सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषधसहित एक ब्यक्ति पक्राउ परेको छ। ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली सोमबार राती करिब साढे १२ बजेको समयमा मोहनपुर टोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा हरिवन-३, डावरी टोल निवासी कर्ण बहादुर घिसिङका अन्दाजी ३६ वर्षीय छोरा मान बहादुर घिसिङलाई लागुऔषधसहित पक्राउ गरेको हो। विशेष सुराकीको आधारमा सो सडकमा चेकजाँच गर्दै गर्दा र्घिसिङले चलाएको ना.२४ प.६९०३ नम्बरको मोटरसाइकलको पछाडिको सिटमा राखिएको दुईवटा बोरामा लागू औषध Onerex Syrup र Winecerex Syrup गरी कुल ४५८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका लागू औषधमध्ये Winecerex लेखिएको १०० एमएलका ३१३ बोतल र Onerex लेखिएको १०० एमएलका १४५ बोतल रहेका छन्। प्रहरीले घटनास्थलबाट उक्त मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ। घिसिङलाई लागू औषध सम्बन्धी कसुरमा पक्राउ गरी मंगलबार सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment