नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ
लोकतान्त्र समाचारदाता---
सर्लाही, चैत ५
नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्। सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ बस्ने सुरज महतो कोईरीकी ३२ वर्षीया छोरी लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका वडा नं. ५ निवासी सिकिल रायका छोरा २१ वर्षीय शिवम कुमार यादवलाई प्रहरी सेवामा भर्ती गराइदिने प्रलोभन देखाएर पटक–पटक गरी दुई लाख पचहत्तर हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडित शिवम यादवका दाजु सिपिन्द्र प्रसाद यादव द्वारा दिइएको जाहेरीका आधारमा सर्लाही जिल्ला प्रहरी कार्यालयले महतोलाई नियन्त्रणमा लिएको हो। ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा दर्ता भएपछि आइतबार उनलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ। सर्लाही प्रहरीले ठगीसम्बन्धी यस्ता घटनामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गर्दै, ठगीबाट बच्न सतर्क रहन समेत अनुरोध गरेको छ।
No comments:
Post a Comment