Sunday, January 30, 2022

सर्लाहीको बाँके जंगलमा सवारी दुर्घटना ,एक जनाको मृत्यु १३ जना घाइते




लोकतन्त्र समाचारदाता---

सर्लाही,१६ माघ

    सर्लाहीको पुर्व पश्चिम लोकमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँके जंगलमा दुई सवारीसाधन एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

   शनिवार  सिरहा जिल्लाको बरियारपट्टीबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ७५३ नम्बरको रात्रि बसले विपरित दिशातर्फबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खडकाको घाटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय अरुण खडका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा  राखिएको छ ।  गम्भिर घाईते अरुणको गढिमाई अस्पताल लालबन्दीमा उपचार सम्भव नहुँदा  थप उपचारको लागि बिरगंज स्थित नेशनल  मेडिकल कलेज लगिएको छ।

    यसैगरी मोटरसाइकललाई ठक्कर दिएर उक्त बस पनि सडकको बाँया पट्टी पल्टिएको थियो ।बस पल्टिंदा बसमा सवार ४० जना यात्रुहरु मध्ये १२ जना यात्रुहरुसमेत घाईते भएका छन । घाइतेहरु मध्येबाट एकजनालाई उपचारको लागी सिरहा लगिएको , ७ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरि घर पठाइएको र ४ जनाको  सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव  प्रसाद बुढाथोकीले जानकारी दिएको छ।  घटना पश्चात् बसका चालक फरार भएको हुँदा निजको खोजी कार्य भैरहेको डिएसपी  बुढाथोकीले बताउनुभयो  ।

मैनबत्ती जुलुस निकालेर जुनियर जेसिज मलंगवाले मनाए सहिद दिवस

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    प्रजातन्त्र स्थापना  तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि आफ्नो जीवनको आहूती दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ।यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा पनि जुनियर जेसिज मलंगवाले सहिदहरुको सम्झनामा मैनबत्ती जुलुस निकालेका छन् ।

   मलंगवा जेसिजका भु.पु अध्यक्ष तथा मानवअधिकारकर्मी मुकेश मिश्रा र  मलंगवा जेसिजका महासचिव राम लखन महतोको अगुवाइमा जु.जे का सदस्यहरुको सहभागीतामा आइतवार  साँझ हातमा बलिरहेको मैनबत्ती लिएर मलंगवा बजारको परिक्रमा गरेका हुन।

   उक्त जुलुस नगरको परिक्रमा गर्दै मलंगवा नपा-१० स्थित सहिद पार्कमा पुगि त्यहीँ रहेका मधेश आन्दोलनका सहिदहरुको प्रतिमामा माल्यार्पण गरि सहिदहरुको योगदानको विषयमा चर्चा गरेको मलंगवा  जुनियर जेसिज २०२२ का अध्यक्ष आयुष सिंहले बताए ।

   जहानिया राणा शासनको बेला राणा शासकले स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा  मृत्युदण्ड दिएका थिए।

प्रेस सेन्टर नेपाल द्वारा मानव सेवा आश्रममा माक्स वितरण



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    प्रेस सेन्टर नेपाल सर्लाहीले आफ्नो १८ औं  स्थापना दिवसकाे अवसरमा माक्स वितरण गरेकाे छ ।

   कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रेस सेन्टरले शनिवार सर्लाहीको हरिवन नगरपालिका वडा न-९ मा रहेको मानव सेवा आश्रममा ५ सय थान माक्स वितरण गरेको सेन्टरका सर्लाही अध्यक्ष शंखर पहाडी( गाैरब) ले जानकारी दिएको छ। 

    आश्रमका व्यावस्थापक तथा भाेलेन्टीएर सम्झना अधिकारी,प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष गाैरब,सचिव रमेश अधिकारी( रितिक) लगायतकाे उपस्थितिमा मास्क वितरण गरिएको हाे ।  

हिन्दु परिषद नेपालको मलंगवा नपा वडा न-१ वडा कमिटी गठन

 



 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

     सर्लाहीको मलंगवा नगरपालिका वडा न-१ मा धर्मेन्द्र महतोको  अध्यक्षतामा ७ सदस्यीय  हिन्दु परिषद नेपालको वडा स्तरीय कमिटी  गठन भएको छ।

     मलंगवा नगरपालिका वडा न-१ भेडियाहीमा आयोजित एक कार्यक्रमका बिच वडा कमिटी गठन भएको  नगर कमिटी इन्चार्ज धीरेन्द्र मिश्रले जानकारी दिएको छ। 

   नवगठित कमिटीको उपाध्यक्षमा शैलेन्द्र यादव ,सचिवमा राम विश्वास यादव,कोषाध्यक्षमा जय किशोर राय यादवसहित सदस्यहरु राजेश महतो,शम्भु मंडल र अमित यादव रहेका छन् ।

    वडा कमिटी गठनको अवसरमा नगर अध्यक्ष संजय राय, उपाध्यक्ष रोहित मिश्रा लगायत परिषदका पदाधिकारी तथा स्थानीयबासीहरहको  उपस्थिति रहको थियो।

  


 

Friday, January 28, 2022

सर्लाहीमा ट्रयाक्टर र बस एकआपसमा ठोक्किंदा बसमा सवार २५ जना यात्रु घाइते

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका वडा न-९ सुखेपोखरी स्थित सडकको छेउमा बिग्रिएर रोकी राखेको ट्याक्टरमा  रात्री बस ठोक्किंदा बसमा सवार ३९ जनामध्ये २४ जना यात्रु घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ।

     आज(शुक्रबार) बिहान सवा चारबजे  भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको रात्रीबसले  सुखेपोखरी स्थित सडक छेउमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको उखु लोड भएको ट्रयाक्टरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

    प्रवक्ता बुढाथोकीका अनुसार पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउनका लागि  सडक छेउमा रोकेर राखिएको थियो।

