Friday, June 28, 2024

हरिवन स्थित नापी र मालपोत कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा ,मन्त्री द्वय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी र रक्षामन्त्री उप्रेती द्वारा संयुक्तरूपमा उद्घाटन सम्पन्न


 


मनोज यादव---

सर्लाही,असाढ १४

      सर्लाहीको हरिवनस्थित नापी र  मालपोत कार्यालयको सम्पूर्ण निर्माणकार्य पूरा भएपछि यसको विधिवत उद्घाटन  गरिएको छ।ती दुवै कार्यालय भवनको शुक्रवार एक समारोहका बिच संघीय सरकारका भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र रक्षामन्त्री हरि प्रसाद उप्रेतीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

     उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री उप्रेतीले  १२ वर्षको जनआन्दोलनले गर्दा खराब स्थितिमा पुगिसकेको नेपाललाई सम्बृद्ध बनाउछुन भनेर सबै नेपाली जनता एकैसाथ अठोट गरे अबको १० वर्षको भित्रमा हाम्रो देश पनि छिमेकी देश भारत र चिनको जस्तै सम्बृद्ध हुने बताएका छन्  । अढाई करोड जनता र प्राकृतिक सम्पदाले भरिपुर्ण हाम्रो देश १२ वर्षको जनआन्दोलनले गर्दा पछाडी परेको बताउँदै उनले जनआन्दोलनको बेला हाम्रा भौतिक संरचनाहरु भत्किने क्रममा थिए भने सो अवधीमा छिमेकी देशमा ठुला ठुला संरचनाहरु निर्माण भइरहेका थिए भन्दै चिन्ता ब्यक्त गरेका थिए।

    हरिवन नगरपालिका वडा न–१०, नोचाँमा निर्माण भएको उक्त कार्यालयको भवन निर्माणका लागि स्थानीय बासुदेव निरौला र विश्वनाथ भट्टराईले जग्गा दान गरेका थिए। सोही अवसरमा जग्गादाता निरौला र भट्टराईलाई मन्त्री अधिकारी र उप्रेतीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए।

     भ्याट रकमबाहेक करिव ६ करोड ३१ लाख रुपैयाँमा मालपोतको ३० वटा भन्दा बढी कोठाको साढे तीन तले भवन निर्माण गरिएको छ भने भ्याट रकम बाहेक करिब ३ करोड ४ लाख रुपैयाँको लागतमा नापी कार्यालयको साढे ३ तले भवन निर्माण गरिएको छ। नेपाल सरकार ,शहरी विकास मन्त्रालय ,शहरी विकास तथा भवन निर्माण विभाग ,संघीय आयोजना कार्यान्वयन इकाई ,धनुषाको प्राविधिक सुपरिवेक्षणमा उक्त भवनहरु निर्माण भएको नापी अधिकृत छत्र बहादुर लुंगेलीले जानकारी दिए।

       यस अघि यी दुई कार्यालयका भवनहरु छुट्टाछुट्टै भाडाको घरबाट संचालन हुँदा सेवाग्राहीलाई समस्या हुँदै आएकोमा अब सुलभ पहुँच भएको स्थानबाट कार्यालय संचालन हुँदा जिल्लाको हरिवनसहित,बागमती ,लालबन्दी र हरिपुर नगरपालिकाका करिब १ लाख भन्दा बढी जनताहरुलाई सेवा लिन सहज भएको नापी प्रमुख लुंगेलीले बताए ।

    उद्घाटन समारोहमा भूमी व्यवस्था मन्त्रालयका मुख्य सचिव गोकर्णमणि दवाडी ,हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगायत जिल्लाका ५ वटै सुरक्षा निकायका प्रमुख  र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


कबिलासीका न्यायीक समिति तथा जनप्रतिनिधिहरुलाई न्याय सम्पादन सम्वन्धी तालिम प्रदान




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १४

     सर्लाहीको कबिलासी नगरपालिकाले आफ्ना जनप्रतिनिधि र न्यायीक समितिका सदस्यहरुलाई न्याय सम्पादन  सम्वन्धी ३ दिने तालिम प्रदान गरेको छ । नगरपालिकाको न्यायीक समितिको कार्यालयको आयोजना तथा सामाजिक विकास केन्द्र नेपालसँगको सहकार्यमा संचालित उक्त  तालिमको हिजो(बिहीबार) समापन गरिएको छ ।

    सदरमुकाम  मलंगवा स्थित महेन्द्र होटलमा संचालन भएको उक्त तालिममा सहभागी भएका १० वटा वडाका वडाअध्यसहित न्यायीक समितिका सदस्यहरुलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश द्वय सुर्य बहादुर थापा,विष्णु रेग्मी तथा श्रेस्तेदार सदन अधिकारी,फोकल पर्सन दिनकर राय यादव र सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम निर्देशक बिरेन्द्र गुप्ता 

लगायतले स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपाय,मेलमिलापकर्ताको आचार संहिता तथा गर्न नहुने काम लगायतका कानूनको बारेमा प्रशिक्षण दिएका थिए।

   तालिममा सहभागी प्रशिक्षार्थी वडाअध्यक्षहरुले स्थानीय स्तरमा न्याय सम्पादन गर्न यस किसिमको तालिम अतिआवश्यक रहेकोले प्रशिक्षण लिइसके पश्चात् गाउँघरमा हुने विभिन्न सामाजिक घटनाहरुको समाधान गर्न सहज हुने बताएका छन् ।

     तालिमको समापन सत्रमा न्यायीक समितिका संयोजक एवं उपमेयर पुनम कर्णले प्रशिक्षक द्वय जिल्ला न्यायाधीश सुर्य बहादुर थापा र श्रेस्तेदार सदन अधिकारीलाई सहभागीहरुलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

     नगर उपप्रमुख कर्णको अध्यक्षता  तथा नगरप्रमुख ब्रम्हदेव रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,  कार्यपालिका सदस्य विनय कर्ण,वडा न-९ सलेमपुरका वडाअध्यक्ष राम दिनेश राय,वडा न-६ जमुनियाका पुरुषोत्तम राय लगायत विभिन्न वडाका वडाअध्यक्ष ,न्यायीक समिति सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो।

Tuesday, June 25, 2024

कबिलासीका न्यायिक समिति र जनप्रतिनिधिको लागि ३ दिने न्याय सम्पादन सम्बन्धी तालिम सुरु

  

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ११

     सर्लाहीको कबिलासी नगरपालिकाका न्यायिक समिति र वडाका जनप्रतिनिधिहरुको लागि न्याय सम्पादन सम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ । 

कविलासी नगरपालिकाले सामाजिक विकास केन्द्र नेपाल मलंगवासँग सहकार्य गरी आफ्ना न्यायीक समितिका सदस्य र वडाअध्यक्षहरुलाई तालिम दिन सुरु गरेको हो । 

     जिल्लाको सदरमुकाम मलंगवा स्थित सुजाता होटलमा संचालन भइरहेको तालिममा १२ वटा वडाका वडाअध्यक्ष र न्यायीक समितिका सदस्यहरु गरि २० जना सहभागी भएका छन् ।

    उक्त  तालिमको मंगलबार बिहान उपमेयर एवं न्यायीक समितिका संयोजक पुनम कर्णको अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नगरप्रमुख ब्रम्हदेव राय, कार्यपालिका सदस्य विनय कर्ण, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,सामाजिक अभियन्ता एवं सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत विरेन्द्र गुप्ताकोसहितको उपस्थितिमा उद्घाटन गरिएको हो। 

    असाढ १३ गतेसम्म संचालन हुने तालिममा स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपायहरुको साथै न्यायीक कार्य सम्बन्धि विभिन्न व्यवस्थाहरुको बारेमा बारेमा जानकारी गराइने न्यायीक समितिका संयोजक एवं उपप्रमुख कर्णले बताए।

   उक्त तालिममा जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मी र इजलास समितिका सिकिन्दर कापडले सहभागीहरुलाई सहजीकरण गरिरहेका छन् । 


Saturday, June 22, 2024

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

 


दिपेश कुमार शाह----

रौतहट,असाढ ८

रौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत  विद्यालय वक्तित्व कला प्रतियोगितामा  मावि भसेडवा प्रथम भएका छन।  

नेपालमा भ्रष्टाचारको अखाडा बनाएको छ्न,मेयर अन्य कर्मचारी किनन्होश लूट तन्त्रर मात्रै हो अध्यक्ष चन्दन कुशवाहाले बताए ।

   LIC जीवन बिमाका  रौतहट इन्चार्ज जाटाशंकर सोनीले  खुसीभई प्रथम विद्यार्थीलाई  नगद पुरस्कार रु १५०० दिएर सम्मान गरेको हो 

   घरहरूमा भित्री वायु प्रदूषणको तह व्यापक छ र यो तुलनात्मक रूपमा कम जानकारी बाहिरिएको क्षेत्र हो, किनभने मेरो छिमेकीको घरमा मेरो घर भन्दा फरक वायु प्रदूषणको स्तर हुन सक्छ।घर वा कार्यालय भित्र हुने प्रदूषण सम्बन्धी विषय अत्यन्त जटिल छ र यसको नियमन पनि फितलो छ। यस्तो प्रदूषण अक्सर व्यक्तिगत नियन्त्रण भन्दा बाहिर हुन्छ। उदाहरणका लागि सवारीसाधनहरूले नाइट्रोजन डाइअक्साइड उत्पन्न गर्छन् भने आर्द्रता र संरचनात्मक समस्याहरूले भवनहरूलाई बिगार गर्न सक्छन्।उच्च क्षमता भएका हाइ एफिसिएन्सी पार्टिकुलेट एअर (हेपा) फिल्टरहरू भएका 'एयर प्युरिफायर' हरूले भने मद्दत गर्न सक्छन्।तर सुरुवाती लागत अनि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने ऊर्जा भने केही घरपरिवारको पहुँच भन्दा बाहिर जान सक्छ।सस्तो पर्ने हुँदा पनि हावा सफा गर्नका लागि गमलामा रोप्न सकिने बिरुवाबारे सोच्नु आकर्षक मानिन्छ।बोट बिरुवाहरूले कार्बन डाइअक्साइड र अन्य प्रदूषण ग्रहण गर्छन् जुन केही हदसम्म बिरुवाहरूले खपत गर्छन् र बाँकी निष्क्रिय पारि दिन्छन् जनता मा बिका नेपाली शिक्षा अचल साहीले बताए।

जसमा प्रथम  मावि भसेडवाका अनु कुमारी यादव , दृतिय अबि मावि डुमारिया की छात्रा खुस्बु नेशा  ,तृतीय जनता मा बी  कटहरीया छात्रा कविता कुमारी कुशवाहा  ,स्थान अधार भुत बिधालय बिर्ती प्रस्टोका ग्राउन्डमा सम्पन्न भएको थिए । प्रथम,दृतिय, तृतीय लगाएताका सबैजनालाई समान सुरुप  नगद र प्रशासा पत्र सहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा ९ विद्यालयका १८ विद्यार्थीको सहभागीता रहेको कटहरीया वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले   बताउनुभयो ।  त्यसै वडाका वडा अध्यक्ष समकन्त प्रसाद यादव र नगरपालिकाको शिक्षा संयोजक अनिल कुमार निधि गुजरा नगरपालिकाको शिक्षा संयोजक शिव मङ्गल प्रसाद शाह वडाका सचिव छोटेलाल मिश्र लगायतका विद्यार्थीहरू   सहभागी रहेका थिए।

Tuesday, June 18, 2024

रास्वपा सर्लाहीले दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमहरु गरि मनाउने

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ४

 राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । केन्द्रीय निर्देशन अनुसार जिल्ला कार्यसमिति सर्लाहीले पनि नगर तथा वडा स्तरमा विविध कार्यक्रमहरु गरि स्थापना दिवस मनाउने रास्वपा सर्लाहीले जानकारी गराएको छ।

      वार्षिक उत्सव मनाउने विषयलाई लिएर लालबन्दी नगरपालिका वडा न-१ स्थित पार्टी कार्यालयमा बसेको  जिल्ला स्तरीय बैठकको निर्णय अनुसार असाढ ३ गते पत्रकारहरुलाई कार्यक्रम बारे जानकारी गराइसके पश्चात् असाढ ५ गते   सबै वडा तथा नगरका विभिन्न सार्वजनिक ठाँउहरुको सरसफाइ तथा वृद्धा आश्रम, बाल आश्रम,गरिब जेहेन्दार ब्यक्तिलाई फलफूल तथा केही सरसमान वितरण गर्ने,असाढ ६ गते  विभिन्न वडा तथा नगरमा बृक्षारोपन कार्यक्रम गर्ने र ७ गते सदरमुकाम मलंगवामा चियापान कार्यक्रम तय भएको जिल्ला संयोजक कमलेश साहले जनाएको छ। 

    यही असाढ ७ गते रास्वपा गठन भएको दुई वर्षपुग्दैछ । 

Thursday, June 13, 2024

कबिलासीका दलित ,गरिब र विपन्न समुदायका लागि ३ दिने जनचेतना तथा सीपमूलक तालिम सुरु




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ३१

     सर्लाहीको कबिलासी नगरपालिकामा ३ दिने जनचेतना तथा सीप विकास तालिम बिहीबारबाट सुरु भएको छ। कबिलासी न.पा को आर्थिक वर्ष २०८०/०८१ को नगर स्तरीय कार्यक्रम अन्तर्गत श्री साई बाबा सामुदायिक विकास उत्थान संस्था सलेमुपुर द्वारा आयोजित उक्त उक्त कार्यक्रमको बिहिवार नगर उपप्रमुख पुनम कर्णले उद्घाटन गर्नुभएको हो।

    कबिलासी नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने दलित,गरिब र विपन्न वर्ग समुदायका महिला तथा पुरुषहरुको जिवनस्तर उकास्न विभिन्न सीप तथा रोजगार सम्बन्धि ज्ञान दिई ती समुदायका मानिसहरुमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उद्घाटन कार्यक्रमका संचालक एवं आयोजक संस्थाका सदस्य  आकाश कुमार यादवले बताए ।

    असाढ १ गते शनिवार सम्म संचालन हुने उक्त तालिममा सहभागी भएका लक्षित समुदायका महिला तथा पुरुषहरुलाई सुजित साह,बनिता कार्की र बिरेन्द्र गुप्ताले सहजिकरण गरिरहेका छन् ।

    बिहिवार सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कर्ण,वडा न-९ का वडाअध्यक्ष दिनेश राय,वडा न-८ का वडाअध्यक्ष विरेन्द्र साह,वडा न-७ का वडाअध्यक्ष धर्मेन्द्र राय,कबिलासी-९ का स्थानीय राजकुमार यादव लगायतको उपस्थिति रहेको थियो।