Monday, July 31, 2023

मुटु रोगको उपचारका लागि बाहिर जानू नपर्ने ,सर्लाहीमै सफल उपचार

 


 मुटु रोगको उपचारका लागि बाहिर जानू नपर्ने ,सर्लाहीमै  सफल उपचार


मनोज यादव----

सर्लाही,साउन १५

     सर्लाहीको सदरमुकाम मलंगवामा  निजी लगानीमा खुलेको एक अस्पतालमा मुटु रोगको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि बिरामीहरुलाई  भारतको महंगो अस्पतालमा जानुपर्ने अवस्थाबाट छुटकारा मिलेको छ।मलंगवा नगरपालिका वडा न-९ मा रहेको तिरुपती बालाजी पोलिक्लिनिकले मुटु रोगका बिरामीहरुलाई सस्तो ,सरल र सुलभ तरिकाले उपचार सेवा उपलब्ध गराउन  बिरगंज स्थित नेशनल मेडिकल कलेज अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डाक्टर जितेन्द्र कुमार मिश्रलाई बोलाएर सेवा दिन थालेपछि  बिरामीको चाप बढ्न थालेको हो।

    उपचार पछि निको भइसकेका बिरामीहरु कम खर्चमा आफ्नै गाउँ ठाउँमा शल्यक्रिया गराउन पाएको र उपचार प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका छन् ।

    डा.मिश्रले मुटुमा जटिल समस्या देखिएका बिरामीका लागि गरिनुपर्ने सबैखाले जाँच तथा शल्यक्रिया गर्ने गरेकाले उक्त अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको बताए ।

   कार्डियोलोजिष्ट डा.मिश्रका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयाघातले मर्ने मानिसहरुको सङ्ख्या बर्सेनी बढ्दै गएको छ ।

    तिरुपती बालाजीले मलंगवामै  न्यून खर्चमा उपचार सेवा दिन थालेपछि भारत जाने नेपाली बिरामीको सङ्ख्या केही हदसम्म  घट्दै गएको छ ।भारतका बिरामीसमेत आएर मुटुको जाँच तथा  शल्यक्रिया गराउन थालेको  डा. मिश्रले बताएका छन् । 

   तिरुपती बालाजी पोलिक्लिनिकमा आएका बिरामीहरुको इको लगायतका जाँचहरु गरिसकेपछि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बिरगंज स्थित नेशनल मेडिकलमा लगेर शल्यक्रिया गर्ने गरेको र  औषधि मात्र चलाउनुपर्ने बिरामीलाई यहीँबाट औषधि दिएर पठाउने गरेको डा.मिश्रले बताएका छन्।





कतार च्यारिटीको सहयोगमा चेतना मलंगवा द्वारा छात्रा तथा अपाङ्गताहरुलाई सहयोग

 


कतार च्यारिटीको सहयोगमा चेतना मलंगवा द्वारा छात्रा तथा अपाङ्गताहरुलाई सहयोग  



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १५

    चेतना मलंगवाले   कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा छात्राहरुलाई साइकल र अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चेयर तथा ट्राइसाइकल वितरण गरेको छ।

     संस्थाले आइतवार  मलंगवा नगरपालिका वडा न-९ स्थित श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयमा  वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय ,वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल,प्रअ कुशेश्वर राउत लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा  आइतवार एक कार्यक्रमको आयोजना गरि सोही विद्यालयमा अध्यनरत रही नियमित विद्यालय आउने १३ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेको छ।

   सोही दिन जिल्लाको मलंगवासहित   ब्रम्हपुरी गाउँपालिका अन्तर्गत त्रिभुवननगर ,पिपरा र नोकैल्वाका  अपाङ्गता भएका  विपन्न परिवारका १० जनालाई ह्विल चेयर तथा ट्राइसाइकल वितरण गरेको छ।जसमध्ये ४ जनालाई ह्वील चेयर र ६ जनालाई ट्राइसाइकल वितरण गरेको संस्थाका कार्यक्रम संयोजक चन्दन कर्णले जनाएको छ।



 

Sunday, July 30, 2023

विकास निर्माण तथा जनहितका लागि गरिने काममा कुनै किसिमको सम्झौता गर्दिन :धिरेन्द्र यादव"विस्पत"पर्सा गा.पा अध्यक्ष


 विकास निर्माण तथा जनहितका लागि गरिने काममा कुनै किसिमको सम्झौता गर्दिन :धिरेन्द्र यादव"विस्पत"पर्सा गा.पा अध्यक्ष 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १४

    जनताले मलाई पर्सा गाउँपालिकाको समग्र विकासको लागि मतदान गरेर अध्यक्ष पदमा निर्वाचित गरेकोले आफु जनचाहना अनुसारनै काम गर्ने गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव"विस्पत"ले बताउनुभएको छ।मत माग्ने बेलामा जनतासँग गरेको बाचा पूरा गर्न आफु दिनरात लागिपरेको उहाँले बताउनुभएको छ । 

      सर्लाही जिल्लाकै सबैभन्दा कम जनसंख्या तथा क्षेत्रफल भएको यस पालिकाको भौतिक विकास मात्र नभइ शिक्षा,स्वास्थ्य ,कृषि ,पर्यटन लगायतका क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेकोले यसलाई प्राथमिकतामा राखेर अगाडी बढेको यादवले बताउनु भएको छ ।

   उनले हुलाकी सडकको लागि साइड क्लिरियन्सको काम,खानेपानीको समस्याको समाधान गर्न समरसेल जडान,२४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य संस्थाको स्थापना लगायतका कामहरु गरेका छन् ।

    उनले विकास निर्माण तथा जनहितका लागि गरिने काममा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रेफर सेन्टरलाई अस्पताल बनाउने प्रयास गर्दैछु:स्वास्थ्य मन्त्री विरेन्द्र सिंह

 


रेफर सेन्टरलाई अस्पताल बनाउने प्रयास गर्दैछु:स्वास्थ्य मन्त्री विरेन्द्र सिंह



लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन १४

    मधेस प्रदेशका ८  वटै जिल्लामा रेफर सेन्टरका रुपमा रहेका प्रादेशिक अस्पतालहरुलाई सुविधा सम्पन्न अस्पताल बनाउने प्रयासमा लागेको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले बताउनुभएको छ।सानो वा ठूलो जुनसुकै स्वास्थ्य समस्या लिएर आउने बिरामीहरुलाई अन्यत्र रेफर गर्ने काम जिल्ला अस्पतालहरुमा हुँदै आएकोले यस्ता अस्पतालहरुलाई सुविधा सम्पन्न बनाएर सबै खालका बिरामीहरुले प्रादेशिक अस्पतालबाटै  उपचार पाउन भनेर दिनरात मेहनत गरिरहेको मन्त्री सिंहले बताउनुभयो ।

   प्रादेशिक अस्पतालहरुमा लागेको रेफर सेन्टरको दाग डिटोल पानीले धोएर सबै खालका उपचार यसै अस्पतालबाट गर्ने व्यवस्थामा आफु लागि परेको उहाँले दाबी गर्नुभयो।प्रदेशका कुनैपनि बिरामीले अब जिल्लामै उपचार पाउनुपर्छ।गम्भीर किसिमका बिरामी बाहेक अरु कसैलाई पनि अतिरिक्त रकम खर्च गरेर उपचारको लागि  बाहिर जानू नपरोस् भनेर चालु आर्थिक वर्षमै मधेस  प्रदेशका सबै स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरिरहेको मन्त्री सिंहले बताउनुभयो । सर्लाहीको पर्सा गाउँपालिकामा संचालन भएको २४ घण्टा आकस्मिक स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको छ।

   उहाँले अब देखि प्रदेशका कुनैपनि जनतालाई स्वास्थ्य सेव लिनका लागि थप आर्थिक भार सहित दु:ख गरेर बाहिर जानू नपर्ने भन्नुभयो।२४ घण्टा आकस्मिक स्वास्थ सेवाका लागि चाहिने सबै प्रकारका सहयोग तथा उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गा.पा अध्यक्ष धिरेन्द्र यादव"विस्पत" ले गरिरहरको कामहरु सराहनीय रहेको उल्लेख गर्नुभयो।

   उद्घाटन कार्यक्रममा बोल्दै गा.पा अध्यक्ष यादवले चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्दै जाने बताउनुभयो ।स्थानीय जनताले भरपर्दो तथा स्तरीय स्वास्थ्य सेवा पाओस् भनेर २४ घण्टा आकस्मिक सेवा सुरु गरेको यादवले बताउनुभयो ।सबै प्रकारका स्वास्थ्य सेवा अब आफ्नै गाउँपालिकाबाट प्राप्त गर्न सकिने भएकोले सदरमुकाम मलंगवा लगायतका ठाउँमा जानू नपर्ने उहाँले भन्नुभयो।

    शिक्षा,स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ताहरुलाई मध्येनजर गर्दै यसलाई  जनचाहना अनुसार सबल र सार्थक बनाउन आफु प्रतिबद्ध रहेको गा.पा अध्यक्ष यादवले भन्नुभयो।

    उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सर्लाही जिल्ला उपसभापति डा.सरोज कुमार यादव,हरिपुर्वा नगरपालिकाका नगरप्रमुख बिनोद साह,ब्रम्हपुरी गा.पा अध्यक्ष राम पदारथ साह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा लगायत स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन आयुर्वेद शाखाका प्रमुख नविन यादवले गरेका थिए भने स्वागत मन्तव्य स्वास्थ्य शाखाका संयोजक नवल किशोर महतोले राखेका थिए।


Saturday, July 29, 2023

चट्याङ्ग लागेर सर्लाहीमा भैसी सहित एकजना गोठालोको मृत्यु

 चट्याङ्ग लागेर सर्लाहीमा भैसी सहित एकजना  गोठालोको मृत्यु 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

     सर्लाहीको बलरा नगरपालिका वडा न-१ हथियौल गाउँमा चट्याङ लागेर एउटा भैसी सहित एकजना गोठालोको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय वर्ष ४५ को अर्जुन पटेल रहेको छ।

    पटेलको शनिवार दिउँसो करिब डेढ बजे भैसी चराइरहेको अवस्थामा पानी सँगै परेको चट्याङ लागेर भैसी सहित मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

संयुक्त विद्यार्थी संगठनले सर्लाही क्याम्पस प्रमुखलाई बुझाए १४ बुँदे ज्ञापनपत्र


संयुक्त विद्यार्थी संगठनले सर्लाही  क्याम्पस प्रमुखलाई बुझाए १४ बुँदे ज्ञापनपत्र

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

      विभिन्न १४ बुँदे मागहरु राख्दै संयुक्त विद्यार्थी संगठनले सर्लाही क्याम्पसका क्याम्पस प्रमुख राजेश यादवलाई  ज्ञापनपत्र बुझाएका छन् ।लोकतान्त्रिक विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ,जनमत विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका हुन् ।

  बुझाइएको ज्ञापनपत्र मार्फत विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था हुनुपर्ने ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था हुनुपर्ने ,प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने ,+2 तथा  स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने र विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अधि सारेको नेपाल विद्यार्थी संघका अध्यक्ष एवं स्ववियु सभापति प्रत्यासी सुजित कुमार यादवले बताएको छ।

    ज्ञापनपत्र बुझ्दै क्याम्पस  प्रमुख यादवले क्याम्पस व्यवस्थापनका  अधिकांश कामहरु भइसकेकोले यी मागहरु पनि पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    लोकतान्त्रिक वि.संघका अध्यक्ष आकाश कुमार यादव,नेविसंघका अध्यक्ष सुजित कुमार यादव,जनमत वि.संघका अध्यक्ष अहमद नुरानी र समाजवादी वि.यु का अध्यक्ष राम प्रवेश साहले संयुक्तरूपमा हस्ताक्षर गरि क्याम्पस प्रमुख यादवलाई ज्ञापनपत्र बुझाएका हुन।



Friday, July 28, 2023

प्रादेशिक अस्पताल मलंगवाको स्वास्थ्य सेवामा सुधार,जिल्ला बाहिरका ठुला अस्पतालबाट निराश भएर फर्किएका बिरामीको उपचार गर्न सफल


प्रादेशिक अस्पताल मलंगवाको स्वास्थ्य सेवामा सुधार,जिल्ला बाहिरका ठुला अस्पतालबाट निराश भएर फर्किएका बिरामीको उपचार गर्न सफल 


मनोज यादव---

सर्लाही,साउन १२

    मधेस प्रदेश अन्तर्गत सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पताल केही समय अगाडी आफै बिरामीझैं देखिन्थ्यो । सामान्य रोगको  उपचार समेत गर्न नसक्ने उक्त  अस्पताल प्राय: सुनसाननै रहन्थ्यो।दरबन्दी अनुसारको डाक्टर तथा प्राबिधिकहरु थिएनन् । निकैनै अव्यवस्थित र  बिरामी जस्तो रहने  मलंगवाको जिल्ला अस्पताल प्रादेशिक अस्पतालमा  स्तरोन्नति  भएदेखि  मुहार नै फेरिएको छ।यसअघि मुस्किलले दिनको २०/२५   जना मात्र बिरामीहरु आउने यस अस्पतालमा अहिले भने सयौँ बिरामीहरुको उपचार गर्ने थलो बनेको छ ।

   पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ भने गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि बिरामीहरु पनि खुसी छन्।

    जिल्ला बाट स्तरोन्नति भएर प्रादेशिक अस्पताल बनेपछि यहाँ सरकारी लगानीसँगै भौतिक संरचना ,उपकरण र विशेषज्ञ चिकित्सकहरु पनि थपिएका छन्। बिशेषज्ञ चिकित्सक तथा उपकरणहरुका कारण बिरामीको उपचार सेवा पनि बाहिरका ठूला निजी अस्पतालको तुलनामा राम्रो भएको छ।

      भर्खरै केहीदिन अगाडी बिरगंजको नेशनल मेडिकल कलेज र काठमाडौको एक निजी अस्पतालमा लाखौं रुपैया खर्च गरेर पनि  उपचार सम्भव नभएपछि निराश भएर घर फर्किएका एक गम्भीर रोगबाट ग्रसित बिरामी प्रादेशिक अस्पताल मलंगवामा मात्र केही दिनको उपचार पछि निको भएको छ।बाँच्ने आशनै मरिसकेको उक्त  बिरामी न्युन खर्चमा  ठिक भएको  देखेर मानिसहरुको सरकारी अस्पतालको उपचार सेवा प्रतिको नकारात्मक धारणा बदलिएको छ।

    प्रादेशिक अस्पताल मलंगवाका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रविन कुमार चौधरीका अनुसार एक्युट भाइरल मेनिन्जो इन्सेफलाइटिस रोगबाट ग्रसित भएर बिरगंज स्थित नेशनल मेडिकल र काठमाडौ स्थित एक नाम चलेको ठुलो प्राइभेट अस्पतालमा उपचार गराउँदा निको नभएपछि निराश भएर घर फर्किएका बिरामी  सर्लाहीको हरिपुर नगरपालिका वडा न-३ फरहदवा निवासी नाजमा खातुनका ११ वर्षीय छोरा अहमत राजा शेखको  प्रादेशिक अस्पतालमा कार्यरत डा.गौतम झा को सल्लाहमा मलंगवा स्थित यस अस्पतालमा ल्याएपछि यहाँ कार्यरत चिकित्सकहरुको दिनरातको अथक प्रयास र उपचार पद्धतिबाट पुर्ण रुपमा निको भएको छ।

   उक्त  बालकको जेष्ठ २९ गते ज्वरो र बान्ताबाट सुरु भएको समस्या बढ्दै गएर मुटु र आँखा बाहेकका सम्पूर्ण शरिर प्यारालाइज्ड(निस्कृय)भएको थियो।शरिर काम्ने(चम्की)समस्या पनि देखा पर्यो।यस्ता लक्षण र समस्या  एक्युट भाइरल मेनिन्जो इन्सेफलाइटिस नामक रोग लागेका बिरामीहरुमा हुने गरेकोले सोही रोगको उपचारका लागि बिरगंज र काठमाडौको अस्पतालमा लगेपनि निको नभएपछि हार मानेर   घर फर्किएकी नाजमा र उनका श्रीमान्  छोरा आफ्नै जिल्लाको सरकारी अस्पतालमा निको भएर पहिला कै अवस्थामा पुगेको देखेर निकै खुसी भएका छन।

   घरको आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान विदेशमा काम गर्नु हुन्छ।छोरा बिरामी पर्दा उहाँ विदेशमै हुनुहुन्थ्यो ।छोरा बिरामी भएको थाहा पाएपछि उहाँ गाउँ आउनुभएको थियो।सुरुमा गाउँकै डाक्टरबाट उपचार सुरु गरि त्यसपछि  गैर बजारको निजी अस्पतालबाट रेफर भएर  बिरगंजको नेशनल मेडिकलमा २२ दिनको उपचार पछि त्यहाँबाट काठमाडौको अस्पतालमा ५ दिन आएसियुमा राखेर उपचार गराउँदा पनि निको नभएपछि घर फर्काएर ल्याएको बालककी आमा नाजमा खातुनले सुनाइन् ।सो अवधिमा ६ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको र खर्च जुटाउन घडेरी बेच्नु परेको खातुनले बताइन् । तर प्रादेशिक अस्पतालमा उपचार चल्दा औषधको मात्र खर्च लागेको थियो।उक्त रोगको उपचारमा चाहिने औषधि यहाँ उपलव्ध नरहेकोले   बाहिबाट मगाउनु परेको खातुनले बताइन् ।

    सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा आम मानिसको मनमस्तिष्कमा  बसिसकेकोले  सामान्य रोग लाग्दा पनि मानिसहरु नेपाल तथा भारतका ठुला शहरका ठुला अस्पतालमा जाने गरेका छन् ।तर अब प्रादेशिक अस्पतालको अवस्था बदलिसकेको छ। बिरामीलाई बाहिर लानुको सट्टा एकपटक यहाँको उपचार सेवा लिएर हेर्न डा.चौधरीले सबैसँग आग्रह गर्नुभयो। हामीकहाँ आउने बिरामीलाई अन्यत्र रेफर नगरि यहीं राखेर उपचार गर्छौ र पुर्णरुपमा निको पारेर पठाउँछौ उहाँले भन्नुभयो।

   अहिले यस अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवादेखि सुरक्षित प्रसुती सेवा,विभित्र जाँच तथा परिक्षण हुने गरेको छ भने समयसमयमा विभिन्न रोगको नि:शुल्क शिविरहरु पनि संचालन हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ।

  

    


  

Thursday, July 27, 2023

स्वास्थ्य क्षेत्रमा ठूलो सफलता, चक्रघट्टा गाउँपालिकाले संचालनमा ल्यायो एमबुलेन्स सेवा

 


स्वास्थ्य क्षेत्रमा ठूलो सफलता,चक्रघट्टा गाउँपालिकाले संचालनमा ल्यायो  एमबुलेन्स सेवा



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ११

     सर्लाहीको चक्रघट्टा गाउँपालिकाले  एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ।

    बिरामीहरुको  स्वास्थ्योपचार सेवालाई सरल, सहज र सुलभ तरिकाले उपलब्ध र सेवा प्रवाहमा सहजता ल्याउनका लागि यस पालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको लेखापाल संजय ठाकुरले बताउनुभएको छ। जिल्ला केही बाहेक अधिकांश  पालिकाले सरकारी स्तरबाट एम्बुलेन्स संचालन नगरेको अवस्थामा चक्रघट्टा गा.पा ले नागरिकको सेवाका लागि  एम्बुलेन्स सेवा संचालनमा ल्याएर स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको लेखापाल  ठाकुरले बताउनुभयो।गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको ठाकुरको भनाइ छ ।

   उहाँले एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अव अन्त्य हुने बताउनुभयो ।


"दुस्प्रचार र द्वेषपुर्ण अभिव्यक्ति अहिल्यैबाट रोकौ" अभियानमा जुटे कबिलासीका महिला जनप्रतिनिधि

 


"दुस्प्रचार र द्वेषपुर्ण अभिव्यक्ति अहिल्यैबाट रोकौ" अभियानमा जुटे कबिलासीका महिला जनप्रतिनिधि



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १०

    सर्लाहीको कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि मलंगवामा संचालित  ३ दिने मध्यवर्ती प्रशिक्षण  सम्पन्न  भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा सोमबारदेखि संचालन भएको तालिम बुधबार सम्पन्न भएको हो।


    यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण  लिएका  स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले कबिलासी न.पा का २२ जना महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती प्रशिक्षण दिएको  जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए ।संस्थाले विभिन्न मोड्युलमा स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि महिला सदस्यहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि  संजाल निर्माण गर्न लगायतका विषयमा प्रशिक्षण दिएर उनीहरूको क्षमता अभिबृद्धि गरेको  श्रेष्ठले बताए ।
    माण्डवी सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तालिमको अन्तिम दिन श्रेष्ठले  सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै  तालिमबाट प्राप्त गरेका सीप , ज्ञान र अनुभवलाई एकआपसमा आदानप्रदान गर्न साथै "दुस्प्रचार र द्वेषपुर्ण अभिव्यक्ति अहिल्यैबाट रोकौ" अभियानमा जुट्न आग्रह गरेका थिए।सहभागी महिला जनप्रतिनिधिहरुले पनि सो अभियानमा लागेर आफ्नो वडा समुदायमा जनचेतना अभिवृद्धि गर्ने र गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।


  यस संस्थाले जिल्लाको कबिलासी नगरपालिकासहित बरहथवा,हरिवन,बागमती र हरिपुर्वा नगरपालिकामा गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ।
  मलंगवा-९ स्थित नवरंग होटलमा गुन्जा साहले  संचालन गरेको तालिममा सहभागीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेका थिए।
   
    



 

सर्लाहीको मलंगवामा "सर्लाही प्रिमियर लिग सिजन १" क्रिकेट प्रतियोगिता हुने

 


सर्लाहीको मलंगवामा "सर्लाही प्रिमियर लिग सिजन १" क्रिकेट प्रतियोगिता हुने


लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन ११

    सर्लाही क्रिकेट संघको आयोजनामा सर्लाही प्रिमियर लिग सिजन १ क्रिकेट प्रतियोगिता हुने भएको छ । संघका जिल्ला अध्यक्ष माधव कर्माचार्यले उक्त  प्रतियोगिता हुने जानकारी दिनुभएको छ ।

    साउन १३ गतेदेखि टि–ट्वान्टी फर्म्याटमा चल्ने प्रतियोगितामा सर्लाही जिल्लाभरीबाट छनौट भएका ६ वटा टिमहरु बिच   प्रतियोगिता हुनेछ ।यसै साउन मसान्त भित्रमा इन्ट्री गरिसक्नुपर्ने भएको यस प्रतियोगितामा सहभागीता जनाउन कुनै इन्ट्री शुल्क नराखिएको संघका कोषाध्यक्ष तुलसी यादवले बताएको छ।

   प्रतियोगिता सम्बन्धि विस्तृत जानकारी M.C.T.C  फेसबुज पेजबाट प्राप्त गर्न सकिने अध्यक्ष कर्मचारीले जनाएको छ।

Wednesday, July 26, 2023

सडक कालोपत्रे भएपछि मलंगवा बजार चिटिक्क,बजारको सौन्दर्यकरण तथा विकासमा सहयोग पुर्याउने सबै नागरिकलाई मेयर यादव द्वारा धन्यवाद

 


सडक कालोपत्रे भएपछि मलंगवा बजार चिटिक्क,बजारको सौन्दर्यकरण तथा विकासमा सहयोग पुर्याउने सबै नागरिकलाई मेयर यादव द्वारा धन्यवाद

 

मनोज यादव---

सर्लाही, साउन ९ 

    विगत ३ दशक भन्दा पनि बढी समयदेखि विकासको प्रर्खाइमा रहेको सर्लाहीको पहिलो नगरपालिका तथा सदरमुकाम मलंगवा नगरपालिकामा विकासले गति लिएको छ।सधैभरी वर्षामा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने मलंगवा बजार क्षेत्रको सडक कालोपत्रे भएपछि स्थानीय नगरबासीहरु निकै खुसी भएका छन् ।

   एउटा गाडी समेत गुडाउन नसक्ने अवस्थाको मलंगवा बजार क्षेत्रको साँघुरो सडक फराकिलो बनाएर वडा न-९ स्थित श्रीमती कृष्णादेवी  माध्यमिक विद्यालयदेखि वडा न-८ स्थित राजश्री सिनेमा हलसम्मको सडकलाई कालोपत्रे गरेपछि सवारीसाधन तथा पैदल यात्रुलाई  आवतजावतमा सहज भएको छ।     

     केही बाधा अवरोधका कारण लामो समयदेखि सडकको मापदण्डमा पर्ने  घर,टहरा, पसल तथा अन्य भौतिक संरचनाहरु हटाउन नसक्दा बजार क्षेत्रको मुख्य सडक कालोपत्रे हुन नसकी अलपत्र अवस्थामा रहेको थियो।सानो पानी पर्दा पनि सडकमा पानी जमेर बजार पोखरी तलाउमा परिणत हुन्थ्यो । मेयर नागेन्द्र प्रसाद यादवले सबैभन्दा पहिले सडकमा पर्ने आफ्नै घर भत्काएर ‘साइड क्लियर’ गरेपछि स्थानीयले समेत आ–आफ्नो घर र अन्य संरचना भत्काउन सहयोग गर्नासाथ सडकको दुबै छेउ नालाको निर्माण गरि कालोपत्रेको काम पुरा भएपछि बजार फराकिलो मात्र नभइ सुन्दर र सफा समेत भएको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताएका छन् ।सडक फराकिलो पारेर कालोपत्रे गरिएका कारण  आवतजावतमा सहजता भएको उनले भने।  

     मलंगवा न.पा वडा न-९ स्थित बालमन्दिर चौकमा पसल संचालन गरेर बसेका सुनिल रायले सडक कालोपत्रे भएपछि सडक छेउछाउ पसल भएका व्यापारी  तथा घर भएका स्थानीयबासीहरुले धुलोबाट मुक्ति पाएको बताए ।

    संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरमार्फत मुख्य बजार क्षेत्रको सडक कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । “सङ्घीय सरकारको क्रमागत बजेटबाट सडक कालोपत्रे गरिएको गौतमले भन्नुभयो। 

    नगरप्रमुख यादवले साइड क्लियर गर्नेदेखि सडक कालोपत्रेको काम पूरा गराउन सम्म साथ सहयोग पुर्याउने सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद दिनुहुँदै नगरपालिकाको समुचित विकासमा यसैगरी साथ ,सहयोग र सल्लाह सुझाव दिएर सहयोग पुर्याउन अनुरोध गर्नुभएको छ।

   नगरपालिकाको मेन चौक(नगरपालिका कार्यालय आसपास)मा रहेका केही घरहरु भत्काउने विषय विवाद हुँदा सो ठाउँको सडकमा मात्र कालोपत्रे हुन बाँकी रहेको सूचना अधिकृत राजकुमार अधिकारीले बताएका छन् ।


मलंगवाका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन,४ वटा कार्यवाहीमा परे

 


मलंगवाका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन,४ वटा कार्यवाहीमा परे

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १०

      सर्लाहीको सदरमुकाम मलंगवामा संचालनमा रहेका औषधि पसल तथा निजी क्लिनिकहरुको अनुगमन गरिएको छ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध शाखाको लिखित आदेश अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेतृत्वको टोलीले सोमबार कानुन बमोजिम दर्ता रहेका तथा कानुन विपरीत दर्ता नभइ संचालनमा रहेका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन गरेको छ।

   मलंगवा बजार क्षेत्रमा संचालित ९ वटा निजी क्लिनिक र औषधि पसलहरुको चेकजाँच गर्दा अवैधानिक रुपमा संचालन भएका ३ वटा निजी क्लिनिक तथा १ वटा मेडिकल(औषध पसल)हरु कार्यवाहीमा परेका छन् ।अनुगमनको क्रममा मलंगवा न.पा वडा न-९ मा रहेको चन्द्रकान्त मेडिकलले बिल बिजक नराखी संचालन गरेको फेला पारेकोले उक्त मेडिकलका संचालकलाई नगद ५ हजार रुपैया जरिवाना गरिएको छ भने वडा न-८ मा अवैधानिक रुपमा संचालनमा रहेका भवानी पोलिक्लिक डाइग्नोष्टिक सेन्टर प्रा.लि,कान्तिपुर डेन्टल एवं क्लिनिक प्रा.लि र अंजनी हेल्थ केयर अल्ट्रासाउण्ड सेन्टरका संचालकहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा पठाएको जिप्रका सर्लाहीले जनाएको छ।

  दर्ता नभइ कानुन विपरीत संचालनमा रहेका निजी क्लिनिक तथा औषधि पसलहरुका कारण मानवीय क्षति समेत भएको भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट आउने गरेकाले यस विषयमा विद्यमान ऐन,कानुन अनुसार संचालन भए नभएको सम्बन्धमा अनुगमन निरिक्षण गरि सो को प्रतिवेदन समेत पेश गर्न साथै कानुन विपरीत संचालन भइरहेका त्यस्ता क्लिनिक तथा मेडिकलका संचालकहरुलाई कानुनको पालना गराउन भनि गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार अनुगमन निरिक्षण गरिएको प्रजिअ यादवले बताउनुभयो।

नेपाल-भारत लडकवा नाका नजिक भेडियाही स्थित सुनसान खेतमा एक अज्ञात पुरुषको शव फेलापर्यो


नेपाल-भारत  लडकवा नाका नजिक भेडियाही स्थित सुनसान खेतमा एक अज्ञात पुरुषको शव फेलापर्यो



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१ भेडियाही स्थित  नेपाल भारत सिमा।दशगजा नजिक  मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ।

   अन्दाजी २५/३० वर्षको देखिने उक्त  पुरुषको शव भारतको सितामढी जिल्ला सोनवर्षा प्रखण्ड अन्तर्गत पर्ने लडकवा नाका नजिक  नेपाल तर्फको मलंगवा न.पा वडा न-१ भेडियाही स्थित सुनसान धानखेतमा फेला परेको हो।खेतमा काम गर्ने मानिसहरुले शव देखेपछि दिउँसो १ बजेको समयमा उक्त घटना बाहिर आएको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिएको छ।

   घटना स्थलमा पुगेका डिएसपी कैलाश राईका अनुसार घटनास्थलको प्रकृतिलाई हेर्दा मृतक युवकलाई रातीनै भारततर्फ हत्या गरेर घिसार्दै सिमानाका कटाउँदै नेपाल तर्फको भुमीमा फालिएको हुनसक्छ।

 शवको पहिचान खुलाउनको लागि भारतीय सुरक्षा निकायसँग सम्पर्क गरि अनुसंधान भइरहेको डिएसपी राईले जानकारी दिए।

   

Monday, July 24, 2023

स्थानीय तहका महिला जनप्रतिनिधिहरु भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई अझ बढी निखार्न माण्डवीले सुरु गर्यो मध्यवर्ती प्रशिक्षण

 

स्थानीय तहका महिला जनप्रतिनिधिहरु भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई अझ बढी निखार्न माण्डवीले सुरु गर्यो मध्यवर्ती प्रशिक्षण


मनोज यादव---

सर्लाही,साउन ८

    सर्लाहीको कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि ३ दिने मध्यवर्ती प्रशिक्षण सदरमुकाम मलंगवामा सुरु भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा प्रशिक्षण सुरु भएको हो।

    यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण  लिएका  स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले कबिलासी न.पा का २२ जना महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती प्रशिक्षण दिन सुरु गरेको जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।यसअघि  संस्थाले स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि महिला सदस्यहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि  संजाल निर्माण गर्न लगायतका विषयमा प्रशिक्षण दिएर उनीहरूको क्षमता अभिबृद्धि गरिसकेको श्रेष्ठले बताए ।

    माण्डवी सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठको अध्यक्षतामा संचालन भइरहेको तालिमको पहिलो दिन सहभागी महिला जनप्रतिनिधिहरुले चौथो मोड्युलको तालिमबाट प्राप्त गरेका सीप तथा ज्ञानलाई पुनर्ताजगी गर्दै सिकेका कुराहरु र अनुभवलाई एकआपसमा आदानप्रदान गरेका थिए।

   यस संस्थाले जिल्लाको कबिलासी नगरपालिकासहित बरहथवा,हरिवन,बागमती र हरिपुर्वा नगरपालिकामा गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ। 

  मलंगवा-९ स्थित नवरंग होटलमा गुन्जा साहले  संचालन गरिरहेको यस तालिममा सहभागीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरिरहेका छन् ।

     साउन ८ गतेदेखि सुरु भएको तालिम साउन १० गते सम्पन्न हुने संस्थाले जनाएको छ।

सर्लाहीका तीन पालिकामा NNDSWO ले प्रदान गरको छात्रवृत्ति रकमको सदुपयोग भए नभएको अनुगमन गरियो


सर्लाहीका तीन पालिकामा NNDSWO ले प्रदान गरको छात्रवृत्ति रकमको सदुपयोग भए नभएको  अनुगमन गरियो

मनोज यादव----

सर्लाही ,साउन ८

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल  छात्रवृति कार्यक्रमको अनुगमन गरिएको छ ।

    गरिब तथा  दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले  नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) सर्लाही जिल्लामा सन२०१३ देखी संचालनमा आएको र सोही  कार्यक्रम अनुसार संस्थाको सर्लाही स्थित शाखाले  जिल्लाको मलंगवा नगरपालिका वडा न-६ भाँडसर,गोडैता,बरहथवा र कबिलासीमा आइतवार अनुगमन गरि छात्रवृत्ति लिंदै आएका लक्षित विद्यार्थीहरुको पढाइको अवस्थाको विषयमा जानकारी लिएका थिए।

    संस्था द्वारा संचालित  नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP)मा   विद्यार्थीहरुको शैक्षिक प्रगति ,विद्यालय नियमितता ,छात्रवृत्तिको सदुपयोग र विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले  संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा जिल्ला समन्वय समिती सर्लाहीका प्रतिनिधि रामजीबाबु  यादव ,शिक्षा बिकास तथा समन्वय  ईकाइ प्रमुखका प्रतिनिधि शोभित साह ,बाल कल्याण समाज सर्लाहीका प्रतिनिधि सुन्दर श्याम यादव ,संस्थाका सदस्य सोगारथ पासवान र पत्रकार मनोज यादव लगायतको टोलीले  विद्यार्थीहरुको  अवस्थाको बारेमा जानकारी लिएका हुन।

   संस्थाले आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई  ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई  ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति  वितरण गर्दैं आएको र उक्त रकम  प्रत्येक त्रैमासिक रुपमा उनीहरूको बैंक खाता मार्फत  वितरण गर्दै आएको जिल्ला  कार्यक्रम अधिकृत गोविन्द  पासवानले जनाएको छ ।  छात्रवृत्ति वापत प्राप्त गरेकोे  रकमबाट विद्यार्थीहरु विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन् ।NNDSWO बाट प्राप्त गरेको छात्रवृत्ति रकमबाट सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको संस्थाका अध्यक्ष राजेश पासवानले बताउनुभयो।

   दलित बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यले संचालन भएको यो कार्यक्रम जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका सहित कबिलासी ,गोडैता ,बरहथवा र हरिपुर्वा न.पा तथा  ब्रहम्पुरी, चन्द्रनगर र पर्सा गाउँपालिकापा  निरन्तर संचालनमा रहेको संस्थाले जनाएको छ।

अनुगमनको क्रममा कार्यक्रम प्रभावकारी भएको अभिभावकहरुले प्रतिक्रिया दिएका थिए।





Sunday, July 23, 2023

महिला तथा नवजात शिशुहरुको लागि मलंगवा नगरपालिका द्वारा प्रादेशिक अस्पताललाई न्यानो झोला हस्तान्तरण

 


महिला तथा नवजात शिशुहरुको लागि मलंगवा नगरपालिका द्वारा प्रादेशिक अस्पताललाई न्यानो झोला हस्तान्तरण 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ८

    सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकाले पालिकामा रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुने महिला तथा नवजात शिशुहरुको लागि न्यानो झोला प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ। 

  मलंगवा न.पा क्षेत्र भित्र रहेका प्रादेशिक अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइमा बच्चा जन्माउने आमा र नवजात शिशुका लागि नगरपालिकाले न्यानो झोला दिन  थालेको हो ।उक्त कार्यक्रमको सुरुवात गर्दे नगर प्रमुख नागेन्द्र प्रसाद यादवले प्रादेशिक अस्पताल मलंगवा सुत्केरी भइ भर्ना भएका सुत्केरी महिलाहरुलाई एक-एक थान न्यानो झोला वितरण गर्नुभएको छ। साथै उहाँले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा लाई सुत्केरी महिला र नवजात शिशुहरुको लागि एकमुष्ट  १हजार १सय १३ थान न्यानाे झाेला  हस्तान्तरण गर्नुभएको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जनाएको छ।



 

लेख✍️ "आँसु

    लेख✍️     

          "आँसु"

सुवास कर्ण(शिक्षक)

मलंगवा ,सर्लाही 


    हे मेरो प्राण प्रिय ,तिमी नै मेरो जिन्दगी हो ,तिमी मेरो लागि हौ, म तिमी लाई आफ्नो ज्यान भन्दा पनि बढी माया गर्छु,तिम्रो लागि आफन्त लाई त्यागी दिन्छु ,तिमी मेरो धडकन हो ,तिमी मेरो स्वास हौ,तिमि बिना एक पल पनि बाच्न सक्दिन,तिमी मेरो चान्द हौ, तिम्रो लागि हरेक दुख सहन त्यार छु , चान्द तारा टिपेर ल्याइ दिन्छु बस तिमि मेरि हौ यस्ता अनेक भावनात्मक बिचार हरु बाट इमोसनल भावना मा बगाएर युवा पिढी हरु आफ्नो भविष्य लाई अन्धकार को जीवन मा यात्रा गरिरहेको पाइन्छ । आधुनिकता को नाममा हामि आफ्नो संस्कार सभ्यता रितिरिवाज लाई बिर्सिने प्रयास मा छौ । अर्धनग्न बस्त्र लाई पश्चिमि सभ्यता को संस्कार लाई भित्र्याउने प्रयास हदै सम्म सफल भएको छ ।त्यसमा पनि मोबाइल ले समाज लाई आफ्नो गन्तव्य बाट भ्रमित गर्ने प्रयास सफल हुँदै गएको छ ।समाजिक सन्जाल को नाम मा नचिनेको व्यक्ती सग मित्रता गास्ने त्यो मित्रता बिस्तारै बिस्तारै प्रेम मा परिवर्तन हुने अनि संगै मर्ने बाच्ने वाचा गरेर एक अर्का सगको सम्बन्ध लाई स्थापित गर्न कोसिस भै रहेको छ ।भावनात्मक बिचार मा बगेर आफ्नो जिएअन को सपनालाइ बिराम दिएर बुझ्दै न बुझेको यात्रालाई सहज रुपमा अपनाएर घरवार नाता आफ्न्त लाई त्यागेर एउटा अपरिचित व्यक्ती को लागि स्विकार गर्नु चलन समाज मा बढिरहेको छ ।आफ्नो सन्तान मोबाइल मा के गरि रहेको छ भनेर अभिभावक कुनै सोध पुछ खान तलासी गर्ने जिम्मेवारीबाट पन्छिदै छ्न जसको परिनाम सन्तान हरु गलत बाटो अपनाइ रहेको थाहा हुदैन तर परिनाम पछि पछुतो बाहेक अभिभावक को लागि अरु केही हुदैन ।आफ्नो सन्तान ले प्रयोग गर्दै आएको मोबाइल कहाँ बाट आयो व्यवहार मा किन परिवर्तन हुँदै छ भन्ने कुराको जिज्ञासा् न राख्नु अभिभावक आफ्नो जिम्मेवारी बाट टाढा भागी रहेका छ्न । जसको परिणाम सन्तान लाई  सोच्दै न सोचेको बाटो अपनाउन सहज र सरल हुन्छ । आज मोबाईल ले गर्दा कुमारी आमा को कथा , बहु बिबाह को कथा समाज मा बारम्बार घटी रहेको पाइन्छ ।कथा को पात्र बलियो छ भने कुनैएक पक्ष ले ज्यान गुमाउनु ,पैसा को सट्टेबाजी हुनु ,जीवन जिउन का लागि सघर्श गर्नु आन्दोलन गर्नु सहयोगि संस्था लाई गुहार्नु बाहेक केही परिणाम हुदैन । घरबाट भागेर एक अर्कालाई अपनाउने सोच को परिणाम कहि कतै सुखमय भएको पाइएन । भावन मा  बगेर गरेको निर्णय जब जीवन जिउन का लागि यात्रा गर्छ त्यहा कठिनाइ को वातावरण शृजना शुरु हुन्छ र जीवन मा आँसु बाहेक अरु केही हुदैन ।

Saturday, July 22, 2023

खानेपानीको मुहान सुखेपछि सर्लाहीका जनता समस्या भोग्न बाध्य

 खानेपानीको मुहान सुखेपछि सर्लाहीका जनता समस्या भोग्न बाध्य

बख्तियार अलि---

सर्लाही, साउन ६

   प्रचण्ड गर्मीका कारण पानीको श्रोतहरु सुकेपछि  विगत केही दिनदेखि सर्लाही जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ।

   जिल्लाको पुर्वि क्षेत्र पर्सा गाउँपालिका देखि पश्चिम बागमती किनारको बलरा नगरपालिका सम्मका क्षेत्रमा नदि नला, कुवा, इनार, चापाकलहरु सुकि रहेको अवस्था छ ।अहिले धानको रोपाइँ चलिरहेकोले  नदि,नाला ,पोखरी,तलाउ र नहरमा पानी सुकिसकेकोले केही हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।

   खानेपानीको चरम अभावले गर्दा आमजन समुदायमा त्राहिमामको अवस्था छ । यस्तो बिकराल अवस्थामा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै ठोस कदम नचालिनु बडो दुर्भाग्यपूर्ण देखिन्छ । यस्तो विकराल अवस्थामा सरकारले सर्लाही जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरिदिनु परपर्ने जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले भने।

   अझै समय बाकी छ। समयमै यसको विकल्प स्वरुप खानेपानीको लागि डिप बोर्डिङ्ग र सिचाइको लागि ठुला–ठुला नदिको डाइभर्जन लगायतका बैकल्पिक काम अभिलम्ब सुचारु गरिएन भने मधेश प्रदेश छिटटै मरभुमीमा परिणत हुन बेर लागदैन ।

  चुरे तथा मधेसका जनताले अझै पनि केही बिचार पुर्याएन भने केही वर्षपछी बिकराल अवस्था हुने संकेत देखिन्छ । मधेश भरी देखिएको सुखापन, गर्मी र खानेपानी को समस्या दिन प्रतिदिन बढदै गर्दा जनजिवन अस्तव्यस्त बन्दै गइरहेको छ । यस्को एउटा मात्र उपाय खाली, अर्ती पर्ती, नदि नालाको किनारा लगायत जस्ता ठाउँमा बृक्षारोपन गर्नु पर्छ।

सदरमुकाम मलंगवाका अधिकांस घरधुरीले पानीको समस्या भोगिरहेको  छ । जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा परेका छन् । पानी परे पछि मात्र यसको समाधान हुने जानकारहरूको भनाई छ । “जमिनमुनि हुने पानीको लेबल बढीमा २८÷२९ फिट हुनुपर्छ । सतह मुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ ।


जिल्लाका पुर्बमा रहेका पर्सा गाउँपालिका सहित पश्चिममा रहेका गोडैता नगरपालिका र  सदरमुकाम मलंगवा सहित आधा दर्जन पालिकाहरूमा चापाकल पुर्ण रूपमा सुखे पछि पानीको समस्या भयावह बन्दै गएको छ । सदरमुकाम मलंगवामा सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी कार्यालय मलंगवाले बताए  । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने गरेको कार्यालयले जनाएको छ । चुरे बिनास,गाउघरमा बढदै गएको सडक तथा घर आसपासका चौतारा समेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानु लगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको जानकारहरूको भनाई छ  । सदरमुकाम मलंगवाका अधिकांस घरधुरीले पानीको समस्या भोगिरहेको  छ । जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा परेका छन् । पानी परे पछि मात्र यसको समाधान हुने जानकारहरूको भनाई छ । “जमिनमुनि हुने पानीको लेबल बढीमा २८÷२९ फिट हुनुपर्छ । सतह मुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ ।


जिल्लाका पुर्बमा रहेका पर्सा गाउँपालिका सहित पश्चिममा रहेका गोडैता नगरपालिका र  सदरमुकाम मलंगवा सहित आधा दर्जन पालिकाहरूमा चापाकल पुर्ण रूपमा सुखे पछि पानीको समस्या भयावह बन्दै गएको छ । सदरमुकाम मलंगवामा सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी कार्यालय मलंगवाले बताए  । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने गरेको कार्यालयले जनाएको छ । चुरे बिनास,गाउघरमा बढदै गएको सडक तथा घर आसपासका चौतारा समेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानु लगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको जानकारहरूको भनाई छ  ।

स्थानीयहरुलाई पानीको समस्याबाट निकाल्न पर्सा गाउँपालिकाले समरसिवल जडान गर्ने

  स्थानीयहरुलाई पानीको समस्याबाट निकाल्न पर्सा गाउँपालिकाले समरसिवल जडान गर्ने



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ६

      चरम गर्मी तथा खडेरीका कारण पानीको मुहानहरु सुक्न थालेपछि सो समस्याको समाधान गर्न सर्लाहीको पर्सा गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट खानेपानीको लागि प्रत्येक वडामा राहतको कार्यहरु गर्ने निर्णय गरेको छ।

    गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव विस्पतको अध्यक्षतामा बसेको बैठकबाट खानेपानीको समस्या बाट स्थानीयबासीहरु तत्कालै निकाल्न प्रत्येक वडामा डिप बोर गरि हैण्ड पाइप तथा मोटरयुक्त समरसिवल जडान गर्नुका साथै पुरानो इनारहरुको मर्मत तथा सरसफाइ लगायत विभिन्न राहतका कार्यहरु गर्ने सर्वसम्मतबाट निर्णय गरेको छ।

Friday, July 21, 2023

नयाँ सोंच,नयाँ उमंग र कुशल शिक्षकहरुको नयाँ समूहको साथमा एपेक्स एकेडेमीले संचालनमा ल्यायो 10+2

 नयाँ सोंच,नयाँ उमंग र कुशल शिक्षकहरुको नयाँ समूहको साथमा एपेक्स एकेडेमीले संचालनमा ल्यायो 10+2 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ५ 

   सर्लाहीको मलंगवा नगरपालिका वडा न-८ मा रहेको एपेक्स एकेडेमी विद्यालयमा १० जोड २ (10+2)कक्षा संचालनमा ल्याएको छ।विद्यालयका को-अर्डिनेटर सरोज कुशवाहाको अध्यक्षता तथा सोही विद्यालयका संस्थापक सुरेश साहको प्रमुख आतिथ्यता र शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा शुक्रवार बिहान स्वागत कार्यक्रमको आयोजना गरि 10 +2 कक्षा संचालनमा आएको हो।

 

 नयाँ सोंच,नयाँ उमंग र कुशल तथा दक्ष शिक्षकहरुको नयाँ समूहको साथमा एपेक्स एकेडेमीले संचालनमा ल्याएको यस 10+2 मा नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यन अध्यापन गराइने को-अर्डिनेटर कुशवाहाले बताएका छन् ।उनले साइन्स , मेनेजमेन्ट ,कम्पिउटर साइन्स र शिक्षा संकायको लागि अध्यापनको क्षेत्रमा नाम चलेका दुई दर्जन दक्ष तथा अनुभवी शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउने बताएका छन् ।

   

अंग्रेजी र एकाउन्ट विषय लिएर पढ्ने विद्यार्थीहरुको लागि निशुल्क कोचिंङ को साथसाथै कम्पियुटर प्रयोगशाला र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति समेतको व्यवस्था गरेको कुशवाहाले जानकारी गराएको छ। आइतवारदेखि नियमितरूपमा कक्ष संचालन हुने यस विद्यालयमा मलंगवा सहितभाँडसर,खुटौना, भेडियाही,मुसैली,कौडेना र कबिलासीका विद्यार्थीहरु अध्यनरत छन् ।टाढाका विद्यार्थीहरुको लागि यातायातको समेत व्यवस्था गरेको विद्यालयले जनाएको छ।

अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएकी महिलाले गरिन आत्महत्या,यस्तो घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक

  अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएकी महिलाले गरिन आत्महत्या,यस्तो घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक 

मनोज यादव---

सर्लाही,साउन ५ 

     अनुसंधानको लागि  जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको एक एकल महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । अनुसंधानको लागि भनि ल्याईएका महिलाले प्रहरीको हिरासतमा रहेको अवस्थामै आत्महत्या गर्ने प्रयास गरेकी हुन।

  जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी कैलाश राईका अनुसार गत साउन १ गते सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल-भारत सिमा अन्तर्गत झिलमिलिया माईको मन्दिर नजिकबाट  सशस्त्र प्रहरीको टोलीले चक्रघट्टा गाउँपालिका वडा न-८ बस्ने ४० वर्षिया एकल महिला हजरत खतरा खातुन र सोही ठाउँका ३२ वर्षीय राम केवल रायलाई श्रोत नखुलेको नगद ५ लाख रुपैयाँ र ५ सय ७७ ग्राम चाँदीको गहनासहित पक्राउ गरेर आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएका थिए।निज महिलाले धरौटी रकम तिर्न नसकेपछि भन्सारले साउन ४ गते बिहीबार साँझ जिल्ला प्रहरी  कार्यालयको जिम्मा लगाएको थियो। सोही राती १० बजेर ५ मिनेट जाँदा  हिरासतमा रहेको अवस्थामा निज महिलाले शौचालयको ढोकामा पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। ड्युटिमा रहेका प्रहरीले सो कुराको जानकारी पाएपछि निज महिलालाई तत्कालै उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि  चिकित्सकहरूले मृत घाेषणा गरेकाे डिएसपी राईले बताए। 

   अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएको ब्यक्तिले आत्महत्या गरेको घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक भएको हो।

सहारा मल्टिपर्पस सहकारीले सुरु गर्यो सर्लाही जिल्लामै पहिलोपटक एटिएम सेवा

 


सहारा मल्टिपर्पस सहकारीले सुरु गर्यो सर्लाही जिल्लामै पहिलोपटक एटिएम सेवा


मनोज यादव---

सर्लाही,साउन ५

    मलंगवा स्थित सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेडले एटीएम सेवा सुरु गरेर सर्लाही जिल्लामै पहिलोपटक एटिएम सेवा संचालनमा  ल्याउने सहकारी संस्था  बन्न सफल भएको छ। 

     सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको यस संस्थाले संचालनमा ल्याएको एटीएम कार्डबाट नेपाल अधिराज्यभरीको जुनसुकै बैंकसहित भारतमा पनि रकम झिक्न सक्ने मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जनाएको छ।

   मलंगवा स्थित प्रधान कार्यालयमा आफ्ना ग्राहकहरुलाई एटीएम कार्ड हस्तान्तरण गर्दै मुख्य प्रबन्धक गुप्ताले  सहकारीले समय सापेक्ष परिवर्तन हुदै अगाडि बढनु पर्ने र वित्तीय कारोवार गर्ने सहकारीको लागि एटिएम सेवा अपरिहार्य रहेको बताए ।

उनले एटिएम सेवा संचालन गर्नु सहकारी क्षेत्रका लागी गौरवको बिषय भएको बताए ।

  सहारा मल्टिपर्पसले यसअघि मोबाइल बैंकिङ समेत संचालनमा ल्याइसकेको छ।मोबाइल बैंकिङको माध्यमबाट नेपाल अधिराज्यभरीको कुनैपनि बैंकमा रकम ट्रान्सफरको साथै IME Pay,E SEWA र Khalti बाट पनि सहरा मल्टिपर्पसको खातामा रकम जम्मा गर्न सक्ने सुविधा रहेको गुप्ताले जनाएको छ।

   यस संस्थाले विगत ३ वर्षदेखि मलंगवा नगरपालिका वडा न-८ स्थित भगवती मन्दिरको छेउमा(वकिल गल्ली)सुविधा सम्पन्न डिपर्टमेन्टल स्टोर समेत संचालन गर्दै आएको छ।

Thursday, July 20, 2023

सर्लाहीको धनकौलमा 'लम्पी स्किन'को महामारी फैलिन थालेपछि संक्रमणबाट बचाउन पशुहरुलाई खोप लगाउन सुरु


सर्लाहीको धनकौलमा 'लम्पी स्किन'को महामारी फैलिन थालेपछि संक्रमणबाट बचाउन पशुहरुलाई खोप लगाउन सुरु

  

मनोज यादव---

सर्लाही,साउन ४

     सर्लाहीको धनकौलमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिगत केही दिनदेखि  स्थानीय किसानहरुले पालेका गाई,भैसीमा लम्पी स्किन नामक रोगको संक्रमण देखा पर्न थालेपछि धनकौल गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पालिका अन्तर्गतका ७ वटै वडामा शिविरको आयोजना गरि पहिलो पटक खोप लगाउन थालेको छ। 

   गाउँपालिकाबाटै सो रोग विरुद्धको २ हजार भाइल खरिद गरि सात वटै वडामा शिविरको आयोजना गरि घर तथा फर्ममा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको पशु सेवा शाखा प्रमुख राम श्रेष्ठ महतोले बताए। यो खोप सङ्क्रमित पशुको लागि नभएकोले शिविरमा ल्याइएका  पशुहरु मध्ये  संक्रमित नभएको पशुलाई मात्र  संक्रमित हुनबाट बचाउनका लागि  लगाउने गरेको उनले बताए ।

   गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेकोले सङ्क्रमित भएका पशुको उपचार पनि गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका बरिस्ठ पशु विकास अधिकृत शंकर साहले बताए । 

      साहका अनुसार धनकौल गाउँपालिकामा मात्र नभइ जिल्लाको अन्य पालिकाहरुमा पनि लम्पी स्किनको सङ्क्रमण फैलिएको छ ।यसको संक्रमणबाट धनकौलमै २ वटा पशु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।

    साहका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन समेत हुनसक्ने सम्भावना रहन्छ ।

