Tuesday, August 1, 2023

तरुण दलका केन्द्रीय सदस्य द्वय पौडेल र थापालाई सर्लाही क्याम्पसमा स्वागत सँगै सम्मान

  

तरुण दलका केन्द्रीय सदस्य द्वय पौडेल र थापालाई सर्लाही क्याम्पसमा स्वागत सँगै सम्मान 


लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १६

   नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित भएका नेपाल विद्यार्थी संघ मधेश प्रदेश कार्यसमितिका पूर्व सचिव अधिवक्ता लोकहरि पौडेल र विभुसिंह थापालाई सर्लाही क्याम्पसमा स्वागत तथा सम्मान गरिएको छ।

    नेपाल विद्यार्थी संघ, सर्लाहीले सोमबार संघका उपाध्यक्ष अमीत मिश्रको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि पौडेल र थापालाई सम्मान गरेको हो।

    मलंगवा नगरपालिका वडा न-४ स्थित क्याम्पसमा आयोजना भएको कार्यक्रममा संघका पुर्व जिल्ला कार्यसमिति अध्यक्ष  कृष्णनन्दन कुमार राय ,नेपाल विद्यार्थी संघ अध्यक्ष धिरज दाहा, विद्यार्थी नेता कैमुल मिकरानी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो। 

No comments:

Post a Comment