   घाइतेहरु मध्ये केहीको उपचार हरिवन स्थित अस्पतालमा भइरहेको र केहीलाई रेफर गरि बिरगंज पठाइएको प्रहरीले जनाएको छ।


Wednesday, January 26, 2022

मलंगवा जेसीजको ४२ औं पदस्थापन कार्यक्रम सम्पन्न

 

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १२

    मलंगवा जेसीजको ४२ औं पदस्थापना कार्यक्रम  बुधबार  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहले २०२२ का अध्यक्ष जेसी शिवशंकर जयसवाललाई   र जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी सोनु कुशवाहाले २०२२ का अध्यक्ष आयुष सिंहलाई  पद हस्तान्तरण गरेका छन्  ।

   कार्यक्रममा अधिवेशनबाट चयन भएका  पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।२०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहको सभापतित्व तथा  २०२२ का लागि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज कुमार साहको र नेपाल जेसिजका भुपु राष्ट्रिय उपाध्यक्ष जेसी विभाष कुमार कर्णको विशिष्ट  आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा जेसीजका भुपु अध्यक्षहरु,विभिन्न पदका पुर्व तथा वर्तमान  पदाधिकारीहरु , स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो।

   केही दिनअघि सम्पन्न अधिवेशनबाट मलंगवा जेसीज वर्ष २०२२का लागि कार्यकारीणी उपाध्यक्षमा जेसी प्रविण कुमार गुप्ता र  जेसी सुनिल कुमार जयसवाल निर्वाचित भएका हुन् ।यसैगरी महासचिवमा दिलिप कुमार झा ,कोषाध्यक्षमा सुभेष सागर श्रेष्ठ  मनोनीत भएको  मलंगवा जेसिज २०२२ का उपाध्यक्ष जेसी समीर मिकरानीले जानकारी दिएको छ।

    सोही कार्यक्रमको  अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए ।

    सर्लाहीको सदरमुकाम मलंगवा वडा न-१० स्थित जानकी पार्टी पैलेशमा सम्पन्न भएको कार्यक्रमको संचालन  जेसी राम लखन महतोले गरेका थिए । 


हरिपुर नगरपालिकाकी उपमेयर काफ्लेले जबर्जस्ती एमालेमा प्रवेश गराएको भन्दै नेकपा एसका दुई कार्यपालिकासदस्यहरु द्वारा विज्ञप्ति जारी गर्दै आपत्ती

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १२

     नेकपा एमालेमा प्रवेश गरिएको भनिएका नेकपा एकीकृत समाजवादी पार्टीका दुईजना सदस्य आफुहरु यथावत् नेकपा एसमै रहेको जानकारी सहित प्रेस विज्ञप्ति जारी गरेका छन् ।    

    सर्लाहीको हरिपुर नगरपालिकाका कार्यपालिका सदस्यद्वय सुनैना देवी चौधरी र लक्ष्मी कुवँरले हरिपुर नपा की उपमेयर रेणुका देवी काफ्लेले बिनाकुनै जानकारी  आफुहरुलाई झुक्याएर काठमाडौ लगी आफुसँगै नेकपा एमालेमा पार्टी प्रवेश गराएको र सो खवर विभिन्न सञ्चारमाध्यमहरुमा  प्रकाशन तथा प्रसारण भएको प्रति विज्ञप्ति मार्फत  आपत्ति जनाएका छन्।

     २०७४ सालको निर्वाचनमा  नेकपा एमालेबाट निर्वाचित भई हरिपुर नपाको कार्यपालिका सदस्य पदमा रही कार्य गर्दै आएको भएपनि केही महिना अगाडी नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा क्रियाशील रही काम गर्दै आइरहेको अवस्थामा उपमेयर काफ्लेले आफुहरुलाई २०७८ साल माघ ९ गते आइतवारका दिन ललाई,फकाई,झुठो कुरा गरि बर्दिबास घुम्न जाने भन्दै ब्यक्तिगत कामको बहाना बनाएर काठमाडौं लगेर निजले नेकपा एस छाडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको र उनले आफुसँगै हामीलाई पनि जबर्जस्ती उपस्थित हुन दबाब दिएको कारण उपस्थित मात्र भएको तर विभिन्न संचार माध्यमहरुबाट हामी समेत नेकपा एस छाडेर नेकपा एमालेमा प्रवेश गरेको सुन्दा आफुहरु अचम्मित भएको भएको र हामीलाई सोध्दै नसोधी हाम्रो चरितहत्या गर्ने प्रयास गरेकोमा हाम्रो ध्यानाकर्षण भएको कार्यपालिका सदस्यद्वय चौधरी र कुवँरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।उनीहरु विगतमा रोजेको नेकपा एस पार्टीलाई आफुहरुले परित्याग नगरेको र आउँदा दिनहरूमा समेत यसै पार्टीमा नै रहेर कार्य गर्नेसमेत विज्ञप्तिमार्फ प्रतिबद्धता जनाएका छन।

    कार्यपालिका सदस्यद्वय चौधरी र कुवँरले सो कुराको जानकारी गराउँदै पत्रकारहरुको उपस्थितिमा  आज(बुधबार)हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मंसुरलाई विज्ञपति समेत बुझाएका छन् ।

     हरिपुरबाट निर्वाचित सबै जनप्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत लगायतका अन्य कर्मचारीहरु प्रति उपमेयर काफ्लेको व्यवहार नराम्रो रहेको र उनी जनताको सेवा गर्नुको साटो आफ्नो मात्र स्वार्थ पुर्तीगर्ने कार्यमा लाग्दै आएको मेयर मंसुरको आरोप छ।

 

Tuesday, January 25, 2022

विपन्न विधार्थीहरूलाई कठ्याङ्ग्रिदो चिसोमा स्विटर उपहार

 

