Saturday, September 30, 2023

डिस होमको आधिकारीक डिलर लक्ष्मी इन्टरप्राइजेज द्वारा गोरखकाली प्रहरी चौकीलाई सचेतना बोर्ड हस्तान्तरण

 डिस होमको आधिकारीक डिलर लक्ष्मी इन्टरप्राइजेज द्वारा गोरखकाली प्रहरी चौकीलाई सचेतना बोर्ड हस्तान्तरण 



लोकतन्त्र 




समाचारदाता----सर्लाही ,असोज १३

    डिस होमको आधिकारीक डिलर लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्स मलंगवाले एक प्रहरी चौकीलाई सचेतनामुलक संदेश लेखिएको सचेतना बोर्ड हस्तान्तरण गरेको छ।


   लक्ष्मी इन्टरप्राइजेजका संचालक सुभाष गुप्ताले आज(शनिवार) मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल-भारत सिमा नजिक रहेको गोरखकाली प्रहरी चौकीलाई 


"कृपया रोक्नुहोस् अगाडि चेकिङ हुँदैछ"  भन्ने सन्देश लेखिएको २ थान सचेतना बोर्ड हस्तान्तरण गरेको हो । 
  उक्त सचेतना बोर्डले चेकिङ्गमा खटिएका शुरक्षाकर्मीलाई थप सहज हुने विश्वास लिइएको गुप्ताले बताए ।



   डिस होमले अरु भन्दा एकदमै सस्तो ६७० रुपैया प्रति महिनाको  इन्टरनेट  प्याकेज उपलब्ध गराउँदै आएको गुप्ताले जानकारी गराएको छ।


सम्पादकीय✍️ नेपालमा भारु सय रुपैयाँभन्दा माथिक नोट राख्न नपाइने तर सिमा क्षेत्रमा यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने

 सम्पादकीय✍️

नेपालमा भारु सय रुपैयाँभन्दा माथिक नोट राख्न नपाइने तर सिमा क्षेत्रमा यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने

 

हाम्रो देश नेपालमा अब देखि भारु १ सय रुपैया भन्दा माथिको नोट साथमा राख्न नपाइने भएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अबदेखि नेपालमा १ सय रुपैया भन्दा माथिको भारतीय रुपैयाँको नोटको ओसारपसार  र कारोबार गर्न प्रतिबन्ध लगाएको छ। नेपाल राष्ट्र बैंकको सुचना अनुसार भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ १ सय वा सोभन्दा कम दरका नोट मात्र ल्याउन लैजान सकिने छ ।यदी त्योभन्दा बढी रकम छ भने भन्सारमा घोषणा गर्नुपर्ने छ। भारत भ्रमणका लागि नगद भारतीय २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

सिमा क्षेत्रमा बसोबास गर्ने मधेस प्रदेशका जिल्लाका बासिन्दाहरुको अधिकतर किनमेल भारतीय बजारमा हुने गरेको छ। यस क्षेत्रका मानिसहरु घरायसी देखि बिवाह आदीका लागि किनमेल भारत बाटै गर्ने गरेकाले नेपाल राष्ट्र बैंकले लगाएको यस किसिमको प्रतिबन्ध कार्यान्वयनमा ल्यान समय लाग्ने देखिन्छ ।

जबर्जस्त करणीकाे आरोपमा नर्सिङ कलेज मलंगवाका २ जना पक्राउ १ जना फरार ,पिडित २ छात्रा सोही कलेजमा अध्यनरत

 जबर्जस्त करणीकाे आरोपमा नर्सिङ कलेज मलंगवाका २ जना पक्राउ १ जना फरार ,पिडित २ छात्रा सोही कलेजमा अध्यनरत














लोकतन्त्र समाचारदाता---
सर्लाही १३ असाेज 

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न २ कृष्णा चौकमा रहेकाे संत अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमा अध्यनरत २ जना छात्रा माथि जबर्जस्ती करणी गर्न खोजेको  आरोपमा २ जना युवक पक्राउ परेका छन् ।
   पिडित छात्राहरूले जिल्ला प्रहरी कार्यालय मलंगवामा दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिएका छन् ।तीनजना माथि जाहेरी परेपनि एकजना भने फरार रहेको पंजियारले जानकारी दिएका छन् ।
   पक्राउ पर्नेहरुमा धनुषा जिल्ला घर भइ हाल मलंगवा बस्दै आएका अनिकेत यादव र मलंगवामै बस्दै आएका पर्सा जिल्लाका सुजित चाैधरी रहेका छन् ।
पक्राउ परेकाे यादव र चौधरी सँग आवशयक छानबिन भईरहेकाे प्रहरीले जनाएकाे छ ।
  

नेकपा(एस)को मेचीमहाकाली समाजवादी जागरण यात्रालाई स्वागतको सम्पूर्ण तयारी पूरा ,१७ गते सर्लाहीको लालबन्दीमा आइपुग्ने

 नेकपा(एस)को मेचीमहाकाली समाजवादी जागरण यात्रालाई स्वागतको सम्पूर्ण तयारी पूरा ,१७ गते सर्लाहीको लालबन्दीमा आइपुग्ने

मनोज यादव----

सर्लाही,असोज १३

     ने.क.पा.(एकीकृत समाजवादी ) पार्टीले गर्न लागेको  मेचीमहाकाली  समाजवादी  जागरण  यात्राको स्वागतको लागि आफुहरु तयारी अवस्थामा रहेको पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी गराएको छ। असोज १४ गते झापाको काँकडभिट्टाबाट सुरु भएर सुदूरपश्चिम हुँदै सुर्खेतमा समापन हुने समाजवादी जागरण यात्रा १७ गते दिनको ३ बजे सर्लाहीको लालबन्दी आइपुन्ने छ।
   जागरण यात्रा मार्फत पार्टीको रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजना, पार्टीको सिद्धान्त, विचार, नीति तथा कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुका साथै जनताका गुनासोसमेत सुन्ने र समाधानका लागि पहल गर्ने जिल्ला अध्यक्ष लामा बताए । यात्रामा आउने पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको जिल्लामा स्वागत गर्न पाउनु खुसीको कुरा भएकोले स्वागतमा  कमि हुन नदिन कुनै कसर बाँकी नराख्ने लामाले बताए ।
    १७ गतेको कार्यक्रममा प्रमुख  अतिथि  पार्टीका  केन्द्रीय  सदस्य  लक्षमण पौडेलले स्थानीय  स्तरमा  रहेका  समस्या  हरुको बारेमा पार्टीका केन्द्रिय अध्यक्ष  लगायत  नेताहरु सँग  पत्रकार  सम्मेलन मार्फत जानकारी गराइने पार्टीकी नेतृ एवं मधेश प्रदेश सांसद बेची लुंङ्गेलीले जानकारी गराइन्।
     पार्टी अध्यक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २ हजार भन्दाबढी पार्टी सदस्यहरु समाजवादी जागरण यात्रामा सहभागी हुने जनाइएको छ।
१६ दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम रहेको छ । पहिलो दिन १४ असोजमा काकँडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने छ।यसैगरी, १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै, १६ असोजमा राजविराज, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ ।
१७ असोजमा जनकपुरधाममा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र सर्लाहीको लालबन्दीमा सभा हुनेछ । १८ गते रौतहटको  गरुडा, हर्नैया, कलैया र वीरगंजमा सभा हुनेछ । त्यस्तै, १९ असोजमा पथलैया, हेटौंडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।२० गते कावासोती, बर्दघाट र परासी तथा २१ गते भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै, सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ गते र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ गते  सभा आयोजना हुनेछ ।
   २४ गते नेपालगंज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ गते राजापुर र टीकापुरमा त्यस्तै २६ गते लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ गते पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा तथा २८ गते छिन्चु र सुर्खेतमा सभा आयोजना हुने एकीकृत समाजवादीले जनाएको छ ।
  समाजवादी जागरण अभियानमा पार्टीका केन्द्रीय कमिटीका नेता, भ्रातृसंगठनका केन्द्रीय कमिटीका नेताका साथै प्रदेश, जिल्ला, पालिका स्तरका नेताकार्यकर्ताको सहभागिता हुने जनाइएको छ। यस क्रममा जुन ठाउँमा कार्यक्रम, सभा हुन्छ सोही जिल्ला र पालिका कमिटीले व्यवस्थापन गर्ने जिम्मेवारी पाएको सर्लाहीका अध्यक्ष लामाले बताए । 


