Thursday, March 31, 2022

सर्लाहीमा पहिलोपटक फैसन प्रतियोगिता हुँदै,अडिसन राउन्ड सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १७

  जुनियर जेसिज मलंगवाको आयोजनामा  सर्लाहीमै पहिलोपटक फैसन प्रतियोगिताको आयोजना हुन गइरहेको छ। लक्ष्मी महन्त रामऔतार जेसिआइ फेसन रनवे नाम दिएर आयोजना भएको उक्त प्रतियोगिताको बुधबार  सदरमुकाम मलंगवामा स्थित बिरबलको खिचडी होटलमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन तथा अडिसन राउन्ड  सम्पन्न गरिएको जुनियर जेसिज मलंगवा २०२२ का अध्यक्ष जुनियर जेसी आयुष सिंहले जानकारी दिएको छ।

    यस प्रतियोगितामा १४ वर्षदेखि १८ वर्ष उमेर समूहका किशोर किशोरीहरु सहभागी भएका छन् ।


    कार्यक्रमको उद्घाटन मलंगवा जेसिजका भुपु अध्यक्ष तथा  मलंगवा नगरपालिकाका भुपु मेयर एवं जेसिज सिनेटर नागेन्द्र प्रसाद यादवले गरेका थिए।कार्यक्रमको संचालन जेसी सुवोधहरि राजोपाध्यायले गरेका थिए।

   

पत्रकार मनोज यादवलाई मातृशोक,पत्रकार महासंघ सर्लाही शाखा द्बारा शोक ब्यक्त

 

सर्लाही,चेैत १८

     राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक तथा योहो टेलिभिजन एच.डी का मधेश प्रदेश व्युरो प्रमुख पत्रकार मनोज यादवलाई मातृशोक परेको छ।

    नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य समेत रहनु भएका पत्रकार यादवकी  ममतामयी आमा शान्ती देवी यादव गत १५ गते मंगलबारका दिन ८० बर्षको उमेरमा देहान्त हुनुभएको छ ।संविधान सभा सदस्य एवं संघीय सांसद सरला यादवकी आमा समेत रहनु भएको र उनको ३ छोरा र २ छोरीहरु रहेका छन् ।पत्रकार यादव उहाँको कान्छो सन्तान हुनुहुन्छ ।

    पत्रकार यादवकी आमाको निधन प्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शोक व्यक्त गरेको छ ।बुधबार बिहान महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीको नेतृत्वमा पुर्व अध्यक्ष रोशन न्यौपाने ,शंकर श्रेष्ठ,विश्वनाथ ठाकुर,एभिन्युज टिभीका बख्तियार अली, मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य बन्दना झा,अन्नपुर्ण पोष्टका सुनिल ठाकुर,बरहथवा एफएमका घनश्याम सिंह,रेडियो सर्लाहीका संजु कर्ण,मलंगवा एक्सप्रेसका प्रकाशक फेकन महतो,कृष्ण थपलिया, लगायतका पत्रकारहरु पत्रकार यादव क्रिया बसेको मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित पुर्खौली घरमै पुगेर श्रद्धाञ्जली दिइ समवेदना प्रकट गरेका छन् ।

Tuesday, March 29, 2022

सर्लाहीमा चुनावी चहल पहल बढ्यो ,प्रत्यासी तथा आकांक्षीहरु सार्वजनिक हुँदै

 




मनोज यादव---

सर्लाही,चैत १५

     बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको समय नजिकदै जाँदा अन्य जिल्लाहरुमा जस्तै सर्लाहीमा पनि चुनावी चहल पहल शुरु भएको छ ।

     जिल्लाका गाउँ, शहर, टोल, बजार, चौक ,चौराहा तथा चिया खाजा पसलहरुमा चुनाव कै मात्र चर्चा चल्ने गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न पदका प्रत्यासीदेखि लिएर उनीहरुका कार्यकर्ता तथा समर्थकहरु उत्साहित देखिएका छन्।

    चुनावमा भाग लिने राजनीतिक दलहरुका नेता, कार्यकर्ता र समर्थकहरु बीच कसले जित्ने कसको हार हुने  साथै मत परिणामको सम्बन्धमा चर्चा परिचर्चा हुने गरेको छ।स्थानीय बौद्धिक वर्गका मानिसहरु एकाबिहानै देखि सडक, चिया पसल लगायतका सार्वजनिक स्थलमा एकआपसमा भेटघाट भएदेखि राति एकअर्कासँग नछुट्टिन्जेलसम्म आउँदो चुनावमा कुन पार्टीले बहुमत पाउने  कसले नपाउने भनि बहस चलाउने गरेकाले अहिले सर्लाही जिल्ला  चुनावमय बनेको छ। आम नागरिकहरु पनि यसै विषयमा केन्द्रित भएका छन् ।

     निर्वाचनको समय नजिक आउदै गरेकोले चुनाव लड्ने आकांक्षी रहेका नेताहरुले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदको लागि धमाधम उम्मेदवारी  घोषणा गरि सार्वजनिक भइरहेका छन् । कतिपयले उमेदवारी घोषणा गरिसकेका छन् भने कतिपय राजनीतिक पार्टीले प्रदान गर्ने टिकटको प्रतिक्षामा रहेका छन्। पार्टीबाट टिकट पाइसकेपछि मात्र आफु उमेदवार बनेको घोषणा गर्ने तयारीमा रहेको मलंगवा नगरपालिकाका  एकजना आकांक्षी उमेदवारले भने।   

  २० वटा स्थानीय तह रहेको सर्लाहीमा  नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीको बारेमा बढी बहस हुने गरेको देखिन्छन्।

लेख📝/@न्यायिक अधिकारको प्रयोगबाट प्राप्त अवसर

 

                     युराज सुबेदी....🖋️

                     मलंगवा नगरपालिका

      नेपालमा स्थानीय स्तरमा उठेका विवादको निरुपण स्थानीय स्तरमै गर्ने प्रचलन नया होईन | स्थानीय तहमा विबाद स्थानीय स्तरमै निरुपण गर्ने वि.स. २००६ सालमा पंचायती अदालत एंन निर्माण भई लागु भएको पाईन्छ | त्यसपछि गाउ पंचायत एन वि.स. २०१८ ले पनि स्थानीय स्तरमा सिर्जिना हुने केहि प्रकृतिका विवादको कारबाही र किराना गर्ने अधिकार गाउ पंचायतलाई दिएको थियो |

    वि.स २०४६ सालमा जनआन्दोलनबाट बहुदलीय प्रजातान्त्रिक प्रणालीको स्थापना भएपछि तर्जुमा भएको गाउ विकास समिति ऐन, २०४८ र स्थानीय स्वायत्त साशन एंन, २०५५ ले पनि स्थानीय निकायलाई केहि विषयमा मुद्दाको कारबाही र किनारा गर्ने अधिकार प्रदान गरेको थियो |यधपी, ब्यबहारमा यी अधिकारको प्रयोग कहिल्यै हुन सकेन पाईदैन | नेपालको बर्तमान संबिधानले स्वशासनको अधिकारलाई आत्मसात गरेको छ |

   स्थानीय सरकार संचालन एन, २०७४ जारी भई स्थानीय तहबाट केहि विषयका विवादमा न्यायिक अधिकार प्रदान गरेको छ | न्यायिक अधिकारको प्रयोगबाट स्थानीय तहलाई देहायको अबसरहरु प्रदान गरेको छ

१. न्यायमा पहुँचको अधिकार

नेपाल जस्तो बर्गीय एव जातीय आधारमा विभाजित समाजमा न्याय प्रणालीसम्मको पहुच पनि निस्सहाय व्यतीभन्दा यस प्रणालीबाट फाईदा उठाउन सक्ने धनि र शक्तिसाली बर्गका ब्यक्तिमा केन्द्रीत हुने गरेको पाईन्छ |शक्ति संरचनामा तल्लो वर्गमा पर्ने र कानुनि सचेतनाको अभाब तथा औपचारिक न्याय प्रणालीको आपर्याप्तताका  कारणले पनि महिला, ज्येष्ठ नागरिक, दलित एव अन्य सिमान्तकृत बर्गका ब्यक्तिमा लागि न्यायसम्मको पहुच या त छदैछैन र भए पनि सिमिति मात्र रहेको छ

२. स्थानीय लोकतान्त्रिक स्वसासन प्रणालीको अभ्यास गर्ने अवसर

स्वसासन लोकतान्त्रिक प्रणालीको आधारभुत चरित्र मानिन्छ | भारतका राष्ट्र पिता महात्मा गान्धीले औपनिवेशिक सासन प्रणालीबाट स्वतन्त्रताको लागि लड्दा “ स्वराज “ को नारा अगाडि सारेका थिए | त्यस्तै अमिरेकी पूर्व राष्ट्रपति अब्राहम लिस्कंनले प्रजातन्त्रको परिभाषागर्दा “ जनताले जनताका लागि जनताको सरकार “ भनेर परिभाषा गरेका थिए | तसर्थ लोकतान्त्रले सबैभन्दा सच्चा अर्थमा आफ्नै सासनलाई जनाउछ |

३. संघीयताको  अभ्यासको अवसर

मार्टिन लुथरले यस लेखमा “ संघियता एउटा यस्तो राजनीतिक प्रणालीको, जसले क्षेत्रीय स्वसासन बृहत्  उपायलाई अनुमति दिन्छ | यसले सासक र सासितलाई त्यहाको नागरिकका लागि एक सिक्ने विधालय, तिनको स्वतन्त्रताको एक रक्षक तथा तिनीहरुको समस्याको समाधान गर्ने एक लचिलो साधन प्रदान गर्दछ |” मूलतः संघीयताले सासनसम्बन्धि अधिकार एकै तह र निकायमा केन्द्रीकरण  हुन नदिई स्थानीय तहसम्म वितरण गर्नुपर्ने कुरालाई  भुझाउछ |

४ दण्डहीनता र झगडालाई शान्ति र सौहार्दपूर्ण रुपान्तरण गर्ने अवसर

सार्वजनिक सुरक्षा र व्यवस्था कायम गर्नु सबै विकासोन्मुख मुलुकको निम्ति ठुलो चुनौतीको विषय हुनपुगेको पाईन्छ | हाम्रो जस्तो  शान्तितर्फा रुपान्तरणको सङ्क्रमणकालीन समयबाट गुजि्ररहेको मुलुकको निम्ति यो अझ महत्वपूर्ण छ | सामाजिक स्थायित्वको संरक्षण र प्रवर्धनका लागि बलियो र पहुँचयोग्य न्याय प्रणाली कायम हुनु अति जरुरी छ |न्याय प्रणाली बलियो हुन् सकेन र न्यायमा पहुँच प्राप्त हुन सकेन भने गैरकानुनी कार्य र हिंसाबाट पिडित हुन् पुगेकाहरु न्यायबाट वन्चित हुन पुग्छन र मानिसको राज्यप्रतिको आस्था गुमाउनेछन् |

५. स्थानीय तहमा नेत्रित्व विकासको अवसर

स्थानीय तहमा न्यायिक अधिकार प्रदान गर्दा यसले राजनीति तथा विधेयकि बाहेक न्यायिक नेत्रित्व विकासको सुनिश्चितता गर्दछ | यसले स्थानीय सरकारलाई चौतर्फी विकासको अवसर प्रदान गर्छ | राजनैतिक, आर्थिक, सामाजिक तथा न्यायिक विषयको अभ्यासमा जवाफदेहिको मतलब स्थानीय नेत्रित्वले आफ्नो नेत्रित्व क्षमता वृदी गर्ने मौका पाउनु पनि हो|

झन्डै दुई दशक लामो राजनीतिक रिक्ततापछि असमान क्षमतासहित भएको नवनिर्वाचित जनप्रतिनिधिहरुको आगमन ( विशेषगरि, महिला तथा सकारात्मक विभेदको व्यवस्थाबाट  आएका समुदायका मानिसहरु )ले न्यायिक समितिसम्बन्धित मामिलालाई कसरी संचालन गर्ने भन्ने दुविधा उत्पन्न गरेको छ

६. समग्रतामा न्याय प्रवाह गर्ने अवसर

संविधान औपचारिक न्याय  प्रणालीमा रहेको कमीकमजोडीलाई कम गर्न तथा औपचारिक / अनौपचारिक न्यायिक विभाजनमा पुलको काम गर्न सबै ७५३ स्थानीय तहमा न्यायिक समिति स्थापना गण दिद्रेस गरेको छ | औपचारिक अदालतहरू करिब दुई दसकदेखि मेलमिलाप केन्द्रसंग सहअस्तित्वमा छन् तथा दुबैले विसेसगरि गरिब तथा सिमान्तकृत समुदायको लागि समित समाबेसी समुदायिक पहुँच दिन सकेको छ | 

७. जनसहभागिता, समावेशीता र अपनत्व र अपनत्व अभिबृद्धि गर्ने अवसर

स्थानीय तहबाट संचालित न्याय प्रवाह प्रणालीको यो नया अमुनामा जनसहभागिता, समावेशीता तथा अपनत्व अभिबृद्धि गराउन सक्ने सम्भावना छ | विवादका पक्षहरुलाई आपसी हितका आधारमा मिलापत्र गर्न पाउने गरि सशक्तीकरण गर्दा त्यस्ता मिलापत्रको प्रभावकारिता र टिकाउपन सुनिश्चित हुन्छ |यसबाट समुदायका सदस्यले समाजका अन्य प्रभावसाली ब्यक्तिबात निर्णय गराउनुभन्दा निर्वाचित न्यायिक समिति तथा मेलमिलापमा भर गर्ने क्रममा बड्दै जानेछ |संबिधानको भावनाप्रति ईमदार रही यो संयन्त्रको रुपरेखा स्थानीय न्यायिक समितिको बनेटमा स्मविसिता प्रवद्धन गर्ने किसिमको र विवादका पक्षहरुको सन्दर्भमा फुच दिनसक्ने किसिमको छ |

मेयर देवेन्द्र यादव द्वारा गोडैतामा बालबिकास भवनको उद्घाटन

 




लोकतन्त्र समाचारदाता---

सर्लाही (गोडैता),चैत १५

    सर्लाहीको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सोमबार एक कार्यक्रमका बिच २ वटा नयाँ  बालविकासको भवन र स्वच्छ खानेपानीको धाराको उद्घाटन गर्नुभएको छ।

    गोडैता नगरपालिका वडा न- ३ सिमरा भगवतिपुर स्थित श्री प्राथमिक विधालयमा २९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकास  भवन, स्वच्छ खानेपानी र पर्खाल र  वाड न-७ जानकीनगर स्थित श्री प्राथमिक विधालयमा १९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकास भवन र स्वच्छ खानेपानी धाराको उद्घाटन गर्नुभएको नगरपालिकाले जनाएको छ।

     सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मंलगवा, सर्लाहीको प्राविधिक सहयोग तथा गोडैता नगरपालिकाको सहकार्यमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत  निर्माण गरिएको उक्त भवन तथा खानेपानी धारा सोमबार सम्बन्धित   विधालयलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष गायत्री देवीले जानकारी   दिए ।

   कार्यक्रममा  मेयर यादव, वडा न-३ का वडाअध्यक्ष विजय प्रसाद यादव, आरआरपिकेका डायरेक्टर शिवजी साह, अध्यक्ष गायत्री देवी, कार्यक्रम संयाेजक दिलिप कुमार यादव, ईन्जिनियर विपिन कुमार यादव, फिल्ड अफिसर रंजित यादव, समुन्नति कार्यक्रम सहायक रुपेश कुशवाहा, सामुदायिक परिचालक राकेश कुमार ठाकुर, शशिकान्त कापड, सेभ द चिल्ड्रेनका परियोजना संयाेजक रामु शर्मा,सम्बन्धित  विधालयका शिक्षक विधार्थी, अभिभावक लगायत स्थानियवासीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

     सोही दिन  बलरा नगरपालिकाका मेयर अभय सिंहले पनि एक कार्यक्रमका बिच वडा न- ५ अर्नाहा स्थित सामुदायिक विधालयको  १९ लाखको लागतमा पुरानो भवनको मर्मत सम्भार र पर्खाल निर्माण गरि  विधालयलाई हस्तान्तरण गर्नुभएको छ।

Monday, March 28, 2022

सलेमपुरको चमेली माई नजिक मोटरसाइकल दुर्घटना,चालकसहित २ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १४

   सर्लाहीकाे कबिलासी नगरपालिका वडा न-१० स्थित चमेली माईको मन्दिर नजिकै आज(सोमबार)दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि चालकसहित दुईजनाको मृत्यु भएको छ।

     मृत्यु हुनेमा सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ निवासी भोला मिकरानीको २७ वर्षीय छाेरा  तौखिफ मिकरानी र मुसैली निवासी २६ वर्षीय मकबुल लहरी सफी रहेको प्रहरीले जनाएको छ।

मृतक तौफिक मिकरानी


     जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको माेटरसाईकलमा मलंगवाबाट बागमती नगरपालिकाको भरत तालमा घुम्न भनि  जाँदै गरेको अवस्थामा सोमबार दिउँसो करिब १ बजेको समयमा  नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने कबिलासी नपा सलेमपुर वडा न-१० स्थित चमेली माईको मन्दिर भन्दा केही अगाडी आफै अनियन्त्रित भई  सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना  भएको थियो ।उक्त दुर्घनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको  र पछाडी सवार सफीको थप उपचारको लागि बिरगंज पुर्याउँदा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक 


      छिमेकीहरुका अनुसार मृतक मिकरानी केही दिन अगाडी मात्र  वैदेशिक रोजगारीबाट मलंगवा स्थित आफ्नो घर आएका थिए ।


कबिलासीका विपन्न ,टुहुरा बालबालिकाले पाए शैक्षिक सामाग्री

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १४

बाल कल्याण समाज (CWS) सर्लाहीले कविलासी नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।

      कविलासी नपा वडा न-८ स्थित श्री जनता अधारभुत विद्यालयको सभा हलमा शनिवार संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि कविलासी नपा वडा न-९ सलेमपुर निवासी समाजसेवी  जगन्नाथ रायले  शैक्षिक सामग्री बितरण गरेको छ।उहाँले नै सहयोग उपलब्ध गराउनुभएको २० जना विद्यार्थीहरुाई जनही १२ थान अभ्यास पुस्तक , १२ थान बल पेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी  बितरण गरिएको थियो।

    कार्यक्रममा सहभागी अतिथिहरुले

  शिक्षाका लागि शैक्षिक सामग्रीको महत्त्वको बारेमा ब्याख्या गर्दै यो शैक्षिक सामाग्रीले लक्षित वर्गका बालबालिकाहरुको शिक्षा प्राप्तिमा ठुलो सहयोग हुने बताएका थिए।

    उक्त संस्थाले यसअघि पनि बेलाबेलामा विभिन्न दाताहरुको सहयोगमा दलित, विपन्न, टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगायत अन्य सामाग्रीहरु वितरण गर्दै आएको जनाइएको छ। 

Sunday, March 27, 2022

रौतहटको कटहरिया नगरपालिकामा सर्लाहीका गायक रविराज द्वारा धार्मिक कार्यक्रममा प्रस्तुति

 



दिपेश कुमार शाह ---

रौतहट चैत १३

    रौतहटको कटहरिया नगरपालिकामा भजन संध्या कार्यक्रम सम्पन्न भएको छ ।हनुमान अराधना पुजाकाे उपलक्ष्यमा नगरपालिका द्वारा आयोजित  भजन संध्या कार्यक्रममा  सर्लाही जिल्लाका चर्चित कलाकार रवि राज तथा देश बिदेशका कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

  नगर प्रमुख सियाराम कुशवाहाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, नगर प्रबक्ता चन्दन कुमार कुशवाहा तथा पालिकाका कर्मचारी ,जनप्रतिनिधि लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते

 





फोटो सौजन्य-राकेश यादव



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १३

     पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका स्थित फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

    आज बिहान(आइतबार)  बिरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिए ।

   दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान भने खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक  अस्पताल मलंगवामा ल्याइएको छ भने  दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गोपाल सेवा समितिको केन्द्रीय अध्यक्षमा पुनः कौशल यादव निर्वाचित

 



===भारतीय बलिउड कलाकार राजपाल यादवलाई मलंगवामा ५६ किलोको फुलको मालाले स्वागत===


मनोज यादव----

सर्लाही,चैत १३ गते
   यादव अर्थात यदुवंशीहरुको छाता संगठन गोपाल सेवा समितिको  नवौं राष्ट्रिय महाधिवेशन सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट पुनः दोस्रोपटक लोकतान्त्रिक पद्धतिबाट  संविधान सभा सदस्य एवं मधेश प्रदेश सांसद  कौशल कुमार यादव निर्वाचित भएको छ।यादवको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको समितिले जनाएको छ।
   नव निर्वाचित कार्यसमितिमा
वरिष्ठ उपाध्यक्ष बजरंग यादव,
उपाध्यक्ष रामायण यादव,उपेन्द्र यादव,श्याम नारायण यादव,सबित यादव
महासचिव शशि रंजन यादव ,
सचिव महेन्द्र राय यादव,
कोषाध्यक्ष जगदीश यादव तथा
सदस्यहरुमा रामकृष्ण यादव, तारकेश्वर प्र.यादव,रामकृष्ण यादव,चन्द्रमोहन यादव,सोभिता लाल यादव,प्रभाषचन्द्र भुरेर,माया शंकर यादव,शिवचन्द्र यादव,शेषनरायण यादव,र हरिनारायण यादव रहेको समितिले जानकारी दिएको छ।
    उक्त नवौं महाधिवेशनको सर्लाहीको सदरमुकाम मलंगवामा  केन्द्रीय अध्यक्ष यादवको अध्यक्षतामा आयोजित समारोहका बीच  प्रमुख अतिथि बलिउड कलाकार राजपाल यादवले गरेका थिए।


     मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा आयोजना भएको महाधिवेशनमा  मधेश प्रदेशका आठवटै जिल्लाका सहित काठमाडौ ,कपिलवस्तु लगायतका जिल्लाहरुबाट ठुलो संख्यामा यादव समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो।सर्लाही जिल्लामै पहिलो पटक कुनै प्रसिद्ध बलिउड कलाकार आएकोले सधै फिल्म र टिभीमा मात्र हेर्न पाएको राजपाल यादवलाई प्रत्यक्षरुपमा हेर्न र उहाँसँग फोटो खिचाउन सर्लाही  जिल्ला र छिमेकी भारतका विभिन्न ठाउँबाट हजारौं दर्शकहरु मलंगवा-२ कवर्डहल स्थित कार्यक्रम स्थलमा भेला भएका थिए।
  महाधिवेशनको उद्घाटन कार्यक्रममा समितिको आग्रहमा  प्रमुख अतिथिको रुपमा मलंगवा आउनु भएका बलिउड कलाकार राजपाल यादवलाई सर्लाहीबासी र समितिको तर्फबाट  ५६ किलोको फुलको माला पहिर्याएर सम्मान गरिएको थियो। कलाकार यादवले यादव कुलमा जन्म लिएकोमा आफुलाई गर्व महसुस भएको बताएका छन् ।यदुवंश बारेमा परिभाषा दिंदै उनले संसारमा भएका सबै बंशहरु मिलेर बनेको बंशलाई नै यदुबंश भनिएको भने।


    यादव समुदायको संरक्षण,हकहित र  अधिकार सुनिश्चित गराउन भन्दै  वि.स २०४८ साल मंसिर २५ गते तत्कालीन जनकपुर नगरपालिका र हालको मधेश प्रदेशको राजधानी  जनकपुरधाममा  गोपाल सेवा समितिको स्थापना गरिएको थियो ।

Saturday, March 26, 2022

भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव मलंगवामा

 

 लाेकतन्त्र समाचारदाता-           सर्लाही १२ चैत्र । 

     भारतका चर्चित काेमेडियन तथा हाँस्य कलाकार राजपाल यादव अाज सर्लाहीकाे सदरमुकाम मलंगवा अाएकाे  । आज(सनिवार) बिहान ११ बजे आउने भनिएकाे हास्य कलाकार यादव ४ घण्टा ढिलाे ३ बजेमात्र मलंगवा आईपुगेकाे छ । गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन कलाकार यादव मलंगवा आएकाे हो ।

    मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समाराेहमा वहाँ सहभागि भएकाे छ । कलाकार यादवलाई आयाेजकले ५६ किलाेकाे ठुलाे फूलकाे माला लगाएर वहाकाे अायाेजकले सम्मान गरेका छन् । 

    उदघाटन समाराेह आज साँझ अबेरसम्म चल्ने र राती अबेर हुने बन्दशत्रमार्फत गाेपाल सेवा समितिकाे केन्द्रीय नेतृत्व चयन हुने गाेपाल सेवा समितिले जनाएकाे छ ।

संघीय सांसद प्रमोद साह गम्भीर घाइते बाटाे विवादमा दुईपक्ष बिच झडप , साहका अंगरक्षक बिनाेद यादव पनि घाईते ,हतियार संगै ७ राउन्ड गाेली पनि खाेसियाे

           

 बखतियार अलि----                  सर्लाही १२चैत्र 

     सर्लाहीको ईश्वरपुर नगरपालिका - ६ बयलवास  बजारमा बाटाेकाे बिषयमा दुईपक्ष बिच झडप भएकाे छ । झडपमा परेर सर्लाही क्षेत्र नं, १ बाट प्रत्यक्ष निार्बचित सांसद प्रमाेद साह गम्भीर रूपमा घाईते भएकाे छ । सांसद साहकाे टाउकाेमा गम्भीर रूपमा चाेट लागेकाे छ, साथै वहाकाे अंग रक्षक असई विनाेद प्रसाद याद पनि घाइते भएकाे हाे । अंगरक्षककाे पिस्तोल र ७ राउन्ड गाेली पनि खासिएकाे अंगरक्षकले बताएकाे छ । बलयवास बजारमा रहेकाे फुलजाेर बाबा युवा कलबकाे भवन बनाउने बिषयमा दुइपक्ष बिच झडप भएकाे थियाे ।  अहिले यहाकाे अवस्था तनावग्रस्त रहेकाे छ ।

Friday, March 25, 2022

"घर–घर जाउँ, काँग्रेस जिताउँ" अभियान सँगै पर्सा गाउँपालिकामा पदस्थापन कार्यक्रम सम्पन्न

 


 ---अभियानको बारेमा अनुभव तथा जानकारी साझा गर्न केन्द्रीय परिवेक्षक र उपसभापति महोत्तरीको सम्सीमा---



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत ११

  नेपाली काँग्रेस सर्लाहीले स्थानीय निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेसले चलाएको "घर–घर जाउँ काँग्रेस जिताउँ" अभियानको क्रममा सर्लाहीको पर्सा गाउँपालिकामा आज(शुक्रवार)आयोजना भएको कार्यक्रममा विभिन्न पदका  पदाधिकारीहरुको पदस्थापन गरिएको छ।

    प्रदेश न-२(क)का प्रत्यासी सतेन्द्र यादवको अध्यक्षता तथा अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको पार्टीका सर्लाही जिल्ला उपसभापति डा.सरोज यादवले जानकारी दिनुभएको छ।

   पर्सा गापामा जिल्ला उपसभापति डा. यादवको नेतृत्वमा आयोजना भएको पदस्थापन तथा घर-घर जाउँ,काँग्रेस जिताउ अभियान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला सभापति सुरेन्द्र सिंह,पुर्व सभापति लक्षमण राय,क्षेत्रीय सभापति कौशल राय,पुर्व सांसद ब्रह्मनारायण चौधरी, तथा प्रदेश २(क)का प्रत्यासी बिनोद साह,हरिपुर्वा नगरपालिकाका मेयर सियाशरण राय सहित पार्टीका सयौं  नेता,कार्यकर्ता लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

   पर्सा गापा मा कार्यक्रम सम्पन्न गरि नेपाली काँग्रेस  महोत्तरीका सभापति नागेश्वर यादवको आमन्त्रणामा उक्त जिल्लाको सम्सी गापामा आयोजना भएको कार्यक्रममा सहभागी हुन अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादव र उपसभापति डा.सरोज यादव सम्सी पुगेका थिए ।

   सो अभियान अन्तर्गत आयोजना भएको कार्यक्रममा सहभागी हुन सम्सी पुगेका उपसभापति डा.यादवले जिल्ला कार्यसमिति सर्लाहीद्वारा हाल संचालन भइरहेको घर-घर जाउँ, काँग्रेस जिताउ अभियानको बारेमा जानकारी गराउँदै महोत्तरी जिल्लामा समेत संचालन भइरहेको उक्त देशव्यापी अभियानको बारेमा जानकारी लिइ दुवै जिल्लाको अनुभव तथा कार्यक्रमहरुको बारेमा महोत्तरीका सभापति नागेश्वर यादव सँग  जानकारी साझा गरेको बताउनुभयो ।

    
  
 

सर्लाहीका निर्माण व्यवसायीले पठाए प्रधानमन्त्रीलाई ९ बुँदे माग सहितको ज्ञापन पत्र

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ११

   सार्वजनिक खरिद क्षेत्रलाई धारासायी बनाउने गरि आएका प्रावधानहरु तत्काल संसोधन तथा खारेजीको माग गर्दै निर्माण व्यवसायी संघ मलंगवा,सर्लाहीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ९ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

     मिति २०७८ चैत ३ गतेको नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद नियमावली ,२०६४ को एघारौं संसोधनका केही बुँदाहरु यस क्षेत्रमा केही राम्रा प्रावधान राखेको भएपनि केही नकारात्मक असर हुने खालका प्रावधानहरु पनि राखिएको तथा हालै निर्माण सामाग्रीमा अप्रत्याशित रुपमा भएको अत्याधिक मुल्यबृद्धिले निर्माणकार्य संचालन गर्न नसक्ने र बीमा समितिले मिति २०७८-०५-२९ गतेमा जारी गरेको बीमा सम्बन्धि निर्देशिका २०७८ ले गर्दा प्रिमियम दरमा अत्याधिक वृद्धि गरेकोले निर्माण उद्योगमा नकारात्मक असर परेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सार्वजनिक खरिद क्षेत्रलाई धरासायी बनाउने गरि आएका प्रावधानहरुलाई तत्काल संसोधन तथा खारेज गर्न  संघका अध्यक्ष बिनोद कुमार साह द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

    शुक्रवार दिउँसो संघका अध्यक्ष साहको नेतृत्वमा गएका संघका निर्माण व्यवसायी सदस्यहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आफ्ना नौ बुँदे मागहरु समेटिएको ज्ञापनपत्र पठाएका हुन।

    उक्त ज्ञापनपत्रमा सार्वजनिक खरिद क्षेत्रलाई नै धरासायी बनाउने गरि राखिएका प्रावधानहरु तत्काल संशोधन तथा खारेजीको माग गरिएको संघका अध्यक्ष साहले बताउनुभयो ।

    प्रजिअको कार्यकक्षमै पुगेर साहले प्रजिअ गौतम समक्ष ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो । पत्र लिए पश्चात प्रजिअ गौतमले ज्ञापनपत्र तत्कालै  प्रधानमन्त्रीको कार्यालयमा पठाउने  बचन दिनुभएको साहले जानकारी गराउनुभयो।


सर्लाहीका १०० जना दलित विद्यार्थीहरुलाई छात्रवृत्ति बाँडियो




लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत ११ 

      नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत सर्लाहीका १०० जना दलित छात्रछात्रालाई सन् २०२२ को लागि पहिलो किस्ता छात्रवृति वापतको रकम वितरण गरिएको छ ।

  संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा शुक्रवार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । विशेष लक्षित समुहलाई तीनतहमा विभाजन गरि ५ सय, ६ सय र १४ सय रुपैयाँ र अति जोखिमलाई पनि तीनतहमा विभाजन गरि ५ सय ६ सय र १४ सय रुपैयाँको दरले छात्रवृत्ति वितरण गरिएको छ ।त्यस्तै रोल मोडेलतर्फ  १२ सय, १४ सय र २ हजार रुपैयाँका दरले वितरण गरिएको छ । व्याचलर तहका लाई २ हजार, मास्टरडिग्रीका लागि  २५ सय   र प्रविधिक तर्फ २ हजार प्रति विद्यार्थी   छात्रवृत्ति वितरण गरिएको छ।जिल्ला कार्यक्रम अधिकृत गोविन्द  पासवानले जानकारी दिए ।

   

नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि संघीय सांसद प्रमोद साह,मधेश प्रदेश सांसद निरा कुमारी साह, मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,प्रमुख प्रशासकीय अधिकृत राजकुमार थापा,  गोविन्द पासवान,पुर्व गाविस अध्यक्ष विनय कुमार कर्ण, बाल कल्याण संघ सर्लाहीका  सुन्दर श्याम राय,महिलानेतृ एवं समाजसेवी देव कुमारी महरा,राम नरेश मण्डल लगायत छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरु तथा तिनका अविभावकको उपस्थिति रहेको थियो ।


छात्रवृत्ति प्रत्येक त्रैमासिक रुपमा वितरण गरिदैं आएको संस्थाका अध्यक्ष पासवानले जानकारी दिए । सोही कार्यक्रमको अवसरमा मेयर निरसल साहले आयोजक संस्थालाई दलित विद्यार्थीहरुको उत्थानमा केही थोरै भएपनि सहयोग पुर्‍याउने उदेश्यले सारदा प्लाइउड उद्योगको तर्फबाट नगद रु १० हजार सहयोग गर्नुभएको थियो।

