Tuesday, August 31, 2021

आप्रवासी कामदारको न्यायमा पहुँचका लागि पालिका स्तरीय बैठक मलंगवा ,कौडेना र कबिलासीमा सम्पन्न

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १५

     फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल फोरम) कालिकास्थान काठमाडौको आयोजनामा आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको पालिका स्तरिय  बैठक सर्लाहीको  तीनवटा  पालिकाहरुमा सम्पन्न भएको छ । मंगलबार जिल्लाको  मलंगवा तथा कबिलासी नगरपालिका र बसबरिया गाउँपालिकामा बैठक सम्पन्न भएको  परियोजना संयोजक मोहन राय यादवले जनाएको छ ।

     मलंगवामा नगर उपप्रमुख शान्ती  मिकरानी,कबिलासीमा उपप्रमुख राधा देवी र कौडेनामा  गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादवको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।

    बैठकमा वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम संचालनका लागि पालिका अन्तर्गत वैदेशिक रोजगारलाई सुरक्षित एवं सुव्यवस्थित गर्नका लागि नमुना कार्यक्रम संचालन गर्ने,वैदेशिक रोजगारकोमा देखा परेका समस्याहरुलाई पहिचान गरि पिडितलाई सम्बन्धित निकाय समक्ष उद्धार गर्न गराउन पहल गर्ने लगायतका निर्णयहरु निर्णय पारित गरिएको परियोजना संयोजक यादवले जानकारी दिए।

   यश विषयमा हालै मलंगवा नगरपालिका तथा  कौडेना र बसबरिया गाउँपालिकामा एकदिने वैदेशिक रोजगारी कानुनी अभिमुखिकरण कार्यक्रम तालिम समेत सम्पन्न गरिसकिएको छ ।

    तिनवटै पालिकामा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि ,कार्यालय प्रमुख ,कर्मचारी,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,सरोकारवाला तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

सिरसियाका दुई सय दलित तथा विपन्न परिवारले खाद्यान्न राहत पाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १५

    सूजी फाउंडेसन ताईवान नामक एक सामाजिक संस्थाले   सर्लाहीको कबिलासी नगरपालिका वडा न-७, सिरसियाका २०१ जना दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

     फाउण्डेशनले  दलित सरोकार मञ्च, सप्तरीको समन्वयमा सिरसियाका अतिविपन्न तथा दलित परिवारहरुलाई छनौट गरी खाद्यान्न वितरण गरेको भौतिक पुर्वाधार विकास मन्त्रालय जनता आवास कार्यक्रमका सदस्य एवं दलित अधिकारकर्मी महेश पासवानले जानकारी दिएको छ। उनिहरुलाई २५ केजी चामल, १० केजी पिठो, १-१ किलो नुन , चिनि, दाल , चना  र ४ वटा नुहाउने साबुन वितरण गरिएको दलित अधिकारकर्मी  पासवानले बताए ।

    कोरोना महामारीका कारण थला परेका सर्लाहीका  १५ वटा पालिकाका नागरिकहरुलाई फाउण्डेशनले सहयोग गरेको पासवानले जानकारी दिए । सहयोग पाउनेमा विपन्न तथा दलित परिवार रहेका पासवानले बताए । छनौटमा परेका पालिकाहरुमा राहत स्वरुप खाद्यान्न वितरणको काम धमाधम भईरहेको पासवानले जानकारी दिए।

Monday, August 30, 2021

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका वडाअध्यक्षद्वारा महिलामाथि बलात्कारको प्रयास,

 

---- वडा अध्यक्ष गाउँबाट फरार----

लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १४

      सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ ,नोकैल्वाकी ३० वर्षिया एक  महिलामाथि बलात्कार प्रयास भएको छ ।सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिला अम्बिका देवी यादव (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेका हुन्।

      यही भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा वडा अध्यक्ष यादवले आरोपी आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको को भनाई छ ।पिडक वडाअध्यक्ष यादवको घर आफ्नो घरको  छेउमै रहेकोले  यसअघि पनि उनले पटकपटक आफु माथि दुर्ववहार गरेको पिडित महिलाले गुनासो गरिन।

    त्यस दिन (भदौ ५ गते)पनि वडाअध्यक्ष  घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न सम्बेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पिडित महिलाले बताइन् ।आफुलाई बचाउने प्रयास गर्दा  नसकेपछि हल्ला गरेर छिमेकीलाई बोलाइ निज पिडकको चंगुलबाट आफुलाई बचाएको उनले बताइन् ।

     घटना लगत्तै फरार भएको  वडाअध्यक्ष यादव घटनाको दिनदेखिनै  सम्पर्क विहिन रहेको गाउँलेहरुले बताएका छन्।

     आइतवार दिउँसो  पिडित महिलासँगै सदरमुकाम मलंगवा आएका ब्रम्हपुरी गाउँपालिका-७ नौकैल्वाका स्थानीयबासी तथा पिडितका छिमेकीहरुले पिडक वडाअध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन समेत दर्ता गराइसकेका छन् ।सोही निवेदनको आधारमा पिडक वडाअध्यक्ष यादवलाई पक्राउ गर्न भनि दुईपटक प्रहरीहरु गाउँमा गइसकेको तर उनी गाउँमा नरहेकोले प्रहरीलाई खाली हात फर्कनु परेको पिडितका छिमेकीले बताएका छन् ।

    तर उता वडाअध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको  पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

    पिडित महिलाका २ छोराछोरी छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि  कुवेतमा छन् । पिडितले एक्लैले अरुको घरमा मजदुरी गरेर घर ब्यावहार सम्हाल्दै आएकी थिइन् ।

        

Sunday, August 29, 2021

सडक छेउको रुख सँगैको पोलमा जडान गरिएको विजुलीको नाँगो तारले दुर्घटनाको जोखिम




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १३

     सर्लाही जिल्लाका प्रायःजसो उपभोक्ताहरु नेपाल बिद्युत प्राधिकरणसँग आक्रोशित छन  । अनियमित रुपमा जतिबेला पनी बिद्युत कटौती हुने, सानो हावा चल्दा र सामान्य सिमसिम पानी पर्दा पनी बत्ति जाने, भोल्टेज नआउने, कतै बिग्रिएर भोल्टेज आउने जाने भएको थुप्रै दिन सम्म पनी प्राधिकरणले थाहा नपाउने, मर्मतमा ढिलाई गर्ने लगाएतका कुराहरुबाट उपभोक्ताहरु प्राधिकरणसँग आक्रोशित भएका हुन  ।

      यस विषयलाई लिएर जिल्लामा कयौँ पटक आन्दोलन तथा विरोध प्रदर्शनहरु  भईसकेका छन् ।यस्ता  आन्दोलनमा  जनप्रतिनिधि लगायत विभिन्न संघ संगठनहरुले समेत स्थानिय उपभोक्तालाई साथ दिएका छन्। यी सबका बाबजुत पनि जिल्लाका ग्रामिण बस्तिहरुमा बिद्युतमा देखिने समस्याको अर्को  कारण रुख बिरुवाहरु पनि रहेका छन्  ।

   ग्रामिण बस्तिमा जहाँ बिद्युतको तार टाँगीएको हुन्छ, त्यहाँ घाँस, बाँस देखि लिएर अन्य बस्तुले छोएको ठाउँमा करेन्ट लाग्ने सम्भावना धेरै हुने नेपाल बिद्युत प्राधिकरणका  प्राबिधिकहरु बताउँछन्  । प्राविधिक ज्ञान नभएका स्थानीयबासीहरु घरै अगाडी रुख बिरुवाले तारलाई छोएको देख्दादेख्दै पनि केही गर्न सकिरहेका छैनन् । त्यस्ता तारका कारण आगलागी हुने हो  वा अरु कुनै दुर्घटनाहरु निम्तिने हुन कि भन्ने त्रासमा आफुहरुलाई बस्नु परेको छ , स्थानीयहरुले गुनासो गरे। गाउँलेहरु मात्र नभइ उक्त बाटो भएर आवतजावत गर्ने बटुवाहरु समेत बिजुलीको तारको त्यस्तो अवस्था देखेर डराउने गरेको स्थानीयहरुले भने  ।

     यसबारे विधुत प्राधिकरणलाई जानकारी गराउँदा पनि समस्या समाधान गर्न कुनै किसिमको पहल नगरेको बल्की गुनासो लिएर जाँदा आज भोली भन्दै टार्ने काम मात्र गर्दै आएको पिडित गाउँलेहरुको गुनासो छ ।

     त्यस्ता बिजुलीको तारले गर्दा जिल्लामा वर्षेनी दर्जनौं ठुलासाना  दुर्घटनाहरु हुँदै आएका छन्।

चन्द्रनगरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १३

       आज बिहान(आइतवार) सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा न–६ बस्ने वर्ष ५० को नागेन्द्र मण्डलको करेन्ट लागेर मृत्यु भएको हो ।

      बिहान १० बजे तिर आफ्नै घरमा धाराको कल चलाउँदा त्यसमा जडान गरेको मोटरको तार सर्ट भई करेन्ट लागेर  घाइते भई उपचारको लागि मलंगवा स्थित जिल्ला अस्पतालमा ल्याएकोमा चिकित्सकले मण्डललाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

    मण्डलको  शव परीक्षणका लागि जिल्ला  अस्पतालमा राखिएको छ ।


Saturday, August 28, 2021

सर्लाही जिल्लामै एकमात्र विकास बैंक सहारा विकास बैंकको एकैसाथ ३ वर्षको वार्षिक साधारणसभा सम्पन्न




   ---संचालक समितिको नेतृत्व पुनः संजय गुप्ताले सम्हाले---

मनोज यादव----

सर्लाही ,भदौ १२

    सहारा विकास बैंक लिमिटेडले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा सम्पन्न  गरेको छ।

बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकको निर्णयले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैसाथ सम्पन्न  गरेको छ ।

      कार्यक्रम सनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसको सभाहलमा सहारा विकासका अध्यक्ष संजय कुमार गुप्ता `सुगन्ध´को सभापतित्व तथा संस्थाका संस्थापक शेयरधनी नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    सभामा सहारा विकास बैंक गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गरेको छ। सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ।

     यसै सभा मार्फत संस्थापक अध्यक्ष संजय कुमार गुप्तालाई सर्वसम्मतिले संचालक समितिको अध्यक्षमा  पुनः चयन गरेको छ ।उहाँको नेतृत्वमा सुवोध कुमार लुइँटेल ,ओम बहादुर थापा,अस्मिता देवी अग्रवाल र प्रेम किशोर गुप्ता निर्वाचित हुनुभएको छ ।

     सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुप्ताले  सभाले प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव  पारित गरेको जानकारी गराउनुभयो ।जिल्लामा एउटा पनि विकास बैंक नरहेको अवस्थाम आर्थिक कारोबार संचालन गर्न जिल्लाबासीहरुले भोग्दै आएको समस्याहरुलाई मध्यनजर गर्दै संस्थाको स्थापना गरेको जानकारी गराउँदै उहाँले संस्थालाई सफल बनाउन सहयोग तथा योगदान पुर्याउने संचालक समिति ,संस्थापक सदस्य ,शेयरधनी, संस्थासँग आर्थिक लगायत अन्य कारोबारमा संलग्न लगायतका सुवेच्छुकहरुलाई धन्यवाद दिनुभएको छ ।

      कार्यक्रममा संचालक समिति सदस्य बाल कृष्ण साह,असमिता देवी अग्रवाल ,राम नरेश साह,गरिमा विकास बैंक लिमिटेडका संचालक सदस्य बिमल पाण्डे ,नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय,हिमालय पंथी,चमेली बचतका अध्यक्ष भरत साह,सहारा विकासका संस्थापक सदस्य  संजु प्रसाद जयसवाल,सल्लाहकार राजेन्द्र कुमार अग्रवाल, समाजसेवी रजनी कांत झा, नागरिक समाजका उग्र कांत झा, शिवचन्द्र चौधरी ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, चेम्बर अफ कमर्श मलंगवाका अध्यक्ष अमीत कुमार अग्रवाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

         कार्यक्रममा  संचालक समितिका सदस्य महेश प्रसाद काफ्लेले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका संचालक संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दयाकांत साहले कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन नसकेका संस्थाका शेयर धनीहरुले जुम मिटिङ मार्फत सहभागीता देखाएको बताए ।


   
    



 

Friday, August 27, 2021

सर्लाहीको गोडैतामा सय जना छात्राहरुलाई साइकल वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ११

      सर्लाहीको गोडैता नगरपालिका वडा न-६ बगदहमा १० जना छात्राहरूलाई साइकल वितरण गरिएको छ । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत बगदह स्थित  श्री रामजानकी आधारभुत विद्यालय र गोडैता न.पा को वडा न- २, जयपुर स्थित श्री जनता माध्यमिक विद्यालयमा अध्यनरत   ५०/५० जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

     श्री रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक रमाशंकर प्रसाद कुशवाहा सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सर्लाही क्षेत्रनं-४ (ख) प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले  कक्षा ८ मा अध्यायनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।

    

  बिहिवार आयोजना गरिएको उक्त साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव,उपमेयर अंजना कुशवाहा,शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा,नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सुनिल कुशवाहा, विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक,लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

डेढ महिना अघि बाढीले भत्काएको फुलजोर खोलाको पुलको निर्माणकार्य अलपत्र

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ११

     डेढ महिनाअघि बाढीले भत्काएको सर्लाहीको लालबन्दी नगरपालिका वडा न–३ जब्दी र ईश्वरपुर नगरपालिका वडा न–८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलको निर्माणकार्य नहुँदा हालसम्म पनि अलपत्र अवस्थामै रहेको छ। गत असार १५ गते उक्त खोलामा आएको बाढीले करिब ८० प्रतिशत निर्माणकार्य पूरा भइसकेको उक्त  पुल निर्माणको काम अघि बढ्न सकेको छैन्।

     ढलान भएको दुई सातामै बाढी आएर पुलमाक्षति पुर्‍याएको थियो। ईश्वरपुर नगरपालिका वडा न–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए।

२०० मिटर लामो पुलको करिब ४० मिटर क्षति भएको छ। सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो।

    पुलको निर्माणकार्य पूरा नहुँदा  लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य ठाउँका बासिन्दालाई अहिले बर्षातको बेला आवतजावतमा समस्या भएको छ। ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदारहरुको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको लालबन्दी–३ जब्दीका राम कैलाश चौधरीले बताए।

     पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोड रुपैयाँमा ठेक्का लिएको छ। संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५/७६ बाटै पुल निर्माणको काम सुरु भएको थियो ।

शिक्षकको घरमा लुकाएर राखिएको ठूलो परिमाणमा पटाका बरामद

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १०

        सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न–६, त्रिभुवननगरबाट एक स्थानीय शिक्षकको घरमा भण्डारण गरेर  राखिएको ठुलो परिमाणको पटाखा बरामद गरि नष्ट गरेको छ ।

       सशस्त्र प्रहरीको टोलीले मंगलबार राती भारतबाट लुकाइछिपाई ल्याएर त्रिभुवननगरका एक ठाकुर भन्ने एक स्थानीय शिक्षकको घरमा १२ वटा बोरामा पोका बनाएर भण्डार गरि राखिएको करिव ३ लाख मूल्य बराबरको  पटाखा  बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

     बरामद भएका पटाखाहरु  सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।

सोमवार सार्वजनिक बिदा






काठमाडौँ ,भदौ ११

    सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । 

     मन्त्रालयले बिहिवार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । 


Thursday, August 26, 2021

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धानबालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको अनुदान वितरण



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १०

      चन्द्रनगर गाउँपालिका, सर्लाहीबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धानवालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत वडा नं. ४, ५, ६ र ७ का कृषकहरुलाई कार्यक्रममा सहभागी हुन सूचना आह्वान गरी म्याद भित्र निवेदन दिएका चन्द्रनगर गाउँपालिका वडा नं. ४ को हरियाली कृषक समूह, वडा नं. ५ को शुभ लाभ बहु उद्देश्यीय कृषक समूह, वडा नं. ६ को सूर्य उदय कृषक समूह र वडा नं. ७ को आर्दश बहुमुखी सहकारी संस्था लिमिटेडलाई कार्यक्रममा छनौट गरेको थियो ।

     ती छनौट भएका कृषक समूह तथा सहकारीले विभिन्न किसिमका सिंचाइ पूर्वाधारका सामानहरु तथा कृषि औजार तथा उपकरणहरु खरिद गरी पेश गरेको विल भर्पाईको आधारमा चन्द्रनगर गाउँपालिकाबाट पकेट विकास कार्यक्रमको कार्य विधि अनुसार सिंचाइ पूर्वाधारका सामानहरु खरिद गर्दा लागेको वील अनुसार खर्चको ८५% रकम र कृषि औजार तथा उपकरण खरिदमा लागेको वील अनुसार खर्चको ५०% को अनुदान दिएको हो । वाँकी रकम समूह तथा सहकारीले स्वयं व्यहोर्नुपर्ने हुन्छ ।

      यो कार्यक्रम अन्तर्गत छनौट भएका कृषक समूह तथा कृषि सहकारीले जम्मा ५२ वटा पम्प सेट, ४६ वटा विद्युत मोटर, १२ सेट पावल ट्रेलर र २ थान ब्रस कटर खरिद गरी अनुदानको लागि गाउँपालिकामा विल भर्पाई सहित अनुदानको लागि निवेदन पेश गरेका थिए । उक्त कार्यक्रम अन्तर्गत पेश भएको विल भर्पाईको आधारमा नियमानुसार गाउँपालिकाबाट जम्मा रु. ३८ लाख १९ हजार २ सय ४९ रुपैया अनुदान प्रदान गरिएको हो ।

    चन्द्रनगर गाउँपालिकाको वडा नं. १, २, ३ मा यसै परियोजना अन्तर्गत तरकारी बालीको व्यबसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम संचालन भएकोले ती वडा वाहेकका वडाहरु ४, ५, ६ र ७ लाई साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा छनौट गरिएको थियो ।

Wednesday, August 25, 2021

रामकुमारी झाँक्रीलाई पछि पार्दै सरला यादव उपसभामुख बन्दै



काठमाडौ ,भदौ ९

       नेकपा एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।

   स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतले जनाएको छ ।

   दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने र उनकै कारण नेकपा हुँदै एमालेसम्म विभाजन भएको मत बलियो छ ।

   माधव नेपालनिकट एक नेताले भने– तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो । उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।

   माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम एमालेमै रहेको विज्ञप्ति आएको छ ।

    गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

   नेपाल निकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

    जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

    माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।

   नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ ।  

    उपसभामुख एकीकृत समाजवादीले पाएमा सरला यादवलाई बनाउने सम्भावना छ ।




Tuesday, August 24, 2021

नलकटुवा पेस्तोलसहित दुईजना ब्यक्ति पक्राउ

 

प्रतीक फोटो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ८

    सर्लाहीको बरहथवाबाट भारतिय नम्बर प्लेटको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको  ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जना ब्यक्ति पक्राउ परेका छन् ।

    सोमबार राती १२ बजेको समयमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी गस्ती टोलीले बरहथवा नगरपालिका वडा न–६ स्थित प्रहरी बिट  नजिक चौकमा नयाँरोडबाट बरहथवा तर्फ  आउँदै गरेको BR 30 J 3080 नम्बरको रातो कालो रंगको सुजुकी  मोटरसाइकललाई रोकेर चेक जाँच गर्दा मोटरसाइकलको बायाँ साइडको लेगगार्डमा झुन्डियाएको हरियो रंगको कपडाको झोलामा लुकाइ छिपाई ल्याएको एक थान नलकटुवा पेस्तोल र तीन राउन्ड गोलीसहित बागमती नगरपालिका वडा न–८ का २८ वर्षीय अरुण लामा र सोही ठाउँका वर्ष २८ कै अगबर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।

    दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पुर्व गृह सहायक मन्त्री सोनेलाल यादवको वार्षिक पुण्य तिथी मनाइयो

 


लोकतन्त्र समाचारदाता–

सर्लाही ८ भाद्र

     पुर्व गृह सहायक मन्त्री सोनेलाल रायको वार्षिक पुण्य तीथी विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।स्व.गृह सहायक मन्त्री रायको सम्झनामा उहाँकै  जन्म स्थान मलंगवा नगरपालिका वार्ड नं. ६  खुटौनामा रामगोपाल रायको सभापतित्वमा वार्षिक पुण्य तिथी मनाइएको हो ।

    यस अवसरमा प्रदेश नं. २ का वन, प्रर्यटन तथा उधोग मन्त्री रामनरेश राय प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको  थियो । यस्तै  प्रदेश नं. २ का मधेश मामिला सभापती माननीय अशोक यादव, चक्रघटा गाउपालिकाका अध्यक्ष बिक्रम यादव, मलंगवा नगरपालिका वार्ड नं. ६ का वडाअध्यक्ष तैयब मिकरानी, राप्रपाका केन्द्रिय सदस्य रामहरि थापा, नागरिक समाजका अगुवाद्धय उग्रकान्त झा, शिवचन्द्र चौधरी लगायत गाउका व्यक्तहरुको कार्यक्रममा भव्य सहभागिता रहेको थियो ।

     यसै अवसरमा पुर्व गृह सहायक मन्त्री स्व.सोनेलाल रायको स्मृतीमा प्रकाशन गरिएको पुस्तकको लोकार्पण तथा वहाँको शालिकको अनावरण समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्त्वय उहाँका छोरा लालबाबु रायले व्यक्त गरेका थिए भने लोकार्पण गरिएको स्मृती पुस्तकको विशेषताका बारेमा स्वर्णिम एफएम मलंगवाका अध्यक्ष मनोज यादवले वाचन गरेर उपस्थित सबैलाई सुनाएका थिए।

    कार्यक्रममा स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रानीगंजकी किशोरी प्रियंका भुजेल हत्याका अभियुक्तहरु सार्वजनिक , प्रेम प्रकरणका कारण हत्या

 

हत्याका अभियुक्तहरु


------परिवारले शव अझै बुझेनन् ------


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भाद्र ८

     लालबन्दी नगरपालिका वडा न- १७ रानीगंजकी १५ वर्षीया  किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न रहेका दुई अभियुक्तलाई(युवक)सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमबार पत्रकार सम्मेलन मार्फत  गाउँकै दुई युवक १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई सार्वजनिक गरेको हो।

     भदौ १ गते पक्राउ गरि सोधपुछ र अनुसंधान गर्दा उनिहरुले प्रियंकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरा कुरागरेको आवाज आई घरपरिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी संग बताएका छन् । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

घर परिवार र लोकलाजको कारण प्रियंकाले घर र्फकन अस्विकार गरेको पाईन्छ ,‘ यस अघि पटकपटक शारिरिक सम्वन्ध समेत रहेका अभियुक्त अनिषसँगै जान प्रियंकाले अडान लिएको खुलेको छ,’। ‘उनले अनिषले नलगे आत्म हत्या गर्छु भन्दै,खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ,’ ।

‘प्रहरीका अनुसार त्याहाँबाट हाम फदाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना छैन, । यस क्रममा अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए ।  प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पत्रकार सम्मेलनमा भने,।’ ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थल भन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए,’ ।

    प्रहरीले दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको कुराकानी हुने गरेको पाईएको छ। अभियुक्त अनिषले यस अघि प्रियंकासंग पटकपटक सारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।

    प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए । लालबन्दी प्रहरीले उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेका थिए ।  प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवकहरु पनि वेपत्ता भएको पत्ता लगाएका थिए । त्यसपछि प्रहरीले शंकाको  आधारमा गाउँकै दुई युवक  साह र  दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम—उत्तर लालबन्दी न.पा वडा न- ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

    प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आशंकाको आधारमा  अनुसन्धान थालेका  थिए।

    सोमबार साँझ प्रहरीले  अभियुक्तहरुलाई सार्वजनीक गरिसकेको  भए पनि मृतको  परिवारले अझै शव बुझेका छैनन्।

Friday, August 20, 2021

सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ शान्तिपुर्वक दाहा मेलाको आयोजना तथा सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ४

       मोहरमको अवसरमा आज(शुक्रवार)सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ दाहा मेलाको आयोजना गरिएको छ ।

   विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो ।मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो ।कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए ।प्रतियोगितामा विजयी हुने खेलाडीहरुको मनोवल बढाउन  मेला आयोजकको तर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।

    जिल्लाको सदरमुकाम मलंगवासहित सलेमपुर, गैर, फरहदवा(ढंगरा पुल)सुन्दरपुर, शिवनगर, बरहथवा लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका  ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ । 

   मेलामा कुनै किसिमको होहल्ला तथा बवाल नभइ शान्तिपुर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ। 





बलात्कार पछि हत्या गरेको आशंकामा पक्राउ दोषीहरुलाई कार्यवाही तथा पिडितलाई न्याय दिलाउन माग गर्दै पिडित पक्षद्वारा सर्लाहीको मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन



 ----प्रजिअलाई ज्ञापनपत्र पनि बुझाइयो----

मृतक किशोरी 



लोकतन्त्र समाचारदाता ----

सर्लाही ,भदौ ४ 

     सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१७  रानीगंज डाँडाटोल बस्ने  राजेश भुजलेकी १५ वर्षीया छोरी प्रियंका भुजेलको रहस्यमय ढङ्गले मृत्यु भएको विषयलाई लिएर आज दिउँसो (शुक्रवार )गाउँलेहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर  प्रदर्शन गरेका छन् ।उनीहरुले मृतक किशोरीको बलात्कारपछि हत्या भएको दावीसहित घटनामा संलग्नहरुलाई हदैसम्मको कानुनी कारवाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

     प्रदर्शन गर्न आएका पिडित पक्षका गाउँलेहरु दोषीहरुलाई सार्वजनिक गरी कडा भन्दा कडा कारवाही हुनुपर्ने, शङ्कास्पद व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने, किशोरीको मोवाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान अघि बढाउनु पर्ने, भिसेरा र पोष्टमार्टम रिपोर्टमा कुनै चलखेल हुन नहुने माग राख्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

  गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता भएकी किशोरीको शव मंगलवार राती पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा  फेला परेको थियो 

    सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसंधान  अघि बढाइसकेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका ति युवकहरुले नै कालिन्जोर खोलामा गाडिएको अवस्थामा युवतीको शव देखाएका थिए। 

      कालिन्जोर खोलामा हत्या पश्चात खाडलमा पुरिएको अवस्थामा फेला परेकी युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् । बलात्कार पछि हत्या भएको हुनसक्ने पिडितहरुले आशंका गरेका छन् । आफुहरु निर्मला पन्तको जस्तै घटनालाई ढाकछोप गर्न दिंदैनौ र जबसम्म दोषीलाई कार्यवाही र पिडितले न्याय पाउँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहने छ भन्दै मृतकका आफन्तहरुले आक्रोश ब्यक्त गरेका छन्  ।

     बुधबार राती जिल्ला अस्पताल मलंगवामा मृतक किशोरीको शवको पोष्टमार्टम भएपनि अहिलेसम्म परिवारले शव बुझ्न मानेका  छैनन् । पोष्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ । 

    किशोरीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको  छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार दिउँसो लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए ।


     


मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा MI Room मार्फत टेलिमेडिसिन सेवा सुरु




लोकतन्त्र समाचारदाता----

सर्लाही ,भदौ ४

      सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा  MI Room( Medical Inspection ) को स्थापना गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्य सम्पादनको क्रममा हुन सक्ने स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्ने विभागीय लक्ष्य एंव उद्देश्य अनुरूप यस जिल्ला जिल्ला प्रहरी कार्यालय परिसरमा MI  Room को स्थापना गरिएको जिप्रकाले जनाएको छ।

      उक्त MI Room मार्फत प्रहरी कर्मचारीहरु सहित कार्यालयमा आउने सेवाग्राही, अनुसन्धानको क्रममा थुनामा  रहेका व्यक्तिहरूलाई समेत तत्काल स्वास्थ्य समस्या देखिएमा प्राथमिक उपचार प्रदान गरिने जिप्रकाले बताएको छ।

    यसका साथै नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा संचालित टेलिमेडिसिन सम्बन्धी सेवा समेत सोहि ठाउँबाट प्रदान गरी प्रहरी कर्मचारीहरूको सम्बन्धित रोग विशेषज्ञ डाक्टरसँग भिडियो कल मार्फत परामर्श प्रदान गर्ने व्यवस्था समेत मिलाईएको कार्यालयले जानकारी गराएको छ ।

Wednesday, August 18, 2021

तीन दिनदेखि हराइरहेकी युवती मृत फेला पर्यो

 

मृतक




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २

     सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजबाट हराइरहेकी  युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् ।

    गत साउन ३१ गते आइतवार रातीदेखि हराइरहेकी  रानिगन्ज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा  कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ।युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।

     मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका  प्रवक्ता एवं  डीएसपी माधव प्रसाद बुढाथोकीले  बताएको छ।

तीन दिनदेखि हराइरहेकी युवती मृत फेला पर्यो

लोकतन्त्र समाचारदाता--- सर्लाही ,भदौ २ सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजबाट हराइरहेकी युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् । गत साउन ३१ गते आइतवार रातीदेखि हराइरहेकी रानिगन्ज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ।युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।
मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

Tuesday, August 17, 2021

नेकपा माओवादी केन्द्र मलंगवाको वडा स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---                           सर्लाही ,भदौ १                                                       सर्लाहीको मलंगवा नगरपालिका -२ स्थित झण्डा बजारमा (पब्लिक मावि) मंगलबार नेकपा माओवादी केन्द्रको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याय गरी मलंगवा न.पा वडा न-२ का नेता ,कार्यकर्ता तथा स्थानीयबासीहरु माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीका नेता राम विश्वास ठाकुरले जानकारी दिए । नवराज खानको अध्यक्षता तथा माओवादी केन्द्रका नेता एवं संघीय सांसद प्रत्यासी दिनेश रायको प्रमुख आतिथ्यतामा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । नवप्रवेशीहरुलाई माओवादी केन्द्र वडा न-२ वडा कमिटीका नवनियुक्त अध्यक्ष सुरेश रायले फुलको माला र अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जितेन्द्र कुशवाहा,शिवधारी राय,हसन मिकरानी, आलोक कर्ण,अनिता देवी,नवल साह लगायतका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

Monday, August 16, 2021

मलंगवामा थप एउटा सुविधा सम्पन्न होटलको उद्घाटन

लोकतन्त्र समाचारदाता--- सर्लाही ,साउन ३२ सर्लाहीको मलंगवामा रहेका होटल तथा रेस्टुरेन्टहरुको बिचमा एउटा अरु सुविधा सम्पन्न होटल थपिएको छ। मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल भारत लज सँगै एउटा सुविधा सम्पन्न होटलको आजबाट सुभारम्भ भएको छ । नेपाल भारत लजको हाताभित्र रहेको उक्त होटलको सोमबार विधिवत रुपमा सुरुवात गरेको होटलका संचालक मनोज कुमार साहले बताएको छ। होटल पूर्ण रुपमा सेवाग्राहीको इच्छा र आकांक्षा अनुसार नै सञ्चालन गर्ने र ग्राहकहरुको सेवा संस्कारमा कुनै कमी हुन नदिने संचालक साहले बताए ।ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको उनले बताए ।
यस होटलमा ग्राहकहरुको सुविधाको लागि वाइफाइ र परिवारसहित आउनेहरुको लागि छुट्टाछुट्टै क्याबिनको व्यवस्था गरिएको छ साथै कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डको पुर्ण रुपमा पालना गरेर होटल संचालन गरिने साहले जानकारी दिए । उक्त होटल मलंगवा न.पा वडा न-८ स्थित नाइट बसको टिकट काउन्टरदेखि तिरुपती बालाजी हस्पिटल जाने बाटोमा प्रोग्रेसिभ बैंकको छेउमा रहेको छ ।

Sunday, August 15, 2021

मलंगवामा पनि मनाइयो भारतको ७५ औं स्वतन्त्रता दिवस

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३१

    नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा मित्र राष्ट्र भारतको ७५ औ स्वतन्त्रता दिवस मनाएको छ ।

    अविरल वर्षाको बाबजुद संघले  आइतवार मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको सभा हलमा एउटा असल मित्र राष्ट्रको  रुपमा रहेको भारतको ७५ औं स्वतन्त्रता दिवस मनाएका हुन ।

    संघका जिल्ला अध्यक्ष सत्यनारायण अग्रवालको  अध्यक्षता तथा नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि  मनाइएको  यस दिवसको  अवसरमा कवि सिंधेश्वर सिंहले कविता वाचन गरि उपस्थित अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।कार्यक्रमको सुभारम्भमा दुबै देशको राष्ट्र गित बजाइएको थियो ।  

     कार्यक्रममा नेपाल भारत मैत्री संघका उपसभापति रामानन्द मिश्र,संघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कर्ण,राजश्री को-आपरेटिभ सोसाइटी मलंगवाका महाप्रबन्धक राम लक्षण राय,पुर्व प्राधानाध्यापक रमेशलाल कर्ण,नागरिक समाजका अध्यक्ष उग्रकांत झा,नागरिक समाज महासचिव शिवचन्द्र चौधरी ,नारायण जोशी , भद्रभलादमीहरु र पत्रकार लगायतहरुको  उपस्थि रहेको कार्यक्रमका संचालक सुवोध राजोपाध्यायले जनाएको छ । 


मुसैली पोखरीको सौन्दर्यकरणमा ढिलाई, ठेक्का अवधी सक्किन केही महिना बाकी रहँदा मात्र २५ प्रतिशत काम सम्पन्न

 


-- समयमा काम सक्न प्रदेश मामिला सभापति अशोक यादवको कडा निर्देशन---


लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३१

    प्रदेश २ का प्रदेश मामिला समितिका सभापति तथा सांसद अशाेक कुमार यादवले सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ मुसैली स्थित बडकी पोखरीको सौन्दर्यकरण सम्बन्धि कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। 

     उहाँले सनिवार दिउँसो स्थानीय जनप्रतिनिधि ,स्थानीयबासी तथा स्थानीय  युवाहरु सहितको टोलीलाई लिएर मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकाको सिमानामा पर्ने  बौधी माई नजिकै रहेको बडकी पोखरीको प्रत्यक्ष रुपमा अनुगमन गर्नु भएको उहाँको सचिव  राजेश यादवले जानकारी दिएका छन् ।

    आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय केही युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत उक्त पोखरीको सौन्दर्यकरण गरेर पार्कको निर्माण गर्न लागिएको स्थानीय युवा सुजित यादवले बताए । अनुगमनको क्रममा  पोखरी सौर्न्दर्यकरणको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तरहीन कार्यलाई देखेर सांसद यादवले सोही ठाउँबाट ठेकेदार कम्पनी र सरोकारवाला पक्षलाई समयमा काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन् ।

      योजना सुरु भएको झण्डै एकवर्ष हुनैलाग्दा पनि २५ प्रतिशत काम मात्र सम्पन्न भएको स्थानीय युवा सुजित  यादवले बताएका छन्  ।

     ठकेदार कम्पनी सँग पोखरीलाई सौर्न्दर्यकरण गरि पार्कको निर्माण गर्न ६ करोड १२ लाख ९३ हजार ३९९ रुपैयाँको सम्झौता गरिएको छ ।


Saturday, August 14, 2021

निकास बिनाको विकासका कारण मलंगवा शहर करुप बन्दै




 ---नगरपालिका रमिता हेरेर बसेको स्थानीयहरुको आरोप---


मनोज यादव---

सर्लाही ,साउन ३०

      सर्लाहीको २० वटै पालिकाहरु मध्येको सबैभन्दा पुरानो तथा पहिलो नगरपालिकाको रुपमा रहेको मलंगवा नगरपालिका अहिले खुल्ला नाला, अव्यवस्थित बजार तथा हिलाम्मे सडकका कारण कुरुप बनेको छ । नगर भित्र बसोबास गर्ने स्थानीय बासिन्दाहरु नगरको अवस्थालाई देखेर आफुलाई मलंगवाकोबासी कहलाउन लाज मानिरहेका छन् ।

       विकासको मामिलामा जिल्लाका अन्य नयाँ पालिकाहरुको तुलनामा  मलंगवा सबैभन्दा पछाडि परेको छ।अहिले वर्षातको मौसम चलिरहेको अवस्थामा नगर भित्रका सबैजसो वडाका टोल तथा खाल्डाखुल्डी भएका सडकहरुमा  पानी जमेर पैदल समेत हिंड्न नसक्ने गरि हिलाम्मे बनेको छ ।

      मलंगवा नगर क्षेत्रका सबैजसो टोलको एउटै खाले समस्या रहेको छ ।वडा न-९ र १० को बिचमा पर्ने १० नम्बर वडाको वडा कार्यालयदेखि पुर्वतर्फ हनुमान मन्दिर सम्मको कच्ची बाटोको दुवैपट्टी बनाइएको नालामा सल्याप(ढक्कन) राखिएको छैन।झण्डै दुइवर्ष अगाडी कालोपत्रे गरेर सडक बनाउन योजनाका साथ सो सडकको दुबैतर्फ नाला बनाएपनि हालसम्म त्यसलाई छोप्ने काम भएको छैन ।दिनहुँजसो उक्त नालामा साना बालबालिका र पशु चौपाया लडेर घाइते हुने गरेको स्थानीय टोलबासी बिनोद ठाकुरले बताए ।बालबालिका र पशु चौपाया मात्र नभइ रातीराती बत्ती गएको बेला साइकल तथा मोटरसाइकल सवार मानिसहरु पनि  सवारी सहित उक्त खुल्ला नालामा लडेर गम्भीर घाइते भइसकेका छन् ,ठोकुरले बताए ।यतिमात्र नभइ  खुल्ला नालाका कारण टोलभरी दुर्गन्ध फैलिनुका साथै पैदालयात्रुलाई जोखिम निम्त्याएको सोही टोलका अर्का एक स्थानीय बासिन्दा अहमद मिकरानीले गुनासो गरे ।

      मलंगवाको मुख्य चौक नगरपालिका कार्यालयदेखि बालमन्दिर सम्म र बालमन्दिरदेखी पेट्रोल पम्प भएर गएको हुलाकी सडकका नालाहरु पनि लामो समयदेखि  सल्याप(ढक्कन) विहिन छन् ।सानो पानी पर्दा पनि नगरपालिका चौकदेखी बालमन्दिरसम्मको सडकमा खोलानै बग्ने गरेको स्थानीयहरुले बताएका छन् । 

     नाला पार गर्न वृद्ध, बालबालिक तथा अशक्तलाई समस्या हुने गरेको छ। नालालाई व्यवस्थित नगर्दा पसलमा आउने ग्राहक पनि फर्केर जाने गरेको पसलेहरुले गुनासो गरेका छन् ।‘यहाँका पसल अगाडि थुप्रै नालाहरु खुला छन् । रातसाँझ किनमेल गर्न र नालाको छेउ भएर हिँड्ने मान्छेलाई झन समस्या छ। बजारका धेरै जसो  नालाहरु साना छन् , वर्षातको मौसममा हलका पानी पर्ने वित्तिकै पनि नाला भरिएर पानी सडकमा आउने र पसल भित्र छिर्ने गरेको एकजना कपडा पसलेले बताए । 

      अव्यवस्थित तथा खुल्ला  नालाले बजारमा दुर्गन्ध फैलिँदै गएकाले यहाँ बसोबास गर्नेलाई दुर्गन्धले नराम्रो  असर गरेको मलंगवा -८ का राजु जयसवालको  भनाई छ। कतिपय स्थानमा नालाबाट दुर्गन्ध फैलिँदा  नाक थुन्नु पर्ने अवस्था छ। गर्मी र वर्षातको समयमा  नालाको दुर्गन्धले विभिन्न रोग फैलन सक्ने रुना धामी बताउँछिन् ।

     सम्बन्धित वडा कार्यालयले तत्कालै   नाला ढाक्नु पर्ने स्थानीयहरुको भनाइ छ। ‘नालामा चिप्लिएर कुनबेला लडिन्छ थाहा छैन, त्यसैले समयमै नाला व्यवस्थित गर्नु पर्ने आवश्यक छ। त्यस्ता नालाकै कारण मलंगवा दिनदिनै कुरुप बन्दै गएको स्थानीयको भनाइ छ। 

   



 


एपेन्डिक्सको सफल शल्यक्रिया गरेर महिलाको ज्यान बचाउन सफल मलंगवाको सर्लाही मेडिकेयर हस्पिटल




     ---ठुला शहरका ठुला अस्पताल भौतारिनु पर्ने अवस्थाको अन्त---


मनोज यादव---

सर्लाही ,साउन ३०

       प्रदेश न-२ अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामै  पहिलोपटक मलंगवा स्थित सर्लाही मेडिकेयर प्रा.ली हस्पिटलले एकजना महिलाको एपेन्डिक्सको सफल शल्यक्रिया गरेको छ ।   एपेण्डीसाइटिसको समस्याबाट पिडित महिलाको सर्लाही मेडिकेयरका वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साहले सफलतापूर्वक शल्यक्रिया गरि ज्यान बचाउन सफल भएका हुन ।

   गत साउन २५ गतेका दिन मलंगवा नगरपालिका वडा न-६, खुटौना माइती रहेको स्थानीय  कमलेश यादवकी श्रीमती २६ वर्षीया अर्चना यादवको डा.साह र उनका मेडिकल टिमले एपेन्डिक्सको अपरेशन गरेका छन् ।बिरामी अवस्थामा  मलंगवाकै अस्पतालमा देखाउँदा उनको अपरेशन गर्नुपर्छ यहाँका अस्पतालहरुमा विशेषज्ञ  डाक्टर र अपरेशनको सुविधा छैन ।अपरेशनको लागि बाहिर लानुपर्छ भन्ने मात्र जवाफ आएपछि  निराशनै भइसकेको अवस्थामा केही साथीहरूको  सल्लाह अनुसार मलंगवामै वडा न-१० स्थित नयाँ जिल्ला अदालतको पछाडि तथा हुलाक कार्यालयको छेउमा भर्खरै संचालनमा आएको सर्लाही  मेडिकेयर हस्पिटलमा देखाउने निधो गरे पति कमलेश यादवले बताए ।उनले सर्लाही मेडिकेयरका डा. साहले सफलतापूर्वक अपरेशन गरेर पत्नीको ज्यान बचाइ दिएको भन्दै विशेषज्ञ डाक्टर सहित उक्त हस्पिटलमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । बाहिर लगेको भए समयको साथसाथै लाखौं रुपैयाँ खर्च हुने थियो ।मलंगवामै एपेन्डिक्सको अपरेशन भएपछि समय र पैसाको बचत भएको उनले खुसी व्यक्त गर्दै भने ।

      प्रदेश न-२ अन्तर्गत पर्ने  अन्य जिल्लाहरुको तुलनामा सर्लाहीको मलंगवा जटिल मात्र नभइ सामान्य रोगको उपचारका लागि पनि पछाडि परेको ठाउँ हो ।यस  जिल्लाका बिरामीहरु उपचारका लागि छिमेकी देश भारतको सितामढी, दरभंगा,पटना , दिल्ली लगायतका ठाउँमा जाने गरेका छन्।नेपालमै जानुपर्दा जनकपुर , बिरगंज ,धरान, भरतपुर र काठमाडौं जाने गरेका छन् ।मलंगवामा संचालित  केही प्राइभेट अस्पतालमा सामान्य रोगको उपचारको साथै केही समयदेखि  सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् ।तर सर्लाही मेडिकेयर हस्पिटलले पहिलोपटक यस किसिमको जटिल अपरेशन गरेर अब जटिल रोगको उपचार र अपरेशनको लागि ठुला शहरमा गएर आफुमाथि आर्थिक भार थप्नु पर्ने अवस्था समाप्त भएकोले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सर्लाही मेडिकेयर हस्पिटल  बरदान नै सावित भएको जानकारहरुले बताए  ।

      जिल्लाको सदरमुकाम भएर पनि मलंगवामा एकजना पनि सर्जन डाक्टर र बालरोग विशेषज्ञ डाक्टर नरहेको अवस्थामा  यस अस्पतालले कुनैपनि किसिमको जटिल रोगको अपरेशनका लागि वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साह र जन्म देखि १६ वर्षसम्मको बच्चाको सम्पूर्ण रोगको उपचारको लागि वरिष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरी लाई लिएर भर्खरै स्थापना भएको यस हस्पिटलले छोटो समयमै राम्रो उपचार सेवा र सुविधा प्रदान गरेर नाम कमाउन सफल भएको छ ।

      सर्लाही मेडिकेयरका अनुसार यस हस्पिटलले बिरामीहरुको लागि  २४ सै घण्टा इमर्जेन्सी ,फार्मेसी,प्याथोलोजीको साथै जनरल वार्ड र बच्चाको लागि उच्च निर्भरत एकाई(NICU)को समेत सुविधा उपलब्ध गराएको छ ।यस हस्पिटलमा एपेन्डिक्स , बाबाशिर ,फिस्टुला,हर्निया,हाइड्रोसिल,पिसाबको समस्या , कुनै किसिमको घाउ,पोलेको घाउ, गिल्ठी,शिष्ट ,पेट दुख्नु, स्तनको समस्या र एक्सिडेन्टल केशको उपचारको व्यवस्था रहेको  डा.साहले जानकारी गराएका छन् ।साथै अडियोलोजिस्ट  रश्मी रंजन द्वारा कान कम सुन्ने र नबोल्नेहरुको समेत उपचार गरिदैं आएको डा.साहले बताए ।महिनाको प्रत्येक सनिवार औषधि बाहेक  निशुल्क ओपिडी सेवा दिंदै आएको यस हस्पिटलले गरिब तथा विपन्नहरुको सम्पूर्ण  उपचार खर्चमा  ५० प्रतिशत छुट दिदैं आएको छ ।

     एकजना पनि सर्जन र नवजात शिशु तथा बालरोग विशेषज्ञ  नरहेको मलंगवामा सर्लाही मेडिकेयर प्रा.लिले डा.साह र चौधरीलाई ल्याएर स्तरीय उपचारमा कोषेढुंगा सावित भएको स्थानीयहरुले अनुभव गरेका छन् ।

     विस्तारै हरेक रोगको विशेषज्ञ डाक्टर ल्याउने लक्ष्य लिएको यस हस्पिटलको कोरोना भाइरसको समस्या समाधान भइ अवस्था सामान्य भएपछि गरिब तथा दलित समुदायको  बसोबास रहेको सर्लाहीका गाउँ र टोलमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको जनाइएको छ ।