मुख्यमन्त्री सिंहद्वारा बरहथवाका पाँच निजी अस्पताल बन्द गर्न निर्देशन
मनोज यादव---
सर्लाही, वैशाख ३
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार बरहथवा बजारस्थित विभिन्न निजी अस्पतालहरूको अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालनमा रहेका पाँच अस्पतालहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहको उपस्थितिमा भएको अनुगमनका क्रममा संकटमोचन हस्पिटल, संजीवनी हस्पिटल, ह्यापी हस्पिटल, सर्लाही गोल्डेन हस्पिटल र भेनस हस्पिटल स्वास्थ्य मापदण्ड पूरा नगरेको पाइएको हो। ती अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत तथा अस्पताल अनुगमन समितिका सदस्य सचिव संतोष कुमार ठाकुरले जानकारी दिए।
ठाकुरका अनुसार ती अस्पतालहरूमा न त आवश्यक जनशक्ति थिए, न त आधारभूत स्वास्थ्य उपकरणहरू नै। साथै, कतिपयले सरकारी अनुमति विना सेवा सञ्चालन गरिरहेका थिए।
मुख्यमन्त्री सिंहले बरहथवा नगर अस्पतालको पनि अनुगमन गरेका छन्।
लामो समयदेखि अस्पतालहरूको लापरवाही र मनोमानीप्रति ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायहरू मौन थिए। प्रदेश सरकारले कडाइका साथ स्वास्थ्य क्षेत्रमा अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment