Sunday, September 8, 2024

प्रादेशिक अस्पताल मलंगवा प्रकरण

 

प्रादेशिक अस्पताल मलंगवा प्रकरण 
    तलब सरकारको काम निजी

विद्यानन्द राय----

सर्लाही,भदौ २३

     प्रादेशिक अस्पताल मलंगवाका डाक्टरहरु सरकारी तलब खाएर आफ्नो निजी क्लिनिकमा बिरामी पठाएर उपचारको नाममा ती बिरामीहरुबाट मोटो रकम असुल्ने गरेको गुनासोहरु आएको छ।

    प्रादेशिक अस्पताल मलंगवाका जेनरल सर्जन डा.शिवराज साह र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रोशन साहले सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई आफैले संचालन गरेको निजी क्लिनिकमा उपचार गराए छिट्टै गरिदिने भन्दै बिरामीलाई आफ्नो क्लिनिकमा पठाएर उपचारको नाममा मोटो रकम असुल्ने गरेको बरहथवाबाट मलंगवा स्थित प्रादेशिक अस्पतालमा छोराको उपचारका लागि आएका पुरुषोत्तम यादवले बताए । उनले छोराको सम्पूर्ण जाँच एक्स रे,भिडियो एक्स रे,प्याथोलोजी लगायतका जाँचहरु सरकारी अस्पतालमै गराई सके पश्चात डाक्टरले छोराको अपरेशन गर्नुपर्छ भनेर अस्पताल बाहिरको आफ्नै निजी क्लिनिकमा पठाएको बताए।

   सरकारी अस्पतालमा माइनर अपरेसनको २ हजार रुपैयाँ मात्र लाग्ने गरेको छ।तर निजी क्लिनिकले भने सोही अपरेशनको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेको मलंगवाका अर्का एक बिरामीका आफन्तले बताएका छन् ।डाक्टर साह द्वय आलोपालो गरि १/२ घण्टाको समय मिलाएर निजी क्लिनिकमा जाने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । डाक्टर साह द्वय दुवैजना करार सेवामा कार्यरत डाक्टरहरु हुन्।

    उनीहरू सरकारी अस्पतालमा आउने बिरामीहरुलाई आफ्नो निजी क्लिनिकमा पठाएर बिरामीहरुको चाप बढाएका छन् । उनीहरु बिरामीको अपरेसनमा लाग्ने औषधिको पैसा बिरामीसँग असुल्ने तर आवश्यक पर्ने औषधिहरु अस्पतालनाटै लाने गरेका छन् ।

   यस विषयमा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झासँग सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन

No comments:

Post a Comment