वाणिज्य बैंक शाखा मलंगवाले गरे दुईजना असल ऋणीलाई सम्मान
लोकतन्त्र समाचारदात--- सर्लाही,माघ १०
राष्ट्रिय वाणिज्य बैंक शाखा मलंगवाले आफ्ना दुईजना असल ऋणीहरुलाई सम्मानित गरेको छ। बैंकले बिहीबार आफ्नो ६० औं वार्षिकोत्सव मनाउने क्रममा असल ऋणीद्वय शिव दुलारी महतो सुँढी र ममता कुमारी महतोलाई कदरपत्र द्वारा सम्मान गरेको हो। शाखा प्रबन्धक सुशीला कुमार महतोको अध्यक्षतामा आयोजना भएको वार्षिकोत्सब समारोहको प्रमुख अतिथि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले केक काटेर उद्घाटन गरेका थिए। मलंगवा नगरपालिका वडा न-९ मा कार्यालय रहेको यश बैंकको वार्षिकोत्सब समारोहमा नेपाली काँग्रेस नगर कमिटी मलंगवाका निवर्तमान अध्यक्ष चन्द्र किशोर साह लगायत उक्त शाखाका कर्मचारी,बुद्धिजीवी खाताधारी र पत्रकारहरुको उपस्थिति रहेको थियो। राष्ट्रिय वाणिज्य बैंक नेपालकै पुरानो र प्रतिष्ठित बैंकहरूमध्ये एक हो, जसले ६० वर्षदेखि देशभर आफ्ना ग्राहकहरूलाई आर्थिक सेवा प्रदान गर्दै आएको छ। वाणिज्य बैंकको २६४ औ शाखाको रुपमा रहेको मलंगवा शाखाले पनि आफ्नो क्षेत्रका ग्राहकहरूको वित्तीय आवश्यकतामा योगदान पुर्याउँदै आएको छ।
No comments:
Post a Comment