Saturday, June 3, 2023
सर्लाहीको विष्णु गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगी फेला पर्यो
सर्लाहीको विष्णु गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगी फेला पर्यो
गर्मी बढेपछि सर्लाहीका विद्यालयहरु पाँच दिनको लागि बन्द,कतिपयले period को समय घटाएर बिहान १० बजेसम्म विद्यालय संचालन
गर्मी बढेपछि सर्लाहीका विद्यालयहरु पाँच दिनको लागि बन्द,कतिपयले period को समय घटाएर बिहान १० बजेसम्म विद्यालय संचालन
मनोज यादव-----
सर्लाही,जेष्ठ २०
सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित बन्न थालेपछि यसको असर सबैभन्दा विद्यालय जाने बालबालिकाहरुमा परेको छ ।दिनभरि चल्ने तातो हावा(लु)र चर्को घामका कारण पठनपाठनमा समस्या भएपछि शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले एक सूचना जारी गर्दै जिल्लाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु ५ दिनको लागि बन्द गर्ने निर्देशन दिएको छ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले २०८० जेष्ठ २१ गतेदेखि यही जेष्ठ २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न निर्देशन दिएको शि.वि.तथा स.इकाई कार्यालय सर्लाहीका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारले जनाएको छ।
संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भने आआफ्नो अनुकुल बिदा दिने जनाइएको छ भने केही सामुदायिक विद्यालयहरुले बिदा नदिइ कक्षाको(period) समयावधि घटाएर बिहान १० बजेसम्म गरेको छ।
मुस्लिम बोर्ड नेपालले सर्लाहीका हज यात्रीहरुलाई प्रशिक्षण दिएर गरे बिदा
मुस्लिम बोर्ड नेपालले सर्लाहीका हज यात्रीहरुलाई प्रशिक्षण दिएर गरे बिदा
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ २०
मुस्लिम बोर्ड नेपालले मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले सर्लाहीका हज यात्रीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
डा.मोवश्शिर हसन मिस्बाहीको अध्यक्षता तथा हजरत अल्लामा ईमामुद्दीन कादरीको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका वडा न-३ स्थित जिलानिया जामे मस्जिद, मदरसा जिलानियामा आयोजना भएको कार्यक्रममा हज यात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगा लगाउने र दानपुन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
सम्पन्नशाली व्यक्तिको जिवनकालमा "हज" एकचोटी अनिर्वाय मानिन्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता र गल्तीको क्षमा याचना गरि गएको खण्डमा "हज"पुरा हुने बोर्डका अध्यक्ष मिस्वाहीले बताए। उनका अनुसार हज गरिसकेपछि हाजी निस्पाप र पवित्र हुन्छ र पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नु पर्दछ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने मिस्बाहीले बताए ।
यसवर्ष सर्लाही जिल्लाभरीबाट ४४ जनालाई हज कोटा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी गराएको छ ।
दारुल उलूम बाज-ए-अशहब बारी कुण्ड जिल्ला प्रतापगढ यूपीका निर्देशक हजरत अल्लामा इमामुद्दीन कादरी बुर्हानीले प्रशिक्षण दिएको कार्यक्रममा तीर्थयात्री बाहेक जिल्लाका दर्जनौं ख्याति प्राप्त ओलमा, मशैख तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।बुहार्नीले सहभागीहरुलाई हजको अनुष्ठानको सामान्य ज्ञानमा महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए।
कार्यक्रममा तीर्थयात्रीलाई ओल्मा करमको पवित्र हातबाट गुल पोशी अर्पण गरिएको थियो भने मुस्लिम बोर्ड नेपालले हजरत अल्लामा इमामुद्दीन कादरीलाई उनको शैक्षिक तथा तालिम सेवाको लागि इमाम गजाली पुरस्कार प्रदान गरिएको थियो।
दुई सत्रमा संचालन भएको कार्यक्रममा हजरत अल्लामा मेराज अश्दक रिज्वी , मौलाना अली हसन, मौलाना शमसुल खान,हाफीज नसिर हुसैन गजाली लगायतको उपस्थिति रहेको खुटौनाका युवा कैमुल हुसैनले जनाएको छ।
हज कोटामा परेका सर्लाहीको विभिन्न ठाउँका हज यात्रीहरुको शुक्रवार धुमधामका साथ विदाइ गरिएको छ।आफन्त तथा घरपरिवारका सदस्यहरुले उनीहरुलाई मलंगवा-९ स्थित बालमन्दिरको प्रांगणबाट फुलको माला पहिर्याएर विदाइ गरेका हुन्।
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि शैक्षिक अन्तरक्रिया
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि शैक्षिक अन्तरक्रिया
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ २०
शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२३ अन्तर्गत सार्वजनिक शिक्षा सुदृढीकरणका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रवार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीको (NCE) को आयोजना तथा एजुकेसन आउट लाउड र जिपिइको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दलित बालबालिकाहरुको शिक्षामा पहुँच बढाएर विद्यालयमा टिकाइ राख्न सहभागीता मुलक योजना प्रक्रियालाई लक्षित गरि स्थानीय तहका प्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तरक्रिया गरिएको संघका कार्यक्रम अधिकृत एवं कार्यक्रमका संचालक गोविन्द पासवानले जानकारी दिएको छ।
कार्यक्रममा दलित बालबालिकालाई शिक्षाको महत्व, विद्यालय टिकाउको लागि गर्न सकिने पहलकदमी, दलित बालबालिकालाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउन आउन सक्ने चुनौति लगायतका विषयमा छलफल भएको थियो। पढने ईच्छा भएका दलित बालबालिकाको कमजोर आर्थिक अवस्था र अभिभावकको आम्दानीको आयस्रोत नहुँदा शैक्षिक सामाग्री समेत खरिद गर्ने अवस्था नरहेका दलित बालबालिकाहरुले बिचमै पढाइ छाड्ने गरेको सहभागी अतिथिहरुको भनाई रहेको छ ।
एन.सि.इ का अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, नेपाली काँग्रेसका नेता विनय कर्ण,तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अशोक रौनियार,संघका सल्लाहकार गोविन्द पासवन,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा,प्रेरणाका मुकेश झा,ओरेक नेपालकी ममता साह,सि.डब्लु.एसका अध्यक्ष सुन्दर श्याम राय लगायतका अतिथिहरुले कार्यक्रमको विषयबस्तु उपर आआफ्नो धारणा तथा सुझाव राखेका थिए।
यसै कार्यक्रम मार्फत एन.सि.इ का अध्यक्ष पासवनले नेपालको संविधानले गरेको व्यवस्था अनुरुप शिक्षाको मौलिक हकलाई व्यवहारत कार्यान्वयन गर्न दिगो विकास लक्ष्यले लिएको संकल्प र विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण महत्त्वपूर्ण रहेकोले राजनीतिक दलहरुले निर्वाचनका बखत घोषणापत्र मार्फत गरेको प्रतिबद्धता अनुरुप मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गर्न भन्दै कबिलासी न.पा की उपमेयर कर्णलाई सुझाव पत्र बुझाएका थिए।सुझाव पत्र ग्रहण गर्दै कर्णले चुनावको बखत गरेको संकल्प आफुलाई सम्झना रहेको र आउँदो आ.व २०८०/०८१ को लागि बजेट विनियोजन गर्दा मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
Friday, June 2, 2023
दलित बालबालिकाको शिक्षामा पहुँचका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया
दलित बालबालिकाको शिक्षामा पहुँचका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ १९
सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित बालबालिकाको शिक्षामा पहुँचको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीकोआयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यक्रममा दलित बालबालिकाहरुको शिक्षामा पहुँच बढाएर विद्यालयमा टिकाइ राख्न सहभागीता मुलक योजना प्रक्रियालाई लक्षित गरि स्थानीय तहका प्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तरक्रिया गरिएको संघका कार्यक्रम अधिकृत एवं कार्यक्रमका संचालक गोविन्द पासवानले जानकारी दिएको छ।
कार्यक्रममा दलित बालबालिकालाई शिक्षाको महत्व, विद्यालय टिकाउको लागि गर्न सकिने पहलकदमी, दलित बालबालिकालाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउन आउन सक्ने चुनौति लगायतका विषयमा छलफल भएको थियो। पढने ईच्छा भएका दलित बालबालिकाको कमजोर आर्थिक अवस्था र अभिभावकको आम्दानीको आयस्रोत नहुँदा शैक्षिक सामाग्री समेत खरिद गर्ने अवस्था नरहेका दलित बालबालिकाहरुले बिचमै पढाइ छाड्ने गरेको सहभागी अतिथिहरुको भनाई रहेको छ ।
संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण,नेपाली काँग्रेसका नेता विनय कर्ण,तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अशोक रौनियार,संघका सल्लाहकार गोविन्द पासवन,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा,प्रेरणाका मुकेश झा,ओरेक नेपालकी ममता साह,सि.डब्लु.एसका अध्यक्ष सुन्दर श्याम राय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
यसै कार्यक्रम मार्फत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका(एन.सि.इ)अध्यक्ष समेत रहेका संघका अध्यक्ष पासवनले नेपालको संविधानले गरेको व्यवस्था अनुरुप शिक्षाको मौलिक हकलाई व्यवहारत कार्यान्वयन गर्न दिगो विकास लक्ष्यले लिएको संकल्प र विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण महत्त्वपूर्ण रहेकोले राजनीतिक दलहरुले निर्वाचनका बखत घोषणापत्र मार्फत गरेको प्रतिबद्धता अनुरुप मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गर्न भन्दै कबिलासी न.पा की उपमेयर कर्णलाई सुझाव पत्र बुझाएका थिए।सुझाव पत्र ग्रहण गर्दै कर्णले चुनावको बखत गरेको संकल्प आफुलाई सम्झना रहेको र आउँदो आ.व २०८०/०८१ को लागि बजेट विनियोजन गर्दा मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
Thursday, June 1, 2023
बच्चालाई दूध र गाईलाई घाँस खुवाएर गरियो विश्व दुध दिवसको उद्घाटन
बच्चालाई दूध र गाईलाई घाँस खुवाएर गरियो विश्व दुध दिवसको उद्घाटन
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ १८
"दुग्ध क्षेत्रको दिगो विकास ,आर्थिक सम्बृद्धिको आधार" भन्ने मुल नाराका साथ जिल्ला भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले मधेस प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामको सहयोगमा सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व दुध दिवस मनाएको छ । मधेस प्रदेश कृषि मन्त्री गोबिन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको हो।
बिहीबार बिहान मलंगवा-१० स्थित केन्द्रको प्रागंनमा आयोजन भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कृषि मन्त्री न्यौपाने बच्चालाई दूध र विशिष्ठ अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले गाईलाई घाँस खुवाएर संयुक्तरूपमा गरेका थिए।
विज्ञ केन्द्र सर्लाहीका प्रमुख शंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि जिसस सभापति सिंह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,दुग्ध विकास बोर्डका उपाध्यक्ष डाक्टर शम्भु साह,प्रदेश सांसद बेची लुंगेली,पुर्व सांसद डिल्ली उप्रेती तथा किसान भुपेन्द्र मान श्रेष्ठ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्दै दुधको उत्पादनमा वृद्ध गर्न स्थानीय किसानहरलाई व्वसायीक रुपमा पशुपालन गर्न उत्प्रेरित गरि आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएका थिए। दुधको उत्पादन दर घटेको अवस्थामा छिमेकी देशबाट पाउडर वाला दूध ल्याएर काम चलाउनुपर्ने अवस्थालाई मध्येनजर गर्दै जिल्लामै एउटा मिल्क पाउडर प्लान्टको स्थापना गराउन पहल गरि सो समस्याको समाधान गरिदिन भन्दै उनीहरुले कृषि मन्त्री न्यौपाने सँग अनुरोध समेत गरेका थिए।
सोही अवसरमा विज्ञ केन्द्रले दूध तथा दुधजन्य पदार्थको विविधिकरण ,बजारीकरण तथा पशुपालन क्षेत्रमा विशेष योगदान गर्ने सर्लाहीका ५ वटा उत्कृष्ट संघसंस्थाहरुलाई सम्मान गरेका थिए।सम्मानित हुने संघसंस्थाहरुमा मंगलम दूध एण्ड फुड इन्डस्ट्री हरिवन-९ नयाँ रोड ,कामधेनु गौशाला प्रालि लालबन्दी -२ नवलपुर,साना कृषि सहकारी संस्था बागमती-१० शंकरपुर ,अर्गानिक नेपाल कृषि तथा पशुपालन फर्म बागमती-६ र कबिलासी-१० का हिम अमृत कृषि तथा पशु फर्म रहेका छन् ।ती ५ वटै संस्थाका संचालकहरुलाई कृषि मन्त्री न्यौपाने ,प्रदेश सांसद लुंगेली,पुर्व प्रदेश सांसद उप्रेती ,सभापति सिंह र प्रजिअ यादवले मधेसको पहिचान गमछा ओढाएर कदर पत्रको साथ संयुक्तरूपमा सम्मानित गरिएको थियो।
श्याम सुन्दर यादवले संचालन गरेकोमा कार्यक्रमा जिल्ला स्थित विभिन्न पालिकामा रहेका कृषि तथा पशुपालन संघसंस्थाका संचालक,सबै स्थानीय तहका पशुसेवा शाखा प्रमुख ,विज्ञ केन्द्रका कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
CWS द्वारा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग
CWS द्वारा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ १८
बाबुआमा गुमाएका हरिपुर्वाका २५ जना टुहुरा बालबालिकाजरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सर्लाही जिल्लालाई कार्यक्षेत्र बनाएर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका बाल कल्याण समाज(CWS)सर्लाहीले बिहिवार हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सन राईज मा.वि. हरिवन , चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी , अर्किड मा. वि. हरिवन ,महावीर जनता नमुना मा. वि. हरिपुर, शंकर शिशु सदन बोर्डिङ स्कुल जनकपुरधाम र सिद्धार्थ शिशु सदन जनकपुरधाममा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा हरिपुर्वा नपा क्षेत्रभरीका ६ वटा सामुदायिक विद्यालय बाट छनौट गरिएको २५ जना टुहुरो बालबालिकाहरुलाई अभ्यास पुस्तक , बल पेन, जुमेट्री बकस र कलर पेन्सिल सेट लगायतको शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जनाएको छ।
हरिपुर्वा न.पा-३ का वडाअध्यक्ष प्रमोद राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा श्री राष्ट्रिय आ.वि.हरिपुर्वा-३ धनकौलका प्र.अ. हरिनारायण कुशवाहा , श्री खहेरु चौधराईन प्रा. वि. हरिपुर्वा- ५ का प्र. अ. पुनम यादव , श्री जनशक्ति प्रा. वि. हरिपुर्वा-४ साहपुर का प्र. अ. रामजिवन यादव , श्री दलित आ. वि. हरिपुर्वा-५ का प्र. अ. उपेन्द्र राम लगायत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
Subscribe to:
Posts (Atom)












