Monday, October 31, 2022

तराईको मधेश प्रदेशमा हर्षोल्लासका साथ छठ पर्व सम्पन्न,यसवर्ष कोरोनाको संकट हटिसकेकोले खुलेर मनाए छठ




    संसदीय निर्वाचनका उमेदवारहरु पनि छठ घाटमा पुगेर आफ्नो लागि मत माग्दै गरेको भेटिए

 

मनोज यादव---- 

सर्लाही, कार्तिक १४ 

      तराईको मधेश प्रदेशमा लोकआस्थाको महापर्व छठ हर्षोल्लासका साथ सम्पन्न भएको छ।बर्तालुहरु लगातार चार दिनसम्म निराहार बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्ध दिएर छठ पर्व सम्पन्न गरेका हुन्। 

     पहिलो दिन नहाय खाय,दोस्रो दिन खरना तेस्रो दिन अस्ताउँदो तथा चौथो र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व विधिवत रुपमा सम्पन्न हुने गर्छ। 

   चार दिवसीय छठ पर्वमा तेस्रो दिनलाई मुख्य दिन मानिन्छ ।यो पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्न–पानीको भोकै बस्नुपर्छ । पहिलो दिन जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै मूल दिन जसलाई सँझिया घाट पनि भिनिन्छ मा ठेकुवा, भुसवा,खजुरीया ,केराको घउर,ऊखु,भोगटे,अदुवा,स्याउ लगायतका फलफुलको साथै माटोको हात्ती, सुप, कनसुपती, कलश सहितको घैंटो आदि सामाग्रीहरुको स्वच्छता र पवित्रता पूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।संझिया घाटको दिन अर्घ दिइसके पछि बर्तालु महिला र पुरुषहरु राति घाटमै जाग्राम बस्ने गर्छन भने कोही सूर्यलाई अर्घ दिन भनि ल्याएको परसादहरु लिएर आआफ्नो घरमै जान्छन् । त्यसको भोली पल्ट पनि यसैगरी उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

   छठ यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी अर्थात अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व गर्नाले विभिन्न रोगहरुको नास हुने र निसन्तान दम्पतिले सन्तान प्राप्ति गर्ने जनविश्वास रहि आएको छ।

   पछिल्लो समय  छठ पर्व तराई मधेशमा मात्र नभइ मधेसी समुदायको देखासिखी र यस प्रतिकोआस्थाले गर्दा काठमाडौमा समेत मनाउन थालिएको छ।

    यसअघिको दुईवर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र देशव्यापी लकडाउनका कारण खुलेर छठ पर्व मनाउन नपाएका मानिसहरु यसवर्ष निर्धक्कका साथ पर्व मनाएका छन् ।

    आगामी मंसिर ४ गतेको लागि चुनावी मैदानमा उत्रिएका उमेदवारहरु पनि छठ घाटमा पुगेर आफ्नोलागि मत मागेको देखिएका थिए।


हाम्रो उमेदवारी जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा रहेको जसपा र एमाले गठबन्धनका साझा उमेदवार राजनारायण साह तथा अशोक यादवको भनाई

 


हाम्रो उमेदवारी जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा रहेको  जसपा र एमाले गठबन्धनका साझा उमेदवार राजनारायण साह तथा अशोक यादवको भनाई 

     जनताको समस्या बुझ्न घरदैलोमा सकृय 


मनोज यादव---

सर्लाही,कात्तिक १४

     विगत २५ वर्ष भन्दा पनि बढी समयदेखि विकाशको अनुभूति गर्न नपाएका  सर्लाही  क्षेत्र न-२ का जनताहरुले अब परिवर्तन चाहेकाले जनतालाई  विकासको अनुभुति गराउन  जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा आफुहरुले उमेदवारी दिएको संसदीय निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा उमेदवार राजनारायण  साह र क्षेत्र न-२ (ख)बाट प्रदेश सभा उमेदवार अशोक यादवले बताएका छन।

     यसअघिका  ब्यक्तिले विकास लगायतका कामहरु गरेर देखाउन नसकेपछि अबको चुनावमा यस क्षेत्रका जनताहरुलाई बिकासको अनुभुति दिलाउन र जनचाहना अनुसारको काम गर्न जसपा र एमाले गठबन्धनको साझा उमेदवारको रुपमा नेकपा एमालेको सुर्य छाप र प्रदेशको लागि जसपाको छाता छापबाट उमेदवार बनेका हौं ,साहले बताएका छन् । 

     नेता साहलाई जिल्लामा झण्डै चार दशकभन्दा बढी समयदेखिविद्यमान जर्जर अवस्थाको बारेमा जानकारी गराउँदै यस्तो अवस्था किन आएको भनि प्रश्न गर्दा उहाँले केही गलत तथा  स्वार्थी नेताहरुका कारण यस्तो अवस्था आएको बताए ।यस्ता गलत प्रवृत्तिका नेताहरुलाई परास्त गर्न हाम्रो पार्टीले स्पष्ट भिजनहरु ल्याएको छ।नेकपा र जसपाको गठबन्धनबाट बनेको सरकारले पहिलो नम्बरमा उपेक्षित समुदायको हकअधिकारको सुनिश्चितता गर्ने,दोस्रो नम्बरमा बाहिरी शक्तिबाट परिचालित भई राजनितीक रुपमा अगाडी बढेर सोझासाझा जनतालाई मुर्ख बनाउँदै आएका केही ठुला  नेताहरुका कारण धारासायी बनेको विकास निर्माण,शिक्षा,स्वस्थ्य ,रोजगारी ,कृषि लगायतका कामहरु जनचाहना अनुसार अगाडी बढाउँदै जाने स्पष्ट पारेका छन् ।

     प्रदेश सभाका उमेदवार यादव र मेरो विचारधारा एकसामान रहेकोले आफुहरु  सँग जनतालाई ठग्ने र ढाँट्ने काम नहुने उनले बताए ।उनले ठगको कुनै पहिचान नभएकोले त्यस्ता ठगको पछाडी नलाग्न जनताहरु सँग आग्रह समेत गरेका छन् ।जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको पछाडी नलाग्न समेत उनले आग्रह गरेका छन् 

     उहाँहरु अहिले घरदैलो कार्यक्रम मार्फत आफ्नो योजनाहरु सुनाउँदै २५ वर्षको लामो समय अरुलाई दिएर त्यसको परिणाम देखिसकेका जनताहरुसँग राम्रो परिणामको लागि  मात्र ५ वर्षको समय मागेका छन् ।

  

    

सामाजिक अभियान र राजनीतिको कनेक्सन नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय

 

नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय




मनोज यादव---

सर्लाही,कात्तिक १४

    सर्लाहीको संसदीय  निर्वाचन क्षेत्र -३(ख) को चुनावी दौडमा समाजिक अभियन्ताको रुपमा सुपरिचित सरोज राय अग्रपंक्तिमा रहेको छ।

    मधेश प्रदेशको सर्लाही ३ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका रायले जनता समाजवादी पार्टी नेपालबाट टिकट लिएर चुनाव लड्ने सोचमा हुनुहुन्थ्यो तर सो पार्टीबाट उहाँले टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। तराई मधेशमा मात्र होइन, उहाँ देशभरमै एउटा समाजिक अभियनताको रुपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न विपदमा सहयोग जुटाउनेदेखि लिएर वैदेशिक रोजगारमा गई समस्यामा परेका ब्यक्तिहरुको उद्धार गर्दैआउनु भएको छ ।

    उहाँले समाजमा कसैलाई कुनै आपत्त बिपत्त परेको छ भने त्यसबाट उद्धार गर्न अगाडी बढ्ने गरेको स्थानीयहरुले बताएका छन् । चाहे कोही विरामी परेको होस् या कसैको घरको झगडा होस् अथवा प्रहरी प्रशासनबाट पिडित भएको होस् उहाँ अरुको दु:खलाई आफ्नै दु:ख सम्झेर  त्यसको समाधानका लागि अघाडी आउनु हुन्छ क्षेत्र न-३ का जनताहरु बताउँछन् ।

    मधेश प्रदेश सरकारसँग सहिद परिवार र सुकम्वासीहरुका लागि लडेको धेरै भएको छैन । तर  जेजति कामहरु गरिरहेको छु त्यो सब देशको व बिग्रेको अवस्था सुधार्नका लागि गरिरहेको छु उहाँले भन्नुभयो।यदि देशको सिस्टम ठिक भयो भने हामी जस्ता सामाजिक अभियन्ताको कुनै काम नै हुँदैन । त्यसैले नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।’

Sunday, October 30, 2022

सर्लाहीमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन ,कतै लाउड स्पिकरमा प्रचार हुँदै ,कतै साडी वितरण चल्दै

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १३

     सर्लाहीमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन भइरहेको पाइएको छ।

    राजनीतिक दल तथा उमेदवारहरु लाउड स्पिकरको चर्को ध्वनीमा प्रचार बजाई रहेका छन् भने कतै छठ पर्वको बहानामा आआफ्नो क्षेत्रका मतदाताहरुलाई रिझाउन साडीहरु वितरण गरेर  निर्वाधरुपमा निर्वाचन आचार संहिताको उल्लंघन गरिरहेका छन। 

   सर्लाहीमा  ४ वटा संसदीय निर्वाचन क्षेत्रहरु रहेका छन् । 

 

Saturday, October 29, 2022

जनताको घरदैलोमा स्वतन्त्र उमेदवार एवं युवा समाजसेवी सरोज राय /सर्लाही क्षेत्र न-३(ख) मा पुराना उमेदवारको भन्दा रायको क्रेज बढ्दै


 जनताको घरदैलोमा स्वतन्त्र उमेदवार एवं युवा समाजसेवी  सरोज राय /सर्लाही क्षेत्र न-३(ख) मा पुराना उमेदवारको भन्दा रायको क्रेज बढ्दै 


मनोज यादव---

सर्लाही,कार्तिक १२

     मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका  नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न  विभिन्न तरिकाले प्रचार प्रसारमा उत्रिएका छन्। तर मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा सर्लाही क्षेत्र न-३ (ख) का जनताहरुको झुकाव समाजसेवी युवा नेता सरोज यादवतर्फ रहेको देखिएको छ।

    सो क्षेत्रबाट चुनाव लडेका अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि  समाजिक सेवामा सकृय रहेका सामाजिक अभियन्ता रायको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको राय निकटका व्यक्तिहरुले बताएका छन् ।

     आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफुहरु कुनैपनि प्रलोभन तथा छलकपटमा नपरी क्षेत्र न-३(ख)को नेतृत्व गर्न समाजिक अभियन्ता रायलाई अत्याधिक मतले विजयी गराई प्रदेश सभामा पठाउने निर्णय गरिसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।

     सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर प्रदेश सभा क्षेत्र नम्वर ३ (ख)बाट चुनावी मैदानमा उत्रिएका राय क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ ।उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको छ।

     सो क्षेत्रमा उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका उमेदवार  हरेश महतो र जनता समाजवादी पार्टीका  उम्मेदवार  संजय कुमार यादव बिच रहेको भएपनि रायको चर्चा महतो र यादवको भन्दा बढी रहेको छ ।

     सरोज रायको जितबाटै क्षेत्रको कायापलट हुने भएकोले उहाँलाई मतदान गर्न बुद्धिजीवीले सबैसँग अनुरोध गरेका छन् । 

   समाजिक सेवामा आफ्नो जीवन अर्पण गरेका रायले स्वतन्त्र उम्मेदवारी दिए पछि सो क्षेत्रका जनताहरुमा अब केही हुन्छ कि भनेर आशा पलाएको देखिएको छ। 

  

Friday, October 28, 2022

सर्लाहीको ब्रम्हपुरीमा निशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविर

 साढे ८ सयभन्दा बढी बिरामीले सेवा लिए



मनोज यादव---

सर्लाही,कात्तिक ११

     नेपाल भारत सिमासँग जोडिएको सर्लाहीको  ब्रह्मपुरी गाउँपालिकामा निशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविर संचालन  गरिएको छ ।   

     गैरआवासीय ब्रम्हपुरीबासीको आयोजनामा शिविर भएको हो । ब्रम्हपुरी स्थित श्री जलधर कमलदेव नमुना माविको प्रांगणमा शुक्रवार आयोजना भएको शिविरमा स्त्रीरोग,बालरोग,मुख तथा  दन्तरोग,आँखा रोग, छाती र जनरल सम्बन्धी सेवा दिइएको आयोजकले जनाएको छ।  शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुको लागि प्रादेशिक अस्पताल मलंगवाले अस्पतालका अध्यक्ष सतिष साह र मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झाको पहलमा नि:शुल्क  औषधिको व्यवस्था गरेका थिए,भने यस पालिका अन्तर्गतको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुको व्यवस्था गरेका थिए।

शिविरमा प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएका सुरक्षाकर्मीहरुको पनि सकृय सहभागीता रहेको थियो।

     जागिर तथा कामकाजको सिलसिलामा ब्रम्हपुरी गाउँपालिकाबाट बाहिर बसोबास गरिरहेका ब्यक्तिहरुको सहयोगले गाउँमा सामाजिक गरिविहरु संचालन गर्ने उदेश्यले गठन गरिएको गैरआवासीय ब्रह्मपुरीबासी संस्थले यसअघि कोभिड-१९ को पहिलो चरणको बेला सामाजिक जनचेतना बढाउने ,उत्पिडित उत्थान प्राथमिक विद्यालय ब्रम्हपुरी-२ मा अध्यनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमहरु संचालन गरिसकेको संस्थाका संयोजक  ई.रितेश कुमार साहले बताएको छ।

    शिविरमा डा.आशा झा,डा.राकेश कुमार सिंह,डा.अजय कुमार साह,डा.निरन्जन महतो,डा.सशिरन्जन राम,डा.संगम सिंह, डा.सचिन यादव,डा.चन्दन सिंह र डा.रामनारायण साहले सेवा दिएका थिए । 

 उक्त शिविर मार्फत  जेनरल फिजिसियनतर्फ ४१७ जना,स्त्री तथा बालरोगतर्फ ९० जना,दन्तरोगतर्फ ६० जना,हड्डी रोगतर्फ ८० जना बिरामीहरुले सेवा लिएका थिए भने २२५ जनाको सुगर जाँच गरिएको थियो।साथै सोही शिविरमा संचालन भएको रक्तदान शिविरमा १४ जना ब्यक्तिहरुले रगत दान गरेको संयोजक  ई.साहले  जानकारी दिएको छ।        शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त शिविरमा ८८६ जना बिरामीहरुले निशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधी वितरणसम्बन्धी सेवा लिएका थिए।                                 


     

समाजसेवामा सकृय सरोज राय सर्लाही निर्वाचन क्षेत्र न-३ को (ख) बाट प्रदेश सभाका लागि भिड्दै

 



मनोज यादव---

सर्लाही,कार्तिक ११

    विगत लामो समयदेखि  समाजिक सेवामा सकृय सामाजिक अभियन्ता सरोज राय राजनीतिमा सकृय भएका छन् । 

     राय सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर प्रदेश सभा क्षेत्र नम्वर ३ (ख)बाट चुनावी मैदानमा उत्रिएका हुन्।उहाँ क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ ।उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको उहाँका निकटतम ब्यक्तिहरुले जनाएका  छन् ।

     सो क्षेत्रमा उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका उमेदवार  हरेश महतो र जनता समाजवादी पार्टीका  उम्मेदवार  संजय कुमार यादव बिच रहेको भएपनि रायको चर्चा महतो र यादवको भन्दा बढी रहेको छ ।

    आम जनताहरुको बीच राजनीतिक  दलहरु प्रतिको बितृष्णा बढदै गएको अवस्थामा  समाजिक सेवामा आफ्नो जीवन अर्पण गरेका रायले स्वतन्त्र उम्मेदवारी दिए पछि सो क्षेत्रका जनताहरुमा अब केही हुन्छ कि भनेर आशा पलाएको उहाँ निकटका ब्यक्तिहरुले बताएका छन् । 

  

Wednesday, October 26, 2022

संघीय शिक्षक फोरममा आबद्ध सर्लाहीका चार दर्जन भन्दाबढी शिक्षकहरु एकैसाथ नेपाल शिक्षक संघमा प्रवेश

 



 

क्षेत्र न-२(ख)मा प्रदेश सभाको लागि कौशल किशोर यादवलाई सघाउने प्रतिबद्धता 

मनोज यादव----

सर्लाही,कात्तिक ९

     संघीय शिक्षक फोरममा आबद्ध  सर्लाहीका चार दर्जन भन्दा बढी शिक्षकहरु सामुहिक रुपमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।

   नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीले नेपालीहरुको महान पर्व शुभ दिपावली,छठ तथा मुस्लिमहरुको साबान(सबेबारात)पर्वको अवसरमा बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको  शुभकामना आदानप्रदान कार्यक्रमका बिच उनीहरू   एकैसाथ संघमा प्रवेश गरेका हुन ।

    नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष यमनाथ उप्रेतीको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघीय शिक्षक फोरमका अध्यक्ष रामबाबु राय,उपाध्यक्ष दिपेन्द्र राय यादव,सचिव अनिल यादव,कोषाध्यक्ष महेन्द्र सिंह जितेंद्र लाल दाससहित जिल्लाका विभिन्न स्थानीय तहका नगर अध्यक्ष,सदस्यहरु लगायत ५० जना भन्दाबढी शिक्षक शिक्षिकाहरुलाई संघका अध्यक्ष उप्रेती र प्रमुख अतिथि यादवले टीका लगाएर संघमा स्वागत गरेका छन् ।

    पार्टी प्रवेश गरिसकेपछि कार्यक्रममा बोल्दै नव प्रवेशी  सदस्यहरु ने.शि.संघमा आबद्ध रहँदा पनि अन्य संगठनका पेशागत  शिक्षकहरुको हकहित र अधिकारको लागि  समेत आवाज उठाउँदै आएका  नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कौशल किशोर यादव मधेस प्रदेश सदस्य पदको लागि सर्लाहीको निर्वाचन क्षेत्र न-२(ख) बाट चुनावमा उठेकाले उनलाई जिताउन जिल्लाभरीका शिक्षकहरु एकजुट भएर तन,मन,धनका साथ लाग्ने बताएका छन् ।उनले लगातार तीन पटकसम्म  जिल्ला अध्यक्षको पदमा रहेर सफलतापुर्वक  संघको कार्यभार सम्हालिसक्नु भएको छ। कार्यक्रममा यादवको काम गर्ने शैली, सरल व्यवहार र आफ्ना समकक्षी पेशाकर्मीहरु प्रतिको त्यागबाट आफुहरु प्रभावित भएको र प्रदेश सांसदको लागि यादव बाहेक अरु कुनै विकल्प नभएकोले उहाँलाई चुनावमा सघाउन रत्तिभर पछाडि नहट्ने उनीहरूले प्रतिबद्धता  ब्यक्त गरेका छन् ।यादवको जितमा नै सम्पूर्ण शिक्षकको जित हुने,उनीहरूको भनाई छ।

     मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका   विशिष्ठ अतिथि नेपाली काँग्रेस सर्लाहीका  पुर्व सभापति एवं पुर्व सांसद लक्षमण राय,पुर्व सांसद रामचन्द्र चौधरी ,क्षेत्रीय उपसभापति नवीन अधिकारी,नेपाली काँग्रेस युवा नेता बिनोद खनाल, कबिलासी नगरपालिकाका नगर प्रमुख ब्रह्मदेव राय,नेपाल शिक्षक संघ सर्लाही सचिव मनोज शर्मा,नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य बद्री नारायण मिश्र,संघीय शिक्षक फोरम सर्लाही अध्यक्ष रामबाबु राय लगायतका अतिथिहरु दिपावली ,छठ तथा सबेबारात पर्वको शुभकामना दिँदै  मंसिर ४ गतेको चुनावमा प्रदेश सभा सदस्य उमेदवार यादवसहित गठबन्धनका अन्य  साझा उमेदवारहरुलाई पनि सघाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

   कार्यक्रममा सहभागी हुन आएका  शिक्षकहरु गठबन्धनका साझा उमेदवार प्रति सकारात्मक तथा चुनावका लागि  निकै उत्साहित देखिएका थिए।


  


Monday, October 24, 2022

क्षेत्राधिकार बाहिर गएर देशको संविधान विपरीत मुस्लिमलाई मधेसीमा राख्न सिफारिस गरेको भन्दै मुस्लिम आयोगका सदस्य माननीय मो.समसुल हकद्वारा आपत्ती

 




    मुस्लिमको पहिचान मेट्न खोजेको हक को आरोप

लोकतन्त्र समाचारदाता---          सर्लाही,कात्तिक ७

    नेपालको संवैधानिक व्यवस्था विपरीत मधेसी आयोगले  मुस्लिमलाई पनि मधेसीमै सूचीकृत गर्न सिफारिस गरिएको भन्दै मुस्लिम आयोगका सदस्य माननीय मो.समसुल हकले  घोर आपत्ती जनाएको छ।

    नेपालमा मुस्लिम आयोग हुँदाहुँदै पनि आफ्नो  क्षेत्राधिकार बाहिर गएर देशको संविधान विपरीत गरेको यस किसिमको सिफारिसले मुस्लिमहरुको पहिचान मेटिने खतरा बढेको मुस्लिम आयोगका सदस्य हकले बताएका छन्। उनले मुस्लिम आन्दोलनको अवमूल्यन भएको र मुस्लिमहरुको पहिचान नै मेट्न खोजेको आरोप लगाएका छन्।

  नेपालको संविधान, २०७२ ले मुस्लिमसहित आठ क्लस्टरलाई ‘समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक’ रहने व्यवस्था गरेको छ । तर, मधेसी आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सरकारलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै मुस्लिमलाई पनि मधेसीमा सूचीकृत गर्नको लागि सिफारिस गरेको छ। नेपालमा अन्तरिम संविधान, २०६४ मा आरक्षणको व्यवस्था गर्दा तत्कालीन अवस्थामा  मुस्लिमलाई पनि मधेसीमा राखेर २२ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । लोक सेवामार्फत हुने पदपूर्तिमा हाल पनि सोही व्यवस्था कार्यान्वयनमा छ । तर, निर्वाचनको समानुपातिकतर्फ मधेसीको आरक्षण २२ प्रतिशतबाट घटाएर १५.३ प्रतिशत कायम गर्दै थारू र मुस्लिमलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकामा मधेसी आयोगको सिफारिसले थारू र मुस्लिम आयोगले आपत्ति जनाएका हुन् । थारू आयोगले त विज्ञप्ति नै जारी गरेर विरोध जनाएको हकले बताएका छन् ।

   ‘निर्वाचनमा  मुस्लिमको छुट्टै नयाँ कलस्टर कायम भइसकेको छ।  ‘तर, मधेसी आयोगले मुस्लिम  आन्दोलनको पहिचान मेटाउने गरी मुस्लिमलाई मधेसीमा राख्न सिफारिस गरेको छ, तर हामी(मुस्लिम) मधेसी होइनौँ, हाम्रो छुट्टै पहिचान छ ’आयोगका सदस्य हकले भने।

    अन्तरिम संविधानमा आरक्षणको व्यवस्था गर्दा मुस्लिमलाई मधेसीमा राखेपछि मुस्लिम  समुदायले आन्दोलन गरेका थिए । सोही आन्दोलनको आधारमा  सरकारसँग २०६५ मा सम्झौता भएको थियो। अन्तरिम अवस्थामा यही व्यवस्थालाई कायम रहन दिने । तर, नयाँ संविधानमा छुट्टै क्लस्टर कायम गर्ने ।सोहीअनुसार ०७२ को संविधानमा मुस्लिमलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएको थियो । ‘संविधान जारी भइसकेपछि निजामती सेवा ऐन पनि सोहीअनुसार आउनुपर्ने हो । तर, निजामती सेवा ऐन पनि नआएको र पुरानै व्यवस्था लागू रहेका वेला मधेसी आयोगले फेरि २०६५ को अन्तरिम व्यवस्थाका लागि सिफारिस गर्न मिल्दैन,’ सदस्य हकले भने, ‘केही मान्छेको निहित स्वार्थका कारण यस्तो सिफारिस भएको हो,"।

    मुस्लिमको अलग्गै  पहिचान छ, मधेसी भनेर कहिल्यै पनि स्वीकार गरेका छैनन् । भाषा, संस्कृतिका आधारमा पहिचान छुट्टिन्छ ।’ आदिवासी–जनजाति, थारू, मधेसी र मुस्लिम आयोग पनि २०७२ को संविधानपछि कार्यान्वयनमा आएका हुन्,उनले बताए ।

Sunday, October 23, 2022

कौडेना गाउँपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुको लागि आपतकालिन कार्य संचालन केन्द्र स्थापना र संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक ६

     सम्मुनत कार्यक्रम अन्तर्गत कौडेना गाउँपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुको लागि  स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना र संचालन सम्बन्धि एकदिने  अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ ।

      राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा उक्त   कार्यक्रममा सम्पन्न भएको हो।

    आयोजक संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहको अध्यक्षता तथा कौडेना गा.पा का उपाध्यक्ष नगिना देवीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका बरिस्ठ अधिकृत न्यौपाने सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो।

   न्यौपानेले सहभागीहरुलाई विपद सम्बन्धि सब्दावली,प्रकोप,विपद जोखिम,संकटासन्नता, क्षमता तथा विपद सम्बन्धि नितिगत व्यवस्था तथा एल.ई.वो.सी को स्थापना,संरचना र काम,कर्तव्य ,अधिकारको विषयमा सचेतना गराएका थिए।

   कार्यक्रममा कौडेना गा.पा का प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवसहित१ देखि ७ वटा वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो।


Friday, October 21, 2022

केपी ओलीको प्रतिगामी कदमलाई परास्त गर्न गठबन्धन बनेको हो:-पुर्व मन्त्री एवं प्रतिनिधि सभा उमेदवार महेन्द्र राय यादव

 

  चुनाव पछि सन्यास लिने पुर्व मन्त्री रायको घोषणा



मनोज यादव---

सर्लाही,कात्तिक ४

       ओलीको प्रतिगामी कदमलाई परास्त गर्न चारदलिय गठबन्धन गरिएको पुर्व मन्त्री एवं गठबन्धनका शाझा उमेदवार महेन्द्र राय यादवले बताउनुभएको छ।नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली तथा छठ पर्वको अवसरमा गठबन्धनको शाझा उमेदवार मलंगवाले आयोजना  गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

   यो गठबन्धन चुनावसम्मको लागि मात्र नभई यसले लामो यात्रा तय गर्ने भएकोले यो सदाको लागि रहने सर्लाही निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार यादवले बताउनुभयो।केपी ओलीका कारण देशमा आएको राजनीतिक अस्थिरतालाई स्थिर बनाउन गठबन्धन गरिएको उहाँले भन्नुभयो।

अन्तिम पटकको लागि चुनावमा उठेको र यो चुनाव पछि सन्यास लिने  जानकारी गराउँदै उहाले गठबन्धनमा आबद्ध चारैवटै दलका नेता,कार्यकर्ताहरुलाई क्षेत्र न-२(ख) बाट प्रदेश सभा सदस्यको लागि गठबन्धनको शाझा उमेदवारको रुपमा उठ्नु भएका कौशल किशोर रायलाई चुनावमा सघाउन समेत अनुरोध गर्नुभयो।

    सोही अवसरमा बोल्दै पुर्वमन्त्री रामेश्वर राय यादवले प्रतिगमनकारी शक्ति ,ब्यक्ति र तत्वले समयसमयमा भएको आन्दोलनमा आफ्नो ज्यानको आहुती दिएर ल्याएको  देशको सम्पूर्ण परिवर्तनलाई उल्टाएर पुनः पुरानै अवस्थामा लैजान गरेको षड्यन्त्रको विरुद्धमा बाध्य भएर गठबन्धनको स्वरुपमा आएको बताउनुभयो ।यदी हामीले साँच्चिकै परिवर्तन चाहेका छौ भने पछिल्लो समयमा एकअर्का बीच रहेको रिष,वैरभाव र दुश्मनीलाई बिर्सेर सहिदहरुले ल्याएको परिवर्तनलाई टिकाई राख्न सच्चा दिलले गठबन्धनको उमेदवारहरुलाई जिताउन उहाँले सबैसँग आग्रह गर्नुभयो।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित शिवसागर चौकमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका पुर्व सभापति एवं पुर्व सांसद लक्ष्मण राय,प्रदेश सभा उमेदवार कौशल किशोर यादव,माओवादी केन्द्रका डा.अब्दुल रहिम मिकरानी,नागेश्वर राय,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठ,नेकपा समाजवादीका नरेन्द्र राय,दयाकान्त मिश्र,नरेन्द्र  खिडहरीले आआफ्नो मन्तव्य राखेका थिए।

    चन्द्र किशोर साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गठबन्धनका नेता विनय कुमार यादवले गरेका थिए।कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र राय लगायत गठबन्धन अन्तर्गतका चारैवटै दलका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Thursday, October 20, 2022

सर्लाहीको बागमती नगरपालिका स्थित सगुन सहकारीमा भएको गाेलीकाण्डका आराेपीहरु पक्राउ ,घटनामा ३ भारतीयसहित १ नेपाली संलग्न

 


सर्लाहीको बागमती सर्लाहीको बागमती नगरपालिका स्थित सगुन सहकारीमा भएको गाेलीकाण्डका आराेपीहरु पक्राउ ,घटनामा ३ भारतीयसहित १ नेपाली संलग्न

मनोज यादव---

सर्लाही,कात्तिक ३

  बुधबार बिहान सर्लाहीकाे बागमती नगरपालिका वडा न-१ मिलनचाेकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रमा लुटपाट गर्न आएका लुटेराहरु पक्राउ परेका छन् ।

