Sunday, May 31, 2020

खाद्यान्न बोक्ने गाडीबाट २२ लाखको गुट्खा बरामद


रौतहट ,जेष्ठ १८
कोभिड १९ को कारण मुलुकभरी लागू भएको बन्दाबन्दीको अवधीमा सुर्तिजन्य पदार्थ ओसार पसार गर्न पूर्ण रुपमा प्रतिबन्ध लागेपनि अवैध रुपमा व्यापारीले मगाएको २२ लाखको गुट्खा रौतहट प्रहरीले आईतवार नियन्त्रणमा लिएको छ।
खाद्यान्न ओसार्ने अनुमती लिएरका गौरका प्रख्यात व्यापारी अरुण सरावगीलाई कपिलबस्तु जिल्लाको चन्द्रौटाबाट चामलको ट्रकमा करिब एक सय बोरा पानकिंग गुट्खा ल्याएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले अवैध गुट्खा ल्याएको  गोप्य सूचना पाउना साथ उक्त सवारी साधनलाई गौर नगरपालिका वडा नम्वर २ स्थित तैयव नरसिंग होम अगाडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सरकारले रोक लगाएपनि व्यापारी सरावगीले बन्दाबन्दीको  मौका छोपी खाद्यान्न सामग्री बोक्ने गाडीहरूमा पानकिंग गुटखा ल्याइरहेको अवस्थामा रौतहट प्रहरीले २२ लाखको सामान नियन्त्रणमा लिएको रौतहट प्रहरीका प्रवक्ता भरतबहादुर श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक तथा मालवाहक गाडीहरू नगुड्दा पास भएका तथा खाद्यान्न ओसार पसारको अनुमती पाएका गाडीमार्फत अवैध कारोवार गरिरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । कपिलबस्तुको चन्द्रौटाबाट गौर आएको लु२ख ३३४३ नम्बरको ट्रकलाई प्रहरीले चेकजाँच गर्दा उक्त ट्रकमा चामल, लुगा धुने सर्फ सँगै भारी मात्रामा पानकिङ्ग गुटखा बरामद गरिएको छ ।
बरामद भएको सो गुटखाको मूल्य करीब २२ लाख रहेको तथा गुटखासहित ट्रक एवं चालकलाई आवश्यक कारवाहीको लागि गौर भन्सारमा पठाइए पनि त्यहाँ बुझ्न नमानेपछि कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको डिएसपी श्रेष्ठले बताए ।
गुट्खा वेवारिसे अवस्थामा बरामद भएपछि प्रहरीले उक्त सामान कसको हो भने अनुसन्धान गर्दा गौरकै गुट्खा, सेतो केराउको कारोवार गर्ने अरुण सरावगीको रहेको पत्ता लगाउन साथ निजलाई पनि नियन्त्रणमा लिएर कारवाही अगाडी बढाइएको उनले जानकारी दिए । सरावगीलाई लकडाउन उलंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा कारवाही चलाउने तयारी भएको समेत डिएसपी श्रेष्ठले स्पष्ट पारे ।
बरामद भएको गुट्खासहित एउटै मुद्दामा ट्रकलाई कारवाहीको लागि राजस्व कार्यालय  र व्यापारीलाई जिल्ला प्रशासनमा पठाइएको छ । यस विषयमा डिएसपी श्रेष्ठ संग सोध्दा उनले जवाफ दिन मानेनन् ।
बन्दाबन्दीको समयमा गुट्खाको अवैध कारोवार फस्टाएको व्यापक जनगुनासो आएपछि जिल्लाभरी स्पेशल टोली परिचालन गरेर अवैध रुपमा मदिरा तथा गुट्खा ओसारपसार गरिरहेकालाई धमाधम नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने कार्य निरन्तर रुपमा जारी रहँदा कारोवारहरू नियन्त्रण हुदै गएको प्रहरीले जनाएको छ ।
            महोत्तरी पोष्ट अनलाइनबाट

इपस द्वारा सर्लाही अस्पताललाई सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व कार्यक्रम संचालन गर्न कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण



लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेष्ठ १८ ।
    आइपस  नेपाल नामक संस्थाले  आज(आइतवार)सर्लाही अस्पताल मलंगवालाई ३४  हजार रुपैया बराबरको   स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
    सर्लाही जिल्लामा  सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व सम्बन्धि कार्यक्रम संचालन गर्न आइपासले सपोर्ट गर्दै आएको स्वास्थ्य संस्थाहरुलाई  सहयोग गर्ने क्रममा कोरोनाको संक्रमण बढ्दै गइरहेको अवस्थामा पनि उक्त सेवा संचालन गर्न मद्दत पुग्ने उदेश्यले  सर्लाही अस्पताललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको पब्लिक हेल्थ नर्स निरिक्षक लक्ष्मी श्रेष्ठले जनाएकी छिन् ।संस्थाले कम्पिलिट पिपिई सेट -२ थान,वाटर प्रुफ गाउन-५ सेट,eye गगल्स-२ पिस,सर्जिकल डिस्पोजेवक क्याप-४० पिस,KN95 माक्स-4 पिस,फेस सिल्ड-४ पिस,सु कभर -८० जोडी,सर्जिकल ग्लोब्स -५० जोडी,युटिलिटी ग्लोब्स -१० जोडी,सर्जिकल माक्स-१०० पिस,डिस्पोजेबल ग्लोब्स -३४० जोडी,हैण्ड सेनिटइजर(१००ml)-५ बोतल ,FCHV को लागि हैण्ड सेनिटाएजर(१००ml)-३४ बोतल,हैण्ड सेनिटाइजर(५०० ml)-३ बोतल,साबुन -१२ पिस,रेक्सिन-४ पिस,ब्लिच-१२ पिस र Cidex(५ लिटर)१ बोतल लगायतका स्वास्थ्य सामाग्री निरिक्षक श्रेष्ठ मार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।
     संस्थाले यसभन्दा पहिले जिल्लाको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरमा, कबिलासी नगरपालिकाको पिपरियामा र हरिपुर नगरपालिकाको लक्षमीपुर कोद्राहामा सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व कार्यक्रम संचालन भइरहेका स्वास्थ्य संस्थाहरुलाई कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको संस्थाले जानकारी दिएको छ ।

सर्लाहीको हरिपुर र ब्रम्हपुरीमा १० जनाए कोरोना संक्रमित थपियो ।

breaking news...

लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १८ ।
       सर्लाहीमा आज(आइतवार) फेरी  १० जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा संक्रमितहरुको संख्या बढेर ७१ जना पुगेको छ ।
    आइतवार पुष्टि भएकाहरु मध्ये हरिपुर नगरपालिकाका ७ जना र ब्रम्हपुरी गाँउपालिकाका  ३ जना गरी जम्मा १० जना ब्यक्तिहरु रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराउनु भएको छ ।

सर्लाहीको पकडीमा सशस्त्र प्रहरी र भारतीय नागरिक बिच झडप ,एक राउन्ड हवाई फायर



सर्लाही ,जेष्ठ १८ ।
    आज(आइतवार)बिहान अवैध रुपमा नेपाल प्रवेश गरि सामान भित्राउँदै गरेका भारतीय नागरिकहरुलाई सिमामा खटिएका सशस्त्र प्रहरीले  रोक्ने खोजेपछि दुइपक्ष बिच  झडप भएको छ ।झडपको क्रममा सशस्त्र प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेको छ ।
      नेपाल–भारत सीमामा पर्ने सर्लाहीको  विष्णुगाउँपालिका वडा न-२ पकडी स्थित दशगजामा केत्र भारतीय नागरिकहरु जबर्जस्ती  सामान नेपाल तर्फ भित्राउन खोजेपछि  उनीहरुलाई रोक्ने क्रममा झडप सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
आफूहरुमाथि दुर्ववहार  गरेको भन्दै व्यापारीहरुले भारत तर्फका ३०/३५ जना ब्यक्तिहरुलाई  सीमामा बोलाएर डिउटीमा खटिएका  सशस्त्र प्रहरी माथि  आक्रमण सुरु गरेको बताइएको छ । भारतीयहरु हुल बाँधेर सीमामा आएर  ढुङ्गामुढा गरी यस्ता हतियार हामीसँग पनि छ भन्दै गस्तीमा रहेका ६ जना सशस्त्र प्रहरीको हतियार खोस्ने समेत प्रयास गरेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर  जीसीले बताउनुभयो ।हतियार खोस्ने प्रयास गरेपछि वाध्य भएर  एक राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रजिअ जिसीले बताए  ।
     सिमामा कडाइका बाबजुद दुवैदेशका नागरिकहरु लुकिछिपी सामानहरुको ओसारपसार गर्दै आइरहेको स्थानीयहरुले बताएका छन् ।

छिमेकी संक्रमित भएपछि मलंगवामा एक निजी अस्पतालका सम्पूर्ण कर्मचारी होम क्‍वारेन्टाइनमा बसे


 नगरबासीहरु उतम बिचार र महान सोच राख्नु हुने डा.सोनेलाल रायको कार्य  स्वागत  योग्य रहेको बताउँदै हृदय देखि धन्यवाद दिएका छन् ।



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १८ ।    
     छिमेकीलाई कोरोना संक्रमण भएपछि सदरमुकाम मलंगवाको  एक निजी अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेका छन् ।गत जेष्ठ १६ गते शुक्रवार छिमेकमा बसै आएकी मलंगवाकी एक महिला पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी पाए लगत्तै  नगरपालिका  वडा न-९ स्थित सरस्वती टोलमा संचालित देव श्री पोलिक्लिन प्रा.ली मा कार्यरत कर्मचारीहरु लगायत सो अस्पताल हाताभित्र बस्दैआएका संचालक परिवार सहित अस्पताललाई क्वारेन्टाइनमा परिणत गरि होम क्वारेन्टिन भएका छन् ।
     देव श्री पोलिक्लिकका संचालक सोनेलाल रायका अनुसार निज (संक्रमित महिला)को क्लिनिकमा सधैं आवतजावत हुने गरेकोले यसको असर कार्यरत कर्मचारी र परिवारका सदस्यहरुमा पनि पर्न गएको हुन सक्ने आशंकामा आफुहरुको  कोरोना जाँच भइ रिजल्ट(रिपोर्ट ) नआउनज्जेल सम्मको लागि गत शुक्रवारबाट हामी क्लिनिकको हाता भित्रै होम क्वारेन्टाइनमा बसेका हौं । होम क्वारेन्टाइन बसेको अवधी सम्म बाहिरी कुनैपनि ब्यक्तिहरु सँग हाम्रो प्रत्यक्ष सम्पर्क नरहेकोले  यसबाट स्वास्थ्य जाँचका लागि आउने सेवाग्राही बिरामीहरुलाई पर्न गएको असुविधालाई मध्येनजर गर्दै  जतिसक्दो चाँडो आफुहरुको कोरोना जाँच गराइदिन भन्दै संचालक रायले सरोकारवाला निकाय सँग आग्रह गर्नुभएको छ ।साथै निज संक्रमित महिला लगायत जिल्लाभरका संक्रमित ब्यक्ति सँग जानीनजानी प्रत्यक्ष सम्बन्धमा आउनु भएका नागरिकहरु पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बसिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।



कोरोना संक्रमण फैलिएको ठाउँमा सेना परिचालन गरिने

कोरोना संक्रमण फैलिएको ठाउँमा सेना परिचालन गरिने

काठमाडौं ,जेेष्ठ १८
करोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गरिने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिइएको थियो ।
सरकारले यही जेठ २० गते कायम रहेको लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ भने आन्तरिक तथा बाहृय दुवै विमानस्थल आगामाी असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकार निर्णय



काठमाडौँ,जेष्ठ १८ 
मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको   सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ  


Saturday, May 30, 2020

सर्लाहीको तिनवटा गाउँपालिकामा एकैसाथ १७ जना ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि

सबैजना संक्रमितहरुलाई मलंगवा स्थित आइसोलेसन वार्डमा लगिदैं

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ १७ ।
       नेपाल भारत सिमानाका सँगै रहेको सर्लाहीको तिनवटा गाउँपालिकामा  शनिवार  १७ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
     भारतसँग सीमा जोडिएका  पर्सा ,कौडेना र विष्णु गाउँपालिकाकाको क्वारेन्टाइनहरुमा रहेका   १२ जना ब्यक्तिहरुमा आज कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार पर्सा गाउँपालिकाका १२ , विष्णु गाउँपालिकाका ४  र कौडेना गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।उनीहरु सबैजना भर्खरै भारतका विभिन्न शहरहरुबाट आएका थिए ।  पर्सा गाउँपालिकाका १२ जना सङ्क्रमितहरु मध्ये ३ जना महिलाहरु पनि रहेका छन् ।संक्रमित सत्रै जनाको उमेर  १६ देखि ४० वर्ष सम्मका रहेका छन् ।
    सङ्क्रमितहरुलाई आजै(सनिवार ) सदरमुकाम मलंगवा वडा न-२ स्थित सन्त अल्पामाई रामनारायण यादव नर्सिङ कलेजको भवनमा रहेको  जिल्लाकै एकमात्र अस्थाई कोरोना विशेष अस्पताल(आइसोलेसन वार्ड)मा लाने तयारी भइरहेको सम्बन्धित गाउँपालिकाका प्रमुखहरुले जानकारी गराएका छन् ।


आर्थिक वर्ष २०७७/०७८ ,सर्लाहीको बजेट ६ अर्ब १६ करोड ३२ लाख



लोकतन्त्र समाचारदाता------
सर्लाही जेष्ठ १७  ।
       सर्लाही जिल्लामा  आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १६ करोड ३२ लाख रुपैया बजेट विनियोजन भएको छ ।
विहिवार संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गर्नु भएको बजेटमा सो बराबरको रकम विनियोजन गरिएको हो ।
     गत विहिवार    ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका सहित २० ओटा स्थानीय तह भएको सर्लाहीमा  संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले   समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान  गरी जम्मा ६ अर्ब १६ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको हो । 
      विनियोजित बजेट अनुसार   जिल्लामा सवैभन्दा बढी बजेट प्राप्त गर्ने स्थानीयतहमा लालबन्दी नगरपालिका परेको छ । लालबन्दी नगरपालिकाका लागि ५२ करोड ५० लाख बजेट विनियोजन भएको छ भने सवैभन्दा कम हरिपुर्वा नगरपालिकाले २५ करोड ६३ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै  हरिवन नगरपालिकाले ४६ करोड ९३ लाख रुपैया ,बरहथवा नगरपालिकाकाले  ४५करोड ७५ लाख रुपैयाँ, ईश्वरपुर नगरपालिकामले  ४३ करोड ५२ लाख, गोडैता नपामा ४० करोड ९३ लाख यस्तै मलंगवा नपाले ३६ करोड ७३ लाख, बलरा नपाले ३३ करोड ५९ लाख, बागमती नपाले ३२ करोड ४१ लाख, कविलासी नपाले ३१ करोड ३० लाख र हरिपुर नपाले २९ कराेड ७ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
     यसैगरी  ब्रह्मपुरी गाउँपालिकाले सवैभन्दा बढी बजेट प्राप्त गरेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिको भागमा परेको छ । ब्रह्मपुरीले २७ करोड ५४ लाख ,पर्सा गाउँपालिकाले १८ करोड ६६ लाख ,चन्द्रनगर गाउँपालिकाले २३ करोड ८२ लाख, कौडेना गापाले २३ करोड १६ लाख, चक्रघट्टा गापालेले २२ करोड ३४ लाख, रामनगर गापाले २१ कारोड ४४ लाख, बसबरिया गापाले २० कराेड ९८ लाख, धनकौलले २० करोड १३ लाख र विष्णु गाउँपालिकाले १९ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।

जनप्रतिनिधिहरुको लापरबाहीले सर्लाहीका क्वारेन्टाइनहरुको अवस्था दयनीय , घरबाटै खाना मगाएर खानु परेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो (भडियो सहित हेर्नुस् ...)


जनप्रतिनिधिहरुको लापरबाहीले सर्लाहीका क्वारेन्टाइनहरुको अवस्था दयनीय , घरबाटै खाना मगाएर खानु परेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो (भडियो सहित हेर्नुस् ...)



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ १७।
     सर्लाहीमा जनप्रतिनिधिहरुको लापरबाहीले  भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य छन्।भारतबाट फर्किएका सयौं ब्यक्तिहरुलाई  सदरमुकाम मलंगवा नगरपालिका सहित जिल्लाको बिसवटै पालिकाहरुमा बनाइएका  अव्यवस्थित क्वारेन्टाइनमा राखिएको छ ।जिल्लाका  अधिकांश पालिकाहरुले आधारभुत तथा सामुदायिक  विद्यालयलाई क्वारेन्टाइन बनाएका छन् ।
       पुर्व पश्चिम राजमार्ग अन्तर्गतका पालिकाहरुको क्वारेन्टाइन बाहेक जिल्लाका अधिकांश पालिकाहरुको क्वारेन्टाइनहरुमा व्यवस्थापनको कमी देखिएको छ ।  खाना, नास्ता  र पानी घरै बाट मगाएर खानुपरेको साथै सेनिटाइजर, माक्स, साबुन , सर्फको व्यवस्था आफैले गर्नुपरेको गुनासो गुनासो गरेका छन् ।  विद्यालयमा बनाइएका क्वारेन्टाइनमा पर्याप्त शौचालय नहुँदा दिसापिसाब गर्नु पर्दा उनीहरूलाई  क्वारेन्टाइनको हाताबाट  बाहिर निस्कनु पर्ने वाध्यता रहेको छ ।जसल गर्दा क्वारेन्टाइन बाहिरका स्वास्थ ब्यक्तिहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ ।
       भारतमा रेल तथा सडक यातायात सेवा सुचारु भएपछि भारतबाट नेपाल फर्कनेहरुको सर्लाहीका विभिन्न सिमानाकाहरुमा भिड बढेको छ । उनीहरुलाई सिमाबाट  सम्बन्धित पालिकाको जिम्मेवारीमा भित्राएर १४ दिनको लागि  क्वारेन्टाइनमा लगेर राख्न काम सुरु भएको छ । कतिपय सर्लाहीवासी नेपालीहरु लुकिछिपी चोरबाटो भएर पनि भित्रीरहेका छन् ।उनीहरुको पनि पहिचान गरि क्वारेन्टाइनमा लगेर राख्ने काम भइरहेको छ ।यहाँका क्वारेन्टाइनहरुमा चार देखि पाँचजना सम्म राख्न मिल्ने कोठामा २० देखि ३० जना ब्यक्तिहरुलाई कोंचेर राखिएको छ । सर्लाहीको उत्तरी ,दक्षिणी र पश्चिमी क्षेत्रका केही  पालिकाहरुले सम्बन्धित क्वारेन्टाइनमा एकजना पनि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको व्यवस्था गरेको देखिदैन । उनीहरूलाई सिधै ल्याएर भेडाबाख्रा जस्तै क्वारेन्टाइनमा लगेर हुलिदिएको  छ, मलंगवा -५ खुटौनाका स्थानीय  समाजसेवी लालबाबु यादवले बताए ।
     सदरमुकाम मलंगवा वडा न-२ स्थित कवर्ड हलको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरूका अनुसार  एउटै हलमा चालीस भन्दा बढी ब्यक्तिलाई राखेको छ, कोठालाई सेनेट्राइज गरिएको  छैन , ओछ्यानहरु फोहर भइसकेको साथै समयसमयमा हुनुपर्ने स्वास्थ्य परिक्षण समेत बन्द भएको छ । पिसिआर टेष्ट भएको छैन । अव्यवस्थित क्वारेन्टाइनमा बस्दा कोरोनाको डरको साथसाथै अरु पनि रोग लाग्ने डरले आफुहरुलाई चिन्ता लागेको उनीहरूले गुनासो गरेका छन् ।
      जनप्रतिनिधिहरुकै लापरबाहीले गर्दा क्वारेन्टाइनहरुको अवस्था दयनीय बनेको जानकारहरुको भनाइ छ ।

बिडीको आगो कपडामा सल्किएर वृद्धको मृत्यु


बिडीको आगो कपडामा सल्किएर  वृद्धको मृत्यु

लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १७
      सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक वृद्धको आगोले जलेर मृत्यु भएको छ ।
    गएको आइतवार(जेष्ठ ११ गते)साँझ पौने सात बजेको समयमा    हरिपुर्वा न.पा वडा न-५ निवासी  ७० वर्षिय रामसुकुल साहको बिडी खाने क्रममा अचानक कपडामा आगो सल्किएर मृत्युु भएको हो ।कपडामा आगो सल्किएर घाइते भएकका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र उपचारको क्रममा  बिहिवार  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यो समाचार तयार गर्दा सम्म मृतको शव पोस्टमार्टमका लागि  प्रादेशिक अस्पतालमै राखिएको छ ।

खुटौनाबाट गाँजा सहित दुई जना पक्राउ



लोकतन्त्र समाचारदाता-----
सर्लाही,जेष्ठ १७ ।
    प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका -६ खुटौनाबाट १५ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने  ३० वर्षिय तौसिफ राजा मिकरानी र सोही ठाउँका ३० वर्षिय अजमल मिकरानी रहेका छन् ।
     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार बिहिवार राति खुटौना प्रहरी  चौकीबाट खटिएका प्रहरी  टोलीले नहरको बाटो भएर  मलंगवा नपा वडा न-७ मुसैली हुँदै  वडा न-५ भाँडसर  तर्फ जादै गरेको बी आर ३१ एक्स ९८१८ नम्बरको अपाचे मोटरसाइकललाई शंका लागेर रोकेर चेकजाँच गर्दा कार्टुनमा बेरिएर राखिएका १५ किलो लागुऔषध गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
    उनीहरूलाई आवश्यक कार्यवाहीको लागि जिप्रका मलंगवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Friday, May 29, 2020

सर्लाहीमा आज २ जना पत्रकार सहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टि



लोकतन्त्र समाचारदाता----
सर्लाही, जेठ १६ । 
     सर्लाहीमा दुईजना पत्रकार सहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रवार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीको मलंगवा नगरपालिकामा २ जना पत्रकार   र कौडेना गाउँपालिकामा  २ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।
     गत जेठ १२ गते सोमबारका दिन सदरमुकाम मलंगवा वडा न-२ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अग्रपंक्तिमा  रहेर समाचार रिपोर्टिङ गर्दै आएका सञ्चारकर्मीहरु, एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाँटमा रहेर काम गर्ने प्रहरीहरु गरि जम्मा ३९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये आज २९ जनाको रिपोर्ट  आज आएको छ  भने ११ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको श्रोतले जनाएको छ । पुष्टि भएका संक्रमितहरु मध्ये कौडेना गापाका २ जना ब्यक्ति  रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र उनीहरू  भारतबाट  नेपाल आएका थिए ।उनीहरू  क्वारेन्टाइनमा बस्दै आएका थिए ।
     संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको  र  उनीहरुलाई मलंगवाकै अस्थाइ कोरोना विशेष अस्पताल   (आइसोलेशन वार्डमा) राख्ने तयारी भइरहेको जनाएको  छ।
यो सँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या बढेर ४५ पुगेको छ । 

रुकुम पश्चिम घटनाको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र





लोकतन्त्र समाचारदाता----
सर्लाही,जेठ १६ ।
    गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा भएको घटनाको विरोधमा संयुक्त  दलित संघर्ष समिति सर्लाहीले   प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
      दलित हत्याकाण्डमा संलग्न दोषी उपर कडा भन्दा कडा कार्यवाहीको माग गर्दै संघर्ष समितिका सहसंयोजक रामनरेश मंडल,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,दलित अधिकारकर्मी महेश पासवान ,बिनोद कुमार राम,कामेश्वर पासवान,संघर्ष समिति सदस्य प्रमोद पासवान र अजय कुमार रामले शुक्रवार  संयुक्तरूपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी मार्फत प्रधानमन्त्रीलाई  पठाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेको छ ।
    घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न समितिले  माग गरेको छ  ।

Thursday, May 28, 2020

बजेट : कुन क्षेत्रमा कति ? ( विवरण सहित )


आर्थिक वर्ष ०७७/७८ को बजेट : कुन क्षेत्रमा कति ? ( विवरण सहित )
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्व ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ का लागि  संशोधित बजेटको तुलनामा करिब १ खर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको हो । 
अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आवको संशोधित बजेटको तुलनामा करिब १ खर्ब बढीको अर्थात १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन  ।
 चालु आवमा १३ खर्ब ८५ अर्ब ९६ करोड रुपियाँ बजेट खर्च हुने सरकारको संशोधित अनुमान छ । विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । 
यो कुल बजेटको ६४.४ प्रतिशत हो ।  





१४ दिनको क्वारेन्टाइनमा बस्ने सर्तमा भारतबाट नेपाल भित्रिदै सर्लाहीबासी




लोकतन्त्र समाचारदाता------
सर्लाही ,जेष्ठ १५ ।    
     भारतबाट नेपाल फर्कदै गरेका नेपालीहरुलाई नेपाल भारत सिमा अन्तर्गतको मलंगवा-सोनवर्षा नाकाबाट  १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गराउन सुरु भएको छ ।
     बुधबार भारतको विभिन्न स्थानमा रोजगारीको सिलसिलामा गएका सर्लाही जिल्ला घर भएका दर्जनौं नेपालीहरुलाई एकैसाथ भित्राइएको छ । विभिन्न बाधा अडचन र कष्टहरु झेलेर हप्तौं समय लगाएर जसोतसो मलंगवा नाकासम्म आइपुगेका नेपालीहरुलाई थप कष्ट भोग्नु नपरोस् भनेर उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने सर्तमा मलंगवा भित्राइएको बताइएको छ । बुधबार भित्रिएका ब्यक्तिहरु लाई सोही दिन जिल्लाको सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर १४ दिनको लागि क्वारेन्टाइनहरुमा पठाइएको छ।
    मलंगवा-सोनवर्षा बोडरमा दैनिक सयौंको संख्यामा नेपालीहरु आउने क्रम जारी छ ।




मलंगवा नगरपालिकामा पनि सात जनामा कोरोना संक्रमण पुष्टी भयो , सबै भारतबाट आएका थिए ।





सर्लाही, जेष्ठ १५  ।
     

सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकामा आज पहिलो पटक सात जनामा कोरोना भाइरस (कोडिभ–१९) पुष्टि भएको छ ।





   मलंगवा नगरपालिका–२ स्थित खेलकुद विकास समितिको कवर्ड हलको क्वारेन्टाइनमा रहेका सात जना पुरुषमा   कोरोना संक्रमण पुष्टि भएको मलंगवा नगरपालिकाका मेयर निरसल साहले जानकारी दिनुभएको छ ।केहीदिन अगाडि मलंगवाको क्वारेन्टाइनबाट  पहिलो चरणमा ३३ जनाको स्वाब संकलन गरिएका मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मेयर साहले जानकारी दिनुभयो । दोस्रो चरणमा ३९ जनाको स्वाब संकलन गरिएको थियो । दोस्रो चरणको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।पहिलो चरणको रिपोर्ट अनुसार कोरोना पुष्टि भएका मलंगवा वडा न- ३ र ९ का एक-एक जना,  वडा न- ६ खुटौनाका ३ जना र वडा न- ११ गम्हरीयाका  २ ज जना गरी सात जना पुरुषहरु  केहि दिन अगाडि भारतको मुम्बई लगायतको ठाउँबाट फर्केका थिए । भारतबाट आएपछि उनीहरुलाई वडा न-२ स्थित कवर्ड हलको क्वारेन्टाइनमा राखिएको थियो ।

    संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई  मलंगवा  वडा न- २ स्थित  सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेशन वार्डमा लगेर राख्ने तयारी भइरहेको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । यो सँगै सर्लाहीमा ४० जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।


भारत लाँदै गरेको साढे ९ लाख बढीको अवैध मदिरा बरामद



लोकतन्त्र समाचारदाता-------
सर्लाही ,जेष्ठ १५
    प्रहरीले नेपाल भारत सिमानामा अन्तर्गत सर्लाहीको विभिन्न नाका हुँदै  भन्सार छलेर भारत तर्फ चोरी निकासी गरेर लैजाँदै गरेको साढे ९ लाख रुपैया भन्दा बढीको अवैध मदिरा तथा ओसारपसारमा संलग्न सवारीसाधन बरामद गरेको छ ।
     लकडाउनको मौका छोपेर विभिन्न मिती  र समयमा जिल्लाको विभिन्न नाका भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ९ लाख ६३ हजार १ सय ३० रुपैया बराबरको अवैध मदिरा तथा ओसारपसारमा संलग्न मोटरसाइकल बरामद गरि आवश्यक कार्यवाहीक लागि आन्तरिक राजस्व कार्यालय बाराको पथलैया बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुुवँरले जनाएको छ ।
      लकडाउनको अवधीमा अत्यावश्यक खाद्यान्न बाहेक अन्य मदिराजन्य पदार्थको बेचबिखन तथा ओसारपसार नगर्न जिप्रका सर्लाहीले अनुरोध गरेको छ ।

Wednesday, May 27, 2020

सर्लाहीमा लकडाउन थप प्रभावकारी बनाउन साताको दुईदिन आइतवार र बुधबार मात्र बजार तथा बैंकहरु खुल्ने ।



सर्लाही ,जेष्ठ १४ गते ।

     सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सदरमुकाम मलंगवा सहित जिल्लाका सबै स्थानीय तहमा बन्दाबन्दी(लकडाउन)लाई थप प्रभावकारी  बनाउन विभिन्न ६ बुँदे निर्णयहरु गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार द्वारा जारी लकडाउनको आदेशलाई जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा सोमबार  जिल्ला समन्वय  समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख,अनुसंधानका प्रमुख तथा  जिल्लाका २० वटै स्थानीय तहका प्रमुखहरु बिच बसेको  बैठकबाट ६ बुँदे निर्णयहरु गरिएको हो ।
    बैठकमा भएका निर्णय अनुसार अर्को निर्णय नभए सम्म   साताको  दुई दिन आइतवार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न  खाद्यान्न बिक्रीवितरण गर्ने  पसल, बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाउने छ ।औषधि पसल,ग्याँस डिपो,पेट्रोल पम्प र दुध बिक्रीवितरण गर्ने पसलको हकमा भने उक्त नियम लागू नहुने जि.स.समितिका सभापति चौधरीले जानकारी दिनुभएको छ  ।यस्तै  जिल्लाका कुनै पनि स्थानमा हाट बजार नलगाउने तथा तरकारी बिक्री वितरण सम्बन्धित बिक्रेताले ठेलामा वा अन्य प्रकारले घर–घरमा लगेर बेच्ने निर्णय  भएको छ । 
     जिल्लाका सबै स्थानीय तहमा स्वाब संकलन गरी परीक्षण गर्ने गराउने व्यवस्थाको लागि आवश्यक जनशक्ति तथा भि.टि.एमको उचित व्यवस्थापन सम्बन्धित स्थानीय तहले आफैँ मिलाउने ,स्वाब परीक्षण गर्न सबै स्थानीय तहले कम्तीमा ३ जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको यथासिघ्र आरडीटी टेस्ट र पीसीआर  गराउने, क्वारेन्टाइनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै स्थानीय तहहरुले आवश्यक स्वयंसेवक खटाउने व्यवस्था मिलाई सुरक्षा निकायहरुलाई सहयोग गर्ने, सबै स्थानिय तहहरुमा आइसोलेसन वार्डको लागि यथासम्भव स्थान पहिचान गरि आवश्यक तयारी अगाडि बढाउने र सबै स्थानिय तहबाट सञ्चालित क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै बेडको क्षमता बढाउँदै जाने निर्णय गरिएको सभापति चौधरीले बताए ।
  बजारहरुमा भीडभाड बढेपछि  र संक्रमितको संख्या पनि बढ्दै गएपछि थप सुरक्षा सतर्कता बढाउनका लागि यस्ता निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । 
   

पाक्नै लागेको आँप हावाहुरीले झारेपछि किसानहरुको लाखौंको क्षति




समिरुद्दिन मिकरानी-----
सर्लाही ,जेष्ठ १४
       भीषण हावाहुरी र पानीले पाक्नै लागेको  आँपमा ठूलो क्षति पुगेको छ ।  हावाहुरीले गर्दा पाक्ने अवस्थामा पुगिसकेको ८० प्रतिशत जति आँप रुखबाट झरेपछि किसानहरु चिन्तित भएका छन् ।
    सर्लाहीमा व्यवसायीक आँप खेती गर्दै आएका किसानहरुको आँप नै आम्दानीको श्रोत रहेको छ । आँप कै आम्दानीले घरखर्च देखि छोराछोरीको पढाइ खर्च चल्ने गरेको छ । यस पटक आपँमा मज्जर(फुल) लागेदेखि नै लकडाउनले सुरु हुँदा  औषधि छर्किन नपाएको किसानहरुको गुनासो छ । लकडाउनले गर्दा यसवर्ष आँप खरिद गर्ने व्यापारीहरु समेत गाउँको फुलबारीमा  आउन पाएका  छैनन्,’चक्रघट्टा गाउँपालिका औरहीका स्थानीय  किसान राकेश यादवले गुनासो  पोखे ।
     यतिबेला  किसानको घर-घरमा झरेको आँपको थुप्रो छ ।यसरी झरेको काँचो आँप अचार बनाउने काममा प्रयोग हुने भएकोले किसानहरु झरेका आँप बजारमा लगेर बेच्ने गरेको भएपनि यसपालिको काँचो आँप लकडाउनले गर्दा बजारसम्म लैजान नसकेको औरहीका स्थानीय किसान यादवले बताए । अधिकांश आँपहरु रुखबाट झरिसकेकोले यसपालि किसानलाई नसोचेको भन्दा बढी   क्षति भएको यादवले भने ।

डिप्रोक्स लघुबित्त बित्तिय संस्था मलंगवा द्वारा क्वारेन्टाइनलाई सहयोग


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ १४ ।
     डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडको मलंगवा शाखाले मलंगवा नगरपालिका वडा न-४ मा रहेको क्वारेन्टाइनमा  खाद्यान्न सहयोग गरेको छ ।
    विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)बाट प्रभावित भएको हुनसक्ने आशंकामा बाहिरबाट आएका ब्यक्तिहरुको निगरानी तथा स्वास्थ्य परिक्षणका लागि संचालित सर्लाहीको सदरमुकाम मलंगवा वडा न-४ स्थित क्वारेन्टाइनलाई संस्थाका शाखा प्रबन्धक श्याम किशोरलाल कर्णले  खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।आज(बुधबार )दिउँसो संस्थाका अध्यक्ष सहित कर्मचारीहरु नगरपालिकाको कार्यालयमै पुगेर मेयर निरसल साह र वडा न-४ का वडाध्यक्ष रवीन्द्र राय यादवलाई संयुक्तरूपमा ६२५ केजी.(प्रती बोरा २५ kg को दरले) चामल , १०० पीस सर्जिकल माक्स र २५ पिस साबुन गरि ३० हजार रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

Monday, May 25, 2020

सर्लाहीमा पत्रकार, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको एकैसाथ कोरोना परिक्षणका लागि स्वाब संकलन






लोकतन्त्र समाचारदात----
सर्लाही ,जेष्ठ १२ ।
     सर्लाहीमा विभिन्‍न सञ्‍चार माध्यममा आबद्ध २० जना पत्रकारहरुको आज (सोमबार )पिसिआर विधिबाट कोरोना परिक्षणको लागि  नाको स्वाब संकलन गरि पिसिआर काठमाडौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ
  अहिलेको कोरोना कहरमा संक्रमणको जोखिम मोलेर  पत्रकारहरु अग्रपंक्तिमा रहेर  रिपोरिङ गर्नु पर्ने भएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको पहलमा पिसिआर विधिबाट कोरोना परिक्षणका लागि  स्वाब संकलन गरिएको हो । जिल्लामा कार्यरत केही पत्रकारहरुको कार्य स्थल स्वाब संकलन भइरहेको स्थान सदरमुकाम मलंगवाबाट टाढा रहेकोले यसलाई दुई चरणमा विभाजन गरि पहिलो चरणमा २० जना पत्रकारहरुको स्वाब संकलन गरिएको पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताएको छ ।दोस्रो चरणमा टाढाका पत्रकारहरुको स्वाब संकलन गरिेने अध्यक्ष ठाकुरले भने ।
    आजै पत्रकारहरु सँगै जिल्ला प्रहरी कार्यालय मलंगवाको कार्यालय  भित्र विभिन्न फाँटमा खटिएका १७ जना प्रहरीहरुको साथै ६ जना एम्बुलेन्स चालकहरुको पनि स्वाब संकलन गरिएको छ । उनीहरूको स्वाब संकलन स्वास्थ्यकर्मी  संजय यादव, राहुल यादव र ज्ञानेन्द्र झाले गरेका थिए ।

Sunday, May 24, 2020

बत्रौल र अगर्वाको क्वारेन्टाइनमा रहेका ११० जनाको स्वाब संकलन गरि काठमाडौ पठाइयो , आफन्त तथा गाउँलेहरुमा चिन्ता बढ्यो



लोकतन्त्र समाचारदाता-----
सर्लाही, जेठ ११।
   सर्लाहीको विष्णु गाउँपालिका र कविलासी नगरपालिकाका क्वारेन्टाइनमा रहेका ११० जनाको स्वाब संकलन गरि पिसिआर टेष्टका लागि काठमाडौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । विष्णु गापा बत्रौल स्थित स्वास्थ्य चौकी र  कबिलासी नपा अगर्वा स्थित विद्यालयमा बनाइएका क्वारेन्टाइनबाट ११० जना ब्यक्तिको स्वाब संकलन गरि टेकु पठाइएको हो  । पिसिआर टेष्टका लागि लगिएका स्वाबको नमुना भारतबाट आएर क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको भएकोले उनीहरूको रिपोर्ट पोजेटिभ आउँछ कि भन्ने चिन्ता आफन्त तथा गाउँलेहरुलाई लागेको छ ।केही दिनदेखि पोजेटिभ रिपोर्ट आएका जति सबै ब्यक्तिहरु भारतबाट  आएका थिए ।



मलंगवाकी उपमेयर शान्ति मिकरानीद्वारा घरमै बसेर नवाज पढ्न आग्रह




अजिता चौधरी-----
सर्लाही ,जेष्ठ ११


     ईद पर्वको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाकी उपमेयर शान्ति मिकरानीले घरमै बसेर नवाज अदा (पढ्न )गर्न जिल्ला भरिका मुस्लिम समुदायमा आग्रह गर्नु भएको छ ।मुस्लिम समुदायहरुको महान पर्व ईद-उल फित्राको शुुभकामना दिँदै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

 सदरमुकाम  मलंगवा लगायत देशविदेशमा विभिन्न कामको सिलसिलामा बस्दै आएका नेपाली मुस्लिम समुदायलाई कोरोना भाइरसको विश्वव्यापी महामारीमा लकडाउनको पुर्न रुपमा पालना गर्दै आआफ्नो घरमै बसेर यस्तो महामारीबाट मानव समाजलाई रक्षागर्न ईशवर सँग प्राथना गर्न उपमेयर मिकरानीले सन्देश दिनुभएको छ ।साथै उहाँले लकडाउनको पालना गर्ने र संक्रमितहरुको उपचार तथा सुरक्षार्थ आफ्नो ज्यानको माया नगरि दिनरात खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई समेत धन्यवाद दिनुभएको छ ।

जमुनियाको क्वारेन्टाइनलाई ५० कार्टुन मिनिरल पानी


सर्लाही ,जेष्ठ ११ ।
   कविलासी नगरपालिकाले निर्माण गरि संचालनमा ल्याएको जमुनियाको  क्वारेन्टाइनलाई बाल विकास नेपाल नामक संस्थाले ५० कार्टुन मिनिरल  पानी उपलब्ध गराएको छ ।
      सर्लाहीको कविलासी नगरपालिका वडा न-६ जमुनिया स्थित आधारभुत विद्यालयमा बनाइएको क्वारेन्टाइनलाई पत्रकार राम गोबिन्द यादवको विशेष पहलमा संस्थाका अध्यक्ष बिरेन्द्र यादवले क्वारेन्टाइनमा बस्दै आएका ब्यक्तिहरुलाई शुद्ध पिउने पानीको कमि हुन नदिन  सनिवार क्वारेन्टाइनमै पुगेर  ५० कार्टुन मिनिरल पानी हस्तान्तरण गरेका छन् । क्वारेन्टाइन संचालनको लागि आवश्यक पर्ने अरु सामाग्रीहरु पनि क्रमश यसैगरी प्रदान गर्दै जाने संस्थाका अध्यक्ष यादवले प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

Saturday, May 23, 2020

सर्लाहीको सदरमुकाममा ५० बेडको अस्थायी कोरोना विषेश अस्पताल(आइसोलेसन वार्ड) संचालनमा आयो

 भिडियो सहित....





सर्लाही जेष्ठ १० ।
      सर्लाहीका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा ठुलो संख्यामा  कोरोना भाइरस संक्रमित ब्यक्तिहरु भेटिन थालेपछि  जिल्लाको सदरमुकाम मलंगवामा ५० बेडको अस्थाई कोरोना विशेष  अस्पताल (आइसोलेसन वार्ड) को निर्माण भएको छ ।
     आज (सनिवार )बाट संचालनमा आएको उक्त विशेष अस्पतालमा सनिवार फेलापरेका  गोडैता नगरपालिकाका १२ जना संक्रमितहरुलाई राखेर उपचार प्रकृया अगाडी बढाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाएको छ ।  प्रादेशिक अस्पताल जनकपुर र क्षेत्रिय अस्पताल बिरगंजमा  संक्रमितहरुलाई  राख्न ठाँउको अभाव भएपछि बाध्य भएर सदरमुकाम मलंगवा स्थित वडा न-२ मा  रहेको सन्तअल्पा माई नर्सिग कलेजमा  ५० बेडको अस्थाई कोरोना बिशेष अस्पतालको निर्माण गर्नुपरेको प्रजिअ जिसीले बताएको छ ।
    प्रदेश नम्बर २ सरकारले  नेपाल भारत सिमावर्ती जिल्लाहरुमा भारतबाट आएका ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भेटिन थालेपछि समाजिक विकास मन्त्रलयले पर्सा, बारा, धनुषा, सिरहा र सप्तरीका विभिन्न ठाउँमा  आइसोलेसन वार्ड स्थापना गरेपनि सर्लाहीमा भने निर्माण भएको थिएन ।यहाँ फेला परेका संक्रमितहरुलाई जनकपुर र बिरगंज पठाउनुपर्ने बाध्यता थियो ।ठुलो संख्यामा फेलापरेका  संक्रमित ब्यक्तिहरुलाई एकैसाथ  लान एम्बुलेन्सको समेत अभाव हुँदै आएकोले जिल्लामै अस्थाई कोरोना विशेष  अस्पताल (आइसोलेसन वार्ड) को निर्माण भएपछि अवस्था केही सहज भएको प्रजिअ जिसीले बताएको छ ।
     उक्त अस्पतालमा राखिएका संक्रमितहरुको रेखदेख तथा उपचारका लागि  स्वास्थ्यकर्मीको विशेष  टोली सहित सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।


सर्लाहीको कबिलासी न.पा-१को पिपरिया र गोडैता न.पा मा कोरोना भाइरसको संक्रमित पुष्टी


लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १० ।
     सर्लाहीमा आज फेरी एकैपटक १३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान(सनिवार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार सर्लाहीको कबिलासी नगरपालिकामा १ जना र गोडैता नगरपालिकामा १२ जना गरि जम्मा १३ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको हो ।कबिलासी नगरपालिका वडा न-१ पिपरियाका १ जना तथा गोडैता नगरपालिका वडा न-२मा १ जना,  वडा न-. ३ मा १ जना,वडा न- ६ मा १ जना, वडा न- ८ मा २ जना, वडा न- ११ मा ६ जना र वडा न-१२ मा १ जना गरी जम्मा १२ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
कबिलासी न.पा वडा न-१ पिपरियाका पुरुष काठमाडौ बस्दै आएको र उनले त्यही परिक्षण गराएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाएको छ ।
    हिजो (शुक्रवार)गोडैता नपा र रामनगर गापामा  एकैसाथ १५ जनामा कोरोना संक्रमित देखिएको थियो ।गोडैता नपा अन्तर्गतका सबै वडाहरु अनिश्चितकालका लागि सिल गरिसकिएको  छ ।कबिलासी नपा मा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
   यो सँगै सर्लाहीमा संक्रमितको संख्या ३३ जना पुगेको छ ।

सर्लाहीको कविलासी नगरपालिका र गोडैता नगरपालिकामा थप १३ जना कोरोना भाइरस संक्रमित थपियो ।




काठमाडौँ ,जेष्ठ १० ।
      नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ ।  शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्

सर्लाहीमा कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

सर्लाहीमा कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौं, जेठ १०।
     नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ५१६ पुगेको छ। हिजो (शुक्रवार)साँझसम्म ५९ संक्रमित बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
हिजो थपिएका संक्रमितमध्ये तीनजना बाहेक सबै पुरुष छन् । कुल ४० जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

अहिलेसम्म संक्रमितमध्ये ३ जनाको निधन भएको छ । ७४ जना निको भई घर फर्किएका छन् । हिजो (शुक्रवार)एकै दिन २१ जना नीको भइ घर फर्किएका छन् ।

-:संक्रमितको विवरण:-

सर्लाहीका ४५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
सर्लाहीका पुरुष, ६ जेठमा पत्ता लागेको
सर्लाहीका पुरुष, ६ जेठमा पत्ता लागेको
सर्लाहीका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
सर्लाहीका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेको
Reporters Nepal बाट


कोरोना भाइरसको औषधी धमाधम प्रयोग (कुन देशले कुन औषधी प्रयोग गरे सुचीसहित)

एजेन्सी, ९ जेठ । विश्वभर फैलिएको कोरोना खोपको निर्माणमा सम्पूर्ण देशहरु लागिपरेका छन् । कोरोना खोपको साकारात्मक प्रभावको दाबी कुनै देशले पनि गर्न सकेको छैन् । अहिलेसम्म १५० वटा खोपको परिक्षण भइरहेको जनाइएको छ । खोपको निर्माण प्रक्रियासंगै अत्यधिक मात्रामा फैलिएको कोरोना भाइरसको छिटो उपचारका लागि औषधीहरुलाई समेत प्रयोगमा ल्याइएको छ ।

सरकारद्वारा मान्यता प्राप्त प्रभावकारी औषधीहरु निर्माण र अनुसन्धानको क्रममा छन् । प्रयोगात्मक औषधी निर्माण गर्ने देश र औषधीको नाम यस प्रकार छन ः
१) एन्टिबडी एजिथ्रोमाइसिनका साथ हाइड्राँक्सीक्लोरोक्वीन नाम गरेको औषधीलाई कोरोना उपचारमा अमेरिकाले प्रयोग गरिरहेको छ ।
२) रिमिडिसिभिर र एन्टी इन्फ्लेमेटर ड्रग बारिकिटिनिब नाम गरेको औषधी अमेरिकाको एलर्जी र संक्रामक रोगहरुको राष्ट्रीय संस्थाले प्रयोग गरिरहेको छ ।
३) फ्याविलाभिर नाम गरेको औषधी चीनले मानयता दिइ प्रयोगमा ल्याएको छ ।
४) लोसार्टन औषधी मिनेसोटा विश्वविद्यालयले प्रयोगमा ल्याएको छ ।
५) एथराइटिसको औषधी टोसिलिजुमाब (कटेम्रा)लाई फ्रान्सले प्रयोगमा ल्याएको छ ।
६) इभरमेक्टिनका साथ डोक्सीसिक्लिनलाई बंगलादेशले प्रयोगामा ल्याएको छ ।
७) फविपिरावीर वा अविगानलाई जापानले प्रयोगमा ल्याएको छ ।
Reporters Nepal बाट

Friday, May 22, 2020

थुनुवा युवकमा कोरोना संक्रमण , जिल्ला प्रहरी कार्यालय बैतडी सिल


थुनुवा युवकमा कोरोना संक्रमण ,  जिल्ला प्रहरी कार्यालय बैतडी सिल
काठमाडौँ,जेष्ठ ९
     सुदूरपश्चिम प्रदेशको बैतडीका कोरोना संक्रमित कर्तव्य ज्यान मुद्दाका थुनुवा रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ ।
शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ती व्यक्तिको स्वाब संकलनगरी धनगढी पठाएको र रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो  ।
जिल्ला प्रहरी कार्यालय सिल गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको ट्रेसिङ सुरु गरेको पाण्डेले जानकारी दिनु भयो  । ती व्यक्ति चैत ६ गते नेपाल आएको र वैशाख १५ गते प्रहरीले पक्रेको थियो 
योहो खबरबाट 

भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्‍म जेल सजाय


भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्‍म जेल सजाय
काठमाडौँ,जेष्ठ ९
      भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा अहिले संसदिय समिति हरुमा तिब्र बहस भै रहेको छ । यसैविच विधायन व्यवस्थापन समितिले १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा सहमति जुटाएको छ ।
१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । त्यसैगरी, १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो । त्यसैगरि घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको छ । १ करोड देखि १० करोड सम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने र १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ ।
दफावार छलफमा सांसद रामनारायण विडारीले घुस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताए ।
सांसद प्रमिला कुमारीले जति ठूलो रकम घुस लियो त्यती नै बढी कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताइन । अर्बौ रुपैयाँ घोटाला गर्नेलाई कम्तिमा पनि २० वर्ष कैद सजाय हुनुपर्ने उनको धारणा छ ।
ऐन संशोधनपछि सरकारी सेवाका क्षेत्र तथा नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा कुन तहसम्म जान सकिन्छ भन्ने विषयको टुंगो लाग्ने विश्वास लीइएको छ । यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घुस लिएको रकम जफत हुने प्रावधान थियो ।
योहो खबरबाट

एकैसाथ १५ जनामा कोरोना संक्रमण देखिएपछि गोडैता नगरपालिका सिल ,औषधि पसल बाहेक अन्य कुनै पसल तथा संघसंस्था संचालन नगर्न नगरपालिकाको निर्देशन



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ ९ गते ।
     भारत सँग सिमा जोडिएको सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका सबै वडाहरु  आज(शुक्रवार)बाट सिल गरिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं बाट प्राप्त नतिजा अनुसार  नगरपालिका भित्रका विभिन्न क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको पिसिआर टेष्ट गराउँदा  एकैसाथ १३ जनामा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ  पुष्टि भएपछि उच्च सर्तकता अपनाउँदै नगरपालिका अन्तर्गतका सबै (१ देखि १२ )वडाहरु आजबाट सिल गरिएको नगरप्रमुख देवेन्द्र यादवले जानकारी गराएको छ ।
    आज(शुक्रवार)दिउँसो एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र संचालित औषधि पसल बाहेक अन्य सबै पसलहरु, बैंक तथा वित्तीय संस्था ,गैरसरकारी संघसंस्था र नगरकार्यपालिकाको कार्यालय अतिआवश्यक काम बाहेक अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको नगरप्रमुख यादवले बतानुभएको छ। 
  भारतका विभिन्न प्रान्तमा रोजगारीको लागि गएका नेपाली नागरिकहरु दुबै देश बिच आवतजावत बन्द भइ सिमानाका सिल गरिएकाले पारीबाट(भारत) लुकिछिपी चोर बाटो प्रयोग गरेर आउने ब्यक्तिहरुमा कोरोना भाइरसको  संक्रमण देखिएपछि  भारतसँग  सिमाना जोडिएका सबै स्थानीय तहका बासिन्दा तथा सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई  सर्तक रहन स्थानीय प्रशासनले  निर्देशन दिएको छ ।



सर्लाहीमा एकैसाथ १५ जनामा कोरोना संक्रमणको पुष्टि, एकजना महिला , संक्रिमितहरुलाई जनकपुर लाने तयारी

video सहित...


मनोज यादव-----
सर्लाही,जेठ ९ गते। 
     सर्लाहीमा आज(शुक्रवार) एकै साथ १५ जना नयाँ  कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ ।
    सर्लाहीको सदरमुकाम मलंगवादेखि पश्चिम-दक्षिण क्षेत्रमा पर्ने  गोडैता नगरपालिका र रामनगर गाउँपालिका १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका  प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो ।चार दिन अगाडि गोडैता नगरपालिका   स्थित बेणीभोला माविको क्वारेन्टाइनमा रहेका गोडैताका ८१ जना र रामनगर गाउँपालिकाका ५ जनाको स्वाब पिसिआर टेष्टका लागि  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको मध्येबाट गोडैताका १४ जना र रामनगरका १ जना गरि जम्मा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्येबाट गोडैताकी एकजना १८ वर्षिया महिला समेत रहेको  प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी गराउनु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको  विज्ञप्तिमा गोडैता नगरपालिकाको वडा नं. १३ र १४ मा पनि कोरोना संक्रमित व्यक्ति भएको  उल्लेख गरिको भएपनि उक्त नगरपालिकामा ति वडाहरु  नभएको गोडैता नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिकाउ यादवले प्रष्ट पार्नु भएको छ । कार्यकारी प्रमुख यादवका अनुसार संक्रमित हुनेहरुमा गोेडैता नपा वडा न-१ का ४ जना , वडा न-४ का १ जना,वडा न-१ का १ जना(१८ वर्षिया युवती ),वडा न-११ का ३ जना ,वडा न-१२ का १ जना र वडा नम्बर नखुलेको बाट ४ जना र रामनगर गाउँपालिका-७  बहुअर्वाका १जना रहेका छन् ।उनीहरु  सबैजनालाई ३ वटा एम्बुलेन्समा राखेर जनकपुर पठाउने तयारी भइरहेको यादवले जानकारी गराएको छ । 
    संक्रमित व्यक्तिहरु केहीदिन अगाडि भारतको मुम्बई ,दिल्ली ,हरियाणा, पंजाब लगायतका ठाउँबाट आएर कसैको सम्पर्कमा नगइ सिधै  गोडैता स्थित बेणीभोला माविको  क्वारेन्टाइनमा आएर बसेको जनाइएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको खोजतलास भइरहेको र सम्पर्कमा  आईसकेपछि उनीहरूको  पनि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

     यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा   गाउँकै १८ वर्षिया युवतीमा कोरोना संक्रमण देखिसकेको छ । यो सँगै  धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । 

सर्लाहीमा एकैसाथ १५ जना कोरोना संक्रमणको पुष्टि, संक्रिमितको संख्या २० पुग्यो





लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ९ गते।
     सर्लाहीमा आज एकै साथ १५ जना नयाँ  कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ ।
    सर्लाहीको सदरमुकाम मलंगवादेखि पश्चिम-दक्षिण क्षेत्रमा पर्ने  गोडैता नगरपालिका र रामनगर गाउँपालिका क्वारेन्टाइनमा बसेकाहरु मध्ये १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभएको छ । गोडैता नगरपालिकामा १४ जना र  रामनगर गाउँपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको  विज्ञप्तिमा गोडैता नगरपालिकाको वडा नं. १३ र १४ मा पनि कोरोना संक्रमित व्यक्ति भएको  उल्लेख गरिको भएपनि उक्त नगरपालिकामा ति वडाहरु  नभएको गोडैता नगरपालिकाका मेयर देबेन्द्र यादवले जानकारी दिनुभयो ।मन्त्रालयको  बिज्ञप्ति त्रुटि पुर्ण रहेकोले सर्लाहीमा कोरोना संक्रिमित व्यक्तिको संख्या हेरफेर समेत हुन सक्ने  अनुमान  गरिएको  छ । संक्रमित व्यक्तिहरु केहीदिन अगाडि भारतको विभिन्न प्रान्तबाट आएर  क्वारेन्टाइनमा बसेको नगर प्रमुख  यादवले जानकारी दिनुभयो ।
    संक्रमित १५ जना ब्यक्तिको सम्पर्कमा आएकाहरुको खोजतलास भइरहेको र सम्पर्कमा  आईसकेपछि उनीहरूको  पनि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

     यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा   गाउँकै १८ वर्षिया युवतीमा कोरोना संक्रमण देखिसकेको छ ।यो सँगै  धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरका ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । संक्रमित सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको र संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रजिअ जिसीले जानकारी दिनुभएको छ।एकैसाथ ठुुलो संख्यामा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रमा अहिले त्रासको माहोल छाएको छ ।सो क्षेत्रमा सिल गर्ने तयारी भइरहेको बताइएको छ ।