Saturday, June 3, 2023

सर्लाहीको विष्णु गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगी फेला पर्यो

 


सर्लाहीको विष्णु  गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगी फेला पर्यो

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २०

    सर्लाहीको विष्णु गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन्।गाउँपालिका द्वारा संचालित एक दिने छाला रोग सम्बन्धि नि:शुल्क जाँच शिविरमा सो रोगका बिरामीहरु फेला परेका हुन।

     शिविरको क्रममा फेला परेका नयाँ कुष्ठरोगीहरुमा ४ जना बच्चाहरु पनि रहेको विष्णु गापाको स्वास्थ्य शाखाले जनाएको छ।

   छाला रोगका बिरामीहरुको खोजी तथा उपचारको लागि गाउँपालिकाले आयोजना गरेको छाला रोग सम्बन्धि एक दिने नि:शुल्क जाँच शिविरको गापा अध्यक्ष जवाहरलाल यादवले उद्घाटन गरेका थिए। स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता सम्पन्न भएको शिवरमा लालगढ अस्पताल धनुषाका प्राविधिक डा.अशोक राई र मिनाली तामाङले बिरामीहरुको जाँच गरेका थिए।

    शुक्रवार सम्पन्न भएको उक्त शिविरबाट महिला,पुरुष र बच्चाहरु समेत गरि ५७० जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ। 


No comments:

Post a Comment