   धनकौल गा.पा को वडा न-२ बाट सुरु भएको शिविरको बुधबार बिहान बरिस्ठ पशु विकास अधिकृत साहको प्रमुख आतिथ्यत ,वडा न-२ को वडाअध्यक्षको अध्यक्षता तथा धनकौल गा.पा जिन्सी शाखाका प्रमुख कृष्ण नन्दन साह,पशु प्राविधिक र स्थानीय किसानहरु लगायतको उपस्थितिमा  एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।


Wednesday, July 19, 2023

दुर्घटनामा ज्यान गुमाएका बबरगंजका विमतिकी श्रीमतीलाई एल. आई. सी नेपाल द्वारा मृत्यु दावी रकम हस्तान्तरण

 

दुर्घटनामा ज्यान गुमाएका बबरगंजका विमतिकी श्रीमतीलाई एल. आई. सी नेपाल द्वारा मृत्यु दावी रकम हस्तान्तरण


मनोज यादव--

सर्लाही,साउन ३

   एल. आई. सी (नेपाल) लिमिटेडले विमतिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमितको परिवारलाई ५ लाख ४७ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेको छ ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंज  निवासी मृतक मनोज कुमार कुशवाहाकी श्रीमती शुकुमारी देवी महतोलाई घरमै गएर कम्पनीले  चेक हस्तान्तरण गरेको हो ।दुर्घटनामा परेर मृत्यु भएको कुशवाहाले २ लाख ५० हजार रुपैयाँको बिमा गराएको एजेन्सी प्रबन्धक मनोज कुमार  राउतले बताए ।

   कम्पनीले बुधबार दिउँसो बबरगंज स्थित कुशवाहाकै घरमा एक कार्यक्रमको आयोजना गरि मृतक बीमितकी  श्रीमति शुकुमारी देवी लाई सो रकम हस्तान्तरण गरेका हुन् ।

     रकम हस्तान्तरण गर्दै एजेन्सी प्रबन्धक राउतले  नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेन्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने उनले भने ।

    रकम हस्तान्तरण कार्यक्रममा एल.आइ.सी नेपाल लालबन्दी शाखा प्रमुख  प्रविन कुमार झा , बर्दिवास शाखा  प्रमुख  बिनायक झा , बरहथवा शाखा प्रमुख अनिल कुमार यादब , एजेन्सी प्रबन्धक राउत, अभिकर्ताहरू याेगेन्द्र महताे,अक्षय सिंह तथा विमितका आफन्तहरुको उपस्थिति रहेको थियो ।

   रकम हस्तान्तरण पश्चात् उपस्थित कम्पनीका पदाधिकारी र स्थानीयबासीहरुले मृतक कुशवाहालाई श्रद्धाञ्जली दिएर कार्यक्रमको समापन गरेका थिए।


Tuesday, July 18, 2023

बलरामा नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा योजनाहरुको अनुगमन सम्पन्न

  बलरामा नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा योजनाहरुको अनुगमन सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २

    सर्लाहीको बलरामा नगरस्तरिय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ ।बलरा नगरपालिकाको आयोजना तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(आर.आर.पि.के) मलंगवाको सहकार्यमा सोमबार  नगर स्तरीय सल्लाहकार समितिको बैठक तथा योजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ।

   कार्यक्रममा बलरा न.पा मा संचालित समुन्नति परियोजना अन्तर्गत गत जनवरी देखि जुन २०२३ अर्थात ६ महिनाको अवधिमा सम्पन्न भएको विभिन्न क्रियाकलाप तथा लगानी गरिएका सेवाहरु मध्ये यस पालिकामा रहेको श्री सिताराम अधारभुत विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बलरा-९ अचलगढ तथा वड न-८ गडहियामा गठित गडहिया कृषि समूह र श्री प्राथमिक विद्यालय मिर्जापुरमा नवनिर्मित हातधुने धारासहितको शौचालयको परियोजना सल्लाहकार समितिको सदस्यहरु बाट गरिएको छ। 

    भ्रमणको क्रममा सो विद्यालयमा अध्यनरत बालबालिकाहरुसँग अन्तरक्रिया गर्दा उनीहरूले गुणस्तरीय शिक्षामा थप सहयोग गरिदिन भन्दै नगरप्रमुख रामा शंकर कुशवाहालाई ज्ञापनपत्र समेत बुझाएका थिए।यस्तै किसिमको आसय सहितको ज्ञापनपत्र श्री रामसखी मोहित सिंह मावि बलरा-४ मा रहेको बाल क्लबका बालबालिकाहरुले पनि नगरप्रमुखलाई बुझाएका छन् ।ज्ञापनपत्र बुझ्दै नगरप्रमुखले त्यस्ता कुनै समस्या भएको अवस्थामा कार्यालयको समयमा आएर लिखित रुपमा जानकारी गराउन बालबालिकाहरु सँग आग्रह गरेका छन्। 

   अनुगमन भ्रमण पश्चात् समुन्नति कार्यक्रमको अर्धवार्षिक उपलब्धिहरु तथा प्रगति बारे परियोजनाका संयोजक र विषयगत विशेषज्ञहरुले कार्यक्रममा सहभागीहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए।कार्यक्रममा अनुगमन गरिएका संरचनाहरुको सबल र सुधार गर्नुपर्ने पक्षको बारेमा अन्तरक्रिया समेत गरिएको थियो।

     शिक्षा,स्वास्थ्य ,जिविकोपार्जन तथा संरक्षणमा सकारात्मक परिवर्तन गर्न सहयोग गर्ने आ.आर.पि.के र सेभ द चिल्ड्रेनलाई सहयोग गर्न बलरा नगरपालिका सदैव तत्पर रहने नगरप्रमुखले प्रतिबद्धता गरेका छन् ।



  

Monday, July 17, 2023

प्रेस लेखेको मोटरसाइकलको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने मलंगवाका राजाबाबु पक्राउ

 


प्रेस लेखेको मोटरसाइकलको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने मलंगवाका राजाबाबु  पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १

    प्रेस लेखिएको मोटरसाइकलको प्रयोग गरेर लागुऔषधको ओसारपसार गर्ने मलंगवाका एक किशोरलाई सशस्त्र प्रहरीले  लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने नसिमुल मिकरानीको नाति राजा बाबू मिकरानी रहेका छन् ।

   सोमबार साँझ चेकजाँचको क्रममा सशस्त्र प्रहरीको टोलीले निजलाई प्रेस लेखिएको मोटरसाइकलमा भारतबाट मलंगवातर्फ आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।मिकरानी सँगै मलंगवा -३ बस्ने मोहम्मद नुर हसनका छोरा मासुम हसन पनि पक्राउ परेका छन् ।मासुम हसन राजाबाबुले चलाएको मोटरसाइकलको पछाडि बसेर सँगै आइरहेका थिए।

पक्राउ परेका राजाबाबु 


    मासुम हसनका पिता नुर हसनका अनुसार राजाबाबुको साथबाट बरामद भएको लागुऔषधको बारेमा छोरालाई कुनै जानकारी नभएको र ओसारपसारमा समेत छोराको कुनै संलग्नता नरहेकोले उ निर्दोष रहेको छ।बाबु छोरा दुबैजना केही महिना अगाडी विदेशबाट बिदामा आएको र मेरो साउन २ गते मंगलबार विदेशको लागि  उडान रहेको र छोराको पनि अगस्ट १२ तारिखको दिन उडान रहेकोले उनी यस्तो कार्यमा नलागेको पिता नुर हसनले बताए ।

  पक्राउ परेका राजाबाबु र हाम्रो घर एउटै टोलमा रहेकोले निजसँग एउटा छिमेकीको नाताले छोरा मासुम हसनसँग चिनजान रहेकोले सँगै गएको हुनसक्ने अथवा बाटोमा भेटहुँदा मोटरसाइकलमा चढेको हुनसक्ने नुर हसनले बताए ।

   राजाबाबु यसअघि पनि सर्लाही जिल्ला र जिल्ला बाहिरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाकाहरुको किर्ते बिल(नक्कली बिल)बनाएर विभिन्न पालिका,सरकारी कार्यालय र ब्यक्तिहरु सँग पैसा असुल्ने गरेको आरोपमा पक्राउ परिसकेका छन् ।निजलाई आइन्दा फेरीपनि त्यस्तो कार्य नगर्न भनि जिल्ला प्रहरी कार्यालयमा कागज गराएर छाडिएको थियो। कागज गराएर छाडिएपनि निजले केही स्थानीय र जिल्ला बाहिरका पत्रिकाहरु संकलन गरेर सम्बन्धित पत्रिकाको प्रकाशकको जानकारी बगैर नक्कली बिल र छापको प्रयोग गरेर पैसा उठाउँदै आएको र सो कार्यको लागि आफैले नक्कली प्रेस परिचयपत्र बनाएर प्रेस लेखेको मोटरसाइकलको प्रयोग गर्दै आएको उनी निकटका ब्यक्तिहरुले बताएका छन् ।

   यसअघि पनि लकडाउनको समयमा सर्लाहीमा  नेपाल भारत सिमाबाट प्रेस लेखिएको मोटरसाइकलमा लुकाएर राखेको पेस्तोल सहित दुईजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

  पछिल्लो समय जिल्लामा जोकोही ब्यक्तिले पनि मोटरसाइकलमा प्रेस लेखेर हिंड्ने र प्रेस लेखेको गाडीको प्रयोग गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्नेहरु बढेकोले यसतर्फ नेपाल  पत्रकार महासंघको ध्यान जान र यस्ता नक्कली पत्रकारहरुको पहिचान गरि कार्यवाहीको दायरामा ल्याउन अत्यन्त जरुरी रहेको बुद्धिजीवीहरु बताउँछन् ।यस्ता केही नक्कली पत्रकार  र अपराधिक किसिमका ब्यक्तिहरुले गर्दा सिंगै प्रेस जगतनै बदनाम भइरहेको नागरिक समाजका अगुवाहरुको भनाइ छ।

 
  

मलंगवा नगरपालिकालाई पुर्ण साक्षर गर्नका लागि अभियान सुरु,वडा-वडामा निरक्षरको डाटा संकलन हुँदै

 

मलंगवा नगरपालिकालाई पुर्ण साक्षर गर्नका लागि अभियान सुरु,वडा-वडामा निरक्षरको डाटा संकलन हुँदै 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकालाई पुर्ण साक्षर नगर घोषण गर्नका लागि अभियान सुरु भएको छ । नागरिकहरुलाई लाई पुर्ण साक्षर गर्ने नगरपालिकाको योजना अनुसार यस नगरपालिकाको १२ वटै वडामा निरक्षरहरुको डाटा संकलन कार्य सुरु भएको छ।

     प्रत्येक वडाको घरघरमा गएर निरक्षरहरुको डाटा संकलन गर्ने कार्यमा माध्यमिक तहका विद्यार्थीहरुको प्रयोग गरिएको छ।उनीहरू साक्षरताका १२ वटा सुचकहरुको प्रयोग गरेर साक्षर  निरक्षर छुट्याउने काम गरिरहेका छन् ।

   उनीहरू राष्ट्रभाषा वा मातृभाषाका वर्ण ,अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ ,आफ्नो र परिवारको सदस्यको नाम,उमेर ,पढाइ र लेखाइ,मोबाइल र क्यालकुलेटरका अंक र अक्षरको चिनाइ र प्रयोग,० देखि ९ सम्मको अंक अक्षर लेखाइ,१ देखि १०० सम्मको गणना ,लेनदेनको हरहिसाब,चित्र पोस्टर,साइनबोर्ड र ट्राफिक संकेतको पढाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सकृय सहभागीता देखाउन,घढी हेरेर समय बताउन तथा बैंक भौचर भर्न र चेक प्रयोग गर्न लगायतका सूचकहरुको प्रयोग गरि साक्षर र निरक्षर छुट्याउने काम गरिरहेका छन् ।


Saturday, July 15, 2023

सार्वजनिक सुनुवाईमा लालबन्दी बासीहरुको गुनासै गुनासो,पुरानै योजना सार्वजनिक गरेर पन्छिन खोजेको नगरबासीहरुको आरोप

 


सार्वजनिक सुनुवाईमा लालबन्दी बासीहरुको गुनासै गुनासो,पुरानै योजना सार्वजनिक गरेर पन्छिन खोजेको नगरबासीहरुको आरोप


मनोज यादव---

सर्लाही,असाढ ३०

   लालबन्दी नगरपालिकाका बर्तमान जनप्रतिनिधिले आफैले गरेको भन्दै पुराना  योजनाहरु देखाएर पन्छिन खोजेको नगरबासीहरुले आरोप लगाएका छन्।मुनाल सामुदायिक संस्थाले शुक्रवार आयोजना गरेको लालबन्दी नगरपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागी भएका स्थानीय नगरबासीहरुले गुनासो सुनाउने क्रममा यस्तो आरोप लगाएका हुन्।

    लालबन्दी न.पा वडा न-७ स्थित डुमडुमे महादेव मन्दिर नजिक पुर्व पश्चिम राजमार्गको छेउमा खुल्ला रुपमा आयोजना भएको कार्यक्रममा सहभागी भएका सर्वसाधारण, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि,स्थानीय नेता,व्यापारी  लगायतले वडा तथा नगर स्तरबाट भए गरेका विभिन्न विकास निर्माणका काम, सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास,अपराध,दुर्घटना सुरक्षा लगायतका क्षेत्रमा गरिएका कामबारे जिज्ञाशा राखेका थिए, तर लालबन्दी न.पा मा १७ वटा वडा रहेता पनि  कार्यक्रम स्थलमा भने नगरप्रमुख बासुदेव अधिकारी,उपप्रमुख कल्पना माया पाख्रिन र केही न्यून संख्यामा वडाअध्यक्षहरुको मात्र उपस्थिति रहेकोले आआफ्नो गुनासो सुनाउन नपाएको भन्दै सम्बन्धित वडाका बासिन्दाहरुले आक्रोश समेत पोखेका थिए। 

    स्थानीय सरकार संचालन ऐन अनुसार आर्थिक वर्ष २०७९/०८० मा वडा तथा नगरबाट भए गरेका प्रत्येक गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराएर   सल्लाह सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरिएको आयोजक मुनाल सामुदायिक संस्थाका अध्यक्ष रामबाबु खडकाले बताए ।

   नगरप्रमुख अधिकारीका अनुसार गत आ.व को श्रावण देखि असाढ मसान्तसम्म कृषि,सिंचाइ ,स्वास्थ्य ,शिक्षा ,संस्कृति, लघु उद्यम,विधुत सेवाको विस्तार ,सडक स्तरोन्नति,सरसफाइ लगायतका कामहरुको साथै जग्गाको बर्गिकरण गरि कित्ताकाट सुरु गराएको ,कर्मचारीहरुको व्यवस्थापन ,विभिन्न योजना तथा कार्यक्रमहरु नियमितरूपमा संचालन गरि सम्पन्न गरेको ,कृषि ,सिंचाइ र खानेपानीका संरचनाहरु निर्माण गरेको ,नारायण खोला र कालिन्जोर खोलामा पक्की पुल ,विभिन्न सामुदायिक विद्यालयको भवन र सामुदायिक भवनको निर्माणकार्यको लागि ठेक्का आव्हान भइ काम सुचारु रहेको र केहीको काम सम्पन्न समेत भइसकेर सम्पूर्ण योजना तथा कार्यक्रमहरुको भुक्ततानी ९८ प्रतिशत सम्पन्न भइसकेको छ।यसबाहेक रंगशाला,औद्योगिक ग्राम ,बजार व्यवस्था ,लालबन्दी, मरिन दुम्जा सडकमा ट्रयाक खोल्ने काम,पर्यटन विकास ,वडा स्तरमा पुर्वाधार विकास लगायतका कामका लागि पनि प्रकृया अगाडी बढाइसकेको नगरप्रमुख अधिकारीले जानकारी गराए। गत आ.व को असार मसान्तसम्म नगरबाट विविध शिर्षकमा सामाजिक सुरक्षा भत्ता बाहेक कुल वार्षिक बजेट १ अर्ब १७ करोड ७६ लाख १५ हजार रुपैया रहेकोमा कुल खर्च ७४.१३ प्रतिशत भएको उनले बताए ।

   नगरप्रमुख अधिकारीले सार्वजनिक सुनुवाईमा आएका गुनासो तथा सल्लाह सुझावलाई मनन् गर्दै आगामी दिनमा जनचाहना अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।




Friday, July 14, 2023

आदिकवि भानुभक्तको सम्झनामा कविता वाचन


आदिकवि भानुभक्तको सम्झनामा कविता वाचन 


मनोज यादव---

सर्लाही,असाढ २९

     २१० औ भानु जयन्तीको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा खुल्ला बहुभाषिक कविता प्रतियोगिता सम्पन्न भएको छ।जुनसुकै उमेरका ब्यक्तिले भाग लिन सकिने उक्त प्रतियोगितामा जिल्लाभरीका  कविहरुले सहभागिता जनाएका थिए।

    मलंगवा नगरपालिकाको आयोजना तथा नेपाल  मिथिला प्रज्ञा प्रतिष्ठान,मलंगवाको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगिताको अध्यक्षता नगरप्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए।उक्त   प्रतियोगितामा चन्द्रशेखर प्रसाद रस्तोगी प्रथम भएका छन् भने सिंघेश्वर प्रसाद सिंह द्वितीय र मैथली भाषाका गायक संतोष कर्ण तृतिय भएका छन् । प्रतियोगिताका विजयीहरुले क्रमशः १० हजार,७  हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय र नगरप्रमुख यादवले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए।प्रतियोगितामा सहभागी भएका विजेता बाहेकका श्रष्टहरुलाई पनि प्रोत्साहन स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ।

   कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बदलिँदो समयसँगै  इतिहासको पानामा मात्र सिमित हुँदै गइरहेको आदीकवि भानुभक्त आचार्यलाई इतिहासको पानाबाट निकालेर नयाँ पुस्ता बिच  उहाँको कला, साहित्य र जिवनीलाई  अमर राख्न साथै साहित्य प्रतिको रुचि बढाउन भन्दै उदेश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

   खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा  सहभागी भएका बाहेकका श्रष्टाहरुले पनि विभिन्न शिर्षकमा कविता वाचन गरेर कार्यक्रम स्थललाई साहित्यमय बनाएका थिए।