Friday, September 29, 2023

सर्लाहीका ४ जना युवा चोरीको मोटरसाइकलसहित काठमाडौबाट पक्राउ

सर्लाहीका ४ जना युवा चोरीको मोटरसाइकलसहित  काठमाडौबाट पक्राउ


लोकतन्त्र समाचारदाता----
सर्लाही ,असोज १२
     काठमाडौंबाट प्रहरीले सर्लाही जिल्लाका चार जना युवाहरुलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१ भेडियाहीका १९ वर्षीय सुमित कुमार यादव, हरिवन न.पा वडा न-१० का ३१ वर्षीय ध्रुव प्रसाईं‌, बागमती न.पा वडा न-३ का २७ वर्षीय सुदिप स्याङ्तान र सोहि न.पा  वडा न- ५ का  २४ वर्षीय अजय मोक्तान रहेका छन्।
   पक्राउ परेका चारै जना युवाहरुलाई हिरासतमा लिइ थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

सर्लाहीमा पनि १७ औं विश्व रेबिज दिवस सप्ताह व्यापी रुपमा मनाइँदै/घरपालुवा कुकुरलाई खोप लगाएर कार्यक्रमको सुभारम्भ

 सर्लाहीमा पनि १७ औं विश्व रेबिज दिवस सप्ताह व्यापी रुपमा मनाइँदै/घरपालुवा कुकुरलाई खोप लगाएर कार्यक्रमको सुभारम्भ






लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज १२
    १७ औं  विश्व रेबिज दिवस,सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ।" रेविज नियन्त्रण, एक स्वास्थ्य एक गन्तव्य"भन्ने मुल नाराका साथ जिल्लामा १७ औं रेबिज विरुद्धको दिवस मनाउन लागिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,मलंगवा ,सर्लाहीका प्रमुख शंकर साहले जानकारी दिएको छ। 

    केन्द्रका प्रमुख साहका अनुसार  दिवसको अवसरमा असोज ११ गते  देखि असोज १७ गतेसम्म  मलंगवा स्थित भेटेनरी अस्पतालमा घरपालुवा तथा सामुदायिक कुकर र बिरालोहरुलाई निःशुल्क रेविज बिरुद्धको खोप लगारहेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन प्रमुख साहले सबैसँग अनुरोध गरेका छन । 

     पालिकाहरुले विज्ञ केन्द्र,सर्लाहीसंग सहकार्य गरेर रेबिज विरुद्ध खोप कार्यक्रम संचालन गरेको छ।यसका लागि केही डोज भ्याक्सिन विज्ञ केन्द्र मलंगवाले उपलब्ध गराएको छ भने अपुग डोज सम्बन्धित पालिकाले आफ्नै निजी श्रोतबाट खरिद गरेको केन्द्रका डाक्टर जयप्रकाश यादवले जनाएको छ।

   नेपाल सरकारको २०३० सम्म रेविज केस सुन्यमा झार्ने लक्ष्य रहेकोले सोही अनुसार  विज्ञ केन्द्र मलंगवाले बिहीबार बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरि केही घरपालुवा कुकुरहरुलाई भ्याक्सिनेसन गरेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ।


  नेपालका सबै प्रादेशिक अस्पताल,जिल्ला अस्पताल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको छ। 
 


Thursday, September 28, 2023

सर्लाहीको हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष पछि पनि संचालनमा नआए पछि करोडौंको लगानी बालुवामा पानी हाले जस्तो भएको छ।

 सर्लाहीको हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष पछि पनि  संचालनमा नआए पछि करोडौंको लगानी बालुवामा पानी हाले जस्तो  भएको छ।

मनोज यादव----






सर्लाही,असोज  ११
 
   सर्लाहीको हरिपुर्वा नगरपालिकामा रहेको  हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि संचालनमा आउन सकेको छैन ।

    वडा नम्बर-२ स्थित नयाँ बजारमा झण्डै ७ करोड रुपैयाँको लागतमा निर्माण भएको  १५ शैयाको उक्त  अस्पतालको हालसम्म उद्घाटन समेत भएको छैन । जबकी निर्माण कम्पनीले अस्पताल भवनको सम्पुर्ण  निर्माणकार्य  सम्पन्न गरेर ६ -७ महिना अघि नै नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । 

     तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतोको विशेष पहलमा स्थानीय विनोद साहले दानमा दिएको १० कठ्ठा जग्गामा निर्माण भएको उक्त अस्पतालमा स्वास्थ्य प्रयोगशाला मात्र संचालनमा रहेको छ। उक्त  प्रयोगशाला संचालनको लागि प्राविधिक र  स्वास्थ्य परिक्षणका लागि आवश्यक पर्ने उपकरणहरु  मधेस प्रदेश सरकारले उपलब्ध गराएको छ। उक्त प्रयोगशालामा आवश्यक पर्ने उपकरणहरु रहेता पनि परिक्षणको लागि आवश्यक पर्ने केमिकल र किटहरुको अभाव रहेको यहाँ कार्यरत कर्मचारीले बताएका छन् ।

      यस क्षेत्रमा एउटापनि सुविधा सम्पन्न अस्पताल नरहेकोले सामान्य रोगको उपचारको लागि पनि सदरमुकाम मलंगवा ,बिरगंज ,जनकपुर , काठमाडौ लगायत भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेको थियो। गरिब परिवारका बिरामीहरुलाई पैसाको अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको थियो। उपचार बिना कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने अभिप्रायले आफुले  अस्पताल निर्माणका लागि १० कठ्ठा जग्गा दान गरेको थिए तर, अस्पताल बनेको दुई वर्ष भन्दा बढी भइसक्दा पनि संचालनमा नआउँदा  मन खिन्न भएको जग्गादाता बिनोद कुमार  साहले गुनासो गरेका छन् । यसअघिका मेयर सियाराम राय यादवको पालामै अस्पताल भवन निर्माणको काम सम्पन्न भइसकेपनि अर्को मेयर बिनोद साह आइसक्दासमेत अहिलेसम्म संचालन नहुनु दुःखद रहेको उनले भने।

   तीन तल्लाको आलिसान एवं सुविधा सम्पन्न यस अस्पतालमा अहिलेसम्म विद्युत् आपूर्ति समेत भएको छैन । पोलबाट डाइरेक्ट तार तानेर बिजुलीको प्रयोग भइरहेको छ। संग्रामपुरदेखि हरिपुर्वासम्मको मुख्य सडक नजिकै रहेको यस अस्पताल सम्म पुग्न पक्की बाटो छैन । माटोको सडक भएकोले बर्षातको मौसमा पुरै हिलाम्मे हुने गरेको स्थानीयहरु बताउँछन् ।

   नगरपालिकाले खटाएको एकदुई जना कार्यालय सहयोगी तथा  खेतमा काम गर्न र घाँस काट्न आएका केही स्थानीय मानिसहरु  बाहेक अन्य कुन पनि मानिसहरु अस्पताल परिसरमा भेटिंदैन।टाढैबाट भब्य देखिने हरिपुर्वा अस्पताल यतिबेला सुनसान र प्रयोगविहीन भएको छ।

     हरिपुर्वा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका संयोजक राम एकवाल रायका अनुसार गत आर्थिक वर्षमा ४० लाख  कर्मचारी भर्ना र ४० लाख आवश्यक सरसामान खरिदको लागि भनेर जम्मा ८० लाख बजेट अस्पतालका लागि  छुट्याइएको थियो। तर राजनैतिक द्वन्द्व तथा आन्तरिक बिवादका कारण उक्त बजेट चलाउन सकिएन। बजेट फ्रिज भएकै कारण हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि हालसम्म अस्पताल संचालनमा नआएको स्वास्थ्य संयोजक रायले बताए ।अबको केही दिनमै कार्यपालिका सदस्यहरुको बैठक मार्फत बजेट छुट्याएर डाक्टर लगायत अन्य कर्मचारीहरुको भर्ना गरि उक्त अस्पताललाई पुर्णरुपमा संचालनमा ल्याउने उनले बताए ।
   अस्पतालको शिलान्यास भई निर्माणकार्य सुरु हुँदा खुसी भएका हरिपुर्वाका जनताहरु निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि संचालनमा नआएपछि यतिबेला निराश भएको देखिन्छन्।  विकसित शहरहरुमा जस्तै सुविधा सम्पन्न अस्पताल गाउँमा हुँदाहुँदै पनि उपचारको लागि अन्यत्र जानू परेको स्थानीयहरुले गुनासो गरे ।

    करोडौँको लगानीमा बनेको अस्पतालको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको भएपनि नगरपालिकाले आफ्नो दायित्व पूरा गरेको देखिंदैन । पालिका भित्र छुट्टै आन्तरिक तथा राजनैतिक द्वन्द्व चलिरहेको छ। पटकपटकको तालबन्दी र हडतालका कारण एउटा पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेका छैनन् ।एकजना प्रमुख प्रशासकीय अधिकृतको त हाजिरी भएको ३ घण्टामै सरुवा भएको थियो  । जसले गर्दा गत आर्थिक वर्षमा एउटा पनि विकास निर्माणका कामहरु यस पालिकामा  भएको छैन ।

     हजारौं जनताको सुविधाको लागि करोडौंको लगानी गरेर सरकारले अस्पताल निर्माण गरिदिए पनि पालिकाको गैरजिम्मेवारीपनले गर्दा  सरकारको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ। 
   


Tuesday, September 26, 2023

मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न ६ राजनीतिक दलको माग

 मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न ६ राजनीतिक दलको माग 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ९

    सर्लाहीका  ६ राजनैतिक दलले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न स्थानीय प्रशासन सँग  माग गरेका छन् । कर्फ्यु मात्र लगाएर समस्याको समाधान नहुने भएकोले घटनाका दोषीहरु पत्ता लगाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कानुनी कार्यवाही गर्नुपर्ने जारी विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ।

    नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह,नेकपा एमालेका राजनारायण साह,नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम काफ्ले ,जसपाका अध्यक्ष बिरेन्द्र कुमार राय,नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरेन्द्र लामा र लोसपा का अध्यक्ष राम प्रसाद रायले विज्ञप्ति मार्फत विगत केहि समय देखि जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भईरहेको सामाजिक सदभाव खलबल्याउने किसिमको गतिविधि प्रति     चिन्ता ब्यक्त गरेका छन् ।

    मुर्ति सेलाउने क्रममा भएको घट्ना र त्यस पछि भईरहेको घटनाक्रमले शदियौंदेखि चल्दे आएको आपसी सदभाव, सहयोग र भाईचाराले मिलिजुली बसिरहेको समाजमा नकारात्मक छाप पर्दै गईरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रशासन द्वारा जारी गरिएको कर्फ्युले जनजिवन झन आक्रान्त एंव कष्टकर बनेको छ।

   आफ्नो दुनो सोभ्याउने केही ब्यक्तिहरुको  उत्तेजित एवं अराजक गतिविधिले धार्मिक तथा जातिय हिंसा भड्किएकोले यसबाट  सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्ने लाई कहिले राम्रो नगर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

   समस्या समाधानको लागि  प्रशासन समक्ष कर्फ्यु  मात्र समाधानको बाटो नभएकोले दोषीहरु पत्ता लागाई कानुनी दायरामा ल्याएर  कडा भन्दा कडा कारवाही गर्न ६ वटै राजनीतिक दलका जिल्ला अध्यक्षहरुले  संयुक्तरूपमा  विज्ञप्ति जारी गरेर जोडदार माग गरेका छन् ।

    आफुहरुको पार्टी  धार्मिक सहिष्णुता, आपसी भाईचारा, बन्धुत्वको भावना शान्ति सदभाव र एउटा उन्नत समाजमा विश्वास राख्दै आएकोले यो घटना क्रमलाई मिहिन ढङ्गले बुझ्दै प्रशासन, नागरिक समाज, विभिन्न समूदाय, राजनितिक दल, संस्थाहरु सँग समन्वय र छलफल गरी समाधानको उपाय र प्रयास निरन्तर गरिरहेको विज्ञप्ति मार्फत   जानकारी गराएका छन् ।

    उनीहरू संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्ने, उत्तेजित पार्ने, सामाजिक सदभाव भडकिने किसिमको कृयाकलाप नगर्न नगराउन सबैसँग  अनुरोध गरेका छन् ।साथै यस्तो सवेदनशिल र कठिन परिस्थितिमा सबै एक जुट भई सामाजिक सदभाव एवं धार्मिक सहिष्णुता कायम गर्न आ-आफनो तर्फबाट लाग्न समेत अपिल गरेका छन् ।








बरहथवा स्थित साना किसान सोल्टीको मुनाफा झण्डै २ करोड

 


बरहथवा स्थित साना किसान सोल्टीको मुनाफा झण्डै २ करोड 

लोकतन्त्र समाचारदाता---

सर्लाही, असोज ९

  सर्लाहीको बागमती नगरपालिका वडा न-८ सोल्टीस्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको १७ औं वार्षिक साधारणसभा मार्फत आर्थिक वर्ष २०७९-०८० को आय व्यय सार्वजनिक गरेको छ। संस्थाले गत आ.व मा एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको संस्थाका प्रबन्धक माधव प्रसाद काफ्ले जानकारी गराएको छ।

   गएको एक आर्थिक वर्षमा ८४ करोड २२ लाख ८१ हजार ७ सय १८ रुपियाँ ६ पैसा कूल कारोवार गरी एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको जानकारी गराउँदै प्रबन्धक काफ्लेले  १७ औँ वार्षिकोत्सबको अबसरमा प्राप्त  मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ६० लाख ५४ हजार ९७३ रुपियाँ ५७ पैसा लाभांस वितरण गरिने घोषणा गरेका छन् ।  सोल्टीमा प्रधान कार्यालय तथा बरहथवा र राजघाट, सेवा केन्द्र रहेका यस संस्थामा दुइ हजार ५६५ महिला सदस्य, ९११ पुरुष सदस्य गरी ३ हजार ४७६ शेयर सदस्य रहेका छन् ।

    संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ (क) का प्रदेश सांसद जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका वडा न- ८ स्थित संस्थाको निर्माणाधिन दाना उधोगको प्राङ्गणमा सम्पन्न भएको साधारण सभा  बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, लालबन्दी नगरपालिकाका भुपु नगर प्रमुख मानबहादुर खड्का, केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य अन्जु पौडेल, साना किसान लघुवित्त बित्तिय संस्थाका इलाका प्रबन्धक युवराज गैरै, सहकारी कर्मी, जंगबहादुर महतो कौशिल्या निरौला लगायतको उपस्थिति  रहेको थियो ।

   सोही अवसरमा संस्थाले आफ्ना २० जना जेष्ठ शेयर सदस्यहरु सहित एकएक जना  संस्थाका कर्मचारी र संचालक समितीका सदस्यलाई  सम्मानित गरेको छ। त्यसैगरी २०८० सालको एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएका सेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

Sunday, September 24, 2023

शनिवार राति हिन्दु समुदायको घरमा केही अराजक ब्यक्तिहरुले आक्रमण गरेपछि आइतवार मलंगवामा दिनभर तनाव /दर्जनौं शेल अश्रुग्यास प्रहार,स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन

  शनिवार राति हिन्दु समुदायको  घरमा केही अराजक ब्यक्तिहरुले आक्रमण गरेपछि आइतवार मलंगवामा दिनभर तनाव /दर्जनौं शेल अश्रुग्यास प्रहार,स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन 



लोकतन्त्र समाचारदात---

सर्लाही,असोज ७

    सर्लाहीको सदरमुकाम मलंगवामा हिंदु-मुस्लिम बिचको विवाद फेरी सुरु भएको छ।  दुई साता अगाडी कृष्ण जन्माष्टमी पुजाको मुर्ति सेलाउने क्रममा सुरु भएको विवाद स्थानीय प्रशासनको पहलमा दुवै समुदायका अगुवाहरु र राजनैतिक दलका प्रतिनिधिहरुलाई राखेर भएको छलफल पछि साम्य भएको थियो ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको छलफलमा घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न सहायक प्रजिअको संयोजकत्वमा ९ सदस्यीय  छानबिन समिति समेत गठन गरिएको थियो।समितिले घटनाको छानबिन गरिरहै अवस्थामा गएको बिहिवार  गणेश पुजाको मुर्ति सेलाउन जाँदै गरेको अवस्थामा पुनः झडप सुरु भएको थियो। झडपमा परेर ७ जना युवाहरु सामान्य घाइते भएका थिए भने एकजना माथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उक्त व्यक्तिको बिरगंजमा उपचार चलिरहेको छ।  निजको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक श्रोतले जानकारी गराएको छ। 

    सो दिनको घटना पछि लगत्तै  सार्वजनिक सम्पतिको तोडफोड ,आगजनी र उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शान्तिभंग हुने स्थितिलाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै बिहिवार राति १० बजेदेखि लागु हुने गरि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)(१)(३)बमोजिम मलंगवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो जुन अहिले पनि जारी छ।

    कर्फ्यु लागेकै समयमा शनिवार राति करिब ९ बजेको समयमा केही अराजक प्रवृत्तिका स्थानीय व्यक्तिहरुले मलंगवा नगरपालिकाको वडा न-४ स्थित केही हिन्दु समुदायका स्थानीय मानिसहरुको घरमा हातहतियार सहित आक्रमण गरि उनीहरूले जम्मा गरि राखेको परालको टालमा आगजनी सहित केही घरमा तोडफोड गरेपछि आइतवारदेखि मलंगवाको अवस्था फेरी तनावपूर्ण भएको छ । 

   शनिवार रातीको घटना पछि आक्रोशित बनेका स्थानीय युवाहरु  आइतवार बिहानैदेखि नगरको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शनहरु गरेका छन्। प्रदर्शनको क्रममा जम्मा भएका भिडलाई तितरबितर पार्न नेपाल प्रहरीले दर्जनौं शेल अश्रुग्यास प्रहार गरेका छन् ।

   मलंगवा नगरपालिका क्षेत्रमा अहिले ठुलो संख्या नेपाल प्रहरी,दंगा नियन्त्रण टोली,सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। 

   यस्तो अवस्थामा जनताले जिताएर संसदमा पठाएका नेताहरुको आवश्यक्ता पर्ने गरेको भएपनि घटना सुरु भएको दिनदेखि हालसम्म यस क्षेत्रबाट निर्वाचित भएर मन्त्री तथा सांसद बनेका एकजना पनि नेताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुको यस्तो गैरजिम्मेवारीपन रवैया प्रति सर्लाही जिल्ला भरीका नागरिकहरुको मनमा आक्रोश उत्पन्न भएको छ।

   सामुदायिक द्वन्द फैलाएको आरोपमा  मलंगवाका २ जना मुस्लिम ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसंधान प्रक्रिया अगाडी बढाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



Friday, September 22, 2023

दुईजना मुस्लिम युवक पक्राउ / दुई समुदाय बिचको विवादलाई लिएर जिल्ला प्रशासनमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न ,आज साँझ ५ बजेदेखि ७ बजे भित्र मुर्ति विसर्जन गरिने

 दुईजना मुस्लिम युवक पक्राउ /

दुई समुदाय बिचको विवादलाई लिएर जिल्ला प्रशासनमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न ,आज साँझ  ५ बजेदेखि ७ बजे भित्र मुर्ति विसर्जन गरिने 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ५ 

     बिहिवार गणेश पुजाको मुर्ति सेलाउने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिचको विवादका कारण उत्पन्न भएको विवादलाई साम्य पारि स्थितिलाई सहज बनाउन आज(शुक्रवार)दिउँसो जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न गरि ६ बुँदे निर्णय गरिएको छ।

   जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा  हिन्दु -मुस्लिम दुवै समुदायका अगुवाहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको हो।

   उक्त बैठकमा हिजो (बिहीबार)सेलाउन बाँकी रहेका सबै मुर्तिहरु एकै ठाउँमा राखेर आज साँझ ५ बजेदेखि ७ बजे भित्र विसर्जन गर्ने,घटना सम्बन्धि सत्यतथ्य पत्ता लगाइ घटनाका दोषीलाई पक्राउ गरि हदैसम्म कारबाही गर्ने,ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुको पहिचान गरि उक्त घटनाको दोषीलाई पक्राउ गरि कारबाही गर्ने,मानवीय तथा भौतिक क्षति पुर्याउने ब्यक्तिहरुको पहिचान गरि निजबाटै क्षतिपूर्ति तिराउनुका साथै आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षबाट गम्भीरता पुर्वक आआफ्नो दायित्व निर्वाह गर्न निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ।

   बैठक चलिरहँदा दर्जनौंको संख्यामा आएका महिला तथा पुरुषहरुले कार्यालय माथि ढुंगामुढा गरेका थिए।ढुंगामुढा गरिरहेका मानिसहरुको भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले २३ शेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।

पक्राउ -अमजद मिकरानी


   घटनामा संलग्न दुईजना मुस्लिम युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने मोहम्मद नजारुल अली मिकरानीको छोरा अमजद अली मिकरानी र अख्तर अली मिकरानी रहेका छन् ।उनीहरू दुबैजना दाजुभाइ हुन। प्रहरीले उनीहरूलाई घरबाट  नियन्त्रणमा लिएको प्रजिअ यादवले जनाएको छ।

शिक्षकहरु आन्दोलन गर्न काठमाडौ गएपछि मलंगवाका सामुदायिक विद्यालयहरु बन्द,विद्यार्थीहरुको भविष्य धरापमा

 

शिक्षकहरु आन्दोलन गर्न काठमाडौ गएपछि मलंगवाका सामुदायिक विद्यालयहरु बन्द,विद्यार्थीहरुको भविष्य धरापमा 


मनोज यादव---

सर्लाही,असोज ५

    विद्यालय शिक्षा विधेयकको विरोध गर्न शिक्षकहरु काठमाडौं गएपछि देशभरका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।सर्लाहीबाट पनि सयौंको संख्यामा शिक्षकहरु आन्दोलनका लागि काठमाडौ गएपछि बिहिवारदेखि सबै सरकारी विद्यालयको पठनपाठन ठप्प भएको छ।

    विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका शिक्षकहरु माग सम्बोधन नभएसम्म जिल्ला नफर्किने अडान लिएकाले विद्यालय खुल्ने लगभग अनिश्चित नै भएको छ।

     केहीदिन अगाडी सर्लाहीको सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिचको विवादका कारण उत्पन्न भएको समस्यालाई साम्य पार्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण भाद्र २२ गतेदेखि बन्द भएको सामुदायिक  विद्यालयहरु विभिन्न पर्व र दिवसमा दिइएको सार्वजनिक बिदाहरु पछि असोज ४ गतेबाट खुलेको भएपनि पढाउने शिक्षकहरु सबै शिक्षा विधेयक विरुद्ध सडक तताउन काठमाडौ ओर्लिए पछि विद्यार्थीहरु पुनः घरबस्न बाध्य भएका छन् ।

   शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेपछि स्थानीय सरकारहरुले  यस विषयमा चासो लिंदै  शिक्षा विधेयकमा सुधार गर्नुपर्ने शिक्षकहरुको माग प्रति आफुहरु पनि सहमत रहेकोले आन्दोलनको नाममा यसरी विद्यालयनै बन्द गर्नु उचित नभएकोले विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न  अनुरोध गरेका छन् । काठमाडौ महानगरपालिका सहित देशभरका अधिकांश पालिकाहरुले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । 

   मलंगवा नगरपालिका भित्र २२ वटा सरकारी विद्यालयमध्ये ५ वटा माध्यामिक , ४ वटा  कक्षा ८ सम्मका आधारभूत र १३ वटा कक्षा ५ सम्मका आधारभूत विद्यालयहरु रहेका छन् ।

    आन्दोलनको नाममा शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अधिकारकर्मीहरुले अनुरोध गरेका छन् । सबै समस्याको निकास आन्दोलन मात्र नभएकोले विद्यार्थीहरुको भविष्य धरापमा परेर आन्दोन गर्नु उचित नभएको अभिभावकहरुको ठहर छ।



Thursday, September 21, 2023

गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिच झडप,प्रहरी द्वारा केही शेल अश्रुग्यास प्रहार,एकजना माथि चक्कु प्रहार, विस्तृत जानकारी आउन बाँकी

 गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिच  झडप,प्रहरी द्वारा केही शेल अश्रुग्यास प्रहार,एकजना माथि चक्कु प्रहार, विस्तृत जानकारी आउन बाँकी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ४

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ स्थितमा गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा आज राति  साढे ८ बजे दुई समुदाय बिच तनाव उत्पन्न  भएको छ।

   तनाव पछि झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन केही शेल अश्रुग्यास प्रहार गरेको छ।

अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।हालसम्मको प्राप्त खवर अनुसार झडपको क्रममा  मलंगवा वडा न-७ मुसैली निवासी एक युवकमाथि चक्कु प्रहार हुँदा गम्भीर  घाइते भई प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ । 

   मलंगवाको स्थित अहिले तनावग्रस्त रहेकोले घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

   यसअघि पनि कृष्ण जन्माष्टमीको मुर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिच भएको झडप पछि मलंगवा बजारको अवस्था तनावग्रस्त बनेको थियो।

   


सर्लाहीको लालबन्दीमा एकाबिहानै एकघरमा लुटपाट ,घरघनी माथि चक्कु प्रहार

 सर्लाहीको लालबन्दीमा एकाबिहानै एकघरमा लुटपाट ,घरघनी माथि चक्कु प्रहार


लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ४ 
    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-५ स्थित शान्ति टोलमा बिहिवार बिहान  हतियारधारी लुटेराहरुको समूहले  घरघनीलाई घाइते बनाइ लुटपाट गरि फरार भएका छन् । बिहान करिब २ बजेको समयमा ५-६ जनाको समूहमा आएका हतियारधारी लुटेराहरुले  वडा न-५ को वडा कार्यालय नजिकै रहेको रामचन्द्र ठाकुरको घरमा लुटपाट गरेको हो।


     मुखमा रुमाल बाँधेर आएका ती अज्ञात ब्यक्तिहरुले ठाकुरको घरबाट नगद र केही सामानहरु लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले  जनाएको छ। लुटेराहरुको प्रतिकार गर्ने क्रममा लुटेराले प्रहार गरेको छुराबाट घाइते भएका घरधनी ठाकुरको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेको डिएसपी पन्जियारले जनाएको छ। ठाकुर केही दिन अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए।



    डिएसपी पंजियारका अनुसार लुटपाटमा संलग्न ब्यक्तिहरुको खोजी कार्य भइरहेको छ।घटना स्थलबाट एकथान नलकटुवा पेस्तोल बरामद भएको छ।


   लुटपाट भएको वडा न-५ को उक्त बस्ति भर्खरै बसाइएकोले घरहरुको संख्या निकै कम रहेका छन् ।

संविधान संशोधन नभएसम्म कालो दिवसलाई निरन्तरता दिइरहने लोसपा नेपालको चेतावनी

 


संविधान संशोधन नभएसम्म कालो दिवसलाई निरन्तरता दिइरहने लोसपा नेपालको चेतावनी 


मनोज यादव----

सर्लाही,असोज ४

    मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएको छ । 

  २०७२ साल असोज ३ गते  जारी संविधानलाई कालो संविधान र दिवसलाई कालो दिनको संज्ञा दिंदै लोसपा नेपाल  जिल्ला कार्यसमिति सर्लाहीले यस दिनलाई कालो दिवसको रूपमा मनाएको हो। संविधानको विरुद्धमा बुधबार दिउँसो लोसपा नेपाल सर्लाहीका जिल्ला संयोजक राम प्रसाद यादवको नेतृत्वमा देवेन्द्र यादव(गोडैता नगरपालिका नगरप्रमुख) हुसैन खान लगायतका नेता तथा कार्यकर्ताहरु कालो ब्यानर र टाउकोमा कालो फेटा बाँधेर र्‍याली निकालेर मलंगवा बजारको परिक्रमा गरेका छन् ।

   र्‍याली पछि मलंगवा-१० स्थित सहिद पार्कमा कोणसभाको  आयोजना गरिएको थियो।उक्त  कोणसभामा बोल्दै पार्टीका जिल्ला संयोजक यादवले  अहिलेको संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको बताए। उनले अहिलेको संविधानलाई कालो संविधानको संज्ञा दिंदै यस किसिमको विभेदकारी संविधानलाई संसोधन गर्नुपर्ने जोडदार माग गरेका थिए।

   त्यस्तै कोणसभामा बोल्दै लोसपा सर्लाहीका नेता एवं गोडैता न.पा का नगरप्रमुख देवेन्द्र यादवले संविधान संशोधन नभए सम्म तराई-मधेसका जनता यसैगरी संविधानको विरोधमा कालो दिवस मनाइरहने चेतावनी दिए। जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने उनले बताए । 

     मलंगवा न.पा को वडा न-१० जिविस चौक स्थित सहिद पार्कबाट निकालिएको र्‍याली  नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । 



Wednesday, September 20, 2023

भाँडसर स्थित लाइफ लाइट कोचिङ्गले विभिन्न कार्यक्रम गरि मनाए राष्ट्रिय बालदिवस तथा संविधान दिवस

 

 भाँडसर स्थित लाइफ लाइट कोचिङ्गले  विभिन्न कार्यक्रम गरि मनाए राष्ट्रिय बाल तथा संविधान दिवस

लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ३

   सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ स्थित भाँडसरमा रहेको लाइफ लाइट कोचिङ्ग सेन्टरले विभिन्न कार्यक्रम गरि  ५९ औं राष्ट्रिय बालदिवस तथा संविधान दिवस मनाएको छ। 

    सो दिवसको अवसरमा बुधबार आयोजना भएको सांस्कृतिक कार्यक्रम सहित हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेर उनीहरुको हौसला बढाएका थिए ।

     वडा न-५ का पुर्व वडाअध्यक्ष मनोज कुमार सहनीको अध्यक्षता तथा पुर्व जिल्ला समन्वय समिति सदस्य विनय कुमार रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिहरु  राम गुलाम मावि भाँडसरका प्राधानाध्यापक मनोज कुशवाहा,पुर्व प्रअ डा.विरभंस बैठा,प्रअ राम आधार यादव,प्रअ जय कृष्ण महतो तथा  दिपेन्द्र साह,विशेश्वर महतो,राम बहादुर महरा लगायतका अतिथिहरुकि उपस्थिति रहेको थियो।उपस्थित अतिथिहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेर सम्मानित गरेका थिए।

   अभिभावक ,विद्यार्थी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन कोचिङ्ग सेन्टरका संयोजक कामेन्द्र महराले गरेका थिए।

   






 




 




लालबाबु महतोको संयोजकत्वमा ७ सदस्यीय मधेस प्रदेश ट्रेड युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन


 लालबाबु महतोको संयोजकत्वमा ७ सदस्यीय  मधेस प्रदेश ट्रेड युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ३

     लालबाबु महतो सुंढीको संयोजकत्वमा ७ सदस्यीय मधेस प्रदेश ट्रेड युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ। प्रादेशिक अस्पताल मलंगवामा गत सोमबार बसेको बैठकबाट युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको हो।

  नव गठित तदर्थ समितिको सचिवमा राज कुमार राय र कोषाध्यक्षमा रामजी राय यादव रहेका छन् भने सदस्यहरुमा दिपेन्द्र कुमार ,सबिर मंसुर,शैलेन्द्र कुमार महतो र शिव नारायण साह रहेका छन् ।

   प्रदेश निजामती सेवा ऐन २०७७ र प्रदेश निजामति सेवा नियमावली २०७९ मा व्यवस्था भए बमोजिम मधेस प्रदेशमा प्रदेश निजामती ट्रेड युनियनको स्थापनाको साथै नियमानुसार दर्ता गर्नको लागि उक्त तदर्थ समितिको गठन भएको धनन्जय कुमार सिंहले जनाएको छ।




Tuesday, September 19, 2023

मलंगवा र गडहिया सव स्टेसनबाट सेवा प्रवाह हुने ठाउँहरुमाभोली(बुधबार)घण्टा विद्युत अवरुद्ध हुने

 


 मलंगवा र गडहिया सव स्टेसनबाट सेवा प्रवाह हुने ठाउँहरुमा भोली(बुधबार)घण्टा विद्युत अवरुद्ध हुने



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २

      सर्लाहीका विभिन्न स्थानमा भोलि (बुधबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ ।

  नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रले एक सूचना जारी गर्दै मलंगवा वितरण केन्द्र अन्तर्गत मलंगवा र गडहिया सव स्टेसनबाट सेवा प्रवाह हुने ३३ के.भि लाइन अत्याधिक गर्मीका कारण ओभरलोड भई पटकपटक तार चुड्ने भइरहेको हुँदा सो लाइन मर्मत गर्न भोली ३ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म लाइन अबरुद्ध हुने जानकारी गराएको छ।सो समय अगावै लाइन मर्मत कार्य सम्पन्न भएको खण्डमा सोही अनुसार लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले आश्विन महिनाभरी विधुतको खपत धेरै हुने भएकोले सो महिनाभर बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म बढी विजुली खपत हुने विधुतिय उपकरणहरु नचलाइ सहयोग गरिदिन पनि इन्जिनियर नारायण प्रसाद कर्ण द्वारा हस्ताक्षरित सूचना मार्फत अनुरोध गरिएको छ।





अघोषित लोडसेडिङ विरुद्ध मलंगवा युवाहरु द्वारा विधुत प्राधिकरण अगाडी प्रदर्शन

 अघोषित लोडसेडिङ विरुद्ध मलंगवा युवाहरु द्वारा विधुत प्राधिकरण अगाडी प्रदर्शन

मनोज यादव---

सर्लाही,असोज २

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको  कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।    
    अघोषित लोडसेडिङले उपभोक्ताहरुलाई समस्यामा पर्ने गरेको भन्दै मलंगवाका स्थानीय युवाहरुले सोमबार राती लाइन कटेको समयमा प्राधिकरणको गेट अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया प्राधिकरण प्रमुख मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका थिए । दिउँसो मर्मतको बहानामा र राती सिस्टममा खराबी आएको कारण देखाउँदै दिनहुँजसो लाइन काट्दै आएकोले बाध्य भएर प्राधिकरणको बिरुद्धमा प्रदर्शन गर्नु परेको मलंगवा नगरपालिका वडा न-२ का युवा रितेश कुमार सोनीले बताए ।यस्तो प्रचण्ड गर्मीमा प्राधिकरणले अग्रिम सूचना समेत ननिकाली मनपरि रुपमा लाइन काट्ने गरेकाले गर्मीबाट बच्न पंखा,कुलर समेत चलाउन नपाएको प्रदर्शनमा उत्रिएका युवाहरुले गुनासो गरेका छन् । यदी मर्मतको काम चलिरहेको छ भने नियमितरूपमा लाइन संचालन नहुन्जेलसम्म विधुत महसुलमा छुट दिनुपर्ने र ढिलोगरि महसुस बुझाउँदा तिर्नुपर्ने जरिवाना पुरै माफ गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

   


















यथाशीघ्र अघोषित लोडसेडिङ बन्द नगरे प्राधिकरण विरुद्ध कडा संघर्ष गर्ने मलंगवा न.पा-२ कै युवा सोहन झाले चेतावनी दिएका छन्  ।


Sunday, September 17, 2023

१६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियानमा बरहथवा

 १६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियानमा बरहथवा 



लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र ३१

    सर्लाहीको बरहथवा नगरपालिकालाई साक्षर पालिका घोषणा गर्न प्रत्येक वडाबाट १६ वर्ष देखि ६० वर्षसम्मका  निरक्षरहरु ब्यक्तिहरुको डाटा संकलन गरिने भएको छ। उक्त नगरपालिकालाई साक्षर पालिका घोषणाका लागि निरक्षर व्यक्तिहरुको डाटा संकलन तथा आवश्यक पर्ने रणनीति र कार्यक्रमहरु तयार गर्न बाल विकास बरहथवाको सहकार्यमा बरहथवा नगरपालिकाले शनिवार सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

     १६ देखि ६० वर्ष उमेर समूहका  सबै नेपाली नागरिकहरुलाई न्युनतम साक्षरताको अवसर प्रदान गरि वि.स २०७६ साल भित्रमा साक्षर नेपाल घोषणा गर्ने र जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने साक्षर नेपाल अभियानको उदेश्य रहेको कार्यक्रमका सहजकर्ता एवं  मलंगवा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । बरहथवा न.पा ले आयोजना गरेको कार्यक्रममा उपस्थित नगर प्रमुख कल्पना कटुवाल र विभिन्न वडाका वडाअध्यक्ष लगायतका सरोकारवालाहरु सँगको छलफलबाट तयार पारिएको कार्यतालिका अनुसार आउँदो असोज ७ गते प्रत्येक वडाको घरघरमा गएर निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने,  असोज १२ गते निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा  प्रबिष्ट गर्ने, असोज १४ गते कक्षा संचालन गर्न रणनीति तयार गर्ने, असोज १८ गते देखि मंसिर १८ गते सम्म साक्षरता कक्षा संचालन   गर्ने , मंसिर १९ र २० गते प्रमाणीकरण गर्ने र मंसिर २१ तथा २२ गते साक्षर पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी दिए ।

   कार्यक्रममा सहजकर्ता मण्डलले सिकाइको ढाँचा, सिकाईको बिधि र साक्षरताका १२ वटा सूचकहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए। नेपाललाई साक्षर बनाउन सरकारको अर्बौं रुपैया खर्च भइसकेको भएपनि हालसम्म नेपाल साक्षर घोषणा हुन नसकेकोले सर्लाही जिल्लालाई साक्षर जिल्ला घोषणा गराउन सम्बन्धित सबै सरोकारवालाहरुलाई  गम्भीर हुन उनले आग्रह गरे।

हाम्रो सेवा समाज द्वारा मलंगवामा तिज कार्यक्रम सम्पन्न

 हाम्रो सेवा समाज द्वारा मलंगवामा तिज कार्यक्रम सम्पन्न 

मनोज यादव---








सर्लाही,भाद्र ३१

  
 महिला समाजसेवीहरू सम्मिलित संस्था हाम्रो सेवा समाज नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । शनिवार नगर उप-प्रमुख शकुन्तला देवी साहको विशेष सहयोगमा मलंगवा -३ स्थित महेन्द्र होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। 
   कार्यक्रममा मैथिली गायक संतोष कर्ण र अमरनाथ रायले आफ्नो गायनबाट माहोललाई संगीतमय बनाएका  थिए भने सहभागी महिलाहरुले पनि आफ्नो नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए।
     संस्थाकि अध्यक्ष मिरा रानीको अध्यक्षता तथा उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यता र 
पुर्व सभापति मेथुर चौधरी ,नेपाली काँग्रेस मलंगवा नगर सभापति चन्द्रकिशोर साहको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मलंगवाका अध्यक्ष संजय गुप्ता, मधेस प्रदेश मिडिया काउन्सिल सदस्य बन्दना झा,इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि बुधन साह,ब्लु डाइमण्ड सोसाइटीका संयोजक नगमा खान लगायत विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु,संचारकर्मीहरु लगायत स्थानीय महिलाहरुको बाक्लो उपस्थिति रहेको  थियो ।


Saturday, September 16, 2023

सर्लाहीका राहत शिक्षकहरुले जलाए विद्यालय शिक्षा विधेयकको प्रतिलिपी

सर्लाहीका राहत शिक्षकहरुले जलाए विद्यालय शिक्षा  विधेयकको प्रतिलिपी

मनोज यादव---

सर्लाही,भाद्र ३०


नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलंगवा स्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको प्रांगणमा विद्यालय शिक्षा विधेयकको प्रतिलिपी  जलाएका छन्।
    गत २७ गते संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा राहत शिक्षकको माग तथा बुँदाहरुलाई सम्बोधन नगरिएकोले उक्त विधेयक समग्र शिक्षक कर्मचारीहरुको लागि प्रतिगामी भएको भन्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिको आव्हानमा उक्त विधेयक जलाइएको हो।


     नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बरुण कुमार सिंहले संसदमा पेश भएको उक्त विधेयकले शिक्षा क्षेत्रलाई धरासायी बनाउने भएकोले  यसअघि भएका सम्झौताहरु समावेश गरि विधेयक ल्याउन सकारलाई आग्रह गरे।
अहिले पेश भएको विधेयकले राहत शिक्षक लगायत अन्य शिक्षकहरुको पेशागत विकास र संरक्षणमा वेवास्ता गरेको वताउँदै सो विधेयकलाई कालो विधेयकको रुपमा चर्चा गरे । साथै उनले  नेपाल शिक्षक महासंघ द्वारा घोषणा हुने काठमाडौ केन्द्रित आन्दोलनको समर्थन र ऐतिहासिक सहभागीताको उद्घोष सहित हुने विरोध कार्यक्रमको बारेमा  जानकारी गराउँदै सक्रियताका साथ सहभागी हुन आवह्वान गरे।
   वि.सं. २०५२ देखी २०७० सालसम्म शिक्षक सेवा आयोग नखुलेका कारण सो समयमा शिक्षक आवश्यक पर्दा सरकारले राहत शिक्षकद्धारा पदपुर्ती गरेको थियो । अहिले देशभर ४० हजार राहत शिक्षक अध्यापनरत छन् । उक्त विधेयकको विरोधमा नेपाल राहत शिक्षक केन्द्रिय समितिले आगामी असोज ३ गतेवाट देशभरका विद्यालय बन्दको आव्हान समेत गरेको ।
    कार्यक्रममा सर्लाही  जिल्लाभरीका राहत तथा पेशागत शिक्षकहरुको सहभागीता रहेको थियो

Friday, September 15, 2023

बाल दिवसको अवसरमा बाल क्लब संजाल बिच क्रिकेट प्रतियोगिता सम्पन्न

 

बाल दिवसको अवसरमा बाल क्लब संजाल बिच क्रिकेट प्रतियोगिता सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २९

     ५९ औं बाल दिवसको अवसरमा सर्लाहीको गोडैता र बलरा नगरपालिकाका  बाल क्लब संजाल(CCN) बिच टि १० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।राष्ट्रिय रोजगार प्रवर्दन केन्द्र  मलंगवा  द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत बाल दिवसको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको हो।
     टि १० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको ३ वटा प्रतियोगितामा गोडैताको बाल क्लबले बलराको बाल क्लबलाई २-१ ले हराउँदै ट्रफी आफ्नो नाममा गरेको संस्थाका child protection officer अरविन्द प्रसाद कुशवाहाले जनाएको छ।
    प्रतियोगिताको उद्घाटन बलरा न.पा वडा न-७ र ८ का वडाअध्यक्षले संयुक्तरूपमा गरेका थिए।

Thursday, September 14, 2023

दुई समुदाय बिचको विवाद बिस्तारै समाप्त हुन थालेपछि सर्लाहीको सदरमुकाम मलंगवाको जनजिवन सामान्य बन्दै,विवादको वास्तविक्ता सार्वजनिक गर्न घटनाको छानबिन चल्दै

 दुई समुदाय बिचको विवाद बिस्तारै समाप्त हुन थालेपछि सर्लाहीको सदरमुकाम मलंगवाको जनजिवन सामान्य बन्दै,विवादको वास्तविक्ता सार्वजनिक गर्न घटनाको छानबिन चल्दै
 मनोज यादव---


सर्लाही,भाद्र २८
    दुई समुदाय बिचको विवादका कारण  विगत ५ दिनदेखि तनावग्रस्त रहेको सर्लाही सदरमुकाम मलंगवाको अवस्था बुधबारबाट सामान्य बनेको छ । बिहानैदेखि बजारमा मानिसहरुको चहलपहल सुरु भएसँगै बन्द रहेका  पसलहरु खुलेका छन्। लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरु पनि निर्वाधरुपमा गुडेका छन्।
      गत शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि मलंगवाको अवस्था तनावग्रस्त बनेको थियो ।सुरुको दिनमा अवस्था नियन्त्रण बाहिर रहेकाले जिल्ला  प्रशासनलाई शनिवार साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्मको लागि मलंगवा नगर क्षेत्रमा कर्फ्यु लगाउनु परेको थियो। त्यसपछि शान्ति सुरक्षा कायम राख्नका लागि कर्फ्यु समाप्त भएकै समयदेखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्नु परेको थियो। 
    दुवै समुदायबीचको तनाव लगातार ५ दिनसम्म चलेपनि बिस्तारै विवाद केही केही शान्त भएपछि बुधबारबाट मलंगवा बजार पूर्णरुपमा खुलेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुई समुदायबीचको विवाद लगभग समाप्त भई जनजीवन पहिलाको जस्तै सहज र सामान्य भइसकेको जानकारी गराएका छन् । स्थानीय प्रशासनको सही निर्णय र सुरक्षाकर्मीहरुको सक्रियताका कारण छिटफुट घटना बाहेक मलंगवासहित जिल्लाका कुनैपनि ठाउँमा अप्रिय घटना नभएको प्रजिअ यादवले बताए ।
   मलंगवा घटनाको विषयमा छानबिन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरि  ९ सदस्यीय समिति गठन गरिएको छ । घटनाको छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि कबिलासीमा अन्तरक्रिया गरियो

भ्रष्टाचार नियन्त्रण  तथा सुशासन प्रबर्द्धनका लागि कबिलासीमा अन्तरक्रिया  गरियो

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २८
      सर्लाहीको कबिलासीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबास महोत्तरीको आयोजना तथा कबिलासी नगरपालिकाको सहकार्यमा वडा न-८ अगर्वा स्थित रामजानकी मठको सभाहलमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
      आयोगको बर्दिबास स्थित कार्यालयका उपसचिव कृष्ण प्रसाद हुमागाईंको अध्यक्षता तथा नगरप्रमुख ब्रह्मदेव रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सहभागीहरुलाई  आयोग का काम,कर्तव्य र अधिकारको साथै   सर्लाही  जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, फैसला भएका र फैसला हुन बाँकी रहेका उजुरीहरुको बारेमा जानकारी गराइएको थियो ।कार्यक्रममा सहभागी भएका स्थानीय कर्मचारीहरु,पालिका जनप्रतिनिधिहरु लगायत स्थानीय नागरिकहरुले आ–आफ्नो जिज्ञासा र गुनासोहरु राखेर  अख्तियारलाई सुझाव दिएका थिए । 

   

कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै उपप्रमुख पुनम कर्णले  मधेस प्रदेशका ८ वटै जिल्लाहरु मध्येबाट सबैभन्दा बढी उजुरीहरु यसै पालिकाबाट परेकोले यसलाई सुधार  गर्न सबै कर्मचारी र जनप्रतिनिधिहरु एकजुट भएर लाग्नुपर्ने बताइन्। उनले अबको केही दिनभित्रै समस्यामा सुघार ल्याएर एउटा पनि उजुरी नपर्ने पालिकाको रुपमा स्थापित गर्ने दाबी समेत गरे।
   

कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह,वडा न-९ का वडाअध्यक्ष राम दिनेश रायसहित १० वटै वडाका वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायत स्थानीयबासी र पत्रकारहरुको उपस्थिति रहेको थियो।     कार्यक्रमको संचालन आयोगका इन्जिनियर रौशन थापाले गरेका थिए।



Wednesday, September 13, 2023

बिदा भए मलंगवाका प्रमुख प्रशासकीय अधिकृत गौतम,उहाँको कमि सदैव महसुस हुने छ: मेयर यादव

 बिदा भए मलंगवाका प्रमुख प्रशासकीय अधिकृत गौतम,उहाँको कमि सदैव महसुस हुने छ: मेयर यादव

मनोज यादव---सर्लाही,भाद्र २६

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको मंगलबार

 एक कार्यक्रमका विच विदाई गरिएको छ। नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा नगरपालिकाले आयोजना गरेको कार्यक्रमका बिच गौतमको विदाइ गरिएको हो। 
    कार्यक्रममा १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
     २०७९ साल भाद्र २७ गतेदेखि २०८० साल भाद्र २६ गते सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई सेवा प्रदान गर्नुभएका गौतमलाई उहाँले आफ्नो एकवर्षको  कार्यकालमै  यस पालिकाको समग्र  विकास निर्माणका कार्यहरु आफ्नो अथक मेहनत ,अथक परिश्रम र लगनशीलताबाट पूरा गरेर देखाएको भन्दै उहाँको कार्यक्षमताको प्रशंसा गर्दै नगरप्रमुख यादवले नगरपालिका परिवारको तर्फबाट मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरेका थिए।


    अध्यक्षको आसनबाट बोल्दै नगरप्रमख यादवले प्र.प्र.अधिकृत गौतमको साथ र सहयोगबाट आफुले एक बर्षमा ठुलो सफलता प्राप्त गरेको बताए । नगरपालिकाको समग्र व्यवस्थापन ,बजेट कार्यान्वयन साथै शिक्षा,स्वास्थ्य ,कृषि तथा पुर्वाधार निर्माणमा गौतमले खेलेको भूमिकाको प्रशंसा गर्दै यादवले उहाँ जहाँ रहेतापनि मलंगवा नगरपालिकाले सधै उहाँको साथ पाउने अपेक्षा प्रकट गर्दै बाँकी कार्यकालको लागि शुभकामना व्यक्त गरे।
    यसैगरी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्रदेश सांसद यादवले गौतमको कार्यशैलीको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँको कार्यकालमा भएका राम्रा कामलाई निरन्तरता दिंदै तयार पारिएका योजनाहरु समयमै पूरा गर्न नगरप्रमुख यादवलाई सुझाव दिएका थिए।
    मलंगवा नगरपालिकामा एकवर्षको कार्यकाल पूरा गरि शिक्षा मन्त्रालय काठमाडौ सरुवा भएका गौतमले  आफू जहाँ र जुन कार्यालयमा भएपनि मलंगवा नगरपालिकाप्रति अत्यन्तै स्नेह रहने बताउँदै आवश्यक परे आफ्नो तर्फबाट हरेक कार्यमा सहयोग रहने प्रतिवद्दता व्यक्त गरे।  

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

 सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय


काठमाडौं।
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको उनले बताए।बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएपनि मंगलबार बिहान १ बजेर ४० मिनेटमा निधन भएको अस्पतालले घोषणा गरेको थियो। एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ।
      @लोकपाटी न्युज
x

Tuesday, September 12, 2023

नेपाल भरीका जनताहरुलाई मेरो तर्फबाट सामाजिक संदेश ...✍️ @सामाजिक सद्भाव बिगार्ने गलत क्रियाकलापको पछाडी नलागौ यसले समाजलाई भयानक दुर्घटनामा लैजाने छ।

 नेपाल भरीका जनताहरुलाई मेरो तर्फबाट सामाजिक संदेश ...✍️
  @सामाजिक सद्भाव बिगार्ने गलत क्रियाकलापको पछाडी नलागौ यसले  समाजलाई भयानक दुर्घटनामा लैजाने छ।

मनोज यादव---


     सर्लाहीको सदरमुकाम मलंगवामा गएको केही  दिन देखि केही तत्वहरुले धर्मको नाममा सामाजिक सद्भाव विथोल्ने काम गरिरहेका छन् ।गत शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनको क्रममा कुनै स्थानीयको घरको छतबाट ढुंगा प्रहार गरिएको भन्दै सुरु भएको दुई समुदाय बिचको विवादले उग्र रुप लिएपछि मलंगवा लगायत केही ठाउँको माहोल यतिबेला नाजुक भएको छ।दुवै समुदायका ब्यक्तिहरु एक अर्कालाई दोषारोपण गर्दै एकअर्काको धार्मिक आस्थाका केन्द्र तथा सार्वजनिक र ब्यक्तिगत संरचनाहरुमा क्षति पुर्याउने काम गरिरहेका छन् ।जसबाट फाइदा कसैलाई भएको छैन बल्कि एकअर्कालाई क्षति मात्र पुर्याउने काम भइरहेको छ।जुन एकदमै गलत हो।
      विवादले उग्रता लिएपछि बाध्य भएर स्थानीय प्रशासनलाई शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवा नगर क्षेत्रमा कर्फ्यु समेत लगाउनु पर्यो ।कर्फ्यु लगाउँदा पनि माहोलमा परिवर्तन नआउने देखिएपछि  जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णय ले पुन: कर्फ्यु हटाएकै दिन आइतवार बिहान ८ बजे देखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्नु पर्यो।

    केही समययता मधेश प्रदेशमा हिन्दू-मुस्लिम बिचको झडप एकाएक बढ्न थालेको छ। धर्म रक्षाका नाममा वर्षौंदेखि मनाइरहेको एकअर्काको सांस्कृतिक चाडमा हस्तक्षेप गर्ने र आफ्नो चाडको अवसर पारी अर्काको बस्तिमा गई  चिढ्याउने र उग्र नाराबाजी गर्न थालेपछि दुई पक्षबीच द्वन्द्व बढ्दै गइरहेको बताइन्छ।

  अघिल्ला वर्ष आफ्ना धर्म-संस्कार मनाउँदा एकअर्काविरुद्ध नाराबाजी नगर्ने, हिन्दूले मुस्लिम बस्तीमा र मुस्लिमले हिन्दू बस्तीमा भीड नलैजाने एकखालको भद्र सहमति भएको थियो। तर पछिल्लो समय यो सहमति तोड्ने काम भएको छ। मलंगवाको घटना पनि सोही सहमति तोडेकै कारण भएको बताइन्छ। मधेश प्रदेशका जिल्लामा दिनानुदिन हुन थालेका यस्ता झडप नियोजित तरिकाले हुने गरेको बुद्धिजीवीहरुको बुझाइ छ।

    एकवर्ष भित्र धार्मिक झडप मोहर्रम, रामनवमी हुँदै कृष्ण जन्माष्टमीसम्म आइपुगेको छ। बिश्वकर्मा पुजा,गणेश पुजा त्यसलगत्तै दसहरा , दीपावली र छठ पर्व आउँदै छन्। कुनैपनि धर्म ग्रन्थमा मानवताविरोधी काम गर्न, एकअर्कालाई दु:ख दिन,हत्या गर्न जस्ता गलत कार्यहरु गर्नुपर्छ अनी मात्र इश्वर ,अल्लाह,इशामसिह,भगवान बुद्ध, गरु नानक खुसी हुन्छ भन्ने लेखिएको छैन।जब विश्वमा मानिदै आएका कुनैपनि धर्मको धर्मग्रन्थमा यस्ता गलत क्रियाकलापहरु गर्नुपर्छ भन्ने लेखिएको छैन भने किन उनीहरुको नाममा आरजकता फैलाउने ?एक पटक आफै सोंच्नुस र बिचार गर्नुस् ।के गर्दा समाजलाई हानी नोक्सानी हुन्छ र के गर्दा हुँदैन ।त्यसैले यस्ता सामाजिक सद्भाव बिगार्ने  तत्वहरुको पछि नलाग्न आग्रह गर्दछौं । नत्र यसले  समाजलाई भयानक दुर्घटनामा लैजाने छ।


Monday, September 11, 2023

स्थानीय तहमा सरकारी गाडीको दुरुपयोग,नियमन निकाय मुकदर्शक

 स्थानीय तहमा सरकारी गाडीको  दुरुपयोग,नियमन निकाय मुकदर्शक
मनोज यादव----


   सर्लाहीका २० वटै स्थानीय तहमा सरकारी गाडीको चरम दुरुपयोग भइरहेको छ । गाउँ गाउँमा सिंहदरबार भने नाराका साथ संघियता अनुरुप व्यवस्था गरिएको स्थानीय तहका प्रमुख देखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरुपयोग गरिएको पाइएको छ ।सबैभन्दा बढी वडाअध्यक्षहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ।
    जनताको समस्या समाधानको लागी उनीहरूको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्नका लागि पालिकाले   आफ्नो जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी ठुलो मात्रामा धनराशी खर्च गरेर खरिद गरेको  सबारीसाधन जनताको कामको साटो आफ्नो ब्यक्तिगत घरायसी कामको लागि प्रयोग गर्ने गरेको पाइएको छ। 
सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटर साइकल खरिद गर्न थालेपछि त्यसको व्यापक आलोचना समेत भएको थियो । लाखौं रुपैया खर्च गरेर खरिद गरेको  सुबिधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन ,मोविल तथा मर्मत खर्च स्थानीय तहले व्होर्दै आएका छन् । विकास निर्माणको लागी भनी आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक बिरोध भएको थियो ।
  स्थानीय तहले एकातिर सवारी साधनको रखरखावमा बाषिक लाखौं लाख खर्च गर्दै आएका छन् । भने अर्कोतर्फ ती सरकारी गाडीहरुको निजी प्रयोग पनि बढदाे छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागी सहकारी सम्पत्तिको प्रयोग गरि दुरुपयोग बढेको देखिन्छन ।
    सर्लाही जिल्लामा मात्र नभइ मधेस प्रदेश भरिकै अधिकाश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रूपमा पाएको मोटर साइकल घरको कामदेखी खेतवारीको काममा प्रयोग गर्ने गरेका छन् ।प्रमुख  देखि वडा अध्यक्षले पाएको गाडी उनीहरूका आफन्त तथा घरका व्यक्तिहरुले  गुडाइरहेको देखिन्छ। गाडीमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट  बेहोर्ने लगाउने तर काम भने घरको गर्ने गरेको भन्दै   स्थानीयहरुले विरोध समेत गर्दै आएका छन् । 
   सरकारी गाडी उपर निगरानी बढाएर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ।ट्राफिक प्रहरीले पनि अबदेखि सडकमा गुड्ने सबै सरकारी नम्बरका गाडीहरुको कडाइका साथ चेकजाँच गर्नु पर्छ।


Sunday, September 10, 2023

१५ दिन भित्र सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्न आदेश बैठक पछि सर्वपक्षीय सद्भाव र्याली निकालियो

 मलंगवामा उत्पन्न दुई समुदाय बिचको विवाद सल्टाउन जिल्ला प्रशासनमा पुन:तेस्रोपटक बैठक बस्यो ,१५ दिन भित्र सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्न आदेश

    बैठक पछि सर्वपक्षीय  सद्भाव र्याली निकालियो

मनोज यादव---

सर्लाही,भाद्र २४

     गत भाद्र २२ गते शुक्रवार साँझ  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कृष्ण जन्माष्टमीको मुर्ती विसर्जन गरेर फर्किने क्रममा नगरपालिका कार्यालय अगाडीको मुख्य चौकमा दुई फरक समुदाय बिच उत्पन्न भएको विवादका कारण अशान्त बनेको नगरको अवस्थाको विषयलाई लिएर आज(आइतवार)दिउँसो पुनः तेस्रोपटक जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप निर्णयहरु गरेको छ।
    प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको अध्यक्षता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा बसेको  सर्वदलीय,सर्वपक्षीय समन्वय बैठकले  नगरमा धार्मिक,जातीय ,साँस्कृतिक सद्भाव कायम राख्न सर्वपक्षीय सद्भाव र्यालीको आयोजना गर्ने ,सबै क्षेत्रका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने,संयमता नअपनाई आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीको लागि सबै पक्षले सहयोग गर्ने निर्णय गरेको छ।
     भाद्र २२,२३ र २४ गतेको घटनालाई व्यवस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरि आजको दिनदेखि १५ दिन भित्रमा घटना सम्बन्धि सम्पुर्ण सत्यतथ्य सहितको प्रतिवेदन  जिप्रकामा पेश गर्न आदेश दिइसकेको र  सोही प्रतिवेदनको आधारमा कानुनी प्रक्रिया अगाडी बढाइने प्रजिअ यादवले बताउनुभयो ।
    बैठक पछि लगत्तै जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट बैठकमा सहभागी भएका सबै समुदायका अगुवा तथा  स्थानीय बुद्धिजीवीहरु धार्मिक सद्भाव कायम गर, हिन्दु मुस्लिम एकता जिन्दावाद लगायतका नाराहरु लगाउँदै सर्वपक्षीय सद्भाव र्याली निकालेर मलंगवा नगर क्षेत्रको परिक्रमा गरेका छन् ।