सर्लाहीको पर्साबाट पेस्तोलसहित एक युवक पक्राउ
लोकतन्त्र समाचारदाता----
सर्लाही, वैशाख २०
सर्लाहीको पर्सा गाउँपालिका वडा न-२ स्थित रहेको रबि होटलबाट एक युवक हतियार सहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा गएको प्रहरी टोलीले शनिबार साँझ अन्दाजी ५:१५ बजे सोही पालिकाको वडा न-४ बस्ने राजदेव साहका २३ वर्षीय छोरा दिपक साहलाई नियन्त्रणमा लिएको हो।
नारायणपुर प्रहरी चौकीबाट खटिएको टोलीले साहलाई सानो कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक थान सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ परेका साहलाई जिप्रका मलंगवाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएको छ।
No comments:
Post a Comment