Tuesday, November 30, 2021

सर्लाहीमा नायक फिल्मको जस्तै १६ वर्षीया बालिकालाई बनाइयो एकदिनको गाउँपालिका अध्यक्ष

 




मनोज यादव---

सर्लाही ,मंसिर १४

   हामीलाई बलिउड(भारत)को अनिल कपुर अभिनित "नायक" फिल्म त यादै होला ।उक्त फिल्मा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको छ ।त्यस फिल्ममा देखाएको जस्तै घटना हाम्रो  देशमा पनि भएको छ ।सर्लाहीको पर्सा गाउँपालिकामा यसैगरी एक १६ वर्षीया बालिकलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।

   नेपाल-भारत सिमावर्ती तथा सर्लाहीको सदरमुकाम मलंगवाबाट मात्र  १० किलोमिटर टाढा रहेको पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबका अध्यक्ष वर्ष १६ की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको गापा अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको छ।

    "सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले बाल क्लबका अध्यक्ष साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेको हो।

   बालबालिकाको नेतृत्व विकास र बाल सहभागीता अभिवृद्धि गर्ने उदेश्यले एक बालिकालाई यति ठुलो पदको जिम्मेवारी दिइएको हो । जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण ब्यक्तिलाई एकदिनको लागि  यस किसिमको जिम्मेवारी दिइएको छ ।यसअघि कुनैपनि पालिका तथा  निकायले यस्तो नगरेको  गापा अध्यक्ष रायले बताए ।

Monday, November 29, 2021

सर्लाहीको गडहिया डुमरियामा झडप, ५ जना घाइते

 

 ---गम्भीर घाइते मतदान अधिकृत र एकजना प्रहरी भर्खरै बिरगंज रेफर---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १३

    नेपाली कांग्रेसको १४ औं अधिवेशनको क्रममा आज सर्लाहीको बलरा नगरपालिका वडा न-८ स्थित गडहिया डुमरियामा भइरहेको वडा अधिवेशनमा पार्टीका दुई समूह बीच झडप भएको छ।आज दिउँसो भएको उक्त झडपमा मतदान अधिकृत र तीनजना प्रहरीसहित ४ जना घाइते भएका छन्।

   कांग्रेसकै एक समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेश चन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको जनाइएको छ।

   वडा अधिवेशनमा  डिउटीमा खटिएका प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए। झडपलाई नियन्त्रणमा लिनका प्रहरीले केही थान अश्रुग्याँस समेत प्रहार गरेको स्थानीयले बताएका छन् ।

    ढुङ्गामुढा हुँदा  मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवल्दार, अर्का एक प्रहरी र एक जना नागरिक घाइते भएका छन्। अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै नाम खुल्न बाँकी रहेका हवल्दारको कन्चटमा चोट लागेको छ। अन्यलाई समान्य चोट लागेको प्रहरीले जनाएको छ। 

    गम्भीर घाइते मतदान अधिकृत झा र नेपाल प्रहरीका सई अरूण कुमार यादवलाई भर्खरै केही बेर अगाडी जिल्ला अस्पताल मलंगवाबाट थप उपचारका लागि बिरगंज लगिएको छ।सामान्य घाइतेहरुको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

    हिजो (आइतबार) साँझ पनि सोही नगरपालिकाको वडा नं. ९ मा कांग्रेसकै दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो। 

   अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



दलित समुदायबाट प्रतिनिधित्व गर्ने नथुनी विश्वकर्मा बने पहिलो सर्लाही आईडल २०७८ को विजेता





मनोज यादव----

सर्लाही,मंसिर १३

    सर्लाही स्थित सामाजिक संस्था  विज्ञापन सेवा समिति(विसेस)ले आयोजना गरेको पहिलो सर्लाही आईडल नोबेल पुरस्कार २०७८को  उपाधी दलित समुदायबाट प्रतिनिधित्व गरेका नथुनी विश्वकर्माले जितेका छन्। 

    आइतवार सर्लाहीको सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा आयोजना गरिएको आइडलको फाइनल चरणमा उत्कृष्ट १२ प्रतिष्पर्धीलाई उछिन्दै विश्वकर्मा  सर्लाही आईडल भएका हुन् । उनले ५१ हजार रुपैया नगदसहित  प्रमाण पत्र प्राप्त गरेका छन् ।यसै गरी सुवैना सिंह दोस्रो उनले ३१ हजार  र तेस्रो हुने अमरनाथ यादवले २१ हजार रुपैया नगद तथा प्रमाणपत्र प्राप्त गरेको  आयोजक संस्थाका अध्यक्ष बख्तियार अलीले  जानकारी दिए । प्रतियोगिताको निर्णायक  सर्लाहीका मैथिली गायक संतोष कर्ण र रौतहटका गायक मंजुर अली रहेका थिए भने कार्यक्रमका संचालनक पत्रकार  क्षितिज विश्वकर्मा रहेका थिए ।

