लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ६
सर्लाहीको पर्सा गाउँपालिका वडा न-६ स्थित गाउँपालिका चौकबाट लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार सोमबार साँझ करिब ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार ब्रह्मपुरी गाउँपालिका वडा न-६ बस्ने सुनिल कुमार यादवको छोरा अन्दाजी बर्ष २२ को राहुल कुमार यादवको पाइन्टको गोजीबाट नाइट्राभेट ट्याबलेट ४१ पाता (१२३० पिस), स्पाइस ७ पाता (१६८ पिस) र सिनारेक्स १०० एमएलको एक बोतल फेला परेको छ। खानतलासीको क्रममा मोटरसाइकल चालक सोही ठाउँका बेचन राय यादवको छोरा अन्दाजी बर्ष १९ को रबि कुमार यादवको साथबाट भने केही फेला नपरेको डिएसपी राईले जानकारी दिए।
पक्राउ परेका दुवै युवालाई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गराइ हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment