Saturday, March 29, 2025
Saturday, March 22, 2025
मुख्यमन्त्री सिंहद्वारा लालबन्दीका १९ अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन
मनोज यादव---
सर्लाही, चैत १०
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। अनुगमनका क्रममा कानुनी रूपमा दर्ता भई सेवा प्रदान गरिरहेका दुई संस्था मात्र अनुमतिपत्र दुरुस्त रहेको पाइएको छ भने अन्य दुई संस्थाले नवीकरण गर्नुपर्ने अवस्था देखिएको छ।
शनिबार साँझ सम्पन्न अनुगमनमा मापदण्ड अनुरूप सेवा सञ्चालन नगरेका र अनुमतिपत्रबिनै सञ्चालनमा रहेका १९ वटा अस्पताल तथा क्लिनिकलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका छन्। उनले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। उनलेअनुगमनका क्रममा स्वास्थ्य सेवामा लापरबाही गर्नेलाई कदापि नछाड्ने चेतावनी दिँदै प्रदेश सरकारले अवैध रूपमा सञ्चालनमा रहेका संस्थाहरूमाथि कडा कारबाही गर्ने बताए।
लालबन्दीका स्थानीयवासीहरुले मुख्यमन्त्रीको यो कदमको स्वागत गर्दै अव्यवस्थित स्वास्थ्य सेवा बन्द गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन्।
मुख्यमन्त्री सिंहले यसअघि होलीको पुर्व संध्यामा सदरमुकाम मलंगवाका विभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरिसकेका छन् । अनुमति बगैर संचालन भइरहेका अस्पताल तथा क्लिनिकहरुलाई बन्द गर्ने निर्देशन दिइएपनि ती स्वास्थ्य संस्थाहरु यथावत संचालन भइनै रहेका छन् ।
Monday, March 17, 2025
नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ
लोकतान्त्र समाचारदाता---
सर्लाही, चैत ५
नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ बस्ने सुरज महतो कोईरीकी ३२ वर्षीया छोरी लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका वडा नं. ५ निवासी सिकिल रायका छोरा २१ वर्षीय शिवम कुमार यादवलाई प्रहरी सेवामा भर्ती गराइदिने प्रलोभन देखाएर पटक–पटक गरी दुई लाख पचहत्तर हजार रुपैयाँ ठगी गरेको आरोप छ।
पीडित शिवम यादवका दाजु सिपिन्द्र प्रसाद यादव द्वारा दिइएको जाहेरीका आधारमा सर्लाही जिल्ला प्रहरी कार्यालयले महतोलाई नियन्त्रणमा लिएको हो। ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा दर्ता भएपछि आइतबार उनलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
सर्लाही प्रहरीले ठगीसम्बन्धी यस्ता घटनामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गर्दै, ठगीबाट बच्न सतर्क रहन समेत अनुरोध गरेको छ।
Subscribe to:
Posts (Atom)