Friday, August 4, 2023
पठनपाठन तथा व्यवस्थापन सम्बन्धि १८ बुँदे मागहरु पूरा गर्न क्याम्पस प्रमुखले अटेरी गरेको भन्दै सर्लाही क्याम्पसका विद्यार्थीहरु धर्नामा
मनोज यादव----
गत जेष्ठ १९ गते १८ बुँदे माग राखेर क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर पटकपटक क्याम्पस प्रशासन र विद्यार्थीहरुलाई राखेर समस्याहरुको विषयमा अन्तरक्रिया गरेको भएपनि बेवास्ता गरेकोले धर्नामा बस्नु परेको स्ववियुका सभापति रायले जानकारी दिए ।
जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामुलक समाज निर्माण गरौं’ भन्ने नाराका साथ दलितबीचको सामाजिक विभेद हटाउन सर्लाहीमा सहभोज
‘जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामुलक समाज निर्माण गरौं’ भन्ने नाराका साथ दलितबीचको सामाजिक विभेद हटाउन सर्लाहीमा सहभोज
मनोज यादव---
सर्लाही,साउन १९
समाजिक कलंकको रूपमा रहेको जातीय भेदभाव तथा छुवाछूत विरुद्ध जनचेतना जगाउने उदेश्यले सर्लाहीको चन्द्रनगरमा सहभोज कार्यक्रमको आयोजना गरिएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) सर्लाहीको आयोजना तथा साउथ एसिया पार्टनर्शिप (SAP Nepal ) को सहकार्यमा बुधबार सहभोज कार्यक्रमको आयोजना गरिएको हो।
सहभोज सँगै NNDSWO ले ‘जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामुलक समाज निर्माण गरौं’ भन्ने नाराका साथ राजेश पासवानको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेका थिए उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सांसद शकुन्ती देवी सहित नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय कोषाअध्य्क्ष गोबिन्द पासवान ,मुक्ती समाजका जिल्ला इन्चार्ज राम नारेश मण्डल ,नेपाल दलित सेवा समाजका अध्यक्ष हेमन पासवान,अछेबर प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रमोद पासवान ,शिक्षक कामेश्वर पासवान ,बिरेन्द्र राम ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकी कोषाअध्यक्ष रेनु देवी , संघका जिल्ला कार्यक्रम अधिकृत गोबिन्द पासवान ,दलित अधिकारकर्मी फेकु पासवान, साप नेपालका मनोज पासवन ,दलित अधिकारकार्मी लक्ष्मी पासवान लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका उपस्थित वक्ताहरुले २१ औं शताब्दीमा आएर पनि जातिय अधारमा विभेद गर्नु लजास्पद र निन्दनीय कार्य भएकोले सबैजना आ-आफ्नो स्तर र ठाउँबाट छुवाछूत विरुद्धको अभियानमा सहयोग गर्न सुझाव दिएका थिए।साथै उनीहरूले समाजिक रुपमा भइरहेको छुवाछूतको न्युनिकरणका लागि सरकारले जारी गरेको जातीय भेदभाब तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ व्यबहारमा लागू गर्नुपर्ने विषय उपर जोड दिएका थिए ।
NNDSWO ले हालसम्म सर्लाही जिल्लाका १ दर्जन भन्दा बढी जातीय छुवाछूतका मुद्दाहरु न्यायीक निरुपणका लागि अदालत सम्म पुर्याइ पीडितलाई न्याय र दोषीलाई कडा सजाय दिलाइसकेको अध्यक्ष पासवानले जानकारी दिए।
अछेबर प्राथमिक विद्यालयको प्रांगणमा आयोजना भएको सहभोजमा सबै जाती समुदायका ब्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियो
Thursday, August 3, 2023
नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ
नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १८
६ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत सर्लाहीले जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र पिडितलाई ५० हजार रुपैया क्षतिपूर्ति बापत बुझाउनु पर्ने सजाय सुनाएका फरार प्रतिवादी साउन १४ गते पक्राउ गरेका हुन् ।
प्रहरीले साविक बरहथवा नगरपालिका वडा न-७ बस्ने राज किशोर पंडितको छोरा उदय कुमार पंडित कुम्हारलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो । २०६६ साल जेठ २ गते आफ्नै गाउँकी एक ६ वर्षीया नाबालिकलाई जबर्जस्ती करणी गरेर फरार भएका पंडितलाई २०६९ असाढ ३१ गते जिल्ला अदालतले १२ वर्ष कैद र पिडित लाई ५० हजार रुपैया क्षतिपूर्ति बापत दिनुपर्ने सजाय सुनाएका थिए।
पक्राउ परेका पंडितलाई कैद भुक्तानको लागि कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी"एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ ।
Wednesday, August 2, 2023
मलंगवा नगरपालिकाको सबै वडाका पशुहरुमा‘लम्पी स्किन’ विरुद्धको खोप लगाइंदै
मलंगवा नगरपालिकाको सबै वडाका पशुहरुमा‘लम्पी स्किन’ विरुद्धको खोप लगाइंदै
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १७
मलंगवा नगरपालिकामा गाईभैसिमा लाग्ने रोग ‘लम्पी स्किन’ (छालामा गिर्खा आउने रोग) विरुद्ध खोप लगाउन थालिएको छ ।
गाईवस्तुहरु लम्पी स्किन रोगबाट प्रभावित हुन थालेपछि पशु सेवा शाखाको आयोजनामा मलंगवा नगरपालिका अन्तर्गतको १२ वटै वडामा खोप लगाउन शुरु गरेकाे हो ।
नेपालमा यो रोग २०७७ सालमा सुनसरी जिल्लामा देखा परेको थियो ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्ने जस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् ।
यो महामारीका रुपमा फैलिँदै जाने सम्भावना भएकोले यसलाई निरोगी पशुहरुमा फैलिन नदिन १२ वटै वडामा शिविरको आयोजना गरि नि:शुल्क रुपमा खोप लगाउन थालेको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।
साउन १८ गते देखि कडा आन्दोलनमा उत्रिने स्ववियु सर्लाही क्याम्पसको चेतावनी
साउन १८ गते देखि कडा आन्दोलनमा उत्रिने स्ववियु सर्लाही क्याम्पसको चेतावनी
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १७
स्वतन्त्र विद्यार्थी युनियन द्वारा सर्लाही क्याम्पसको पठनपाठन तथा व्यवस्थापन सम्बन्धि विभिन्न मागहरु राखेर बुझाएको ज्ञापनपत्र उपर क्याम्पस प्रमुखले कुनै चासो नदिएपछि माग सम्बोधन गराइदिन भन्दै युनियनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
क्याम्पस प्रमुख राजेश यादवलाई विद्यार्थीहरुलाई आवश्यक परेको सामग्रीहरु ,विद्यार्थीहरुको सुविधाको लागि क्याम्पस बस,शुल्क लगायतका विषयहरु उल्लेख गरि ज्ञापनपत्र बुझाउँदा र मागहरुको सम्बन्धमा अन्तरक्रिया समेत गर्दा आश्वासन मात्र पाएकोले बाध्य भएर मागहरु सम्बोधन गराइदिन आग्रह गर्दै प्रजिअ इन्द्रदेव यादवलाई ज्ञापनपत्र बझाएको स्ववियुले बताएको छ।
ज्ञापनपत्रमा विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था हुनुपर्ने ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था हुनुपर्ने ,प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने ,+2 तथा स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने र विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ।
स्ववियुले सर्लाही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको परीक्षा केन्द्र लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा राख्दै आइरहेका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने गरेकोले यहाँका विद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्ने व्यवस्था गरिदिन र सदरमुकामको क्याम्पस भएता पनि सर्लाही क्याम्पसलाई परीक्षा केन्द्र नतोकिएकाले यस क्याम्पसमा पनि परीक्षा केन्द्र राख्नुपर्ने समेत माग अघि सारेको छ।
उक्त मागहरु साउन १७ गतेसम्ममा सम्बोधन नभएको खण्डमा १८ गतेदेखि कडा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।
Tuesday, August 1, 2023
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १६
सर्लाहीको बागमतीमा १० किलो लागुऔषध सहित २ जना ब्यक्ति पक्राउ परेको छ।पक्राउ पर्नेहरुमा चालक रौतहटको गरुँडा नगरपालिका वडा न-८ बस्ने ४० वर्षीय रामानन्द साह र चन्द्रपुर न.पा-४ बस्ने २६ वर्षीय मनिष चौधरी रहेका छन् ।
उनीहरूलाई आइतवार साँझ पुर्व पश्चिम राजमार्ग भएर रौतहट तर्फबाट आउँदै गरेको प्रदेश -३-०१-०२२च ६५१५ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय कर्मैया अगाडी रोकेर चेकजाँच गर्ने क्रममा कारको डिक्की भित्र २ वटा बण्डल बनाएर राखेको १० किलो गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
तरुण दलका केन्द्रीय सदस्य द्वय पौडेल र थापालाई सर्लाही क्याम्पसमा स्वागत सँगै सम्मान
तरुण दलका केन्द्रीय सदस्य द्वय पौडेल र थापालाई सर्लाही क्याम्पसमा स्वागत सँगै सम्मान
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १६
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित भएका नेपाल विद्यार्थी संघ मधेश प्रदेश कार्यसमितिका पूर्व सचिव अधिवक्ता लोकहरि पौडेल र विभुसिंह थापालाई सर्लाही क्याम्पसमा स्वागत तथा सम्मान गरिएको छ।
नेपाल विद्यार्थी संघ, सर्लाहीले सोमबार संघका उपाध्यक्ष अमीत मिश्रको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि पौडेल र थापालाई सम्मान गरेको हो।
मलंगवा नगरपालिका वडा न-४ स्थित क्याम्पसमा आयोजना भएको कार्यक्रममा संघका पुर्व जिल्ला कार्यसमिति अध्यक्ष कृष्णनन्दन कुमार राय ,नेपाल विद्यार्थी संघ अध्यक्ष धिरज दाहा, विद्यार्थी नेता कैमुल मिकरानी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
Subscribe to:
Posts (Atom)










