Wednesday, March 31, 2021

कौडेना गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना


राजिव साह---

सर्लाही १८चैत्र 

सर्लाहीको कौडेना गाउँपालिकामा  समावेशी अपाङ्गता सहायता कक्षको उदघाट्न सम्पन्न भएको छ । गाउँ पालिका प्रमुख राम प्रसाद रायको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सहायता कक्षको स्थापना गरिएको हो । 

    सहायता कक्षको स्थापनाले पालिका भित्रका अपाङ्गता भएकालाई टेवा पुग्ने महिला बालबालिका शाखा प्रमुख खुस्बु जयसवाले बताउनुभयो ।  सम्पुर्ण समावेशी समाज विकासका लागि अपंगता ब्यक्तिका लागि सहायता कक्षको धेरै महत्त्वपूर्ण रहेको मन कुरा राख्दै  गाउपालिका उपाध्यक्ष चौधरीले  बताउनुभयो ।  अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न  गाउपालिकाले सहयोग गर्ने अध्यक्ष रायले बताउनुभयो । 

    कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत सुरेस साह, एसएनभी नेपालका जिल्ला संयोजक अम्बिका यादव, अपाङ्ग संजालका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली बाबा र एक भारतिय नागरिक सार्वजनिक

 


 --- "आर्थिक लेनदेन,घरायसी झगडा र चोरीको आरोपमा हत्या गरिएको आरोपीहरुको बयान--- 

पक्राउ परेका हत्यारा


   लोकतन्त्र समाचारदाता ----

सर्लाही ,चैत १८

    सर्लाहीको सदरमुकाम मलंगवा स्थित एक खेतमा गत चैत ११ गते राति  घाँटी छिनालेर हत्या गरि फालिएको मलंगवा वडा न-१० बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको हत्यारालाई प्रहरीले आज(बुधबार)  सार्वजनिक गरेको छ ।आज दिउँसो जिल्ला  प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि वडा न-१० बस्ने वर्ष ४५ को बाबा विमलकान्त पाठक र निजको भान्जा भारतको विहार राज्य सितामढी जिल्ला बथनाहा थाना, मझौलियास्टेट वडा न-१० बस्ने वर्ष ४१ को अशोक झालाई हत्यामा प्रयोग भएका हतियार सहित सार्वजनिक गरिएको छ ।उनीहरुलाई मलंगवा स्थित मालपोत  कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ ।

हत्यामा प्रयोग भएका सामाग्री 


      प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार मृतक सुशीलका भाई ११ वर्षीय शिवम यादवको बयान र काकी शोभा देवीले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई घटनाको भोली पल्ट शव बरामद भएकै दिन नियन्त्रणमा लिएर  सातदिनको म्याद थप गराइ अनुसंधान अगाडि बढाएको थियो ।

    अनुसंधानको क्रममा प्रतिवादी बाबा विमलकान्तले मृतक सुशीलले ६ महिना अगाडि आफ्नो घरमा चोरी गरेको र पुनः  वारदात भन्दा केहीदिन अगाडि घर अगाडिबाट पानी तान्ने मोटर र जुत्ता चोरेको र उनीहरु बिच आर्थिक लेनदेन तथा घरायसी कारणले पटकपटक झै-झगडा, विवाद समेत हुँदै आएकोले निज सुशीलले आफुलाई मार्न सक्छ भन्ने डरले मौका मिलाएर निजलाईनै मार्ने पुर्व योजना अनुसार भारतिय नागरिक आफ्नो भान्जा सँग मिलेर  हत्या गरेको प्रहरी समक्ष उनीहरुले स्विकारेको प्रवक्ता कुवँरले बताएको छ ।भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामै बस्दै आएका थिए ।

       मृतक सुशिलको चैत ११ गते बुधबारका दिन राति ११ बजे मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरी भन्ने ठाउँमा टाउको काटेर बीभत्स ढंगले  हत्या गरिएको थियो ।

    वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव  बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा स्थानीयहरुले फेला परेका थिए । मृतकको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।

    मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता रहेका छन् ।

Tuesday, March 30, 2021

लालबन्दीमा बैदेशिक रोजगारी बारे जानकारी दिन संचारकर्मीहरु बिच अन्तरक्रिया गरियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १७

   सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले मंगलबार लालबन्दीमा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामको  बारेमा संचारकर्मीहरुलाई  जानकारी गराएको छ ।

     संस्थाले  विभिन्न राष्ट्रिय तथा स्थानीय संचार संस्थामा कार्यरत जिल्लाका सकृय संचारकर्मीहरुलाई लालबन्दी नगरपालिका स्थित नमस्ते होटलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा जानकारी गराएको हो ।संस्थाले  नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल  बमोजिम श्रम,रोजगार तथा हेल्भेटास नेपालको प्रविधिक सहयोगमा जिल्लाको सदरमुकाम मलंगवामा जिल्ला प्रशासन , हरिवन र बरहथवा नगरपालिकामा  इलाका प्रशासन तथा चन्द्रनगर गाउँपालिका सँग समन्वय गरी सूचना केन्द्र संचालन गरिरहेको छ ।

कार्यक्रममा सहभागी संचारकर्मीहरु


   ती सूचना केन्द्रहरुबाट  राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रिया लगायतको बारेमा जानकारी प्रदान गर्दै आएको छ । ती सूचना केन्द्रहरुबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा सूचना लिइसकेको  परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।

   कार्यक्रममा परियोजना संयोजक कार्की र  दिवाकार झाले संचारकर्मीहरुलाई संयुक्तरूपमा  परियोजनाका कामहरुको बारेमा जानकारी गराएका थिए । संस्थाले सूचना केन्द्र संचालन गर्नुका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने साथै  तरकारी खेती तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्ने जस्ता कामहरु पनि गर्दै आइरहेकोको झाले जनाएको छ 


Friday, March 26, 2021

सर्लाही क्याम्पस इकाई कमिटीले होली मनाए


राजिव साह- 

सर्लाही , चैत १३

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन द्वारा

हिन्दुहरुको महान चाडपर्व होली फागु पुर्णिामा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

शुक्रबार बिहान सर्लाही क्याम्पस कमिटी उपाध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष समिम बाबु खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा  सरोज चौधरी ,सुबाश यादब,अरबिन्द यादब लगयतको सहभागीता रहेको थियो । 

सर्लाही क्याम्पसमा गरिएको कार्यक्रममा विद्यार्थी शिक्षकले एक आपसमा शुभकामनाका आदानप्रदान गर्नुको साथै  बिद्यार्थीहरुले  एक आपसमा रङ अबिर डलेर कार्यक्रम सम्पन्न गरेको अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु केन्द्रिय सदस्य एवं कार्यक्रमका विशिष्ट अतिथि अमित चौधरीले जानकारी गराएका  दिएका छन्  । 

सर्लाहीका विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरुले आज एक आपसमा अबिर दलेर  होली मनाएका छन् ।

भोलीदेखि विद्यालय तथा क्याम्पसहरु बन्द हुने भएकाले जिल्लाका  विद्यार्थीहरुले भने शुक्रबार  स्कुल कलेजमा होली मनाएका हुन् । 

यो वर्ष चैत १५ गते पहाडी भेगमा र त्यसको भोलीपल्ट तराई क्षेत्रमा होली मनाइँदै छ । सर्लाहीमा भने दुवै दिन यो पर्व मनाउने गरिन्छ ।

नवआगन्तुक सर्लाहीका प्रजिअ हेमराज तामाङलाई उवासंघ मलंगवाले गर्यो स्वागत

 



मनोज यादव---

सर्लाही ,चैत १३

     सर्लाहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई आज(शुक्रवार)  उद्योग वाणिज्य संघ मलंगवाले स्वागत गरेको छ । हालै मात्र सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका तामाङलाई सदरमुकाम मलंगवा नगरपालिका  वडा न-८ स्थित  उद्योग वाणिज्य संघको रंगलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा परिचय गरेको हो ।

    प्रजिअ तामाङलाई  संघका अध्यक्ष विरेन्द्र साह लगायतका पदाधिकारीहरुले माल,अबिर र मधेशको पहिचान गमछा ओढार स्वागत गरेका थिए । स्वागतपछि बोल्दै प्रजिअ तामाङले आफू प्रमुख जिल्ला अधिकारीका रुपमा पहिलोपटक जिल्लामा आएको हुँदा प्रभावकारी रुपमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने बताए ।

उनले आम जिल्लावासीको जिउधनको सुरक्षाका साथै समाजमा अमनचयन कायम गराउने आफ्नो मुख्य जिम्मेवारी रहने बताउँदै निर्धक्क भएर कानुनको परिपालना गरी व्यापार व्यवसाय संचालन गर्न उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । नियम पुर्वक कानुनको परिपालन गर्दै  व्यापार व्यवसाय संचालन गरिरहेको अवस्थामा  यदि कसैले धाकधम्की दिइरहेको छ भने गोप्यरुपमा सोको जानकारी गराउन उहाँले भन्नु भयो ।साथै त्यस्ता ब्यक्तिलाई कडा कार्यवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

   कार्यक्रममा संघका पदाधिकारीहरुले उद्योग ,व्यापार व्यवसाय संचालनको क्रममा आएका र आउन सक्ने सम्भावित समस्याहरुको बारेमा प्रजिअ तामाङलाई अवगत गराएका थिए ।उहाँबाट जिल्लाबासी,नगरबासी ,व्यापारी लगायतकाहरुलाई   सुरक्षाको प्रत्याभूति दिलाउन जस्तो सुकै बाधा अवरोधको सामना गर्न आफु तयार रहेकोले आ-आफ्नो कारोबार नियम कानुनको परिधिभित्र रहेर निर्धक्कका साथ गर्न आश्वासन पाए पछि संघका पदाधिकारीहरुले धन्यवाद दिएका थिए ।

    कार्यक्रममा उपस्थित संघका पदाधिकारी तथा अतिथिहरु एकअर्कालाई अबिरको टीका लगाएर आउँदै गरेको होली पर्वको शुभकामना आदानप्रदान समेत गरेका थिए ।



मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा एक नेपाली र एक भारतिय नागरिक पक्राउ

"आर्थिक लेनदेन  र आरोपितको छोरीहरुलाई ‘गलत नजर’ लगाएको प्रहरीको प्रारम्भिक अनुसंधानमा खुलेको छ"


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १३

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरीमा टाउको काटेर बीभत्स ढंगले  हत्या गरिएको मलंगवा नपा -१० का ३० वर्षीय सुशील रायको हत्याको आरोपमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा नपा-९ बस्ने ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय अशोक झा रहेका छन् ।आरोपित झा भारतिय नागरिक हुन ।

     वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव  बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा-९ स्थित खेतमा फेला परेको थियो ।

    प्रहरीका अनुसार भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह  राठौरले बताए । बुधवार साँझ उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कमलका चारजना छोरीहरु छन् ।

    मृतक सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।

    मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पछि  बिहिवार रातीनै आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ  ।


होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनद्वारा ६ महिनासम्म जेल

 

सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’ स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

Thursday, March 25, 2021

मलंगवा नगरपालिकाको साझेदारीमा सामी अन्तर्गत कार्यक्रमको अनुगमन गरियो

 राजिव साह---

सर्लाही, चैत्र १३

   ---सुरक्षित आप्रवासन परियोजनाको अनुगमन ---

   नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल सामी हेल्भेटास प्राबिधिक सहयोगमा मलंगवा नगरपालिकाको नेतृत्वमा  बागमती सेवा समाज नेपाल द्वारा संचालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत कार्यक्रमको अनुगमन गरेको छ । मलंगवा नगरपालिका प्रमुख निरसल साहको अध्यक्षतामा अन्तक्रिर्या कार्यक्रम पनि सम्पन्न गरेको छ ।मलंगवा नगरपालिकाका ६,११ र १२ वार्डमा कार्यक्रमको अनुगमन गरेको हो ।  बागमती सेवा समाज नेपाल द्वारा संचालित सुरक्षित आप्रवासन केन्द्र  सामी परियोजना मार्फत वितिय कक्षा संचालन गरेर युवाहरुलाई माछा पालन र हास पालन व्यवसायमा लागेका छन् ।  सेवाग्राहीलाई  एजेन्टले ठग्ने गरेकोले यस्ता एजेन्ट्लाई कार्वाही गर्नुको साथै  जिल्लालाई ठगी मुक्त घोषणा गर्ने कार्यक्रममा मन्तव्य राख्दै, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो । यसैगरी  जिल्लामा सुरक्षित यात्रालाई मर्यादित व्यवस्थित बनाउन  सुरक्षित आप्रवासन परियोजना सामीले गरेको काम लाभदायक र युवाहरुलाई आत्मनिर्भर बनाउने योजना सफल रहेकोमा  नगर प्रमुख निरसल साहले धन्यवाद व्यक्त गर्नुभयो । 

कार्यक्रममा उपमेयर शान्ति सबनम मिकरानी,प्रसासकिय अधिकृत होमनाथ सुवेदी , हेल्भेटास प्रदेश संयोजक बिजय ठाकुर, दिवाकर झा, नगपालिकाका वडा अध्यक्ष र सेवाग्राहीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको  कार्यक्रम संयोजक देबिका कार्कीले जानकारी दिनुभयो ।  यसैगरी सुरक्षित आप्रवासन परियोजना सामीले अर्ध वाषिर्क प्रगति प्रतिवेदन अनुसार स्रावन  देखी पुस सम्म आप्रवासी स्रोत केन्द्रबाट  मलङ्वा नपाबाट मात्र १ हजार ७५ जनालाई सूचना प्रदान गरेको छ ।


                        

हरिपुर्वा नगरपालिकाबाट विद्युत चुहावट गर्ने १२ जना नियन्त्रणमा


     ---होली पछि पुनः अभियानलाई निरन्तरता दिइने---

मनोज यादव---

सर्लाही ,चैत १२

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको  विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत पाँचौ दिन बिहिवार  सर्लाहीको हरिपुर्वा नगरपालिकाबाट १२ जना ब्यक्तिलाई नियन्त्रणमा लिएर जरिवाना तिराइ छाडेको छ ।

   जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने  उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको   अभियान अन्तर्गत उनीहरूलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई एकपटकको लागि जनही ११ हजार रुपैया जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले जानकारी गराउनुभयो ।

     उपप्रबन्धक यादवका अनुसार बिहान ४ बजे वितरण केन्द्रबाट इन्जिनियर रामानन्द सिंहको नेतृत्वमा गएका प्राधिकरणका कर्मचारी ,  नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले हरिपुर्वा नगरपालिका अन्तर्गतका गाउँहरुबाट १२ जनालाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा  घरबाटै नियन्त्रणमा लिएको हो ।

     होली पर्व परेकोले होली पछि पुनः यो अभियानलाई जारी राख्ने वितरण केन्द्र  मलंगवाले जानकारी गराएको छ। वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपुरी , विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।

लागुऔषध गाँजा र अटोसहित ३ जना प्रहरीको नियन्त्रणमा


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १२

    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-७ बाट बुधबार राती  प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेकाे छ ।

     विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयबाट  खटिएको  प्रहरी टोलीले लालबन्दी न.पा वडा न-७ स्थित ना २ ह ५९३६ नम्बरको  अटोको सिटमुनी लुकाइराखेको १५ किलो लागुऔषध गाँजा  बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । अटो चालक लालबन्दी नपा-११ बस्ने वर्ष ४७ को सोमबहादुर स्याङतान(लामा)लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त गाँजा इश्वरपुर नपा-८ बस्ने वर्ष ३२ को रामविश्वास राउत र महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न-४ बस्ने वर्ष ३३ को रमाशंकर राउतलाई दिनको लागि ल्याएको बताएपछि निजहरुको खोजतलासी गर्दै जाने क्रममा कालिन्जोर खोला स्थितबाट BR30 T 0103 नम्बरको मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।

   बरामद १५ किलो  लागुऔषध गाँजा र अटोसहित पक्राउ  तीनैजनालाई आवश्यक कार्यवाहीको लागि इप्रका लालबन्दीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

मलंगवा वडा न-९ स्थित एक कुखुरा फारममा आगलागी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १२

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित स्थानीय राम विलास यादवले  संचालन गरेको कुखुरा फारममा बुधबार राती आगलागी भएको छ । 

    राती करिब ९ बजेको समयमा बाँस र खरको  अस्थाई फुसको टहरा बनाई संचालन गरेको उक्त फारममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त कुखुरा फारम खाली रहेकोले आगलागीबाट टहरा आंशिक रुपमा जल्दा अन्दाजी ५०-६० हजार रुपैया बराबरको क्षति भएको  अनुमान गरीएको छ ।     उक्त आगलागी जिल्ला  प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा गएको टोली, स्थानीयबासी र दमकलको सजयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी  मदन कुवँरले जनाएको छ । 

आ-आफ्नै घरमा बसेर होली मनाउन जिल्ला प्रशासनको आग्रह



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चेैत १२

  पुनः बढ्दै गरेको  कोरोना भाइरसको संक्रमणलाई  मध्यनजर गर्दै सर्लाहीमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बसेको बैठकबाट नेपाल भारत  सीमावर्ती क्षेत्रमा  उच्च सतर्कता अपनाउन साथै आ-आफ्नै घरमा बसेर होली पर्व मनाउन  निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएको छ ।


     सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रजिअ तामाङको अध्यक्षतामा बसेको  बैठकले छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढिरहेको अवस्थामा सीमावर्ती जिल्ला सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । प्रजिअ तामाङका अनुसार  भारतीय सीमाबाट आउजाउ गर्नेहरुको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न बिहिवार (आज) देखि मलंगवा नाकामा हेल्थ डेक्स राख्ने, संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनामूलक कार्यक्रमलाई तीव्र पार्ने, व्यापार व्यवसायमा भीडभाड हुन नदिने, मास्क नलगाउनेलाई कारवाही गर्ने जस्ता निर्णय भएका छन् ।

   होलीमा भीडभाड हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वातावरण तय गर्ने समेत निर्णय गरेको प्रजिअ तामाङले बताए ।

ट्याक्टर चोरी गरेर लाँदै गरेको गिरोह पक्राउ



लोकतन्त्र समाचारदाता--

सर्लाही ,चैत १२

   सर्लाहीमा ट्याक्टर चोरी गर्ने ५ जना चोरको गिरोहलाई सर्लाही  प्रहरीले  पक्राउ गरेको छ। 

     जिल्लाको हरिवन नगरपालिका वडा न-११ स्थित बासाटोलबाट स्थानीय  भिम बहादुर कटुवालको सोमबार राती  चोरी गरेर लगेको ना ७ त ४१४३ नम्बरको ट्याक्टरसहित ५ जना चोरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरका  अनुसार ट्याक्टर चोरी भएको खबर पाउनासाथ सम्पूर्ण प्रहरी युनिटलाई खोजतलासमा लगाएको र खोजतलासको क्रममा  बलरा नगरपालिका वडा न-७ स्थित अर्नाहामा फेला परेको छ ।

    चोरीको ट्याक्टर सहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको  जिल्ला प्रहरी

कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवामा टाउको काटिएको एक युवककाे शव फेला पर्यो




मनोज यादव---

सर्लाही ,चैत १२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ टावर चौक स्थित पचगछिया चौरीबाट एकजना  युवकको  टाउकाे काटिएको अवस्थामा  शव फेला परेकाे छ ।

    मलंगवा नगरपालिका वडा न-१० निवासी तथा मलंगवा न.पा का पुर्व कर्मचारी नागेन्द्र रायका छाेरा अन्दाजी २६  वर्षीय सुशील रायकाे बिहिवार बिहान पचगछिया चौरी नजिकैको खेतमा  शरिरबाट टाउकाे काटिएको अवस्थामा  शव फेला परेकाे हो । टाउको भने शरिर भन्दा केही पर ६१ मिटर पुर्व जमिन मुनि गाडिएको अवस्थामा फेला परेकाे थियो ।

     मृतकका भाइ शिवम रायका अनुसार दाइलाई बुधबार राती ७-८ बजेतिर स्थानीय कुन्दन होटलबाट कमला पंडिजी भन्ने कमल झा र अर्का एक ब्यक्तिले  मोटरसाइकलमा राखेर लगेपछि रातभर सम्पर्क बिहिन भएको थियो । रातभर सम्पर्क बिहिन भएका दाइ(सुशील)काे शव स्थानीयले देखेपछि मात्र आफुहरुले थाहा पाएको शिवमले बताए ।

   सुशीलको धारिलो हतियार प्रहार गरि शरिरबाट टाउको पुरै अलग हुने गरि निर्ममता पुर्वक हत्या भएको प्रहरीले जनाएकाे छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

    हत्यामा संलग्नहरुको पहिचान खुलिसकेको प्रहरीले बताएको छ ।


उद्यमशिलता शिप विकास सम्वन्धि ३ दिने तालिम मंलगवामा सम्पन्न सम्पन्न।





राजिब साह---

सर्लाही,चैत्र १२

   एस.एन.भि.नेपालको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुर सर्लाहीको सहजिकरणमा उद्यमशिलता शिप विकास सम्वन्धि ३ दिने तालिम सम्पन्न भएको छ । 

  संचालित वियोन द फिनिस लाईन – समावेशी तथा दिगो 

ग्रामीण खानेपानि सुविधा कार्यक्रम अन्तर्गत  महिला उद्यमिहरुलाई व्यवसाय उद्यमशिलता शिप विकास सम्वन्धि ३ दिने तालिम मंलगवा स्थित कुशुम पार्टी प्यालेसमा 

चैत्र ९ देखि ११ गते सम्म संचालन भएको तालिममा 

सर्लाहीको  रामनगर, कौडेना, पर्सा र चन्द्रनगर गाउँपालिकाबाट ४/४ जना गरी जम्मा १६ जना सहभागी महिला उद्यमीहरुको सहभागिता थियो । 

तालिमको मुख्य उदेश्य महिला उद्यमीहरुलाई व्यवसायिक सिप विकास गर्न सहयोग पुगेको जानकारी गराएको वि.एफ.एल का कार्यक्रम संयोजक मदन कुमार बर्माले बताउनुभयो   । तालिमको प्राविधिक  सहजिकरण राजेश कुमार रायले गर्नु भएको थियो ।   कार्यक्रम  समापन समाहोरोको अध्यक्ष ग्रामीण नारी 

उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा उद्योग बाणिज्य संघ सर्लाहीका बरिष्ठ उपाध्यक्ष जितेन्द्र कुसवाह प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा  ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु प्रसाद चालिसे, सचिव सुर्य प्रसाद चालिसे, एस एन भि नेपालको जिल्ला संयोजक  अम्बिका यादव, वि.एफ.एल का टिम लिडर राजन कुमार कर्ण लगायतको सहभागिता रहेको थियो ।  तालिम  कार्यक्रममा 

प्रमुाख अतिथि जितेन्द्र कुसवाहले महिला उद्यामीहरुलाई कुनै पनि अवस्था तथा समयमा उद्योग बाणिज्य सघंले सहयोग गर्ने तयार रहेको प्रतिवद्धता गरेको गर्नुभयो ।  यसैगरी संस्था अध्यक्ष गोमा देवी न्यौपानेले उद्यमी महिलाहरुको उत्साह तथा हौसलालाई ग्रामीण नारी उत्थान संघले सधै प्राविधिक सहयोग गर्ने बताउनुभयो ।

सहभागी  उद्यमिहरुलाई उपाध्यक्ष चालिसेले,सरसफाईमा मदत पुग्ने र केही पैसा आम्दानी गर्न सकिने भन्दै तालिममा सिकेको कुरा आफू लगायत समाजमा सहयोग पुग्ने भएकोले आगामी दिनमा नमुना कार्य गर्न तालिमले हौसला प्रदान गर्ने बताउनुभयो । साथै शिप विकास सम्वन्धि ३ दिने तालिममा उपस्थितसबैलाई शुभकामना प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको एस एन भि नेपालको जिल्ला संयोजक  अम्बिका यादवले जानकारी दिनुभयो ।

Wednesday, March 24, 2021

शुक्रबार हुने टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सर्लाही एकेडेमी र लक्ष्मी-२ बिच हुने



लोकतन्त्र समाचारदाता---

मलंगवा, चैत ११

    सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रवार हुने फाइनल खेल सर्लाही एकेडेमी र लक्ष्मी-२ बिच हुने भएको छ ।आज सम्पन्न  दोस्रो सेमीफाइनल खेलमा सनराइज मदनपुरलाई ५ विकेटले पराजित गर्दैफाइनलमा प्रवेश गरेका लक्ष्मी-२ र मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलका बिजेता सर्लाही एकेडेमी बिच फाइनल खेल हुने आयोजक दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा १० ले जनाएको छ ।

        तिनबिघे मैदानमा जारी उक्त प्रतियोगितामा टस हारेर पहिले व्याटिङ गरेको मदनपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएका थिए । मदनपुरका लागि लाडला शेखले सर्बाधिक ४३ रन बनाएका थिए । लक्ष्मी दुईका लागि शिवम कुमारले सर्बाधिक ३ विकेट हात पारेका थिए । १ सय ६८ रनको लक्ष्य पच्छयाउन आएका लक्ष्मी दुईले १७ ओभरमा ५ विकेट गुमाउँदै जित हासिर गरेका थिए । 

    त्यस्तै लक्ष्मी दुईका लागि कन्हैया कुमारले सर्बाधिक ४६ रन बनाएका थिए । मदनपुरका लागि कादिर खानले सर्बाधिक ३ विकेट लिएका थिए ।

      दोस्रो दिनको खेलमा  म्यान अफ द म्याच भएका  लक्ष्मी-२ का खेलाडी कन्हैयालाई आयोजक समितिका सदस्य समिर मिकरानीले ट्रफी प्रदान गरेका छन् ।



१३९ औ विश्व क्षय रोग दिवस सर्लाहीमा पनि मनाइयो


सर्लाही,११ चैत 

      १३९ औ विश्व क्षय रोग दिवस बुधबार  सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सो अवसरमा जिल्लाका स्वस्थ्यकर्मीले  स्थानिय स्तरमा अन्तक्रिर्या कार्यक्रमको आयोजना  गरि दिवस मनाए का छन् । 

संकेत समयको ,क्षय रोग अन्त्यको भन्ने मुल नारा रहेको छ ।    

     ।  जिल्ला जनस्वास्थ्य कार्यालयमा  राष्ट्रिय क्षयरोग क्षय रोग कुस्ठ रोग अधिकृत बलिराम यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  जिल्लामा ०७६/७७  ८ सय ४३ जना र ०७७७/०७८को स्रवन देखि फाल्गुन सम्म सम्म ५ सय ४५ जना  क्षय रोग पतालागेको अधिकृत यादबले जानकारी दिए । 

जिल्लाका २० वटै पालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको स्वस्थ्य कार्यालयले जनाएको छ।

Tuesday, March 23, 2021

विद्युत चुहावट गर्ने २४ जना नियन्त्रणमा /जरिवाना गराएर छाडियो


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १०

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको  विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत दुई दिनमा २० जना ब्यक्तिलाई नियन्त्रणमा लिएर जरिवाना तिराइ छाडेको छ ।

   जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने  उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको   अभियान अन्तर्गत सोमबार  दोस्रो र मंगलबार तेस्रो दिन २४ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार रुपैया जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले बताए ।

     उपप्रबन्धक यादवका अनुसार सोमबार सुपरभाइजर मनोज कर्णको नेतृत्वमा गएका टोलीले कौडेना गाउँपालिकाबाट  १४ जना र आज बिहान(मंगलबार)वितरण केन्द्र मलंगवाका प्रशासन प्रमुख गंगाराम मण्डल नेतृत्वको टोलीले औरही, मदनपुर पडरिया,खोरिया र गोहियाही गाउँबाट १० जना ब्यक्तिहरुलाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको छ ।टोलीले एउटा पानी तान्ने मोटर, तार र पाइप पनि नियन्त्रणमा लिएको छ ।

   यो अभियान मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपरी, विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।

एसएनभी वाश इन्जिनियर द्वारा हात धुने स्थान र अभ्यासको अनुगमन


राजिव साह---

सर्लाही,चैत १०

   एस एनभी वाश इन्जिनियरले हात धुने स्थान र अभ्यासको सम्बन्धमा  जिल्लाका विभिन्न स्थानमा जडान गरिएका  हात धुने उपकरणको अनुगमन गरेका छन् । 

   एसएन भि नेपालको आर्थिक सहयोग तथा  ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित कोविड-१९  को नविनतम प्रयास कार्यक्रम अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा रहेकोे  हात धुने स्थान र त्यसको प्रभावको बारेमा अनुगमन गरिएको एसएनभी नेपाल जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिए। अनुगमनको क्रममा पर्सा गाउँ पालिका भित्रका ३ वटा सामुदायिक विधालय ,एउटा स्वस्थ्य चौकी र एक निजी क्लिनिकमा स्थापन गरिएको हात धुने प्रबिधिबाट हात धुने अभ्यासलाई  बिधालयका बालबालिका तथा शिक्षकहरुले निरंतरता दिएको पाइएको छ  । स्वास्थ्यचौकी तथा  निजी  क्लिनिकमा आउने  बिरामीहरुलाई समेत  साबुन पानीले हात धुन सहज भएको  स्वस्थ्यकर्मीले बताएका छन् । 

    संस्थाले जडान गरिदिएको यस किसिमको उपकरणको सहयोगबाट कोरोना जस्तो महामारी  न्यूनीकरणका लागि राम्रो प्रयास भएको पर्सा गाउँपालिका अध्यक्ष किसुन देव रायले बताए । 

     सर्लाहीको पर्सा गाउँपालिका लगायत जिल्लाका   विभिन्न ठाउँमा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरण तथा  एसएनभी नेपालको आर्थिक सहयोगमा विभिन्न समाज सुधार, विकास निर्माणको काम हुँदै आएको छ । 

 अनुगमन कार्यमा प्रविधिक सहजीकरण एसएनभी नेपाल वाश इन्जिनियर शोभा केसीले गर्नु भएको थियो ।

खुल्ला टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा सर्लाही एकेडेमी पुगे


लोकतन्त्र समाचारदाता--

सर्लाही,चैत्र १० 

     सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा गढीमाई जमुनियालाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी मलंगवा फाइनलमा प्रवेश गरेका छन् ।

    दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा-१० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा  टस जितेर पहिले व्याटिङ गरेको गढीमाई जमुनियाले निर्धारित २० ओभरको खेलमा १८.१ ओभरमा अलआउट हुदैं १ सय ५ रन  बनाएका थिए । गढीमाईका लागि इर्शाद खानले सर्बाधिक २० रन बनाएका थिए । गढीमाईलाई सस्तोमै समेट्ने क्रममा सर्लाही एकेडेमीका तुषार कुमारले ४ विकेट लिएका थिए । 

    १ सय ६ रनको लक्ष्य पच्छयाउन आएका सर्लाही एकेडेमीले ८.१ ओभरमै २ विकेट गुमाउँदै जित हात पारेका थिए ।  सर्लाहीका लागि नजारेले नटआउट ५८ रनको पारी खेलेका थिए । २५ बलको सामना गर्दै नजारेले ५ छक्का र ३ चौका प्रहार गर्दै टिमलाई जिताएको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिएका छन् । नजारेसगैं ओपनिङ्ग गर्न आएका हैदरले पनि २३ बलमा ४७ रन बनाएका थिए । गढीमाईका लागि कोपीकान्तले मात्र २ विकेट लिएका थिए । 

   खेलको म्यान अफ द म्याच सर्लाहीका लागि ४ विकेट लिने खेलाडी तुषार कुमारलाई प्रदान गरिएको छ । तुषारलाई आयोजक समिति अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका छन् । 

बुधवार हुने दोस्रो सेमीफाइनल खेलमा लक्ष्मी दुई मलंगवा र सनराइज मदनपुरका बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार हुने भएको छ ।

    प्रतियोगिताको बिजेता टिमलाई नगद रु १ लाख र उप बिजेतालाई नगद रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


मलंगवा स्थित शिक्षा समन्वय इकाई समितिमा शिक्षक तथा विद्यार्थीद्वारा तोडफोड



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

       सर्लाहीको सदरमुकाम मलंगवा स्थित  शिक्षा समन्वय इकाई समितिको कार्यालयमा तोडफोड भएको छ ।जिल्लाको पश्चिम क्षेत्रमा पर्ने गोडैता नगरपालिका स्थित बेनीभोला नमुना माध्यमिक विधालयमा शिक्षातर्फको दरबन्दी कटौती गरेको भन्दै शिक्षक तथा विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन ।

      सोमबार दिउँसो कार्यालय घेराउ गर्न पुगेका आक्रोशित शिक्षक तथा विद्यार्थीहरुले नाराबाजी गर्दै कार्यालयमा  तोडफोड गर्न  थालेपछि यसलाई  रोक्न प्रहरीले तीन सेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।अश्रुग्यासबाट केही विद्यार्थीहरु घाइते भएका छन् ।घाइते विद्यार्थीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको छ भने तोडफोडमा उत्रिएका पाँच जना विद्यार्थी र एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

     दरबन्दी कटौतीको विरोधमा उत्रिएका शिक्षक तथा  विद्यार्थीले गोडैता नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन्। विद्यालयमा कायम रहेको दरबन्दी शिक्षा समन्वय प्रमुख र नगर प्रमुखले  कटौती गरको भन्दै उनीहरू  आन्दोलीत भएका हुन।

    उता शिक्षा समन्वयको कार्यालयमा तोडफोड सुरु भएपछि त्यसलाई रोक्न र थप क्षति हुन नदिन सामान्य बल मात्र प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ।अहिले कार्यालय परिसरमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

Monday, March 22, 2021

सर्लाहीका ७५ जना दलित विद्यार्थीहरुले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको तर्फबाट छात्रवृत्ति रकम पाए



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ९

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सर्लाहीमा  संचालित नेपाल  छात्रवृति कार्यक्रम अन्तर्गत ७५ जना दलित छात्रछात्राहरु लाई सन्  २०२१ को लागि पहिलो किस्ता वापतको रकम छात्रवृति वितरण गरिएको छ ।

    संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा सोमबार   सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहका बिच उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

संस्थाका कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानका अनुसार  विशेष लक्षित समुहलाई तीनतहमा विभाजन गरि ३५ जनालाई लाई ५,६ र १४ सय रुपैया र अति जोखिमलाई पनि तीनतहमा विभाजन गरि ३५ जनालाई   ५,६ र १४ सय रुपैयाँको दरले छात्रवृत्ति बापत रकम वितरण गरिएको छ । त्यस्तै  रोल मोडेलतर्फका ४ जनालाई १२ सय , १४ सय र २ हजार रुपैया वितरण गरिएको छ । यसैगरी ब्याचलर तहका ३ जनालाई २-२ हजार ,मास्टर डिग्री १ जना र प्रविधिक तर्फका ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिए । 

  दलित अधिकारकर्मी फेकु राम महराले संचालन गरेको  कार्यक्रममा प्रदेश सभा सदस्य श्यामपरी देवी महरा,सर्लाही जिल्ला सभापति मेथुर चौधरी,मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,कबिलासी नगरपालिका नगर प्रमुख कौशल यादव,सर्लाही क्याम्पस प्रमुख हिरा प्रसाद कुम्हाल,मानवअधिकारकर्मी मुकेश मिश्र ,बाल अधिकारकर्मी सुन्दर श्याम यादव,समाजसेवी महेश पासवान,बिनोद राम, महेश्वर यादव ,छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुका अविभावक लगायतको उपस्थिति रहेको थियो ।सोही अवसरमा संस्थाको तर्फबाट दलित समुदायको हकहित र अधिकारको लागि जिल्लामा मात्र नभइ देशव्यापी रुपमा आवाज उठाउँदै आउनु भएका अधिकारकर्मीहरुलाई पनि अध्यक्ष पासवानले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

  छात्रवृत्ति प्रत्येक त्रैमासिक रुपमा वितरण गरिदैं आएको कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानले जानकारी दिए। 

  


लागूऔषध गाँजा सहित अटोबाट ३ जना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ९

     सर्लाही  प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले सर्लाहीको लालबन्दी  नगरपालिका-१७, रानीगंजबाट लागूऔषध गाँजासहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएकाे हाे ।

     आइतवार साँझ पौने ६ बजेको समयमा विशेष सुराकीको आधारमा खटिएका प्रहरी टोलीले लालबन्दी न.पा को रानीगंज स्थित परवानीपुरदेखि रानीगंजतर्फ चलाई ल्याएको ज १ ह ४६०९ नम्बरको अटोलाई शंका लागि रोकेर चेकजाँच गर्दा अटोमा रहेको जेब्रा झोला भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा  बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । प्रहरीले लागूऔषध गाँजासहित अटोमा सवार सोही ठाउँका ४० वर्षीय सुरेन्द्र कुमार बल,लालबन्दी -१४ बस्ने वर्ष ४१ को पासाङ पाख्रिन र रानीगंजका  ४५ वर्षीय अटोचालक पुष्प  बहादुर फुयाँललाई नियन्त्रणमा लिएको जनाएको छ ।

    अटोमा सवार सुरेन्द्र कुमार बलको साथबाट २५ हजार रुपैयाँ समेत बरामद भएको छ ।अटोसहित तीनैजनालाई नियन्त्रणमा लिएर अनुसंधान कार्य अधि बढाएको प्रहरीले जनाएको छ ।

विद्युत चुहावट नियन्त्रण अभियान सुरु,पहिलो दिन ११ जना नियन्त्रणमा



मनोज यादव---

सर्लाही ,चैत ९

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चुहावट नियन्त्रण गर्न वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा  अभियान थालेको छ ।जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने  उद्देश्यले मलंगवा वितरण केन्द्रले आइतवार बाट  अभियान अघि बढाएको हो ।

      उक्त अभियान अन्तर्गत पहिलो दिन आइतवार प्राधिकरणका कर्मचारी तथा सई देवनारायण महतोको कमाण्डमा खटिगएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका धर्मपुर टोलबाट १ जना र चन्द्रनगर गाउँपालिका मोहनपुर,फरिदा टोल,कोइरियाही टोल तथा लघुवा टोलबाट १० जना गरि ११ जनालाई हुकिंङ्ग मार्फत बिजुली चोरी गरिरहेको अवस्थामा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएका एघारै जनालाई प्रति ब्यक्ति ११ हजार रुपैयाँको दरले जरिवाना गराई एकपटकको लागि चेतावनी दिएर छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले बताए ।यो अभियान मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपरी, विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।


Sunday, March 21, 2021

ग्यास सिलिन्डरको प्रयोग तथा उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ८

      कन्जुमर आई नेपालको आयोजनामा ग्यास सिलिन्डरको प्रयोग तथा उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   कन्जुमर आई नेपालका अध्यक्ष राधवेन्द्र कुशवहाको अध्यक्षता तथा  जिल्ला समन्वय समिति सर्लाहीका  सभापति मेथुर चौधरी को प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिससको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

     सहायक प्रजिअ भुमेस्वर पोखरेल, म.न.पा नगर प्रमुख निरसल साह,प्रहरी  नायव उपरीक्षक  मदन कुवँर ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेन्द्र साह ,पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रममा कन्जुमर आई नेपालका केन्द्रिय अध्यक्ष विमला खनालले र प्रादेशिक कार्यालय प्रमुख विजय खनालले उपभोक्ताको संवैधानिक अधिकार,बजारमा देखिएका समस्या तथा कसुर ,दण्ड र सजाय सम्बन्धि कानुनी प्रावधानको विषयमा जानकारी गराउनुका साथै कार्यपत्र प्रस्तुत गरेका थिए ।

     


Saturday, March 20, 2021

सर्लाहीमा एक महिनाको अवधीमा ४८ दुर्घटना, ५ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ७

    सर्लाहीमा एक महिनाको अवधिमा भएका ४८  वटा सडक दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाएका छन् ।फाल्गुन महिनामा भएका ती दुर्घटनाहरूमा परेर ५० जना गम्भीर घाइते र ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    ज्यान गुमाउनेहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । त्यस्तै  ३९ जना पुरुष, ५ जना महिला, ४ जना बालक र २ जना बालिका गम्भीर र  ५ जना पुरुष ,२ जना महिला र १ जना बालक सामान्य घाइते भएको जि.ट्रा.प्र कार्यालयले जानकारी दिएको छ।

    पछिल्लो समय राजमार्ग या सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण सडकमा दुर्घटना बढेकोे र बाटोको अवस्था नहेरी तिब्रगतिमा सवारी हाँक्दा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर ,सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदार मान दोङ्गले बताए । ग्रामीण सडकको अवस्था त्यति राम्रो नरहेको र  त्यसमाथि पनि चालकले सावधानी नअपनाउँदा अधिकांश  दुर्घटनाहरु भएको दोङ्ग भने ।

     गएको फाल्गुन महिनामा सबैभन्दा बढी ४२ वटा मोटरसाइकलहरु दुर्घटना भएका छन् ।त्यसपछि ट्याक्टर ८ , ट्रक ३,कार जिप ३,टिपर २, बस २,टेम्पो २ र ५ वटा अन्य सवारीसाधनहरु दुर्घटनामा परेको जि.ट्रा.प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाहीका सभापति चौधरीले गरिब तथा टुहुरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरे(फोटो फिचर)

 




मनोज यादव---

सर्लाही ,चैत ७

     बाल कल्याण समाज (CWS) रामनगर-२ ले सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न वडाका १७ जना टुहुरा बालबालिकाहरुलाई जिल्ला समन्वय समिति सर्लाहीका सभापति  मेथुर चौधरीको आर्थिक सहयोगमा नि:शुल्क कापी,कलम,पुस्तक  लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको  छ ।

    आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज(सनिवार) एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभापति चौधरीले  प्रति विद्यार्थी आठ थान काँपी,दस थान डट पेन, एक थान औजार बक्स , एक थान कलर बक्स र एक थान स्टेप बाइ स्टेप  किताब बितरण गर्नुभएको हो ।

    सोही अवसरमा विपन्न तथा टुहुरा स्कुलले  बालबालिकारुलाई वितरण गर्न संस्थालाई  ती शैक्षिक सामाग्रीहरु उपलब्ध गराएर सहयोग पुर्याउनु भएको भन्दै अध्यक्ष यादवले संस्थाको तर्फबाट दाता चौधरीलाई मधेशको शान गमछा ओढाएर कदरपत्रको साथ सम्मानित गरेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश मिश्रले जानकारी गराए।

    दलित अधिकारकर्मी राजेश पासवान , शिक्षक प्रवेज मिकरानी,पत्रकार मनोज यादव ,मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रममा अतिथिको रुपमा उपस्थिति हुनुभएका पुर्व जिविस सदस्य तथा समाजसेवी महेश्वर यादव(महेशी)ले शैक्षिक समाग्री प्राप्त गरेका बालबालिकाहरु मध्येबाट ५ जना अती विपन्न टुहरा विद्यार्थीहरुलाई

उनीहरुको पढाइ नसकुन्जेलसम्म आफ्नो तर्फबाट शैक्षिक सामाग्री उपलब्ध गराउने साथै उहाँले मलंगवा न.पा-२ मा संचालन गर्नुभएको नर्सरीबाट कार्यक्रममा उपस्थित भएका बालबालिकाहरुलाई एकएकवटा फुल अथवा तरकारीको बिरुवा नि:शुल्क रुपमा प्रदान गर्ने प्रतिवद्धता गर्नु भएको कार्यक्रम संचालक मिश्रले बताए ।