    पक्राउ पर्ने भारतीय नागरिकहरुमा बिहार राज्यकाे जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा वडा नं. ८ बस्ने भुषण सिंहको छोरा १९ वर्षीय रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्याेगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा नं. १० बस्ने अरबिन्द कुमार यादवको छोरा १९ वर्षीय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा नं. १२ निबासी अरुण सिंहको छाेरा १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका वडा नं-१ निवासी सोनफी सहनीको छोरा ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन् ।लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा उनीहरुले  सेवा केन्द्रका शाखा प्रबन्धक साजन कार्की माथि गोली चलाएर गम्भीर घाइते बनाएका थिए।

    उनीहरू चारैजनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय मलंगवाकाे संयुक्त टाेलीले  पक्राउ गरेकाे सर्लाही प्रहरी प्रमुख  प्रहरी उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिए । चारजना मध्ये रेहान भन्ने आलोक,सौरभ र गुलसनलाई आज (बिहीबार) बिहान सवा१२ बजेको समयमा जिल्लाकै बलरा न.पा वडा न-३ लक्ष्मीपुरबाट र डिजे भन्ने धिरेन्द्रलाई साढे १२ बजे धनकौल गा.पा वडा न-१ स्थितबाट पक्राउ परेको  प्र.उ पोखरेलले जनाएको छ।

  बुधबार बिहान सवा ११ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर ३ जनाकाे समूहमा आएका लुटेराहरु गोलीकाण्ड पछि सोही मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए ।

   गोली लागेर गम्भीर घाइते भएका लालबन्दी नगरपालिका वडा न-२,जुटपानी निवासी कार्कीकाे अहिले ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा राखेर थप । अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

Wednesday, October 19, 2022

उमेदवारहरु घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त


 मतदाता रिझाउन नयाँले गर्ने योजना सुनाउँदै ,पुरानोले गरेको योजना सुनाउँदै

मनोज यादव---

सर्लाही,कात्तिक २

   प्रतिनिधि सभा तथा प्रदेश सभाको  निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाहीका  उमेदवारहरु आफ्ना समर्थकहरुको साथमा घरदैलो र मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन् ।

    सबैभन्दा धेरै मतदाता  गाउँघरमै भेटिने भएकाले उमेदवारहरु पनि मतदाताहरुलाई रिझाउन गाउँ केन्द्रित बनेपछि  सदरमुकाम मलंगवा लगायत जिल्लाका व्यापारिक केन्द्रहरू यतिबेला सुनसान बनेका छन् ।शहरको भन्दा गाउँमा चुनावी रौनक बढेको छ । सबै दलका उम्मेदवारहरू गाउँमा पुगेपछि चुनावी रौनक छाएको हो ।

    नजिकिँदै गरेको दिपावली तथा छठ पर्वको बाबजुद पनि दलहरूले आफ्ना सबै चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित गरेका छन् । राजनीतिक दलहरु दिनहुँजसो चुनावी कार्यक्रमहरू गरिरहेका छन् । चुनावले गाउँमा चहलपहल बढाएको छ। यतिबेला पुराना तथा नयाँ नेताहरू बीच मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्ने होडबाजी नै चलेको छ।

    अहिले ४०-५० जना कार्यकर्ताहरुलाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,लावालस्कर सहित तीनचार वटा चारचक्के गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू जनताको घरघरमा    आउने गरेको स्थानीयहरुले बताए ।

    यसअघि निर्वाचित भइसकेका नेताहरु आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा बताउँदै भोंट मागिरहेका छन् भने पहिलोपटक उमेदवार बनेका नयाँ नेताहरु आफुले जितेको खण्डमा गर्ने काम र घोषणापत्र सुनाएर मतदाताहरु सँग भोंट मागिरहेका छन् । दल तथा उमेदवारका कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म प्रचारप्रसारमा होमिएका छन् । अहिले गाउँमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरू पनि बढेका छन् । कुनै पार्टीका उम्मेदवार एक ठाँउमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ ।

    यसपटकको चुनावमा दलिय गठबन्धनका कारण पार्टीगत उमेदवारहरु कम भएकाले अधिकांश  स्वतन्त्र रुपमा उमेदवारी दिएका युवाहरु चुनावी मैदानमा उत्रिएका छन्। जसले गर्दा मतदाताहरुमा उत्साह जागेको छ। दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिएका छन् । पटकपटक चुनावमा जिताएर पठाएका नेताहरुले जनताको मनजित्ने एउटा पनि काम नगरेकाले उनीहरू माथि पुनः विश्वास गर्ने भरपर्दो आधार नभएको स्थानीय युवाहरुले बताए ।

   उता उमेदवारहरु मत माग्दै डुलिरहेका छन् भने यता स्थानीयहरु बिच फेरी पनि पुरानै नेतालाई जिताउने कि नयाँलाई मौका दिने भन्ने विषयमा चर्चापरिचर्चा चलिरहेको छ।

सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोस सहकारीका शाखा प्रमुख घाइते



सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोस सहकारीका शाखा प्रमुख घाइते

मनोज यादव---

सर्लाही, कार्तिक २

    सर्लाहीको बागमती नगरपालिका वडा न-१ मिलन चौक स्थित सगुन साकोस नामक सहकारी  संस्थामा लुटपाट गर्न आएका लुटेराहरुको समूहले चलाएको गोली लागेर उक्त संस्थाका शाखा प्रमुख गम्भीर घाइते भएका छन् ।

   घाइते हुनेमा लालबन्दी नगरपालिका वडा न-२ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् । उनको काँध, पाखुरा, तिघ्रा र कोखामा गरी चार ठाउँमा गोली लागेको छ । उनलाई हरिवनस्थित एडभान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि सिमरा हुँदै हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

    आज(बुधबार)बिहान कार्यालय समयमा भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका तीनजना लुटेराहरुले सो शाखामा भएका नगद रकम लुट्न खोजे पछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न  खोज्दा उनीहरुले चलाएको गोली लागेर कार्की घाइते भएको संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरेलाई उद्रित गर्दै प्रहरीले जानकारी दिएको छ।

    अध्यक्ष घिमिरेका अनुसार शाखा प्रमुख कार्की विहान समयमै कार्यालयमा हाजिर भएका थिए। उनले ४ जना सेवाग्राहीसँग कारोवार समेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुटन खोज्दा उक्त घटना हुन पुगेको हो।लुटेराहरुले रकम भने लुट्न नपाएको घिमिरेले बताए ।

   गोली प्रहार गर्ने लुटेराहरु भने फरार भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tuesday, October 18, 2022

मलंगवा नगरपालिकाको विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’

 


मलंगवा नगरपालिकाको विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’/सडकमा पानी छर्किन बन्द भएपछि दिनहुँ धुलो खान बाध्य मलंगवाका जनता 

मनोज यादव---

सर्लाही,कात्तिक १

   ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं  सरकारी स्तरबाट विकास निर्माणका काममा कतिसम्म लापरबाही हुन्छ  हुन्छ भन्ने कुराको उदाहरण सर्लाहीको सदरमुकाम मलंगवाका गल्लीहरुमा बिजुली तथा टेलिफोनको पोलहरु नसारी कनै बनेका ढलान सडकबाट प्रष्ट हुन्छ।मलंगवा न.पा वडा न-९ बालमन्दिर चौकदेखि उत्तरतर्फको मासु गल्लीमा बनेको भित्री सडकले निर्माण कार्यमा हुने लापरबाहीलाई प्रष्ट्याएको छ ।

   पक्की (पिसिसी) गरिएको सडकको बीच भागमा विद्युतका पोलहरु जस्ताको त्यस्तै छन् । यस्ता पोलहरुका कारण दुर्घटनाको जोखिम बढेको छ।

    मलंगवा बजार र गल्लीहरुमा बनेका अधिकांश पक्की(पिसिसी) सडकहरु मापदण्ड अनुसार नबनेको स्थानीयहरु बताउँछन् ।

     मलंगवा न.पा को वडा न-९ मा बनेको पक्की सडकको मात्र नभई वडा न-३,४ ,८ ,५,६ मा बनेका सडकहरुको अवस्था बिजोग छ। हतारहतारमा सडक बनाउने क्रममा पोलहरु नसारिएका कारण सडको बीच भागमा परेका ती पोलहरुमा सवारीसाधन  ठोकिएर दर्जनौं दुर्घटनाहरु भइसकेको स्थानीयहरुले बताएका छन् ।

    वडा न-९ को मासु गल्लीमा पान पसल संचालन गरेका सुनिल कुमारले सडक पक्की बनेपनि  नयाँ बनेको सडकको बीचमा छाडिएका विद्युत पोलले दुर्घटना बढाएको गुनासो गरे। विद्युतको पोल बीच बाटोमा परेका कारण आवतजावतमा पनि समस्या भएको उनले बताए ।   

                                 केही महिना अगाडि नगरपालिकाले दिनको २ देखि ३ पटकसम्म ट्याङ्कर द्वारा सडकमा पानी छड्किने काम गर्दै आएकोमा अब त्यो पनि बन्द भएपछि स्थानीयबासीहरुलाई दिनहुँ धुलोको मार सहनुपरेको छ। दिपावलीको लागि सफा गरेको  घर तथा पसलहरुमा पुनः धुलो प्रवेश गरेर समस्या उत्पन्न गराउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।सडकमा पानी नछर्किनाले उडेको धुलोका कारण विभिन्न किसिमको स्वास्थ्य सम्बन्धि समस्याहरु समेत उत्पन्न भएको राजश्री सिनेमा अगाडी पसल संचालन गरेका राजेश साहले गुनासो गरेका छन् ।             स्थानीय तहको निर्वाचन पश्चात् सर्लाही जिल्लाको २० वटै स्थानीय तहमा निर्वाचित भएर आएका नयाँ तथा  पुनः दोहोरिएका जनप्रतिनिधिहरु  मध्ये १९ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले विकास निर्माण लगायतका कामहरु गरिरहेको भएपनि जिल्लाकै सबैभन्दा पुरानो र पहिलो नगरपालिका एवं जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाले अहिलेसम्म एउटापनि काम सुरु गरेको छैन ।

    मलंगवा न.पा मा बसोबास गर्ने स्थानीय  जनताहरुले आफ्नो घर मलंगवामा पर्छ भन्न पनि लाज लाग्ने गरेको दुखेसो पोखेका छन्।मलंगवा नगरपालिका अहिलेको वर्तमान समयमा विकासको मामिलामा जिल्लामा मात्र नभई देशभरीमै सबैभन्दा पछाडि परेको भन्दै बुद्धिजीवीहरुले दु:ख व्यक्त गरेका छन्।

पटकपटक निर्वाचित भएर पनि केही गर्न नसकेका पुराना नेताहरुको विकल्पको रुपमा सर्लाही क्षेत्र न-४ का जनताले आफुलाई अरुभन्दा बढी उपयुक्त मानेका छन् :ई.राजिनन्द प्रसाद चौधरी,प्रतिनिधि सभा उमेदवार

 


पटकपटक निर्वाचित भएर पनि केही गर्न नसकेका पुराना नेताहरुको विकल्पको रुपमा सर्लाही क्षेत्र न-४ का जनताले आफुलाई अरुभन्दा बढी उपयुक्त मानेका छन् :ई.राजिनन्द प्रसाद चौधरी,प्रतिनिधि सभा उमेदवार

मनोज यादव---

सर्लाही,कात्तिक १

    लोकतन्त्रको नाममा विश्वको एकमात्र हिन्दुराष्ट्र,राज्य शक्तिका स्रोत सनातन हिन्दु संस्कृतिप्रति आस्थावान ९० प्रतिशत भन्दा बढी नेपाली जनताको धार्मिक आस्थाको अवमुल्यन गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्रको श्रेणीमा तीन दलिय सिन्डिकेटले  खडा गरेर हिन्दुवादी बिचारका ९० प्रतिशत जनतालाई मर्माहत तुल्याएकोमा नेपाल जनता पार्टीको घोर आपत्ति रहेको सर्लाहीको निर्वाचन क्षेत्र न-४ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार ई.राजिनन्द प्रसाद चौधरीले बताउनुभएको छ।

   नयाँ संविधानमा धर्म निरपेक्षताको सवालमा ने.ज.पा ले घोर आपत्ति एवं असहमति जनाउँदै आएकोले नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनस्थार्पना गर्न आफ्नो पार्टी सदैव संघर्षरत रहने प्रतिनिधि सभा सदस्य उमेदवार ई.चौधरीले बताए।

    आफु प्राविधिक क्षेत्रबाट आएको ब्यक्ति भएकोले जबसम्म प्रविधिको विकास हुँदैन तबसम्म देशको विकास हुन सक्दैन भन्ने कुरा आफुले बुझेकोले क्षेत्र न-४ का प्रत्येक नागरिकको आफ्नै बिजुलीबत्ती ,खानेपानी तथा शौचालयसहितको सुविधायुक्त घर,ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण हाटबजारको संजाल विस्तार गरि शहरी सुविधा उपलब्ध गराउने ,साना तथा घरेलु उद्योगमा कार्यरत उद्यमीहरुको क्षमता विकासका लागि सहुलियत श्रृण सुविधा उपलब्ध गराई सहज बजार व्यवस्थापनमा सहयोग गर्ने र घरघरमा शुद्ध खानेपानीको उपलब्धता गराउने उहाँले बताउनुभयो ।उहाले आफ्नो क्षेत्रका जनताहरुलाई सुशासनको अनुभुती दिलाउन  प्रशासन प्रणालीमा व्याप्त चरम भ्रष्टाचार,मनमानी एवं लाल फित्ताशाहिको अन्त्य गर्ने बताउनुभयो ।  

    क्षेत्र न-४ का जनताले मैले चुनाव लड्नुको उदेश्य र योजनालाई आत्मसात् गरेर बिजयी गराएको खण्डमा  प्रत्येक गाउँ ,नगर र पालिका स्तरमा खाद्य पदार्थको भण्डारण एवं वितरण गरि कालोबजारीलाई नियन्त्रण गर्ने,विद्युतिय शासन प्रणालीद्वारा पार्दर्शिता कायम गराउने र सेवाग्राहीहरुलाई सरल र सहज रुपमा सेवा प्रवाह गराउने आफ्नो लक्ष्य  रहेको लोकतन्त्र खवर डट.कम सँगको कुराकानीमा उहाँले जानकारी गराउनुभयो।

     देशमा व्याप्त बेरोजगारीका कारण आफ्ना घरपरिवारलाई छाडेर रोजगारको लागि खाडी मुलुक तथा भारतका विभिन्न शहरमा पलायन हुँदै आएका युवा जनशक्तिलाई आफ्नै देशमा टिकाइ राख्न सीप विकास एवं व्यापक श्रृण सुविधाको माध्यमले रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारीका अवसर वृद्धिका लागि स्वदेशी उत्पादन एवं पर्यटन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने ,महिला लक्षित सीप विकास प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको बताए।

    यसैगरी लोकतन्त्र खबर डट.कमसँगको कुराकानीमा उहाँले कन्या भ्रुण हत्यालाई रोक्न र छोरीलाई पढाउने राष्ट्रिय अभियान "छोरी बचाऔं-छोरी पढाऔं अभियान शुरु गर्ने जानकारी बताउनुभयो ।उहाँले ने.ज.पा आफ्नो स्थापना कालदेखि नै समाजमा व्याप्त छुवाछूत र भेदभावको अन्त्य तथा समानतामुलक समाजको निर्माणका लागि  दलित,आदिवासी ,जनजाति,पिछडा वर्ग लगायत अन्य वर्गका नागरिकहरु समेतलाई प्राथमिकताको आधारमा अवसरहरु प्रदान गर्न वातावरण बनाउने साथै लोपोन्मुख जातजाति एवं विपन्न वर्गका नागरिकहरुका लागि शिक्षा,स्वास्थ्य एवं अन्य आधारभुत सेवा सुनिश्चित गरि विस्थापित हुनबाट बचाउने बताउनुभयो ।

    यसका साथसाथै क्षेत्र न-४ का जनता तथा क्षेत्र विकासका लागि कृषिलाई आधुनिकिकरण गरेर सुधार गर्ने,वरिष्ठ एवं शारीरिक रुपमा असक्त नागरिकहरुको हकहित र रक्षाको लागि अधिकतम सुविधा उपलब्ध गराउने,यसैगरी  देशको कर्णधारको रुपमा रहेका युवा वर्गको लागि उच्च शिक्षा अध्यन गर्न सहजरूपमा शैक्षिक श्रृणको उपलब्ध गराउने र राष्ट्रिय खेलकुद प्रतिभा खोज प्रणालीको सुरुवात गर्ने समेत योजना र लक्ष्य रहेको जानकारी गराउनुभयो।

    पटकपटक निर्वाचित भएर जाँदा पनि  पुराना नेताहरुको कामबाट असन्तुष्ट सर्लाहीको निर्वाचन क्षेत्र न-४ का जनताले यसपालि आफ्नो क्षेत्रको विकास तथा हकहित संरक्षणका लागि  नेताको रुपमा नयाँ अनुहार खोजेका छन् । यस क्षेत्रका जनताहरुले पटकपटक निर्वाचित भइसकेका पुराना नेताहरुको विकल्पको रुपमा आफुलाई   अरुभन्दा बढी उपयुक्त मानेको र प्राविधिक क्षेत्रबाट आएका कारण प्राविधिक ज्ञान समेत भएकोले निराश भइसकेका यस क्षेत्रको जनता तथा क्षेत्रको लागि केही गर्नसक्ने क्षमता समेत आफुभित्र व्याप्त रहेकोले जागिरबाट अवकास पाएपछि समाजसेवा गर्ने उदेश्यले सर्लाहीको क्षेत्र न-४ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उमेदवारी दिएको ई.चौधरीले लोकतन्त्र खबर डट.कम सँग भन्नुभयो।

    आफुले नेपालमा आयातित संस्कृतिको दुस्प्रभाव कम गर्न ,धर्म परिवर्तन गर्ने प्रवृत्तिलाई रोक्न साथै वेद,योग,सिल्पविधा,आयुर्वेद आदी हिन्दु जिवनशैलीमा आधारित ज्ञानभुमी एवं आध्यात्मिक राष्ट्रको रुपमा विकास गर्न अग्रसर रहेको नेपाल जनता पार्टीबाट चुनाव लडेकोले धर्म संस्कृतिको रक्षा गर्न र जनताको सेवामा दिनरात तल्लिन रहन आफुले प्रतिवद्धता लिएको बताउनुभयो ।

   

Monday, October 17, 2022

लागुऔषधसहित एक युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।ब्रम्हपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित मलंगवा  नगरपालिका वडा न-२ का अन्दाजी २५ वर्षीय संतोष साहलाई पक्राउ गरेको हो।

    साहलाई आइतवार अपराह्न पौने ३ बजे भारतबाट साइकलमा चढेर नेपालतर्फ आउँदै गरेको अवस्थामा त्रिभुवननगर स्थित रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ९०० पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिए।

    पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि मलंगवा स्थित जिप्रकाको हिरासतमा राखिएको छ।

मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ





मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

     सर्लाही प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न-६ संग्रामपुर बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको प्रहरीले जनाएको छ।

    निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको  मोटरसाइकलमा ४ किलो ९ सय ग्रामको दरले दुइवटा पोका बनाएर राखेको जम्मा ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न-१ भेडियाही गाउँ  स्थित ढलान सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ।

    पक्राउ परेका भारतीय युवक नुर मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित सोही दिन साँझ आवश्यक अनुसंधानको लागि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाएको प्रवक्ता एवं डिएसपी यादवले जनाएको छ।

आर.आर.पि.के को १७ औं वार्षिक साधारणसभा सम्पन्न

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

  राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

     संस्थाका अध्यक्ष गायत्री देवीको अध्यक्षतामा आयोजना भई सम्पन्न भएको उक्त सभाको सोमबार प्रमुख जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले उद्घाटन गर्नुभएको थियो।

  मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि जिसस सर्लाहीका उपसभापति जितेन्द्र प्रसाद कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न निकाय तथा संघसंस्थामा आबद्ध अतिथिहरुले शुभकामना मन्तव्य मार्फत  आर.आर.पि.के ले गरेको कामको प्रसंसा गर्नुका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

  कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका भने संस्थाका कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगतिबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा सहभागी भएका अतिथिहरु बिच संस्थाले गर्दै आएको कामको बारेमा सामुहिक छलफल गरि सल्लाह सुझाव समेत संकलन गरिएको थियो।

६७ औं प्रहरी दिवसको अवसरमा सर्लाही प्रहरीले "अपराध न्युनिकरण" "को विषयमा अन्तरक्रिया गरे




मनोज यादव---

सर्लाही,असोज ३१

     जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा  "अपराध न्युनिकरण"सम्बन्धि  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।६७ औं प्रहरी दिवसको अवसर पारेर  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले शुभकामना मन्तव्य राख्दै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले पठाउनु भएको शुभकामना संदेश वाचन गरेर सुनाउनु भएको थियो भने सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक  प्रविण पोखरेलले अपराध न्युनिकरणका लागि प्रहरीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको अवस्थामा अपराध न्युनिकरण तथा दोषीलाई सजाय दिलाउनका लागि  सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौतिहरुको गर्दै आएको सामनाको बारेमा अन्तरक्रिया गर्नु भएको थियो।

    सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रजिअ गौतमले प्रहरी कार्यालयको लागि निशुल्क जग्गा उपलब्ध गराएका जग्गादाता इन्द्रमुनी मैनाली र मंचनिया देवीसहित अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।यसैगरी उहाँले  उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार,प्रहरी कार्यमा सहयोग पुर्याउने ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान प्रदान गर्नुका साथै पुर्व प्रहरीहरुलाई खाँदा ओढाएर सम्मान गर्नुभएको थियो।

    मलंगवा नगरपालिका वडा न-२ स्थित जिप्रकाको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा पुर्व प्रहरी संगठन जि.का.समिति सर्लाहीका अध्यक्ष भुपु प्रसनी बलबहादुर गोले,चारवटै सुरक्षा निकायका प्रमुख ,विभिन्न सामाजिक व्यक्ति,प्रहरी कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

सर्लाहीमा बस दुर्घटना हुँदा २३जना यात्रु घाइते





लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँकेको जंगलमा आज(सोमबार)बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

   काकडभिट्टाबाट काठमाडौंबाट भैरहवा जाँदै गरेको बा ४ ख ३३७७ नम्बरको बस बिहान करिब ३ बजेतिर  बाँकेको जंगलमा एक्कासि अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार रहेका ३३ जना यात्रु मध्ये २३ जना यात्रु  घाइते भएको जिल्ला प्रहरी   कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

   डिएसपी यादवका अनुसार २ जना गम्भीर घाइते,११ जना मध्यम घाइते र १० जना सामान्य घाइते भएका छन् ।गम्भीर घाइतेहरुलाई थप उपचारको लागि झापा रेफर गरिएको र मध्यम घाइतेहरुको जिल्लामै विभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु प्राथमिक उपचार पश्चात् आआफ्नो गन्तव्य तर्फ गइसकेका छन् ।

Sunday, October 16, 2022

साना किसान सहकारी संस्था शंकरपुरको १६औं वार्षिक साधारणसभा सम्पन्न

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ३०

    सर्लाहीको बागमती नगरपालिकाको वडा न-१०, शंकरपुरस्थित साना किसान कृषि  सहकारी संस्था लिमिटेडले  १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।  साधारणसभाको उद्घाटन प्रमुख अतिथी नेपाल कृषि  सहकारी महासंघका अध्यक्ष खेम पाठकले कार्यक्रम सम्बन्धित व्यानर पढेर गरेका थिए।

    कार्यक्रममा संस्थाका अध्यक्ष कमल कुमारीले संचालक समितिको तर्फबाट  संस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन पेस गर्दै उनले संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड ८९ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिए। यसै गरी गतवर्ष शेयर रकम ६ करोड ५९ लाख १४ हजार रहेकोमा यसवर्ष बढेर ७ करोड ६५ लाख ३ हजार रुपैयाँ उनले जानकारी गराए।

    संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसाय संचालन एवं गर्जो टार्न सन्ततीलाई उच्च शिक्षा अध्यन तथा स्वास्थ्य उपचारको लागि तोकिएको अधिकतम कर्जा सिमा २० लाख रुपैयाँको परिधिभित्र रही कुनै किसिमको सेवा शुल्क नलिई यसवर्ष ७१ करोड १३ लाख ७ हजार रुपैया कर्जा वितरण गरेको अध्यक्ष कमल कुमारीको जानकारी दिए।

   उनले  गतवर्ष २०७८ मा  मधेश प्रदेश सरकारको कृषि विकास निर्देशनालय नक्टाझिंज धनुषाको लागत साझेदारीमा रु १ करोड ४० लाख प्राप्त भई विभिन्न कृषि यन्त्रहरु खरिद गरि कस्टम ह्यारिङ्ग सेन्टर संचालनमा ल्याएको जानकारी गराए।यस आर्थिक वर्ष पनि फलोअप कार्यक्रममा कस्टम ह्यारिङ्ग सेन्टरको  लागि प्राप्त भएको थप अनुदान रकम ४४ लाख ७४ हजार रुपैयाँबाट मेसिन खरिद गरेको उनले जानकारी दिए।

   बरहथवा न.पा को वडा न-५,६,१० ११ र बागमती न.पा को वडा न-५,६,७,८,९ र १० लाई आफ्नो कार्यक्षेत्र बनाएर संचालन भएको यस संस्थाको ५ सय ४८ समूहमा ३ हजार २ सय ८९ जना  सदस्यहरु रहेको मध्ये २ हजार ४ सय ७१ महिला तथा  ८ सय १८ जना पुरुषहरु रहेका छन् ।

    आइतवार सम्पन्न भएको साधारणसभाको अवसरमा संस्थाले बागमती नगरपालिकाकी उपप्रमुख   , बरहथवा न.पा की नगरप्रमुख कल्पना कटुवालसहित  संस्थाका जेष्ठ सदस्य तथा  परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र/छात्रालाई सम्मान गरेका थिए।

   

Saturday, October 15, 2022

प्रहरी दिवसको अवसरमा सर्लाही प्रहरीद्धारा मन्दिर सरसफाई




लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २९

     सर्लाही प्रहरीले मलंगवा नगरपालिका क्षेत्र भित्र रहेको दुर्गा भगवती मन्दिरहरुको सरसफाइ गरेको छ ।

६७ औँ प्रहरी दिवसको अवसरमा सनिबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण पोखरेलको कमाण्डमा ३० जना प्रहरीहरुको टोलीसहित स्थानीयबासी,जनप्रतिनिधि , बुद्धिजीवी तथा भद्रभलादमीहरुले वडा न-८ स्थित रहेको भगवती मन्दिरको सरसफाई गरेको हो ।

    यसै अवसरमा जिप्रका मातहत जिल्लाका अन्य विभिन्न स्थानहरुमा रहेका प्रहरी कार्यालयले पनि सम्बन्धि कार्यालयका इन्चार्जको कमाण्डमा आआफ्नो क्षेत्रमा रहेका मठमन्दिरहरुको सरसफाइ गरेको जिप्रका मलंगवाले जनाएको छ।



गठबन्धनका उमेदवारलाई चुनावमा सघाउन समाजसेवी एवं युवा नेता धुर्व रिजाल सर्लाही आउँदै

 आउनु अगाडी मानवसेवा आश्रमका २ सय भन्दा बढी  आश्रितहरुलाई भोजन गराए

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाेज-२९

    नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य  एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार मानवसेवा आश्रम काठमाण्डाैंमा आश्रति २ सय भन्दा बढी वृद्धवृद्धालाई मिष्ठानभाेजन गराएका छन्।

 समाजसेवी नेता रिजालले आफ्ना सासु र ससुरा ओम कुमारी आचार्य र फडिन्द्र प्रसाद आचार्यकाे स्मृतिमा काठमाण्डाैंको नागार्जुन नगरपालिका स्थित रानी वनमा रहेको मानवसेवा आश्रममा आश्रति वृद्धवृद्धाहरूलाई मीष्ठान्न भाेजन गराएको उहाँको सचिवालयले जनाएको छ ।

    लालबन्दी नगरपालिका वडा नं-५, रन्जितपुरका  निवासी  रिजाल नगर बिकास कोषको पूर्व अध्यक्ष हुन ।उहाँले  विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सक्नुभएको छ । नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवं लालबन्दी-५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजाल केही दिनमै चुनावी अभियानमा सहभागीहुन आफ्नो गृहनगर आउन लागेका उहाँको सचिवालयले जनाएको छ ।

 लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आश्रति वृद्धवृद्धालाई भाेजन गराएर चुनाव प्रचारप्रसारकाे अभियानमा सरिक हुने रिजालको कार्यक्रम रहेको सचिवालयले जानकारी गराएको छ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार जंगिलाल राय,काैशल किशोर राय ,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधि,वडा र नगर सभापतिहरूको सहभागीता रहने उनको सचिवालयले जनाएको छ ।

 आफू गठबन्धनको उम्मेदवारलाई जिताउनु पर्छ भन्ने उद्देश्यले गृह नगर  आउन लागेको उहाँले बताउनु भएको छ । उहाँले पार्टीको निर्णयलाई सवैले स्विकार्नु पर्ने बताउँदै, पाँच दलिय  गठबन्धनका उम्मेदवार रामप्रकाश चाैधरी,बेची लुङ्गेली, उपेन्द्र महताे,लक्ष्मी गाेले प्रधान र शर्मिला थापालाई प्रत्यक्ष तथा समानुपातिक तर्फ  मतदान गरि विजयी गराईदिन सर्लाही क्षेत्र नं. १ का मतदाताहरुसँग  अपिल समेत गर्नुभएको छ।