Saturday, April 30, 2022

मलंगवा वडा न-८ का जनताको समर्थनका साथ घरदैलो गर्दै युवा समाजसेवी नेता मुकेश जयसवाल

 

मनोज यादव---

सर्लाही, बैशाख १७

   सर्लाही जिल्लाको सदरमुकाम  मलंगवा नगरपालिकामा स्थानीय चुनावको चुनावी सरगर्मी निकै बढेको छ।सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

   सोही क्रममा मलंगवा  नगरपालिका वडा न-८ को वडाअध्यक्ष पदकालागि जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट उमेदवारी दिएका लोकप्रिय युवा  समाजसेवी एवं  सामाजिक अभियन्ता मुकेश जयसवाल आफ्ना पाइनलका वडा सदस्य उमेदवारहरुका साथ मलंगवा नपा वडा न-८ का जनताको घर घरमा पुगेर घरदैलो कार्यक्रम सुरु गरेका छन् ।आफ्ना समर्थकका साथ  वडा न-८ को प्रत्येक घरमा पुगेर आफुबाट जनताले गरेको आशा तथा स्थानीय जनताको समस्याहरुको बारेमा जानकारी लिइरहेका छन् ।

   उनले  आफुलाई  जिताएर वडा अध्यक्षको जिम्मेवारी दिएको खण्डमा जनताको इच्छा,आकांक्षा र जनताले आफुसँग गरेको अपेक्षाको कदर गर्दै जनतालाई निराश नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

   यसअघिको स्थानीय निर्वाचनमा मात्र केही झिनो मतले पराजित भएको जयसवालाई वडाअध्यक्ष  बनाउन वडा न-८ को जनताको साथ र समर्थन रहदै आएकोले अरुलाई भन्दा उनलाई नै टिकट दिएर उमेदवार बनाउन उचित र न्यायसंगत भएकोले जयसवाललाई उमेदवार बनाएको जसपा नेपालका ठुला नेताहरुले बताएका छन् ।उनको समाजसेवी भावना र जनताहरु बिच उनको स्वच्छ छविलाई देखेर उनको जित प्रति आफ्नो पार्टी विश्वस्त रहेको   उनी निकट नेताहरुले बताएका छन् ।

   

जयसवाल आफ्ना पाइनलका  महिला सदस्य सविता बडाल, दलित सदस्य अमिरखा देवी र खुल्ला सदस्य विजय रस्ताेगी वडा न-८ मा घरदैलो कार्यक्रम लिएर पुग्दा साढे ४  वर्षमा विकासको नाउँमा एउटा पनि राम्रो काम नभएको भन्ने गुनासो लिएर बसेका जनताहरू अब बल्ल वडाको मुहार फेरिने भयो भन्दै  उत्साहित देखिएका छन् ।वडाका जनताहरु पनि यसपाली मुकेश जयसवाललाई नै समर्थन र साथ दिने बताएका छन् ।

   जयसवालको भनाई अनुसार आफू पदमा नहुँदा पनि एउटा सामाजिक अभियन्ता र समाजसेवीको नाताले बेलाबखत विभिन्न माध्यम र श्रोतबाट वडाको विकासमा लाग्दै आएको र  जनताले विजयी बनाए वडा न-८ को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।

   उनले माओवादी केन्द्रकाे हसिया हथौडा छापबाट खुल्ला सदस्यमा उमेदवार भएका जितेन्द्र महताेको  संयुक्त गठबन्धनलाई पनि अत्याधिक मतले  बिजयी बनाउन अनुरोध गरेका छन्। 


नगर प्रमुख(मेयर) पदका उमेदवारहरु सँग मलंगवाका जनताले गरे खुल्ला सवाल जवाफ

 

मनोज यादव---

सर्लाही,बैशाख १७

    'हामी आफ्नो मलंगवा आफै बनाउँछौ,त्यसका लागि आफ्नो मतदान सही उमेदवारलाई गर्छौ ' भन्ने नाराका साथ सर्लाहीको सदरमुकाम मलंगवामा नगर प्रमुख(मेयर)पदमा उमेदवारी दिएका उमेदवार र स्थानीय जनताहरु बिच सवाल जवाफ कार्यक्रम गरिएको छ।

   मलंगवा जेसिजले 'ककस' नाम दिएर आयोजना गरेको कार्यक्रममा आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा मेयर पदका लागि  उमेदवार बनेका विभिन्न पार्टीका तथा स्वतन्त्र उमेदवारहरु चुनावमा जितेपछि मलंगवा नगरपालिकालाई विकासको नयाँ आयाम तथा नगरबासीहरुको चाहनालाई कसरी पूरा गर्नु हुन्छ भन्ने खुल्ला रुपमा सवाल जवाफ गरिएको छ।

   कार्यक्रममा जनताबाट उठेका प्रश्नहरुको सबै नेताहरुले एउटै खाले जवाफ दिएका थिए।उनीहरु जनताले आफुलाई जिताएको खण्डमा सडक,नाला,ढल निर्माण,शिक्षा र स्वास्थ्यको स्तर सुधार,रोजगारीको श्रृजना,स्वच्छ, सफा, सुन्दर नगरको परिकल्पना हुलाकी सडकको समस्या समाधान लगायतका विषयमा जनताहरुलाई आश्वासन दिएका थिए।

   कार्यक्रमको आयोजना मलंगवाको वडा न-३ र ८ को बिचमा रहेको नगरपालिकाको कार्यालय अगाडी मेन चौकमा गरिएको थियो।

रौतहटको कटहरियामा नगरपालिका का ५ जनाले उमेदवारी फिर्ता लिए

 


लोकतन्त्र समाचारदाता---

रौतहट,बैशाख १७

    आसन्न स्थानीय तहको निर्वाचनका लागि गते बैशाख ११ र १२ गते निर्वाचन कार्यालय कटहरियामा मनोनयन दर्ता गराएका मध्ये ५ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छ्न्।

    रौतहट जिल्लाको कटहरिया नगरपालिकामा विभिन्न पदका ५ लागि मनोनयन दिएका ५ जना उमेदवारले आआफ्नो उमेदवारी फिर्ता लिएका हुन ।उमेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार कटहरिया नपा- ९ का स्वतन्त्र उमेदवार दिलिप कुमार,वडा-६ का लोसपाका सदस्य उमाकान्त सहनी,वडा-२ का समाजवादीका महिला सदस्य परमशिला देवि,वडा-३ का लोसपाका महिला सदस्य रहमदिन र वडा न-८ का जनमत पार्टीका सदस्यका उमेदवार होसनारायण माल्लीले उमेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय कटहरियाका प्रमुख चन्द्र प्रसाद लुइँटेलले जानकारी दिएको छ।

   कटहरिया नगरपालिकामा अगामी ३० गते हुने निर्वाचनका लागि मेयर ,उपमेयर,वडा अध्यक्ष र सदस्यमा पार्टी तथा  स्वतन्त्रका गरि अझ ३१६ जना उमेदवारहरु रहेकोे निर्वाचन कार्यालयले जनाएको छ

सानाे झरिले जलमग्न मलंगवा

 
                               मलंगवा, बैशाख १७

     हिजाे राती परेकाे सानाे झरिले सदरमुकाम मलंगवाकाे बजारकाे मुख्य सडकहरू जलमग्न र हिलाम्मे भएकाे छ ।

    सदरमुकाम मलंगवाकाे मुटु रहेकाे बाल मंदिर देखि मलंगवा नगरपालिका कार्यालय भवन रहेकाे चाेक सम्मकाे मुख्य सडकनै राती परेकाे झरिले गर्दा जलमग्न भएकाे हाे । हिलाम्मे सडकका कारण आगन्तुक, स्थानीयवासी तथा सवारी साधनकाे आवागमनमा समस्या भएकाे स्थानीय राजिव गुप्ताले बताएकाे छ । गुप्ताका अनुसार निर्बाचित जनप्रतिनिधिहरूले ५ बर्षमा मलंगवाकाे सरसफाइ, सडक निर्माण र  ढलनिकासकाे लागि केही पनि काम नगरेकाेले जिल्लाकै पहिलो र सबै भन्दा पुरानाे नगरपालिका मलंगवा पुर्ण रूपमा कुरूप बनदै गएकाे आराेप लगाउनु भयाे । 

   सफा र सुनदर मलंगवा नगरपालिकाकाे सपना जनप्रतिनिधिहरूले पूरा गर्न नसकेकाे स्थानीयवासीहरूले गुनासाे गरेका छन ।

Friday, April 29, 2022

लागूऔषध सहित चारजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १६

    सर्लाहीकाे छुट्टाछुट्टै ठाउँबाट लागूऔषध गाँजा र काेडीवेल कफसिरफ सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

   विशेष सुचनाको आधारमा बिहिवार बिहान १० बजे ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएकाे प्रहरी गस्ती  टोलीले बरहथवा नगरपालिका वडा न-२, हजरिया बजार निवासी ६० वर्षीय जयलाल महतोलाई १ किलाे ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हाे । महताे घरको खानतलासी गर्दा घरकाे कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ।

   त्यसैगरि सोही दिन  दिउँसाे १ बजे सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बा.५४ प ७९९४ नम्बरकाे मोटरसाईकललाई राेकी चेकजाँच गर्दा माेटरसाईकल चालक मलंगवा नगरपालिका-१२ गम्हरिया निवासी ३२ वर्षीय राम बिनय रायको साथबाट लागूऔषधकाे रुपमा प्रयाेग हुने १०० एमएल दरका १८६ बोतल काेडीवेल कफसिरफकाे बाेतल बरामद् भएकाे प्रहरीले जनाएकाे छ । सँगै रहेकाे BR 30 C 5499 नम्बरको भारतीय माेटरसाईकलमा सवार मलंगवा नगरपालिका वडा न-११ गम्हरिया निवासी ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

  पक्राउ परेका चारैजनालाई हिरासतमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

Thursday, April 28, 2022

CDWN ले सर्लाही र काभ्रे जिल्लामा विधमान हानिकारक सामाजिक मान्यताहरु परिवर्तन गर्न परियोजना संचालन गर्ने

 

---परियोजनाको बिहीबार बर्दिबासमा शुभारम्भ गरियो---

मनोज यादव---

सर्लाही,बैशाख १५

    युएन ओमनको आर्थिक सहयोग तथा सपोर्ट नेपालसँगको सहकार्यमा दलित महिला केन्द्र नेपाल(CDWN)ले कथाकथन र सामाजिक परिचालनको माध्यमबाट-आघातबाट सशक्तीकरण प्रबर्द्धन र हानिकारक सामाजिक मान्यताहरु परिवर्तन गर्ने उदेश्यले संचालन गर्न गइरहेको परियोजनाको आज(बिहीबार)महोत्तरीको बर्दिबासमा शुभारम्भ गरेको छ।

   काभ्रेको बनेपा नगरपालिका, महाभारत गाउँपालिका र  सर्लाहीको मलंगवा ,हरिपुर्वा, बरहथवा नगरपालिका तथा ब्रह्मपुरी गाउँपालिकामा संचालन हुने यस परियोजनाको मलंगवा नपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, बरहथवा नपाका मदन थापा र हरिपुर्वा नपाका प्र.प्र.अधिकृत मित्रलाल ढकालले पानसमा बत्ती बालेर एकैसाथ परियोजना सम्बन्धित बैनरको अनावरण गरि संयुक्तरूपमा उद्घाटन गरेका थिए।

   कार्यक्रममा उपस्थित  परियोजना संचालन हुने पालिकाका प्र.प्र.अधिकृतहरु, सम्बन्धित पालिका अन्तर्गतका वडाका वडा सचिवहरु,कर्मचारीहरु तथा पत्रकारहरुलाई कार्यक्रम अधिकृत अमृता लामाले परियोजनाको बारेमा जानकारी गराएका थिए।लक्षित समूह तथा समुदायलाई राहत वितरण,सिपमुलक तालिम लगायतका कार्यक्रमहरु गर्ने तय भएको उनले जानकारी दिए।तर अहिले स्थानीय तहको निर्वाचनका कारण चारैतिर चुनावी माहोल छाएकोले चुनाव सम्पन्न भएपछि लगत्तै परियोजना संचालन गर्ने कार्यक्रम अधिकृत लामाल बताए ।

   बनेपा नपा वडा न-४ का सचिव सरिता श्रेष्ठ,वडा न-१० का सुवास रंजित,वडा न-१३ का सोकुल डंगोल,महाभारत गापा वडा न-४,५ र ६ का सचिव तथा मलंगवा नपाका कार्यक्रम अधिकृत राजकुमार अधिकारी, ब्रह्मपुरी गापा आयुर्वेद शाखाका प्रमुख  कविराज संजय यादव,ब्रह्मपुरी गापा वडा न-५ का सचिव चुन्नुलाल कर्ण,वडा न-६ का सियाशरण ठाकुर,सर्लाहीका पत्रकार मनोज यादव,महोत्तरीका पत्रकार धनविर महतोका साथै  आयोजक संस्थाका कार्यकारी निर्देशक तेजेन्द्र लामा,कार्यक्रम संयोजक विमला बिक र एभा श्रेष्ठ लगायतको उपस्थिति रहेको  उक्त कार्यक्रम बर्दिबास स्थित गौतम होटलमा सम्पन्न भएको हो।

५ वर्षमा पनि मलंगवाको अवस्था कुनै प्रकारले नफेरिएको आम जनताको आरोप

 लोकतन्त्र समाचारदाता---

सर्लाही बैशाख १५


 


मलंगवाबाट कामको सिलसिलामा बाहिर गएकाहरु वा लामो समय पछि मलंगवा फर्किएकाहरुले मलंगवाको भौतिक पूर्वाधारमा खासै फरक भएको भेट्टाउदैनन् । ५ वर्ष अघिको मलंगवा र जनप्रतिनिधि निर्वाचित भए पश्चातको अहिलेको मलंगवा जस्ताको त्यस्तै छ, झन मलंगवा बजारको अवस्था पहिलाको भन्दा पनि खराब भएको जनताले गुनासो गरेका छन्। 

    पहिलो स्थानिय तहको निर्वाचन पछि मलंगवामा निरसल साह मेयर बनेका थिए । मधेश आन्दोलनको रापकै बेला भएको चुनावमा मधेशवादी पार्टीका तर्फबाट अधिकांश उम्मेदवारले जित पक्का गरेपनि सदरमुकाम मलंगवाबाट नेपाली कांग्रेसका मेयर निरसल साह बिजयी भएका थिए   । तर वडा स्तरमै पुगेको स्थानिय सरकारले संतोषजनक काम गर्न नसके पछि मलंगवाका स्थानियहरुले यसपटक परिवर्तन खोजिरहेको संकेतहरु देखिन थालेका छन । मेयर पदमा निर्वाचित भए पश्चात आफैले घोषणापत्रमा उल्लेख गरेका काम समेत साहले गर्न सकेनन ।  कोरोना संक्रमण उच्च भएर संक्रमितको ज्यान जादा समेत मलंगवामा रहेको प्रादेशिक अस्पतालका उपकरणहरु संचालनमा ल्याउन मेयर साह असफल भए । अत्याधुनिक भेन्टीलेटर र आइसियू सहितको उपकरण चलाउन सक्ने जनशक्ति नहुदा संक्रमितहरुले मलंगवा अस्पतालमा उपचार हुन नसकेर बिरगंज र जनकपुर रेफर मात्र गर्न काम भयो । शिक्षा र स्वास्थ्यको जिम्मेवारी नगरपालिका अन्तर्गत रहँदा समेत क्वारेन्टीन बाहेकका अन्य काम मेयर साहले गर्न सकेनन । सरकारले शिक्षाको पहुच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायीक विद्यालयमा माध्यमिक सम्मको शिक्षालाई निशुल्क बनाए पनि सर्लाहीको मलंगवामा रहेको कयौ सरकारी विद्यालयले अवैध रुपमा विद्यार्थी बाट शुल्क उठाएको आरोपमा विद्यार्थी संगठनले पटक पटक आन्दोलन गर्दा पनि नगरपालिकाले त्यसतर्फ ध्यान दिएन । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरे पनि सदरमुकाम मलंगवामा रहेको सरकारी विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने काम गरि रहयो र यसै बिचमा सस्तो लोकप्रियताका लागी निशुल्क शिक्षा घोषणा कार्यक्रम भन्दै पटक–पटक मेयर साहले वृहत  कार्यक्रम समेत गरे पनि त्यस्को कुनै असर परेको देखिएन । नगरपालिकाले शुल्क नलिन भनेर लेखेको पत्रलाई सरकारी बिधालयहरुले लत्याए पनि मेयर साह मुखदर्शक भएर बसेको विद्यार्थीहरुको आरोप छ ।

   मलंगवाको जिविस चोक देखि राजश्री सिनेमा हल सम्मको बाटो निर्माण गर्न मेयर साह असफल भए । मलंगवाको मुख्य सडकको टेण्डर भएको सडकलाई  नगरपालिकाले बनाउन नसकदा मलंगवावासी अक्रान्त र समस्या भोग्न बाध्य भए ।  साहको कार्यकालमा समुचित ढल निकासको व्यवस्था हुन नसक्दा सर्लाहीको सदरमुकाम मलंगवाका अधिकांश सडकहरुमा पानी जम्ने समस्या अथावत नै रहयो । मलंगवा नगरपालिकाको कार्यालय हुदै अलग अलग वडामा बस्तीका दर्जनौं सडक वर्षाका बेला महिनौं सम्म डुबान भइरहदा पनि जनप्रतिनिधिहरुले कुनै वास्ता गरेनन । दर्जनौ सरसफाई कर्मचारी भर्ना गरेको नगरपालिकाले नियमित ढल सफाई नगराउदा पानी जम्ने समस्याले नगरवासीले सास्ती खेप्नु पर्यो । पाँच वर्षको कार्यकालमा सर्लाहीको सबैभन्दा जेठो नगरपालिकामा पूर्वाधार विकासका कामहरु हुन सकेन ।

   खेलाडीहरुका लागी समुचित खेलमैदान जस्तै मेयर साहकै वडामा रहेको कवडहलको विकास अलि पनि भएन कवडहल मलंगवा मधेश प्रदेशकै ठुलो खेल मैदानमा गणना भएपनि यस खेलमैदानको बिकासको लागि नगरपालिकाबाट कुनै प्रकारको पहल नभएको स्थानीयहरु बताउँछन । बालबालिकाका लागी पार्क तथा शान्त वातावरण भएका उद्यानहरुको निर्माण हुन सकेन । जनप्रतिनिधि निर्वाचित भएको एक कार्यकाल बितिसक्दा पनि सघन सहरीले बनाएको बाटोहरु बाहेक मलंगवामा अन्य देखिने विकास कतै नभएको स्थानियहरुको आरोप छ । मलंगवाको मुसैलीमा रहेको पोखरी सौन्दर्यीकरणको नाममा भएका कमसल कामहरु र सोलार बतिको दुर्दशाले समेत जनप्रतिनिधिको काम प्रष्ट पार्छ । वडा स्तरमा निर्माण भएका भित्री सडकहरु र साना नालाहरुको निर्माणको गुणस्तरले पनि जनप्रतिनिधिको पोल खोलेको छ। 

  महिला तथा बालबालिकाका नाममा खर्च भएका करोडौं रकमहरु लाभावीन्त समुहमा पुग्नुको सट्टा जनप्रतिनिधिका आसेपासेहरुले बाँडेको स्थानिय अजय रायको आरोप छ । मलंगवा नगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी भवन निर्माण आयोजनाद्धारा टेण्डर गरी मलंगवाका विभिन्न सडकहरुको निर्माण भएको छ र सोही कामलाई आफुले गरेको भन्दै जनप्रतिनिधिले देखाउने गरेका छन । 

  मलंगवामा जनप्रतिनिधी आएपछि सर्लाहीको सदरमुकाम मलंगवाको अवस्था बिकासको हिसाबले झनै खराब भएको नागरिक समाजका अगुवाहरु बताउछन । 

 ५ वर्षमा मलंगवाको अवस्था कुनै प्रकारले नफेरिएको आम जनताले आरोप लगाउदै आएको छ ।

सक्रौलमा भएको निःशुल्क दन्त शिविरमा ७४ जनाले परिक्षण गराए

  लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख १५

  सर्लाहीको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका वडा नम्बर ६ सक्रौलमा बुधबार निःशुल्क दन्त उपचार शिविर सम्पन्न गरिएको छ ।

मिथिला डेन्टल क्लिनिक मलंगवा र तारापुञ्ज क्लबको सहकार्यमा दन्त शिविर सञ्चालन गरिएको तारापुञ्जका सचिब धिरोज रायले जानकारी दिए । 

   शिविरमा ७४ जनाको दन्त परीक्षण गरिएको र जस मध्ये २४ जनाको दाँत फुकालिएको तथा ५० जनाको दाँतको परीक्षण गरी दाँत दुखाई लगायतको औषधि समेत वितरण गरिएको थियो । शिविरमा तारापुञ्ज युवा क्लबका युवाहरुले समेत दाँत मुख सम्बन्धी परीक्षण गराएका छन् ।

     शिविरमा दन्त चिकित्सक डा.अमृत यादब र उनी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टीमद्वारा परीक्षण एवं उपचार गरिएको थियो ।

Wednesday, April 27, 2022

सर्लाहीको मलंगवामा साह भर्सेस यादव, कसको पल्ला भारी ?

 

लोकतन्त्र समाचारदाता---

मलंगवा,वैशाख १४ 

     वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। मधेश प्रदेशको  चर्चित सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगर पालिकामा दुई पक्षीय भिडन्त हुने सङ्केत देखिएको छ ।

     मलंगवामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी  र नेकपा एमाले बीच मात्र प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको भनाई  रहे पनि मुख्यत  नेपाली काग्रेस र जसपा बिच ठुलो लडाई हुने संकेत देखिन्छ । नेपाली कांग्रेसबाट विजयी मलंगवाका पूर्व मेयर निरसल साहले मलंगवा नगरको मेयरमा जसपाबाट उम्मेदवारी  दिएपछि राजनीतिकमा नयाँ  तरंग देखा परेको छ । साहको पक्षमा पनि राम्रो जनाधार रहेको स्थानीय जनताहरु बताउँछन । उनि जसपा पार्टीमा नयाँ अनुहार भएको कारण पार्टीका कार्यकर्ताहरुले खुलेर सहयोग गर्नेछ कि छैन पार्टीबाटै यो कुराको आवाज उठन थालेको छ । जसपाकै कति जना नेता जसपालाई सहयोग नगर्ने जानकारहरुको भनाई छ ।

     यता नेपाली कांग्रेसबाट मलंगवा नगरपालिकाको मेयरका लागि पुर्व मेयर नागेन्द्र प्रसाद यादवले नोमनेशन दिएपछि मेयरको रुपमा यादवको पल्ला पनि भारी रहेको जानकारहरु बताउँछन ।  त्यसैले पनि मलंगवामा अरु भन्दा यादव र साह बिच दुई पक्षीय भिडन्त हुने प्रबल सम्भावना रहेको देखिन्छ  । 

   साह र यादव बीच हुने महाभिडन्तमा कसले बाजी मार्छ भन्ने कुरा अहिले मलंगवामा  मात्र नभइ जिल्लाभर चर्चाको विषय बनेको छ । चुनावी तालमेल र अघिल्लो निर्वाचनको अङ्क गणितलाई आधार मान्ने हो भने मलंगवा नगरपालिकामा कांग्रेस र जसपाको संगठन सशक्त  छ, यो कुरालाई आधार मान्ने हो भने पनि यो बर्चस्वको लडाई र  महासंग्राम यो दुई पार्टी बिच हुने आमजनताहरुले आकलन गरेका छन  । 

    गत निर्वाचनमा पनि विजयी हासिल गरेको तत्कालिन नेपाली कांग्रेसका निरसल साह (हालको जसपा) बाट उम्मेदवारी दिएपछि ठुलो चर्चाको बिषय पनि बनेको छ। यसपाली पनि साह जित्ने सम्भावना रहेको जिसस प्रमुख मेथुर चौधरीको कथन रहेको छ । नेपाली कांग्रेसका नेता कौशल किशोर यादवका अनुसार  कांग्रेस फेरि यस पटक भारी बहुमतले मलंगवामा सम्पुर्ण प्यानल विजयी हुनेमा यादव पुर्ण रुपमा ढुक्क छन । यहाँका वर्तमान मेयर निरसल साह टिकट नपाएर कांग्रेस छोडेर जसपामा गएपछि साहका लागि पार्टी नयाँ भएपनि पुर्व निर्वाचित अधिकांस वडाअध्यक्षहरु साहसंगै जसपाबाट चुनाव लडेका कारण पनि साहको पक्षमा राम्रो मतदान हुने जसपाकै नेताहरु दावी गरेका छन्  । 

  विभिन्न सामाजीक र राजनीतिक क्रियाकलापले मलंगवा नगरवासीमा साह र यादव बिचकै चुनाबी लडाईले चर्चा पाएको छ ।

सातामा दुई दिन शनिवार र आइतबार बिदा दिने सरकारको निर्णय

 






काठमाडौं,बैशाख १४

    सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको जानकारी दिएका हुन्। 

सातामा दुई दिन बिदा दिने निर्णयसँगै बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ। यद्यपि सरकारले यसलाई परीक्षणका रूपमा मात्र कार्यान्वयन गर्ने तयारी गरेको छ।

पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा निर्णय गरिएको बताइएको छ। नेपालले ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ। बढ्दो पेट्रोलियमको आयात र खस्कँदो निर्यातले शोधानान्तर घाटा बढ्दै गएको छ।

श्रोत:नेपाल समय


सर्लाहीमा ६ हजार १ सय १ जनाको जनाको उम्मेदवारी पर्यो,पत्रकार राम गोविन्द यादव पनि वडाअध्यक्षको उमेदवार

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १४

    बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सर्लाही जिल्लामा स्वतन्त्रसहित ६ हजार १ सय १ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । ९ नगरपालिका र ११ गाउँपालिका रहेको सर्लाहीमा नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा गापा उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडा अध्यक्षमा १४ सय ८४ जना, सदस्यमा २ हजार ९० जना, महिला सदस्यमा १ हजार ३६ जना र दलित महिला सदस्यमा ९ सय ९१ जनाको।उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिएको छ।

  जिल्ला  निर्वाचन अधिकृत भुजेलका अनुसार आइतबार र सोमबार गरी जिल्लाका क्रियाशील दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्ला स्थित २० वटा पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

    अन्य जिल्लाहरुमा जस्तै सर्लाहीमा पनि पत्रकार चुनावी मैदानमा उत्रिएका छन्।पत्रकार राम गोविन्द राय यादव कबिलासी नगरपालिका वडा न-६ बाट वडाअध्यक्ष पदको लागि मनोनयन दर्ता गराएको छ।

Tuesday, April 26, 2022

स्थानीय तहको निर्वाचनका लागि ७२ घण्टा सिमानाका बन्द गर्ने दुई देशका प्रशासन प्रमुखहरुको निर्णय

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १३

    आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीहरुको आज  बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

   महोत्तरी जिल्ला स्थित बर्दिबासमा आज(मंगलबार)  बसेको दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । 

   खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ गौतमले बताए  । बैठकमा खुला सीमानाकाका कारण हुनसक्ने चोरी,तश्करी नियन्त्रण,लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण,सूचना आदान प्रदान,अवैध मुद्राको कारोबार नियन्त्रण तथा नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा सुरक्षा संबेदनसिलताको विषयमा छलफल भएको प्रजिअ गौतमले जानकारी दिए।

    बैठकमा सर्लाही तर्फबाट प्रजिअ गौतमको नेतृत्वमा महोत्तरी र रौतहटका प्रजिअ,सहायक प्रजिअ,तिनवटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,जिल्ला भन्सार कार्यालयका प्रमुख र भारतको तर्फबाट सितामढी जिल्लाका मुख्य जिलाधिकारीको नेतृत्वमा पुलिस प्रमुख,भन्सार प्रमुख तथा सिमा सुरक्षा बल(एसएसबी)का अधिकारीहरुको उपस्थिति रहेको थियो।  

सरकारी तलब सुविधा नलिइ जनताको सेवामा समर्पित हुने मलंगवा नपा-७ मुसैलीबाट वडा अध्यक्षका उमेदवार अमिन्द्र यादवको प्रतिबद्धता


मनोज यादव---

सर्लाही,बैशाख १३

    आफु विजयी भएको खण्डमा सरकारबाट प्राप्त हुने तलब लगायत अन्य आर्थिक सुविधाहरु नलिइ मात्र  जनताको सेवामा लाग्ने सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ मुसैलीका  वडाअध्यक्ष पदका उमेदवार अमिन्द्र यादवले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

    अमिन्द्र यादव मुसैली गाउँ मलंगवा नगरपालिकामा गाभिनु भन्दा अगाडीदेखि नै समाजिक काममा सदैव लाग्दै आएको एउटा चर्चित र ठुलो नाम हो।उहाँको घरका सबै सदस्यहरु कुनै न कुनै रुपमा सामाजिक काममा लागेका छन् ।उहाँको परिवारका सदस्यहरु मुसैली गाउँको विभिन्न समस्याहरुको विषयमा आवाज उठाउँदै आइरहेको स्थानीयबासिन्दाहरु बताएका छन् ।

    बैशाख ३० गते हुन गइरहेको  स्थानीय तह निर्वाचनमा यादवले मलंगवा नगरपालिका वडा न-७ मुसैलीको वडाअध्यक्ष पदमा नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यादवको उम्मेदवारी दर्ता गर्ने क्रममा स्थानीयबासी तथा शुभचिन्तकहरुको ठुलो र उत्साहित भीड देखिएको थियो।

   यादवले आफुमा रहेको  समाजसेवा गर्ने चाहना र जनताहरुको अनुरोधमा उम्मेदवारी दिएको बताउनुभयो ।

    उहाँले वर्तमान राजनीतिको निराशा र अस्थिरतालाई चिर्न, खहरे बिकास नभई दीर्घकालीन बिकासका योजना अघि सार्न, जनतामुखी बिकास र कार्यक्रमको जग बसाउन मलंगवा नपा वडा न-७ मुसैलीको  वडाअध्यक्ष पदको उमेदवार बनेको  कुरा बताउनु भयो। 

    यादवले आफु जितेको खण्डमा

भौतिक पूर्वाधार, शिक्षा,रोजगार,स्वास्थ,विद्युत, कृषि आपूर्ति तथा आधुनिकरण,माहिला सशक्तिकरण,यूवा तथा खेलकुद सशक्तिकरण,टाउन प्लानिंग, ग्रीन सिटी, नमूना सिटी, गरीब तथा असहाय परिवारलाई सशक्तिकरण र भुमिहिन परिवारलाई भूमि व्यवस्था, सेन्ट्रल पुस्तकालय, सांस्कृतिक सम्पदा माथि दिगो विकास र निर्माण,साना उद्यमी सशक्तिकरण, ट्राफिक, खानेपानी तथा फोहर व्यवस्थापन, सुरक्षाको लागि वडाभरी, सिसी टिभी जडान, एनजीओ तथा (अन्तर्राष्ट्रिय) आइएनजीओ लाई बोलाउने, हरेक वर्ष मलंगवा महोत्सव आयोजना गरी यहाँको स्थानीय उत्पादनलाई प्रोत्साहान गर्ने, फ्री वाई फाई लगायतका कामहरु गर्ने बताउनुभयो । यस्ता थुप्रै विवेकसील विकासका बुँदाहरु माथी गृहकार्य भइरहरेको उहाँले जानकारी गराउनुभयो।

 वडाको स्वास्थ्य, कृषि,शिक्षा र सडकको अवस्थामा सुधार ल्याउने साथै सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने, गरिब परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिने,स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याइ स्वास्थ्य सेवा निशुल्क गर्ने, रोजगारीका अवसरहर सिर्जना गर्ने, नयाँ कृषि सडक निर्माण गर्ने,जनता आवासको व्यवस्था गर्ने र खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्ने जस्ता योजनाहरु ल्याउने समेत तादवले प्रतिबद्धता गर्नुभएको छ। 

   गएको ५ वर्षमा एउटा नगरपालिका अन्तर्गतको वडामा हुनुपर्ने कामहरु यस वडा(मुसैली)मा नभएकाले यहाँका जनताहरु आक्रोश फैलिएको छ। जनताले  विश्वास गरेर यदी मलाई जिताउँछ भने म जनताको विश्वासलाई टुट्न दिनेछैन।मलाई पैसाको लोभ छैन । आफु जन्मेको,हुर्केको ठाउँको विकास भएको र यहाँका जनताहरु सुखले बसेको हेर्न चाहन्छु।मैले गरेको राम्रो  कामबाट मेरो परिवरको शिर सधै ठाडो रहेको हेर्न चाहेकोले यसपटकको चुनावमा आफुलाई जिताएर हेर्न भन्दै यादवले जनता सँग अनुरोध गर्नुभएको छ।

   

सर्लाहीका निर्माण व्यवसायीहरु धर्नामा उत्रिए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १३

    निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीहरु धर्नामा उत्रिएका छन्।

    सर्लाही निर्माण व्यवसायी संघका  निर्माण व्यवसायीहरुले मंगलबारदेखि  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी रहेको तिनबिघे मैदानको मन्चमा शान्तिपुर्ण धर्ना दिएका हुन्।

    धर्नामा बसेका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा भएको मुल्यवृद्धि,म्याद थप सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधनका केही प्रावधानमा रहेका त्रुटि,बिमा निर्देशिका लगायतको विषयमा धर्ना दिएको बताएका छन् ।

    संघका अध्यक्ष बिनोद साहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए।

   बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोध स्वरूप शान्तिपुर्ण धर्नामा बसेको संघले जनाएको छ।

Monday, April 25, 2022

मलंगवा स्थित निर्वाचन कार्यालयमा एउटै पार्टी,एउटै वडा र एउटै पदमा दुइजना ब्यक्ति पार्टीको टिकट बोकेर उमेदवारी दिन आएपछि दुवै उमेदवार अलमलमा

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १२

     आसन्न स्थानीय तहको निर्वाचनको लागि आज(सोमबार)सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिमा रहेको निर्वाचन कार्यालयमा भइरहेको मनोनयन पत्र दर्ताको समयमा एउटै पार्टीबाट एउटै वडाको वडाध्यक्ष पदको लागि दुइजना उमेदवार पार्टीको टिकट लिएर मनोनयन पत्र दर्ता गराउन पुगेका छन् ।

   सोमबार दिउँसो मलंगवा नगरपालिका वडा न-३ बाट वडाअध्यक्ष पदको लागि मो.एजाजुल हक मिकरानी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले चुनाव लड्न भनि दिएको पार्टीको टिकट बोकेर मनोनयपत्र दर्ता स्थलमा पुगेर आफ्नो उमेदवारी दर्ता  गराइरहेकै बेला अचानक सोही पार्टीको टिकट लिएर वडा न-३ कै वडाअध्यक्ष पदमा आफ्नो उमेदवारी दिनको लागि अर्का एक ब्यक्ति पनि आइपुगे पछि दुवैजना उमेदवार अलमलमा परेका थिए ।दुवै उमेदवार उक्त पदमा उमेदवारी दिनको लागि दावेदारी दिन थालेपछि माहोल केही तातिएको थियो।










     मो.एजाजुल हक मिकरानीका अनुसार पार्टीले आफुलाई एकदिन अगाडीनै टिकट दिएर पठाएको थियो।  पार्टीले आफुलाई टिकट दिएर पठाएपनि पुनः सोही वडा र पदमा अर्को ब्यक्तिलाई पनि टिकट दिइ पठाएर आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।     नेकपा(माओवादी केन्द्र)को लागि तन, मन र धनले योगदान दिएपछि अन्तिम समयमा आएर आफुले पाइसकेको टिकट फिर्ता नलिइकनै पैसा खाएर अर्कै एक नयाँ  ब्यक्तिलाई पनि टिकट दिएर पार्टीले एक असल र इमानदार कार्यकर्तासँग गद्दारी गरेको आरोप लगाएका छन् ।


Sunday, April 24, 2022

स्थानीय चुनावमा जनता हाेशियार

 अबधेश सहनी(युवा समाजसेवी)


२०७९ साल बैशाख  महिनाको ३० गते सरकारले स्थानीय तह अर्थात (नगरपालिका/गाउँपालिका) को निर्वाचन गराउने तयारी गरेको हुनाले अब तपाईंको दुख, सुख, घर, आगमनमा बिना निम्तो जबर्जस्ती तपाईंको अमुल्य मत (मतदान)लाई जालझेल गरि विभिन्न अफवाह, विकासे गफ, प्रलोभन, जातपातको सम्बन्ध, आफ्नो नाता, कुनै टोल गाउँको नेता ठान्ने वा भन्ने व्यक्तिको दबाब लगायत कार्यको सृजना गरि गराई तपाई निमुखा सर्वसाधारण जनताको भोट ठंगन समाजसेवी, मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य पदका उम्मेदवारहरू आउने छन तर बिचार गर्नु होला यी अनुहार मध्ये केही निर्वाचित जनप्रतिनिधि पनि उम्मेदवार बनेर पक्कै आउने छ त्यो बेला सोच्नु होला १० देखि २५ केजी चामलको लागि भेदभाव गरेर वितरण गर्ने व्यक्तिहरू पनि यिनै हुन । यो भन्दा विगतको ५ बर्षमा तपाईले भेटघाट गर्न ती उम्मेदवारहरूको घर, कार्यालय वा सार्वजनिक स्थलमा पुग्दा कस्तो व्यवहार गरेको थियो त्यो दिनलाई पनि याद गर्नु होला ।

क)तर यो भन्दा विगतको ५ बर्षमा ती मध्ये कति जनाले जितेर तपाईं बिरामी पर्दा अस्पताल, घर, आगमन वा कुनै दुख पर्दा सहयोग गर्न वा हाल खबर सोध्न पुगेका थिए । त्यो दिनहरू पनि याद गरौँ ।

क). अहिले ती उम्मेदवारहरू मध्य गरिब, दलित, असहाय, मजदुर, अपांग, बृद्धबृद्धालाई कतिको राम्रो व्यवहार भएको छ । स्थानीय तहको निर्वाचन नजिक्दा तिनीहरू आजभोलि आफ्नो एजेन्ड तपाईलाई थाहा समेत हुदैन तर तपाईंलाई जाति, पार्टी, हिन्दु, मुस्लिम, शिख, ईसाई, मधेशी, पहाडी, गरिब, दलित, बैकवार्ड, फर्वाडको नारामा सिमित गरेर तपाईंको अमुल्य आफ्नो मतदानलाई ठूलो रकमी चलखेलमा बेचिन्छ तर तपाई भोटलाई थाहा समेत हुदैन । त्यसैले ५ बर्ष सम्म जुन जनप्रतिनिधिले आफ्नो नगर भित्रको शिक्षा, स्वास्थ्य, भौतिक संरचना, नाला, सडक, बिधुत, कृषि लगायत विकास कार्य नगरी काठमाडौं, जनकपुर, बिरगंज, हेटौंडा, पोखरा जस्तो महंगो ठाउँहरूमा करोडौंको घर, जग्गा सम्पत्ति खरिद गरि राजा जस्तो सुखमै बिलासी जीवन बिताएकाहरू अब के तपाईंको भोट यसपालि लिएर के फेरि त्यो विकास गर्न सक्छन् त होस् पुर्‍याउ राम्रोसँग सोचौं जसले समाजको लागि राम्रो कार्य ५ बर्षमा गर्न सकेन भने अब के ठंगने बाहेक अरू केही गर्ने वाला छैन ।

 ग)सानो होस् या ठुलो होस् भुल त आखिर भुल नै हो! हिलोमा फुल फुले पनि फुल त आखिर फुल नै हो! जून लाइ  बादलले ढाके पनि जून त आखिर जून नै हो! हीरा कोइला खानीमा मिले पनि हीरा त आखिर हिरा नै हो! जति परिपूर्ण र सम्पन्न भए पनि मान्छे त आखिर मान्छे नै हो!  नगरौ घमण्ड नाशबान शरीरको यो त् एकदिन माटोमा मिल्ने नै हो! नगरौ घमण्ड मान, शान, नाम, धन, पद र रुप रंग र जवानी को! त्यो पनि आखिर यहि छोडी जाने नै हो ! मान्छेले आफुलाई अजम्बरी सम्झने भुल गर्छ घरि घरि! त्यसैले  काम, क्रोध, लोभ, मोह र अहंकार को भुमरीमा परिरहन्छ सधैभरि! गुण्डा, ट्यापे,ठग,जडीया, झगडिया,अन्यायी, अत्याचारि,भ्रष्ट, दलाल, चाप्लुस,सत्यनासि बिभेदकारी आदि नकारात्मक बिषेशण पद के हामिलाई सुन्न याेग्य लाग्छ? यदि लाग्दैन भने यस्ता नालायक राेगि आचरणहरूलाई हर घर तथा समाजबाट लाठीलगाएर आजबाटै लखेटाै र आफू बस्ने समाज थप सभ्य बनाऔ । एस्ता खराब चरित्र अन्त्य गर्नु हामी सवैकाे दायित्व हाे आदरणीय फूर्सदिला मानिसहरू कालाे वा दुधचियाकाे चुस्किसंगै दुनियाकाेबारे कथन गर्ने गर्दछन् ।  याे समस्या पुस्ता पुस्ता मा अझ बढछ केही युवाहरूरले पनि संस्कार धानि रहेका छन् । धेरै ब्यक्ति भेटीन्छन् जसकाे दिनचर्या अरूकाे बारेमा  बकबास गरेर वित्छ । जसमा कुनै सत्य र तथ्यकाे जाेड र ताेड हुदैन ।  

सन्दर्भ :-सम्पुर्ण सर्लाही बासिहरुमा 

Vacancy announcement भएको हुनाले राजनीति बुद्धि सिखौ र अरुलाई पनि सिखाउनु हाम्रोलाई होईन राम्रोलाई चुनऔ ।

चोर फटहालाई ,दुश्मनी जस्ता आरोप लागाउने ,जातिवाद को नाराले चल्ने , अरु जातीलाई इज्जत बिहिन तरिकाले सम्बोधन गर्ने तेस्ता मान्छेहरु चुनावी प्रक्रियामा हातखुट्टामा झुक्ने गर्छ।                    'सावधान हुन सबैमा चेतना मुलक सन्देश।'                                           रामनगर गाउँपालिका वार्ड न-३      सर्लाही                          न:-९८४५००१२९३


हामी माथि विभेद भयाे : राधा मौसी

 video पनि हेर्नुस्📹️📺️



मनोज यादव----                                               सर्लाही,बैशाख ११ गते।                                                           आफुहरुको समुदायलाई समाजले मात्र नभइ राज्यले समेत हेपेको तेस्रो लिंगी अगुवा महेन्द्र साह तेली उर्फ 'राधा मौसी'ले गुनासो गरेको छ । उनले आसन्न स्थानीय तहको निर्वाचनको मुखमै उमेदवार बन्ने समयमा आएर आफु बस्दै आएको पालिकाको भोटर लिस्टबाट सुनुयोजित तरिकाले नाम हटाएर अन्यत्र सारेको आरोप लगाएका छन् ।  

    'राधा मौसी'को नामले चिनिदै आएका महेन्द्र साह तेली मलंगवा नगरपालिका वडा न-९ का स्थायी बासिन्दा हुनुहुन्छ ।उहाँ बिगत २४ वर्षदेखि मनपा-९ मा बस्दै आइरहनुभएको छ।  उहाँले मतदाता नामावलीको २०७७ पुसको अन्तिम नामावलीमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न-९ मा कायम रहेको  र आफुले ठाउँसारी गर्ने निवेदन पनि जिल्ला निर्वाचन कार्यालयमा नदिएको आवस्थामा मेरो मतदाता नामावलीको नाम जिल्लाकै हरिपुर्वा नगरपालिका वडा न-६ मा सरेको हुँदा आसन्न बैशाख ३० गतेको चुनावमा स्थायी बासिन्दा हुँदाहुँदै पनि मलंगवा नपाबाट उमेदवारि दिनबाट बन्चित भएको गुनासो गर्नुभएको छ।   


    उहाँले आफ्नो नाम के कति कारणले स्थायी त के ? अस्थायी बसोबास समेत नरहेको हरिपुर्वा नपाको वडा न-६ मा सरेको हो अथवा सुनुयोजित तरिकाले कुनै विरोधी तत्वले सार्न लगाएको हो सोको अनुसंधान गरि दोषी उपर कार्यवाहीको लागि माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई आजै(आइतवार) ज्ञापनपत्र बुझाउने बताउनुभयो ।

    मतदाता नामावलीको ठेगाना फरक परेको सम्बन्धमा अनुसंधान गरिदिन भन्दै  उहाँले जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुखलाई पनि निवेदन दिइसकेको बताए।

             उहाँ यसअघि मलंगवा नगरपालिकाको उपप्रमुख र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न-२ मा स्वतन्त्रबाट  उमेदवार भइसक्नु भएको छ।

दुर्व्यसनी युवाका कारण मलंगवा बजार असुरक्षित,अवाञ्छित क्रियाकलाप तथा अपराधीक गतिविधिहरु बढ्यो

मनोज यादव---

 

मलंगवा ,बैशाख ११

     सर्लाहीको सदरमुकाम मलंगवामा कुलतमा फसेका युवाहरुका अवान्छित गतिविधिका कारण माहोल डरलाग्दो र खतरपुर्ण बन्दै गएको छ ।चोरीका घटनाहरुमा पनि वृद्धि भएको छ।

    मलंगवाका विभिन्न सार्वजनिक तथा व्यस्त स्थानमा लागूऔषध तथा मादक पदार्थ खाने केही युवाको गतिविधिले गर्दा नगरकै सुरक्षामा चुनौती देखिएको भन्दै स्थानीय बुद्धिजीवीहरुले दुखेसो पोखेका छन् । कुलतमा फसेका युवाहरुको गतिविधिका कारण राति मात्र नभइ दिउँसो समेत बजारमा हिँड्डुल गर्न नसकिने अवस्था आएको एक स्थानीय महिलाले गुनासो गरिन । मलंगवाको सबैभन्दा व्यस्त मानिने बालमन्दिर चौकमा,बसपार्क , नगरपालिका चौक,शिवसागर चौक,जिविस चौक,नाइट बस लाग्ने ओम पेट्रोल पम्प आसपास रिंगरोड  लगायतका ठाउँमा रहेका केही चिया पसल,होटल तथा पान पसलमा बिहान देखि साँझ अबेर सम्म दुर्व्यसनी युवाहरुको जमघट हुने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।ती युवाहरु त्यस्ता होटल तथा पसलमा बसेर विभिन्न किसिमका लागुऔषधको सेवन गरि अपराधिक गतिविधि सम्बन्धि योजनाहरु बनाउने,अवाञ्छित क्रियाकलापहरु गर्ने गरेको प्रत्यक्षदर्शीहरुले बताए ।त्यस्ता युवाहरुले गर्दा किशोरी र युवतीहरुलाई एक्लै मात्र नभइ समूहमा समेत हिँड्डुल गर्न समस्या हुने गरेको एकजना प्रत्यक्षदर्शीले नाम नखोल्ने सर्तमा बताए ।उनले भने ‘साँझ परेपछि जाँडरक्सी, गाँजा भाङ र लागुऔषध खाने समूह त्यही भेटिन्छन ।त्यस्ता युवाहरुनै चोरी,लुटपाटमा संलग्न हुने गरेकोे उनले बताए ।

   बढीजसो मावि तहमा अध्ययन गरिरहेका युवाहरु कुलतमा फसेको जानकारहरुले बताए। कतिपय अभिभावकलाई आफ्ना छोरा कुलतमा फसेको विषयमा थाहा नभएकाले सचेत गराउनैपर्ने अवस्था देखिएको उनीहरूले भने।

मलंगवाका सार्वजनिक तथा व्यस्त चौक र सडकमा प्रहरीको डिउटीको बावजुद पनि त्यस्ता दुर्व्यसनीहरु बजारका केही सार्वजनिक ठाउँलाई आफ्नो अड्डा बनाएका छन् ।त्यस्ता अड्डाहरुमा तत्कालै छापा मारेर उनिहरुलाई नियन्त्रणमा लिन सके माहोलमा केही सुधार आउने बुद्धिजीवीहरुले बताए ।

मलंगवामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको प्रबुद्ध नागरिक गाेष्ठी एवं साहित्य परिचय सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १०

   सर्लाहीको सदरमुकाम मलंगवामा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । 

    शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले यो कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दू धर्म संकटमा पर्दै गएको बताउनुभएको छ।

  कार्यक्रममा सहभागी हुन आएका अतिथिहरुलाई आयोजकको तर्फबाट जागरण अभियानका लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको परिचय वितरण गरिएको थियो ।

  मलंगवा-८ स्थित कुशुम पार्टी प्यालेसमा पुर्व मन्त्री रामचन्द्र राय यादवको सभापतित्वमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरीका पुर्व आइजीपी कल्याण तिमिल्सिना,मलंगवा नगरपालिकाका पुर्व मेयर राम स्वरुप राय यादव लगायत विभिन्न संघसंस्था, निकायका प्रतिनिधि ,साधुसंत,महात्मा र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो।

   

Saturday, April 23, 2022

सर्लाहीको पर्सामा सहारा मल्टिपर्पसको १० औं शाखा विस्तार गरि सेवा सुरु १० औं शाखा विस्तार गरि सेवा सुरु

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख १०

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेडले जिल्लाको पर्सा गाउँपालिकामा आफ्नो १० औं  शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।

   उक्त शाखाको शुक्रवार संस्थाका अध्यक्ष वसी अहमद मिकरानीले उद्घाटन गर्नुभएको प्रधान कार्यालय मलंगवाका प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिएको छ।

   पर्सा गापा स्थित मुख्य चौकमा स्थापना भएको उक्त शाखाको उद्घाटन कार्यक्रममा संचालक समितिका उपाध्यक्ष राजेन्द्र प्रसाद रौनियार,अब्दुल हसन नुरी,संजय चौधरी लगायत संचालक समिति सदस्य तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।

    संस्थाले आफ्ना सेवाग्राहीलाई शुक्रवारदेखि मलंगवा स्थित प्रधान कार्यालयबाट शनिवारको दिन समेत गरि वर्षको ३६५ दिन सेवा प्रदान गर्न सुरु गरेको प्रबन्धक गुप्ताले जानकारी दिए।

Friday, April 22, 2022

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीका पदाधिकारीहरुको दुईदिने क्षमता अभिवृद्धि तालिम मलंगवामा सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ९

   सर्लाहीको २० वटै स्थानीय तहका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको लागि  संचालित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

   उक्त कार्यक्रम  बागमती सेवा समाज नेपाल सर्लाही द्वारा संचालित शुरक्षित आप्रवासन परियोजनाको आयोजनामा बिहिबारदेखि  सुरु भएको थियो ।जिल्लाका २० वटा स्थानीय तहबाट आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका ५० जना पदाधिकारीहरुको सहभागीतामा संचालन भएको उक्त कार्यक्रममा परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गर्ने तरिकाको बारेमा जानकारी गराउनुका साथै आप्रवासी कामदारहरुको परिवारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउने विषयमा तालिम दिइएको सामीका कार्यक्रम संयोजक संतोषी थापा सुवेदीले  बताउनुभयो ।

    तालिमको दोस्रो दिन केन्द्रको ८ औं साधारणसभाको समेत आयोजना गरिएको छ।उक्त सभा मार्फत कबिलासी नगरपालिका दिनेश कुमार यादव अध्यक्ष रहने गरि आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

   केन्द्रका अध्यक्ष रामनाथ साहको अध्यक्षता तथा मलंगवा नपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको प्रमुख आतिथ्यता मलंगवा नपा-८ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा हेल्भेटास मधेश प्रदेशका प्र.संयोजक बिजय ठाकुर,कार्यक्रम अधिकृत  शिवचरण रौनियार लगायत २० वटा स्थानीय तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

   

Tuesday, April 19, 2022

सर्लाहीमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको सुनामी आयो

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ६

      नेपाली काँग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र सिंह निर्वाचित भएर आए देखि विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने मानिसहरुको सुनामी आएको छ।दैनिक जसो सयौंको संख्यामा मानिसहरु काँग्रेसमा प्रवेश गरिरहेका छन् ।

   यसै क्रममा आज सर्लाहीको चन्द्रनगर गाउँपालिका बबरगंजका पुर्व गाविस अध्यक्ष एवं लोसपा का केन्द्रीय सदस्य  चेतनारायण महतोको अगुवाइमा एक हजार भन्दा बढी मानिसहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

    नव प्रवेशीहरुलाई सभापति सिंहले अंकमाल गर्दै पार्टीमा स्वागत गरेका छन्। उनले एक चोटी फेरी सर्लाही जिल्ला काँग्रेसमय हुने विश्वास व्यक्त गरेका छन् ।

मलंगवामा निर्वाचन आचार संहिता २०७८ सम्बन्धि राजनीतिक दल र संचारकर्मी बिच अन्तरक्रिया सम्पन्न

 



लोकतन्त्र समाचारदाता-----

सर्लाही,बैशाख ६

     सर्लाहीमा निर्वाचन आचार संहिता सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको आयोजनामा मंगलबार सदरमुकाम मलंगवामा  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

     नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेका सन्दर्भमा निर्वाचन आउन मात्र २३ दिन बाँकी रहेका बेला उक्त विषयमा छलफल गरिएको हो । धाँदलीरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन कार्यान्वयन तथा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दिवाकर भुजेलले बताउनु भयो ।कार्यक्रममा उहाँले निर्वाचन सम्बन्धि आचार संहिता प्रस्तुत गर्नुभएको थियो।

   प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत सर्लाहीका न्यायाधीश  धुर्व कमार पिया प्रमुख अतिथि रहनु भएको थियो ।

    जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका निर्वाचन अधिकृतहरु , जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु , राजनीतिक दल तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Monday, April 18, 2022

५० बोरा युरिया मलसहित एक लाख भन्दा बढीको अवैध सामान बरामद

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ५

    सर्लाही  प्रहरीले १ लाख १५ हजार ५०० रुपैया  मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । 

     इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ साढे ४ बजेको समयमा  पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा न-६ स्थित पुर्वबाट सिन्धुली जिल्लाको मरिनतर्फ जाँदै गरेको  ना ४ ख १०८६ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेक जाँच गर्दा उक्त बस भित्रबाट ५० किलोको युरिया मलको बोरा ४९   वटा , विभिन्न रंगको साडी २२ वटा,कुर्ता २७ वटा र झुल ३ वटा बरामद गरेको हो ।

    बरामद गरिएका सामनहरु आवश्यक कार्यवाहीक लागि नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।


 


*महिलाहरूप्रति समर्पित*

    सुवास कर्ण----

    मलंगवा 

    सधैं अधिकार का लागि लड्दै आएका महिलाहरु ले यो वर्ष को आउने चुनावमा इतिहास बदल्नु पर्ने छ शक्ति यहाहरुको हाथमा छ अब यहाहरुले यो शक्तिलाई आफ्नो पोकोमा पार्नु हुन्छ कि फेरी उही सनातन देखि चल्दै आएको परम्परा लाई निरन्तरता दिनु हुनेछ ।नेपाल को जनगणना २०७८ अनुसार नेपाल को कुल जनसख्या २,९१,९२,४८० मध्ये महिलाको जनसख्या १,४९,०१,१६९ (५१.०४%) र पुरुष को जनसख्या १,४२,९१,३११(४८.९६%) रहेको छ। यदि महिला हरु एक जुट भए अवश्य नै सत्ता परिवर्तन का आधार बन्न सक्छ तर दुर्गा रूपी नारी को यो शक्ति लाई कसले जगाई दिने ? जाग्नु आफै पर्छ वर्षौ देखि गर्दै आएको संघर्ष को उपलब्धि लिने बेला आउँदै छ तयार रहनुस्  विजय को लागि 

         जसरी पार्टी का अगुवा नेता हरुले आफ्नो स्वार्थ पुरा गर्न का लागि कुनै पनि जुलुस सम्मेलन मा गरिबी अशिक्षा मुनि रहेका महिलाहरु लाई दुई चार सय रुपैयाँ को लोभ दिएर बाटो मा कुद्न लगाउँछन् तर त्यस जुलुस मा नेताजी को महिला आफन्त कोई हुँदैन् तर जब चुनाव को बेला आउँछ हाम्रा नेताजी हरु को घर दुलो बाट वहा हरु को सन्तान श्रीमती यहां सम्म की कोई न भए बुहारी समेत बाहिर निस्केर आफू लाई पार्टी को वफादार कार्यकर्ता भनेर टिकट लीन लगाउँछन् तर जो महिला जसले पार्टी को लागि जे गरे त्यसको कुनै मूल्यांकन हुँदैन् ।तसर्थ बेला आएको छ आफ्नो अधिकार लाई सुनिश्चित गर्ने ।फैसला यहां हरुको हाथ मा छ हरेक गाउँ बाट महिला हरु  बढी भन्दा बढि सहभागी भै चुनाव जित्ने बेला आएको छ तर रिष्टेदार नातेदार लाई हैं न् जसले महिलाहरुको आवाज लाई बुलन्द बनाउन सक्छ महिलाहरुको हक अधिकारका लागि लड्न सक्छ त्यस्ता महिला लाई अगाडि ल्याउनुस् र सता नेतृत्व गर्न लगाउनुस् ।नत्र भने एउटा भनाइ उखान छ "अब का होई पछताए जब चिरिया चुग गई खेत " फेरी पनि आउने दिनमा अधिकार का लागि लड्नु पर्ने बाध्यता न होस् ।महिला कसरी जित छ कसरी जिताउने कसरी नेतृत्व सम्म पुग्न सकिन्छ त्यसका लागि आन्दोलन छलफल गर्ने बेला आएको छ ।

सर्लाहीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ५

     सर्लाही प्रहरीले  लागुुऔषध मुुद्दाका एकजना  फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा न-११ बस्ने शेष ताहिरको छोरा नजरे आलम रहेको छ।

   आलमलाई  इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान साढे ९ बजेको समयमा  हरिवन-११ स्थित बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।       

     लागुुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई १ महिना २२ दिन कैद र ५००० रुपैया जरिवानाको  फैसला सुुनाएको थियो ।आलमलाई पक्राउ गरेर नियमअनुसार  कैद र जरिवाना असुल उपर गराउनको लागि  जिल्ला अदालत सर्लाही (मलंगवा ) मा बुझाएको प्रवक्ता बुढाथोकीले जनाएको छ।

Sunday, April 17, 2022

मलंगवाको दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ४

     सर्लाहीको सदरमुकाम मलंगवाको  दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा परि  दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कबिलासी नगरपालिका वडा न-५ निवासी ६८ वर्षीय अच्छेलाल राय यादव र कबिलासी नपा कै वडा न-९ निवासी ५८ वर्षिय शंकर राय रहेकोे प्रहरीले जनाएको छ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीका अनुसार शनिबार साँझ सवा ५ बजे मलंगवा नपा वडा न-१० जिविस चौक स्थित सोही ठाउँ बस्ने  राममोहन पंडितको छोरा १४ वर्षीय जित कुमार पंडितले चलाएको साईकलको ठक्करबाट घाइते भएको बाटो क्रस गर्दै गरेको पैदल यात्री अच्छेलाललाई राय यादवको मलंगवा स्थित जय श्री ओम हेल्थ केयर  अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

   पैदल यात्री अच्छेलाललाई ठक्कर दिने साइकल र साईकल चालक पंडितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी  बुढाथोकीले जनाएको छ।

    त्यसैगरी आइतवार साँझ सवा १२ बजे मलंगवा नपा वडा न-१२ गम्हरिया स्थित नवलपुर-मलंगवा भित्री सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको BR 06 PF 1074 नम्बरको मिनी बसले विपरीत दिशातर्फ बाट आउँदै गरेको साइकल यात्री कबिलासी नपा वडा न-९ बस्ने ५८ वर्षिय शंकर रायलाई ठक्कर दिएको छ।ठक्करबाट गम्भीर घाइते भएको शंकरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं डिएसपी बुढाथोकीले जानकारी दिए।

    दुर्घटना पश्चात् बसका चालक फरार भएको छ भने बस जिप्रका मलंगवाको नियन्त्रणमा रहेको छ।

राप्रपा नेपाल नेकपा एमालेसँग मिलेपछि राप्रपा नेपालमा प्रवेश गर्नेहरु बढे

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ४

 सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको छलफल तथा पार्टी प्रवेश कार्यक्रम आइतवार भव्यताका साथ सम्पन्न भएको छ ।

राप्रपा नेपाल सर्लाही जिल्ला अध्यक्ष-अनिल साह


    आसन्न  बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि राप्रपा नेपालका सर्लाही जिल्ला अध्यक्ष अनिल साहको अध्यक्षता तथा केन्द्रीय महामन्त्री शुसिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेकपा एमाले संग नगरपालिका, गाउँपालिका र  वडामा उमेदवारलाई कहाँ कहाँ तालमेल गर्ने भन्ने बिषयमा छलफल गरिएको छ।

     मलंगवा नगरपालिका वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा आयोजना भएको उक्त  कार्यक्रममा पर्सा गाउँपालिकाका गापा अध्यक्ष प्रत्यासी राजकिशोर यादवको नेतृत्वमा एकैसाथ सामुहिक रुपमा ४३० जना मानिसहरु विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष साहले जनाएको छ।नवप्रवेशीहरुलाई केन्द्रीय महामन्त्री श्रेष्ठले  रातो टीका र माला लगाएर स्वागत गरेका थिए।

    कार्यक्रममा सहायक महामन्त्री शशिरंजन यादब, केन्द्रीय सदस्य बासुदेब सुवेदी , ज्ञानेन्द्र साह , राजेशवरी साह , मधेस प्रदेश अध्यक्ष रामनरेश यादब,जिल्ला उपसभापति नबोध झा,जिल्ला सदस्य संजय झा लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।