मलंगवा स्थित ताज गेस्ट हाउसमा भएको घटनामा संलग्न ब्यक्ति पक्राउ
लोकतन्त्र समाचारदाता----
सर्लाही,चैत १६
मलंगवा स्थित ताज गेस्ट हाउसमा भएको घटनामा संलग्न ब्यक्ति पक्राउ परेको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ९ स्थित बाल मन्दिर चौकमा रहेको ताज गेष्ट हाउस एण्ड लँजको कोठा नं. ९ मा गत बुधबार एक महिलाको शंकास्पद मृत्यु भएको थियो । दिउँसो करिब ३ बजे उक्त कोठामा एक महिला सिलिङ फ्यानमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलमा फेला परेको भारतीय आधार कार्ड र निर्वाचन आयोगको परिचयपत्रको आधारमा'आरती' नाम गरेकी मृतक महिला भारतको पहिचान दिल्ली राज्य, रोशनपुरा जिल्ला निवासी प्रविनकी २९ वर्षीया श्रीमतीको रुपमा गरिएको छ।
शव फेला परेको कोठा जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० निवासी ३९ वर्षीय मो. सेराजले बुक गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई बिहिवार पक्राउ गरी आत्महत्या दुरुत्साहन गर्न नहुने कसूरमा सर्लाही जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment