Thursday, June 1, 2023

CWS द्वारा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

 

CWS द्वारा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १८

बाबुआमा गुमाएका हरिपुर्वाका २५ जना टुहुरा बालबालिकाजरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

     सर्लाही जिल्लालाई कार्यक्षेत्र बनाएर  बालबालिकाको क्षेत्रमा काम गर्दै आएका बाल कल्याण समाज(CWS)सर्लाहीले बिहिवार हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सन राईज मा.वि. हरिवन , चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी  , अर्किड मा. वि. हरिवन ,महावीर जनता नमुना मा. वि. हरिपुर, शंकर शिशु सदन बोर्डिङ  स्कुल जनकपुरधाम र सिद्धार्थ शिशु सदन जनकपुरधाममा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा हरिपुर्वा नपा क्षेत्रभरीका ६ वटा सामुदायिक विद्यालय बाट छनौट गरिएको २५ जना टुहुरो बालबालिकाहरुलाई अभ्यास पुस्तक , बल पेन, जुमेट्री बकस  र कलर पेन्सिल सेट लगायतको शैक्षिक  सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जनाएको छ।

    हरिपुर्वा न.पा-३ का वडाअध्यक्ष प्रमोद राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा श्री राष्ट्रिय आ.वि.हरिपुर्वा-३ धनकौलका प्र.अ. हरिनारायण कुशवाहा  , श्री खहेरु चौधराईन प्रा. वि. हरिपुर्वा- ५ का प्र. अ. पुनम यादव , श्री जनशक्ति प्रा. वि. हरिपुर्वा-४ साहपुर का प्र. अ. रामजिवन यादव , श्री दलित आ. वि. हरिपुर्वा-५ का प्र. अ. उपेन्द्र राम लगायत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment