालक मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

      मृतक मुकेशले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका वडा न- ९ बस्ने  ७० वर्षीय महेन्द्र साह र सोही ठाउँ बस्ने सरोज कुमार महतोकी १५ वर्षीया छोरी रन्जना कुमारी महतो घाईते भएका छन् ।

  गम्भीर घाईते साहलाई उपचारका लागि जनकपुर लगिएको छ भने सामान्य घाईते महतोको बयलवास बजार स्थित स्थानीय अस्पतालमा  उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

एन प्याब्सन सर्लाहीद्वारा जिल्ला स्तरीय वक्तृत्व तथा चित्रकला प्रतियोगिता सम्पन्न

 




मनोज यादव---

सर्लाही,पुस १२

    नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)   सर्लाहीको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला तथा  चित्रकला प्रतियोगिता आइतबार इश्वरपुरमा सम्पन्न भएको छ ।

   नेशनल प्याव्सन सर्लाहीमा आवद्ध जिल्लाका ९ वटा विद्यालयका  विद्यार्थी सहभागी रहेको उक्त  प्रतियोगिताको इश्वरपुर नगरपालिका स्थित इश्वरपुर मनकामना बोर्डिङ स्कुलको प्रांगणमा आयोजना गरिएको थियो ।

   उक्त प्रतियोगितामा जिल्लाका आए.एन पब्लिक स्कुल ,बुद्ध एकेडेमी ,कम्युनिटी स्कुल,बेबीलोन स्कुल ,राजदेवी स्कुल ,इश्वरपुर मनकामना स्कुल ,स्काई नोवेल स्कुल,ब्राइट स्किम स्कुल र लभ्ली सेफल एकेडेमीका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

    प्रतियोगितामा वक्ततृत्वकला छात्रतर्फ कम्युनिटी स्कुलका संगम पाण्डे प्रथम,इश्वरपुर मनकामनाका बसन्तलाल महतो दुतिय र राजदेवीका कबुल माझी तृतीय र बेबीलोनका संकल्प मोक्तान सान्त्वना भएका थिए।

त्यसैगरी वक्ततृत्व कलकै छात्रातर्फ इश्वरपुर मनकामनाकी ईभ्रानिका कुशवाहा प्रथम,बेबीलोनकी मौसमी जर्गा दुतिय ,कम्युनिटीकी ईभा ठकुरी तृतीय र राजदेवी स्कुलकी माला श्रेष्ठ सान्त्वना भएका थिए ।यसैगरी चित्रकला प्राइमरी लेभलतर्फको प्रतियोगितामा स्काइ नोभेलका अमीत साह प्रथम,कम्युनिटीका सुशान्त यादव दुतिय,इश्वरपुर मनकामनाका प्रविना तृतीय र राजदेवीका सुशान्त घलान सान्त्वना भएको आयोजकले जानकारी दिएको छ।

  नेशल प्यव्सान सर्लाहीका अध्यक्ष युवराज भुजेलको अध्यक्षता,इश्वरपुर नगरपालिका शिक्षा शाखा प्रमुख हरी प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा एन प्याब्सनका केन्द्रीय सदस्य सुरेश महतोको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको संचालन एन प्याब्सन सर्लाहीका सचिव उदय बहादुर बुढाथोकीले गरेका थिए ।

   प्रतियोगिताको दर्शक तथा श्रोताको रुपमा प्रतियोगी विद्यालयका शिक्षक,विद्यार्थी , अभिभावक तथा पत्रकारहरुले सहभागीता जनाएका थिए।

Sunday, December 26, 2021

मल नपाउँदा कृषक हैरान, डिलर मालामाल

 


                                    



मनोज यादव---                        सर्लाही, पुष ११

     गहुँ र हिउँदेवालीकाे लागि पकेट क्षेत्र मानिने सर्लाही जिल्लामा अहिले मल नपाएर किसानहरूले लगाएकाे वाली बिग्रिन थालेका छन् ।कतिपयले लगाइसकेको गहुँबालीमा मल खाध हाल्न पाएका छैनन् भने कतिपयले मल खाध उपलब्ध नहुँदा बाली लगाउने कि न लगाउने भन्ने अन्यौलमा परेका छन् ।

     मल खाद नपाएर किसानहरुलाई बाली कसरी सप्रिन्छ भन्ने चिन्ताले सताएको छ भने यहाँ डिलरवालाहरु मल खाध बल्याकमा बेचेर मालामाल भइरहेका छन ।




    कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीका अनुसार  सर्लाहीमा युरिया १ हजार बाेरा र डिएपी ८ सय बाेरा आयात भएकाेमा युरिया प्रती बाेरा ८ सय १५ रुपैया  र डिएपी मल २२ सय ६५ रुपैयामा सहकारी संस्था मार्फत बिक्री बितरण गरेकाे छ । आयात भएका सबै मल जिल्लाका पालिकाहरूकाे सिफारिसमा सम्बन्धित  डिलरलाई बिक्री वितरण गरिसकेकाे कार्यालयको भनाइ छ। 

   सरकारी अनुदान सहितकाे दर रेट अनुसारनै युरिया मल ८ सय १५ रूपैया र डिएपी मल २२ सय ६५ रूपैया कायम गरि  बिक्री वितरण गरेकाे कार्यालयले जानकारी दिए । 

    तर उता किसानहरुले भने डिलरवालाहरु सरकारी अनुदानमा पाएकाे मल-खाद  बल्याकमा बिक्री वितरण गरि रहेकाे आराेप लगाएका छन् ।




    सरकारी अनुदानको मल खाद जिल्लाका ग्रामीण भेगमा रहेका किराना पसलदेखि औषधि पसलहरूमा खुलेआम बल्याकमा  बिक्री वितरण भईरहेकाे किसानहरूले बताएका छन् । जिल्लामा सरकारी अनुदानमा आएका युरिया मल अहिले किसानहरु १२ देखि १५ सय रुपैया  र डिएपी मल ३ हजार देखि ३५ सय रुपैयासम्ममा किन्न बाध्य भएका छन् ।

     अनुगमन गर्ने निकायहरु सम्बन्धित  पालिका र जिल्ला प्रशासन कार्यालय  निस्कृय भएका कारण अहिले मल खादको बिक्री बल्याकमा भई रहेको कृषि सामाग्री कार्यालय सर्लाहीले बताउँदै आएको छ। 

    मलखाद बिक्री वितरण गर्न  सर्लाही जिल्लाका २० वटा पालिकाहरूले सिफारिस गरेका १ सय  ७० वटा डिलरहरूलाई अधिकार दिइएकाे छ ।


    कृषि सामाग्रीले  मलखाद उपलब्ध गराएपनि  सहज रुपमा मल खाध नपाएर  बल्याकमा भएपनि खरिद गरेर काम चलाउनु परेको किसानहरूले दुखेसो पोखेका छन् ।




    यस्तो समस्या एक सिजनको मात्र नभइ प्रत्येक सिजनको रहेको र हरेक वर्ष धान, गहुँ लगायत अन्य बाली लगाउने बेला हुने गरेको किसानहरु बताउँछन् । 


    

छात्रवृत्ति रकमको सदुपयोग गर्दै सर्लाहीका दलित बालबालिका,पढाइ प्रति उत्साह बढेको उनीहरूको भनाइ

 


मनोज यादव---

सर्लाही, पुस ११ गते

   सर्लाहीमा दलित समुदायको अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले प्रदान गर्दै आएको छात्रवृत्ति रकमबाट आफुहरुको  पढाइ प्रति थप उत्साह बढेको यहाँका विपन्न परिवारका दलित विद्यार्थीहरुले बताएका छन् । 

    उक्त संस्थाले अती विपन्न तथा ज्याला मजदुरीको काम गर्ने घरपरिवारका  दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले सन् 1992 देखि सेभ द चिल्ड्रेन सँगको साझेदारीमा संचालित छात्रवृति कार्यक्रम अन्तर्गत दलित समुदाय भित्र पर्ने सर्लाहीका १ सय दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वापतको रकम प्रदान गर्दै आइरहेको छ ।संस्थाले  उक्त रकम  प्रत्येक त्रैमासिक रुपमा आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई  ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई  ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति  वितरण गर्दै  आएको छ ।

   छात्रवृत्ति बापत पाएको रकम शैक्षिक सामाग्री तथा पोषाक खरिद गर्नेदेखि टिउसन शुल्क तिर्नमा खर्च गर्ने गरेको छात्रवृत्ति पाउँदै आएका विद्यार्थीहरुले बताएका छन् ।यसबाट आफुहरुलाई पढाइमा धेरैनै सहयोग मिलेको साथै अभिभावकको काँधबाट आर्थिक भार समेत कम भएको उनीहरूले भने ।

     नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नीति अनुसार विद्यार्थीहरुलाई वितरण गरिदै आएको छात्रवृत्ति रकमको सदुपयोग, शैक्षिक प्रगति ,विद्यालय नियमितता , विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सोभित साह,मानव अधिकार रक्षक संजालका महासचिव शुन्दर श्याम राय र राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक एवं   मनोज यादव सहितको टोलीले गोडेता नगरपालिकाको सिमरा भगवतीपुर ,बकैनिया, ब्रहमपुरी गाउँपालिकाको पडरिया ,चन्द्रनगर गाउँपालिकाको कामद , कबिलासी नगरपालिकाको र कबिलासीमा  अनुगमन गरि विद्यार्थीहरुको  अवस्थाको बारेमा जानकारी लिएका छन् ।

  छात्रवृत्ति स्वरुप प्राप्त गरेकोे  रकमबाट दलित विद्यार्थीहरुले विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन् ।संस्थाले वितरण गरेको  छात्रवृत्ति रकमबाट सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको जिल्ला कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानले बताए ।

   अनुगमनकै क्रममा विद्यार्थीहरुलाई उनीहरूले अध्यन गर्ने विद्यालय र घरमै गएर छात्रवृत्ति रकम वितरण गरेका छन् ।जम्मा  २ लाख १५ हजार १ सय रुपैया त्रैमासिक रकम वितरण गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिए।

नेपाल राहत शिक्षक सर्लाहीको अध्यक्षमा बरुण कुमार सिंह

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ११

    पेशागत सुरक्षा को लागि संघर्षरत्  नेपाल राहत शिक्षक सर्लाहीको दोस्रो अधिवेसनबाट बरुण कुमार सिंहको अध्यक्षतामा नयाँ  समिति गठन भएको छ ।

    सर्लाही सदरमुकाम मलंगवा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सिंहसँगै बरिष्ट उपाध्यक्षमा राम प्रसाद दहाल, उपाध्यक्षमा मोहन राय, महिला उपाध्यक्षमा गिता चालिसे, कोषाध्यक्षमा राज किशोर सिह , सचिवमा उपेन्द्र साह, सह-सचिवमा सिकेन्द्र राय यादव तथा  सदस्यहरुमा देवेन्द्र साह, बिधानन्द यादव, उपेन्द्र यादव,राम अधार महतो, लगायत चयन भएका छन।

   बरुण कुमार सिंहको अध्यक्षता तथा  नेपाल राहत शिक्षकका केन्द्रीय सह-अध्यक्ष बिनोद पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा

विशिष्ट अतिथी प्रदेश नं २ का अध्यक्ष गंगा यादव, प्रदेश नं २ उप-महासचिव धर्मेन्द्र कुमार यादव, धनुषा जिल्ला  अध्यक्ष लक्ष्मन यादव, महोत्तरी अध्यक्ष युगल किशोर यादव, सप्तरी जिल्ला  अध्यक्ष खुशीलाल यादव लगायत जिल्लाका २० ओटै स्थानिय तहमा कार्यरत राहत शिक्षक शिक्षिका हरुको बाक्लो उपस्थिती रहेको आयोजक नेपाल राहत शिक्षक जिल्ला समिति सर्लाहीले जनाएको छ।

सर्लाहीको दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

 




लोकतन्त्र समाचारदाता ---

सर्लाही,पुस ११

    शनिवार सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत जिल्ला घरभई हाल लालबन्दीमा नगरपालिकामा  बसेर सेक्यूरिटी गार्डको काम गर्दै आएका अन्दाजी ५६ वर्षका भिम गुरुङ र हरिपुर नगरपालिका वडा न-६ ,लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुन रहेका छन् ।

   पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बाँके जंगलमा शनिबार राती करिब १० बजेतिर घारिबथान तर्फ  जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्बर नखुलेको  गाडीले ठक्कर दिंदा मोटरसाइकल पछाडि बसेका  लालबन्दीमा बसी सेक्यूरिटी गार्डको काम गर्दै आएका गुरुङको ज्यान गएको जिल्ला  प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका वडा न–३ बस्ने ४२ वर्षीय जितन चौधरी घाईते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

   त्यस्तै सोही साँझ  नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत  हरिपुर नगरपालिका वडा न–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट बाटो काट्दै गरेकी ५५ वर्षीया खातुनको ज्यान गएको छ।उनको  उपचारको क्रममा शनिवार राती प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Saturday, December 25, 2021

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको सातौं दिनको दुई खेलमा रामगोपालपुर र मलंगवा टिम विजयी

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १०

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको सातौं  दिनको खेलमा आमन्त्रित महोत्तरीको रामगोपालपुर र सर्लाहीको मलंगवा  टिम विजयी भएका छन् ।आज शनिवार पहिलो खेल महोत्तरीको रामगोपालपुर र बलबा नगरपालिका टिम र रौतहटको समनपुर र सर्लाहीको मलंगवा टिम बिच खेलाइएको थियो ।

   पहिलो खेल अन्तर्गत रामगोपालपुरले बलवा टिमलाई   ११८ रनको टार्गेट दिएर १६ ओवरमा अल आउट गरि जित हासिल गरेका थिए ।उक्त खेलको म्यान अफ द म्याच रामगोपालपुर टिमको अकबर अन्सारी   भएको छ ।अन्सारीलाई म्यान अफ द म्याचको पुरस्कार ए.जी कन्स्ट्रक्सन र नेकापा एमालेका सर्लाही जिल्ला सदस्य अब्दुल गफार अन्सारीले प्रदान गरेका थिए।

  यसैगरी आजकै दोस्रो खेलमा समनपुर टीमलाई १ विकेटले हराउँदै  मलंगवा टीम विजय भएका छन् ।यस खेलमा  मलंगवा टीमका मेराज अन्सारी मैन अफ द म्याच भएका छन् ।उनलाई आयुष इलेक्ट्रोनिकका प्रोपराइटर सुरज महतोले पुरस्कार प्रदान गरेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिए

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।








   

Thursday, December 23, 2021

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको पाँचौ दिनको खेल रौतहटको पोल्टामा ,म्यान अफ द म्याच कमरान अन्सारी

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ८

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनको खेलमा आमन्त्रित रौतहट टिम विजयी भएको छ ।आज बिहिवार सम्पन्न  खेलमा सर्लाहीको नोकैल्वा टिमलाई हराउँदै रौतहटको टिम विजयी भएको हो ।

     रौतहट टीमले नोकैल्वा टिमलाई २० ओभरमा १२६ रनको टार्गेट दिएर १८ ओवरमा ऑल आउट गर्दै विजेता बनेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिए ।

   उक्त खेलको म्यान अफ द म्याच रौतहट  टिमको कमरान अन्सारी भएको छ ।अन्सारीलाई म्यान अफ द म्याचको पुरस्कार जे.पी मसला उधोगका संचालक जयनाथ साहले प्रदान गरेका थिए । 

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।





   

हरिवन बजारबाट ८० हजार रुपैयाँको बेवारिसे रेडिमेड कपडा बरामद

 

प्रतीक फोंटो




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ८

    प्रहरीले  सर्लाहीको हरिवन नगरपालिका स्थित हरिवन बजारबाट बेवारिसे अवस्थामा फालिएको ८० मूल्य बराबरको विभिन्न किसिमका रेडिमेड कपडा बरामद गरेको छ।

    गस्तीमा खटिएका प्रहरी टोलीले बुधबार बेलुका करिब ७ बजेको  समयमा वडा न-११ स्थित हरिवन बजारमा  बेवारिसे अवस्थामा रहेका ४ वटा नाइलनको झोलामा राखिएका विभिन्न किसिमका रेडिमेड कपडाहरु बरामद गरेको हो ।

    बरामद कपडासहितको चारवटा झोला नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 














सर्लाहीमा विभिन्न मुद्दामा फरार रहेका दुईजना प्रतिवादी पक्राउ

 

प्रतीक फोंटो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ८

    सर्लाही प्रहरीले विभिन्न  मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगृपालिका वडा न-६  बस्ने वर्ष ४१ को संतोषराज उप्रेती र सोही नगरपालिका वडा न ८ बस्ने वर्ष ४२ को कुल बहादुर कार्की रहेका छन् ।

    उप्रेतीलाई जिल्ला अदालत सर्लाहीबाट सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार रुपैया नगद जरिवाना तथा कार्कीलाई जुवातास मुद्दामा ५ सय रुपैयाँ नगद जरिवाना तोकेको थियो ।

   उनीहरू दुवैजनालाई बुधबार साँझ ७ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

बिचरा !!! देश हाम्रो(लेख)

   



सुवास कर्ण-----

मलंगवा ,सर्लाही 


     संघीय लोकतान्त्रिक गणतन्त्र को सपना देखाएर सहिद को सपना र चितामा टेकेर आफ्नो स्वार्थ पूरा गर्न चतुर चलाख नेताहरुले कतिऔ घर परिवार लाई असहाय टुहुरा सगै नरकिय जीवन बिताउन बाध्य बनाए । 

     पिडा र घाउमा तडपी  रहेका घरपरिवारलाई आन्दोलन पश्चात् एक दिन पनि फर्केर नहेर्ने खाली खुट्टे नेताहरू देखि साइकल छाप नेताहरूआज आलिशान सुख सुबिधा सम्पन्न दुनियाँ मा रमाइरहेका छन।जनता लसि झुक्याउने या आफ्नो निहित स्वार्थ पुरा गर्न कहिले मधेशवाद,कहिले पहाडी वाद कहिले बाहुनवाद आदि जस्ता जातिबाद देखि बेरोजगार को नारा दिई जनतालाइ मर्न  तयार गरि रहेका हुन्छन। 

    बिचरा गरिब निमुखा बेरोजगार युवा जनताहरु केही सहयोग पाइएला कि भन्ने उद्देश्य ले फेरि पनि त्यही नेताहतुको लहलहैमा लागि आफ्नो आहुति दिन तयार भै हाल्छन ।दोषी जनता हैन उसको समय हो ।सघिय पश्चात्  जनता  लहलहैमा सानो लोभमा फसेर  लुटेरा चोर उचक्का,मजदुर ,आतंक वाद तसकर प्रवृत्ति का व्यक्तिहरुलाइ नेतृत्व गर्न कुर्सी सम्म पुर्याउन सफल भए र त्यस्ता व्यक्ती हरु लुटन सक्ने सोचमा  पुगे जनता ले सोछे जस्तो बिकास त भएन तर बिनाश   को सग्सगै तस्कर हत्या बलात्कार को वृद्धि सगै नेताहरु कमिसन को नाममा मालामाल भए जुन प्रत्यक्ष रुपमा अनुभव ,अध्यन गर्न सकेका छौ ।विकासात्मक सोच भएका अगुवाहरू  जनता बाट तिर्स्कृत भए तर पैसा र फटहाहरु को झुठो आश्वासन मा लागेर समाज लाई बिकास को नाममा सयौ वर्ष पछाडि धकेल्न सफल भए ।

   आज जनता चारैतिर छ्ट्पटाइरहेका छन चिच्याइ रहेका छ्न बिकास भएन पैसा जनप्रतिनिधि ले लुट्यो भनेर तर जनता शायद  बिर्से कि आफ्नो मताधिकार लाई छनिक लोभमा परेर बेचेको ।आज आफ्नो मताधिकार लाई न बेचेको भए शायद जनता सि के राउत जस्तै खुलेर जनप्रतिनिधि को बिरोध गर्न स्क्थे होला तर के गर्नु रक्सी र पैसा को लोभमा परेर आफ्नो इमान नै बेच्न पुगेछ ।तर जनताले  भ्रष्टाचार विरुद्ध शुरुआत गरेको अभियान मा सरकारी कर्मचारी माथी अभद्र व्यवहार गर्नु कदापी उचित हैन किनकी काम गरेन भने हामी janaता नै गाली गर्छौ ,जनप्रतिनिधि ले काम गर्न दबाब गर्छ कहिले त हामी पनि पैसा को लोभमा जे पनि गर्न तयार हुन्छौ जनप्रतिनिधि ले जे गरेपनी उ माथी निकाय छैन तर कर्मचारी माथिसबै दबाब दिन सक्छ ।

   यदि हिम्मत र जनता इमानदार छ भने कर्मचारी माथी गर्न सकेको व्यवहार जनप्रतिनिधि माथी गर्न सक्छ कदापि सक्दैन कारण एउटै छ मत बेच्नु । हिन्दी मा एउटा भनाइ छ " आगे नाथ न पिछे पगहा" आर्थात जनप्रतिनिधि जे गरेनी छुट  छ स्वरुप मात्र परिवर्तन भएको छ राणा  तानासाह को छन त त्यही नै । आफू सग्सगै आफ्ना छोराछोरी श्रीमती ब्युटी पारलर जान समेत  सबैलाई सरकारी सुबिधा उपलब्ध गराउदै आएका छन तर  गरिब सहिद का घरपरिवार दुखबेदना मा छट्पटी रहेपनी सानो सहयोग गर्न तयार हुदैन ।जहा जनता सचेत छैन आफ्नो कर्तव्य को बोध छैन अधिकार के हो थाह छैन यस्तै समाज मा जनप्रतिनिधि ले अघोषित रूपमा राणा कालिन सत्ता को सदुपयोग गरिरहेका छ्न । जब सम्म जनता ले जनप्रतिनिधि को मनमा डर  पैदा गर्दैन तब सम्म यस्तै चल्ने हो ।

 

   "जाग जाग हे जनता अब पनि तिमी जाग,आफ्नो अधिकारलाई यसरी न मार।" 

Wednesday, December 22, 2021

राष्ट्रको बिकासका लागि पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका बैज्ञानिक प्रयास र प्रविधिहरुको कार्यान्वयनमा जोड दिनुपर्ने- कृषि मन्त्री यादवको भनाइ

 

एसपी यादव---

काठमाडौ, पुष ७ 

  त्रीपुरेश्वर स्थित रहेको नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका बैज्ञानिक प्रयास र प्रविधिहरुको कार्यान्वयन पक्षमा समर्पित भई राष्ट्रको विकासका लागि द्रुत गतिले अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।


पशु स्वास्थ्य सेवामा समर्पित सम्पुर्ण पाराभेटेरिनरियन प्राविधिकहरु सचेत र सबल हुन समेत आवश्यक भएको बताउदै मन्त्री यादवले भने, पशु सेवासंग सम्बन्धित प्राविधिक ज्ञान, शिप र अनुसन्धानको बिस्तारका लागि साधन श्रोतको उपलब्धता र परिचालनमा मन्त्रालयले आवश्यक पहल गर्ने उनले जानकारी गराए । 


मन्त्री यादवले भने, पशु स्वास्थ्य तथा पशु विकासको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छीका रोग निदान प्रविधिलाई समय सापेक्ष परिस्कृत गरि अझ प्रभावकारी बनाउने समेत उनले जनाए । महत्त्वपूर्ण पशुपन्छीका सबै रोगहरुको प्रयोगशाला निदान तथा इपिडेमियोलोजिकल अन्वेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरु संग समन्वय गरि रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रक्रियामा एकरुपता ल्याउने मन्त्री यादवले बताए । अन्तरास्ट्रिय प्रयोगशाला तथा संघ संस्थाहरु संग सहकार्य गरि राष्ट्रिय रोग निदान पद्धतिलाई सुदृढ बनाउनुका साथै जनस्वास्थ्य तथा राष्ट्रिय दृष्टिकोणबाट संबेदनसिल देखिएका जैविक तत्वहरुको संरक्षण, संचय तथा समुचित उपयोग गर्ने व्यवस्था मिलाउन समेत आवश्यक पहल थाल्ने मन्त्री यादवले स्पष्ट पारे । 


यस महाधिवेशनले देशभरका पाराभेटेरिनरियनहरुको पेशागत हकहित संरक्षण एवं पेशामा संलग्न प्राविधिकहरुको आपसि एकता र सुमधुर सम्बन्ध विस्तारमा सहयोग पुग्ने मन्त्री यादवले बताए ।


"दिगो विकास एवं समृद्ध नेपाल निर्माणमा पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको अपरिहार्यता" भन्ने मुल नारा रहेको सो महाधिवेशनको उद्घाटन संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले गरेका थिए ।


त्रीपुरेश्वर स्थित रहेको नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशन बुधबार वर्ल्ड ट्रेड सेन्टर त्रीपुरेश्वरको सभाहलमा सुरु भएको हो ।


पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि कृयाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशन  पुष ७ देखि ९ गतेसम्म चल्नेछ ।


नेपालको पशु विकास तथा स्वास्थ्यको क्षेत्रमा संलग्न करिब ३० हजार प्राविधिक जनशक्तिहरुलाई संगठित र परिचालित गर्दै आएको यस एसोसिएसनको केन्द्रिय महाधिवेशनमा ७७ वटै जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरु सहभागि हुनेछन् ।


संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव द्वय डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डे रहेकी थिइन् । त्यस्तै अतिथिका रुपमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दँगाल, नेपाल भेटेरिनरि काउन्सिलका कार्यवाहक अध्यक्ष डा. स्वयम प्रकाश श्रेष्ठ लगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजि सचिव डा. दिनेश कुमार यादव रहेका थिए ।


कार्यक्रमको अध्यक्षता नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले गरेका थिए ।

ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको चौथो दिनको खेलमा घरेलु बयलबास र आमन्त्रित बिरगंज टिम विजयी

 

---खेलाडीहरूलाई वडा न-५ का वडाध्यक्ष रुप बहादुर आलेको तर्फबाट जर्सी वितरण--- 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ७

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन सम्पन्न दुई खेलमा घरेलु टिम बयलबास र आमन्त्रित टिम बिरगंज टिम विजयी भएका छन् ।

   आज आयोजक बयलबास "ए" टिम र लालबन्दीको एभरेस्ट टिम बिचको पहिलो खेलमा आयोजक टिमले एभरेस्ट टिमलाई १३३ रनको टार्गेट दिंदै १४ ओभरमा अलआउट गरेर विजयी भएका थिए ।उक्त खेलको म्यान अफ द म्याच बयलबास "ए" टिमका प्रतीक शंकर भएका थिए ।

    त्यसैगरी आजै भएको आयोजक  बयलबास "बि"टिम र बिरगंज बिचको दोस्रो खेलमा बिरगंज टिम बयलबास "बि" टीमलाई  १६ ओवरमा १३६ को टार्गेटमा बयलबास "बि" टिमलाई  १३ ओवरमा ऑल आउट गरेर विजेता बनेको छ ।उक्त खेलमा रंजित म्यान अफ द म्याच बनेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिएको छ ।

   जारी क्रिकेट टुर्नामेन्टको क्रममा ईश्वरपुर नगरपालिका वडा न-५ का वडाध्यक्ष रुप बहादुर आले मगरले ईश्वरपुर युवा सेवा समाजका क्रिकेट टिमलाई जर्सी उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष मिकरानी जानकारी दिएको छ ।

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।