Friday, June 28, 2024

हरिवन स्थित नापी र मालपोत कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा ,मन्त्री द्वय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी र रक्षामन्त्री उप्रेती द्वारा संयुक्तरूपमा उद्घाटन सम्पन्न


 


मनोज यादव---

सर्लाही,असाढ १४

      सर्लाहीको हरिवनस्थित नापी र  मालपोत कार्यालयको सम्पूर्ण निर्माणकार्य पूरा भएपछि यसको विधिवत उद्घाटन  गरिएको छ।ती दुवै कार्यालय भवनको शुक्रवार एक समारोहका बिच संघीय सरकारका भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र रक्षामन्त्री हरि प्रसाद उप्रेतीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

     उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री उप्रेतीले  १२ वर्षको जनआन्दोलनले गर्दा खराब स्थितिमा पुगिसकेको नेपाललाई सम्बृद्ध बनाउछुन भनेर सबै नेपाली जनता एकैसाथ अठोट गरे अबको १० वर्षको भित्रमा हाम्रो देश पनि छिमेकी देश भारत र चिनको जस्तै सम्बृद्ध हुने बताएका छन्  । अढाई करोड जनता र प्राकृतिक सम्पदाले भरिपुर्ण हाम्रो देश १२ वर्षको जनआन्दोलनले गर्दा पछाडी परेको बताउँदै उनले जनआन्दोलनको बेला हाम्रा भौतिक संरचनाहरु भत्किने क्रममा थिए भने सो अवधीमा छिमेकी देशमा ठुला ठुला संरचनाहरु निर्माण भइरहेका थिए भन्दै चिन्ता ब्यक्त गरेका थिए।

    हरिवन नगरपालिका वडा न–१०, नोचाँमा निर्माण भएको उक्त कार्यालयको भवन निर्माणका लागि स्थानीय बासुदेव निरौला र विश्वनाथ भट्टराईले जग्गा दान गरेका थिए। सोही अवसरमा जग्गादाता निरौला र भट्टराईलाई मन्त्री अधिकारी र उप्रेतीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए।

     भ्याट रकमबाहेक करिव ६ करोड ३१ लाख रुपैयाँमा मालपोतको ३० वटा भन्दा बढी कोठाको साढे तीन तले भवन निर्माण गरिएको छ भने भ्याट रकम बाहेक करिब ३ करोड ४ लाख रुपैयाँको लागतमा नापी कार्यालयको साढे ३ तले भवन निर्माण गरिएको छ। नेपाल सरकार ,शहरी विकास मन्त्रालय ,शहरी विकास तथा भवन निर्माण विभाग ,संघीय आयोजना कार्यान्वयन इकाई ,धनुषाको प्राविधिक सुपरिवेक्षणमा उक्त भवनहरु निर्माण भएको नापी अधिकृत छत्र बहादुर लुंगेलीले जानकारी दिए।

       यस अघि यी दुई कार्यालयका भवनहरु छुट्टाछुट्टै भाडाको घरबाट संचालन हुँदा सेवाग्राहीलाई समस्या हुँदै आएकोमा अब सुलभ पहुँच भएको स्थानबाट कार्यालय संचालन हुँदा जिल्लाको हरिवनसहित,बागमती ,लालबन्दी र हरिपुर नगरपालिकाका करिब १ लाख भन्दा बढी जनताहरुलाई सेवा लिन सहज भएको नापी प्रमुख लुंगेलीले बताए ।

    उद्घाटन समारोहमा भूमी व्यवस्था मन्त्रालयका मुख्य सचिव गोकर्णमणि दवाडी ,हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगायत जिल्लाका ५ वटै सुरक्षा निकायका प्रमुख  र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment