Thursday, August 3, 2023

नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ

 



नाबालिकलाई जबरजस्ती करणी गरेको  मुद्दाका  फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १८

      ६ वर्षीया नाबालिकलाई  जबरजस्ती करणी गरेको  मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत सर्लाहीले जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र पिडितलाई ५० हजार रुपैया क्षतिपूर्ति बापत बुझाउनु पर्ने  सजाय सुनाएका फरार प्रतिवादी साउन १४ गते पक्राउ गरेका हुन् ।

     प्रहरीले साविक बरहथवा नगरपालिका वडा न-७  बस्ने राज किशोर पंडितको छोरा उदय कुमार पंडित कुम्हारलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।  २०६६ साल जेठ २ गते आफ्नै गाउँकी एक ६ वर्षीया नाबालिकलाई जबर्जस्ती करणी गरेर फरार भएका पंडितलाई २०६९ असाढ ३१ गते  जिल्ला अदालतले १२ वर्ष कैद र पिडित लाई ५० हजार रुपैया क्षतिपूर्ति बापत दिनुपर्ने सजाय सुनाएका थिए।

   पक्राउ परेका पंडितलाई कैद भुक्तानको लागि  कारागार कार्यालय सिन्धुली  पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी"एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ । 




 


No comments:

Post a Comment