Thursday, June 13, 2024

कबिलासीका दलित ,गरिब र विपन्न समुदायका लागि ३ दिने जनचेतना तथा सीपमूलक तालिम सुरु




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ३१

     सर्लाहीको कबिलासी नगरपालिकामा ३ दिने जनचेतना तथा सीप विकास तालिम बिहीबारबाट सुरु भएको छ। कबिलासी न.पा को आर्थिक वर्ष २०८०/०८१ को नगर स्तरीय कार्यक्रम अन्तर्गत श्री साई बाबा सामुदायिक विकास उत्थान संस्था सलेमुपुर द्वारा आयोजित उक्त उक्त कार्यक्रमको बिहिवार नगर उपप्रमुख पुनम कर्णले उद्घाटन गर्नुभएको हो।

    कबिलासी नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने दलित,गरिब र विपन्न वर्ग समुदायका महिला तथा पुरुषहरुको जिवनस्तर उकास्न विभिन्न सीप तथा रोजगार सम्बन्धि ज्ञान दिई ती समुदायका मानिसहरुमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उद्घाटन कार्यक्रमका संचालक एवं आयोजक संस्थाका सदस्य  आकाश कुमार यादवले बताए ।

    असाढ १ गते शनिवार सम्म संचालन हुने उक्त तालिममा सहभागी भएका लक्षित समुदायका महिला तथा पुरुषहरुलाई सुजित साह,बनिता कार्की र बिरेन्द्र गुप्ताले सहजिकरण गरिरहेका छन् ।

    बिहिवार सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कर्ण,वडा न-९ का वडाअध्यक्ष दिनेश राय,वडा न-८ का वडाअध्यक्ष विरेन्द्र साह,वडा न-७ का वडाअध्यक्ष धर्मेन्द्र राय,कबिलासी-९ का स्थानीय राजकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

    

   

No comments:

Post a Comment