Saturday, August 31, 2024

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पुरानो घर निलाम बिक्री सम्बन्धि ७ दिने सार्वजनिक सूचना ।

 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पुरानो घर निलाम बिक्री सम्बन्धि ७ दिने सार्वजनिक सूचना ।






सम्पर्क -
    बिगु प्रसाद चौधरी(कोषाध्यक्ष)
☎️9844032132
     ईन्दु योन्जन(स-सचिव)
☎️9854037567
     सुनिल कुशवाहा(स-सचिव)
☎️9844385223




Friday, August 16, 2024

सुनचाँदी व्यवसायी संघ सर्लाहीको अध्यक्षमा विनय कुमार साह प्यानल सहित बिजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३२

    सुनचाँदी व्यवसायी संघ सर्लाहीको आज (शुक्रवार) सम्पन्न निर्वाचनबाट विनय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

   सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको निर्वाचनबाट बरिस्ठ उपाध्यक्षमा गणेश साह,सुनार ,प्रथम उपाध्यक्षमा दिनेश प्रसाद साह,द्वितिय उपाध्यक्ष दिपेन्द्र प्रसाद साह,महासचिवमा राकेश सर्राफ ,सचिवमा राम कृपाल साह,कोषाध्यक्षमा अमरनाथ साह र सह-कोषाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । 

    यसै गरी सदस्यहरुमा अनिल कुमार साह,संजिब प्रसाद साह,मुकेश साह,राकेश कुमार सोनार,दयाराम साह,धिरज कुमार साह र रितनन्दन साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रंजित कुमार पाण्डेले जनाएको छ।



Thursday, August 15, 2024

गरिमा विकास बैंक माथि लगाइएको ठगीको आरोप निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवको भनाई

 

    "आफु र ऋणी बीचको लेनदेनका कागजातहरु सुरक्षित रहेकोले जोकोहीले हेर्ने सक्छन्"

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन ३१

      गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका मेनेजर राम एकवाल साहले ऋणीहरुको रकम ठगी गरेको भनि पिडितहरुले लगाएका आरोपहरु गलत र निराधार रहेको बिचौलिया भनिएका कृष्ण कुमार यादवले बताएका  छन् ।

    गत आइतवार फेकन राय, राजेश भुजेल ,सीता विश्वकर्मा ,मिथलेश सिंह दनुवार लगायत केही अन्य ऋणीहरुले सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्रकार सम्मेलन गरि आफुलाई बिचौलियाको संज्ञा दिंदै बैंकका मलंगवा शाखा प्रबन्धक राम एकवाल साहले ऋणीहरुको पैसा खाएको भनि झुठो बयान दिएर विभिन्न मिडियामा समाचारहरु प्रकाशन तथा प्रशारण गर्न लगाएर आफुहरुको चरित्रहत्या गरि समाजको बिचमा बदनाम गर्न खोजेको यादवले बताएका छन् ।  विभिन्न मिडियामा एकतर्फी रुपमा  प्रकाशन तथा प्रशारण भएका  समाचारहरु प्रति आपत्ती जनाउँदै उनले  लगाइएका आरोपहरुको खण्डन तथा घटनाको वास्तविकताको बारेमा जानकारी गराएका छन् ।

    गत आइतवार आयोजना भएको  पत्रकार सम्मेलनमा आएका पिडित मध्येका कौडेना गाउँपालिका वडा न-५ निवासी फेकन राय यादवले बताए अनुसार आफ्नो जग्गाको ३० लाख रुपैयाँ मुल्यांकन गरि मलंगवा शाखाका मेनेजर साहले बैंकमै ४ वटा ब्लेङ्क चेकमा हस्ताक्षर गराइ सो चेक आफै सँग लिएर राखि पटकपटक गरि निजले सो चेकको प्रयोग गरि पहिलोपटक ९ लाख ९९ हजार,दोस्रोपटक पुन: ९ लाख ९९ हजार बिचौलिया यादव मार्फत निकलेको र सो को विवरण सम्बन्धि म्यासेज आफ्नो मोबाइलमा आएको थियो। तर आफुले १ लाख २५ हजार रुपैयाँ मात्र झिकेको उनको भनाइ थियो।सो कुराको जानकारी मेनेजर साहलाई गराउँदा समेत निजले वास्ता नगरेको उनले पत्रकारहरुलाई बताएका थिए।उनले आफ्नो रकम बैंकका बिचौलिया यादव,सोही बैंकका कर्मचारी रुपेश यादवसँगको मिलोमतोमा मेनेजर साहले झिकेको कुरा केही दिनपछि मात्र आफुले थाहा पाएको बताएका थिए।

     तर बिचौलिया भनिएका यादवका अनुसार फेकन यादवले गरिमा विकास बैंकबाट बैंकको नियमअनुसार कर्जा माग गरेको र सो बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरि ऋण बापत ३० लाख रुपैयाँ स्वीकृत गरेपछि निजले आफ्नो राजिखुसी आफुलाई मासिक सैकडा ४ को दरले रकम दिएको र पछि फेकनले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेपछि बैंकको कर्मचारी कुनै प्रकारको लेनदेनमा संलग्न नभएको भनि जिप्रकाको मुद्दा फाँटमा रकम मैलेनै लिएको भनि लिखित सम्झौता समेत गरिदिंदा निज फेकनले बैंकका कर्मचारीले रकम हिनामिना गरेको आरोप लगाएर बदनाम मात्र गर्न खोजेको बताए ।

    त्यस्तै अर्का पिडित सीता विश्वकर्माले पनि सोही पत्रकार सम्मेलनमा मेनेजर साहले आफ्नो पैसा खाएको गुनासो सुनाएका थिए। विश्वकर्माका अनुसार आफुले जग्गा धितो राखेर कृषि कार्यको लागि गरिमा बैंकसँग १६ लाख रुपैयाँ बिचौलिया यादव मार्फत श्रृणको लागि आवेदन दिएको तर बैंकले ऋण स्वीकृत भए बापतको १६ लाख रुपैयाँ नदिएको तर पैसा खाता बाट झिकिएको मोबाइलमा म्यासेज मात्र आएको बताएकी थिइन्। तर यादवले विश्वकर्माको उक्त भनाईलाई खण्डन गरेका छन्। उनका अनुसार सीता विश्वकर्माले १६ लाख रुपैयाँ बैंकको नियमअनुसार ऋण लिइ म सँग ८ लाख रुपैयाँको चेक लिएर पैसा दिएकी हुन। आफुले निजको नाममा रहेको गरिमा विकास बैंकको खातामा नगद रु ५ लाख जम्मा गरिदिएको र उनीसँग रहेको मेरो ८ लाख रुपैयाँको चेक मलाई फिर्ता दिएको खण्डमा सो ८ लाख रकम पनि निजको खातामा हालिदिने बताए । विश्वकर्माले आफ्नो राजीखुशी मलाई पैसा दिएकोले यसमा बैंकका मेनेजर साहको कुनैपनि किसिमको संलग्नता नरहेको बल्की उनी आफै विभिन्न समूहका मानिसहरुलाई पैसा दिएर मेनेजर साह र बैंकको प्रतिष्ठामा आँच आउने गरि झुठा बयान दिएर बदनाम गर्न खोजेको कृष्ण कुमार यादवको भनाई छ।









  यसैगरी राजेश भुजेलको बयानलाई पनि खण्डन गर्दै कृष्ण कुमार यादवले भुजेलले बैंकसँग रु.२० लाख ऋण बापत माग गरेकोले बैंकले नियमपुर्वक  ऋण स्वीकृत गरिसके पछि निजले मसँग सैकडा ५ को दरले ब्याजमा रकम दिएको जसको लिखित प्रमाण आफुसँग सुरक्षित रहेको छ। तर निजले आफुलाई बिचौलियाको संज्ञा दिएर मेरो रकम मेनेजर साह र बैंकका कर्मचारीहरु मिलेर खाइदिएको भन्दै विभिन्न मिडियामा समाचारहरु प्रकाशन र प्रशारण गर्न लगाएर आफुहरुको चरित्रसँग खेलवाड गर्न खोजेको भन्दै उनले गुनासो गरेका छन् ।

