Friday, June 28, 2024

कबिलासीका न्यायीक समिति तथा जनप्रतिनिधिहरुलाई न्याय सम्पादन सम्वन्धी तालिम प्रदान




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १४

     सर्लाहीको कबिलासी नगरपालिकाले आफ्ना जनप्रतिनिधि र न्यायीक समितिका सदस्यहरुलाई न्याय सम्पादन  सम्वन्धी ३ दिने तालिम प्रदान गरेको छ । नगरपालिकाको न्यायीक समितिको कार्यालयको आयोजना तथा सामाजिक विकास केन्द्र नेपालसँगको सहकार्यमा संचालित उक्त  तालिमको हिजो(बिहीबार) समापन गरिएको छ ।

    सदरमुकाम  मलंगवा स्थित महेन्द्र होटलमा संचालन भएको उक्त तालिममा सहभागी भएका १० वटा वडाका वडाअध्यसहित न्यायीक समितिका सदस्यहरुलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश द्वय सुर्य बहादुर थापा,विष्णु रेग्मी तथा श्रेस्तेदार सदन अधिकारी,फोकल पर्सन दिनकर राय यादव र सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम निर्देशक बिरेन्द्र गुप्ता 

लगायतले स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपाय,मेलमिलापकर्ताको आचार संहिता तथा गर्न नहुने काम लगायतका कानूनको बारेमा प्रशिक्षण दिएका थिए।

   तालिममा सहभागी प्रशिक्षार्थी वडाअध्यक्षहरुले स्थानीय स्तरमा न्याय सम्पादन गर्न यस किसिमको तालिम अतिआवश्यक रहेकोले प्रशिक्षण लिइसके पश्चात् गाउँघरमा हुने विभिन्न सामाजिक घटनाहरुको समाधान गर्न सहज हुने बताएका छन् ।

     तालिमको समापन सत्रमा न्यायीक समितिका संयोजक एवं उपमेयर पुनम कर्णले प्रशिक्षक द्वय जिल्ला न्यायाधीश सुर्य बहादुर थापा र श्रेस्तेदार सदन अधिकारीलाई सहभागीहरुलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

     नगर उपप्रमुख कर्णको अध्यक्षता  तथा नगरप्रमुख ब्रम्हदेव रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,  कार्यपालिका सदस्य विनय कर्ण,वडा न-९ सलेमपुरका वडाअध्यक्ष राम दिनेश राय,वडा न-६ जमुनियाका पुरुषोत्तम राय लगायत विभिन्न वडाका वडाअध्यक्ष ,न्यायीक समिति सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment