लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिव साह मनोनीत
लोकतन्त्र समाचारदाता---
सर्लाही, बैशाख १२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिव कुमार साह कानु मनोनित भएका छन् । संघको संशोधित विधानअनुसार उनलाई आज जिल्ला संयोजक पदमा मनोनीत गरिएको हो।
मनोनयनसँगै संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले एक सूचना जारी गरि पत्रकार साहप्रति शुभकामना व्यक्त गर्दै देश, मधेश, पत्रकारिता र पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन्।
नवमनोनीत संयोजक साह पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। हाल मेरो सान अनलाइन टिभीमा कार्यतरत साह संघमा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
No comments:
Post a Comment