मलंगवामा करेन्ट लागेर एक जना बिजुली मजदुरको मृत्यु

 

मलंगवामा  करेन्ट लागेर एक जना बिजुली मजदुरको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ११

    सर्लाहीको सदरमुकाम  मलंगवामा नगरपालिकामा शुक्रवार बिहान बिजुलीको  पोल गाड्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बिधुत प्राधिकरण मलंगवा वितरण केन्द्रमा करार अवधीमा काम गर्ने बाराको फेटा गाउँपालिका वडा न-१ त्रिबेणीका २५ वर्षीय शिव कुमार बच्छार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  जनाएको छ ।

    प्रवक्ता बुढाथोकीका अनुसार विहान करिब १० बजेको समयमा  मलंगवा नपा वडा न-४ स्थित रिङ्गरोडमा बिजुलीको  पोल गाडने क्रममा नजिकै रहेको ११ हजार भोल्टेजको नाँगो तारमा उक्त पोल छुन गइ बच्छारलाई करेन्ट लागेको हो।करेन्ट लागेर घाईते भएपछि  तत्कालै  उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको थियो।

   मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

Thursday, March 24, 2022

लागुऔषध सहित एकजना भारतीय युवक पक्राउ




लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १०

     सर्लाहीको पर्सा गाउँपालिका वडा न-६ बाट लागुऔषध सहित एकजना भारतीय युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वार्ड न-१३ बस्ने सिंघेश्वर सिंहको छोरा अन्दाजी वर्ष २४ को उमेश कुमार सिंह रहेका छन् ।

    बुधबार साँझ ८ बजे प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले प्र-३-०२-०११ प ७०३२ नम्बरको मोटरसाइकललाई शंका लगेर चेकजाँच गर्दा  उनलाई लागुऔषध कोडिवेल(१००एमएल)१०० बोतल र डाइलेक्स डिसी ५० बोतल फेलापारी मोटरसाइकल र लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ।       उनी उपर थप अनुसन्धान भईरहेको छ ।

जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

    भिएसओ,प्रेरण,जेजेवाई,र एनसिई नेपालको संयुक्त  आयोजनामा जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न  भएको छ ।

   समावेशी र समतामूलक शिक्षाको विषयमा सर्लाही जिल्लाका स्थानीय  तह र नागरिक समाजले गरेका राम्रा अभ्यासहरुको बारेमा सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको प्रेरणाका कार्यक्रम अधिकृत रामचन्द्र चौधरीले बताएको छ।

   शिक्षा अधिकारको लागि समता र समावेशीकरण कार्यक्रम मधेश प्रदेशका सर्लाहीसहित बारा,पर्सा र रौतहटमा गरि जम्मा ४ चारवटा जिल्लाहरुमा संचालन भइरहेको एनसिई नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले जानकारी दिए।

    सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा एनसिई नेपालका कार्यसमिति सदस्य शुभेन्द्रमान श्रेष्ठको अध्यक्षता, मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा उपमेयर शान्ती मिकरानीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी,नागरिक समाजका उग्रकान्त झा, पब्लिक माविका प्रअ सुवास यादव लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो।

राष्ट्रिय सभा सदस्य पासवनद्वारा विपन्न, दलित तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

    बाल कल्याण समाज(cws) सर्लाहीले जिल्लाको विभिन्न सरकारी विद्यालयमा अध्यनरत ३० जना गरिब ,दलित ,टुहुरा तथा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

     संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य  राधेश्याम पासवानको प्रमुख अतिथ्यतामा बुधबार जनता मावि नवलपुरमा एक  कार्यक्रमको आयोजना गरि श्री जनता मावि  नवलपुर, श्री जानकी मावि लालबन्दी र श्री जनज्योति मा वि लालबन्दीमा अध्यनरत बालबालिकाहरुलाई  शैक्षिक सामग्री बितरण गरिएको हो।बालबालिकाहरुको लागि राष्ट्रिय सभा सदस्य पासवानले प्रति विद्यार्थी १६ थान अभ्यास पुस्तिका , १० थान बलपेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी लगायतका शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको संस्थाका अध्यक्ष रायले बताए ।

    बालबालिकाहरुलाई विशिष्ट  अतिथि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाही जिल्ला अध्यक्ष राजेश पासवान, लालबन्दी न.पा-१ का वडाध्यक्ष पन्चलाल स्याङ्गवो,विद्यालयका शिक्षक,शिक्षिका र अभिभावकहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको थियो।

    सोही अवसरमा आयोजक संस्थाका अध्यक्ष रायले  सहयोगी दाता राष्ट्रिय सभा सदस्य पासवानलाई सहयोगको लागि धन्यबाद दिंदै गमछा ओढाइ सम्मान पत्र प्रदान गरि  सम्मान गरेका थिए। साथै रायले कार्यक्रमका लागी प्रभावकारी  सहजीकरण गरि  सहयोग गरिदिने जनता मावि का प्रअ बिनोद पौडेल लगायत सहभागी विद्यालयका शिक्षक प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवी तथा अधिकारकर्मीहरुलाई समेत धन्यवाद दिएका थिए।

    कार्यक्रमको संचालन  आयोजक संस्थाका  कोषाध्यक्ष रबिन्द्र मण्डलले गरेका थिए।

राष्ट्रिय भूमि आयोग र चन्द्रनगर गाउँपालिका बीच सम्झौता

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

  अव्यवस्थित रुपमा बसोबास गरिरहेका सर्लाहीको  चन्द्रनगर गाउँपालिकाका बासिन्दाहरुको  ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र चन्द्रनगर गाउँपालिका बीच  संझौता भएको छ । 

   भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप गाउँपालिका अध्यक्ष महेन्द्र महतो र नेपाल सरकार अन्तर्गतको राष्ट्रिय भूमि आयोग बीच बिहिवार संझौतापत्रमा हस्ताक्षर गरि संझौता भएको हो ।

   संझौता भए अनुरुप अव्यवस्थि बसोबास गरिरहेका यस गाउँपालिकाका भूमिहीन दलित र भूमिहिन सुकुम्बासीहरुको लगत संकलन तथा प्रमाणिकरणको कार्य व्यवस्थित र निर्धारित समयभित्र सम्पन्न गर्नको लागि कार्ययोजना तयार र बजेट व्यवस्थापन गरि कार्यान्वयनमा ल्याउने र सो कार्ययोजनाको एक प्रति आयोग वा जिल्ला समितिलाई उपलब्ध गराउने ,आयोग वा जिल्ला समिति सँग समन्वय गरि कार्यपालिकाका पदाधिकारी र भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र व्यवस्थापन सेवा केन्द्रमा रहने कर्मचारीलाई अभिमुखिकरण गर्न व्यवस्था मिलाउने छ। उनीहरूको  पहिचान,प्रमाणीकरण ,आधार र मापदण्ड तयार गरी गाउँपालिका र भूमि आयोगले गृहकार्य गर्ने छ । 

  आयोग संगको संझौता संगै भूमिहीनहरुको समस्या समाधानका लागि गाउँपालिका लागिपर्ने  गापा अध्यक्ष महतोले बताए ।

   सम्झौता  कार्यक्रममा भूमि आयोगका पदाधिकारी तथा गापाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 


सर्लाही काँग्रेसले "घर–घर जाउँ, काँग्रेस जिताउँ" अभियानमा तिब्रता ल्यायो




लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १०


    बरहथवामा  नगर कमिटी बरहथवाका सभापति उपेन्द्र महतोको अध्यक्षता र    मा तथा अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ भने जिल्ला उपसभापति डा.सरोज यादवको नेतृत्वमा  हरिवनमा जिल्ला कार्यसमिति सदस्य तिलक खडका र बागमतीमा नगर सभापति दिपक रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेका जिल्ला का.स सर्लाहीले जनाएको छ।

    घर-घर जाउँ, काँग्रेस जिताउ अभियानबाट आफुहरुमा उर्जा बढेकोले यस अभियान मार्फत नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अधिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर जनतालाई  स्वविवेकले भोट हाल्न अनुरोध गर्ने केन्द्रीय परिवेक्षक यादवले बताए ।देशब्यापी रुपमा चलिरहेको यो अभियान लिएर सर्लाहीका  २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना अनुसार केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा गत २८ गतेदेखि  काँग्रेसी नेताहरु क्रमैसँग स्थानीय तहहरुमा पुगेर कार्यक्रमको आयोजना गरिरहेका छन् ।


   उक्त  कार्यक्रममा विशिष्ट अतिथि एवं कार्यक्रमका नेतृत्वकर्ता जिल्ला उपसभापति डा.सरोज यादव,क्षेत्र न-३ का क्षेत्रीय सभापति पुन्य प्रसाद घिमिरे,प्रदेश न-३(ख) का प्रदेश प्रत्यासी एवं महाधिवेशन प्रतिनिधि कृष्णदेव यादव,पार्टीका जिल्ला सचिव निरज कार्की लगायत पार्टीका सयौं  नेता,कार्यकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।


  यो अभियान लगातार एक महिनासम्म चल्ने जिल्ला उपसभापति डा.यादवले बताए ।

   
    
  
 

Wednesday, March 23, 2022

घर–घर जाउँ, काँग्रेस जिताउँ अभियान अन्तर्गत तेस्रो दिनको कार्यक्रम बरहथवामा सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ९

  नेपाली काँग्रेस सर्लाहीले स्थानीय निर्वाचनलाई लक्षित गरि घर–घर जाउँ काँग्रेस जिताउँ अभियानलाई तिब्रता दिएको छ।सो अभियान अन्तर्गत बुधबार सर्लाहीको बरहथवामा कार्यक्रम सम्पन्न भएको छ।

   नेपाली काँग्रेस बरहथवा नगरपालिका नगर कमिटीका सभापति उपेन्द्र महतोको अध्यक्षता तथा अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    घर-घर जाउँ, काँग्रेस जिताउ अभियानबाट आफुहरुमा उर्जा बढेकोले यस अभियान मार्फत नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अधिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर जनतालाई  स्वविवेकले भोट हाल्न अनुरोध गर्ने केन्द्रीय परिवेक्षक यादवले बताए ।देशब्यापी रुपमा चलिरहेको यो अभियान लिएर सर्लाहीका  २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना अनुसार केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा गत २८ गतेदेखि  काँग्रेसी नेताहरु क्रमैसँग स्थानीय तहहरुमा पुगेर कार्यक्रमको आयोजना गरिरहेका छन् ।

   बरहथवामा बुधबार सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उपसभापति डा.सरोज यादव,क्षेत्र न-३ का क्षेत्रीय सभापति पुन्य प्रसाद घिमिरे,प्रदेश न-३(ख) का प्रदेश प्रत्यासी एवं महाधिवेशन प्रतिनिधि कृष्णदेव यादव,पार्टीका जिल्ला सचिव निरज कार्की लगायत पार्टीका सयौं  नेता,कार्यकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

  यो अभियान लगातार एक महिनासम्म चल्ने जिल्ला उपसभापति डा.यादवले जनाएको छ।