Wednesday, August 2, 2023

साउन १८ गते देखि कडा आन्दोलनमा उत्रिने स्ववियु सर्लाही क्याम्पसको चेतावनी

 


साउन १८ गते देखि  कडा आन्दोलनमा उत्रिने स्ववियु सर्लाही क्याम्पसको चेतावनी

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १७

   स्वतन्त्र विद्यार्थी युनियन द्वारा  सर्लाही क्याम्पसको पठनपाठन तथा व्यवस्थापन सम्बन्धि विभिन्न मागहरु राखेर  बुझाएको ज्ञापनपत्र उपर क्याम्पस  प्रमुखले कुनै चासो नदिएपछि  माग सम्बोधन गराइदिन भन्दै युनियनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

    क्याम्पस प्रमुख राजेश यादवलाई   विद्यार्थीहरुलाई आवश्यक परेको सामग्रीहरु ,विद्यार्थीहरुको सुविधाको लागि क्याम्पस बस,शुल्क लगायतका विषयहरु उल्लेख गरि  ज्ञापनपत्र बुझाउँदा र मागहरुको सम्बन्धमा अन्तरक्रिया समेत गर्दा आश्वासन मात्र पाएकोले  बाध्य भएर मागहरु सम्बोधन गराइदिन आग्रह गर्दै प्रजिअ इन्द्रदेव यादवलाई ज्ञापनपत्र बझाएको स्ववियुले बताएको छ। 

    ज्ञापनपत्रमा  विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था हुनुपर्ने ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था हुनुपर्ने ,प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने ,+2 तथा  स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने र विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ।

   स्ववियुले  सर्लाही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको परीक्षा केन्द्र लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा राख्दै आइरहेका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने गरेकोले यहाँका विद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्ने व्यवस्था गरिदिन र सदरमुकामको क्याम्पस भएता पनि सर्लाही क्याम्पसलाई परीक्षा केन्द्र नतोकिएकाले यस  क्याम्पसमा पनि परीक्षा केन्द्र राख्नुपर्ने समेत माग अघि सारेको छ।

      उक्त मागहरु साउन १७ गतेसम्ममा सम्बोधन नभएको खण्डमा १८ गतेदेखि कडा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।


No comments:

Post a Comment