Thursday, September 30, 2021

ग्रामीण क्षेत्रमा पेट्रोलको खुलेआम कालोबजारी

 



 -----नियमन निकाय स्वयं ठगींदै----

मनोज यादव----

सर्लाही ,असोज १४

     सर्लाहीको ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको व्यापक रुपमा कालोबजारी हुने गरेको पाइएको छ। पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि गाउँघरमा भने सानातिना पान पसलदेखि तरकारी पसलमा समेत पेट्रोलियम पदार्थको किनबेच हुँने गरेको छ।यसरी सरकारी नियमको वेवास्ता गर्दै पेट्रोलियम पदार्थको बिक्री भइरहेको देख्दादेख्दै नियमन  निकाय मौन रहँदै आएका छन्  ।

   पेट्रोलियम पदार्थको बिक्रीवितरणका लागि लाइसेन्स लिनुपर्ने हुन्छ तर  बिना लाईसेन्स पेट्रोल बेच्दै आएका ब्यापारीहरु ग्राहकसँग मनमर्जी रकम असुल्ने गरेका छन ।यस विषयमा  प्रशासनले मौनता देखाउँदा ग्राहकहरु खुलेआम ठगीको सिकार बन्दै आइरहेका छन् । 

     जिल्लामा रहेका  पेट्रोल पम्पले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएपनि अबैध रुपमा पेट्रोल विक्रिमा कालोबजारी भइरहँदा पनि नियमन निकायहरुले अनुगमन गर्न सकेका छैनन् ।सहर बजारका पसलहरु देखि लिएर गाउँघरमा संचालित   किराना पसल, नास्ता पसल ,फेन्सी पसल,पान पसल र तरकारी पसल संचालकहरुले  बर्षौंदेखी ‘मिनरल वाटर’ को बोतलमा राखेर पेट्रोल बेच्दै आएका हुन् । यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर नहुने मलंगवाका स्थानीय युवाले बताए ।त्यस्ता पसलेहरु पेट्रोल पम्पबाट ठुला ठुला ड्रम र ग्यालनमा पेट्रोल किनेर लाने र आआफ्नो पसलमा एक लिटरको मिनिरल वाटरको बोतलमा भरेर सरकारले तोकेको मुल्य भन्दा बढी रकम लिएर ग्राहकहरुलाई खुद्रा  बिक्री गर्ने गरेका छन् ।उनीहरू ग्राहकहरुबाट एक लिटर भनेर बिक्री गरेको पेट्रोलको मूल्य पम्पमा तिर्नुपर्ने मूल्यको भन्दा २० देखि ३० रुपैया बढी लिएर बेच्ने गरेका छन् । प्रति एक लिटर पेट्रोलमा एक हजार एमएल पेट्रोल हुने भएता पनि ब्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोल जम्मा ८ सय  एमएल मात्रै हुन्छ ।

   प्लास्टिकका भाँडामा राखेको र धुलाकण मिसिएको पेट्रोल प्रयोग गर्दा इन्जिन चाँडै बिग्रने मलंगवा नगरपालिका वडा न-९ स्थित एक मोटरसाइकल रिपेयरिङ्ग सेन्टरका मेकानिक हुसनैनले बताए । व्यापारीले १ लिटरको पैसा लिएर  कम परिमाणमा पेट्रोल बिक्री गरेर ग्राहकलाई ठग्दै आएका छन् ।

    सर्वसाधारण जनतामात्र नभइ गलत कामको निगरानी गर्ने  जिल्लाका उच्चपदस्थ कर्मचारीहरु समेत जथाभावी अवैध रुपमा बिक्री हुने पेट्रोल किनिरहेका छन् ।

Wednesday, September 29, 2021

वनको काठ चोर्न लगाउने वडाध्यक्षले पत्रकार गणेश साह माथि हातपात गरे

 

  ---प्रहरीले हालसम्म  पक्राउ परेका काठ कारबाहीको लागि बनलाई बुझाएन---


लोकतन्त्र समाचारदाता---

सिरहा,असोज १३ 

    वनको काठ चोर्न लगाएर तश्करी गर्न लगाउने सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न- ९ का वडाध्यक्ष रामपुकार कामतीले पत्रकार गणेश साहमाथि हातपात गरेका छन् ।

    नेपाल पत्रकार महासंघ सिरहाका उपसभापति समेत रहेका पत्रकार साहमाथि वडाध्यक्ष कामतीले ईलाका प्रहरी कार्यालय मिर्चैयामै हातपात गरेका हुन् । पत्रकार साहले काठ र जेसिबीसहित पक्राउ परेका चालकमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि वडाध्यक्ष कामतीले आफूमाथि हातपात गरेको बताएका छन् । गत सोमबार राति वनबाट सालको काठ चोरी गर्दागर्दै ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाएको थियो । तर प्रहरीले भने ती काठहरु हालसम्म कारबाहीका लागि वन कार्यालयमा बुझाएको छैन ।

प्रहरीको नियन्त्रणमा रहेको जेसिबी गोलबजार नगरपालिकाको रहेको छ ।

    काठसहित पक्राउ परेका जेसिबीका चालकले वडाध्यक्ष कामतीको निर्देशनमा आफुले काठ चोर्न लागेको बयान दिएका छन् ।

    उता गोलबजारका मेयर र आरोपी वडाध्यक्ष कामती जेसिबी र चालकलाई छाड्न प्रहरीलाई दबाब दिदैं आएको स्रोतको दावी छ ।

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक समाग्री वितरण

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज १३

     सर्लाहीको रामनगर गाउँपालिका वडा न-२ को एक सामाजिक संस्था  बाल कल्याण समाजले सदरमुकाम   मलंगवा नगरपालिका वडा न-१ भेडियाही स्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा कमजोर  दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। 

   बुधबार मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच उक्त विद्यालयमा अध्यनरत १९ जना आर्थिक रुपमे कमजोर दलित तथा विपन्न समुदायका बालबालिकालाई   कापी , पेन्सिल, औजार बक्स , कलर,पिक्चर डिक्सनरी किताब लगायतका शैक्षिक सामाग्री वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायले बताए । आर्थिक अवस्था कमजोर भएका  कारण विद्यालय जानबाट बन्चित हुनुपरेका तथा  शैक्षिक सामाग्री खरिद गर्न सक्ने हैसियत नभएका विपन्न तथा दलित समुदायका बालबालिकाहरुको पहिचान गरि शैक्षिक समाग्री वितरण गरेको कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका आयोजक संस्थाका अध्यक्ष रायले बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साहले  शिक्षामा पहुँच तथा विद्यालय टिकाउनको लागि , विद्यालय जानबाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन स्वरुप  शैक्षिक सामाग्री उपलब्ध गराएर   बाल कल्याण कल्याण समाज रामनगर मार्फत वितरण गराएका समाजसेवी एवं साह निर्माण सेवाका संचालक चन्दन साह

            दाता- चन्दन साह


ले समाजको लागि उदाहरणीय काम गरेको भन्दै  दाता र आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

     शैक्षिक सामाग्री वितरण गरेर त्यस्ता समुदायका बालबालिकाहरुलाई  केही हदसम्म विद्यालय जान प्रोत्साहन गरेको मेयर साहले भने ।

    यसै अवसरमा आयोजक संस्थाले शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेका दाता साहलाई मधेसको सान गम्छा ओढाएर  कदरपत्रको साथ  सम्मान गरेका थिए ।

    कार्यक्रममा मलंगवा नपा-१ भेडियाहीका वडाध्यक्ष राज किशोर यादव,NNDSWO का अध्यक्ष राजेश पासवान ,ओरेक नेपालकी दुर्गा थापा,प्रेरणाका कृष्णकान्त मल्किक,विद्यालयका शिक्षक राम विश्वास यादव,मनिष हजारी,अभिषेक साह,मन्दित यादव, नन्दकिशोर राय,राम विश्वास साह, अभिभावक   स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी एवं संस्थाका सल्लाहकार  मुकेश मिश्रले जनाएको छ।

 

Tuesday, September 28, 2021

सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व सुरु

  

अजिता चौधरी ---

सर्लाही ,असोज १२

   सर्लाही सहित तराई मधेसमा जितिया पर्व सुरु भएको छ ।

छोराछोरीको दीर्घायुको कामना गर्दै यहाँका महिलाहरुले जितिया पर्व श्रद्धाका साथ मनाउने गरेका छन् ।

     यस पर्वको पहिलो दिन विवाहित महिलाहरुले  बिहान जलाशय पुगेर पूजाअर्चना गर्दै ब्रत शुरु गरेका छन्। पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलासयमा नुहाएर (नहायखाय) घिरौलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवानलाई चढाएर व्रतको आरम्भ गरेका हुन्।

   हरेक खाले विपद तथा दुःख कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षार्थ महिलाहरु जितिया मनाउने गर्दछन्। घटस्थापना भन्दा केही अगाडि असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ। यस पर्वमा सन्तान तथा पतिको सुखसमृद्धिका लागि स्याल, बाज र मृत श्रेष्ठजनको पूजा गर्ने परम्परा रहेको छ। यस पर्वको पहिलो दिन ब्रतालु महिलाहरु ‘नहाय खाए’ अर्थात नुहाएर शुद्ध भई खाने गर्छन । नहाय खाय ब्रतका दिन ब्रतालु महिलाहरु नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्दछन्। यो पर्वमा ब्रतालु महिलाहरुले ‘नहाय खायको’ दिन ब्रतालु महिलाहरुले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ।

   पर्वको दोस्रो दिनदेखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन्। ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने परम्परा समेत रहेको छ। जितिया ब्रत बसेका महिलाहरुले थुकसमेत निल्न नहुने मान्यता रहेको छ। ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने बर्तालु महिलाहरु बताउँछन्। यस व्रतमा पानीसमेत नखाने र व्रत अवधिभरी व्रतालुले केही सामान नभाँच्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता कडा नियमहरुको पालन गर्नुपर्छ। 

  कथा अनुसार सतयुगमा एक दम्पत्तिले आफ्नो एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडको आहार नबनोस् भनी भगवानसँग प्रार्थना गरेर जितवाहन भगवानको पूजा अर्चना गरेका थिए। उनको पूजाले खुशी भएका भगवानले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर त्यस दम्पत्तिको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जिवित पारेको हुनाले यो पर्व आफ्नो छोराछोरीको दीर्घायुको लागि मनाउन थालिएको भनाइ छ।

    जितिया पर्वको अवसरमा केन्द्र सरकारले प्रत्येक वर्ष महिलाका लागि सार्वजनिक विदा दिंदै आएकोमा यसपाली भने बिदा नदिएकोमा सरकार प्रति महिलाहरु रोष प्रकट गरेका छन् ।

Monday, September 27, 2021

सेवाग्राहीको कामामा हस्तक्षेप गर्ने र घुस लिने कर्मचारी तथा विचौलिया उपर हदैसम्मको कानुनी कार्यवाही गर्छौ: सर्लाहीका प्रजिअ राम कुमार महतो

 

   





मनोज यादव---

सर्लाही ,असोज ११

    जिल्ला प्रशासन कार्यालय सर्लाहीमा  नागरिकता तथा राहदानी लिन आउने सेवाग्राहीहरुको भीड बढेको छ ।सेवाग्राहीहरुको चापले गर्दा  काम गर्न हम्मेहम्मे परेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

   प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कोरोना महामारीका जिल्लामा लगाइएको निशेधाज्ञाका कारण लामो समयसम्म कार्यालयको काम ठप्प भएकाले अहिले सेवा लिनेको भिड एक्कासि बढेको बताउनुभयो ।एस.इ.इ को रिजल्ट आइसककोले  उच्च शिक्षा हासिल गर्नको लागि नेपाली नागरिकताको आवश्यक पर्ने भएकोले पनि भिड बढेको उहाँले बताउनुभयो ।नागरिकताको साथसाथै कार्यालयबाट प्रदान गरिने अन्य सेवाको लागि पनि सेवाग्राहीहरु आउने गरेकाले पनि भिड बढेको प्रजिअ महतले बताए। जिल्लामा अहिले राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ ।उक्त परिचयपत्र लिनको लागि नागरिक अनिवार्य रुपमा चाहिने भएकोले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकतामा बुझ्ने गरि स्पष्ट रुपमा विवरण उल्लेख भएको हुनुपर्छ ।तर कतिपय नागरिकको नागरिकता हराइसकेको, च्यातिएको , अक्षरहरु मेटिसकेको रहेकाले प्रतिलिपी बनाउन आउने सेवाग्राहीहरुको संख्या  पनि एक्कासि बढेकोले कार्यालयमा  भिड तथा चाप बढेको उहाँले बताउनुभयो ।यसैबीच निर्वाचन आयोगले यतिबेला चलाइरहेको मतदाता परिचयपत्र अभियानमा मतदाता परिचयपत्रका लागि नागरिकताको आवश्यक्ता परेकोले गर्दा पनि भिड बढेको उहाँले बताउनुभयो ।ती सबै कामहरु एकैसाथ चलिरहेकोले नागरिकता परिचयपत्र लिन आउनेहरुको भिड बढेको प्रजिअ महतोले स्पष्ट पार्नुभयो ।उनले सेवाग्राहीको चप कम गर्न कार्यालयको समय बाहेक अतिरिक्त समयमा पनि काम गरिरहेको बताए ।आफुहरु सेवाग्राहीलाई नागरिकता दिएरै पठाउने प्रयासमा लागेका छौ, उनके भने ।

   प्रजिअ महतोका अनुसार जिल्ला प्रशासन कार्यालयले २०७६ र २०७७ सालको तुलनामा  २०७८ सालमा सबैभन्दा बढी नयाँ  नागरिकता र प्रतिलिपी वितरण गरेको छ । 

    कार्यालय परिसरमा आइसकेका सेवाग्राहीलाई खालीहात नफर्काउने प्रयासमा आफुहरु लागिपरेको र सो अनुसार कामपनि गरिरहेको प्रजिअ महतोले भने ।यसअघि नागरिकता लिनका लागि ३/४ दिनसम्म धाउनुपर्ने अवस्था रहेकोमा अहिले सबै प्रक्रिया पूरा गरि आउने सेवाग्राहीलाई  एकैदिनमा नागरिकता परिचयपत्र दिएर पठाउने गरेको उनले बताए ।प्रतिलिपीका लागि आवेदन दिएका केही सेवाग्राहीको अभिलेख नभेटिएकाले पेन्डिंगमा परेकोले यसलाई छिट्टै व्यवस्थापन गर्ने  उहाँले बताउनुभयो ।


      सेवा लिन आउँदा कुनै किसिमको असन्तुष्टी भए,गुनासो भए, रकम लनदेन र विचौलियाहरुको हस्तक्षेप भएको अवस्थामा सेवाग्राहीले सिधै आफुसँग सम्पर्क गरेर सोको जानकारी गराउन सक्ने प्रजिअ महतोले बताउनुभयो ।त्यस्ता ब्यक्तिलाई शून्य सहनशीलताका साथ हदैसम्मको कार्यवाही गरिने उहाँले जानकारी गराउनुभयो ।

     


Sunday, September 26, 2021

एकसय दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण

 



 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १०

   नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेन को सन्युक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) अन्तर्गत  छ्नौट मा परेका कबिलासी ,हरिपुर्वा ,मलंगवा,गोडैता नगरपालिका तथा  ब्रहम्पुरी र चन्द्रनगर गाउँपालिकाका  १०० जना दलित बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

    कबिलासी कलस्तर स्थित जनता अधारभुत विद्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच उनीहरूलाई छात्रवृत्ति बापत रकम वितरण गरिएको हो।कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा सदस्य मिठु पासवान , ,प्रधानाध्यापक भाग्य नारायन मिश्र  ,संस्थाका सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको उप्स्थिती रहेको थियो ।

     संस्थाले प्रत्येक तीनतीन महिनामा एक त्रैमासिकमा नगद रु २१५१०० रुपैया छात्रवृत्ति बापत वितरण गर्ने गरेको संस्थाका कार्यक्रम अधिकृत गोबिन्द पासवानले जनाएको छ ।

फोहर व्यवस्थापनका लागि चेतना द्वारा सिडियो कार्यालयलाई डस्टवीन हस्तान्तरण

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ९

     सर्लाही स्थित एक सामाजिक संस्था चेतनाले  फोहर व्यवस्थापनका लागि  विभिन्न सार्वजनिक स्थानमा राख्न भनि सहायक  प्रमुख जिल्ला अधिकारीलाई डस्टबिन हस्तान्तरण गरेको छ ।

    संस्थाका सदस्यहरुको उपस्थितिमा   संयोजक मुकेश जयसवालले मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमै गएर  सहायक प्रजिअलाई ८ थान डस्टबिनहरु हस्तान्तरण गर्नु भएको छ।

    मानिसहरूलाई डस्टबिनको प्रयोगबारे जागरूक गराउन साथै फोहर मैला व्यवस्थापनका निम्ति  डस्टबिन वितरण गरेको संयोजक जयसवालले बताउनु भएको छ।

Saturday, September 25, 2021

राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अंकित गर्नुपर्ने मगही भाषा अगुवाहरुको आग्रह

 



मनोज यादव---

सर्लाही ,असोज ९

     मगही भाषाका अगुवाहरुले २०७८ सालको  राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्न अनुरोध गरेका छन् ।

    कविर पथ धर्मसभा नेपाल सर्लाहीका जिल्ला प्रतिनिधि महात्मा  बिजय महतोको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष महात्मा आलोक साहेवको प्रमुख आतिथ्यतामा सनिवार  सर्लाहीको बरहथवामा आयोजित वृहद कविर पथ धर्म जिल्ला सम्मेलनमा बोल्दै उहाँहरुले यस्तो आग्रह गरेका छन् ।

     नेपालका करिब ३० लाख जनसंख्याले मगही भाषा बोल्ने गरेको भएपनि २०६८ सालको जनगणनामा मात्र ३५ हजारले मगही भाषी भएको लेखेका थिए ।  पिछडा वर्गहरुले बोल्ने मगही भाषा बारे स्वयं जनता नै सचेत नहुँदा मगही भाषा संरक्षण हुन नसकेको भाषा अभियन्ताहरुले जानकारी दिएका थिए ।

(video पनि हेर्नुस् )📹️


    कविर पथ धर्मसभा नेपाल सर्लाहीले बरहथवा नपा वडा न-९ स्थित एजुकेसन होम माद्यामिक विद्यालयको प्रांगणमा आयोजना गरिएको वृहद कविर पथ धर्म जिल्ला  सम्मेलनका सहभागी मगही भाषा अभियन्ताहरुले भाषा, संस्कृति र कविर पथ धर्म पहिचान प्रति संवेदनशील हुन आग्रह गर्दै भाषा र संस्कृति लोप भए पहिचान नै गुम्ने खतरा औल्याएका थिए । सम्मेलनमा भाषा अभियन्ताहरुले मगही भाषा संरक्षणका लागि राज्यले सहयोग नगरेको गुनासो गरेका थिए ।

    जिल्लाभरीका सन्त,महन्त ,सक्रिय महात्मा,साधु साधवी ,सामाजिक संघसंस्थाका प्रतिनिधि तथा प्रदेश न-२ का जिल्लाहरुबाट आएका कविर पथ धर्म एवं  मगही भाषा अभियन्ता लगायतहरुको सहभागिता रहेको कार्यक्रमको संचालन  बहुजन महापुरुष अमरवाणी कृति प्रचार प्रसार नेपाल  प्रमुख भुपानन्दले गरेका थिए ।

Wednesday, September 22, 2021

****मानिस हराएको सूचना****

             


    सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१३ श्रीनगरबाट गत मिति २०७८ साल भदौ २२ गतेका दिन सोही ठाउँ बस्ने निम्न लिखित व्यहोरा भएको एकजना मानिस हराइरहेको हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा मोबाइल नम्बर  9854041122(ntc),9819633388 मा सम्पर्क गरेर जानकारी गराइ सहयोग गरिदिनु हुन अनुरोध छ। 


#नाम-राम नरेश राय

#उमेर-अन्दाजी ६५ वर्ष 

#हुलिया-५ फिट ६ ईन्च अग्लो,गोरो अनुहार ,छोटो कपाल र दाढी फुलेको(सेतो),शारिरिक अवस्था मध्यम(न मोटो न पातलो)

#सेतो रंगको धोती, कुर्ता लगाएको र सेतो गमछा बोकेको 


ठुलो परिमाणमा घरभित्र लुकाएर राखेको लागुऔषध गाँजा सहित एकजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ६

     प्रहरीले मंगलबार सर्लाहीको हरिवनबाट साढे १२ किलो लागुऔषध गाँजासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ।

   हरिवन नगरपालिका वडा न-१० ब्रह्मटोल बस्ने कुल दास घिसिङको घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले  गाँजा बरामद गरेको हो। घरमा गाँजा लुकाएर राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा खटि गएका प्रहरी टोली घिसिङको घरमा खानतलासी गर्दा राती करिब पौने ८ बजेको समयमा प्लास्टिकको बोरा भित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त  परिमाणको लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ ।

      घिसिङलाई गाँजासहित नियन्त्रणमा लिइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता प्रनी गिरीले जानकारी दिएको छ ।

 


रौतहटमा मोटरसाइकल दुर्घटनामा बिधुत कर्मचारीको मृत्यु




दिपेश कुमार साह----

रौतहट ,असोज ६       

      रौतहटको कटहरिया स्थित आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एकजना बिधुत कर्मचारीको मृत्यु भएको छ ।

    देवाही गोनाही वडा न-६ गोनाही गाउँ घर भएका २५ बर्षिय  पप्पु पटेलको आफैले चलाएको   ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भइ गएराती मृत्यु भएको हो। मौलापुर बिधुत प्राधिकरणमा करारमा रहेका  फ्युज सेवाका कर्मचारी पटेलको कटहरियाबाट घरजाने क्रममा गएराती ९:३० बजेको समयमा बलुवा गाउँ स्थित पेट्रोल पम्प नजिक  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । 

   मृतक पटेलको शव पोष्टमार्टमको  लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।

Tuesday, September 21, 2021

२०४७ को संविधान जारी तथा राजसंस्था पुनर्स्थापना हुनुपर्छ -प्रेम श्रेष्ठ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ५

      सातौं संविधान दिवसको अवसर पारेर राजसंस्था पुनर्स्थापना संघर्ष समिति सर्लाहीले २०४७ को संविधान जारी गर्ने मागको सम्बन्धमा बैठकको आयोजना गरि गणतान्त्रिक संविधानको विरोधको कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित मोहरशिंह धर्मशालामा गत आइतवार संघर्ष समितिका केन्द्रीय सदस्य प्रेम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट २०४७ सालको संविधान जारी हुनुपर्ने ,संघीयता खारेज हुनुपर्ने ,राजसंस्था पुनर्स्थापना हुनुपर्ने तथा नेपाल हिन्दुराज्य कायम हुनुपर्ने लगायतका मागहरुको विषयमा   निर्णय गरिएको समितिले जनाएको छ ।

     समितिका सदस्य  रामजी चौधरीको प्रमुख  आतिथ्यता रहेको  बैठकमा विरेन्द्र कर्ण,सीता मैनाली ,सरस्वती मैनाली ,गंगाराम राय,रामएकवाल राय,सुकेश्वर ठाकुर लगायत संघर्ष समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।


Sunday, September 19, 2021

मलंगवामा आठौं राष्ट्रिय परिवार योजना दिवस २०७८ मनाइयो

 




लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज ३

    सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाइएको छ ।"कोभिड-१९ को महामारी ,परिवार योजना सेवामा सबैको पहुँच बराबरी" भन्ने नराका साथ यो दिवस मनाइएको हो ।नेपाल परिवार नियोजन संघ सर्लाही  तथा महिला शसक्तिकरण अभियान जनकपुरको आयोजनामा मलंगवा नगरपालिकाले  दिवस मनाएका हुन। 

    मलंगवा नगरपालिकाका मेयर निरसल साह र नेपाल परिवार नियोजन  संघका प्रदेश न-२ संयोजक मुकेश कुमार जयसवालको अध्यक्षतामा सरोकारवालाहरु बिच छुट्टाछुट्टै अन्तरक्रियाको आयोजना गरि  १८ सेप्टेम्बर अर्थात् असोज २ गते सनिवार आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाएको हो ।

    संघले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा बरिस्ट परिवार नियोजन अधिकृत बालकृष्ण श्रेष्ठले जिल्लामा परिवार नियोजनको अवस्था र प्रगतिको बारेमा जानकारी गराएका थिए ।सर्लाहीमा अहिले फेला परेका ३७६ जना  एचआईभी पि प्लस का बिरामीहरुले नियमितरूपमा जिल्ला अस्पताल मलंगवाबाट एआरटी औषधिको सेवन गर्दै आएको उहाँले जानकारी गराउनुभयो। 

   यस्तै नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पनि मलंगवा नगरपालिका क्षेत्रमा  परिवार नियोजनको उदेश्य ,अवस्था तथा आगामी दिनको योजनाको बारेमा जानकारी गराएको मलंगवा नगरपालिकाका योजना अधिकृत एवं प्रवक्ता  राजकुमार अधिकारीले जानकारी दिए ।

    आयोजित दुवै कार्यक्रममा मलंगवा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक अभिराम झासहित सरोकारवाला संघसंस्थाका प्रतिनिधि ,स्वास्थ्य स्वंसेविका, परिवार नियोजनको क्षेत्रमा काम गर्ने महिला-पुरुष ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।



पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले बचाएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको दावी

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज ३

    नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले बचाएको दावी गरेका छन । आज(आइतवार) सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान  दिवस समारोहमा बोल्दै पार्टीका नेताहरुले यस्तो दावी गरेका हुन ।

    कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले केपी ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैसला र आफुहरुको आन्दोलनले व्युँताएको बताउनुभयो ।उहाँले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था बचेकाले सबैलाई यही पार्टीमा गोलबन्द हुन आव्हान गर्नुभयो ।

     पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गर्नुभयो ।

हरिवन चौकमा उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आजै उद्घाटन भएको नगर सचिव किशोर मिक्चनले बताउनुभयो ।

     यसै विच आजै नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ । वार्ड नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार साह संयोजक, वार्ड नम्बर ४ का अध्यक्ष धन वहादुर वाईवा सह-संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष  वाग्लेले जानकारी दिनुभयो ।

    हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सनाखत गरेका थिए ।

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

 

प्रतीक फोटो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ३

      ट्रेक्टर दुर्घटना हुँदा सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।पुर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका वडा न–१, नवलपुर स्थित बागवानी केन्द्र नजिक सनिवार राती ट्याक्टर दुर्घटना ट्रेक्टर चालक लालबन्दी  नगरपालिका वडा न–११, हीरापुर बस्ने  २७ वर्षीय सुकेश्वर राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

        जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सनिवार राती करिब ८ बजेतिर  लालबन्दी तर्फबाट  खेत जोतेर नवलपुर फर्किदै गरेको प्रदेश २–०२–००११३७९ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँएर गम्भीर घाइते भएको चालक यादवको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको हो ।

    मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ भने ट्रेक्टर इलाका प्रहरी कार्यालय लालबन्दीको  नियन्त्रणमा रहेको छ ।

Friday, September 17, 2021

रोैतहटको देवाही गोनाहीको पोखरीमा डुबेर २ बालिकाको मृत्यु



दिपेश कुमार साह

रौतहट ,असोज १

    रौतहटमा बिहिबार पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । 

    रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-७ स्थित निमार्णाधिन स्थानिय वडा अध्यक्ष जगरनाथ मुखियाको पोखरिमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । सोहि वडा अध्यक्ष मुखियाको निर्माणधिन पोखिरीमा घुँगी संकलन  क्रममा मृत्यु भएको छ ।  घुँगी  संकलन गर्न जाँदा सोही पोखरीमा मृत्यु भएको स्थानियले प्रहरीलाई खबर गराएका थिए । खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीको टोली लगाउत स्थानियहरुको सहयोगमा शवलाई पोखरीबाट बाहिर निकाली शवको जाँच मुचुलका सम्पन गरि शवलाई पोष्ट माटमको लागी जिल्ला अस्पताल गौर पठाएको डिएसपी भण्डारीले जनाएको छ। 

    मृत्यु भएको कटहरिया नगरपालिका ६ बस्ने रामकेवाल महतोको १० बर्षीय छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका –२ बस्ने जंग बहादुर पटेलको अन्दाजी १४ बर्षिय छोरी मुस्कान कुमारी पटेल रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी  भण्डारीले जनाएका छन । 

    घटना सम्बन्धि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्री राम भण्डारी जानकारी गराएका छन । गत मंगलबार बौधिमाई नगरपालिका–५ कोपवामा जमेको पानिमा डुबेर एक २ बर्षिय बालकको मृत्यु भएको थियो ।

Thursday, September 16, 2021

ठगी तथा बन मुद्दामा फरार रहेका तीनजना प्रतिवादीहरु पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ३१

    ठगी तथा बन मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीको विभिन्न स्थानबाट बुधबार  पक्राउ गरेको छ ।

   पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-८ रामपुर टोल बस्ने रिपु मर्दन कार्कीको छोरा ५५ वर्षीय चेत बहादुर कार्की ,सोही ठाउँ बस्ने तिर्थ बहादुर थापाका छोरा वर्ष ३४ को बलराम थापा र सोही नगरपालिकाको बयलबास बस्ने फरमान अन्सारीको छोरा वर्ष ३४ को मझर अंसारी रहेका छन् ।

       जिल्ला अदालत सर्लाहीले तीनैजना उपर कैद र जरिवानाको सजाय सुनाएको थियो ।

     जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासको गर्ने क्रममा  तीनैजनालाई जिल्लाको विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा बुधबार नियन्त्रणमा लिएर जिल्ला अदालत मलंगवामा उपस्थित गराएको थियो ।

    अदालतले पक्राउ पर्न मध्येका कार्की उपर ४ वटा,थापा उपर २ वटा ठगी र असारी उपर बन मुद्दामा सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

आकेष्ट्रामा रोक, अवज्ञा गरे कलाकारलाई नियन्त्रणमा लिन निर्देशन

 





महोत्तरीमा विगत केही दिनदेखिको विभिन्न पूजामा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैंझगडा हुनेलगायतका आपराधिक घटनाहरु भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ।

कार्यालयका एसपी दिनेश आचार्यले उनले आफ्नो मातहतमा सर्कुलर जारी गर्दै आआफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन्। साथै कार्यक्रम रोकने नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन भनेका छन्।

दोहोरो अर्थ लाग्ने अश्लिल नृत्य र गीतहरुले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागु औषध सेवन गर्ने क्रम बढेपछि उनले त्यस्ता कार्यक्रममा रोक लगाएको बताए।

सुरुमा साँस्कृतिक कार्यक्रम भनिए पनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यस्ता कार्यक्रम रोक्नुको विकल्प नरहेको एसपी आचार्यले बताए ।

महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरुमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जाने लागु औषध सेवनकर्ता युवाको संलग्नता रहेको भेटिएको पनि उनले बताए।

पछिल्लो समय मटिहानीमा यस्तै कार्यक्रम हुँदा केही युवाहरु कुटिएका थिए भने सोपछि नेपालको सिमासँगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कँदै गरेका केही युवामाथी सांघातिक हमला भएको थियो।

भारतकै भुमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभएपनि आफ्नोतर्फ भने आपत्तिजनक नाचगान रोक्न प्रयास भएको एसपी आचार्यको भनइ छ।

गाउँ समाज बिगार्ने तथा दुर्घटना र अपराध बढाउने यस्ता कार्यक्रमले मनोरञ्जनको ठाउँमा अश्लिलता पस्कने गरेका छन्।

लाइफ लाइट कोचिङ्ग सेन्टरले खेलकुद तथा शैक्षिक क्रियाकलाप प्रतियोगिता गरि बाल दिवस मनाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ३१

    सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित लाइफ लाइट कोचिङ्ग सेन्टरले “सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ खेलकुद तथा शैक्षिक क्रियाकलाप गरि बाल दिवस मनाएका छन् ।

    कोचिङ्ग सेन्टरका शिक्षक ललन झाको अध्यक्षता एवं समाजसेवी  विश्वेश्वर महतोको प्रमुख आतिथ्यामा दिवस मनाइएको हो ।

जुगेश्वर राउत,जय कृष्ण महतो,राम बहादुर महरा रंजु देवी महरा,  राम आधार यादव, स्थानीय बुद्धिजीवी , भद्रभलादमी कोचिङ्ग सेन्टरमा अध्यनरत विद्यार्थीहरु लगायतको सहभागीतामा मनाइएको दिवसको अवसरमा खेलकुद तथा शैक्षिक क्रियाकलापमा भाग लिइ विजेता भएका छात्रछात्राहरुलाई कार्यक्रममा उपस्थित अतिथिहरुको हातबाट पुरस्कार प्रदान गरिएको कार्यक्रम निर्देश एवं कोचिङ्ग संचालक  कामेन्द्र महराले जानकारी जनाएको छ ।

    

किर्ते नागरीकता बनाएर कराेडाैकाे सम्पत्ति ईन्डियामा बनाएकाे खुलासा


बाँके नेपालगन्ज उपमहानगरपालिका वडां २० पाेतेदारपुरमा हनिफ साईले किर्ते नागरीकता बनाएर बस्दै अाएकाे र कराेडाैकाे सम्पत्ति यताबाट उता गरेकाे गाेप्य रुपमा सुचना प्राप्त भएकाे छ।

ईन्डिमा रहेकाे युपीमा पर्ने बहराईच जिल्लामा पर्ने बहादुरापुरमा हनिफ साईकाे घर रहेकाे तर नेपालमा उनकाे दिदिकाे विवाह भाई सके पछि उनकाे दिदिले सबै जनालाई नेपालमा प्रवेश गराउन्छिन प्रवेश गराई सके पछि बिस्तारै ठुलाे हुन्छ लाग्छन त्यस पछि अाफ्नै न्नदकाे श्रीमानलाई जाे बुवा बनाएर किर्ते नागरीकता बनाउन्न लगाउन्छिन यस्ता जघन्य अपराध गरेकाे गाेप्य रुपमा सुचना प्राप्त भएकाे छ।

हकिक साईकाे छाेरा पाचँ जसमा बडकाउ साई, एक जनाकाे नाम थाहा न भएकाे र हनिफ साई , ठुन्नु साई , शलिम साई लगाएत पाचँ भाई रहेका छन जसमा दुईटा अहिले पनि ईन्डिया छन र तिनटा नेपालगन्जमा रहेकाे श्राेतले जनाएकाे छ।

हनिफ साई रियल स्टेटकाे विज्नेस गरिरहेकाे छ त्याे पनि सरकारलाई ट्यक्स न तिरेर त्याे गैर कानुनी हाे बडकाउ साई काेहलपुरमा मासुकाे काम गर्छ खसी काट्छ , एउटाले के गर्छ थाहा भएन हनिफ साई काे किर्ते नागरीकता र उसकाे छाेराकाे किर्ते नागरीकता र कमरु साईकाे किर्ते नागरीकता पुरै परिवारकाे नागरीकता खरिज गर्नका लागि नेपालगन्ज वडा नं २० पाेतेदारपुर र काेठारपुरकाे स्थानियकाे माग रहेकाे श्राेतले जनाएकाे छ। (Crime Satrak Telivision)

Tuesday, September 14, 2021

ठेकेदार फरार भएपछि मलंगवा नगरपालिका वडा न-७ मुसैलीको बडकी पोखरी सौंन्दर्यीकरण तथा छठघाटको निर्माणकार्य अलपत्र



---- ठेक्का अवधी सक्किन ३ महिना बाकी रहँदा  मात्र २० प्रतिशत काम सम्पन्न---


मनोज यादव---

सर्लाही ,भदौ २९

      १५ महिनामा सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणकार्य बिचमै छाडेर ठेकेदार फरार भएपछि सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-७, मुसैली स्थित बडकी पोखरीको सौन्दर्यकरण तथा छठघाटको निर्माणकार्य अलपत्र परेको छ । 

 आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय केही युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुसैलीको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको दशकौं पुरानो करिब १० बिगहा क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई  सौन्दर्यकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले  गत (२०७७)साल असोज ४ गते १५ महिनामा काम सम्पन्न गर्ने गरि करिब ६ करोर १२ लाख ९३ हजार रुपैयाँमा एम.आर. आर जे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो  । तर सम्झौता अनुसार काम सम्पन्न गर्ने समय बित्न अब ३ महिना बाँकी रहँदा २० प्रतिशत मात्र काम भएको छ । पोखरीको सौर्न्दर्यकरण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल काम सुरु गरेको एक महिना नबितदै भत्कीएको छ। सम्झौता अनुसार २०७८ साल पुस ६ गते यसको समय सकिदैं छ ।

      यसका लागि  प्रदेश -२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय सांसद महेन्द्र यादव , प्रदेश सांसद एवं प्रदेश मामिला समितिका सभापति अशोक यादव लगायतको उपस्थितिमा  गत वर्ष आश्विन ७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ३ महिना पछि काम सुरु गरि ३ महिना लगातार काम गरेर होलीको समय चैत्र महिनामा काम बन्द गरेर  पुनः बैशाखदेखि काम सुरु गरि  एक महिना पछि अचानक कसैलाई कुनै जानकारी नदिई  बिचमै काम रोकेर ठेकेदार खुसीलाल ठाकुर  फरार भएपछि निर्माणकार्य अलपत्र अवस्थामा पुगेको स्थानीय युवा सुजित यादवले बताए ।

    ठेकेदार फरार भएपछि काम लथालिङ्ग अवस्थामा रहेको छ ।सो अवधीमा  बनाइएको  पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन्। 

    सौन्दर्यकरण गरिनुपर्ने उक्त पोखरी श्री बौधीदेवी जनता माविको अधिनमा रहेपनि विधालयका प्रअ अथवा व्यवस्थापन समिति तथा स्थानीयबासी समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेको स्थानीयको गुनासो छ ।

     पोखरीको छेउमे बौधी माई, शंकर भगवान लगायत अन्य थुप्रै देवी देवताहरुको दशकौं पुरानो मन्दिरहरु रहेका छन् ।उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजा पर्व मनाउँदै आएका छन् ।तर  ठेकेदारको हेलचक्राई तथा लापरवाहीका कारण मलंगवा नगरपालिका वडा न-७  मुसैलीका सम्पूर्ण बासिन्दाको आस्थासंग  खेलवाड भईरहेको एक स्थानीयले दुखेसो पोखे।  प्रत्येक वर्ष छठ पर्व मनाइने उक्त पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडिएकाले  यस पालिको छठ पर्व  मनाउने   समेत वातावरण नरहेको स्थानीयले गुनासो गरेका छन्  । आफुहरुलाई ठेकेदारले छठ पुजाको लागि घाट निर्माण गरेर  जाने आश्वासन दिएपनि छठ आउन अब केही दिन मात्र बाँकी रहँदा काममा हात समेत लगाएका छैनन् । 

      बिचमै काम रोकेर ठेकेदार खुसीलाल महतो सम्पर्क विहिन भएपछि  विगत २ महिनादेखि निर्माणकार्य ठप्प भएको छ । ठेकेदार कम्पनी सँग योजना सम्पन्न गर्न बाँकी रहेको ३ महिनाको अवधि भित्र निर्माणकार्य सम्पन्न  हुने कुनै  छाटकाट देखिदैन ।

    यस बडकी पोखरीबाट विधालयले राम्रो आम्दानी गर्दै आएको छ ।यो पोखरी विद्यालयको आम्दानीको मुख्य श्रोत पनि रहेको छ  । माछापालनका निम्ति विद्यालयले करिब १ करोर १७ लाखमा ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन जमानामा सौन्दर्यकरण हुने हो ? भन्ने पीर परेको छ । यसै गरि ठेकेदार कम्पनीले  काममा हेलचक्राइ गरि  १५ महिनामा सम्पन्न हुने योजनालाई  १५ वर्ष लगायो भने विधालयको करोडौं  रुपैयाको नोकसानी हुने स्थानीयहरुले आंकलन गरेका छन्।

     योजनामा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न  अख्तियारको केन्द्रीय कार्यालय काठमाडौ र क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी गरिसकेको तर उताबाट हालसम्म कुनै प्रतिक्रिया आइनसकेको स्थानीय युवा सुजित यादवले बताए ।

     काममा ढिलासुस्ती ,हेलचक्राइ तथा  कमसल सामाग्रीहरुको  प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ ।बनाइएका सम्पुर्ण भौतिक संरचनाहरु २ महिना नबित्दै भत्किएकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको  उनीहरुको आरोप छ ।


        



राष्ट्रिय बाल दिवसको अवसरमा नेविसंघद्वारा मलंगवाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण





लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २९

     ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर नेविसंघ नगर समिति मलंगवाले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    “समृद्ध राष्ट्रको मुल आधार ,सुरक्षा र मुस्कान सहितको बाल अधिकार ” भन्ने मूल नाराका साथ मनाइएको यसवर्षको राष्ट्रिय बाल दिवसकै अवसरमा संघले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कोरोना भाइरस  कोभिड-१९ को संक्रमणबाट आफु र अरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा  विद्यार्थीहरुमा जनचेतना जगाउनुका साथै माक्स पनि वितरण गरेका छन्। सोही अवसरमा बोल्दै नेविसंघका नगर सभापति ओम रंजन कर्णले बालबालिका देशको मेरुदण्ड रहेको उल्लेख गर्दै आजको कलिलो बालबालिका  भोलीका कर्णधार रहेकोले विद्यालय जानबाट बन्चित रहेका बालबालिकालाई बालश्रम ,बाल दुर्ववहार ,बालविवाह तथा विभिन्न अपराधबाट बचाउन अनिवार्य रुपमा विद्यालय पठाउनुपर्ने बताए ।यसकालागि युवा ,समाजसेवी ,बुद्धिजीवी सबै मिलेर लाग्नुपर्ने कर्णले भने ।

   शैक्षिक सामाग्री वितरण तथा अन्तरक्रिया कार्यक्रममा संघका सदस्य तथा सम्बन्धित विद्यालयका शिक्षक तथा  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

५७ औं राष्ट्रिय बाल दिवस मलंगवामा विभिन्न कार्यक्रम गरि सम्पन्न




मनोज यादव---

सर्लाही ,भदौ २९

       देशभरसहित सर्लाहीको सदरमुकाम मलंगवामा पनि ५७ औं  राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।“समृद्ध राष्ट्रको मुल आधार ,सुरक्षा र मुस्कान सहितको बाल अधिकार ” भन्ने मूल नाराका साथ बाल दिवस मनाइएको हो।

     नेपाल बाल संगठन जिल्ला कार्य समिति सर्लाहीले  आइतवार २७ गतेदेखि नगर भित्रका सरकारी तथा संस्थागत विद्यालयहरु बिच २९ गतेसम्म विभिन्न प्रतियोगिता, प्रभात फेरी तथा अन्तरक्रियाको आयोजना गरि यो दिवस मनाइएको हो ।संगठनले  मलंगवा नगरपालिका वडा न-८ स्थित बाल मन्दिरको सभाहलमा भएको कार्यक्रमको पहिलो दिन २७ गते "कोरोना संक्रमण तथा सावधानीका उपाय"शिर्षकमा चित्रकला, कोरोना संक्रमण कालमा बालबालिकाको अवस्था तथा प्रभावको विषयमा वक्तृत्व कला प्रतियोगिता तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो साथै  दिवसको दिन नगर भित्रका सबै विद्यालयहरुको सहभागीतामा प्रभात फेरी गरिएको थियो ।

    अन्तिम  अर्थात राष्ट्रिय बाल दिवसका दिन बाल संगठनका सभापति शमिमबाबु खानको अध्यक्षता तथा मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमका बिच प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।प्रतियोगितामा क्रमश: चित्रकला तर्फ समूह क बाट सगरमाथा आवासिय आधारभूत विद्यालयका जय साह प्रथम ,पब्लिक मावि मलंगवा-२ की नेहा सर्राफ द्वितीय र ग्रिनलैण्ड उमावि की निभा यादव तृतीय र समूह ख बाट ग्रिनलैण्ड की लक्ष्मी यादव प्रथम,गडगिफ्टका राजु कुमार साह द्वितीय तथा विद्या सागरकी मन्ती कुमारी साह तृतीय भएका छन् ।यसैगरी वक्तृत्व कला तर्फ  सगरमाथा कि अनुष्का महतो प्रथम,पब्लिक माविकी मेघा कुमारी झा र आधारभुत विद्यालय खुटौनाकी प्रतिमा यादव द्वितीय र साउथ प्वाइन्ट विद्यालयकी संस्कृत संजिवनी तृतीय भएका छन् ।यस्तै हाजरी जवाफ प्रतियोगिता तर्फ सगरमाथाका कविन्द्र यादव र खुसी यादव प्रथम,जनता आधारभुत खुटौनाका मनिष कुमार यादव र पंकज यादव द्वितीय र विद्या सागर विद्यालयका गीता कुमारी र सुप्रदा दास तृतिय भएको कार्यक्रमका संचालक एवं बालमन्दिरका लेखापाल राम लक्षण महतोले जनाएको छ ।प्रतियोगितामा मलंगवा नगरभित्रका ८ वटा विद्यालयले सहभागीता जनाएका थिए।

    कार्यक्रममा उपस्थित विशिष्ट अतिथि उपमेयर शान्ती सबनम मिकरानी लगायत अतिथि वक्ताहरु सरकारी वकिल कार्यालय प्रमुख केशव गौतम  ,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं समाजसेवी डा.अब्दुल रहिम मिकरानी,नेकपा एकीकृत समाजवादी सर्लाहीका जिल्ला कार्यवाहक अध्यक्ष देवेन्द्र यादव,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, सहारा विकास बैक तथा  चेम्बर अफ कमर्सका अध्यक्ष संजय गुप्ता(सुगन्ध) ले विगत एक दशक भन्दा बढी समयदेखि मनाउन छाडिएको राष्ट्रिय बाल दिवसको आयोजना गरेर संगठनका सभापति खानले उदाहरणीय र सराहनीय कार्य गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई जारी राख्दै बालबालिकाको समग्र विकासको लागि स्थानीय निकाय तथा विभिन्न दातृ संस्थाहरु सँग सहयोगका लागि पहल गर्न सुझाव दिएका थिए ।

      दिवसकै अवसर पारेर समयसमयमा बालगृहमा आश्रित अभिभावक विहिन बालबालिकाहरुको लागि विभिन्न तरिकाबाट  सहयोग पुर्याउँदै आएका स्थानीय दाता तथा संघसंस्थाहरुलाई पनि सभापति खानले बाल संगठनको तर्फबाट कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

    बालमन्दिर विद्यालयका प्रअ जितेन्द्र लाल दासले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत होमनाथ सुवेदी ,डिएसपी माधव प्रसाद बुढाथोकी ,राष्ट्रिय अनुसंधान विभाग सर्लाहीका प्रमुख दिलिप सिंह, मुस्लिम आयोगका शेख मोहम्मद महबुब रेजा,बाल कृष्ण कर्ण, गोविन्द लाल कर्ण, तिलक क्षेत्री ,अमरनाथ जयसवाल, शिक्षक , विद्यार्थी तथा पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।

    बाल दिवसको अवसरमा पहिलो पटक कार्यक्रम तथा प्रभातफेरीमा सहभागी हुन पाएका बालबालिकाहरु निकै उत्साहित देखिएका थिए ।यस अघि कुनैपनि दिवसको अवसरमा विद्यालयको तर्फबाट जुलुसहरुमा सहभागी हुन नपाएको उनीहरूले बताएका छन् ।

    




Monday, September 13, 2021

सर्लाहीका बजारहरुमा तरकारीको मुल्य आकाशियो, उपभोक्ता मारमा

 





लोकतन्त्र समाचारदाता---

सर्लाही, भदौ २८

      उत्पादन घटेपछि सर्लाहीका बजारहरुमा तरकारीको मूल्य आकाशिएको छ । निरनतर बर्षाका कारण किसानले लगाएको तरकारीको उत्पादन घटेपछि बजारमा आउने सबै खाले तरकारीको मुल्य दोब्बर हुँदा आम उपभोक्ताहरु मारमा परेका छन् ।

     केही दिन अघिको भन्दा अहिले सबै तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ । जिल्लाको सबै हाटबजारमा यतिखेर  खुर्सानी ,फूलकोभी , बोडी, करेला,पर्वल , भान्टा , करेला, च्याउ ,हरियो धनिया  लगायत अन्य हरियो तरकारीको प्रतिकिलो मूल्य दोब्बरले बढेको मलंगवाका एक तरकारी ब्यापारीले बताए । झरीका कारण तरकारीको उत्पादनमा कमि हुने भएकोले बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको ब्यापारीले बताए । भरीले उत्पादनमा कमि आएपछि दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत तरकारी ल्याउन छाडेका छन् । 

    लामो समयदेखि बर्षा भइरहँदा जिल्लाको दक्षिणी क्षेत्रमा डुवान भएकोले तरकारीको बोट मर्ने र समयमा नयाँ तरकारी खेती लगाउन समस्या भएकोले हरियो तरकारी उत्पादनमा कमी भएको बरहथवा नगरपालिका वडा न–५ पानीट्यांकी टोलका किसान चन्द्रिका महतोले बताए ।

      सबैभन्दा बढी तरकारीको किनबेच हुने जिल्लाको सदरमुकाम मलंगवासहित लालबन्दी नवलपुर, हरिवन, नयाँरोड, कर्मैया, सोल्टी,  हरिपुर, बरहथवा, बयलवास, गोडैता लगायत सबैजसो  ग्रामीण बजारमा तरकारीको मूल्य बढेको उपभोक्ताहरुले बताएका छन् । स्थानीय स्तरमै पर्याप्त तरकारी नआउँदा सर्लाहीबाट देशका विभिन्न स्थानमा निर्यात हुने तरकारीको परिमाणमा समेत कमि आएको लालबन्दी स्थित कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । 

   अन्य समय भन्दा चाडपर्वमा तरकारीको खपत बढि हुने भएकोले यसपालिको दशैंमा तरकारीको मुल्यमा अझ बृद्घिहुने सम्भावना रहेको ब्यापारीहरु बताउँछन् ।

नेपाल भारत सिमानाकाबाट अवैध सुनचाँदीका गहना तथा सुन बरामद




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २८

      सर्लाही प्रहरीले जिल्लाको गोडैता नगरपालिका वडा न-१२ मधुवनीबाट अवैध रुपमा लुकाइछिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सुनचाँदीका गहना र सुन बरामद गरेको छ ।

    शुक्रवार दिउँसो करिब ३ बजेको समयमा गस्तीमा खटिएका प्रहरी टोलीले मधुवनी गाउँ स्थित नेपाल भारत सिमानाकाको सडकबाट धनकौल गाउँपालिका वडा न-२ बस्ने बिनोद साहले चलाएर आएको BR30 E 0613 नम्बरको मोटरसाइकलको डिक्की भित्र लुकाएर राखेको  सुनका विभिन्न गहना,१ थान सुनको डल्ला र चाँदीका विभिन्न गहनाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    बरामद भएका ती सबै सुनचाँदीका गहना तथा सुनको मुल्य ७८ हजार ५ सय १७ मुल्यांकन गरिएको सुनचाँदी व्यवसायी संघ मलंगवाका महासचिव कमलेश साहले जानकारी दिएको छ । बरामद गरगहनाहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवा  पठाइएको छ।

   खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

Saturday, September 11, 2021

रौतहटमा एमसीसीको विरोधमा आईटी आर्मीको चन्द्रपुरमा प्रदर्शन




दिपेश कुमार साह।

रौतहट ,भदौ २६

     रौतहटमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले प्रदर्शन गरेको छ । आइटी आर्मीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेका छन् ।

 आइटीआर्मिका जिल्ला अध्यक्ष नरेस साह को प्रमुख अथिती  नियुबर्तमान सांसद  कुन्दन कुशवाहा  नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार प्रदर्शन गरिएको हो । सो क्रममा हात हातमा तुल ब्यानर लिएका युवाहरुले MCC कुनै हालतमा लागू हुनुहुदैंन भन्दै सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।गाउँ गाउँ बाट जम्माभै चन्द्रनिगाहपुर स्थित गौतम होटेल छेउ बाट मुख्य सडक हुँदै बजार परिक्रमा गरेका थिए ।

पर्दर्शन पछि चन्द्रनिगाहपुरको मध्यभागमा पार्क नजिकै आयोजित कोणसभामा आईटीआर्मिका जिल्ला अध्यक्ष नरेस साह,गजरा नगरपालिकामा मेयर प्रत्यासी पलट चौधरी र लालबाबु साहले संबोधन गरेका थिए ।

 MCC देशको लागि घातक भएकोले कुनैपनि हालतमा लागुहुन नदिने बताएका थिए ।एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भ‌एकाले यसले मुलुकलाई अस्थिरता तर्फ लगि विनाशको बाटोमा पुर्याउने हुँदा कुनै पनि शर्तमा यो सम्झौता लागू गर्न नहुने आईटी आर्मीको जिल्ला संयोजक तुरहाले बताए ।MCC लागुभएपछी नेपालको अवस्था अफगानिस्तान जस्तै हुनेभएकाले यसलाई रोक्न सबै युवा एकजुट हुनुपर्ने उनिहरुले माग गरेका थिए । देशमा रोजगारीको अभावमा बिदेशिएका युवाले रेमिटान्स मार्फत बर्षको ९ सय ६१ अरब ५० करोड रुपैया पठाउने गर्दछन । तर मात्र ५० अरब रुपैयाको लागि प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिका संग देशको अस्मिता बेच्न नपाईने कोणसभाका बक्ताहरुले बताएका थिए । प्रधानमन्त्री देउवाले बल प्रयोग गरेर जबर्जस्ती MCC को सम्झौता गरेमा देशमा ठुलो अशान्ति हुने चेतावनी दिएका थिए ।उनले अहिले सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट एमसीसी पास गर्न तर्फ अग्रसर भ‌एकाले त्यस्तो दुस्साहस नगर्न सरकारलाई चेतावनी दिँदै त्यसो गरेमा राष्ट्रव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरे ।

बिरोध कार्यक्रममा सैयौं मानिसको सहभागिता रहेको थियो। कार्यक्रम उग्र हुन नदिन चन्द्रनिगाहपुर स्थित चौक चौकमा शुक्रबार बिहानै देखि बाकलो सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

 आइटि आर्मीको  कटहरिया नगरपालिका को नगर अध्यक्ष कृष्णा यादव ले जनाए युवाहरु सुरुमा मोटरसाइकल रैली गर्न खोज्दा प्रहरीले गर्न दिएनन् ।