Tuesday, November 29, 2022

मलंगवाबाट परिवार नियोजन घुम्ति शिविर सुरु

 


मलंगवाबाट परिवार नियोजन घुम्ति शिविर सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १३

    परिवार नियोजन सम्बन्धी  बन्ध्याकरण घुम्ति शिविर सर्लाहीको सदरमुकाम मलंगवामा सुरु भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा मलंगवा नगरपालिका र एफ.पानको सहयोगमा मंगलबारदेखि प्रादेशिक अस्पताल मलंगवाबाट उक्त शिविर सुरु भएको छ।प्रादेशिक अस्पताल मलंगवामा संचालन भइरहेको उक्त शिवरको मंगलबार बिहान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश साहको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शिविरको उद्घाटन गरेका हुन् ।

   भ्यासेक्टोमी र मिनिल्याप सम्बन्धि  सेवा दिइने यस शिविरमा मलंगवा न.पा को तर्फबाट मिनिल्याप गराउने महिलालाई हर्लिक्स र भ्याक्सोटोमी गराउने पुरुषलाई प्रति व्यक्ति नगद रु २ हजार प्रदान गरिने स्वास्थ्य संयोजक राम नन्दन रायले जानकारी गराउनु भएको छ।

  

महिला मानवअधिकार रक्षकहरुको मान्यता,पहिचान र सुरक्षा सम्बन्धि सरोकारवालाहरु सँग अन्तरक्रिया सम्पन्न

 


महिला मानवअधिकार रक्षकहरुको मान्यता,पहिचान र सुरक्षा सम्बन्धि सरोकारवालाहरु सँग अन्तरक्रिया सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,मंसिर १३

     महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला मानव अधिकार रक्षक संजाल सर्लाहीको आयोजना तथा मलंगवा नगरपालिका सँगको समन्वयमा महिला अधिकार रक्षकहरुको मान्यता,पहिचान र सुरक्षा   विषयक अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।

    राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा,सेभ द चिल्ड्रेन,सेसी नेपाल,माइती नेपाल,यु.एन.एफ.पि.ए,ओरेक नेपाल,इन्सेक,कोक्याप,यु.एस.ए.आइ.डी,प्रेरणा,ब्लु डायमण्ड सोसाइटी,एन.सि.ई नेपाल ,लाइफ नेपाल,भिएसओ,साप नेपाल ,पहिचान नेपाल,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,ओसिएमसी र प्रादेशिक अस्पताल मलंगवा लगायतका संघसंस्थाहरुको सहयोग तथा एकवद्धयतामा "सभ्य समाजको पहिचान,लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रियंका झाले जिल्लामा महिला हिंसाको प्रकार तथा अवस्थाको बारेमा उपस्थित सहभागीहरु लाई जानकारी जानकारी गराएका थिए।

    वडा न-८ स्थित बाल मन्दिरको सभाहलमा आयोजना भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,प्रहरी उपरीक्षक प्रविण पोखरेल,एनसिइ नेपाल सर्लाहीका अध्यक्ष राजेश पासवान,ओरेक नेपालका बच्चेलाल पंडित,सेफ हाउसकी बनिता कार्की(बराल),महिला अधिकारकर्मी रम्भा देवी झा,पहिचान नेपालका संयोजक नगमा खान,दिवानी धिमिरे,मनोसामाजिक परामर्शकर्ता राम सोमारी साह,इन्सेकका सर्लाही प्रतिनिधि बुधन साह लगायत सहयोगी संस्थाका सदस्य,महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

Monday, November 28, 2022

अगर्वामा "नि:शुल्क गुणस्तरिय शिक्षामा लैंगिक हिंसाको प्रभाव" विषयक बकतृत्वकाला प्रतियोगिता सम्पन्न

  


अगर्वामा "नि:शुल्क गुणस्तरिय शिक्षामा लैंगिक हिंसाको प्रभाव" विषयक बकतृत्वकाला प्रतियोगिता सम्पन्न   

 
 लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १२

    शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal ) जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा ३१ औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सर्लाहीको  कबिलासी नगरपालिकामा "नि:शुल्क गुणस्तरिय शिक्षामा लैंगिक हिंसाको प्रभाव" विषयक बकतृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । 

    कबिलासी न.पा वडा न-८ अगर्वा स्थित श्री जनता माध्यमिक विद्यालयमा माध्यमिक तहमा अध्यनरत विद्यार्थीहरु बिच प्रतियोगिताको आयोजना गरिएको हो।११ जना विद्यार्थीहरुले भाग लिएका उक्त प्रतियोगितामा क्रमशः प्रथम,दृतिय र तृतीय हुने कक्षा-९ का छात्र नितेश साह, कक्षा-१० की छात्रा अनिशा यादव र कक्षा-९ का छात्र निशचल यादवलाई   कार्यक्रमका अध्यक्ष NCE Nepal का जिल्ला संयोजक राजेश पासवान तथा प्रअ नागेश्वर प्रसाद ,बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय , विद्यालय व्यवस्थापन  समितिका सदस्य सोगार्थ पासवान लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक बिजय कुमार झाले  गरेका थिए ।

    १६ दिने  अभियानकै अवसरमा "सभ्य सामाज को पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ सदरमुकाम मलंगवामा NCE Nepal समेतको संयुक्त आयोजनामा जनचेतनामूलक  बृहत् र्याली तथा कोण  सभाको आयोजना समेत गरिएको NCE Nepal का संयोजक पासवानले जनाएको छ।

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइ मतपरिणाम सार्वजनिक



सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइ मतपरिणाम सार्वजनिक

मनोज यादव---

सर्लाही,मंसिर १२

      यही मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही जिल्लाको चारवटै निर्वाचन क्षेत्रको सम्पुर्ण मत गणना सम्पन्न भई नतिजा सार्वजनिक भएको छ।

      सबैभन्दा पहिला क्षेत्र न-१ को प्रदेश सभाको नतिजा सार्वजनिक भएको थियो। शनिवार अबेर राति सम्पन्न  भएको क्षेत्र नम्बर २ को अन्तिम मतगणनासँगै जिल्लाको सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। यो सँग यस जिल्लाले ४ जना प्रतिनिधि सभा  र ८ जना प्रदेश सभा सांसदहरु पाएको छ।

     जिल्ला निर्वाचन कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनका राम प्रकाश चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन भने  प्रदेश सभामा क्षेत्र न- १ को (क)मा लोसपाका उपेन्द्र महतो  र (ख) मा बेची लुंगेली निर्वाचित भएका छन् ।महतो र लुंगेली पुनः दोस्रो पटक निर्वाचित भएका हुन्।सो क्षेत्रमा प्रतिनिधि सभाका लागि १९ जना र प्रदेश सभाका लागी २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    त्यसैगरि क्षेत्र न-२ मा प्रतिनिधि सभामा नेपाल समाजवादी पार्टी (नेसपा)का महेन्द्र राय यादव निर्वाचित भएका छन । उनले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।यादव लोसपाका राजेन्द्र महतोलाई २ हजार ११ मतले पराजित गरेका हुन । प्रदेश सभातर्फ क्षेत्र न-२ (क) मा नेपाली कांग्रेसका जंगीलाल राय बिजयी भएका छन् भने (ख) मा नेपाली कांग्रेसकै कौशल किशोर राय विजयी भएका छन ।यस क्षेत्रबाट  प्रतिनिधि सभाका लागी १७ जना र  प्रदेश सभाका लागी ३१ जनाले उमेदवारी दिएका थिए ।

     क्षेत्र न- ३ मा प्रतिनिधि सभामा नेकपा एमालेका हरि उप्रेती विजयी भएका छन् भने प्रदेश सभामा (क)बाट स्वतन्त्र उमेदवार जवाहरलाल कुशवाहा र (ख)बाट जसपाका संजय कुमार यादव निर्वाचित भएका छन ।सो क्षेत्रमा  प्रतिनिधि सभाका लागी  १३ जना र प्रदेश सभाका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

    क्षेत्र न-४ मा स्वतन्त्रबाट अमरेश कुमार सिंह बिजयी भएका छन ।सिंहले नेपाली काँग्रेसबाट टिकट नपाएपछि अन्तिम समयमा आएर पार्टीबाट बगावत गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।त्यसैगरी क्षेत्र न-४ को (क) मा नेपाली कांग्रेसका बिरेन्द्र प्रसाद सिंह र (ख)मा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन ।सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि २० जना र प्रदेश सभाका लागि  ३६ जनाले उम्मेदवारी दिएका थिए ।

    विजेता सबै सांसदहरु अहिले  मतदाताहरुलाई धन्यवाद दिन आ-आफ्नो क्षेत्रमा विजयी जुलुस लिएर घुमिरहेका छन् ।

मतदाताहरुलाई धन्यवाद दिन नयाँ सासंदहरु गाउँ गाउँमा


मतदाताहरुलाई धन्यवाद दिन नयाँ सासंदहरु गाउँ गाउँमा

मनोज यादव---

सर्लाही,मंसिर १२

     हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा २०७९ को चुनावमा निर्वाचित भएका सांसदहरू  आआफ्ना क्षेत्रका मतदाताहरुलाई धन्यवाद दिन गाउँ गाउँमा पुगिरहेका छन ।

   मतगणनाको नतिजा सार्वजनिक भएको भोली पल्ट देखिनै नवनिर्वाचित नेताहरु  आफ्ना समर्थक तथा कार्यकर्ताहरु सहितको दलबल लिएर बाजागाजाका साथ  विजय जुलुस लिएर आफुलाई मतदान गर्ने जनताहरुलाई धन्यवाद दिन र आशिर्वाद थाप्न गाउँ गाउँमा घुमिरहेका छन् ।सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने समय अझै केही दिन बाँकी रहेकोले यस बिचको समय जनताहरुको बिचमा पुगेर उनीहरूको समस्या बुझ्ने र आफ्नो योजनाहरु बारे बताउने कार्यमा लगाउन आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहेको एक नेताले बताए ।

     यतिबेला  नवनिर्वाचित सांसदहरु बिहान ७ बजेदेखि राति अबेरसम्म क्षेत्रमै भेटिन्छन।



मलंगवामा रामजानकीको डोलासहितको जुलुस निकाली विवाह पञ्चमी हर्षोल्लास साथ मनाइयो

 मलंगवामा रामजानकीको डोलासहितको जुलुस निकाली विवाह पञ्चमी हर्षोल्लास साथ मनाइयो



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १२

      देशभर सहित सर्लाहीको सदरमुकाम मलंगवामा पनि विवाह पञ्चमी हर्षोल्लासका साथ मनाइएको छ।यस अवसरमा मलंगवा नगरपालिकाको वडा न-८ श्री राम मन्दिर अगाडीबाट रामजानकीको डोला सहितको विशाल जुलुस निकाली नगरको परक्रमा गरिएको छ।

    त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह भएको सम्झनामा मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइएको छ ।  त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान राम र सिताको विवाह भएको मान्यताकाको आधारमा उत्सव मनाउने गरिएको हो ।  जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।मलंगवामा पनि प्रत्येक वर्ष रामजानकीको डोला निकालेर नगरको परिक्रमा गरिने गरिएको हिन्दु परिषदका पदाधिकारी धिरेन्द्र मिश्रले बताउनु भयो।

   त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।


Saturday, November 26, 2022

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा महिला समूहद्वारा जनचेतनामूलक र्यालीको आयोजना

 


महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा  महिला समूहद्वारा जनचेतनामूलक र्यालीको आयोजना

   

  

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १०

     सभ्य समाजको पहिचान,लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ सर्लाहीमा यसवर्षको लैंगिक महिला विरुद्धको १६ दिने अभियान मनाइँदै छ।सोही अभियानको क्रममा यु.एन ओम्यानको आर्थिक सहयोग,  ल्याक ,भि.सि.डि.सी र डि.डब्लु.आर.एफ को  आयोजना र  महिला समूहहरुको सहकार्यमा जिल्लाको चन्द्रनगर,ब्रम्हपुरी,हरिपुर्वा,बागमती र बरहथवामा सम्बन्धित पालिकामा रहेका महिला दिदीबहिनीहरुको समूले जनचेतनामूलक र्याली निकालेका छन् ।

    बरहथवामा छोरी समूह ,बागमतीमा दिदीबहिनी साना किसान कृषि समूह ,ब्रह्मपुरीमा कारिकबाबा महिला समूह,चन्द्रनगरमा कलावती माई महिला समूह ,पर्सामा बिहुला सती महिला समूह र हरिपुर्वामा दिव्यज्योती महिला विकास समितिले आआफ्नो पालिकामा र्याली निकालेका हुन्।

    अभियानको पहिलो दिन ६ वटै पालिकाहरुमा  एकैसाथ निकालिएको र्यालीमा  समूका सदस्य सहित स्थानीय महिलाहरुको उल्लेखनीय सहभागीता रहेको महिला अधिकारकर्मी लक्ष्मी सिंहले जनाएको छ।



 


अगर्वामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

 



अगर्वामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १०

     लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सर्लाहीको कबिलासी नगरपालिकामा "नि : शुल्क गुणस्तरीय शिक्षामा लैंगिक हिंसाको प्रभाव" विषयक विद्यालय स्तरीय बकतृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ।

     बाल कल्याण समाज सर्लाही आयोजना तथा संस्थाका अध्यक्ष सुन्दर श्याम रायको सभापतित्वमा वडा न-८ अगर्वा स्थित श्री जनता मावि मा सम्पन्न भएको उक्त  प्रतियोगिमा क्रमशः प्रथम,दृतिय र तृतीय हुने विद्यार्थीहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोगारथ पासवान ,प्रअ नागेश्वर प्रासाद साह र नेपाल राष्ट्रिय दलित समाज कल्याण समाज सर्लाहीका अध्यक्ष राजेश पासवानले पुरस्कार वितरण गरेका थिए।

समाजसेवी डा. विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार Asianiconic award 2022/2023बाट सम्मानित हुने

 



समाजसेवी डा. विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार Asianiconic award 2022/2023बाट सम्मानित हुने


मनोज यादव---

सर्लाही,मंसिर १०

    मकवानपुरको हेटौंडामा रहेको श्री आधुनिक राष्ट्रिय मा.वि का पुर्व प्रधानाध्यापक एवं  समाजसेवी  मानार्थ डाक्टर विरवंश बैठालाई एसियाइ प्रतिष्ठित पुरस्कार 2022/2023 बाट सम्मानित गरिने भएको छ।

   उहाँलाई उक्त पुरस्कार द ग्लोरिअस अर्गनाइजेसन फर एसिलीरेटेड लिटरेसी संस्थाले 17 डिसेम्बर(पुस २ गते)भारतको  दिल्ली  र  2023 मार्च 26(चैत्र १२ गते)गोवाको पन्जिममा आयोजना गर्न लागेको कार्यक्रममा प्रदान गर्न लागिएको हो।

    डा.बैठालाई उक्त पुरस्कार शिक्षा क्षेत्रमा धेरै परिवर्तन गर्नुको साथै थोरै समयमा समाज परिवर्तनको सुरुवात गरेको साथै  राजनीतिमा समेत पहिचान बनाउन सफल भए बापत Asianiconic award 2022/2023 बाट  सम्मानित गर्न लागिएको हो।

   उहाँले भर्खरै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा सदस्य पदको लागि स्वतन्त्र उमेदवारी समेत दिनु भएको थियो।

सर्लाहीमा असारी र ठाकुरको घरमाआगलागी,३ लाख बढीको क्षति



सर्लाहीमा अंसारी र ठाकुरको घरमाआगलागी,३ लाख बढीको क्षति

लोकतन्त्र समाचारदाता---

सर्लाही, मंसिर १०

      सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुक्रवार आगलागी हुँदा ३ लाख ११ हजार मूल्य बराबरको क्षति भएको छ।

    शुक्रवार साँझ  वडा न-१ किशनपुर निवासी  आसमहमद अंसारी र चउठी ठाकुरको घरमा फोहर डढाउन भनि बालिएको घुरबाट आगलागी भएको थियो।

     प्रहरीले दिएको जानकारी अनुसार उक्त आगलागीबाट अंसारीको टालिले छाएको  घर, लत्ताकपडा, १ थान साईकल र दाउरा गरी १ लाख ६५ हजार को र ठाकुरको घर, लत्ताकपडा, घरमा राखेको दाउरा लगायतको सामग्री पुर्ण रुपमा जलेर नष्ट हुदा १ लाख ४६ हजार मुल्य बराबरको  क्षति भएको हो।

हरिपुर्वमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न

 

हरिपुर्वमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १०

     सर्लाहीको हरिपुर्वामा सनिवार सम्पन्न नि:शुल्क आँखा जाँच शिविरमा २ सय ६ जना ब्यक्तिहरुको आँखा परिक्षण गरिएको छ ।जसमध्येबाट ८७ जनामा मोतियाबिन्दुका बिरामीहरु फेला परेका छन् ।मोतियाबिन्दुका  बिरामीहरुको मंसिर १३ गते ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाइएको स्थानीय पत्रकार मुकेश झा बताए ।

      हरिपुर्वा न.पा२ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था तथा नेपाल नेत्र ज्योती संघ भरतपुर आँखा अस्पतालले संयुक्तरूपमा आयोजना गरेको  शिविरमा जाँच गराएका बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको झाले जानकारी दिए।

    संस्थाका अध्यक्ष गणेश कुमार यादवको अध्यक्षता तथा हरिपूर्वाका मेयर विनोद साह तेलीको प्रमुख आतिथ्यतामा आयोजित आँखा शिविरको उद्घाटन समारोहमा हरिपूर्वा न.पा वडा न-१ वडाध्यक्ष श्यामबाबु राय, वडा न-६ का वडाध्यक्ष रामसोगारथ राय, केश्वर गरिब मावि व्यवस्थापन समितिका अध्यक्ष मनोज यादव, समाजसेवी राजनारायण राय, व्यवस्थापक मुकेश झा, संस्थाका बसन्तपुर शाखा प्रमुख रामनाथ राय लगायतको उपस्थिति रहेको थियो । 

    उक्त शिविरमा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक चन्दन मनिराम नेतृत्वको  टोलीले बिरामीहरुको आँखा जाँच गरेका थिए। 





 


Friday, November 25, 2022

"सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ सर्लाहीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 

"सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ सर्लाहीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मनोज यादव---

सर्लाही,मंसिर ९

     "सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ ३१ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान  सर्लाही सहित देशैभरी सूरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात मंसिर ९ देखि मंसिर २४ गतेसम्म  विभिन्न सचेतना मुलक  कार्यक्रमहरु गरि योअभियान मनाउने गरिन्छ ।

    यसै क्रममा शुक्रवार पहिलो दिन सर्लाही सदरमुकाम मलंगवामा, मलंगवा नगरपालिकाको आयोजना तथा यस क्षेत्रमा क्रियाशील रहेका  ओरेक नेपाल,प्रेरणा,भिएसओ नेपाल ,VCDC,माइती नेपाल ,लाईफ नेपाल ,आर.आर.पि.के,पहिचान,इन्सेक लगायतका  सामाजिक संघसंस्थाहरुको सहयोगमा सचेतनामूलक र्याली तथा कोणसभा गरिएको छ।मलंगवा नपा वडा न-२ स्थित पब्लिक मावि(झण्डा बजार)बाट  लैंगिक हिंसा विरुद्धको विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर निकालिएको र्याली नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै वडा न-८ स्थित बालमन्दिरको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको थियो।

    यस वर्षको १६ दिने अभियानको मुख्य उदेश्य सभ्य समाजको पहिचानको लागि  बलात्कार र लैंगिक हिंसा विरुद्ध सामाजिक दायित्व र सचेतना अभिवृद्धि गरि हरेक घर र सार्वजनिक स्थलहरु सबैका लागि सुरक्षित ,अपनत्व र सम्मानित हुने वातावरण निर्माण गरि बलात्कार र लैंगिक हिंसा नहुने वातावरण निर्माण गर्न अपराध बिरुद्ध समाज र कानुनले शून्य सहनशीलताको नीति अवलम्बन गरि प्रभावितको आत्म सम्मान सहितको न्यायको अधिकार सुनिश्चितताको आधार तयार गरि पैरवी गर्नु रहेको  प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले स्वागत मन्तव्यको दिने क्रममा बताउनुभयो ।

   महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रमहरु गरी अभियानको रुपमा मनाउने गरिएको कोणसभा कार्यक्रमकी संचालिका ओरेक नेपालकी दिवानी घिमिरेले बताइन् । १६ दिने अभिभानको अवधिमा दोस्रो दिन देखि क्रमश: महिला अधिकार रक्षक दिवसमा सुरक्षा मान्यता र पहिचान विषयक अन्तरक्रिया,विश्व एड्स दिवसमा र्याली,दासता उन्मुलन दिवसमा सामुदायिक स्तरमा छलफल ,विश्व अपाङ्गता दिवसमा अन्तरक्रिया,अन्तराष्ट्रिय स्वयंसेवक दिवसमा किशोरीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया तथा सम्मान ,सहिदको नाममा दिप प्रज्वलन,अन्तराष्ट्रिय मानवअधिकार दिवसमा रक्तदान,मानवअधिकार रक्षकहरुलाई सम्मान,फोटो प्रदर्शनी तथा मानवअधिकारको विषयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने धिमिरेले जानकारी दिए।

    यसै क्रममा अभियानको सुभारम्भ गर्दै  बेलुका मलंगवा नपा-२ स्थित झण्डा बजारमा दिप प्रज्वलन समेत गरिएको छ।


     र्याली पछि बालमन्दिको प्रांगणमा आयोजना भएको कोणसभा कार्यक्रममा नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,प्रहरी उपरीक्षक प्रविण पोखरेल,मनपा का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,मलंगवा नपा वडा न-२ का वडाध्यक्ष धिरेन्द्र साह,स्वास्थ्य शाखाका सलिम मिकरानी,मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र,मनपा का शाखा अधिकृत नगिना राय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा छात्राहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नगर प्रमुख यादवले १६ दिने अभियानको सुभारम्भ भएको घोषणा गर्दै अभियानको क्रममा आफ्नो र पालिकाको भरपुर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    

Tuesday, November 22, 2022

सर्लाही क्षेत्र न-२ को मतगणनामा ढिलासुस्ती,मलंगवा स्थित जिल्ला समन्वय समिति मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक हुँदा सूचना प्रवाह समेत फितलो

 सर्लाही क्षेत्र न-२ को मतगणनामा ढिलासुस्ती,मलंगवा स्थित जिल्ला समन्वय समिति मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक हुँदा सूचना प्रवाह समेत फितलो


लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ६

     सर्लाहीको निर्वाचन क्षेत्र न-२

को मतगणना स्थलमा संचारकर्मीहरु लाई प्रवेशमा रोक लगाइएको छ।रोक  लगाउँदा मतगणना सम्बन्धि सत्य तथ्य सूचना प्रवाह गर्न समस्या उत्पन्न भएको छ।

     सोमबार मतगणना सम्बन्धि  समाचार संकलनमा गएका पत्रकारलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनमा मतगणना भइरहेको स्थानबाट बाहिर निकालेका थिए।संचारकर्मीलाई रोकेर सूचनाको हकमा प्रतिबन्ध लगाएको भन्दै पत्रकारहरुले रोष प्रकट गरेका छन् । सूचना प्रवाहमा अंकुश लगाएर प्रेस स्वतन्त्रताका ठाडो उल्लंघन गरेको देखिएको छ ।

    मतगणना स्थलमा निर्वाचन अधिकृतको कार्यालयद्वारा फितिलो व्यवस्थापनका कारण मतगणना स्थलभित्र के भइरहेको छ मतपरिणाम कतिको आएको छ भन्ने बारे कुनै कुरा नबाहिरिंदा संचारकर्मीहरुलाई समाचार संकलन गर्न निकै अप्ठयारो भएको छ भने आम जनता समेत अन्यौलमा परेका छन्।

    अन्य निर्वाचन क्षेत्रका मतगणना स्थलमा पत्रकारहरुलाई सूचना संकलन गर्न कुनै रोक नलगाइएकोले क्षेत्र न-१,३ र ४ को मतपरिणाम सम्बन्धि सूचनाहरु  धमाधम आइरहेको छ।

    मतगणना स्थलभित्र राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिलाई सहज रुपमा मतगणना स्थलसम्म आवात जावत गर्न दिइरहेका छन भने संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाएका छन ।मतपरिणाम सहज रुपमा उपलब्ध गराउन निर्वाचन कार्यालयले न कुनै सूचना डेस्क राखेको छ, न सामाजिक संजाल फेसबुकको अधिकारिक पेजमै अपडेट गरिरहेको छ।

    समाचार संकलनका लागि पुगेका पत्रकारहरुले बिहानैदेखि मतगणना स्थल बाहिर उभेका छौं  न त भित्र छिर्न दिइएको छ न त मतपरिणाम उपलब्ध गराउने व्यवस्था गरिएको छ। जसका कारण समाचार संकलन गर्नु निकै समस्या भइरहेको गुनासो गरेका छन् । साथै उनिहरु संचारकर्मीलाई समाचार संकलनका लागि  मतपरिणामको सूचनाबाट वञ्चित गराउनु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन भएको भन्दै सो कार्यको घोर भत्सर्ना गरेका छन् । 

     सोमबार दिउँसोदेखि नै मतपरिणाम सुन्न भनि बसेका जनताहरु पनि ढिलासुस्तिका कारण आजित भइसकेका छन् ।

Monday, November 21, 2022

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना चल्दै,सर्लाही जिल्लाकै इतिहासमा पहिलो पटक गोली नचलि शान्तिपुर्ण तरिकाले सम्पन्न मतदानमा ६३ प्रतिशत मत खस्यो,तर जनताहरुमा उत्साह देखिएन

 

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको  मतगणना चल्दै,सर्लाही जिल्लाकै इतिहासमा पहिलो पटक गोली नचलि शान्तिपुर्ण तरिकाले सम्पन्न मतदानमा ६३ प्रतिशत मत खस्यो,तर जनताहरुमा उत्साह देखिएन

मनोज यादव----

सर्लाही,मंसिर ५

    सर्लाहीमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को मतगणना चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो अढाई  बजेदेखि सुरु भएको छ।    

    आईतबार साँझ ५ बजे मतदान सम्पन्न भएपनि  मतदान अधिकृतहरुलाई मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने लगायत कार्य गरेर सुरक्षा अधिकारी, उम्मेदवारका प्रतिनिधिहरु सबैको रोहबरमा सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय(मतगणना स्थल)सम्म ल्याउन निकै समय लागेको र मतगणना स्थलको व्यवस्थापन गर्न समेत समय लागेकोले सोमबार बिहान ११ बजे बसेको सर्वदलीय बैठक पश्चात् अढाई बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने जानकारी दिए। मतपेटिकाहरु बिहान २ बजेसम्म ल्याउने क्रम चलेको न्यौपानेले बताए ।

      मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको चारवटै क्षेत्रमा गरि जम्मा ६३.५४ प्रतिशत अर्थात ३ लाख १६ हजार ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।४ लाख ७९ हजार ३८ जना मतदाता रहेको सर्लाही जिल्लामा  प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

     सुरक्षाकर्मीहरुको कडा निगरानीमा जिल्लाको ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रहरुमा भएको मतदान कार्यमा सामान्य बाहेक कुनै अपृय घटना नभएको र मतदान गर्ने देखि लिएर मतपेटिका ओसार्ने सम्मको काम शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

    सर्लाही जिल्लाको इतिहासमै  पहिलोपटक गोली गठ्ठा नचलिकन शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको छ । सबैभन्दा विवादस्पद मानिदै आएको ४ नं निर्वाचन क्षेत्रमा समेत शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको गौतमले जानकारी दिए।

    अहिले जिल्लाको क्षेत्र न-१ को लालबन्दी,२ को सदरमुकाम मलंगवा ,३ को हरिवन र ४ को गोडैता स्थित   निर्वाचन अधिकृतहरुको कार्यालयमा मतगणना कार्य चलिरहेको छ।मत परिणाम सुन्न मतगणना स्थल वरिपरि दलका नेता,कार्यकर्ता तथा उमेदवारका समर्थकहरुको बाक्लो भिड लागेको छ।मतगणना स्थल वरिपरि दल तथा उमेदवारहरुले आफ्ना समर्थकहरुको लागि अस्थायी टेन्टहरु बनाएका छन् ।

   

Sunday, November 20, 2022

सर्लाहीमा मतदान सम्पन्न/दुईजना फर्जी मतदाता पक्राउ सोमबार १० बजे मतगणना हुने

 सर्लाहीमा मतदान सम्पन्न/दुईजना फर्जी मतदाता पक्राउ 

सोमबार १० बजे मतगणना हुने

मनोज यादव---

सर्लाही,मंसिर ४

    प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत आईतबार सर्लाहीमा ६० भन्दा केही प्रतिशत मात्र बढी  मत खसेकाे छ ।

    ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका सर्लाही जिल्लामा  प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्।

   यसअघिका हरेक निर्वाचन अन्तर्गत मतदानका दिन सर्लाहीको ४ नम्बर क्षेत्रमा दुई पक्षबीच झडप हुने गाेली चल्ने र सर्वसाधारणकाे ज्यान नै जाने गरि घटनाहरु हुने गरेपनि याे पटक भने सामान्य झडप बाहेक कुनैपनि ठूलो घटना नभएको र शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएको  छ । यसपटक मतदान स्थलहरुको सुरक्षा व्यवस्थामा निकै नै चुस्तदुरुस्त पारिएकाेले कुनै अपृय घटना नभएकाे प्रजिअ  गाैतमले जनाएको छ । 

   अघिल्ला चुनावहरुकाे तुलनामा यसपटक नेपाली सेनाले समेत गस्तीमा निकै नै सकृयता बढाएका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी समेत व्यापक रुपमा परिचालन गरिएका थिए ।

     यसैगरी  सर्लाहीकाे बागमती र बलराबाट अर्काकाे नाममा मत खसाल्न खाेज्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

   बागमती नगरपालिका वडा न-१२ स्थित प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा फर्जी मत खसाल्न खाेजेकाे आराेपमा २० वर्षीय मुस्कान माेक्तानलाई प्रहरीले पक्राउ गरेकाे छ। त्यस्तै बलरा नगरपालिका वडा न-४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काकाे नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

  पक्राउ परेका २ दुवैजनालाई  नियन्त्रणमा राखिएकाे र निर्वाचन ऐन अनुसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रमुख प्रहरी  उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिए ।


Friday, November 18, 2022

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट कार्यवाही सम्बन्धि आएको पत्र प्रति प्रदेश सभा उमेदवार जंगीलाल रायको आपत्ती,उमेदवारी यथावत रहेकोले कुनै भ्रममा नपरि निर्धक्क साथा आफुलाई मतदान गर्न राय द्वारा जनसमुदायहरुमा अपिल

 नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट कार्यवाही सम्बन्धि आएको पत्र प्रति प्रदेश सभा उमेदवार जंगीलाल रायको आपत्ती,उमेदवारी यथावत रहेकोले कुनै भ्रममा नपरि निर्धक्क साथा आफुलाई मतदान गर्न राय द्वारा जनसमुदायहरुमा अपिल



मनोज यादव---

सर्लाही,मंसिर २

      नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य एवं सर्लाही निर्वाचन क्षेत्र न-२(क)का प्रदेश सभा सदस्य उमेदवार जंगीलाल रायले पार्टीको अनुशासन समितिबाट आफुलाई कार्यवाही गरिएको सम्बन्धि आएको पत्र प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ती जनाउनु भएको छ। 

    उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उमेदवारी असोज २३ गते नेपाली काँग्रेसको आधिकारिक टिकटबाट भएको र चुनावि अभियानको क्रममा पार्टीले आफुसँग  कुनै पनि किसिमको स्पष्टीकरण समेत नसोधेको तर आज(शुक्रवार)मंसिर २ गते सोसल मिडियामा आएको पत्रले आफुलाई आश्चर्यचकित बनाएको बताउनु भएको छ ।उहाँले आफुलाई कुनै किसिमको जानकारी नै नआइकन सिधै सोसल मिडियामा आएको पत्रले सबैलाई भ्रमित पार्ने काम गरेको बताउनुभयो ।आफुले पार्टी विपरीत आजसम्म कुनै कार्य नगरेको र सधैं पार्टीको हकहितका लागि इमानदारी पुर्वक काम गर्दै आएकोले चुनावको मुखमा आएर सोसल मिडिया मार्फत  जनतालाई भ्रमित बनाउन मात्र खोजेको उनले बताउनु भयो ।

   पार्टीको आधिकारिक टिकट पाएको दिनदेखि नै आफुमाथि विभेद हुँदै आएको भएपनि चुनावी अभियानमा पार्टीको अवस्था क्षेत्र न-२(क) मा बलियो रहेको र जित पनि सुनिश्चित रहेको जानकारी गराउँदै प्रदेश सभा सदस्य उमेदवार रायले सो क्षेत्रका सम्पूर्ण काँग्रेस नेता,कार्यकर्ता ,शुभचिन्तक लगायत जनसमुदायहरुमा आफ्नो उमेदवारी यथावत रहेकोले कुनैपनि किसिमको भ्रममा नपरि जोश जाँगरका साथ पार्टीको रुख(गाछी)चिन्हमा मत(भोंट)दिई आफुमाथि सुरु देखिनै हुँदै आएको अन्याय र भेदभावबाट न्याय दिलाइदिन भनि विज्ञप्ति मार्फत आग्रहसहित अपिल गर्नुभएको छ।

      


 

Thursday, November 17, 2022

बिजुली अफिसको गैरजिम्मेवारीपन रवैया बाट खुटौनाबासी पिडित


बिजुली अफिसको गैरजिम्मेवारीपन रवैया बाट खुटौनाबासी पिडित

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र मलंगवा अन्तर्गत पर्ने खुटौना स्थित मुस्लिम टोल(पछियारी)मा रहेको ट्रान्सर्फमरमा खराबी आएपछि प्राधिकरणले त्यसको मर्मत सम्भारमा कुनै चासो नलिंदा सो टोलका २ सय भन्दा बढी बासिन्दाहरु एकहप्ता भन्दा बढी समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

     सो टोलको ट्रान्सर्फमरमा कात्तिक २२ गते नै खराबी आएको थियो।ट्रान्सर्फमर मर्मत गरिदिन भनि प्राधिकरणलाई पटकपटक मौखिक रुपमा जानकारी गराउँदै आएपनि कुनै सुनवाइ नभए पछि बाध्य भएर वडा कार्यालयलाई पहल गरिदिन आग्रह गरेको स्थानीय टोलबासीहरुले बताए ।

    समयमा बिजुलीको महसुल नबुझाउँदा फाइन तिर्नु पर्ने तर लाइनमा खराबी आएपछि त्यसलाई बनाएर विधुत सुचारु गर्ने तर्फ ध्यान नदिने बिजुली अफिसको यस्तो गैरजिम्मेवारीपन रवैयाबाट जिल्लाका एकदुई वटा गाउँ टोलका मात्र नभइ जिल्ला भरीका जनताहरु पिडित रहँदै आएको बुद्धिजीवीहरु बताउँछन् ।

    

यसपालि नेताहरुको आश्वासन र देखाउने झुठा सपनाको पछाडी नलागेर आफ्नै बुद्धि विवेकले मतदान गर्छौ: मधेसी जनता

 

 यसपालि नेताहरुको आश्वासन र देखाउने झुठा सपनाको पछाडी नलागेर आफ्नै बुद्धि विवेकले मतदान गर्छौ: मधेसी जनता 



मनोज यादव---

सर्लाही,मंसिर १

     विभिन्न राजनीतीक दलका उम्मेद्वारहरुले दैनिक गाउँ गाउँमा घरदैलो,भेला,कार्यकर्ता भेटघाट लगायतका  चुनावी कार्यक्रमहरु गरी  आम मतदातालाई आफ्नो पक्षमा मतदान गराउन कम्मर कसेर लागिपरेको देखीन्छन् तर मतदाताहरु भने चुनाव तर्फ खासै चासो देखाएका छैनन् ।

   नेताहरुको चुनाव जितेर गएपछि दोहोरिएर जिल्ला तथा क्षेत्रमा नफर्कने प्रवृत्तिका कारण यसपालि सर्लाहीका मतदाताहरु चुनाव प्रति चासो नदेखाएका हुन। दल तथा उम्मेदवारहरुको चालचनबाट असन्तुष्ट भएका आम जनताहरु  मतदान गर्ने दिन नजिक आइसक्दा पनि  उत्साहित देखिएका छैनन् । सबै भन्दा बढि गाँउघर तिरका मतदाताहरु असन्तुष्ट देखिन्छन् ।  चुनावका बेला नेताहरु  विकास सम्बन्धि भाषण गरेपनि चुनाव जितेर गइसकेपछि पुनः पुरानै पारा देखाउने गरेकाले अब उनीहरू प्रति हाम्रो विश्वास उठिसकेको ग्रामीण भेगका आम मतदाताहरुले बताउछन् ।

    प्रत्येक चुनावमा नेताहरु भोट माग्ने बेला विकास निर्माणका ठूलठूला योजना ल्याएर गाउँको कायापलट नै गरिदिने आश्वासन दिएर चुनाव जितेर गएपछि अर्को चुनाव नआउन्जेल सम्म  आफ्नो अनुहार देखाउन समेत आउँदैनन्- मतदाताहरु बताउँछन् ।

      प्रत्येक चुनावमा उमेदवारहरुको बेरोजगार युवालाई रोजगार , शिक्षा , स्वास्थ्य ,गाउँगाउँमा  सडक लगायतको सुविधा उपलब्ध गराउने , गाउँगाउँमा विकासको लहर ल्याउने जस्ता रेडिमेड नाराहरु हुन्छन। तर सो अनुसार काम भने हुँदैन ।त्यस्ता नाराहरु नारामै  सिमित हुने गरेको आम जनराहरुको गुनासो छ । जिताएर पठाएका नेताहरु विकास गर्नुको साटो आफ्नो र आफ्नो परिवारकै विकासमा लाग्ने गरेको उनीहरुको दुखेसो छ ।

    उम्मेदवारहरु फेरी पनि विकासको सपना र आश्वासनहरु लिएर घरदैलोमा पुग्न थालेका छन् । उनी जनताको घरघरमा गएर आफुले  जिते पछि  गाउँ गाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिचाई,विधालय लगायत सबै बनाइ दिने सपनाहरु बाँड्दै घुमि रहेका छन् ।उमेदवारहरुको साथमा कार्यकर्ता र दारु मासु र पैसाको लोभमा जम्मा पारिएका मानिसहरुको लावालस्कर पनि पार्टीको  झण्डा फहराउँदै जिन्दावादको नारा लगाउँदै घुमिरहेका छन् ।

    तर आम मतदाताहरु भने अब आफुहरु नेता र उम्मेदवारहरुको आश्वासन र प्रलोभनमा नपर्ने।बताएका छन् ।मतदान गर्ने बेला बुद्धि विवेकको प्रयोग गरेर मात्र स्वस्तिक छाप लगाउने बताएका छन् ।



मेथुर चौधरीको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएकोले प्रदेश सभा सदस्यको लागि हाम्रो मत उहाँलाई नै दिन्छौ :स्थानीय मतदाता

 


मेथुर चौधरीको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएकोले प्रदेश सभा सदस्यको लागि  हाम्रो मत उहाँलाई नै दिन्छौ :स्थानीय मतदाता 



मनोज यादव---

सर्लाही,कात्तिक ३०

    सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसप)को तर्फबाट  उम्मेदवार रहेका मेथुर चौधरी नै आफुहरुको सच्चा नेता रहेको स्थानीय मतदाताहरुले बताएका छन् ।

   चौधरी बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा नेपाली काँग्रेसबाट कौशल किशोर राय,जनता समाजवादी पार्टीबाट अशोक यादव,नेपाल जनता पार्टीबाट महेन्द्र साह उर्फ राधा मौसी उमेदवार रहेका छन् । २ नम्बर क्षेत्रको प्रदेशसभा (ख)मा  सबैभन्दा बलियो उम्मेदवार चौधरी नै भएको स्थानीयहरुको दाबी छ । उनको  जनतामा भिजेको, जनताको काममा निरन्तर लाग्ने र सहयोगी विचारधारा भएको युवा नेता रहेका कारणले पनि मेथुरको जित्ने सम्भावना बलियो रहेको स्थानीयहरु बताउँछन् । 

     जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सभापति समेत रहनुभएका चौधरी जिससको सभापति पदमा रहँदा  निरन्तर रुपमा जनताको समस्या र गुनासो सुन्ने र आफ्नो क्षमताले भ्याए सम्म समस्याको समाधान पनि गर्ने गरेकोले चौधरी आम जनताको बिचमा लोकप्रिय हुनुहुन्छ ।चौधरीलाई नजिकबाट चिन्ने ब्यक्तिहरु उहाँको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएको बताउँछन् । 

     जनताले प्रदेश सभामा नयाँ र जनताको काममा लाग्ने र लाग्दै आएका लगनशील  नेतालाई पठाउने निधो गरिसकेकाले पनि यो पटक चौधरीको जित्ने बलियो आधार रहेको स्थानीय मतदाताहरुको भनाई छ।  


Tuesday, November 15, 2022

परिवर्तनका लागि लोकतान्त्रिक पक्षधर नेता लोसपा र काँग्रेसका साझा उम्मेदवार राजेन्द्र महतोलाई मतदान विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवको अपिल

 परिवर्तनका लागि  लोकतान्त्रिक पक्षधर नेता लोसपा र काँग्रेसका साझा उम्मेदवार राजेन्द्र महतोलाई मतदान विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवको अपिल 


मनोज यादव---

सर्लाही, कात्तिक २९

     विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)तथा नेपाली काँग्रेसका साझा उम्मेदवार सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं पुर्व उपप्रधानमन्त्री  राजेन्द्र महतोलाई मतदान गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता ,आफ्ना समर्थक तथा जनताहरुसंग अपिल गरेका छन् ।

     सर्लाहीको विष्णु गाउँपालिकामा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष यादवले यस्तो अपिल गरेको हो। कम्युनिष्टहरुका कारण सर्लाहीमा कुनै किसिमको  परिवर्तन नहुने तर्क दिंदै परिवर्तनका लागि  लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न उनेले सबैसँग आग्रह गरेका छन्  । गठबन्धन भित्र रहेका नेकपा माओवादी अध्यक्ष प्रचण्ड चुनावपछि कुन कदम चाल्ने हो त्यसको ठेगान नभएका कारण नेपाली कांग्रेस र लोसपाका उम्मेदवारलाई मतदान गर्न उनले बताए  बताए।

    अधिकार पहिचानको लागि आफ्नो योगदान दिएका र पहिचान बादी नेताको रुपमा चिरपरिचित लोसपाका वरिष्ठ नेता महतोलाई साईकल छापमा मतदान गर्न गापा अध्यक्ष यादवले सबैसंग गरेका छन् । 


Monday, November 14, 2022

स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु

 


स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कार्तिक -२८

    सर्लाही क्षेत्र नं.१ का स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटाले अफुले चुनाव जित्ने दाबी गरेका छन् ।

उनको एजेन्डा  प्रदेश संरचना खारेज गर्ने र हिन्दु राष्ट्र कायम गराउनेसहितको छ ।सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उमेदवार बनेका सापकोटाले दलहरुले जिते देशलाई हित नगर्ने दाबी गर्दै जनताले आफूलाई विजयी बनाउने दाबी गरेका छन् ।

उनी सूर्यमुखि फुलको बोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

आफू क्षेत्र वासीकाे घरदैलोमा पुग्दै गर्दा  जनताका भावना आफुले उठाएको एजेन्डासंग मेल खाएकाले पनि  जनता आफैंलाई अनुमाेदन गर्नेमा उनी बिस्वस्त छन् ।  

´क्षेत्र नं.१ का  जनताले भ्रष्टाचार, लुटतन्त्रको अन्त्य गर्न र देश बेचिनबाट जोगाउन पनि मलाई नै भोट दिन्छन् भन्छन् भन्नेमा म बिस्वस्त छु` सापकोटाले चियाेचर्चाे खबरसँग भने  । दलहरुको पटक पटकको परिक्षा भइसकेको छ,´उनीहरूले हिजोको जस्तै भाेली पनि माखाे मार्दैन्न`त्यसैले मेरो क्षेत्र वासी मतदातामा अपिल छ,´ यसपटक मलाई जिताएर हेर्नुस् ।

आफू नक्कली स्वतन्त्र नभएको र आफ्नो दुःखले आर्जेको सम्पति खर्च गरेरै चुनाव लडिरहेको उनलेे बताए  । आफुले जिते जनताको निस्वार्थ सेवा पाउने उनको भनाइ छ ।

उनले आफ्नो कोही प्रतिष्पर्धी नै नभएकोले सजिलै चुनाव जित्ने दाबी गरे । ‘हुन त मेरो कोही प्रतिष्पर्धी नै छैनन् तर पनि गबन्धनसँग नै कडा प्रतिष्पर्धा हुन सक्छ । तर पनि चुनाव भने मैले नै जित्नेछु ।’, सापकोटाले भने,‘नेपाल आमाको पुकार सुन्नु नै यस क्षेत्रका जनताको कर्तव्य हुनेछ । मैले नेपाल आमालाई बचाउने कसम खाएर चुनावमा होमिएको छु ।’

मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी, एमाले जसपा गठबन्धनबाट जसपाका प्रमोद साह चुनावी मैदानमा छन् । त्यस्तै एमालेबाट बागी उमेदवारको रुपमा लालबन्दी नगरपालिकाका पूर्व मेयर मान बहादुर खड्का पनि चुनावी मैदानमा छन् ।

Sunday, November 13, 2022

नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

 नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन 


मनोज यादव---

सर्लाही,कात्तिक २७

      नेपाली काँग्रेस जिल्ला कार्यसमिति समिति सर्लाहीका पुर्व सभापति एवं पुर्व  मन्त्री तथा सर्लाही क्षेत्र न-४ का प्रतिनिधि सभा सदस्य उमेदवार नागेन्द्र कुमार रायले सर्लाही निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक पक्षधरका साझा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतो लगायत उहाँसँगै सर्लाही क्षेत्र नं २(क) र (ख) मा नेपाली काँग्रेस र लोसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार द्वय जंगीलाल राय र मेथुर चौधरीलाई समर्थन गर्नुभएको छ।

   उहाँले नेपाली काँग्रेस पार्टी लगायत क्षेत्र नं २ का नेपाली काँग्रेसका नेताकार्यकर्ता लगायत आम जनसमुदायलाई सो निर्वाचन क्षेत्रबाट उमेदवार बनेका महतो, राय र चौधरीलाई  इमानदारिताका साथ निष्ठापूर्वक पुर्ण रुपले मतदान गरि विजयी बनाउन समेत अपिल गर्नुभएको छ।

    

मानव बेचबिखन, मानव तस्करी तथा महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्न माइती नेपाल द्वारा नेपाल प्रहरी सशस्त्र तथा प्रहरीहरु बिच समन्वयात्मक बैठकको आयोजना



मानव बेचबिखन, मानव तस्करी तथा  महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्न माइती नेपाल द्वारा नेपाल प्रहरी सशस्त्र तथा प्रहरीहरु बिच समन्वयात्मक बैठकको आयोजना

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २७

    मानव बेचबिखन, मानव तस्करी तथा  महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्नको लागि माइती नेपाल सर्लाहीले आइतवार सदरमुकाम मलंगवामा नेपाल प्रहरी सशस्त्र प्रहरी सँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित बिरबलको खिचडी होटलमा सम्पन्न भएको कार्यक्रममा माइती नेपाल बाट हालसम्म यस आर्थिक बर्षमा भएको उपलब्धिहरुको बारेमा छलफल गरिनुका साथै आर्थिक विपन्नता, अशिक्षा,बेरोजगारी, बसाई सराई ,बढी नाफाको व्यापार , भारत सँगको खुला सिमाना, विश्वव्यापीकरण , छिटो पैसा कमाउने माध्यम, अवैध बैदेशिक रोजगार,चेतनाको कमी, अपराधिको न्युन पहिचान तथा कारबाही, परिवार विखण्डन, जातिय र धार्मिक सिमान्तिकरण, महिलाको घरभित्रको स्थिति ,बाधा, श्रमको परम्परागत प्रयोग , कम उमेरमा तथा जबर्जस्ती  विवाहका कारण हुने सम्बन्ध विच्छेद तथा मानव बेचबिखनको अवस्थाको र त्यसको न्युनिकरणको लागि अपनाउनु पर्ने नितिहरुको बारेमा छलफल गरिएको थियो ।सोही कार्यक्रम मार्फत मानव बेचविखन तथा ओसारपसारमा स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार ,अन्य देशका दलाल , वेश्यावृतिमा संलग्न स्थानीय व्यक्ति, कलकारखानामा कार्यरत व्यक्ति, साथी संगती, वेश्यालय संचालक र त्यसमा कार्यरत व्यक्तिहरु र मानब अंगको कारोबारीहरु

बेच बिखनमा संलग्न हुने गरेको पाइएकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा नजिकको प्रहरी कार्यालयमा  उजुरी दिएर कानुनी दायरामा ल्याउन  अनुरोध गरिएको थियो।माइती नेपालले लिएको  दिगो विकास लक्ष्य अनुसार सन् २०१६ देखि सन्  २०३० सम्ममा मानव बेचबिखन र यौन लगायत अन्य शोषण सहित सार्वजनिक र निजी क्षेत्रमा महिला, बालिका र किशोरीमाथि हुने सबै खाले  हिंसाको अन्त्य गर्ने लक्ष्य रहेकोले त्यसकोलागि नेपाल प्रहरी र माइती नेपाल लगायत अन्य संघ सस्थाहरुलाई सहयोग गर्न अनुरोध गर्ने बिषयमा पनि छलफल गरिएको थियो ।

    नेपालमा मानव बेचबिखन बिरुद्ध ऐन, नियमावली,  मापदण्ड तथा निर्देशीकाहरु जारी भएता पनि  जनमानसको आचरण र व्यबाहारमा सुधार आए मात्र मानव बेचबिखन निर्मुल हुन सक्ने भएकोले आचरण र व्यबाहारमा सुधार कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।शहरमा केही रेस्टुरेन्ट, खाजा घर, डान्सवार, मसाज, पार्लर तथा  गेस्टहाउसहरुमा बालबालिका तथा महिलाहरुको आन्तरिक रुपमा श्रम तथा यौन शोषणका समस्या दिनहु रुपमा बढ्दो अवस्थामा रहेकोले ती स्थानहरुमा बेचबिखन, यौन शोषण र दुर्ववहारका घटनाहरु नियन्त्रण गर्न नेपाल प्रहरी सदैब तल्लीन रहकोले व्यापार व्यवसायी र यातायातकर्मीहरुलाई आआफ्नो व्यवसायको तर्फवाट मानव बेचबिखन नियन्त्रण गर्न सहयोग गरिदिन अपिल गरिएको थियो।

     महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक पुजा मिश्रको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरीको तर्फबाट प्रहरी सहायक निरीक्षक श्याम कुमार सिंह, सशस्त्र प्रहरी बलको तर्फबाट  दिनेश कुमार शाहको बिशिष्ट अतिथ्यताको साथै ३४ जना प्रहरीको सकृय सहभागितामा सम्पन्न भएको कार्यक्रमको संचालन माइती नेपाल आवधिक गृहका परियोजना संयोजक अमित कुमार यादवले गरेका थिए भने स्वगत मन्तव्य संस्थाकी परामर्शकर्ता  संगिता नेपालीले राखेका थिए।  

   उक्त कार्यक्रममा बर्तमान अवस्थामा मानव बेचबिखनको अवस्था भावी भाविरणनिति र मानव बेचबिखन रोकथाममा देखा परेका गम्भीर चुनौतिहरु, आन्तरिक बेचबिखनको अवस्था तथा मानव बचबिखन सम्बन्धि  सजायको व्यवस्था बारे संस्थाका अनुगमन तथा मुल्याङ्कन अधिकृत  रबिन्द्र सापकोटाले गरेका थिए।

    विगत ३० वर्ष देखि महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशिल रहँदै आएको माइती नेपालले देशको विभिन्न सिमानाहरुमा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह, ३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा अस्पताल र १ वटा प्राथमिक उपचार केन्द्रहरुको  स्थापना तथा सञ्चालन गरेर देशैभरका २१ वटा जिल्लाहरुमा प्रत्यक्ष रुपमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको अनुगमन तथा मुल्याङ्कन अधिकृत सापकोटाले जनाएको छ।

चुनावलाई मध्यनजर गर्दै प्रशासनद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक


चुनावलाई मध्यनजर गर्दै प्रशासनद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २७

     आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको  छ।  

       जिप्रका सर्लाहीले आइतवार एक सूचना जारि  गर्दै मादक पदार्थ बिक्री, वितरण, ओसार पसार र सेवन कार्यलाई निषेध गरेको हो।

    निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मादक पदार्थको बिक्री र सेवनलाई निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताएको छ।कात्तिक २७ देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादक पदार्थको बिक्री, ढुवानी तथा सेवन कार्य निषेध गरिएको अधिकारीले जनाएको छ।

 

चुनाव निष्पक्ष र धाँधली रहित सम्पन्न गराउन भनि ध्यानाकर्षण गराउन सिडियोलाई ज्ञापनपत्र बुझाईयो

 

चुनाव निष्पक्ष र धाँधली रहित सम्पन्न गराउन भनि ध्यानाकर्षण गराउन सिडियोलाई ज्ञापनपत्र बुझाईयो

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २७

    आसन्न मंसिर ४ गतेको चुनावलाई निष्पक्ष र धाँधली रहित शान्तिपुर्ण तरिकाले सम्पन गराउन भनि ध्यानाकर्षण गराउँदै मानवअधिकार रक्षक संजाल मलंगवाले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएको छ।

       संजालका अध्यक्ष मुकेश मिश्रको अगुवाइमा  नागरिक समाजका अध्यक्ष उग्रकान्त झा,इन्सेक सर्लाहीका प्रतिनिधि बुधन साह,नागरिक समता विकास संस्थाकी दिवानी घिमिरे,ओरेक नेपालकी ममता साह र संचारकर्मी संतोष कर्णसहितको टोलीले आइतवार दिउँसो मलंगवा स्थित जिप्रकामा प्रजिअ गौतमकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र पत्र बुझाएका हुन।

   उक्त ज्ञापनपत्र मार्फत भोंट हाल्न जाने मतदाताले शान्तिपुर्ण रुपमा आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्ने,अतिसम्वेदनशिल मतदान केन्द्रहरुको सुरक्षा व्यवस्थामा कडाइ गर्नुको साथै निगरानीको लागि  मतदान केन्द्रहरुमा सिसिटिभी क्यामेरा  जडान गर्नुपर्ने भन्दै प्रजिअ गौतमको ध्यानाकर्षण गराएका थिए।

विकासको अनुभुति गर्न नपाएका सर्लाही निर्वाचन क्षेत्र न-२(क) का जनताहरु परिवर्तन र विकासको लागि महतोलाई साइकल छाप र रायलाई गाछी छापमा मोहर लगाउन आतुर

 विकासको अनुभुति गर्न नपाएका सर्लाही निर्वाचन क्षेत्र न-२(क) का जनताहरु परिवर्तन र विकासको लागि  महतोलाई साइकल छाप र रायलाई गाछी छापमा मोहर लगाउन आतुर 



मनोज यादव----

सर्लाही,कात्तिक २७

     लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको निर्वाचन क्षेत्र न-२(क)हरिपुर्वा नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सम्पन्न भएको नागरिक भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयबासीहरुको ठुलो भिड लागेको छ। 

   शुक्रवार र सनिवार नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उमेदवार जंगिलाल राय सँग संयुक्तरूपमा नागरिक भेटघाट तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो।उहाँहरुले आयोजना गरेको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्न पुग्दा त्यस क्षेत्रका जनताहरु यसअघि आफुहरुले नै २ पटकसम्म चुनाव जिताएर पठाएका नेताले जनताहरु सँग बाचा गरे अनुसारको विकासको एउटा पनि काम नगरेको गुनासो गरेका थिए। उनको पालामा शिक्षा र स्वास्थ्यको सुधार,भौतिक पुर्वाधारहरुको निर्माण,हुलाकी सडकको निर्माण तथा कृषि र सिंचाइ लगायतका कामहरु मध्ये एउटा पनि काम नभएको स्थानीयहरुले बताएका थिए।

     यसअघिका चुनावमा जिताएर पठाएको नेता कयौंपटक मन्त्री बन्दा समेत विकासका कामहरु नगरेकोले यसपटक  आफुहरु गठबन्धनका साझा उमेदवारद्वय प्रतिनिधि सभा सदस्यको लागि राजेन्द्र महतो(साइकल छाप)र प्रदेश सभाको लागि जंगिलाल राय(गाछी छाप)लाई मतदान गरेर अत्याधिक मतले विजय गराउने निश्चय गरिसकेको सो क्षेत्रका स्थानीय जनताहरुले बताएका छन् ।             निर्वाचन क्षेत्र न-२ का जनताहरु साइकल छाप र गाछी छापमा मोहर लगाउन आतुर रहेको हरिपुर्वा निवासी बिलट रायले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीद्वारा आफ्ना सदस्यहरु सँग स्पष्टीकरणको माग



नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीद्वारा आफ्ना सदस्यहरु सँग स्पष्टीकरणको माग

लोकतन्त्र समाचारदाता---

सर्लाही, कार्तिक २६ ।

     नेपाली कांग्रेसको जिल्ला कार्य समिति सर्लाहीले आफ्ना डेढ दर्जनभन्दा बढी सदस्यहरु सँग स्पष्टीकरण मागेको छ।

    ती सदस्यहरुले पार्टीको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरि पार्टीको अनुशासन प्रतिकुल हुने गरि आधिकारिक उमेदवार विरुद्ध अन्य उम्मेदवारको प्रचारप्रसारमा सरिक भएर विपक्षीलाई सहयोग हुने गरि कार्य गरेको देखिएकोले नेपाली काँग्रेसको बिधान २०१७ संसोधन को धारा ३४ को ग र ङ बमोजिम ३ दिमे स्पष्टीकरण मागेको पार्टीका जिल्ला संयोजक डा.सरोज कुमार यादवले बताएको छ।






Saturday, November 12, 2022

जातिपातीको राजनीतिलाई पर सार्दै सर्लाही क्षेत्र न-१(क)का जनताहरु पुर्व विधायक उपेन्द्र महतोको पक्षमा मतदान गर्ने ,महतोको समर्थनमा जनलहर

 


जातिपातीको राजनीतिलाई पर सार्दै सर्लाही क्षेत्र न-१(क)का जनताहरु पुर्व विधायक उपेन्द्र महतोको पक्षमा मतदान गर्ने ,महतोको समर्थनमा जनलहर



मनोज यादव---

सर्लाही,कात्तिक २७

     सर्लाही संसदीय निर्वाचन  क्षेत्र नम्बर न-१(क)बाट प्रदेश सभा सदस्य पदका लागि चुनाव लडेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार पुर्व विधायक(प्रदेश सांसद) उपेन्द्र महतोको समर्थनमा जनलहर बढेको छ।यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका महतोले गरेको विकासका कामहरुलाई देखेर यस क्षेत्रका जनताहरु पुनः दोस्रोपटक पनि  महतोलाई नै चुनाव जिताउन कम्मर कसेर लागिपरेका छन्।

    यतिबेला उनी घरदैलो अभियानमा लागेका छन् ।घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको महतोले दाबी गरेका छन् ।

     जातिपातीको नाममा चुनाव जित्ने ब्यक्तिसँग एउटा ब्यक्ति मात्र खुस हुन्छ तर राम्रो र विकास प्रेमी व्यक्ति सँग सारा क्षेत्रको जनता खुस हुन्छन्।त्यसैले जातिपातीको नाममा नलागेर राम्रो ब्यक्तिलाई मतदान गर्न उहाँले आवव्हान समेत गर्नुभएको छ। 

   






यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सिपमुलक तालिम मलंगवामा सुरु


यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सिपमुलक तालिम मलंगवामा सुरु

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २६

    अमेरिकी दुतावास युवा परिषदको आयोजना तथा अमेरिकी दुतावास We inspire Nepal को सहयोगमा अवसर परियोजना अन्तर्गत सर्लाहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको स्वरोजगारका लागि विभिन्न सिपमुलक तालिम मलंगवामा सुरु भएको छ।उक्त तलिमको सनिवार मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहाले उद्घाटन गर्नुभएको हो।

    तालिममा सहभागी जिल्लाभरीका ४८ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको आय आर्जनको श्रोत सिर्जना गरि उद्यमी बनाउन ब्युटी पार्लर,चुरा लहठी ,अगरबत्ती बनाउने र कम्पियुटर तालिम प्रदान गरिने पहिचान नेपाल जिल्ला कार्यक्रम संयोजक अब्दुल सहमदले जानकारी दिए।

   बिशिस्ठ अतिथि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा प्रहरी उपरीक्षक प्रविण पोखरेल,मानवअधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान,एनजीओ फेडरेशनका केन्द्रीय सदस्य लक्ष्मी सिंह लगायतका अतिथिहरुको उपस्थित रहेको उद्घाटन कार्यक्रममा पहिचान नेपालका संयोजक सहमदले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई नागरिकता लिन निकैनै समस्याको सामना गर्नुपरेको गुनासो गरेका थिए।प्रजिअ गौतमले नागरिकताको विषयमा हुने समस्या माथि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका थिए।

    यसैगरी प्रहरी उपरीक्षक पोखरेलले पनि यस्ता समुदाय माथि हुने मानवअधिकारका घटनाहरु हुन नदिन प्रहरीको सदेव साथ रहने बताए ।कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका ब्यक्तिहरुले पनि यस्ता समुदायका ब्यक्तिहरुलाई आआफ्नो तरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा आयोजक संस्थाको तर्फबाट गुन्जन झा,सोनिका महत,भावना लाम्गदे र रुपसी पराजुलीको समेत उपस्थिति रहेको थियो।

    

आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारहरु भारी बहुमतले जित्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य धुर्व रिजालको दाबी


आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारहरु भारी बहुमतले जित्ने  नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य धुर्व रिजालको दाबी 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कार्तिक- २६

    नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित गठबन्धनका उम्मेदवारले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले जित हासिल गर्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले बताएका छन् । 

     गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा  गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका सर्लाहीको लालबन्दी निवासी  युवा नेता रिजालले गठबन्धनका  उम्मेदवार यादव तथा गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण  बढेकाले जित सुनिश्चित रहेकाले बताए ।

           उनले  सर्लाही क्षेत्र नं. १ मा पनि गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चाैधरीले संघीय सांसद ,बेची लुङ्गेलीले प्रदेश (ख) र उप्रेन्द्र महताेले (क) मा भारी मतका साथ जित हासिल गर्ने बताए  । नेता रिजालले नेपाली कांग्रेसले समग्र सर्लाही सहित मधेस प्रदेमै समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्ने बिस्वास व्यक्त गरे ।

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रुपमा आतुर रहनुले पनि  गठबन्धनकले जीतने आधार तय भएको उनको बुझाई छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान   सरकारले गरेका राम्रा काम र नेपाली कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक शक्ति भएका कारण जनताले कांग्रेसलाई रुचाउनु स्वभाविक रहेको नेता रिजालको तर्क छ ।गठबन्धनको भावनालाई बुझेर सबैले उम्मेदवारलाई जिताउने तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

   कार्यक्रममा उपस्थित हुनुभएका प्रतिनिधि सभा सांसद एवं नेकपा एसका प्रमुख सचेतक सरला यादवले हाम्रो गठबन्धन बलियो रहेकोले गठबन्धनका सबै साझा उमेदवारहरुको जित सुनिश्चित भइसकेको बताउनुभएको छ।

 प्राप्त उपलब्धिको रक्षा गर्दै , संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि पनि  वर्तमान सत्ता गठबन्धनका उम्मेदवारहरू विजय हुनुपर्ने उनको तर्क छ ।

Thursday, November 10, 2022

चन्द्रनगर गाउँपालिकाको वडा स्तरमै समाजिक सुरक्षा भता वितरण सुरु,बैंक जानु नपर्ने भएपछि जेष्ठ नागरिकहरु लाई भत्ता बुझ्न सहज




चन्द्रनगर गाउँपालिकाको वडा स्तरमै समाजिक सुरक्षा भता वितरण सुरु,बैंक जानु नपर्ने भएपछि जेष्ठ नागरिकहरु लाई भत्ता बुझ्न सहज

मनोज यादव----

सर्लाही,कात्तिक २४

       सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका  अध्यक्ष राजकुमार महतोको पहलमा वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु भएपछि वृद्धवृद्धाहरुलाई सहज भएको छ।

    स्थानीय तहको चुनावको बेला भोंट माग्ने क्रममा गापा अध्यक्ष महतोले चुनाव जितेपछि  विधवा,दलित,अशक्त, पूर्ण अंपाग र जेष्ठ नागरिकहरुलाई उनीहरूकै गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउने गरेको प्रतिबद्धताअनुरुप वडा स्तरमा भत्ता दिन सुरु गरेको हो।यसअघि चन्द्रनगरमा रहेको नबिल बैंकमा भत्ता बुझ्न जाँदा १ हजार रुपैयासम्म टेम्पो भाडा खर्च हुन्थ्यो ।बैक सम्म आइपुगेपछि  दिनभर चर्को घाममा उभेर आफ्नो पालो कुरेर बस्नु पर्ने अवस्था थियो,अब यस्तो अवस्थाको अन्त्य भएको छ ,चन्द्रनगर गापा वडा न-४ कि एक लाभग्राही वृद्धा शारदा खातुनले बताइन् ।

     यसअघि पालिका भरीका सबै वडाको सामाजिक सुरक्षा भत्ता नबिल बैकको चन्द्रनगर शाखाबाट वितरण हुुँदै आएको थियो। लाभग्राहीहरुको चापका कारण सम्पूर्ण  वडाको भत्ता वितरण गर्न एक महिनासम्म समय लाग्ने गरेको थियो।गापा अध्यक्ष महतोको पहलमा एनआईसी एसिया बैंकको  बयलबास शाखाले  वडा वडामै गएर सामाजिक सुरक्षा वापतको रकम वितरण गर्न थालेपछि आफुजस्ता वृद्धहरुलाई रकम बुझ्न सजिलो भएको स्थानीय बिल्टु पासवानले बताए ।   वर्षौदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती खेप्दै आएका वृद्धवृद्धाहरुलाई अब सहज भएको एनआईसी बैंक बयलबास शाखाका प्रबन्धक मनिष प्रताप साहले बताए ।

      प्रमुख भएको नाताले जनताको समस्याको समाधान गर्ने दायित्व आफ्नो पनि रहेकोले जनताहरुले झेल्दै आएको समस्या र  गुणासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट भत्ता वितरण गर्न शुरु गरेको  गापा अध्यक्ष महतोले भएको बताउनुभयो ।

      चन्द्रनगर गाउँपालिकाको वडा न-४ बाट वितरण गर्न सुरु गरिएको सामाजिक सुरक्षा भत्ता पालिका अन्तर्गतका  ७ वटै वडामा वितरण गरिने   चन्द्रनगर गापाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए।




मलंगवामा संचालित सातदिने क्लिनिकल प्रशिक्षक विकास तालिम सम्पन्न ,६ जिल्लाका महिला स्वास्थ्यकर्मीले लिए प्रशिक्षण

 

मलंगवामा संचालित सातदिने  क्लिनिकल प्रशिक्षक विकास तालिम सम्पन्न ,६ जिल्लाका महिला स्वास्थ्यकर्मीले लिए प्रशिक्षण

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २४

      सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल सरकारको आयोजना तथा वन हर्ट वर्ड वाइड को सहयोगमा महिला स्वास्थ्यकर्मीहरुको लागि संचालित ७ दिने क्लिनिकल प्रशिक्षक विकास तालिम  सम्पन्न भएको छ।

     गत कात्तिक १८ गतेदेखि सुरु भएको  उक्त तालिमको बिहिवार स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो।

    उक्त तालिममा सहभागी  उदयपुर ,दोलखा ,रौतहट ,म्याग्दी 

रामेछाप र सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १३ जना महिला स्वास्थ्यकर्मीहरुलाई आमदा अस्पताल झापाका टीका सुवेदी,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा तथा प्रादेशिक अस्पताल मलंगवाकी नर्सिङ इन्चार्ज संगिता श्रेष्ठले प्रशिक्षण दिएको  सहयोगी संस्था वन हर्ट वर्ड वाइडकी ट्रेनिङ सुपरभाइजर निकिता चौधरीले जानकारी दिए।

     तालिम लिएका स्वास्थ्यकर्मीहरु आआफ्नो जिल्लामा रहेका स्वास्थ्य संस्थामा विभिन्न पद तथा विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षकको रुपमा तालिम दिन सक्ने जिल्ला को-अर्डिनेटर अमरेन्द्र रायले बताए ।

      मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको तालिमको समापन कार्यक्रममा यु.एस बाट आउनुभएका एन्जिला र जेनीले केक काटेर सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरु बिच शुभकामना साटासाट गरेका थिए।