    "सर्लाहीको सान सर्लाहीको मान" भन्ने नाराका साथ प्रदेश न-२ मै पहिलो पटक आयोजना भएको  प्रतियोगिताको फाइनलमा सर्लाही जिल्लाका २० वटै पालिकाहरु बाट छनौट भएर आएका १३ जना स्थानीय स्तरका नवप्रतिभाहरु बीच नेपाली , मैथिली , भोजपुरी, र हिंदी गीतमा प्रतिस्पर्धा गराएर जिल्लाका २० वटा पालिकाबाट अतिथिको रुपमा आमन्त्रित गरिएका प्रमुख ,उपप्रमुख , समाजसेवी तथा जिल्लाका विशिष्ट व्यक्तिहरुले गरेको भोटिङ्गको आधारमा विजेता तथा उपविजेता छानिएका थिए ।

   सोही अवसरमा प्रतियोगिता सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याउने पालिका प्रमुख , उपप्रमुख, समाजसेवी , मानवअधिकारकर्मी, नागरिक समाज, स्वास्थ्यकर्मी , उद्योगी, ब्यापारीहरुलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको छ।


   

नगर बिकास काेषका पूर्व अध्यक्ष धुर्व रिजालले गरे सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधि उठ्ने घाेषणा

 


लोकतन्त्र समाचारदाता---

लालबन्दी,मंसिर १३, 

    नगर विकास काेषका पूर्व अध्यक्ष ध्रुव रिजालले आफ्नै गृह जिल्ला सर्लाहीबाट 

नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा उठ्ने घाेषणा गरेका छन् ।

लालबन्दी ५ रन्जितपुर स्थायी घर भएका रिजाललाई    

महाधिवेशनकाे पहिलो खुड्किलाे वडा अधिबेशनबाट लालबन्दीका ५ का कांग्रेस कार्यकर्ताले सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चुनेका छन् ।

  अध्ययनका क्रममा करिव ३ दशक अघि  काठण्डाै पुगेका रिजालले आफ्नै गृह नगरलाई राजनीतिकाे आधार क्षेत्र बनाए पछि यहाँका युवा उत्साहित भएका छन् । रिजाललाई आफ्नो वर्कतले भ्याएसम्म साथ सहयोग गरि लक्ष प्राप्तिमा मद्दत गर्ने लालबन्दी - ५ का वडा सभापति मिनप्रसाद ढुंगेल बताए ।

 हेटाैडा सिमेन्ट उद्योग,बुटवल धागो कारखाना, राष्ट्रिय नाचघर,बुटवल टेक्निकल ईन्स्टिच्युट,बस्ती बिकाश,

गुठी संस्थान,गिरिजा प्रसाद काेईराला श्वासप्रश्वास केन्द्र,नगर बिकाश काेषकाे लगायत झण्डै एक दर्जन संघ संस्थाहरुमा अध्यक्ष तथा कार्यकारीकाे पदमा रहेर काम गरेका रिजालले पछिल्लो पटक नगर विकास काेषकाे अध्यक्ष रहँदा लालबन्दी र सर्लाहीकै बिकासमा याेगदान गरेका छन् ।

उनले नगर बिकाश काेषकाे अध्यक्ष रहँदा करोडौंको खानेपानी आयाेजना सञ्चालनमा ल्याउन अतुलनीय याेगदान गरि लालबन्दी नगर बासिकाे स्वच्छ खानेपानीकाे चाहना पुरागर्न सहयोग पुर्‍याएकाे लालबन्दी -५, का क्षेत्रीय प्रतिनिधि यादव कुमार दाहालले बताए । नगर विकास काेषका पूर्व अध्यक्ष रिजालले लालबन्दी र हरिवनमा व्यापारीक कम्प्लेक्स बनाउन सहयोग गरेको दाहाल सम्झन्छन् ।

  आफू विभिन्न संघसंस्थाकाे कार्यकारी पदमा रहदा नातागोता र आफन्त बनाउनने भन्दा पनि त्यस संघसंस्थाकाे संस्थागत तथा प्रशासनिक सुधार गर्दै संस्थाकाे उद्देश अनुरूप कामगरेकाे बताउदै ,पछिल्लो पटक नगर विकास काेषकाे अध्यक्ष रहदा विभेद रहित ढंगले काम गेकाे बताउदै पूर्व अध्यक्ष  रिजालले सर्लाहीको बिकासमा पनि अर्बौं रकम पठाएको बताए ।

उनले आफू कसैको राजनीतिमा हस्तक्षेप गर्न नभई देशकै ठुलो र गाैरवपूर्ण इतिहास बाेकेकाे नेपाली कांग्रेसका लागि सबल र सक्षम नेतृत्व चयन गर्ने  प्रक्रियामा सहभागी हुन नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी  बनेको बताउदै सर्लाही क्षेत्र नं १ का प्रतिनिधिलाई सहयाेग गर्न आग्रह गरे ।

Sunday, November 28, 2021

परियोजनाको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउनुपर्छ - कृषि मन्त्री महेन्द्र राय यादव

 



एसपी यादव

काठमाडौ, मंसिर १२ 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुरले आइतबार आयोजना गरेको परियोजनाको कार्यान्वयन अवस्था बारे जानकारी कार्यक्रममा संघीय सरकारका  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले  किसान वर्ग र देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि परियोजनाले गर्दै आएको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउन निर्देशन दिएका छन् ।

