Saturday, August 10, 2024

जन्मदिनको अवसरमा अति विपन्न तथा एकल महिलाको शल्यक्रिया गराइदिने डा.झा को घोषणा



मनोज यादव----
सर्लाही,साउन २६ 

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक एवं समाजसेवी डा.गुणेश्वर झाले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन् । 

  पछिल्लो समय समाजमा आफ्नो रवाफ देखाउनैका लागि हजारौं ,लाखौं रुपैयाँ खर्च गरेर विभिन्न होटल तथा पार्टी प्यालेसमा समारोहको आयोजना गरि केक काटेर जन्मदिन मनाउने चलन सुरु भएको छ। तर त्यस्ता मानिसहरुको भिडमा डा.झाले आफ्नो जन्मदिनको अवसर पारेर सर्लाही जिल्लाका विभिन्न गम्भीर रोगबाट ग्रसित १० जना अती विपन्न तथा एकल महिलाहरुको छनौट गरि आफ्नै खर्चमा शल्यक्रिया गरादिने घोषणा गरेका हुन।

    पश्चिमी संस्कृतिको नक्कल नगरी डा.झाले हाइड्रोसिल,हर्निया,गल ब्लडरको पथरी र पाठेघर(आंङ्ग)खस्ने समस्याबाट पिडित भएका एकल महिला बिरामीहरुको बिरगंज ,जनकपुर,काठमाडौ लगायत सहरका ठूला अस्पतालमा लगेर आफ्नै खर्चमा शल्यक्रिया(अपरेशन) गराइ दिने बताएका छन् । जन्म दिनमा हजार्रौं रुपैँया मादक पदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र पैसाको अभावमा उपचार सेवाबाट बन्चित हुनु परेका र सही उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अतिविपन्न वर्गका बिरामीहरुको ज्यान बचाउन सकियोस् साथै समाजमा सकारात्मक संदेश समेत जावोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उनको भनाई छ ।

     डा.झा विगत केही वर्ष यता सम्बृद्ध सर्लाही निर्माण नामक संस्थाको माध्यमबाट सकृय रुपमा सामाजिक कार्य गरिरहेका छन् । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।  


No comments:

Post a Comment