Sunday, January 31, 2021

गोडैता र कौडेनाले ६८ औं विश्व कुष्ठरोग दिवस मनाए


गोडैता र कौडेनाले  ६८ औं विश्व कुष्ठरोग दिवस मनाए 


राधेश्याम कुशवाहा---

सर्लाही ,माघ १८

   "कोरोना महामारीमा हाम्रो संयमता समयमै कुष्ठरोगको व्यवस्थापनमा सक्रियता" भन्ने मुल नाराका साथ सर्लाहीमा आज(आइतबार) ६८ औं कुष्ठरोग दिवस मनाइएको छ ।संसारभर मनाइने यो दिवस जिल्लाको गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।  

    नेपालमा कुष्ठरोगी बिरामीको समिक्षा गर्दा  कुष्ठरोगको प्रकोपदर प्रति दस हजारमा ०.६ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश २ मा ०.८९ प्रतिशत र  सर्लाहीमा जिल्लामा प्रति हजारमा १.० प्रतिशत  रहेको  छ। नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि कुष्ठरोगीको संख्यामा वृद्धि भइ आर्थिक वर्ष २०७६- ७७ मा  जम्मा १८५३ जना नयाँ कुष्ठरोगीहरु पत्ता लागेको छ ।

     गोडैता न.पा को बगदहमा २ , रामवनमा २  र सिसौटियामा १ गरी हाल जम्मा  ५ जना  कुष्ठरोगका बिरामीहरु रहेको  क्षय तथा कुष्ठरोग निरिक्षक शहाबुद्दिन मिकरानीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६- ७७ मा  गोडैता न.पा मा कुष्ठरोग प्रभावित ९ जना र   प्रति हजारमा प्रकोप दर ०.९ प्रतिशत रहेको छ  । 

     यस्तै  कौडेना गापामा कुष्ठरोगको प्रकोप दर प्रति हजारमा २.६७ प्रतिशत रहेको कौडैना गाउँपालिकाका  स्वास्थ शाखा प्रमुख शम्भु यादवले जानकारी दिए ।उनका अनुसार फुलपरासीमा ७ र मोतिपुरमा एक गरी जम्मा ८ जना कुष्ठरोगको  सक्रिय बिरामी रहेका छन् ।

     कौडेनामा आयोजित  कार्यक्रममा ४ जना कुष्ठरोगीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    कौडेनाको कार्यक्रममा गापा उपाअध्यक्ष  सुनिता देवी, प्रमुख प्रशासकिय अधिकृत उमाशंकर यादव, सबै वडाहरुका वडाअध्य लगायत कुष्ठरोगी बिरामीहरुको सहभागगित रहेको थियो भने गोडैताको कार्यक्रममा जनस्वास्थ अधिकृत देवशंकर मिश्र, जनस्वास्थ निरिक्षक बैजु शंकर राउत, वडाअध्यक्ष सरस्वती देवी, स्वास्थ शाखा प्रमुख प्रमोद पंडित, सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

लडेर एक जनाको मृत्य



लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ १८

     मलंगवा  नगरपालिका वडा न-११ गम्हरियामा २८ वर्षीय शेख अरसदको लडेर मृत्यु भएको छ ।

    सनिवार साँझ  सवा ४ बजे गम्हरिया स्थित मोटरसाइकल ग्यारेजमा हरिवन न.पा-११ बस्ने अहमद आफ्नो ज ७ प ११८५ नम्बरको मोटरसाइकलको पन्चर बनाउने क्रममा अचानक लडेर बिरामी भइ  जिल्ला अस्पताल मलंगवामा उपचारको लागि ल्याउँदा साँझ ५ बजे निजलाई चिकित्सकहरुले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ।  

   घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही  प्रहरीले जनाएको छ ।

हप्ता दिनपछि घाम देखिएपछि सर्वसाधारणलाई राहत

 हप्ता दिनपछि घाम देखिएपछि सर्वसाधारणलाई राहत

राजिव साह---

सर्लाही ,माघ १८

   आइतबार (आज)बिहानै  घाम लागेपछि सदरमुकाम मलंगवा लगायत जिल्लाका गाउँ-नगर बस्तीका बासिन्दाहरुमा खुसी छाएको छ। उनीहरू लाई चिसोबाट केही राहत भएको महसुस भएको छ ।

    गत सोमबारदेखि लगातार रुपमा लाग्दै आएको बाक्लो हुस्सुले ढाकेर चिसोको मार खेपिरहेका यहाँका बासिन्दालाई  बिहानैदेखि लागेको  पारिलो घामबाट  ठूलो राहत मिलेको छ । बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो बहँदा यहाँका बासिन्दालाई झण्डै एकसाता सम्म जाडोले कठ्याङ्ग्रिएर बस्नुपरेको थियो। 

   बिहीबार  जिल्लाको उत्तरी क्षेत्रमा दिउँसोपख घाम देखिए पनि यता आज पाँच दिनपछि घाम देखिएको हो। घाम 

लागेर केही न्यानो महसुस भएपछि यहाँका बजारमा मानिसहरुको चहलपहल केही बढेको छ।  जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न भनि घरबाहिर निस्केका छन्।

     पारिलो घाम लागेपछि स्कुले नानीहरु पनि खुशीले दङ्ग पर्दै बाहिर घाममा खेलकुद र पठनपाठनमा लागेका देखिन्छन्।

Saturday, January 30, 2021

कम्युनिस्ट गुट सँग सहकार्य गरेर जानु हुदैंन भन्ने मान्यता राख्ने मान्छे म हुँ -डा. शेखर कोईराला

 कम्युनिस्ट  गुट सँग  सहकार्य गरेर जानु हुदैंन भन्ने मान्यता राख्ने मान्छे म हुँ -डा. शेखर कोईराला


राधेश्याम कुशवाहा----

सर्लाही ,माघ १७

    आफनो कार्ड राम्ररी खेल्यौं भने नेपाली काँग्रेस देशकोे नेतुत्व गर्न सक्ने नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले बताउनुभएको छ ।  नेपाल प्रेस युनियन सर्लाहीले शनिबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य समेत रहनु भएका डा.  कोइरालाले  काँग्रेसले विपक्षीले खेल्नुपर्ने भुमिका नखेलेको बताउनुभयो । 

   ओली सरकारले गरेको संसद विघटन असंवैधानिक , अराजनितिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख, बदनियतपूर्ण नियतले गरिएको कदम रहेको बताउनुभयो ।

जननायक विपि कोईरालाले कम्युनिस्टहरु सँग  सहकार्य गरेर जानुहुदैन भन्नुभएको थियो ,उहाँले भन्नुभयो ।म आफै पनि दुईवटै राजनितिक दल या दुईवटै कम्युनिस्ट  गुट सित सहकार्य गरेर जानु हुदैन भने मान्यता राख्ने मान्छे  रहेको बताउनुभयो । 

   हामी विपक्षमै छौ, प्रादेशिक संरचनामा पनि हामी विपक्षमै छौ, विपक्षको दायित्व के हो भन्ने अविश्वासको पात्र जसले पनि ल्याएको छ,  अविश्वासको प्रस्तावको पक्षमा भोट हाल्न सक्नुपर्छ । हामी ओली सरकारको विपक्षमा छौ, यदि हामीले ओली सरकारको समर्थन गर्यौ भने विपक्षको कुनै औचित्य नहुने बताउदै कुनै पनि हालतमा हामी अहिलेको अविश्वासको प्रस्तावको पक्षमा भोट हाल्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Friday, January 29, 2021

धर्नामा बसेका विद्यार्थीहरु उपर प्रहरीद्वारा लाठीचार्ज एक दर्जन भन्दा बढी विद्यार्थी घाईते, दुई किशोरीको खुट्टा भाँचियो


धर्नामा बसेका विद्यार्थीहरु उपर प्रहरीद्वारा लाठीचार्ज 

 एक दर्जन भन्दा बढी विद्यार्थी घाईते, दुई किशोरीको खुट्टा भाँचियो  

राधेश्याम कुशवाहा----

सर्लाही ,माघ १६

   सर्लाहीको बरहथवा नगरपालिकामा धर्नामा बसेका विद्यार्थीहरु माथि प्रहरीले लाठीचार्ज  गर्दा एक दर्जन भन्दा बढी विद्यार्थीहरु घाईते भएका छन ।लाठीचार्ज बाट दुइजना किशोरीहरुको पनि खुट्टा भाँचिएको छ ।

  विद्यालयमा नियमित पठनपाठन नभएको, शिक्षकहरु समयमा विद्यालयमा नआउने गरेको र समयमा पाठ्यपुस्तक वितरण नगरिएको, शैक्षिक भ्रमणका लागि समेत विद्यालय प्रशासन उदासिन रहेको लगायतका  विभिन्न मागहरु राखेर  विद्यार्थीहरु धर्नामा बसेका थिए । 

विद्यार्थीहरु आज(शुक्रबार )नगरपालिकाकाको कार्यालय अगाडी   धर्नामा बसेको एक घण्टा बितिसक्दा  पनि छलफलका लागि मेयर, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु  छलफलका लागि नआएपछि बाध्य भएर धर्नामा बसेका  विद्यार्थीहरु  नगरपालिकाको हाताभित्र रहेका फुलको गमला र कार्यलयको कोठा भित्रका दराजहरु तोडफोड गर्न थालेपछि सुरक्षामा खटिएका  प्रहरीहरु उनीहरु उपर  लाठी प्रहार गर्न थालेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताए ।

    विद्यालयमा भएका  विभिन्न समस्याहरुको समाधानको माग राखेर नगरपालिकामा धर्ना दिएको अवस्थामा डिएसपी साहबले आफुहरुलाई धर्ना समाप्त गरेर घरजान भनेको तर आफुहरुको कुरा सुन्नका लागि मेयरलाई बोलाइदिन आग्रह गर्दा पनि उहाँलाई बोलाउनुको साटो   आफुहरुमाथि लाठी प्रहार गर्न थालेको कक्षा ११ की छात्रा रुना कुमारी साहले बताएकी छिन् । 

   उता इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उद्धव भाटले भने धर्ना दिइरहेका  विद्यार्थीहरु उग्र भएर कार्यालयको हाताभित्र रहेको  गमला र कार्यलय भित्र रहेकोे दराजमा तोडफोड गर्न थालेपछि  बाध्य भएर उनिहरुलाई धपाउन मात्र खोजेको बताएका छन् ।

     विद्यार्थीहरुको तोडफोडबाट १६ वटा गमला फुटनुको साथै टेबल कुर्सी र दराजमा सामान्य क्षति भएको डिएसपी भाटले जनाएको छ । विद्यार्थीहरु प्रहरी उपर पथराव समेत गरेपनि हाम्रो टोलीले बल प्रयोग नगरेको बल्की सम्झाईबुझाई घर पठाएको उहाँले बताउनुभयो 

 


सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक युवक पक्राउ


सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक युवक पक्राउ


लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ १६

     सर्लाहीको मलंगवाबाट ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध सहित १ जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-११ गम्हरियाका ३८ वर्षीय सरोज यादव रहेको छ ।

   यादवको साथबाट डाइजेपाम १८४ एम्पुल,नुफ्रिन ३०० एम्पुल,फेनारागन २९२ एम्पुल र डाइजिल्याब ८४ एम्पुल बरामद भएको छ ।

    जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाबाट सशस्त्र प्रहरी निरिक्षक मनोज चन्दको कमान्डमा खटिएको टोलीले शुक्रवार साँझ भारतबाट मोटरसाइकलमा राखेर सो मात्रामा प्रतिबन्धित  लागुऔषध ल्याउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।यादवलाई बरामद लागुऔषध र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाएको स.प्र.निरिक्षक चन्दले बताएको छ ।


मलंगवामा सहिद दिवसको उपलक्ष्यमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना

 


मलंगवामा सहिद दिवसको उपलक्ष्यमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना

राजिव साह----

सर्लाही ,माघ १६

    सहिद दिवसको उपलक्ष्यमा नेपाली  डि पी वैटल सर्लाहीले आयोजना गरेको  निमावि  स्तरीय नृत्यकला प्रतियोगितामा माउन्ट एभरेस्ट स्कुल प्रथम भएको छ ।एकवटा सरकारी तथा ११ वटा निजी गरि १२ वटा निमाविहरुको सहभागी रहेको प्रतियोगितामा  सगरमाथा दोस्रो, साउथ प्वाइन्ट तेस्रो र अलफलाइन बोर्डिङ स्कुल चौथो भएका छन् ।

     सदरमुकाम मलंगवा स्थित बालमन्दिरको सभाहलमा मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा नेपाली डि.पी बैटलका जिल्ला अध्यक्ष प्रिंस गुप्ताको अध्यक्षतामा  आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथी सहारा मल्टी पर्पस को. सो. लि. का मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता तथा  पुर्व प्र.अ. महेन्द्र प्रसाद कर्ण , मानव अधिकारवादी मुकेश मिश्र, सगरमाथा स्कुलका प्रअ  तिलक क्षेत्री, लगायत सहभागी विधालयका शिक्षक–शिक्षकाहरुको उपस्थिति रहेको थियो ।

   प्रतियोगिताका विजेताहरुलाई  मेयर निरसल साहले  नगद तथा  प्रमाणपत्र प्रदान गर्नुभएको थियो  ।

Thursday, January 28, 2021

प्रहरीको नियन्त्रणमा रहेको नेकपा कार्यालय संचालन गर्न लागेको जिल्ला अध्यक्ष पन्तले प्रजिअलाई जानकारी गराए

 

प्रहरीको नियन्त्रणमा रहेको नेकपा कार्यालय संचालन गर्न लागेको जिल्ला अध्यक्ष पन्तले  प्रजिअलाई जानकारी गराए

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १५

     संसद विघटनपछि दुई खेमामा  विभाजन भएको नेकपाभित्र विभिन्न जिल्लाहरुमा पार्टी कार्यालय कब्जा गर्ने तथा तालाबन्दी गर्ने र यसै विषयलाई लिएर दुई पक्षबीच विवाद सहित झडप हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनको आदेशमा विगत एक महिनाबढी दिनदेखि प्रहरीले सुरक्षा दिएर राखेको मलंगवा नगरपालिका वडा न-३ स्थित मनमोहन स्मृति भवनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयलाई पुनः  संचालनमा ल्याउन पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्तले प्रमुख जिल्ला अधिकारी सँग आग्रह गरेको छ ।

     सर्लाही जिल्लाको लागि पार्टीको एउटा मात्रै कार्यालय रहेकोले लामो समयदेखि बन्द हुँदा पार्टीको नियमित कामहरु प्रभावित भएको साथै जिल्लाभरका पार्टी नेता ,कार्यकर्ता र पार्टीको सम्पर्कमा आउने आम समुदायलाई समस्या परेको उल्लेख गर्दै जिल्ला अध्यक्ष पन्तद्वारा हस्ताक्षरित निवेदन  मार्फत पार्टी कार्यालय संचालन गर्न लागेको प्रजिअ सुरेन्द्र पौडेललाई जानकारी गराइएको छ ।

    निवेदनमा प्रजिअ पौडेल सँग पार्टी कार्यालय संचालन गर्न आवश्यक सुरक्षा दिएर वातावरण सहज बनाइ दिन समेत अनुरोध गरिएको छ ।

    नेकपाको पार्टी कार्यालय रहेको मनमोहन सामुदायिक भवनको गतवर्ष  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।






बलरामा गर्भवती सुत्केरी तथा बालबालिकाहरुलाई पोषिलो खाद्यान्न वितरण


 बलरामा गर्भवती  सुत्केरी तथा बालबालिकाहरुलाई पोषिलो खाद्यान्न  वितरण 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १५

     सर्लाहीको  बलरा नगरपालिकामा गर्भवती  सुत्केरी  तथा बालबालिकाहरुलाई सुपर सिरिअल र पोषिलो पिठो वितरण गरिएको छ । वर्ल्ड  फुड प्रोग्राम र लाईफ नेपालको प्राविधिक सहयोग तथा  स्थानिय निकाय सँगको समन्वयमा बलरा नगरपलिका वडा न- ७ डुमरियामा पोषण सुधारका लागि उक्त खाद्य  सामग्री वितरण गरिएको हो । 

    एक कार्यक्रमको आयोजना गरि १ सय ६३ जना गर्भवती तथा सुत्केरी महिला र  ६ महिनादेखि २३ महिना उमेरसम्मका  १ सय ७७ जना बालबालिकाहरुलाई सुपर सिरिअल र पोषिलो पिठो  वितरण गरिएको गरिएको बलरा नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ । 

     कार्यक्रममा वडाअध्यक्ष अवधेश मण्डल, स्थानियवासी राजेश्वर सिंह,  महिला स्वास्थ्य  स्वयंसेविका, स्वास्थकर्मी तथा  स्थानियवासीहरुको  सहभागिता रहेको थियो ।  

     विस्तारै  बलरा नगरपालिकाको सबै वडाहरुमा यो कार्यक्रम  संचालन गरिने  स्वास्थ शाखाले जनाएको छ ।

गरहाटोलमा गरिब बालबालिकाको लागि भोर विधा सेतु सुरु गरियो

 गरहाटोलमा गरिब बालबालिकाको लागि भोर विधा सेतु सुरु गरियो

राधेश्याम कुशवाहा---

सर्लाही,माघ १५

     सर्लाहीको चन्द्रनगर गाँउपालिका वडा न- ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ । गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा

गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि  विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको  हो ।

      हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट  भोर विधा सेतुको पहिलो टिउसन सेन्टरको शुभारम्भ भएको हो ।ग्रामिण क्षेत्रमा अहिले पनि दलित तथा विपन्न  समुदायका बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट  बन्चित रहेको तितो दुःखद यर्थाथलाई मनन गर्दे भोर विधा सेतुको अवधारणा अगाडी सार्दै भोरले यो सृजनात्मक पहल आरम्भ गरेको बताइएको छ । विगत १२ वर्ष देखिको शिक्षा क्षेत्रको अनुभव, उपलब्धी, सिकाई र चुनौती समाधानका ज्ञानका आधारमा  भोरले यो अवधारणा अगाडी ल्याएको भोरका अध्यक्ष पचुलाल माझीले बताए ।

   कक्षा १ मा भर्ना भएकका बालबालिका बडो मुस्किल र निकै कम अनुपातमा एसइई सम्म पुग्ने गर्दछ, भोरका कोषाअध्यक्ष उमेश कुमार साहले भने । त्यसैले दलित र विपन्न गैर दलित समुदायको सम्पूर्ण बालबालिकालाई औपचारीक शिक्षाको मुलधारमा ल्याउन, गुणस्तरीय शिक्षा प्राप्त गर्नमा मदत गर्न र अधिकतम बालबालिकालाई एसइई सम्म शिक्षा आर्जनमा सहयोग गर्न भोर विधा सेतु शुरुवात गरिएको भोरका महासचिव सरोज प्रसाद दुलालले बताए ।

    यस टिउसन सेन्टरमा दलित र गैर दलित समुदायकै विपन्न  क्षमतावान शिक्षकको माध्यमबाट टोल स्तरमा बच्चाहरुको सिकाईलाई अभिवृद्धि गराउन विषेश  कक्षा, संस्कार ,असल सोंच र व्यवहारको लागि नैतिक ज्ञान र वर्तमान आधुनिक युग सित प्रतिशपर्धामा सफलता हासिल गर्न प्राविधिक सिप तथा शारिरीक स्वास्थ्य र मजबुतीको लागि व्ययाम जस्ता शिक्षा र सिपहरु सिकाइने महासचिव दुलालले जानकारी दिए । हुनेले नहुनेको लागि सहयोग गर्ने सामाजिक परोपकारको सिद्धान्तमा आधारीत विभिन्न मनकारी व्यक्तिहरुको आर्थिक तथा सामाग्री योगदानबाट मितव्ययी तवरले समुदायद्धारा अपनत्व ग्रहन गर्ने खालको दिगो सकारात्मक परिवर्तन ल्याउने भोर विधा सेतुको उदेश्य रहेको संस्थापक राज कुमार महतोले बताए ।

   सेतुको पहिलो सेन्टरको संचालनमा अरविन्द चौधरीले शिक्षकको मासिक पारिश्रमिक नियमित रुपमा प्रदान गर्ने साथै विधार्थीहरुलाई आवश्यक स्टेशनरी तथा अन्य सामाग्री अन्य मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा व्यवस्थापन गरिने बताइएको छ।

   सर्लाही जिल्ला शिक्षक संघका अध्यक्ष सरोज सिंह, वडा कार्यालयका जनप्रतिनिधी शिवचन्द्र राय, दलित अगुवा राम केवल राम, प्रमिला देवी माझी, मंगली देवी माझी लगायतको उपस्थितिमा  भोर विधा सेतुको उद्घाटन गरिएको छ ।

Wednesday, January 27, 2021

इश्वरपुरका दलित तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

 


इश्वरपुरका दलित तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

राधेश्याम कुशवाहा----

सर्लाही ,माघ १४

    सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक हजार दलित,गरिब तथा अतिविपन्न  बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

      नव प्रयास फाउन्डेसनको आर्थिक सहयोग तथा समाजिक अभियन्ता शिवनाथ कहार को पहलमा इश्वरपुर न.पा वडा न-३ का  दलित,गरिब तथा अतिविपन्न  परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।

    घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकि  पठनपाठनमा समस्या झेल्दै  आएका  बालबालिकाहरुलाई ध्यानमा राखेर  शैक्षिक सामग्री वितरण गरिएको  फाउन्डेसनका कार्यकारी अध्यक्ष विजय साह ले बताए । यस्ता  सामाग्रीहरुको वितरण पछि दलित तथा  गरिब समुदायका बालबालिकाहरुको पठनपाठनमा सहज हुने अपेक्षा गरिएको उनले बताए । 

   अगामी दिनमा पनि यस प्रकारका  सहयोगलाई  निरन्तरता दिने फाउण्डेसनकाको तर्फबाट साहले  प्रतिबद्वता गरेका छन्  ।

विषादी सेवनबाट १ जना महिला बिरामी

 


विषादी सेवनबाट १ जना महिला बिरामी

लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ १४

     सर्लाहीको बरहथवामा  विषादी सेवन गरि १ जना महिला  बिरामी भएका छन् ।

    बरहथवा नगरपालिका वडा न-५ शान्तिटोल बस्ने कुमोद साहकी ३२ वर्षिया श्रीमती शुसिला देवी साह विषादी सेवनबाट विरामी भएका हुन । उनले घरायसी बादबिवादका कारण  मंगलबार राति तरकारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गरेकी छिन् ।

   उनलाई  विषादी सेवनबाट बिरामी भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा ल्याइ थप उपचारको लागि जनकपुर  पठाईएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा पनि कोरोना भाइरस विरुद्ध खोप लगाउन सुरु

 

सर्लाहीमा पनि कोरोना भाइरस विरुद्ध खोप लगाउन सुरु 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १४

     प्रदेश न-२ अन्तर्गत  सर्लाहीमा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा आज बिहान(बुधबार)  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरुलाई खोप  लगाएर यसको सुरुवात गरिएको हो । 

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने छ । प्रजिअ पौडेलका अनुसार सर्लाहीमा ५ हजार ३ सय डोज खोप आएको छ । खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्नेछ । 

   अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० वटा पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो तर  ५ हजार ३ सय डोजमात्र प्राप्त भएको छ ।

    भारत सरकारले अनुदानमा दिएको उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

   पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने प्रजिअ पौडेलले बताएको छ । 


Tuesday, January 26, 2021

भारतको ७२ औं गणतन्त्र दिवस सर्लाहीको मलंगवामा पनि मनाइयो ।

 भारतको ७२ औं गणतन्त्र दिवस सर्लाहीको मलंगवामा पनि मनाइयो ।  

राजिव साह---- 

सर्लाही ,माघ १३

    नेपाल भारत मैत्री संघ शाखा मलंगवाको आयोजनामा मित्र राष्ट्र भारतको ७२ औं  गणतन्त्र दिवस सर्लाहीको सदरमुकाम मलंगवामा पनि मनाइएको छ । 

   सोमबार नेपाल भारत मैत्री संघ सर्लाहीका  महेन्द्र प्रसाद कर्णको अध्यक्षता तथा मलंगवा  नगरपालिका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा  बाल मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर शान्ति सवनम मिकरानी मैत्री संघका सभापति रामदेव ठाकुर , गजेन्द्र प्रसाद गुप्ता , उद्योग बाणिज्य संघ मलंगवाका  अध्यक्ष बिरेन्द्र प्रसाद साह, मानव अधिकार जिल्ला संगठन सभापति रजनीकान्त झा, नागरिक समाज सर्लाहीका जिल्ला अध्यक्ष उग्रकान्त झा लगायत नागरिक समाजका अगुवा  ,सेवानिवृत शिक्षक र बुद्धिजीवीहरुले नेपाल-भारत बिचको सम्बन्ध तथा मित्रताको बारेमा चर्चा गरेका थिए ।  

    कार्यक्रमको उद्घाटन  अतिथिहरुले भारतका राष्ट्रपिता महात्मा गाँधीको तश्विरमा माल्यार्पण गरेर गरेका थिए । सोही अवसरमा सगरमाथा विद्यालयका विद्यार्थीहरुले  एउटै मञ्चबाट दुवै देशको राष्ट्रगान वाचन गरेर सुनाएको  कार्यक्रमका संचालक तथा मानवअधिकारकर्मी मुकेश मिश्रले बताए ।

Monday, January 25, 2021

अपहरण शैलीमा एक नेपालीलाई भारततर्फ लैजान लागेको दुई भारतीय नागरिक पक्राउ

 


अपहरण शैलीमा एक नेपालीलाई भारततर्फ लैजान लागेको  दुई भारतीय नागरिक पक्राउ 

राधेश्याम कुशवाहा

सर्लाही ,माघ १२

    सर्लाहीको सिमराबाट सशस्त्र प्रहरीले एक नेपालीलाई मोटरसाईकलमा राखेर  अपहरण शैलीमा भारततर्फ लाँदै  गरेका  दुई जना भारतीय नागरिकलाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको  सितामढी जिल्ला रामपथ पकरी कुवारी मदन- ९ बस्ने अन्दाजी बर्ष १९ का अरबिन्द कुमार सहनी र सोही ठाउँका  १८ बर्षिय राहुल कुमार यादव रहेको बिओपी सिमराले जनाएको छ । 

पिडित-धर्मेन्द्र राम


   सर्लाहीको बिष्णु गाउँपालिका वडा न- २ पकडीगोठ बस्ने स्थानीय २८ बर्षिय धर्मेन्द्र रामलाई जबर्जस्ती  बिआर ३० एस ७५२५ नम्बरको  मोटरसाईकलमा राखेर  अपहरण शैलीमा भारत तर्फ लैजादे गरेको अवस्थामा नदिया पकडी स्थित सिमरा बिओपीबाट सशस्त्र प्रहरी हवल्दार टेक बहादुर लामिछानेको कमाण्डमा खटिएको टोलिले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

    मोटरसाईकल सहित नियन्त्रणमा लिइएका दुबै अपहरणकारी   र पिडितलाई  नेपाल प्रहरीको जिम्मा लगाइ घटनाको बारेमा थप अनुसंधान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।


पेस्तोल देखाएर मलंगवामा एक ब्यापारी लुटिए

 पेस्तोल देखाएर मलंगवामा एक ब्यापारी  लुटिए 

लोकतन्त्र समाचारदाता । 

सलार्ही, १२ माघ ।  मलङ्वामा रहेको पुर्व ईन्टरप्राईजेज (सुर्य चुरोट डिलर)  मलङ्वाका म्यानेजर राम विश्वास राय साढे ५ लाख रकम सहित आइतबार साझ लुटिएका छन् ।

     मलङ्वा नगरपालिका चौक भन्दा १०० मिटर पश्चिममा रहेको कोठामा एक्लै भएको समयमा घर भित्र पसेर २ जना अज्ञात व्यक्तीले पेस्तोल देखाएर रकम लुटिएको बताईएको छ ।  घट्नाको समयमा मलङ्वाम  विद्युत कटेकोले अज्ञात ब्यक्तिलाई पहिचान गर्न न सकेको रायले बताए । पेस्तोल देखाएर दराजबाट पैसा निकाल्न आफुलाई बाध्य पारेको रायले दाबी गरेको छ ।

     पैसा लुटेपछी अज्ञात चोरले आफुलाई अँखा र शरीर डोरीले बाधेर फरार भएको बताए ।

चोरीको घट्ना हो वा होईन भन्ने बारे छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवरले जानकारी दिनु भएको छ ।

ग्रामीण सडक कालाेपत्रे हुने भएपछि कविलासी नगरपालिकाका स्थानीयहरू खुसी

  ग्रामीण सडक कालाेपत्रे हुने भएपछि कविलासी नगरपालिकाका स्थानीयहरू खुसी                                                     

बखतियार अलि----                  

सर्लाही ,माघ १२    

      सर्लाहीको कविलासी नगरपालिकामा साढे ५ किलाे मिटर ग्रामीण सडक कालाेपत्रे हुने भएपछि स्थानीयहरू खुसि भएका छन । 

 जम्मा १० वटा वडा भएकाे कविलासी नपामा साढे ५ किलाे मिटर सडक कालाेपत्रे  भएपछि यस  नगरपालिकाका ६ वटा वडाहरुलाई  जाेडने छ । जसबाट ४५ हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने  नगरप्रमुख  काैशल किशाेर यादवले ग्रामीण सडक कालाेपत्रे निर्माण कार्य उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै बताउनु भयाे ।

   अहिले ग्रामीण भेगका जनता अाफनाे कृषि जन्य उत्पादन  सदरमुकाम वा अन्य बजारमा बिक्रीवितरणकाे लागि लानु पर्दा कच्ची बाटाेकाे प्रयोग गर्नुपर्ने बाध्यता रहेकाे छ । दिनहुजसाे ग्रामीण क्षेत्रमा बसाेवास गर्ने स्थानीय किसान तथा  जनताहरु धुवाँ-धुलाे खाएर यात्रा गर्न बाध्यता रहेको थियो ।

    ६ कराेड २० लाख ७२ हजार सम्झौता भएकाे रकमबाट निर्माण हुन लागेकाे याे सडक कालाेपत्रे गर्न ३ बर्ष समय लाग्ने बताइएको छ । सर्लाहीका अधिकांश  ग्रामीण क्षेत्रमा सडकहरु कच्ची रहेकाेले बर्षा याममा हिलाम्मे र सुख्खा याममा धुलाम्य हुने गरेकाे कारण स्थानीय जनताहरू अाजिज भईसकेका छन् । धुवाँ-धुलाेका कारण यहाँका जनताहरु श्वाँसप्रश्वाँस तथा अन्य गम्भीर राेगको सिकार हुने गरेको  स्थानीयहरूले गुनासो गरेका छन् ।

Sunday, January 24, 2021

अख्तियारद्वारा आयोजित निबन्ध प्रतियोगितामा पब्लिक मावि मलंगवा तेस्रो

 


अख्तियारद्वारा आयोजित निबन्ध प्रतियोगितामा पब्लिक मावि मलंगवा तेस्रो

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ११

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको उपलक्ष्यमा अख्तियारको बर्दिबास कार्यालयले आयोजना गरेको  नेपाली भाषाको निबन्ध प्रतियोगितामा पब्लिक मावि मलंगवामा अध्यनरत छात्र तेस्रो भएको छ ।सर्लाहीको सदरमुकाम मलंगवा स्थित श्री पब्लिक माविको कक्षा १० मा अध्यनरत छात्र राम अधिन राय यादवले तेस्रो स्थान प्राप्त गरेका हुन ।

      आउँदो माघ २७ गते परेको आयोगको स्थापना दिबसको उपलक्ष्यमा बर्दिबास कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने महोत्तरी जिल्लासहित सर्लाही ,धनुषा, उदयपुर ,सिरहा र सिन्धुली जिल्लाका  १२ कक्षासम्मका विद्यार्थीहरु बिच "राष्ट्र निर्माणमा सदाचार र सुशासन " भन्ने विषयमा नेपाली भाषाको निबन्ध प्रतियोगिताको आयोजना गरेका थिए ।

    विजेताहरुलाई बर्दिबासमा आयोजना गरिएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि आयोगका आयुक्त डा.सावित्री थापा गुरुङले नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको पद्म फुयाँलले जानकारी दिए ।

गोडैतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

 

गोडैतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ११

     सर्लाहीको गोडैतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    नगर शिक्षा शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख देवेन्द्र यादवले गरेका थिए ।नगरभित्रका विद्यार्थीहरुको वौधिक स्तरमा वृद्धि विकास होस् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखाले बताएको छ ।

    नगरभित्रका ६ वटा माध्यमिक विद्यालयहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा नगरप्रमुख यादवले प्रमाणपत्र ,शिल्ड , मेडल तथा स्टेसनरी प्रदान गरेको शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादवले बताए ।

    पद्मलाल फुयाँले संचालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ,प्रतियोगी विद्यालयका प्राधानाध्यापक , शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नेपाल भारत सिमानाका खोल्ने उपप्रधानमन्त्रीको आश्वासन पूरा भएन

 नेपाल भारत सिमानाका खोल्ने उपप्रधानमन्त्रीको आश्वासन पूरा भएन

    "सिमानाका खुल्ने आशमा जनता"


राजिव साह----

सर्लाही,माघ ११

    कोरोना महामारी सुरु भए संगै भारत र नेपाल सरकारको संयुक्त निर्णय अनुसार गत  चैत्र ११ गते भारत संग सिमाना जोडिएका साना तथा मझौला प्रमुख नाका बन्द गरियो ।  अघोषित नाका बन्दले सिमापारी ओहर दोहर गर्न सर्वसाधारण बैकल्पिक रुपमा चोर बाटो हुँदै नेपाल भारत आउने जाने रोकिएन । मुख्य नाक नै बन्द गरेर  सरकारले जनतालाई दुख मात्र दिएको स्थानीयवासीको आरोप छ । करिव १० महिना देखि सर्वसाधारण सिमानाका खुल्छ भन्ने आशमा  छ ।


  लामो समय देखि सर्वसाधारण खेत आरीको बाटो हुँदै ओहर दोहोर गर्न बाध्य भएका छन् भने मोटरसाइकल , रिकसा साना तथा ठूलो गाडी प्रतिबन्ध लगाएको छ । मलङ्वा संग सिमना जोडिएको सोनबर्सा बजार दैनिक सयौंको संख्यामा मानिसहरु ब्यापार ,उपचार बिहेबारी गर्न बाट बन्चित भएका छन् । नाका बन्दले धार्मिक संस्कृति र बेटि रोटी को सम्बन्धमा समेत असर परेको  मानव अधिकार जिल्ला संगठन जिल्ला सभापति  रजनीकान्त झाले बताए ।



लामो समय देखि बन्द सिमा नाकालाई लिएर  नागरिक समाज, राजनीति दलले आन्दोलन परिचालन समिति बनाएर मंसिर ३१ गते सदरमुकाम पुस १ गते जिल्ला बन्द समेत नै गरेको थिए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरे संगै आन्दोलनको कार्यक्रम स्थगित भयो । 


सर्लाहीको मलङ्वामा आयोजित नेकपा आम सभालाई सम्बोधन गर्न  पुस २८ गते  आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल  कार्यक्रमलाई सम्बोधन गर्दै २र४ दिनमा सिमानाका खोल्ने प्रतिबद्धता गरेका थिए  । तर  १० दिन बितिसक्दा पनि सिमानाका खोल्ने बारे जिल्ला प्रशासन कार्यालय सर्लाही अझै बेखबर छ । प्रमुख जिल्ला अधिकारी सिमा नाका खोल्ने इच्छा भए पनि  केन्द्रीय निर्णयको प्रतीक्षा गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । 

उपप्रधानमन्त्री मन्त्री जस्तो गरिमामय पदका ब्यक्तिले दिएको बचन कार्यन्वयन नहुदा नागरिकमा  बिश्वास घटेको नागरिक समाजले बताएको छ ।  कोरोनाको नाममा सर्वसाधारणलाई दुख दिनु भन्दा सहज आवतजावतको खुला गर्न नागरिक समाज र स्थानीयको माग छ ।

CG ब्राण्डका सबै इलेक्ट्रोनिक्स सामानहरु मलंगवाबाटै उपलब्ध

 

CG ब्राण्डका सबै इलेक्ट्रोनिक्स सामानहरु मलंगवाबाटै उपलब्ध


लोकतन्त्र समाचारदाता ---

सर्लाही ,माघ ११

    सर्लाहीको सदरमुकाम मलंगवामा CG ब्राण्डको सबै इलेक्ट्रोनिक्स सामानहरुको विक्री बितरणका लागि  आधिकारिक बिक्रेताको सप्लायर्सको रुपमा रोजी इन्टरप्राइजेज संचालनमा आएको छ ।

    मलंगवा नगरपालिका वडा न-८ निवासी रामहरि श्रेष्ठले रोजी  इन्टरप्राइजेज संचालन  गर्दै CG  कम्पनीका सबैखाले  इलेक्ट्रोनिक्स सामानहरुको  बिक्री बितरण शुरु गरेका हुन्।वडा न-८ स्थित नेपाल विधुत्त प्राधिकरणको छेउमै रहेको  रोजी इन्टरप्राइजेजबाट ग्राहकलाई  CG ब्राण्डका ए.सी,फ्रिज,टिभी ,राइस कुकर, हिटर, कुलर, पंखा ,वासिंग मेसिन लगायत अन्य विभिन्न इलेक्ट्रोनिक्स सामानहरु सजिलै उपलब्ध गराइने संचालक रामहरि श्रेष्ठले बताए ।

    सनिवार मलंगवा नगरपालिकाका पुर्व मेयर तथा राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिव सोसाइटी लिमिटेडका अध्यक्ष नागेन्द्र प्रसाद यादवले रोजी इन्टरप्राइजेजको उद्घाटन गरेका थिए ।


Saturday, January 23, 2021

समाचार लेखेकै कारण पत्रकारलाई जेल सजाय हुने कानुन समाप्त हुनुपर्ने नेपाल पत्रकार महासंघका राष्ट्रिय अध्यक्ष गोविन्द आचार्यको भनाई

 

 समाचार लेखेकै कारण पत्रकारलाई जेल सजाय हुने कानुन समाप्त हुनुपर्ने नेपाल पत्रकार महासंघका राष्ट्रिय  अध्यक्ष गोविन्द  आचार्यको भनाई


लोकतन्त्र समाचारदाता----

सर्लाही , माघ १०

    जनताकाे हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार  बनाएकै  कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि   प्रेस पुर्ण रुपमा स्वतन्त्र  नभए सम्म देशमा  संघीयता र लाेकतन्त्र स्थापित नहुने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएको छ ।  नेपाल पत्रकार महासंघका राष्ट्रिय अध्यक्ष गाेविन्द  आचार्यले अाज(सनिवार) नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे  १० अाै साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट उहाँले यस्तो बताउनुभएको हो ।  

      सदरमुकाम मलंगवामा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पाेखरेल, केन्द्रीय सचिव सितल महताे, केन्द्रीय काेषाअधयक्ष राजेश मिश्र र प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र चाैहान लगायतका अतिथीहरूले पनि प्रेस स्वतन्त्रकाे वकालत गर्दै पत्रकारहरूकाे हक-अधिकारकाे बारेमा आआफ्नोे  धारणा राखेका थिए । 

    सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा आयोजना भएको  कार्यक्रममा सर्लाही शाखाको   वर्तमान जिल्ला कार्यसमितिको तर्फबाट शाखाको  स्थापनाकाल देखिका ५ जना पुर्व अध्यक्षहरुलाई उहाँहरुले आ-आफ्नो कार्यकालमा  जिल्लाका श्रमजीवी पत्रकारहरुको हकहित  र  पत्रकारिता विकासको लागि खेल्नु भएको  भूमिकाको कदर गर्दै सम्मानित गरिएको छ । साथै सर्लाही शाखाको आफ्नै निजी भवन नभएको अवस्थामा निजी भवन निर्माणका लागि जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको अर्धनिर्मित भवनसहित जग्गा यस शाखाको नाममा हस्तान्तरण गरेर सहयोग पुर्याएको भन्दै समन्वय समितिका सभापति मेथुर चौधरीलाई समेत सोही कार्यक्रममा सम्मानित गरिएको छ ।

     मलंगवा स्थित जानकी फैमिली होटलको सभाहलमा आयोजना भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव शितल महतो,केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र , प्रतिनिधि सभाका निवर्तमान सांसद प्रमोद साह, प्रदेश सांसद अशोक यादव, संजय यादव, प्रजिअ सुरेन्द्र पौडेल ,प्रहरी उपरीक्षक संतोष सिंह राठौर,शसस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ ,मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह,उपप्रमुख शान्ती सबनम मिकरानी, गोडैता नपा प्रमुख देवेन्द्र यादव लगायत विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 शाखाका कोषाध्यक्ष रामगोविन्द  यादवले  आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १० औं साधारणसभा सम्पन्न भएको छ

    




Friday, January 22, 2021

मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीजको २५ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न


मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीजको २५ औं  पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

   

मनोज यादव---

सर्लाही,माघ ९

      मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीज मलंगवाको २५ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा  शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजनहरि श्रेष्ठले   बर्ष २०२१ का जेसी सुनिल कुमार साह      र जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष जेसी राज रौनियारले २०२१ का अध्यक्ष सोनु कुशवाहालाई  पद हस्तान्तरण गरेका हुन ।

     कार्यक्रममा अधिवेशनबाट चयन भएका भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मलंगवा नगरपालिकाका पुर्व मेयर समेत रहिसक्नु भएका मलंगवा जेसीजका भुपु अध्यक्ष तथा जेसीज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष  नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताउनुभयो ।उनले बर्ष २०२० को टिमले र त्यसभन्दा पनि पहिलेका टिमहरुले विगतका वर्षहरुमा गरेका कामलाई अबको टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिनुभयो ।

  जेसी प्रविण गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा वर्ष २०२१ एरिया `ए´ का उपाध्यक्ष जेसी प्रमिसा काफ्ले तथा  नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी ,पुर्व प्राधानाध्यापक एव समाजसेवी महेन्द्र कर्ण ,सगरमाथा निमाविका प्रअ तिलक क्षेत्री ,मलंगवा नगरपालिका वडा न-८ का वडाध्यक्ष इश्वरी श्रेष्ठ  लगायत जेसीजका भुपु अध्यक्ष, पदाधिकारी , स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

     मलंगवा जेसीज वर्ष २०२१ का लागि कार्यकारीणी उपाध्यक्षमा जेसी सुमेष सागर श्रेष्ठ  र जेसी राम लखन महतो  निर्वाचित भएका छन् ।यसैगरी उपाध्यक्षमा लालबाबु  यादव,सुनिल जयसवाल,मो.मन्जर हुसैन र करण शर्मा मनोनीत भएका छन् । 

      यसैगरी जुनियर जेसीज  मलंगवाको कार्यकारिणी उपाध्यक्षमा मनिष कुशवाहा र मो.असलम मिकरानी निर्वाचित भएका छन भने उपाध्यक्षमा अभिनन्दन कुशवाहा,मो.समी मिकरानी,मो. शौकत राजा र आरुष गुप्ता मनोनीत भएका छन् ।

   सोही कार्यक्रमको  अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । मलंगवा जेसीजका नवनिर्वाचित अध्यक्ष साहले जेसीजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसी मित्रहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसीजको मुल्यमान्यता अनुसार अगााडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै  आफु मातहतको नयाँ कार्यसमिति र सम्पूर्ण मलंगवा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गरे  ।

   सदरमुकाम मलंगवा स्थित बालमन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संचालन मलंगवा जेसीजका भुपु अध्यक्ष जेसी सुवोधहरी राजोपाध्यायले गरेका थिए । बिचबिचमा  जेसीज मावि, सेन्ट ग्रेवियर्स र सगरमाथा विद्यालयका विद्यार्थीहरुको  नृत्य संगीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।


पुर्ण भुक्तानी भरपाई र विवरणको माग गर्दै सर्लाहीका उखु किसान दोस्रो चरणको आन्दोलन सुरु

 पुर्ण भुक्तानी भरपाई र विवरणको माग गर्दै सर्लाहीका उखु किसान दोस्रो चरणको आन्दोलन सुरु 


राजिव साह---

 सर्लाही ,माघ ९

सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता गरे पनि सर्लाहीका उखु किसानले शुक्रबार पुनःआन्दोलन गर्ने उखु किसान संघर्ष समितिले जनाएको छ । 

सरकारले पूर्णरूपमा भुक्तानी नदिएको  भन्दै उखु किसान संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको  उखु किसान न्यायिक समिति संरक्षक राकेश मिश्रले बताए ।  

किसानले भुक्तानी तथ्यांक पाउनुपर्ने रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको प्रमाण तथा विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने संघर्ष समिति अध्यक्षको बाइट रामस्वार्थ  रायले जनाए । 

`कुन  किसानले कति क्विन्टल, कतिको दरले खातामा गयो टुंगो छैन ’ तर सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उद्योगीसँग तथ्यांक मागेर किसानको खातामा पैसा हालिदिएको थियो मन्त्रालयले हामीसँग किसानहरुले के –कति रकम भुक्तानी पाउनु पर्ने उक्त  विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ् । 

उक्त  बिबरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको संघर्ष समिति अध्यक्ष रायको भनाइ छ । 

सर्लाहीका उखु किसान  माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने ,फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने  र जम्मा गरेको रकमको भरपाई  विवरण सार्वजनिक न गरे आन्दोलन जारी रहने  किसान संघर्ष समिति सर्लाहीले बिहिवार एक विज्ञप्ति जारी गरेर जनाएको हो ।

Thursday, January 21, 2021

सर्लाहीमा एकबिहानै यात्रुवाहक बस दुर्घटना /२ को मृत्यु १७ जना घाइते


सर्लाहीमा एकबिहानै यात्रुवाहक बस दुर्घटना /२ को मृत्यु १७ जना घाइते

मनोज यादव----

सर्लाही ,माघ ८

      पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा आज (बिहिवार) बिहान  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका-५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीया रिता चौधरी रहेका छन्। राजकुमारीको घटना स्थलमै र रिताको उपचारकोलागि बिरगंजतर्फ लाँदै गर्दा बाटोमा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

     आज बिहान पौने ५ बजे दाङबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस हरिवन नगरपालिका वडा न-५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प नजिक आफै अनियन्त्रित भइ रोडदेखि १० मिटर तल  पल्टिएर दुर्घटना भएको हो । बसमा  सवार ३० जना यात्रु मध्ये एकजनाको घटना स्थलमै र एकजनाको उपचारको लागि बिरगंज लाने क्रममा मृत्यु भएको छ । 

   चालक सहित ५ जनाको  अवस्था गम्भिर रहेका कारण न्युरो अस्पताल बिरगंज उपचारको लागि पठाइएको अरु ३ जनाको नमुना अस्पताल हरिवनमा र ९ जनाको अवस्था सामान्य रहेका कारण  स्वाभिमान अस्पताल हरिवनमा उपचार भई रहेको प्रहरी प्रवक्ता कुवँरले जानकारी गराएको छ । 

    बसमा सवार बाँकी ११ जना यात्रु भने सकुशल  रहेका छन् ।

Wednesday, January 20, 2021

राष्ट्रिय जनगणनामा कोइरी समुदायद्वारा थरमा कुशवाहा मात्र लेखाउने निर्णय

 

राष्ट्रिय जनगणनामा कोइरी समुदायद्वारा  थरमा कुशवाहा मात्र लेखाउने निर्णय 

राधेश्याम कुशवाहा----

सर्लाही ,माघ ७

   आफ्नो नामको पछाडी विभिन्न थर लेख्दै आएका कोइरी समुदाय यसपटकको   राष्ट्रिय जनगणना २०७८ मा  कोइरी वा कुशवाहा मात्र लेखाउने निर्णय गरेका  छन् ।

     नेपाल कुशवाहा कल्याण समाजले देशभर कोईरी कुशवाहाको कुल जनसंख्या १० लाख भन्दा बढी रहेको दाबी गर्दै आइरहेको भएपनि   २०६८ सालको जनगणना अनुसार  कुल जनसंख्या  ३०६,३९३  रहेको  छ  जुन नेपालको कुल जनसंख्याको १.१६५ प्रतिशत मात्र हुन्छ ।

     मधेसमा कोइरी कुशवाहा समुुदाय यादव, मुस्लिम र तेली समुदाय  पछि सबैभन्दा बढी बाहुल्यता रहेको  समुदायमा परेपनि  शिक्षा, चेतना र राजनितिकको साथै  समाजिक र आर्थिक रुपले यिनीहरु अहिले पनि धेरै  पछाडी परेका  छन।

यस अघिको राष्ट्रिय जनगणनामा कोइरी जातीले थर अनुसार जातजाती लेखाउने गरेकोले कोइरी जातीको वास्तविक संख्या र पहिचान खुल्न नसकेकोले २०७८ मा हुनलागेको जनगणनामा  जातरजातीको महलमा कोइरी वा कुशवाहा र सर्लाही जिल्लाको हकमा भाषा र मातृभाषाको महलमा मगही वा बज्जिका मात्र लेखाउने यो समुदायका अगुवाहरुले निर्णय गरेको छ ।यसबाट कोइरी समुदायको  वास्तविक संख्या र पहिचान खुल्ने विश्वास गरिएको छ । यसका लागि क्षेत्र, पालिका हुँदै वडा स्तरमा जनजागरण अभियान संचालन गर्ने समाजले निर्णय गरेको छ ।

    नेपालको तराई तथा भित्री मधेसमा  बसोबास गर्ने  कुशवाहा समाजका मानिसहरुले प्रयोग गर्दै आएका विभिन्न थरका कारण पनि नेपालमा कुशवाहाहरुको संख्या कम हुन गएको सो समुदायका अगुवाहरुको कथन रहेको  छ । मधेसमा प्रायःजसो  कुशवाहा समाजका मानिसहरु कोईरी, महतो, सिंह, भगत लगायतका थरहरु प्रयोग गर्नेका कारण कुशवाहा समाजको वास्तविक संख्या को गणना हुन नसकेको जानकारहरु बताउँछन् ।

   अल्पसंख्यक समुदाय  अन्तर्गत पर्ने कुशवाहा(कोइरी) जातिलाई अगाडी बढ्न राजनीतिक  सहभागिताको खाँचो रहेको सुनिल कुशवाहाले बताए । घोषित संविधानमा सम्मानित रुपमा कुशवाहा जातिको पनि पहिचान हुनुपर्ने थियो तर कुशवाहा समुदायसँग राज्यले बैमानी गरेकोे उनले बताए । कुशवाहा समाजको हकहित तथा विकासको लागि एकताका साथ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिए । अधिकार प्राप्तिका लागि  कुशवाहाहरु एक जुट भएर अगाडी बढ्नु पर्छ उनले भने ,‘कुशवाहा समाजलाई अगाडी बढाउन सबैभन्दा पहिला यस समुदाय भित्र रहेका कुरुतीहरुलाई हटाउनु पर्छ । यसका  लागि सक्षम नेतृत्वकर्ता  आवश्यक छ ।’ नेपालको राजनीतिमा पनि कुशवाहाहरुको  पहुँचको आवश्यकता छ सुनिल कुशवाहाले भने । राजनीतिमा पहुँच  नहुँदा कुशवाहाहरुको पहिचान संकटमा परेको उनले बताए । गाउँ—गाउँबाट राजनीतिक चेतना सहित राजनीतिमा कुशवाहाहरुको सकृय सहभागीता आजको आवश्यकता रहेको उनको भनाइ छ  ।

भाँडसरका एकल,असहाय ,वृद्ध महिला तथा विपन्न परिवारलाई कम्बल वितरण


भाँडसरका एकल,असहाय ,वृद्ध महिला तथा विपन्न परिवारलाई कम्बल वितरण

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ७

    प्रतिनिधी सभाका निवर्तमान सांसद रुही नाज मिकरानीले भाँडसरका एकल, ,असहाय ,वृद्ध महिला तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

    उहाँले मंगलबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरि सो वडाका १ सय परिवारलाई  फाइबर कम्बल वितरण गर्नुभएको हो ।

   चिसो निरन्तर बढ्दै गएको अवस्थामा एकल,असहाय ,वृद्ध  महिला तथा  विपन्न वडाबासी  जाडोबाट बच्न कम्बल पाएपछि निकै उत्साहित भएका थिए ।

Tuesday, January 19, 2021

राष्ट्रिय इन्जिनियर संघद्वारा मलंगवामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

  

राष्ट्रिय  इन्जिनियर संघद्वारा मलंगवामा अन्तरक्रिया तथा छलफल  कार्यक्रम सम्पन्न 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ६

     जनता समाजवादी पार्टी  नेपाल निकट राष्ट्रिय  इन्जिनियर संघले सर्लाहीको सदरमुकाम मलंगवामा देशको  समसमायिक राजनीतिक अवस्था एवं इन्जिनियरहरुको भुमिका विषयक एकदिने  अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

     इन्जिनियर मुकेश कुमार यादवको अध्यक्षता तथा प्रतिनिधि सभाका निवर्तमान सांसद महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्र निर्माणमा इन्जिनियरहरुले खेल्न सक्ने भुमिकाको बारेमा छलफल गरिएको संघका केन्द्रीय सचिव ईन्जिनियर ओमशंकर अधिकारीले जानकारी दिए । छलफलकै क्रममा प्रमुख अतिथि एवं निवर्तमान सांसद यादवले प्रधानमन्त्री केपी ओलीले गत पौष ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक ,अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेर  प्रतिगामी कदम चालेको बताउँदै  संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका छन्।  

    मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा राष्ट्रिय  इन्जिनियर संघका केन्द्रीय उपाध्यक्ष ई. राम विनोद राय,जसपा केन्द्रीय सदस्य लालबाबु साह , मिना यादव लगायत संघका महासचिव दिपेन्द्र कुमार साह,केन्द्रीय सचिव ई.ओमशंकर अधिकारी ,सचिवहरु ई भावेष मिश्र,ई राजेश यादव,ई सुरज साह,राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र र उपाध्यक्ष मिथलेश यादवको उपस्थिति रहेको थियो ।


अवैध सुनचाँदीका गरगहना र नगदसहित २ जना पक्राउ

 


अवैध सुनचाँदीका गरगहना र नगदसहित २ जना पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ६

     प्रहरीले आइतवार राती  सर्लाहीको लालबन्दी नगरपालिका -१ नवलपुरबाट  अवैध  सुनचाँदीका गरगहना र नगदसहित २ जना ब्यक्तिलाई पक्राउ गरेका छन् ।

     भारततर्फबाट भन्सार छलेर मलंगवाको बाटो हुँदै नवलपुर आउँदै गरेको बा ६९ प ५१६१ नम्बरको मोटरसाइकलमा  ल्याएको अन्दाजी ७० हजार रुपैया बराबरको सुनचाँदीका गहना र ३७ हजार ५ सय नगदसहित चालक  रौतहटको चन्द्रपुर न.पा-१ बस्ने २७ वर्षीय शसी कृष्ण गजमेर र पछाडी बसेका सरोज बिकलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिनुभयो । 

    इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नवलपुरतर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक गजमेरले बोकेको झोलामा लुकाएर राखेको अवस्थामा ७१ तोला ३४ लाल चाँदीका गहना ,२७.७ लाल सुन र नगद रु ३७ हजार ५ सय  बरामद भएको प्रहरीले जनाएको छ ।

    गजमेर र बिकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइ उनीहरूको साथबाट  बरामद गरगहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवा  पठाएको प्रवक्ता कुवँरले जानकारी दिनुभयो । 

अवैध काठसहित एक ब्यक्ति पक्राउ

 

अवैध काठसहित एक ब्यक्ति पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ६

प्रहरीले सोमवार सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ स्थित पुरानो राजमार्ग नजिकै अवैध रूपमा लैजाँदै गरेको काठ नियन्त्रणमा लिएर डिभिजन  वन कार्यालयलाई बुझाएको छ। 

     ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको  गस्ती टोलीले ना २ च ७८६८ नम्बरको म्याजिक गाडीमा लोड गरी लैंजादै गरेको अन्दाजी ३२ हजार मल्य बराबरको अन्दाजी २० क्युवेक फिटको ५ थान सिसौको  गोलियासहित गाडी र चालक कविलासी नगरपालिका वडा न-८ निवासी ३१ वर्षीय महेश साह कलवारलाई   नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि डिभिजन  वन कार्यालय लालबन्दीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

Monday, January 18, 2021

सहिद परिवारको अवस्थाको बारेमा अनभिज्ञ मधेसका नेताहरु दिवस मनाएर समय टार्दै

 

 सहिद परिवारको  अवस्थाको बारेमा अनभिज्ञ मधेसका नेताहरु दिवस मनाएर समय टार्दै  


मनोज यादव----

सर्लाही ,माघ ५ 

     रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले जिल्लाको   सदरमुकाम मलंगवामा सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  १५ औं बलिदानी दिवस मनाएको छ ।मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै बलिदानी दिवस मनाएको क्लबका जिल्ला सचिव राजिव साहले बताएको छ । 

    कार्यक्रममा पुर्व संविधान सभा सदस्य सलमा खातुनले सहिदको योगदानबाट मधेसका नेता तथा  जनतालाई  ठूलो उपलब्धि प्राप्त भएको तर सहिद परिवारको अवस्थाको बारेमा बुझ्न कुनैपनि नेता अगाडी आउन नचाहेको गुनासो गरे ।उनीहरूको परिवारको अवस्था दयनीय रहेकोले  सहिद परिवारको छोराछोरीलाई उनीहरूको योग्यताको आधारमा सरकारी जागिरको व्यवस्था गर्नुका साथै राजनीतिमा पनि स्थान दिनुपर्ने खातुनले भने ।

   कार्यक्रमका अर्का बक्ता जेष्ठ नागरिक सर्लाहीका अध्यक्ष डा.अब्दुल रहिम मिकरानीले पनि सहिदको परिवारलाई सम्मान मिल्नुपर्नेमा जोड दिनुभयो ।मधेसका सपुतहरुले १० लाख रुपैया पाउनका लागि आफ्नो ज्यानको बलिदान दिएका होइनन् ,बल्की मधेसी जनताको मान ,सम्मान , हकअधिकार र पहिचानको लागि ज्यान दिएका हुन तर जुन उपलब्धि हुनुपर्ने हो त्यो भएको छैन उनले चिन्ता ब्यक्त गरे। फुलमालाले मात्र सम्मान गरेर हुँदैन उनीहरूको परिवारलाई सम्मान दिनुपर्छ मिकरानीले भने ।उनले आगामी दिनहरुमा नामको लागि मात्र नभइ सहिदहरुको सम्मानको लागि बलिदानी दिवस मनाउन सुझाव दिनुभयो ।

   कार्यक्रममा सहभागी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सहिदहरुको बलले केही नेताहरूले ठूलाठूला महल र गाडीको सुख भोगिरहरको आरोप लगाए ।एक मधेस एक प्रदेशको नारा २२ जिल्लाबाट झरेर ८ जिल्लामा सिमित भएको छ ।नेताहरू आफ्नै स्वार्थमा लिप्त भएकाले सहिदले देखेको सपना सपनामै सिमित भएको छ,उनले दु:ख ब्यक्त गरे ।उनले संविधान संसोधनमा एक मधेस एक प्रदेशलाई समेट्न समेत मधेसका नेताहरु सँग आग्रह गरे ।

    एक दशक भन्दा वढी समयदेखि हरेक वर्ष बलिदानी दिवस मनाइँदै आइरहेको भएपनि एकदिन पनि सहिद परिवारको घरदैलोमा गएर उनीहरूको अवस्था बारे जानकारी लिन आजसम्म कुनैपनि नेताहरु अगाडी नआएको जसपा का केन्द्रीय सदस्य जुल्फिकार अलीले गुनासो गरे।

 







Sunday, January 17, 2021

सर्लाही हरिपुरमा थारु समुदायले मनाए माघी

 

सर्लाही हरिपुरमा थारु समुदायले मनाए माघी

अजिता चौधरी---

सर्लाही ,माघ ४

  सर्लाही हरिपुरका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । हरिपुर नगरपालिका वडा न-७ पचगछियामा माघी महोत्सव २०७७ को आयोजना गरि पर्व मनाएको  हो ।

   थारु संवत २६४५ को अवसरमा आयोजना गरिएको माघी महोत्सवमा थारु कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न हरिपुरका थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा आयोजना  गरिएको माघी महोत्सवमा थारु संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रदर्शनीहरु राखिएको थियो । महोत्सवमा थारु सँस्कृति  झल्कने विभिन्न परम्परागत सामाग्रीहरुको प्रदर्शनीका साथै थारु सँस्कृति झल्काउने नृत्य संगित प्रस्तुत गरिएको  थियो।

       नेपालक आदीवासी जनजातिके शान ,थारु कला संस्कृति हमर पहिचान  भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको थियो । नयाँ पुस्तालाई थारु सँस्कृतिको बारेमा बुझाउन महोत्सव आयोजना गर्ने गरेको आयोजक थारु कला संस्कृति पचगछियाले जनाएको छ।

   माघ २ गतेदेखि ४ गते तीनदिनसम्म चलेको उक्त महोत्सवमा विभिन्न झाँकी,थारु सांस्कृतिक प्रतियोगिता ,थारु भेषभुषा कला संस्कृति प्रदर्शनी ,डाला-डलिया प्रतियोगिताको आयोजनाको साथै थारु परिकारका स्टलहरु राखिएका थिए ।

 

Saturday, January 16, 2021

केपी ओलीको सरकार चारैतिरबाट असफल– राजेन्द्र महतो

 केपी ओलीको सरकार चारैतिरबाट असफल– राजेन्द्र महतो 


बखतियार अलि–

सर्लाही,माघ ३ 

   आफैले बनाएको संविधान माथि प्रतिगमन गरि संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता विपरित कार्य गरि चारैतिरबाट केपी ओलीको सरकार असफल भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताउनु भएको छ । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर भन्दै सर्लाहीको सदरमुकाम मलंगवामा भएको जनप्रदर्शन एवंम बिरोध सभालाई संम्बोधन गर्दै उहाँले यो कुरा बताउनु भएको हो ।

     सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अर्का बरिष्ठ नेता  महेन्द्र यादवले बिरोध सभालाई संम्बोधन गर्दै  देशमा अब प्रतिनिधी सभा पुन:स्थापना तथा संविधानको रक्षा गर्न कांग्रेस, प्रचण्ड-माधव गुट र जनता समाजवादी पार्टी नेपाल एकजुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनुभयो । जब सम्म संविधान सभा पुर्ण स्थापना हुदैन संविधान तथा लोकतन्त्रको रक्षाका लागि हाम्रो आन्दोलन जारी रहने नेता यादवले आफनो सम्बोधनमा भने ।

    कार्यक्रममा प्रदेश नं. २ का वन प्रर्यटन मन्त्री रामनरेश राय, संघीय सांसद चन्दा चौधरी, प्रदेश नं. २ का सांसद अशोक यादव लगायतका नेताहरुले पनि आफनो विचार राखेका थिए । त्यस्तै कार्यक्रममा आफनो मर्यादाक्रमलाई वेवास्था गरिएको भन्दै संघीय सांसद प्रमोद साह र प्रदेश सांसद संजय यादवले मंचको कार्यक्रमलाई बहिस्कार गर्दै मंचबाट तल बसेका थिए । केहि बेर सम्म कार्यक्रममा नेताहरु बिच चर्काचर्की समेत भएको थियो ।

आफुहरुलाई मर्यादाक्रम अनुसार आसन ग्रहन नगराएको र सम्बोधन गर्न नदिएको भन्दै सांसदद्वयले कार्यक्रम बहिष्कार गरेका थिए ।

     बिरोधसभामा हजारौंको संख्यामा   जनता समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Friday, January 15, 2021

प्रधानमन्त्री ओलीको कदम विरुद्ध भोली जसपाको भब्य विरोध सभा हुने / सम्पूर्ण तयारी पुरा

 प्रधानमन्त्री ओलीको कदम विरुद्ध भोली जसपाको भब्य विरोध सभा हुने

 ---------सम्पूर्ण तयारी पुरा----------

लोकतन्त्र समाचारदाता–

सर्लाही,माघ २

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापनाको माँग गर्दै आन्दोलनमा उत्रिएका जनता समाजवादी पार्टी नेपालले भोली ( माघ ३ गते) सर्लाहीको सदरमुकाम  मलंगवामा भब्य बिरोध सभाको आयोजना गर्न लागेको छ ।जसका लागि आवश्यक सम्पूर्ण  तयारीहरु पूरा भइसकेको पार्टीको  जिल्ला जनपरिचालन समितिले जानकारी दिएको छ । 

   प्रधानमन्त्री ओलीको असंवैधानिक  कदमको विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले मलंगवामा शक्ति प्रदर्शन गर्न लागेको  हो ।समितिले  आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लादेखि वडासम्म जनपरिचालन समिति समेत गठन गरिसकेको जनाएको छ । 

    ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध विशाल जनप्रदर्शनको तयारीमा निरन्तर लागिपरेको जसपाका केन्द्रिय सदस्य लालबिहारी यादवले भने, आन्दोलनलाइ ब्यबस्थित र शान्तिपुर्ण बनाउन सर्लाहीबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्यकारिणी समिति, केन्द्रिय समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, भ्रातृ संगठनका प्रतिनिधि सम्मिलित विभिन्न समिति गठन गरेका छौ । गठित समितिहरु आफ्नो कार्यक्षेत्रमा लागिसकेको केन्द्रिय यादवले बताए । 

    गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जनता समाजवादी पार्टीले पहिलो चरणको आन्दोलनका कार्यक्रम सकाएर  दोस्रो चरणको आन्दोलन अन्तर्गत मुलुकको ठुला शहर हरुमा शक्ति प्रदर्शन सहित बिरोध सभाको कार्यक्रमहरु आयोजना गरेको छ । संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरि संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै जसपा, काँग्रेस र सत्तारुढ दल प्रचण्ड–माधव समुह र नागारिक समाजका अगुवाले प्रतिनिधि सभा पुर्नस्थापनाको माँग गर्दै सडक संघर्ष लगायतका विभिन्न खाले दवाबमुलक आन्दोलन गर्दै आएका छन् ।

भिरबाट लडेर सर्लाहीमा एक वृद्धको मृत्यु

 


भिरबाट लडेर सर्लाहीमा एक वृद्धको मृत्यु

लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ २

    रौतहटको चन्द्रपुर नगरपालिका-१ का ६५ वर्षिय वृद्ध ललित बहादुर वाइवाको  भीरबाट लडेर मृत्यु भएको छ।

    बिहिवार साँझ साढे ७ बजेको समयमा मादक पदार्थ सेवन गरेर घरतर्फ जाँदै गरेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका-११ स्थित झप्सी भिरबाट ६० फिट तल लडेर गम्भीर घाइते भएका वाइवाको   हरिवन स्थित निजी अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली खटेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ।


Thursday, January 14, 2021

प्रदेश न-२ का सांसद अशोक यादवले मकर संक्रान्तिमा विपन्न तथा ब्राह्मणहरुलाई चिउरा लाइसहित खाद्यान्न बाँडे

 



मनोज यादव----

सर्लाही ,माघ १।

       सर्लाहीको कविलासी नगरपालिका वडा न १० सलेमपुरका स्थानीयबासी समेत रहनु भएका प्रदेश २ का सांसद एवं प्रदेश मामिला सभापति अशोक कुमार यादवले मकर संक्रान्तिको उपलक्ष्यमा स्थानीय मठ मन्दिरका पुजारी ,ब्राह्मण ,गरिब, असहाय तथा उपेक्षित वर्गका मानिसहरुलाई बिहिवार चिउरा, मुढी र तिलका लड्डु(लाइ),चामल, दाल तथा तरकारी लगायतका खाद्य  सामाग्रीको साथै न्यानो कम्बल वितरण गर्नुभएको छ ।

     प्रत्येक वर्षको जस्तै यस वर्ष पनि आफ्नो पुर्खौली परम्परालाई निरन्तरता दिनुहुँदै सांसद यादवले सलेमपुर स्थित आफ्नै निजी निवासमा ती सामाग्रीहरु वितरण गर्नुभएको उहाँको सचिवालय प्रमुख राजेश यादव बताएको छ ।

   उहाँले प्रत्येक वर्ष मकर संक्रान्ति पर्वका दिन यसैगरी स्थानीयबासीहरुलाई प्रसादको रुपमा खाद्य  सामाग्रीहरु वितरण गर्दै आइरहनु भएको स्थानीयबासीहरुले बताएका छन् ।