पत्रकारिता क्षेत्रका चुनौती, अवसर र सुरक्षाबारे सर्लाहीमा संवाद कार्यक्रम सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही, चैत्र २९
युरोपियन युनियनको आर्थिक एवं इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा सञ्चालित ‘लोकतन्त्रको सुदृढीकरण नागरिक आवाज, नागरिक सहभागिता र जवाफदेहिता’ परियोजना अन्तर्गत “सर्लाही जिल्लाको पत्रकारिता चुनौती, अवसर र सुरक्षा” विषयक संवाद कार्यक्रम बिहीबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासंघका केन्द्रीय सचिव प्रकाश धौलाकोटी, प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, अनुसन्धानका डिएसपी राम रिझन यादव, नेपाल बार एसोसिएसन सर्लाहीका अध्यक्ष ओम प्रकाश थापा, नागरिक समाज,मानवअधिकारकर्मी,विभिन्न प्रेस संगठनका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, सञ्चारकर्मीले भोगिरहेका चुनौती, अवसरका सम्भावना तथा सुरक्षासम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरूको पेशागत सुरक्षालगायत विषयमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरुले यस्ता संवाद कार्यक्रमहरूले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र प्रभावकारी बनाउनमा मद्दत पुग्ने निष्कर्ष निकालेका थिए।
मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संचालन महासंघका जिल्ला सचिव सोम दियालीले गरेका थिए।
No comments:
Post a Comment