Saturday, August 31, 2024
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पुरानो घर निलाम बिक्री सम्बन्धि ७ दिने सार्वजनिक सूचना ।
सम्पर्क -
Friday, August 16, 2024
सुनचाँदी व्यवसायी संघ सर्लाहीको अध्यक्षमा विनय कुमार साह प्यानल सहित बिजयी
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ३२
सुनचाँदी व्यवसायी संघ सर्लाहीको आज (शुक्रवार) सम्पन्न निर्वाचनबाट विनय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको निर्वाचनबाट बरिस्ठ उपाध्यक्षमा गणेश साह,सुनार ,प्रथम उपाध्यक्षमा दिनेश प्रसाद साह,द्वितिय उपाध्यक्ष दिपेन्द्र प्रसाद साह,महासचिवमा राकेश सर्राफ ,सचिवमा राम कृपाल साह,कोषाध्यक्षमा अमरनाथ साह र सह-कोषाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् ।
यसै गरी सदस्यहरुमा अनिल कुमार साह,संजिब प्रसाद साह,मुकेश साह,राकेश कुमार सोनार,दयाराम साह,धिरज कुमार साह र रितनन्दन साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रंजित कुमार पाण्डेले जनाएको छ।
Thursday, August 15, 2024
गरिमा विकास बैंक माथि लगाइएको ठगीको आरोप निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवको भनाई
"आफु र ऋणी बीचको लेनदेनका कागजातहरु सुरक्षित रहेकोले जोकोहीले हेर्ने सक्छन्"
लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ३१
गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका मेनेजर राम एकवाल साहले ऋणीहरुको रकम ठगी गरेको भनि पिडितहरुले लगाएका आरोपहरु गलत र निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवले बताएका छन् ।
गत आइतवार फेकन राय, राजेश भुजेल ,सीता विश्वकर्मा ,मिथलेश सिंह दनुवार लगायत केही अन्य ऋणीहरुले सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्रकार सम्मेलन गरि आफुलाई बिचौलियाको संज्ञा दिंदै बैंकका मलंगवा शाखा प्रबन्धक राम एकवाल साहले ऋणीहरुको पैसा खाएको भनि झुठो बयान दिएर विभिन्न मिडियामा समाचारहरु प्रकाशन तथा प्रशारण गर्न लगाएर आफुहरुको चरित्रहत्या गरि समाजको बिचमा बदनाम गर्न खोजेको यादवले बताएका छन् । विभिन्न मिडियामा एकतर्फी रुपमा प्रकाशन तथा प्रशारण भएका समाचारहरु प्रति आपत्ती जनाउँदै उनले लगाइएका आरोपहरुको खण्डन तथा घटनाको वास्तविकताको बारेमा जानकारी गराएका छन् ।
गत आइतवार आयोजना भएको पत्रकार सम्मेलनमा आएका पिडित मध्येका कौडेना गाउँपालिका वडा न-५ निवासी फेकन राय यादवले बताए अनुसार आफ्नो जग्गाको ३० लाख रुपैयाँ मुल्यांकन गरि मलंगवा शाखाका मेनेजर साहले बैंकमै ४ वटा ब्लेङ्क चेकमा हस्ताक्षर गराइ सो चेक आफै सँग लिएर राखि पटकपटक गरि निजले सो चेकको प्रयोग गरि पहिलोपटक ९ लाख ९९ हजार,दोस्रोपटक पुन: ९ लाख ९९ हजार बिचौलिया यादव मार्फत निकलेको र सो को विवरण सम्बन्धि म्यासेज आफ्नो मोबाइलमा आएको थियो। तर आफुले १ लाख २५ हजार रुपैयाँ मात्र झिकेको उनको भनाइ थियो।सो कुराको जानकारी मेनेजर साहलाई गराउँदा समेत निजले वास्ता नगरेको उनले पत्रकारहरुलाई बताएका थिए।उनले आफ्नो रकम बैंकका बिचौलिया यादव,सोही बैंकका कर्मचारी रुपेश यादवसँगको मिलोमतोमा मेनेजर साहले झिकेको कुरा केही दिनपछि मात्र आफुले थाहा पाएको बताएका थिए।
तर बिचौलिया भनिएका यादवका अनुसार फेकन यादवले गरिमा विकास बैंकबाट बैंकको नियमअनुसार कर्जा माग गरेको र सो बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरि ऋण बापत ३० लाख रुपैयाँ स्वीकृत गरेपछि निजले आफ्नो राजिखुसी आफुलाई मासिक सैकडा ४ को दरले रकम दिएको र पछि फेकनले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेपछि बैंकको कर्मचारी कुनै प्रकारको लेनदेनमा संलग्न नभएको भनि जिप्रकाको मुद्दा फाँटमा रकम मैलेनै लिएको भनि लिखित सम्झौता समेत गरिदिंदा निज फेकनले बैंकका कर्मचारीले रकम हिनामिना गरेको आरोप लगाएर बदनाम मात्र गर्न खोजेको बताए ।
त्यस्तै अर्का पिडित सीता विश्वकर्माले पनि सोही पत्रकार सम्मेलनमा मेनेजर साहले आफ्नो पैसा खाएको गुनासो सुनाएका थिए। विश्वकर्माका अनुसार आफुले जग्गा धितो राखेर कृषि कार्यको लागि गरिमा बैंकसँग १६ लाख रुपैयाँ बिचौलिया यादव मार्फत श्रृणको लागि आवेदन दिएको तर बैंकले ऋण स्वीकृत भए बापतको १६ लाख रुपैयाँ नदिएको तर पैसा खाता बाट झिकिएको मोबाइलमा म्यासेज मात्र आएको बताएकी थिइन्। तर यादवले विश्वकर्माको उक्त भनाईलाई खण्डन गरेका छन्। उनका अनुसार सीता विश्वकर्माले १६ लाख रुपैयाँ बैंकको नियमअनुसार ऋण लिइ म सँग ८ लाख रुपैयाँको चेक लिएर पैसा दिएकी हुन। आफुले निजको नाममा रहेको गरिमा विकास बैंकको खातामा नगद रु ५ लाख जम्मा गरिदिएको र उनीसँग रहेको मेरो ८ लाख रुपैयाँको चेक मलाई फिर्ता दिएको खण्डमा सो ८ लाख रकम पनि निजको खातामा हालिदिने बताए । विश्वकर्माले आफ्नो राजीखुशी मलाई पैसा दिएकोले यसमा बैंकका मेनेजर साहको कुनैपनि किसिमको संलग्नता नरहेको बल्की उनी आफै विभिन्न समूहका मानिसहरुलाई पैसा दिएर मेनेजर साह र बैंकको प्रतिष्ठामा आँच आउने गरि झुठा बयान दिएर बदनाम गर्न खोजेको कृष्ण कुमार यादवको भनाई छ।
यसैगरी राजेश भुजेलको बयानलाई पनि खण्डन गर्दै कृष्ण कुमार यादवले भुजेलले बैंकसँग रु.२० लाख ऋण बापत माग गरेकोले बैंकले नियमपुर्वक ऋण स्वीकृत गरिसके पछि निजले मसँग सैकडा ५ को दरले ब्याजमा रकम दिएको जसको लिखित प्रमाण आफुसँग सुरक्षित रहेको छ। तर निजले आफुलाई बिचौलियाको संज्ञा दिएर मेरो रकम मेनेजर साह र बैंकका कर्मचारीहरु मिलेर खाइदिएको भन्दै विभिन्न मिडियामा समाचारहरु प्रकाशन र प्रशारण गर्न लगाएर आफुहरुको चरित्रसँग खेलवाड गर्न खोजेको भन्दै उनले गुनासो गरेका छन् ।
त्यस्तै अर्का एक ऋणी भुइल कमलामाई माछापालन फर्मका प्रोपराइटर मिथलेश सिंह दनुवारले पनि बैंकमा रु.४० लाख ऋण माग गरेको र बैंकले पनि सम्पूर्ण प्रक्रियाहरु पूरा गरि निजको नाममा ऋण स्वकृत गरिदिए पनि उनले मलाई ब्यक्तिगत लेनदेनको कागज बनाएर रु.२० लाख दिएको बताए ।उक्त लेनदेनको कागज आफुसँग सुरक्षित रहेको जानकारी गराउँदै उनले पछि आएर मिथलेशले विभिन्न समुहसँग मिलेर मलाई बिचौलिया सावित गर्दै हिडिरहेको छ जबकी उनले मसँग रु.२० लाखको कपाली तमसुक पनि बनाएको र रु.२० लाखको कुमारी बैंकको चेक समेत लिएको छ। यसमा गरिमा विकास बैंकको कुनै किसिमको संलग्नता नरहेको भएता पनि बैंक मेनेजर साह यसमा सामेल भएको भन्दै निजको प्रतिष्ठामाथि खेलवाड गर्ने काम मात्र भइरहेको कृष्ण कुमार यादवले स्विकारेका छन् ।
आफुसँग पैसाको लेनदेन सम्बन्धि ऋणीहरुले बनाएको कागजात र निजहरुको खातामा जम्मा गरिदिएको रकमको रसिद सुरक्षित रहेकोले जुनसुकै बेला जोकोहीले पनि उक्त कागजातहरु हेर्न सक्ने उनले बताए। साथै उनले यस विषयमा समाचार बनाउँदा एकपटक आफ्नो पनि कुरा राख्ने मौका दिन पत्रकारहरुसँग अनुरोध गरेका छन् ।
Saturday, August 10, 2024
जन्मदिनको अवसरमा अति विपन्न तथा एकल महिलाको शल्यक्रिया गराइदिने डा.झा को घोषणा
![]() |
मनोज यादव----
सर्लाही,साउन २६
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक एवं समाजसेवी डा.गुणेश्वर झाले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन् ।
पछिल्लो समय समाजमा आफ्नो रवाफ देखाउनैका लागि हजारौं ,लाखौं रुपैयाँ खर्च गरेर विभिन्न होटल तथा पार्टी प्यालेसमा समारोहको आयोजना गरि केक काटेर जन्मदिन मनाउने चलन सुरु भएको छ। तर त्यस्ता मानिसहरुको भिडमा डा.झाले आफ्नो जन्मदिनको अवसर पारेर सर्लाही जिल्लाका विभिन्न गम्भीर रोगबाट ग्रसित १० जना अती विपन्न तथा एकल महिलाहरुको छनौट गरि आफ्नै खर्चमा शल्यक्रिया गरादिने घोषणा गरेका हुन।
पश्चिमी संस्कृतिको नक्कल नगरी डा.झाले हाइड्रोसिल,हर्निया,गल ब्लडरको पथरी र पाठेघर(आंङ्ग)खस्ने समस्याबाट पिडित भएका एकल महिला बिरामीहरुको बिरगंज ,जनकपुर,काठमाडौ लगायत सहरका ठूला अस्पतालमा लगेर आफ्नै खर्चमा शल्यक्रिया(अपरेशन) गराइ दिने बताएका छन् । जन्म दिनमा हजार्रौं रुपैँया मादक पदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र पैसाको अभावमा उपचार सेवाबाट बन्चित हुनु परेका र सही उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अतिविपन्न वर्गका बिरामीहरुको ज्यान बचाउन सकियोस् साथै समाजमा सकारात्मक संदेश समेत जावोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उनको भनाई छ ।
डा.झा विगत केही वर्ष यता सम्बृद्ध सर्लाही निर्माण नामक संस्थाको माध्यमबाट सकृय रुपमा सामाजिक कार्य गरिरहेका छन् । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
Thursday, August 1, 2024
💐हार्दिक श्रद्धाञ्जली🙏
💐हार्दिक श्रद्धाञ्जली🙏
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व भुमिसुधार राज्यमन्त्री एवं सर्लाही जिल्लाकै चर्चित सबैसँग अतिमिलनसार व्यक्तित्वका धनी स्व.रामचन्द्र रायको गत साउन ६ गते राती भएको असामयिक दु:खद निधनको आज परेको १३ औं दिनको पुण्य तिथिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।
नागेन्द्र प्रसाद यादव(अध्यक्ष) राजनहरि श्रेष्ठ (महाप्रबन्धक), राम लक्षण यादव(प्रवन्ध निर्देशक)
राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवा,सर्लाही
तथा सम्पूर्ण परिवार