लोकतन्त्र समाचारदाता--

सर्लाही ,माघ ११

  जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाहीले श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विधालय, गोडैता नपा-५, रामवन, सर्लाहीमा अध्ययनरत विपन्न विधार्थीहरूलाई कठाग्रिदों चिसोबाट बच्न एक कार्यक्रमका बिच स्विटर वितरण गरेको छ ।

 कार्यक्रममा विधालयको पूर्व प्राथमिक/बालविकास कक्षा र कक्षा-१ मा अध्ययनरत विधार्थीहरूमध्ये गरिव, असहाय र विपन्न गरि १२५  जना विधार्थीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसार्ईं र निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले स्वेटर हस्तान्तरण गर्नु भएको छ ।

   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले कठाग्रिदों चिसोबाट बच्न सबै विधार्थीहरूलाई स्वेटर आवश्यक भएपनि हामीले  विपन्न विधार्थीहरूलाई मात्र उपलब्ध गराउदै जनताको सबभन्दा नजिकको स्थानीय सरकारले यस्ता कार्यहरू पनि गरून् भन्ने उद्देश्यले स्वेटर वितरण गरिएको बताउनु भयो । उहाँले कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनको तीब्र वृद्धि भइरहेकोले यसबाट बच्न मास्कको सही प्रयोग, भौतिक दुरी कायम, बेलाबेलामा साबुनपानीले हात धुने बानीको विकास वा स्यानिटाइजर प्रयोग, भिडभाड नगर्न, हावा आवतजावत राम्रो हुने स्थानमा बस्न लगायतका सबै जनस्वास्थ्य मापदण्डहरू पालना गर्दै अनिवार्य खोप लगाउन आह्वान गर्नु भएको छ ।

  त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू आैषध नियन्त्रण, विपद् उद्दार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रण गर्ने बताउनुभयो । उहाँले भविष्यका कर्णधार युवा पिढीलाई लागू आैषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

  कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिल कुशवाहाले सरकारले भौतिक रूपमा विधालयको पठनपाठन मात्र बन्द गरेकोले उक्त अवधिमा वैकल्पिक शिक्षण सिकाइ प्रकृयाबाट निरन्तर विधार्थीहरूको सिकाइ अभिवृद्धिमा जुटन शिक्षकहरूलाई आग्रह गर्नु भएको छ ।

   कार्यक्रममा विधालयले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र कम्प्युटर अपरेटर मुकेश कुमार यादवलाई मायाको चिनो, दोसल्ला, खादा र अविर लगाएर सम्मान गरेको छ ।

  विधालयका प्रधानाध्यापक रामप्रकाश महतोले स्वागत मन्तव्य र शिक्षक शंकर महतोले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।

कार्यक्रम प्रजिअ थानेश्वर गौतमको अध्यक्षता, प्रउ कृष्ण प्रसाईंको विशिष्ट आतिथ्य, निइप्र सुनिल कुशवाहा, कअ मुकेश कुमार यादव, लेजोसं अनिल कुमार साह, समाजसेवी हिरानन्द महतो, किशोरी महतो, रामजी महतो, शिक्षाप्रेमी जय नारायण महतोको आतिथ्य र अभिभावक, शिक्षक, विधार्थी , पत्रकार लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।


चोरी भएको मोटरसाईकल सवारीधनीको जिम्मा लगाइयो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ११

   सर्लाही प्रहरीले चोरी भएको एक मोटरसाईकल सवारीधनीको जिम्मा लगाएको छ।

   इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक भुपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएको पुस २१ गते हरिवन नगरपालिका वडा न–८ चापिनी स्थित भित्री सडकमा बेबारिसे अबस्थामा फेला पारेको प्र.२–०३–०१० प. ८७३७ नम्बरको मोटरसाईकल सोमबार  बिहान हरिवन नगरपालिका वडा न- ११ का वडाध्यक्ष शेष महबुब रेजाको रोहबरमा गाडीधनी सगरमाथा ईन्स्योरेन्स कम्पनी हरिवन शाखाका प्रमुखलाई हस्तान्तरण गरेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

   चोरले २२० सीसी क्षमताको रातो कालो रंगको पल्सर मोटरसाईकलको नम्बर फेरेर चलाउँदै आएको जबकी उक्त मोटरसाइकलको सही नम्बर भने बाग्मती प्र.०२–०२५प.४५६६ रहेको प्रहरीले जनाएको छ।

  यसअघि पनि इप्रका हरिवनले  विभिन्न मितिमा चोरी भई फेला पारेका ७ वटा मोटरसाईकलहरु सम्बन्धित गाडी धनीहरुलाई फिर्ता गरेको जिप्रका सर्लाहीले जानकारी दिएको छ।

आगलागीबाट घर जल्दा ३ लाखको क्षति

  



 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ११

   सर्लाहीको बरहथवा नगरपालिका वडा न-२ हजरिया स्थित एकघरमा विद्युत सर्ट भइ आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

   हजरिया स्थित गिरी टोलमा आइतवार राती स्थानीय  झक्कड सिंह बस्नेतको इट्टाले बनेको र खपडाको छाना भएको एकतल्ले घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घरसहित  घरभित्र रहेका अन्नपात, लत्ताकपडा , विभिन्न  सुनचाँदीका गरगहना  लगायतका सामग्रीहरु जलेर नष्ट भएको पिडितलाई उद्रित गर्दै प्रहरीले जानकारी दिएको छ।

  उक्त आगलागी स्थानीयबासीहरुको सहयोगमा प्रहरीले पौन घण्टामा  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Monday, January 24, 2022

मलंगवामा सम्पन्न उपमेयर कप २०७८ को विजयश्री को ताज मलंगवा स्ट्राइक क्रिकेट क्लबको सिरमा सेकेन्ड रनरअप पनि मलंगवाकै जय माता दी क्रिकेट टिम

 


मनोज यादव--

सर्लाही,माघ १०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा पुस २८ गतेदेखि जारी  पहिलो संस्करणको उपमेयर कप २०७८ क्रिकेट प्रतियोगिता मलंगवा स्ट्राइक क्रिकेट क्लबले जितेको छ।सोमबार सम्पन्न भएको अन्तिम तथा फाइनल खेलमा मलंगवाकै जय माता दि क्रिकेट क्लबलाई ३२ रनले हराउँदै मलंगवा स्ट्राइक क्रिकेट क्लब विजेता बनेको हो ।

      मलंगवा नगरपालिका  वडा न-२ स्थित कवर्ड हलमा सम्पन्न भएको उक्त प्रतियोगिताका विजेता, उपविजेता,म्यान अफ द म्याच, म्यान अफ द सिरिज र उत्कृष्ट बलर लगायतका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं उपमेयर शान्ती मिकरानीले  कप, मेडल, प्रमाणपत्रको साथै विजेता टिमलाई नगद रु. २५ हजार र उपविजेता टिमलाई नगद रु.१० हजार  पुरस्कार स्वरुप प्रदान गर्नु भएको थियो।प्रतियोगिताको म्यान अफ द म्याच आशिष महतो,म्यान अफ द सिरिज रोशन सिंह र उत्कृष्ट बलरको पुरस्कार विशाल पटेलले हात पारेका थिए।

     गत पुस २८ गते नेपाली काँग्रेसका युवा नेता तथा मलंगवा जेसिज २०२२ का उपाध्यक्ष  समिर मिकरानीले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको प्रतियोगिताको सोमबार सम्पन्न भएको समापन कार्यक्रममा रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अली लगायत स्थानीय खेलप्रेमी युवाहरुको बाक्लो उपस्थिति रहेको थियो। गर्नुभएको थियो ।


    मलंगवा स्ट्राइकर क्रिकेट क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा  सर्लाही जिल्लाका २० वटै पालिकाहरुबाट २२ वटा टिमले सहभागीता जनाएको आयोजक कमिटीले जनाएको छ।

मलंगवामा जारी उपमेयर कप २०७८ को आज फाइनल फाइनल खेल जय माता दी र मलंगवा स्ट्राइक क्रिकेट क्लब बिच हुने

 



 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा पुस २८ गतेदेखि जारी  पहिलो  संस्करणको उपमेयर कप २०७८ क्रिकेट प्रतियोगिताको आज अन्तिम तथा फाइनल खेल हुँदैछ ।

   दिउँसो साढे १२ बजेदेखि हुने आजको फाइनल खेल जय माता दी र मलंगवा स्ट्राइक क्रिकेट क्लब बिच हुने  आयोजक कमिटीले जानकारी दिएको छ।

   मलंगवा नपा वडा न-२ स्थित कवर्ड हलमा जारी उक्त प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता एवं  मलंगवा नगरपालिकाका उप–मेयर शान्ती मिकरानीका एकमात्र छोरा समिर मिकरानीले गर्नुभएको थियो ।

    प्रतियोगिताको सबै खेल कवर्ड हल(जि.खे.विकासको खेल मैदान)मा खेलाइएको आयोजक मलंगवा स्ट्राइकर क्रिकेट क्लबले जानकारी दिएको छ।सर्लाहीको नगरपालिका र गाउँपालिका अन्तर्गतका क्रिकेट टिमहरु बिच भएको यस प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार रुपैया र उपविजेता टिमलाई १० हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।



Sunday, January 23, 2022

मलंगवामा अनेरास्ववियु द्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९ 

     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नगर कमिटी मलंगवाले  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि,कोरोना खोपमा भएको अनियमितता र गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने मागहरु सहित  विरोधमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियु नगर कमिटी मलंगवाका कार्यकर्ताले आइतबार साँझ मलंगवा स्थित नगरपालिका चौकमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । 

     अनेरास्ववियुका केन्द्रीय सदस्य  शमिमबाबु खानको नेतृत्वमा  साँझ ६ बजे बालमन्दिर चौकबाट जुलुससहित निस्किएका अनेरास्ववियुका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको  मूल्यवृद्धि फिर्ता गर,परमादेश सरकार मुर्दाबाद,जनताले सिटामोल कहिले पाउने, प्रधानमन्त्री देउवा राजीनामा दे' लगायतका नाराबाजी गरेका थिए ।

   पेट्रोलियम पदार्थको  मूल्य वृद्धि फिर्ता लिन लगायतका माग गर्दै केपी शर्मा ओली निकट एमालेका कार्यकर्ताहरु देशभर विरोध प्रदर्शनमा उत्रिएका छन।




सय भन्दाबढी विपन्न परिवारलाई समाजसेवी ध्रुव रिजाल द्वारा कम्बल वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

    नेपाली काँग्रेसका नेता तथा  समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न घरपरिवारलाई न्यानो कम्बल वितरण गरेको छ।

   समाजसेवी  रिजालले आईतवार (आज) नेपाली कांग्रेस लालबन्दी-५ मार्फत आफ्नै गाउँ रन्जितपुर र मेजरगञ्जमा बसोबास गर्ने  विपन्न घरपरिवारका नागरिकहरुलाई कम्बल वितरण गरेका हुन ।नेपाली कांग्रेस लालबन्दी -५ का क्षेत्रीय प्रतिनिधिसमेत रहनु भएका समाजसेवी  युवा नेता रिजाल आफुले  कुनै राजनीतिक उद्देश्य पुर्ति नगर्न बल्की थोरै भएपनि सितलहरबाट पिडित नागरिकहरुलाई  राहत मिलोस भन्ने उद्देश्यले कम्बल वितरण गरेको बताएका छन् । उनले चाडैंनै एक गैरसरकारी संस्था मार्फत सामाजिक गतिविधिमा सक्रियता जनाउने बताए।

    समाजसेवाको यो अभियान गृह गाउँबाट सुरु भएपनि आउँदा दिनमा नगरका सम्पूर्ण वडाहरु हुँदै अघि बढ्ने आफ्नो लक्ष्य रहेको उनले बताए। रिजालले यस अघि पनि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेको र  ती संस्थाहरुमा रहँदा पनि  समाजको हित हुने कामहरु गरेको बताए । पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहँदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्‍याएको र आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने उनको भनाइ छ ।

   समाजसेवी नेता रिजालले  नेपाली कांग्रेस लालबन्दी-५ का सभापति मिनप्रसाद ढुंगेल,उपसभापति ज्ञानबहादुर कटुवाल,खिलनाथ भण्डारी युवा नेता नारायण गुर्मछाने सचिव सुदिप न्यौपाने,सह-सचिव प्रल्हाद बखरेल,क्षेत्रीय प्रतिनिधिहरू कमल चौधरी,हरि धमला,यादव दाहाल,प्रमोद थपलिया,सीता माझी, चित्र कोश्वार ,तिर्थ गजमेर, विष्णु पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थितिमा कम्बल वितरण गरेका थिए।

   कम्बल वितरण  कार्यक्रमको सहजिकरण शिक्षक नवराज सुवेदीले गरेका थिए ।

    कठ्याङ्ग्रिदो जाडो र शितलहरमा  न्यानो कम्बल पाएका स्थानीयबासीहरु निकैनै खुसी देखिन्थे।कम्बल वितरण गरेको भन्दै उनीहरुले कार्यक्रम स्थलमै समाजसेवी रिजाललाई धन्यबाद दिएका थिए।

लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ९

    सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बागमती नगरपालिका वडा न-१२ का ३८ वर्षीय रुद्र बहादुर अधिकारी र निजकै श्रीमती अन्दाजी वर्ष ३० की रिचा अधिकारी  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

  दुवैजनालाई शनिवार राती करिब १० बजेको समयमा हरिवन नगरपालिका वडा न-८ पुरानो बजार स्थित भित्री सडक खण्डमा खटिएको प्रहरीको गस्ति टोलीले पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ४९७२ नम्बरको  मोटरसाइकललाई शंका लागि चेकजाचँ गर्दा उनीहरूको साथमा रहेको कालो झोलामा लुकाएर राखेको ५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

     अधिकारी दम्पतीलाई बरामद गरिएको ५ किलो लागुऔषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।



Saturday, January 22, 2022

सर्लाहीमा ६० जना अतिविपन्न,दलित तथा टुहुरा बालबालिकाहरुलाई जाडोमा न्यानो स्विटर वितरण गरियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ८

    राज होजियारी बिरगंजको सहयोगमा सर्लाही जिल्ला स्थित बाल कल्याण समाज संस्थाले सर्लाही जिल्लाका तीनवटा प्राथमिक विद्यालयमा अध्यनरत ६० जना अति विपन्न,दलिय तथा टुहुरा बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरेको छ।

    संस्थाका अध्यक्ष सुन्दर श्याम रायको विशेष पहलमा जिल्लाको  चक्रघट्टा गाउँपालिका वडा न-८,औरही, ब्रह्मपुरी गाउँपालिका वडा न-३ भेल्ही र कविलासी स्थित प्रावि स्तरका बालबालिकाहरुलाई  चिसोबाट बचावट गर्न भनि प्रति विद्यालय २० जना बालबालिकाको दरले न्यानो सुइटर वितरण गरेको हो ।

   

कौडेना गाउँपालिकाले आफ्नै एम्बुलेन्स संचालनमा ल्याए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ८

     सर्लाहीको सदरमुकाम मलंगवा देखि पश्चिम क्षेत्रमा पर्ने कौडेना गाउँपालिकाले आजबाट(शनिवार) आफ्नै  एम्बुलेन्स संचालनमा ल्याएको छ।

     गाउँपालिका अध्यक्ष राम प्रसाद यादवको सकृय पहलमा  पालिकाको आफ्नै बजेटबाट उक्त एम्बुलेन्स  संचालनमा आएको हो।  एम्बुलेस कौडेना गाउँपालिकाभित्र मात्र नभएर अन्य छिमेकी पालिकाबाट समेत बिरामी बोक्न सहयोग पुग्ने गापा अध्यक्ष यादवले बताउनुभयो ।

   एम्बुलेन्स संचालनमा आएपछि समयमा उपचार पाएर अब कसैले पनि अकालमा ज्यान गुमाउनु नपर्ने स्थानीयहरुले बताए ।

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ७

      सर्लाही र रौतहट जिल्लाको सिमामा पर्ने बागमती नदीको पुलमा शुक्रबार राति टिपरको ठक्करबाट एक मोटरसाइकल यात्री युवकको ज्यान गएको छ।

   शुक्रबार राती करिब सवा ७ बजेको समयमा पुर्वपश्चिम राजमार्गमा  पश्चिमबाट पूर्वतर्फ बा. ८४ प ५९०८ नम्बरको मोटरसाईकलमा आउँदै गरेको हरिवन नगरपालिका वडा न–५ बस्ने वर्ष  ३५ को  सुनिल बम्जनलाई पछाडीबाट आउँदै गरेको ना. ७ ख ८३०० नम्बरको टिपरले ठक्कर दिएर   गम्भिर घाईते भएका बम्जनलाई तत्कालै उपचारका लागि रौतहटको चन्द्रपुर स्थित चन्द्रपुर अस्पतालमा पुर्याएको र त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्त प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

  बम्जनलाई ठक्कर दिने टिपर र त्यसका  चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Friday, January 21, 2022

चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था नगरि जनप्रतिनिधिहरु निदाएपछि जनताहरु आक्रोशित

 





मनोज यादव---

सर्लाही,माघ ७

 केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन गार्‍हो भएको छ ।अत्यधिक चिसोका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, सानातिना घुमन्ते व्यापारी लगायतकाहरु  मारमा परेका छन् ।

  विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको भएपनि यो वर्ष भने त्यस्तो केही गरेको देखिँदैन । चौक चौकमा आगो ताप्ने व्यवस्था नहुँदा  सर्वसाधारणहरुले  हात, खुट्टा तथा जिउ सेकाउन समेत पाएका छैनन् ।

  यस वर्षको शितलहरमा मानिसको बढी चहलपल बढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न यहाँ  स्थानीय जनप्रतिनिधिहरहले इन्कार गरेका छन्। स्थानीय सुनिल कुमार साहले भन्नुभयोे, ‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ ।घर बाहिर निस्किएकाहरुले पनि चौक चौराहामा बालेकेको आगोमा हात सेकाउन  पाएका छैनन् ।’

  नागरीकलाई जाडोबाट बचाउनु नगरपालिका प्रमुख ,गाउँपालिका प्रमुख ,वडाप्रमुख लगायतका स्थानीय सरकारको दायित्व भएको भएपनि उहाँहरु आफ्ना जनताहरुको दयनिय अवस्था हेरेर पनि नहेरेको जस्तै गरिरहनु भएको छ,नागरिकहरुले गुनासो गरे। यतिबेला हुनेखानेलाई त ठिकै छ तर हुँदाखानेलाई  गाह्रो भएको छ ।

   विगतमा  चिसो र शितलहरबाट नागरीकलाई बचाउन भन्दै ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाईन्थ्यो तर  यसपालि भने जनप्रतिनिधिहरु किन हो किन ? निदाएका छन् । जनताको नजिकको सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । अब जनता कसको भर पर्ने ?


सर्लाही जिल्ला क्रिकेट संघ(CAN)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न

 


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ७

     सर्लाही जिल्ला क्रिकेट संघ(CAN)को दोस्रो  वार्षिक साधारणसभा बिहीबार  सदरमुकाम मलंगवा सम्पन्न भएको छ।

     संघका जिल्ला अध्यक्ष माधव प्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन  प्रमुख अतिथि नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं केन्द्रीय प्रतिनिधि रोशन कुमार सिंहले गरेका छन् ।  

   मलंगवा नगरपालिका वडा न-२ स्थित जिल्ला खेलकुद विकास कार्यालयको कभर्डहलमा सम्पन्न कार्यक्रममा गोपाल बहादुर लामा,नरेश कुमार चौधरी ,चन्देश्वर साह ,महोत्तरी क्रिकेट संघका कार्यवाहक अध्यक्ष राजिव झा लगायत सर्लाही क्रिकेट संघका पदाधिकारीहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो।

Tuesday, January 18, 2022

बाल कल्याण समाज द्वारा औरहीका विपन्न दलित बालबालिकाहरुलाई स्विटर वितरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४

    राज होजियारी बिरगंजको सहयोगमा सर्लाही जिल्ला स्थित बाल कल्याण समाज संस्थाले जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-८,औरहीमा चिसोबाट बचावट गर्न भनि २० जना बालबालिकाहरुलाई न्यानो सुइटर वितरण गरेको छ।

    संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा सो वडाका वडाध्यक्ष रामकैलास राउतको प्रमुख आतिथ्य र सम्बन्धित विद्यालयका प्रअ राम कैलास राउतको विशिस्ट आतिथ्यमा मंगलबार  एक कार्यक्रमको आयोजना गरि औरही स्थित श्री प्राथमिक विद्यालयको बाल बिकास कक्षामा  अध्यनरत २० जना अतिविपन्न, दलित बालबालिकालाई स्विटर वितरण गरेको हो।

     सोही विद्यालयमा आयोजना गरिएको  कार्यक्रममा विद्यालयका शिक्षक रासनारायण चौधरी, बाल विकास शिक्षिका शैल कुमारी देवी , अभिभावक लगायत  अभिभावकहरु तथा स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

     स्विटर वितरण कार्यक्रम पश्चात् बालबालिका र अभिभावकहरुमा खुसियालीको माहौल बनेको थियो।स्विटर पाएका बालबालिका तिनका अभिभावक र वडाध्यक्ष राउतले संस्था तथा संस्थाका अध्यक्ष रायलाई यस्ता  कार्यक्रमहरु आगामी दिनहरुमा पनि ल्याउन आग्रह गर्दै धन्यवाद दिएका थिए।

नाम र राजधानी तोकेपछि मधेस प्रदेशको सर्लाहीमा विजय जुलुस निकालियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४ गते

    प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा सर्लाहीको सदरमुकाम मलंगवामा विजय जुलुस निकालिएको छ। 

     सोमबार(हिजो) प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस ’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो।

   सोही खुसीयालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संयुक्तरूपमा मंगलबार (आज)मलंगवामा विजय जुलुस निकालेर खुसियाली मनाएका छन् ।उक्त विजय जुलुस मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौकबाट सुरु गरि नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर त्यहाँ रहेको मधेश आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरि जुलुस सम्पन्न गरिएको थियो।

    खुसियाली मनाउन भन्दै प्रदेश सरकारले आज (माघ ४ गते) सार्वजनिक बिदासमेत दिएको थियो। 


Monday, January 17, 2022

जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारीबाट पछि हटेपछि शितलहरबाट पिडित भइरहेका एकल महिलाहरुलाई राहत बाँड्न पत्रकार आफै अघिसरे

 



मनोज यादव---

सर्लाही,माघ ३

    यतिबेला तराईमा शितलहर बढेको छ।शितलहरको मारमा सबै भन्दाबढी अतिविपन्न दलित,बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु परेका छन् ।तर यहाँका स्थानीय जनप्रतिनिधिहरु उनीहरूको समस्यालाई नजरअन्दाज गर्दै गैरजिम्मेवार बनेका छन् ।यस्तो अवस्थामा अतिविपन्न, दलित, वृद्धवृद्धा लगायतकाहरुको समस्यालाई बुझेर उनीहरूको समस्या र पिडामा केही थोरै भएपनि मल्हम लगाउन  सर्लाहीको एक पत्रकार अगाडि बढेको छ।

    मलंगवा नगरपालिका वडा न-३ घरभइ विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारीता गर्दै आएका एभिन्युज टेलिभिजनका सम्वाददाता एव रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अलीले मलंगवा नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न तथा गरिब समूदायका ३० जना  एकल(विधवा) महिलाहरुलाई न्यानो  कम्बल र चवन्नप्राश वितरण गर्नु भएको छ ।

  जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन र शरिर पनि स्वास्थ राख्ने हेतुले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा चवन्नप्राश र माक्स वितरण गरेको पत्रकार अलीले बताउनु भएको छ । उहाँले विस्तारै नगरपालिका भरीका  विपन्न तथा दलित समुदायका एकल महिलाहरुलाई यसैगरी कम्बल, चवन्नप्राश तथा माक्स वितरण गर्दैजाने  आफ्नो योजना रहेको जानकारी गराउनुभयो।

      आफ्नो जनताको समस्या र सोको समाधान गर्ने दायित्व  उनीहरुले(जनता)नै भोंट दिइ जिताएर पदमा पठाएको जनप्रतिनिधिहरुको हो तर उनीहरू आफ्नो पदीय जिम्मेवारीलाई भुलेपछि एउटा असल नागरिकको परिचय दिएर जाडोको समयमा  विपन्न , गरिब समुदायका एकल महिलालाई राहत  वितरण गर्नु उदाहरणीय कार्य भएको स्थानीय समाजसेवी कुशेश्वर यादवले बताएका छन् ।

Sunday, January 16, 2022

विपन्न दलित टुहुरा बालबालिकाहरु न्यानो स्विटर पाएपछि खुसी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २

    जाडो तथा शितलहरका कारण कठ्याङ्ग्रिएर समय कटाउँन बाध्य विपन्न दलित समुदायका बालबालिकाहरु न्यानो स्विटर पाएपछि खुसी भएका छन् । बाल कल्याण समाज ( CWS) सर्लाही प्रदान गरेको न्यानो स्विटर पाएर सर्लाहीको गोडैता नगरपालिका वडा-न ३,सिमरा भगवतीपुरका बालबालिकाहरु खुसी भएका हुन।

       सुन्दर श्याम रायको अध्यक्षता , गोडैता नपा का मेयर देवेन्द्र यादवको प्रमुख आतिथ्यता तथा वडा न-३ सिमरा भगवतीपुरका वडाध्यक्ष बिजय यादवको विशिष्ट आतिथ्यतामा आइतवार आयोजित एक कार्यक्रमका बिच राज होजियारी बिरगंज द्वारा सहयोग प्राप्त स्विटर श्री प्राथमिक विद्यालयका २० जना विपन्न दलित  बालबालिकालाई वितरण गरिएको आयोकक संस्थाले जनाएको छ।

     तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भइ संचालनमा आएको यस संस्थाले विपन्न , टुहुरा तथा दलित बालबालिकाको लागि विभिन्न सहयोग मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

    रामनगर गाउँपालिका वडा न-२  मा प्रमुख कार्यालय रहेको यस संस्थाले मलंगवा नपा वडा न-८ स्थित  शाखा कार्यालयबाट काम कारवाहीहरु संचालन गर्दै आएको अध्यक्ष रायले बताएको छ।

Saturday, January 15, 2022

नगेन्द्र साहको अध्यक्षतामा १० सदस्यीय हिन्दु परिषद नेपालको मलंगवा इकाईको नगर समिति गठन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १

     सर्लाहीको मलंगवामा  नगेन्द्र साहको अध्यक्षतामा १० सदस्यीय  हिन्दु परिषद नेपालको नगर स्तरीय समिति गठन भएको छ।

    शनिवार मलंगवा नगरपालिका वडा न-८ स्थित श्रीराम मन्दिरमा आयोजित एक कार्यक्रमका बिच मलंगवा इकाईको नगर समिति गठन भएको  नगर कमिटी इन्चार्ज धीरेन्द्र मिश्रले जानकारी दिएको छ। 

   नवगठित समितिको उपाध्यक्षमा रोहित मिश्र र अभिमन्यू यादवसहित कोषाध्यक्ष,सचिव ,सह-सचिव तथा सदस्य पदमा सुबोधहरि राजोपाध्याय ,अनिल यादव,विकास गुप्ता,मिन्टु झा र केशव झा रहेका छन्। 




 

मस्जिद बनाउन वडा अध्यक्षले दिए निःशुल्क जग्गा

 





सोम दियाली---

सर्लाही,माघ १

     सर्लाहीको हरिवन नगरपालिका वडा न- ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित मुस्लिम बस्तीमा निर्माणाधीन बर्काती जामे मस्जिदको लागि निःशुल्क दान गर्नुभएको हो ।


वडाअध्यक्ष रेजाले शनिवार मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच जग्गाको लालपूर्जा मस्जिद निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको छ । मुस्लिम समुदायको बाल्को बस्ती रहेको ठाउँमा पूराना मस्जिदहरुमा धार्मिक कार्य गर्न असहज भएको र नयाँ मस्जिद निर्माण गर्न जग्गा आवश्यक भएकोले आफूले धार्मिक कार्यका लागि भन्दै निःशुल्क जग्गादान गरेको वडाअध्यक्ष रेजाले बताउनुभयो । उहाँले वडावासीको चाहाना अनुसार आफूले सुरुदेखि नै विकास निर्माणको काममा ध्यान दिएको बताउनुभयो । ‘म उहाँहरुकै भोटले वडाअध्यक्ष भएको हुँ, उहाँहरुको आवश्यकतामा मैले साथा दिनु मेरो धर्म हो । त्यसमाथि मन्दिर मस्जिद जस्ता धार्मिक काममा म आगामी दिनमा पनि सहयोग गर्न तयार छु ।’ वडा अध्यक्ष रेजाले भन्नुभयो ।  


मस्जिद निर्माणका लागि वडा अध्यक्ष रेजाले १२ धूर जमिन र ५ लाख रुपैयाँ सहयोग गर्नुभएको जामे मन्दिर निर्माण समितिका अध्यक्ष शेख मुस्तफाले बताउनुभयो । उहाँका अनुसार वडाअध्यक्षले १२ धुर, स्थानीय मोहम्मद गनीले ५ धुर र अर्का रेहान नाम गरेका व्यक्तिले ३ धुर गरी कुल एक कठ्ठा जग्गा बर्काती जामे मस्जिदलाई प्राप्त भएको छ । वस्तीमा जनसंख्या बढ्दै जाँदा भएका मस्जिदहरुले अपुग भएको र नयाँ मस्जिदको आवश्यकता परेकोले आफूहरुले नयाँ मस्जिद निर्माण सुरु गरिरहेको बेला वडाअध्यक्ष रेजाले निःशुल्क दान गरेर वस्तीका मुस्लिम समुदायमाथि ठुलो गुण लगाउनुभएको निर्माण  समितिका अध्यक्ष मुस्तफाले बताउनुभयो ।


जग्गाको लालपूर्जा हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले वडा अध्यक्ष रेजाको सामाजिक कामहरु देखेर आफू अत्यन्तै खुशि भएको बताउनुभयो । उहाँले सामाजिक कामप्रति वडा अध्यक्ष रेजाले देखाएको विशाल हृदयका कारण नै वडामा उहाँको लोकप्रियता ह्वात्तै बढेको बताउनुभयो । ‘वडामा कोही भोकै भएपनि वडा अध्यक्ष, कसैले लाउन पाएन वडा अध्यक्ष, बाटो बनाउन, मन्दिर, मस्जिद बनाउन पनि वडाअध्यक्ष वडाका हरेक काममा वडावासीसँग तन, मन र धनले पनि नजिक भएर काम गर्ने वडाअध्यक्ष हरिवन ११ ले पाएको छ । यसर्थमा हरिवन ११ का वडावासी भाग्यमानी हुन् ।’ मेयर प्रसाईले भन्नुभयो ।


वडा अध्यक्ष रेजाको सामाजिक कामप्रतिको लगाव र झुकाव देखेर आफूहरु निकै प्रभावित भएको मुस्लिम धर्मगुरु मौलाना खलिकुज्माले बताउनुभयो । ‘हामी यति भाग्यमानी छौं कि, हाम्रा वडाअध्यक्ष भगवान जतिकै छन् । हामीलाई परेको जुनसुकै समस्या समाधान गर्नपनि उहाँ अघि सर्नुहुन्छ ।’, धर्मगुरु खलिकुज्माले भन्नुभयो । 


Friday, January 14, 2022

सहारा मल्टिपर्पसले आफ्नो १८ औ वार्षिक साधारणसभाको अवसरमा सर्लाहीका ७ जना क्रियाशील पत्रकारहरुलाई सम्मान गरे

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ३०

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको  सहकारी संस्था सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लिमिटेडले सर्लाहीका ७ जना क्रियाशील पत्रकारहरुलाई सम्मानित गरेको छ।संस्थाले  शुक्रवार मलंगवामा आयोजना गरेको आफ्नो १८ औं वार्षिक साधारणसभाको अवसर पारेर जिल्ला क्रियाशील रही समाचारको माध्यमबाट आर्थिक ,सामाजिक र सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष एवं पत्रकार टंक क्षेत्री ,  डुकु कोइराला ,बख्तियार अली, विश्वनाथ ठाकुर, सुनिल ठाकुर,अनवर अहमद र मनोज यादवलाई सम्मानित गरेको हो ।

   "बचत गर्ने बानी,सुखद भविष्यको निशानी" भन्ने पवित्र उदेश्य लिएर खोलिएको यस सस्थाको १८ औं वार्षिक साधारणसभाको शुक्रवार मलंगवा नपा वडा न-१० स्थित जानकी पार्टी पैलेसको सभाहलमा उद्घाटन गरिएको छ।

    संस्थाका अध्यक्ष वसी अहमद मिकरानीको अध्यक्षता तथा केन्द्रीय सहकारी संघका पुर्व कार्यकारी सदस्य ध्रुवनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाको उद्घाटन कार्यक्रममा भुपु सहकारी डिभिजन प्रमुख राम लक्षण रायले स्वागत मन्तव्य दिएका थिए।

    साधारणसभाको अवसरमा अध्यक्ष र प्रमुख अतिथिले संयुक्तरूपमा  संस्थामा कर्तव्यनिष्ठ भइ गर्मीमा तातो घाम र जाडोमा कठ्याङ्ग्रिदो चिसोको परवाह नगरी संस्थाको प्रगतिको लागि रातदिन क्रियाशील भई प्रत्येक सेवा केन्द्रबाट फिल्ड तर्फ बढी व्यवसाय गरि प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका फिल्ड कार्यकर्ताहरुलाई प्रशंसापत्र द्वारा सम्मानित गरेका छन् ।

   सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मिकरानीले संस्थाको आर्थिक  प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई प्रगतिको बाटोमा लैजान सहयोग पुर्याउने बचतकर्ता, सेयर सदस्य , कर्मचारी तथा फिल्ड कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए। 

     पुर्व सांसद तथा अधिवक्ता भिखारी मंसुर,उद्योग वाणिज्य संघ मलंगवाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र कुशवाहा,संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता , लेखा समिति संयोजक राम नारायण राय,लेखा समिति सदस्य , संचालक समिति सदस्य ,विभिन्न सेवा केन्द्रका पदाधिकारी ,कर्मचारी ,फिल्ड कार्यकर्ता, सेयर सदस्य पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन बलराम दाहालले गरेका थिए।