   त्यस्तै अर्का एक ऋणी भुइल कमलामाई माछापालन फर्मका प्रोपराइटर मिथलेश सिंह दनुवारले पनि बैंकमा रु.४० लाख ऋण माग गरेको र बैंकले पनि सम्पूर्ण प्रक्रियाहरु पूरा गरि निजको नाममा ऋण स्वकृत गरिदिए पनि उनले मलाई ब्यक्तिगत लेनदेनको कागज बनाएर रु.२० लाख दिएको बताए ।उक्त लेनदेनको कागज आफुसँग सुरक्षित रहेको जानकारी गराउँदै उनले पछि आएर मिथलेशले विभिन्न समुहसँग मिलेर मलाई बिचौलिया सावित गर्दै हिडिरहेको छ जबकी उनले मसँग रु.२० लाखको कपाली तमसुक पनि बनाएको र रु.२० लाखको कुमारी बैंकको चेक समेत लिएको छ। यसमा गरिमा विकास बैंकको कुनै किसिमको संलग्नता नरहेको भएता पनि बैंक मेनेजर साह यसमा सामेल भएको भन्दै निजको प्रतिष्ठामाथि खेलवाड गर्ने काम मात्र भइरहेको कृष्ण कुमार यादवले स्विकारेका छन् ।

    आफुसँग पैसाको लेनदेन सम्बन्धि  ऋणीहरुले बनाएको कागजात र निजहरुको खातामा जम्मा गरिदिएको रकमको रसिद सुरक्षित रहेकोले जुनसुकै बेला जोकोहीले पनि उक्त कागजातहरु हेर्न सक्ने उनले बताए। साथै उनले यस विषयमा समाचार बनाउँदा एकपटक आफ्नो पनि कुरा राख्ने मौका दिन  पत्रकारहरुसँग अनुरोध गरेका छन् ।


Saturday, August 10, 2024

जन्मदिनको अवसरमा अति विपन्न तथा एकल महिलाको शल्यक्रिया गराइदिने डा.झा को घोषणा



मनोज यादव----
सर्लाही,साउन २६ 

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक एवं समाजसेवी डा.गुणेश्वर झाले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन् । 

  पछिल्लो समय समाजमा आफ्नो रवाफ देखाउनैका लागि हजारौं ,लाखौं रुपैयाँ खर्च गरेर विभिन्न होटल तथा पार्टी प्यालेसमा समारोहको आयोजना गरि केक काटेर जन्मदिन मनाउने चलन सुरु भएको छ। तर त्यस्ता मानिसहरुको भिडमा डा.झाले आफ्नो जन्मदिनको अवसर पारेर सर्लाही जिल्लाका विभिन्न गम्भीर रोगबाट ग्रसित १० जना अती विपन्न तथा एकल महिलाहरुको छनौट गरि आफ्नै खर्चमा शल्यक्रिया गरादिने घोषणा गरेका हुन।

    पश्चिमी संस्कृतिको नक्कल नगरी डा.झाले हाइड्रोसिल,हर्निया,गल ब्लडरको पथरी र पाठेघर(आंङ्ग)खस्ने समस्याबाट पिडित भएका एकल महिला बिरामीहरुको बिरगंज ,जनकपुर,काठमाडौ लगायत सहरका ठूला अस्पतालमा लगेर आफ्नै खर्चमा शल्यक्रिया(अपरेशन) गराइ दिने बताएका छन् । जन्म दिनमा हजार्रौं रुपैँया मादक पदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र पैसाको अभावमा उपचार सेवाबाट बन्चित हुनु परेका र सही उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेका अतिविपन्न वर्गका बिरामीहरुको ज्यान बचाउन सकियोस् साथै समाजमा सकारात्मक संदेश समेत जावोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उनको भनाई छ ।

     डा.झा विगत केही वर्ष यता सम्बृद्ध सर्लाही निर्माण नामक संस्थाको माध्यमबाट सकृय रुपमा सामाजिक कार्य गरिरहेका छन् । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।  


Thursday, August 1, 2024

💐हार्दिक श्रद्धाञ्जली🙏

            💐हार्दिक श्रद्धाञ्जली🙏

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व भुमिसुधार राज्यमन्त्री एवं सर्लाही जिल्लाकै चर्चित सबैसँग अतिमिलनसार व्यक्तित्वका धनी स्व.रामचन्द्र रायको गत साउन ६ गते राती भएको असामयिक दु:खद निधनको आज परेको १३ औं दिनको पुण्य तिथिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।


नागेन्द्र प्रसाद यादव(अध्यक्ष)             राजनहरि श्रेष्ठ (महाप्रबन्धक),                               राम लक्षण यादव(प्रवन्ध निर्देशक)

       राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवा,सर्लाही 
              तथा सम्पूर्ण परिवार

   

Thursday, July 25, 2024

@ आगो

  


सुवास कर्ण,मलंगवा 
          शिक्षक 

    जब छाती पिडा ले पोल्छ जब मन दर्द ले छट्पटीन्छ जब आशाहरु हराउन थालेको महसुस हुन्छ तब एउटै शब्द मन मा खेल्छ त्यो हो आगो ।आज काठमाडौ नगरपालिका का नगर प्रमुख ज्यु लाई ठुलै आगो को छाती पोलेको अनुभव  भएको छ ।त्यही भएर आगो लगाइ दिन्छु भनेर चेतावनी समेत दिनु भयो । कारण एउटै बिदा को दिन सरकारी गाडी मा वहाँ को आफन्त ले भोगेका पिडा ले गर्दा । हे सरकार यस्तै पिडा र बेदना बाट आम नागरिक पनि गुजि्ररहेको कहिले कसैले पनि अनुभव गर्न सकेन अनुभव भए पनि छाती मा कहिले आगो ले पोलेन ।एम्बुलेन्स गाडी होस या यातायात को कुनै सुबिधा अस्पताल को सुबिधा नभएको दुर्गम क्षेत्र गाउँ का गरिब जनताहरु यसरी नै पिडा र बेदना हरु छाती मा लिएर बाच्न बाध्य भएका छ्न कति त बाटो मै ज्यान गुमाउन बाध्य भए ।तर कहिले पनि उनिहरुको पक्ष मा कसैले आगो लगाउने जमर्को कसेन हिम्मत गरेन ।आखिर किन सबै नागरिक बाच्न पाउने अधिकार छ राज्य को सेवा सुबिधा प्रयोग गर्न पाउने अधिकार छ तर सबै अधिकार जनप्रतिनिधि आफै मा आफ्नो घर परिवार रिस्तेदार को सुख सुबिधा का लागि सिमित राखेका छ्न ।एउटा जनप्रतिनिधि को छोराछोरी सरकारी गाडी बाट बिधालय बाटओसारपसार गर्न पाउने तर त्यही व्यथा ले च्यापिएका आम नागरिक बाटो मा भेट्दा सारकारी गाडी सुबुधा लिन न पाउने श्रीमती सपिङ का लागि सरकारी गाडी प्रयोग गर्न पाउने तर एउटा बास को भाटा बाधेर पिडा र बेदना ले छ्टपटिएका जनता गाडी छढ्न न  पाउने ।के मानवता यहि हो नैतिकता त कता हरायो थाहै छैन । तर पिडा र छट्पटी सबै मा हुदो रहेछ यो बुझ्न सकियो ।यो भोगाइ लाई कहिले पनि न बिर्सिनु होला यसलाई आगो सल्किए झै सल्काएर राख्नु होला ताकी जब कुनै गरिब असहाय लाई यस्तै पिडा मा देख्नु भयो भने सहयोग को हात पछि न गर्नु होला ।हुन्त तपाईं ले काठमाडौ मा एक कल मा आम जनताको लागि एम्बुलेन्स को फ्री व्यवस्था गर्नु भएको छ त्यसको लागि धन्यबाद सायद कम होला तर सराहनीय छ । अन्तमा आमा, सनतान को सुस्वास्थय को कामना गर्दै  पिता बन्नु भएको मा बधाइ छ । यहाँ सगै यहाको नवजात सन्तान ले देश परिवर्तन को सन्देश ल्याएको छ  पशुपति नाथ ले कल्याण गरून्। 


Thursday, July 11, 2024

उपमेयरकै अगाडि लालबन्दी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु द्वारा चिकित्सक माथि कुटपिट

 ---नेपाल चिकित्सक संघद्वारा दोषी माथि कारबाहीको माग---



लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ २७

    पछिल्लो समय सर्वसाधारण नागरिकहरुबाट कुटपिटको सिकार हुँदै आएका चिकित्सकहरु स्थानीय निकायका कर्मचारीबाट समेत कुटपिटको सिकार हुन थालेका छन् ।जसले गर्दा उनीहरू आफुलाई चारै तिरबाट असुरक्षित भएको महसुस गरिरहेका छन् । यस किसिमका घटना बारे प्रहरी र स्थानीय प्रशासनलाई उजुरी गर्दा पनि पिडकहरु माथि कुनै किसिमको कार्यवाही नभएको चिकित्सकहरुको गुनासो छ।

    गएको ६ दिन अगाडी सर्लाहीको लालबन्दी नगरपालिकाका केही जनप्रतिनिधि तथा कर्मचारीहरु सोही पालिकाको वडा न-१ स्थित नवलपुरमा रहेको मनीषा हेल्थ केयरले सवारी दुर्घटनाका घाईतेलाई उपचारमा चर्काे शुल्क असुलेको साथै सामान्य घाउ चोटमा पनि भाँचिएको भनेर प्लाष्टर लगाएको तथा चिकित्सक मुकेश कुमार साहले अनुगमनमा गएका पालिकाका जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टिममाथि दुर्व्यवहार गरेको आरोपहरु लगाएर उपमेयर कल्पना माया पाख्रिनकै   उपस्थितिमा डिउटीमा रहेका चिकित्सक डा.मुकेश कुमार साह माथि कुटपिट गरि प्रहरीको जिम्मा लगाएको भन्ने घटना माथि नेपाल चिकित्सक संघ जनकपुरकको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डा. साहमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्। दोषीमाथि कानूनी कारबाही नगरिए संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा मार्फत चेतावनी समेत दिइएको छ । उपचारमा संलग्न चिकित्सक माथि भएको कुटपिट जस्तो निन्दनीय कार्यको संघले घोर भर्त्सना गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ। 

     मनिषा हेल्थ केयरका इन्चार्ज एम.डी साहिद खानका अनुसार ६ दिन अगाडी हामीले RTA (दुर्घटना) को बिरामी पायौं।   गत असार १८ गते लालबन्दी र हरिवन नगरपालिकाको सिमाना स्थित लखनदेही पुलमा बा ४६ प ९५४८ नम्बरको मोटरसाईकलमा सवार हरिवन नगरपालिका वडा न- ५ का राज हुसेन र शेष कादीरलाई लालबन्दी नगरपालिकाको योजना शाखा प्रमुख रुपेश चौलागाईले चलाएको बा ८६ प ५८५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएर सामान्य घाईते भएपछि उनीहरुलाई उपचारका लागि हाम्रो अस्पतालमा ल्याइयो। हामीले सबै प्रारम्भिक अनुसन्धान गर्यौं, हाम्रो ड्यूटी डाक्टरले तिनीहरूलाई २४ घण्टा अवलोकनको लागि राख्ने निर्णय गरे।  तर, त्यो रात नगरपालिका स्वास्थ्य विभागका दुईजना कर्मचारी १५-२० जनासहित हाम्रो अस्पतालमा आएर दुर्घटना हाम्रै सिनियर सरले गरेको हो उहाँले बिरामीलाई डिस्चार्ज गरेर अन्य सरकारी अस्पताल जस्तै रकम तिर्न चाहनुभएकोले यदी तिमीहरु यसमा  सहमत छैनौं भने हामी यो अस्पताल सिल गर्ने छौं भनेर धम्की दिएको डा.झा ले बताए । हामीसँग प्रमाणको लागि यस कुराकानीको अडियो रेकर्डिङ र सि.सि.टिभी फुटेज पनि उपलब्ध रहेको उनले बताए ।

     त्यसको दुई दिनपछि नगपालिकाको टोली आएर अस्पताललाई जबर्जस्ती सिल गर्‍यो । हाम्रो कर्मचारीले हामीसँग  सबै कागजात रहेको र सो कागजातहरु देखाउँदा देखाउँदै र अनुरोध गर्दागर्दै पनि उनीहरूले अस्पताल सिल गरे साथै   ड्युटीमा रहेका हाम्रा डाक्टरलाई टोलीमा आएका वडाअध्यक्ष, उपमेयर र नेपाल प्रहरीको उपस्थितिमा कुटपिट गरे। जसको प्रमाण हामीसँग सीसीटीभी फुटेजको रुपमा सुरक्षित छ इन्चार्ज खानले बताए । कुटपिटबाट घाइते पिडित डाक्टर साह हाल उपचारको क्रममा भक्तपुर स्थित अस्पतालमा रहनुभएको मनिषा हेल्थ केयरका इन्चार्ज खानले जानकारी गराएको छ।

   एउटा सार्वजनिक पद सम्हालेका जनप्रतिनिधि र कर्मचारीहरु दादागिरी शैलीमा आएर चिकित्सक माथि कुटपिट गर्ने र विरोध गर्न खोज्दा अनुगमनको नाममा विभिन्न बहाना बनाएर अस्पताललाईनै सिल गरिदिने लालबन्दी नगरपालिकाको यस किसिमको निन्दनीय कार्य प्रति आफुहरु घोर भत्सर्ना गर्छौ र चाँडो भन्दा चाँडो दोषीहरु उपर कार्यवाहीको माग गर्छौ भन्दै सर्लाही जिल्लाभरीका डाक्टरहरुले सामुहिक रुपमा विरोध जनाएका छन् ।  

     इलाका प्रहरी कार्यालय लालबन्दीसहित अन्य प्रशासनिक निकायलाई समेत घटनाको विषयमा लिखित रुपमा अवगत गराइसकेको भएपनि अहिलेसम्म जिल्लाका सिडियो साहेब र एसपी साहेबले कुनै प्रतिक्रिया दिनुभएको छैन हेल्थ केयरका संचालक  डा.राजिब झा ले गुनासो गरे।

    नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवं उपमेयर पाख्रिनकै अगाडी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु मिलेर समाजमा प्रतिष्ठित एउटा डाक्टर जस्तो ब्यक्ति माथि यसरी सार्वजनिक रुपमा कुटपिट गर्नु निन्दनीय कार्य रहेको र यस्तो हुँदा समेत प्रहरी प्रशासन चुप लागेर बस्दा यस्ता गलत प्रवृत्तिका ब्यक्तिहरुको मनोबल झन बढ्दै जाने र आगामी दिनहरुमा पनि यसैगरी घटनाहरु घटाउँदै जाने भएकोले दोषीहरु माथि तुरुन्त कार्यवाही गर्न नेपाल चिकित्सक संघले नियमन निकायसँग जोडदार माग गरेका छन् ।

   उता इलाका प्रहरी कार्यालय लालबन्दीले भने पिडित र पिडक दुबै पक्षबाट उजुरी परिसकेको र सुक्ष्म तरिकाले अनुसंधान भइरहेको जानकारी गराएको छ।इप्रका लालबन्दीका अनुसार पिडित डाक्टर मुकेश कुमार साह सम्पर्कमा नआएकोले उहाँसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएका छन् ।