  उनले परियोजनाले गर्दै आएका कामहरुको पारदर्शिता र अनुदानको नितिमा सुधार ल्याउन आवश्यक रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय  गौरवको परियोजनाको रुपमा लिनुपर्ने मन्त्री यादवले बताए  ।

  कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्‍न किसानको जीवनस्तर उकास्‍न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको समेत मन्त्री यादवले बताएका छन् ।यस्तो  गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाँकी नराख्ने बताउदै मन्त्री यादवले  "वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढेको न त विपन्न किसानको जीवनस्तरमा नै सुधार आएको भने ।"

  ब्रीफिङमा संलग्न रहेका कर्मचारीहरुलाई मन्त्री यादवले बजेटमा पारदर्शी भएर काम गर्न समेत निर्देशन दिएका छन् ।ब्रीफिङमा परियोजनाको संक्षिप्त्त परिचय, परियोजनाको सम्भागहरुको स्थिति एवं प्रगति, आ. व. २०७८/७९ को परियोजना, परियोजनाको उपलब्धि, समस्या, चुनौती र सवाल लगायतका विषयहरुमा छलफल भएको छ ।

   प्रमुख अतिथिका रुपमा  कृषि तथा पशुपन्छी विकास मन्त्री  यादव रहेको उक्त कार्यक्रममा  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीवद्वय डा.  गोविन्द प्रसाद शर्मा र श्रीमती निरु दाहाल पाण्डे समेतको विशेष उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता गर्नुभएका परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले जानकारी दिए। 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजी सचीव डा. दिनेश यादव, परियोजनाका कर्मचारीहरु तथा  सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको उक्त  कार्यक्रमको संचालन  परियोजनाका वरिष्ठ अधिकृत दिवसराज विष्टले गरेका थिए। 

काँग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतले एकलौटी निर्णय गरेपछि वडा न-१० को वडा अधिवेशन स्थगित

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १२

   सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका अन्तर्गत आज(आइतवार) भएको नेपाली काँग्रेस वडा न-१० को वडा अधिवेशन स्थगित भएको छ ।पार्टीको जारी १४ औं महाधिवेशनको क्रममा  वडा अधिवेशन गराउने जिम्मा लिएका निर्वाचन अधिकृत महेश रायले एकलौटी रुपमा निर्णय गरेपछि अधिवेशन स्थगित भएको हो।

    दुवै पक्ष चुनावमा जाने तयारी अवस्थामा रहेको बेला निर्वाचन अधिकृत रायले सूचना ननिकाली र दुवै पक्ष बीच छलफल नै नगरीकन एकलौटी रुपमा निर्णय गरेका थिए ।

    निर्वाचन अधिकृतको यस्तो रवैया बाट रुष्ट भएका वडा न-१० का पार्टी प्रतिनिधिहरुले आजको वडा अधिवेशन  स्थगित गर्ने निर्णय गरेको ओम रंजन कर्णले जनाएको छ। 



सर्लाहीमा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत अवस्थामा फेलापर्यो

 




मनोज यादव---

सर्लाही ,मंसिर १२

   सर्लाहीको बरहथवामा एक महिलासहित दुई बालबालिका आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

   जिल्लाको बरहथवा नगरपालिका वडा न-१, हजरियाका स्थानीय  शिव हजारीकी श्रीमति कविता हजारी आज(आइतवा) बिहान ५ बजे घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।उनीसँगै सोही घरभित्र उनका एक ६ वर्षीया छोरी र एक ४ वर्षीय छोरा पनि  भुईँमा लडिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   शवको छेउछाउमा कुनै विषादीका बोतल पनि नदेखिएकाले दुईवटा बच्चाको मृत्यु एवं आमाको आत्महत्या बारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रवक्ता एवं डिएसपी  माधवप्रसाद बुढाथोकीले बताएको छ।अहिलेसम्म पोष्टमार्टम रिपोर्ट नआई सकेकोले हत्या वा आत्महत्या केही भन्न सक्ने अवस्था नरहेको प्रवक्ता बुढाथोकीले भने।

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा आज कडा प्रतिस्पर्धा जारी

 




मनोज यादव---

सर्लाही,मंसिर १२

    विज्ञापन सेवा समिति(विसेस) सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा आज हुँदै छ।सर्लाही जिल्लामै पहिलो पटक आयोजना भएको यस प्रतियोगितामा फाइनालिस्टहरु बीच कडा प्रतिस्पर्धा अहिले मलंगवा स्थित होटल कुशुम पार्टी प्यालेस  जारी रहेको   आयोजक संस्था विज्ञापन सेवा समिति (विसेस )सर्लाहीका अध्यक्ष बख्तियार अलीले बताएको छ।


   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा भइरहेको उक्त प्रतियोगितामा हिजो भएको भएको सेमिफाइनलबाट छानिएका   गायक गायिकाहरु बीच प्रतिस्पर्धा भइरहेको  कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।

    प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद  ५१ हजार, उपबिजेताले नगद  ३१ हजार र तेस्रो हुनेले नगद  २१ हजार रुपैयाँ र कदरपत्र  प्राप्त गर्ने छन् ।

    निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।

   जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई  सफल बनाउन आर्थिक सहयोग तथा   प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा  बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।कार्यक्रमको संचालन पत्रकार क्षितिज विश्वकर्माले गरिरहेका छन् ।

   यसै अवसरमा नेपालमै सबैभन्दा बढी लगानीमा निर्माण हुन लागेको नेपाली (स्थानीय) भाषाको फिचर फिल्म(चलचित्र) को समेत घोषणा गरिएको छ ।विसेस सर्लाहीले निर्माण गर्ने उक्त  चलचित्रको नाम "मधेश  एक्सप्रेस" राखिएको निर्माण कमिटीले जनाएको छ,जसको लागि लगानीकर्ता सँग समेत सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको चलचित्र निर्माता संस्थाले जानकारी गराएको छ।

   यस चलचित्रमा मधेशको रितिरिवाज , रहन सहन,विकास तथा समस्याको बारेमा चित्रण गरिने विसेस सर्लाहीका अध्यक्ष बख्तियार अलीले  जनाएको छ।

Saturday, November 27, 2021

सर्लाहीमा फरार अभियुक्तहरु पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ११

   सर्लाही प्रहरीले फरार सूचीमा रहेका २ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ।अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिबानाको फैसला भई फरार रहेका अभियुक्तको खोजी कार्यलाई तिब्र पार्ने क्रममा उनीहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     सर्लाही प्रहरीका प्रमुख एसपी कृष्ण प्रसाईलेका अनुसार गएको एक महिनाको अवधिमा जिल्लाभरबाट ३२/३३ जना फरार अभियुक्तहरुलाई पक्राउ परिसकेको हो।

    यसै क्रममा शुक्रवार सिन्धुली जिल्ला अदालतमा ठगी मुद्दा खेपिरहेका सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजका ३५ वर्षीय जनक पौडेललाई प्रहरीले  पक्राउ गरेको छ ।पौडेल विरुद्ध गत पुस १७ गते पक्राउ पुर्जी जारी भएको थियो । हाल ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको उनलाई सिन्धुली प्रहरीलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   यस्तै, बिहिवार जिल्लाको पर्सा गाउँपालिकाबाट २२ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट २०५६ साल असार २२ गते एक महिना कैद र ३५ हजार रुपियाँ जरिवानाको फैसला भएपछि फरार भएका पर्सा गाउँपालिका वडा न–१, निवासी मुनिया भन्ने कलम हुसैन लुकिछिपी बसिरहेको अवस्थामा गाउँबाटै पक्राउ परेका हुन् ।

हुसैनलाई अदालतको आदेशानुसार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धामा छनौटका लागि मलंगवामा आज(सनिवार)कडा प्रतिस्पर्धा चल्दै

 


  ---सर्लाहीबाट नेपालमै सबैभन्दा बढी लगानीको नेपाली (स्थानीय)भाषाको चलचित्र निर्माण गर्ने विसेस सर्लाहीको घोषणा---



मनोज यादव---

सर्लाही,मंसिर ११

   "सर्लाहीको सान सर्लाहीको मान" भन्ने नाराका साथ विज्ञाप सेवा समिति(विसेस) सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धामा छनौटका लागि  आज(सनिवार)गायक गायिकाहरु बीच कडा प्रतिस्पर्धा चल्दै छ।सर्लाही जिल्लामै पहिलो पटक आयोजना भएको यस प्रतियोगिताको फाइनलमा प्रवेश पाउनका लागि ३२ जना बीच कडा प्रतिस्पर्धा चलिरहेको आयोजक संस्था विज्ञापन सेवा समिति (विसेस )सर्लाहीका अध्यक्ष बख्तियार अलीले जनाएको छ।

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा भइरहेको उक्त प्रतियोगितमा सेमिफाइनलबाट छानिएका १० जना  गायक गायिकाहरु बीच भोली(१२ गते आइतवार)फाइनल प्रतिस्पर्धा हुने प कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ । 

   प्रतियोगितामा  सर्लाहीको मलंगवा ,लालबन्दी ,बरहथवा,हरिपुर्वा,कबिलासी,ईश्वरपुर,हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिकाका गायक गायिकाहरुले भाग लिएका छन् ।

   प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद  ५१ हजार, उपबिजेताले नगद  ३१ हजार र तेस्रो हुनेले नगद  २१ हजार रुपैयाँ र कदरपत्र  प्राप्त गर्ने छन् ।

    निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् भने कार्यक्रमको संचालन पत्रकार क्षितिज विश्वकर्माले गरिरहनु भएको छ ।

   जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई  सफल बनाउन आर्थिक सहयोग तथा   प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा  बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।

   यसै अवसरमा नेपालमै सबैभन्दा बढी लगानीमा निर्माण हुन लागेको नेपाली (स्थानीय) भाषाको फिचर फिल्म(चलचित्र) को समेत घोषणा गरिएको छ ।विसेस सर्लाहीले निर्माण गर्ने उक्त  चलचित्रको नाम "मधेश  एक्सप्रेस" राखिएको निर्माण कमिटीले जनाएको छ,जसको लागि लगानीकर्ता सँग समेत सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको चलचित्र निर्माता संस्थाले जानकारी गराएको छ।

   यस चलचित्रमा मधेशको रितिरिवाज , रहन सहन,विकास तथा समस्याको बारेमा चित्रण गरिने विसेस सर्लाहीका अध्यक्ष बख्तियार अलीले  जनाएको छ। 


Friday, November 26, 2021

मलंगवामा वडा कार्यालय अगाडीबाटै मोटरसाइकल चोरी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १०

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न- ८ बाट  मोटरसाइकल चोरी भएको छ ।  

    बिहीबार साँझ करिब सवा ४ बजे तिर वडा न-८ को वडा कार्यालय अगाडी पार्किङ गरि राखिएको उदय प्रसाद साहको  BR30M 2532नम्बरको कालो रंगको प्यासन प्रो मोटरसाइकल चोरी भएको स्थानीय विशाल गुप्ताले जनाएको छ।

    विगत केही दिनदेखी जिल्लाका विभिन्न व्यस्त बजारबाट दिनदहाडै मोटरसाइकल चोरीको घटनाहरु बढेको छ ।केही दिन अगाडी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र संस्थाको यामाहा कम्पनीको  मोटरसाइकल मलंगवामा नपा वडा न-९ स्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल अगाडीबाट  चोरी भएको थियो ।


Thursday, November 25, 2021

रौतहटमा एक युवती द्वारा आत्महत्या

 




दिपेश कुमार साह---

रौतहट ,मंसीर ९ 

 रौतहटमा एक युवतीले आत्महत्या गरेकी छिन । बिहीबार बिहान ७:४५ बजेको समयमा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वाड नं.५ सन्तपुर की एक युवतीले आफ्नै घरमा फासो लगाई आत्मा हत्या गरेको इलाका प्रहरी कार्यलय बिजयपूर का प्रहरी निरिक्षक बिश्नु बिश्वकर्माले जानकारी दिनु भएका छन ।

    सन्तपुर बस्ने सर्वजीत साह कलवारकी अविवाहित छोरी बर्ष २० कि माला कुमारी जसवालले आफ्नै घरको सिलिङ पंखामा सलको पासो लगाई झुण्डीएर आत्माहत्या गरेकी छिन् ।सूचना प्राप्त हुना साथ प्रहरी टोली खटी घट्नास्थलमा शवको जाँच मुचुल्का लगाएत कार्य पुरा गरी युवतिको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।

  घट्नाको बारेमा थप आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक बिश्वकर्माले जानकारी दिनु भएको छ ।

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा मंसिर १२ गते हुने

 



मनोज यादव---

सर्लाही,मंसिर ९

    विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ ।मंसिर १२ गते फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा हुने उक्त प्रतियोगिताको सेमिफाइनल मंसिर ११ गते हुने छ ।जसमा पहिलो अडिसनबाट छानिएका ३२ जना  गायक गायिकाहरु बीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।

   प्रतियोगितामा छानिएका सर्लाहीको मलंगवा ,लालबन्दी ,बरहथवा,हरिपुर्वा,कबिलासी,ईश्वरपुर,हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिकाका  प्रतिस्पर्धीहरु बीच कडा प्रतिस्पर्धा हुने छ ।जसका लागि प्रतियोगिहरु तयारी अवस्थामा रहेको कार्यक्रम संयोजक कर्णले लोकतन्त्रलाई बताएको छ।

   प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद  ५१ हजार, उपबिजेताले नगद  ३१ हजार र तेस्रो हुनेले नगद  २१ हजार रुपैयाँ र कदरपत्र  प्राप्त गर्ने छन् ।

    निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।

   जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई  सफल बनाउन आर्थिक सहयोग तथा   प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा  बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।

मलंगवाबाट दिनदहाडै मोटरसाइकल चोरी

 

---चोरीका घटना बढेपछि सवारी धनीहरु त्रासमा---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ९

    सर्लाहीका विभिन्न बजार क्षेत्रहरुमा अहिले  दिनानुदिन चोरीका घटना बढ्न थालेका छन् । दिनैपिच्छै चोरीका घटनाहरु बढ्न थालेपछि यहाँका स्थानीय मोटरसाइकल धनीहरु त्रसित भएका छन् ।

   यसै क्रममा जिल्लाको सदरमुकाम मलंगवामा नगरपालिका वडा न-९ स्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल अगाडीबाट एउटा यामाहा कम्पनीको मोटरसाइकल चोरी भएको छ ।

   गत कात्तिक १७ गते दिउँसो १ बजे राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको नाममा दर्ता भएको ज ११ प १४३५ नम्बरको निलो रंग तथा SZ150D मोडेलको च्याचिस नम्बर ME1RG4516HOO16307 तथा इन्जिन नम्बर  G3J5E0016304 को यामाहा  मोटरसाइकल चोरी भएको सवारी धनीलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  चोरको बिगबिगी बढीरहेको समयमा यसरी दिउँसै अतिब्यस्त स्थानबाट मोटरसाइकल ,साइकलहरु चोरी हुनुले चोरहरुको मनोबल बढ्दै गएको स्थानीय बताउँछन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार मलंगवामा र्याली तथा अन्तरक्रिया गरियो

 

---साँझ दिपसमेत बालियो---




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ९

    ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा  विरुद्धको १६ दिने अभियानको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामाआज(बिहिवार) र्‍याली तथा  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) , ओरेक नेपाल तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा  र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

   "घरैबाट शुरु गरौं महिला विरुद्ध हिंसा अन्त्य गरौं"भन्ने नाराका साथ  मलंगवा नपा वडा न-१० स्थित सहिद चौकबाट निकालिएको र्याली नगरको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर र्यालीमा सहभागी महिला अधिकारकर्मी,तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बीच

बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदको विषयमा अन्तरक्रिया गरिएको इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले जानकारी गराएको छ।

   मंसिर ८ गतेदेखि सुरु भइ मंसिर २४ गतेसम्म  जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने यस अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रमहरु तय गरिएको आयोजक संस्था ओरेक नेपालले जनाएको छ। 

        यसै अवसरमा आजै साँझ सहित पार्कमा दिप समेत प्रज्वलन गरिएको छ ।


Wednesday, November 24, 2021

सर्लाहीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु





मनोज यादव---

सर्लाही,मंसिर ८

   सर्लाहीमा टाटा सुमो गाडीको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका वडा न-१० केराबारी भन्ने ठाउँमा मंगलवार साँझ कर्मैयाबाट बरहथवातर्फ गइरहेको बीआर ०५ पीए ७१९९ नम्वरको टाटासुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका वडा न–७ का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ। 

    दुर्घटना लगत्तै मोटरसाइकल सवार  मोक्तानलाई नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने  ब्लोनलाई थप उपचारका लागि बिरगंज स्थित गण्डक हेल्थ केयर पुर्याउँदा  चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

   दुर्घटनामा संलग्न  टाटा सुमो, त्यसका चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बरहथवाको   नियन्त्रणमा रहेको छ।

लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सूरु

 




मनोज यादव---

सर्लाही,मंसिर ८

    बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको  १६ दिने अभियान सर्लाहीमा संचालन गरिने भएको छ ।मंसिर ८ गतेदेखि मंसिर २४ गतेसम्म  जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रमको बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

  मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रमहरु तय गरिएको कार्यक्रममा सहभागी पत्रकारहरुलाई जानकारी गराइएको छ। 

‘घरैबाट शुरु गरौं महिला विरुद्ध हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुने अभियानको पहिलो दिन ८ गते पत्रकार सम्मेलनको आयोजना गरिएको छ भने ९ गते मलंगवा स्थित सहिद पार्कबाट र्याली तथा अन्तरक्रिया गरि बेलुका सहिद पार्कमा दिप प्रज्वलन गरेर अभयानको  तेस्रो दिन १० गतेदेखि विभिन्न संघसंस्थाहरुको आयोजनामा लैंगिक विभेदमा आधारित कार्यक्रमहरु गरी मंसिर २४ गते अन्तिम दिन मानवअधिकार रक्षकहरु सँगको सहकार्यमा मानव अधिकार रक्षकहरुको पहिचान मान्यता र सुरक्षा विषयमा अन्तरक्रिया तथा रक्तदान कार्यक्रम गरी अभियानको समापन गरिने आज(बुधबार) आयोजित पत्रकार सम्मेलनका आयोजक ओरेक नेपाल र इन्सेकले जनाएको छ ।

   बुधबार सदरमुकाम मलंगवा स्थित रेडियो मधेशको सभाहलमा आयोजना भएको कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो

सर्लाही कांग्रेसकाे विवाद सुल्झियो, नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउत

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ८

   नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि नेपाली कांग्रेस सर्लाहीको  जिल्ला अधिवेशन सम्बन्धि विवाद मिलेको छ।केन्द्रले जिल्लाका दुबै   समूहलाई सहमतिमा ल्याएपछि विवाद मिलेको  हो ।

    केन्द्रले सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउतलाई खटाएको पार्टीले जनाएको  छ। राउत यसअघि जिल्लामा ६ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा कांग्रेस नेताहरुको समायोजनका लागि सर्लाही आएका थिए ।

   सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले कांग्रेसको अधिवेशन नै शुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं १ का लाई क्षेत्र नं ३ तथा क्षेत्र नं ३ का लाई क्षेत्र नम्बर १, क्षेत्र नं २ का लाई क्षेत्र नंं ४ र क्षेत्र नं ४ का लाई क्षेत्र नं २ मा खटाएको छ ।

   कुन मतदान अधिकृतलाई कुन वडा पर्र्यो भन्नेबारे अहिले गोप्य नै राखिएको छ । वडा स्तरमा मतदान गराउन कांग्रेस निकटकै शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने छ ।निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब कांग्रेसको वडा अधिवेशन मंसिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनुभयाे । नयाँ निर्वाचन अधिकृत राउत  मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने छ ।

   यसअघि जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले अधिवेशन गराउने वातावरण नभएको भन्दै दुई पटक खटाइएका निर्वाचन अधिकृतले राजीनामा दिएर फर्किएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि सदरमुकाम मलंगवामा कांग्रेसको एक समूहले हातपात नै गरेको थियो ।

Tuesday, November 23, 2021

जबर्जस्ती करणीको मुद्दामा फरार रहेका नोकैल्वाका एक प्रतिवादी पक्राउ





लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ७

     प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा  मुद्धामा फरार रहेका एकजना प्रतिवादीलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी  गाउँपालिका वडा न-७ नोकैल्वा बस्ने  वर्ष ३८ को श्याम सुन्दर यादव रहेको छ। 

   यादव उपर २०७८ साल भदौ ५ गते बिहान २ बजेको समयमा  स्थानीय एक २२ वर्षीया महिलालाई निजको घर भित्र प्रवेश गरी जबर्जस्ती करणी गर्ने प्रयास गरी फरार भएको आरोप रहेको छ।उक्त घटना पछि फरार भएका प्रतिवादी यादवलाई खोजतलास गर्ने क्रममा सोमबार फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

   पक्राउ प्रतिवादी यादवलाई जिल्ला अदालत सर्लाहीबाट पहिलोपटक ५ दिनको म्याद थप गराइ अनुसंधान अगाडी बढाएको प्रवक्ता बुढाथोकीले जनाएको छ ।


यौन दुर्ववहारका धेरै घटनाहरु राजनीतिक मिलापत्रका कारण हुने गरेको अधिकारकर्मीहरुको ठहर

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ७

       सर्लाहीको सदरमुकाम मलंगवामा जिल्लामा जबर्जस्ती करणीको अवस्था र हाम्रो दायित्व विषयक एकदिने अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।साथसाथ सिकाइ संजाल सर्लाहीको आयोजनामा मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न कार्यक्रममा सर्लाहीमा विद्यमान जबर्जस्ती करणी , त्यसको अवस्था तथा  यसको न्युनिकरणका लागि हाम्रो दायित्व र भूमिकाको विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो ।

    संजालका अध्यक्ष नजमा खानको अध्यक्षता तथा जिल्ला समन्वय समिती सर्लाहीकी  उपप्रमुख जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी  माधव बुढाथोकीले जिल्लामा भएको जबर्जस्ती करणीका  घटनाहरुको बारेमा जानकारी गराएका थिए ।यस्तै कार्यक्रमका प्रमुख अतिथि जिसस उपप्रमुख पराजुलीले जिल्लामा दिनप्रतिदिन बढ्दै गरेको  यौन दुर्ववहारका घटनाहरु राजनीतिक मिलापत्रका कारण  हुने गरेको बताउनुभयो ।उहाँले कानुन बलियो भए पनि न्याय व्यवस्था कमजोर  हुँदा पिडितले न्याय पाउन नसकेको बताउनु भयो ।उहाँले  लैगिंक हिंसाको १६ दिने अभियानमा प्रत्येक पालिकाको वडामा कम्तिमा  २ वटा कार्यक्रम गर्न समेत अनुरोध गर्नुभयो ।

   मेयर निरसल साहले पनि  संजालको साथमा रहेर मलंगवा नगरपालिकाको तर्फबाट गर्न सकिने  सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

     को-कैपको सहयोगमा आयोजना  भएको कार्यक्रममा मेयर साह, उपमेयर शान्ती मिकरानी,सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल, डिएसपी बुढाथोकी,बाल संगठनका सभापति  समिमबाबु खान, साथसाथ सिकाई संजालका प्रदेश कमिटी सदस्य बनिता कार्की, को-कैपका कार्यक्रम संयोजक अम्बिका पौडेल,पत्रकारहरु लगायत महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मीहरुको  सहभागिता रहेको थियो ।

   कार्यक्रमको संचालन महिला पत्रकार  बन्धना झाले गर्नुभएको थियो।


भारतबाट भन्सार छलेर ल्याएको ३ लाख बराबरको कपडासहित दुईजना प्रहरीको नियन्त्रणमा

 

प्रतीक फोटो




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ७

     भारतबाट भन्सार छलेर ल्याउँदै गरेको  करिब ३ लाख रुपैया बराबरको विभिन्न कपडासहित दुईजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-१ बस्ने २५ वर्षीय विमल कुमार राय र मलंगवा नगरपालिका वडा न-११ गम्हरिया बस्ने मनि कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूलाई सोमबार लालबन्दी नपा वडा न-५ मेजरगंज स्थित खटिएका प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा भारतबाट भन्सार छलेर पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको २ लाख ९५ हजार ४ सय रुपैया बराबरको कपडासहित नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

 

कोरोनाका कारण बन्द भएको लालबन्दी स्थित कपडा बैंक पुनः संचालनमा ल्याइयो

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ७

    सुरु भइसकेको जाडोको मौसमलाई मध्यनजर गर्दै सर्लाहीको लालबन्दीमा  कपडा बैंक संचालनमा ल्याइएको छ ।

    कोरोना संक्रमणका कारण बन्द भएको बन्द भएको सारथी युवा क्लबको व्यवस्थापनमा लालबन्दी नगरपालिका वडा न–७, स्थित डुमडुमे मन्दिर अगाडि रहेको  निःशुल्क कपडा बैंक पुनः  संचालनमा ल्याईएको छ ।

    जाडोमा चिसो छल्न न्यानो कपडा खरिद गरेर प्रयोग गर्ने क्षमता नभएका विपन्न वर्गलाई मध्यनजर गरेर संचालनमा ल्याएको उक्त कपडा बैंक प्रत्येक  शनिवार र सार्वजनिक बिदाको दिन दिउँसो २ बजेदेखि साँझसम्म खुला रहने सारथी युवा क्लव लालबन्दीका अध्यक्ष राजेश आचार्यले जानकारी दिएको छ ।उक्त कपडा बैंकमा सक्ने,समाजसेवी , मनकारी र संघसस्थाले प्रयोग गर्न मिल्ने खालका कपडा दिनसक्ने छन। 

   क्लबका अध्यक्ष आचार्यले  प्रयोग गर्न मिल्ने खालका  घरमा थन्क्याएर राखेका पुराना  कपडाहरु कपडा बैंकमा ल्याएर दिन सबैसँग  आग्रह गरेका छन्। 

१५औं वर्षमा प्रवेश गरेको अवसरमा गरिमा विकास बैंकद्वारा मलंगवामा रक्तदान

 




मनोज यादव---

सर्लाही ,मंसिर ७

   गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सबको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको मलंगवा  शाखाले आज(मंगलबार) आफ्नै मलंगवा स्थित  कार्यालयमा एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

   रक्तदान जिवनदान भन्ने नारालाई साकार गर्न भनी विकास बैंकले आयोजना गरेको उक्त  कार्यक्रम मार्फत दुई दर्जनभन्दा बढी ब्यक्तिहरुले आ-आफ्नो रगत दान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी मलंगवाको सहकार्यमा भएको उक्त कार्यक्रमको शुभारम्भ सहारा विकास बैंकका निवर्तमान अध्यक्ष एव समाजसेवी संजय गुप्ता "सुगन्ध" तथा गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका शाखा प्रबन्धक पुष्प श्रेष्ठले रगत दान गरेर गरेका थिए ।

    रगतको अभावका कारण कुनैपनि बिरामीले अकालमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उदेश्य लिएर केही थोरै भएपनि रगत संकलन होस् भन्ने अभिप्रायले आयोजना गरिएको रक्तदान कार्यक्रम मार्फत  रगत दान गरेर सहयोग पुर्याउनु भएका महानुभावहरुलाई सम्मान गर्दै विकास बैंकको तर्फबाट  धन्यवाद स्वरुप कदरपत्र समेत प्रदान गरिएको बैंकले जनाएको छ ।

Sunday, November 21, 2021

सर्लाहीको मलंगवामा जसपा को पार्टी कार्यालय उद्घाटन




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ५

     सर्लाहीको सदरमुकाम मलंगवामा जनता समाजवादी पार्टी (जसपा)को जिल्ला पार्टी कार्यालयको स्थापना भएको छ ।उक्त पार्टी कार्यालयको शनिवार  संघीय सरकारको कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले  एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।

   जसपा जिल्ला कार्यसमिति सर्लाहीद्वारा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न र पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवं स्तरिय सेवा प्रवाह गर्न मलंगवामा स्थापना भएको यस पार्टी कार्यालय सक्रिय भएर लाग्ने बताउनुभयो । 

   कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ 'ख' बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद  संजय कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र राय, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, पत्रकार लगायत आम जनसमुदायको  भव्य उपस्थिती रहेको आयोजकले जनाएको छ ।

Saturday, November 20, 2021

सर्लाहीको मलंगवामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाए

 

---मलंगवामा एकैसाथ  सैंकडौ ब्रम्हाकुमार र ब्रम्हाकुमारीको ठुलो जमघट---


लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ४

    हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मलंगवा  सर्लाहीले   रजत जयन्ती महोत्सव मनाएको छ ।


   सर्लाहीको सदरमुकाममा

सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा सेवा केन्द्र मलंगवाले शनिवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रम्हाकुमारी राज दादीको सभापतित्व तथा केन्द्रीय  कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका वडा न-८ स्थित सेवा केन्द्र नजिकै रहेको  पद्मरत्न विद्या मन्दिर स्कुलको खेल मैदानमा एक भब्य समारोहको आयोजना गरि रजत जयन्ती महोत्सव-२०७८ मनाइएको हो।

    महोत्सवको उद्घाटन अपराह्न १२ बजे मन्त्री यादव र ब्रम्हाकुमारी राजयोगिनी राज दादीले संयुक्तरूपमा गर्नुभएको थियो ।सो अवसरमा प्रमुख अतिथि मन्त्री यादव र ब्रम्हाकुमारी राजयोगिनी राज दादीलाई सेवा केन्द्र मलंगवाको तर्फबाट दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ ।

   कार्यक्रममा सहभागी हुन सर्लाहीसहित विभिन्न जिल्ला र भारतबाट समेत सैंकडौ ब्रम्हाकुमार तथा ब्रम्हाकुमारीहरु मलंगवा आएका थिए ।उनीहरुसहित स्थानीय विभिन्न कार्यालयका प्रमुख ,जनप्रतिनिधि , समाजिक संघसंस्थाका प्रमुख तथा  प्रतिनिधि लगायतका  अतिथिहरुलाई सेवा केन्द्रले संयुक्तरूपमा  ब्रम्हाभोजन समेत गराएको कार्यक्रमका संचालक केन्द्रीय सदस्य जगदीश प्रसाद साहले जानकारी दिए।