Thursday, December 14, 2023
एकैसाथ १२ हजार ब्यक्तिलाई रोजगारी दिएको नेपालको नम्बर १ सहकारी संस्था राजश्रीको शेयर पूंजी ७४ करोड भन्दा बढी
मनोज यादव----
पुर्वमन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७९/०८० को आय–व्यय प्रस्तुत गरेका थिए ।अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप संकलन १६ अर्व २५ करोड १४ लाख ३३ हजार रुपैयां रहेको छ भने श्रृण लगानी १३ अर्ब ६ करोड ५७ लाख ९९ हजार रुपैया रहेको छ । संस्थाले सोही आर्थिक वर्षमा ७६ लाख २० हजार ४ सय ४६ रुपैयां नाफा कमाएको अध्यक्ष यादवले जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रबन्ध निर्देशक राम लक्षण रायले राजश्री नाफामा गएको संस्था रहेको बताउँदै संस्थालाई नाफामा पुर्याउन र देशमै नम्बर एक बनाउनमा सहयोग पुर्याउन सम्पुर्ण कर्मचारी, सेयरधनी, बचतकर्ता, फिल्ड कर्मचारीहरुको ठूलो योगदान रहेको भन्दै संस्थाको तर्फबाट धन्यवाद दिएका थिए। सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले संस्थाको सेवा केन्द्र मलंगवामा सबै भन्दा बढी ५ करोड ७८ लाख रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल यादवलाई कदरपत्र र पुरस्कारद्वारा सम्मानित गरेका थिए ।यादवसंगै दोस्रो स्थान हासिल गरेका राकेश मल्लिक र तेस्रो स्थान हासिल गर्न सफल भएका संतोष साहलाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment