Saturday, January 13, 2024
सहारा मल्टिपर्पसको सेयर पुँजी ४ करोड भन्दाबढी
मनोज यादव---
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ मा मुख्य कार्यालय रहेको संस्थाले मलंगवा न.पा वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।
आ.व २०७९-०८० सम्ममा संस्थाको ११ बटै सेवा केन्द्रहरुमा गरि ९ हजार ५ सय ९०जना शेयर सदस्य पुर्याएको यस संस्थाको शेयरपुँजी ४ करोड ४७ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष मिकरानीले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।अध्यक्षको प्रतिवेदन अनुसार तरलता कायम राख्नुपर्ने भएको कारणबाट लक्ष्य अनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि आ.व २०७९/०८० मा संस्थाले २५ लाख २० हजार ४ सय ९४ रुपैयाँ १ पैसा आम्दानी गरेको छ। मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले आगामी आ.व २०८१/०८२ को लागि अनुमानित कार्यक्रम तथा बजेटको बारेमा जानकारी गराउँदै ४ अर्ब ९७ करोड १५ लाखको कारोबारबाट १ करोड ९९ लाख २५ हजार रुपैया नाफा आर्जन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment